SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » पृथ्वीमा जिन्दगीको आनन्दकै गाथा गाउन नै सम्पूर्ण साहित्य जन्मिएको हो
मन्तव्य

पृथ्वीमा जिन्दगीको आनन्दकै गाथा गाउन नै सम्पूर्ण साहित्य जन्मिएको हो

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments18 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

 

साहित्यसागरले साहित्यिक महत्त्व रहेका मन्तव्यहरू प्रकाशन गर्दै आएको छ । यस शृङ्खलालाई महाकवि लक्ष्मीप्रसाद देवकोटा विशेष शृङ्खला बनाइएकाले उनका मन्तव्यहरूमध्ये सन् १९५८ को अक्टोबरमा तत्कालीन सोभियत गणराज्य उज्बेकिस्तानको राजधानी तासकन्दमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा प्रस्तुत मन्तव्य चर्चित छ । यो मन्तव्यको अङ्ग्रेजी सम्बोधनको नेपाली अनुवादलाई यस शृङ्खलाको मन्तव्य स्तम्भमा समेटिएको छ । यस मन्तव्यलाई नेपालीसाहित्यको अन्तराष्ट्रियकरणको आधार मानिन्छ । यसले नेपाली साहित्यका तत्कालीन मूल्यहरू पनि समेटेको छ ।
-सम्पा.


अति स्मरणीय तासकन्द सहरको यात्रा गर्ने आफ्नो चिरकल्पना साकार भएकोमा हामी आफूलाई अत्यन्त भाग्यमानी ठान्दछौँ । हामीले तपाईंहरूलाई नेपालका साहित्यकार र जनताको शुभेच्छा ल्याएका छौँ ।  तासकन्द निवासीहरू र सोभियत सङ्घका जनताप्रति हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

सायद, यस पृथ्वीमा जिन्दगीको आनन्दकै गाथा गाउन नै सम्पूर्ण साहित्य जन्मिएको हो जसले मानिसहरूलाई सुखानुभूति प्रदान गर्दछ । हाम्रो यात्रा ज्यादै नै सुखद रहेको छ । समुद्रको सतहबाट पच्चीस हजार फिटमाथि जुन बेला हामी उडिरहेको थियौँ, त्यस बेला जस्तो सौन्दर्य मैले देखेँ त्यसबाट म ज्यादै नै प्रभावित छु र हाम्रो बाटामा देखिएका सबै प्राकृतिक चमत्कारहरूको बारेमा एउटा काव्यकृति पनि रचना गर्न चाहन्छु ।

म यस्तो सम्मेलनसमक्ष बोल्ने सौभाग्य पाइरहेको छु जहाँ मानव जातिका उत्कृष्ट मगजहरूको समागम छ र साझा कार्यमा आफ्नो योगदान पुर्‍याउने सम्भावना पाइएकोमा म आफूलाई सौभाग्यशाली सम्झन्छु । दिल्लीमा नै अर्को सम्मेलनको आयोजना तासकन्दमा गर्ने प्रस्ताव ल्याउनुहुने श्रीमती जुल्फियाप्रति धन्यवाद ज्ञापन गर्ने मलाई अनुमति मिलोस् ¤ यहाँ हाम्रो जुन प्रकारले सुमधुर आतिथ्य भयो, त्यसको लागि हामी सोभियत सङ्घप्रति आभार व्यक्त गर्न चाहन्छौँ।

हाम्रो यस सम्मेलनमा धेरै मुलुकहरूले भाग लिइरहेका छन् र सम्मेलनप्रति चाख दिनानुदिन बढ्दै गइरहेको म अनुभव गर्दै छु । यस सम्मेलनले सबै देश र जनतालाई निकट तुल्याउनेछ । म यस सम्मेलनको यस्तो सुचरित्रको विशेष सन्तोषपूर्वक उल्लेख गर्न चाहन्छु । म तपाईंहरूलाई कुन कुरामा विश्वास दिलाउन चाहन्छु भने युद्धभन्दा शान्ति बलवती छ र शान्तिका शक्तिहरूले युद्धका भयड्ढर शक्तिहरूमाथि विजय पनि प्राप्त गर्नेछन् । फेरि एकपल्ट तपाईँहरूलाई मेरा देशका लेखकहरू र जनताको तर्फबाट अभिवादन व्यक्त गर्ने र साहित्यबारे प्रतिवेदन पनि सुरू गर्ने अनुमति दिनुहोस् । गगनचुम्बी हिमचुलीहरूको सियाँलमा हिमालय पर्वतद्वारा परिवेष्ठित शान्त र सुन्दर क्षेत्रमा अवस्थित नेपालले त्यस सौन्दर्यको गहिरो अनुभव गर्दछ । जुन सगरमाथा एभरेष्टको भव्य शिखरदेखि लिएर तराईको फराकिलो फाँटसम्म नै व्याप्त छ । नेपाल यस्तो देश हो जहाँ विभिन्न अग्लाइमा सबै मेखलाका जलवायुहरू पाइन्छन् । सबै किसिमका वनस्पति र जलजन्तुहरू भेट्टाइन्छन् । एक कोटी नरनारीहरूले बसोबास गरेको सन्ताउन्न हजार वर्गमाइल क्षेत्रफलमा फैलिएको यो देश सौन्दर्यले भरिपूर्ण सानो संसार नै हो ।

यहाँ एउटै आत्माले अनुभव गर्ने दुईओटा भावनाजस्तै र एउटै परिवारका सदस्यहरूजस्तै आर्य र मङ्गोलहरू, अनि उनीहरूको संस्कृति र उनीहरूको सभ्यता सुमधुर सहअस्तित्वमा रहेका छन् । संसारमा सूर्यको प्रथम किरण सगरमाथाकै शिखरमा उत्रन्छ भन्नु कुनै अत्युक्ति हुने छैन । शान्ति र अहिंसाका मूर्ति गौतम बुद्धले नेपालकै लुम्बिनी बगैँचामा संसारको दर्शन पाउनुभएको थियो । यसै देशको जनकपुरमा विद्वान् राजा जनकका दरबारमा हुने गरेका वादविवादले उपनिषद्का उत्कृष्टतम दार्शनिक विचारहरूलाई जन्माएका थिए । नेपाली संस्कृति, नेपालको सम्पन्न कला र शिल्पको सुप्रभाव उत्तरतिर तिब्बत र चीनमा, दक्षिणतिर भारत र बर्मा, अनि यी देशहरूमार्फत नै सायद एसिया र अफ्रिकाका अन्य देशहरूमा समेत फैलिएको थियो ।

नेपाली भाषा नेपालको राष्ट्रभाषा हो जसको उद्गमस्रोत प्राकृत र संस्कृतबाट सुरु हुन्छ, अनि हिन्दी, बङ्गाली तथा गुजराती भाषाहरूसँग यस भाषाको साइनो छ । लेखनमा देवनागरी लिपिको प्रयोग गरिन्छ । अनुकरणात्मक शब्दहरूको यस भाषामा प्राचुर्य छ र लचकपना नै यस भाषाको वैशिष्टय हो । अधिकांश शब्दहरू संस्कृत मूलका छन् । अन्दाजी एक हजार वर्षअघि पहिला ग्रन्थहरू देखापरेका थिए । शिलालेखहरू, सन्तसाहित्य अथवा ऋषिमुनिहरूका परम्परागत ग्रन्थबाट हाम्रा लिखित साहित्यको आरम्भ भयो । नेपाली भाषा भए तापनि प्रारम्भिक कालमा विद्वान्हरूले ग्रन्थ रचनाका निम्ति संस्कृतको उपयोग गर्ने गरेका थिए । संस्कृत भाषाको युगौँ पुरानो परम्पराले हाम्रो भाषामा त्यत्तिकै स्वाभाविक किसिमबाट प्रवेश गर्‍यो, जत्ति स्वाभाविक किसिमबाट नीलो प्रकाशले नेपालको क्षितिजबाट उज्ज्वल तुल्याउँछ । अहिलेसम्म नेपाली विद्वानहरू संस्कृतका ग्रन्थहरू लेख्दै छन् जसमध्ये सोमनाथ सिग्द्याल, कुलचन्द्र गौतम, पूर्णप्रसाद ब्राह्मण र माधवप्रसाद देवकोटाको नाम लिन सकिन्छ ।

नेपाली साहित्य सन्तसाहित्यबाट अर्थात् ऋषिहरूका ग्रन्थबाट सुरू भयो । माथि भनिएझैँ यी ग्रन्थहरूको रचना हजार वर्षपहिले भएको थियो । त्यसपछि अनुवादको युग सुरू भयो जुन बेला संस्कृतको शैली र परम्परामा लेखिएका कृतिहरू देखा परे । यस्ता कृतिहरूमा मुख्यतः धार्मिक र उपदेशात्मक भावनाको बाहुल्यता रहन्थ्यो । त्यस अवधिमा कवि भानुभक्त आचार्यको ख्याति निकै फैलियो । नेपाली भाषामा अध्यात्म रामायणको उनको अनुवाद नै धार्मिक प्रचारको अति लोकप्रिय साधनका रूपमा संस्कृतको निम्ति पहिलो हाँक थियो । ठीक त्यसै गरी जसरी बाइबलको अङ्ग्रेजी अनुवाद ल्याटिन भाषाका निम्ति पहिलो हाँकस्वरूप थियो । रामायणका अनुवादकले जनतासँग उसैका भाषामा कुरा गर्ने प्रयास गरे । यसका साथै उनले आधुनिक नेपाली भाषाको जग बसाए । यसै कारणले गर्दा अहिलेसम्म पनि यो अनुवाद निकै लोकप्रिय रहेको छ ।

अन्य भाषाहरूको बचपनजस्तै नेपाली भाषाको बाल्यकालका निम्ति पनि पद्यको प्राचुर्यता नै लाक्षणिक छ र गद्य साहित्य झन्डै छँदै थिएन भने पनि हुन्छ । यस अवधिका अन्त्यमा प्रसिद्ध लेखक मोतीराम भट्टले कवि भानुभक्तको जीवनी लेख्नुका साथै केही काव्यकृतिहरूको पनि रचना गरेका थिए । यस अवधिमा नेपाली साहित्यको विकासमा उर्दू र फारसी भाषाहरूले निकै ठूलो प्रभाव पारेका थिए । मुख्यतः आचारनीति र अर्ती–उपदेशले युक्त वीरसिक्का र कृष्णचरितजस्ता प्राचीन अनुश्रुतिका सङ्ग्रहहरू प्रकाशित भए । परन्तु यस्ता पुस्तकहरूमा रतिरागको वर्णन नै प्रचुर मात्रामा पाइन्छ जुन त्यस युगको निम्ति लाक्षणिक थियो ।

आधुनिक नेपाली साहित्यका प्रमुख प्रतिनिधि हुनुहुन्छ – लेखनाथ पौड्याल । उहाँ अझै पनि साहित्यिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ, हाम्रा साहित्यमा उहाँ विशेष स्थान राख्नुहुन्छ जुन स्थानमा उहाँको हक पनि छ किनभने उहाँले भाषामा लालित्य भर्नुभयो र सुमधुर सुसंस्कृत शैलीको सिर्जना गर्नुभयो । उहाँका रचनामा हामी परम्परागत संस्कृत र आधुनिक राष्ट्रिय प्रवृत्तिहरूको समन्वय पाउँदछौँ। शान्तिको आह्वान गर्ने उहाँका कविताहरू संस्कृत मात्रिक छन्दमा लेखिएका छन् ।

आधुनिक युगका प्रारम्भमा नै पण्डित हेमराज तथा सोमनाथ सिग्द्यालले नेपाली भाषाको स्तरीय व्याकरण बनाउनुभएको थियो, जसले गर्दा भाषिक रूपहरूको स्थिरतामा ठूलो योगदान पुग्न गयो । आजसम्म पनि नेपाली भाषाशास्त्री र साहित्यकारहरू उहाँहरूले नियमित गर्नुभएकै नियमहरूको अनुसरण गर्दछन् । निम्न तीन जना साहित्यकारहरूको कृतित्व पाश्चात्य साहित्य र सभ्यताको प्रभाव बढी मात्रामा दृष्टिगोचर हुन्छ । नाटककार एवम् चित्रकार बालकृष्ण सम शेक्सपियर र इब्सेनका पद्यात्मक नाटकहरूबाट ज्यादै नै प्रभावित हुनुहुन्छ । उहाँका नाटकहरूको शैली त्यसबेला प्रचलित परम्परागत संस्कृत शैलीका विरूद्ध विद्रोह नै थियो । गहन नाटकीय भावना र विचारहरूको अभिव्यक्तिका लागि उहाँले बोलचालको भाषाका विभिन्न शब्दहरू र टुक्काहरूको व्यापक प्रयोग गर्नुभयो र आफ्नै प्रौढ साहित्यिक शैलीको सिर्जना गर्नुभयो ।

कवि लक्ष्मीप्रसाद देवकोटाका रचनामा पनि पाश्चात्य प्रभाव देखिन्छ । उनले साहित्यमा लोकगीतका छन्दहरूको प्रयोग गरेका थिए र रोमाञ्चवादी प्रवृत्तिको सुरूआत पनि गरेका थिए ।

तेस्रो व्यक्ति हुनुहुन्छ– कवि सिद्धिचरण श्रेष्ठ । उहाँका काव्यमा पनि हामी प्राकृतिक सौन्दर्यसमक्ष भावोद्गार व्यक्त गरिएको रोमाञ्चवादी भावना पाउँदछौँ।

त्यसै समयावधिका कवि भवानी भिक्षुले साहित्यमा नयाँ प्रवृत्ति रहस्यवाद र ‘व्यक्तिवादी साहित्य’ को श्रीगणेश गर्नुभयो । नाटकका क्षेत्रमा भीमनिधि तिवारीले सामाजिक जीवनको सानोतिनो र स्पष्ट चित्रण प्रस्तुत गर्नुभएको छ । परन्तु आफ्नो साहित्यिक क्रियाकलापको अन्तिम स्तरमा यी लेखकहरूले युगको आह्वानको उत्तर दिँदै आफ्ना कृतिहरूमा बुद्धिजीवी वर्गको विद्रोहात्मक र क्रान्तिकारी मनोभावनाको अभिव्यक्ति थालेका छन् । सामन्तवादीविरूद्ध विद्रोहको मनोभावना र एक सय चार वर्ष राणा शासनको आधिपत्यका विरूद्ध लक्षित क्रान्तिकारी मनोभावना युगभावनाको अनुरूप भएको हुनाले नै यी लेखकहरूका पछिल्ला काव्यकृतिहरूमा त्यसको प्रतिबिम्ब पर्‍यो । काव्यका क्षेत्रमा उनीहरूले संस्कृत छन्दको बोलवालाको विरोध गरे र पछि सबै किसिमको छन्दबद्धताको नै विरोध जनाए ।

नयाँ काव्यकृतिहरूमा हामी प्रयोगात्मकता, गद्यात्मकता, बौद्धिकता र अन्वेषणप्रति मोहको झल्को पाउँदछौँ । आर्थिक अन्याय र विषमताका विरूद्ध, सामन्ती उत्पीडन र पुँजीवादी शोषणका विरूद्ध कविहरूले आवाज बुलन्द गरे । काव्यमा पनि आफ्नो अधिकारपूर्तिको माग गरिरहेका जनताको अर्थात् सङ्घर्ष क्षेत्रमा अग्रसर भएका जनताको आवाज गुज्रन थाल्यो । यसरी काव्यले आदर्शवादबाट यथार्थवादको बाटोमा द्रुतगतिले पाइला चाल्न थाल्यो र थोरबहुत रूपमा नयाँ भाव र नयाँ रूपको त्यो सुमधुर समन्वय प्राप्त भयो जुन गद्यकारहरूले प्राप्त गरिसकेका थिए । त्यसैबेलातिर नवोदित कवि माधवप्रसाद घिमिरेले संस्कृतको अति प्राचीन छन्दको पक्षमा आवाज उठाए । बोलचालको सरल भाषामा उनी स्वदेशी पहाडहरूको सम्झना गराउने गहिरा भावहरूको अभिव्यक्ति गर्दछन् र स्वदेशी प्रकृतिको मोहकताको वर्णन गर्दछन् । उनी प्रभावकारी रोमाञ्चवादी धाराका प्रतिनिधि हुन् र रोमाञ्चवादविरोधी त्यस धाराको विरोधमा सङ्घर्ष गर्दै छन् जसप्रति धेरै साहित्यकारहरू आकर्षित भएका छन् ।

यसैका हाराहारीमा केदारमान व्यथित कैयौँ नयाँ प्रयोगहरू गर्दै छन् बौद्धिकता र भावुकतामा समन्वय ल्याउँदै छन्, यसप्रकार क्रान्तिकारी भावनालाई अभिव्यक्ति दिँदै छन् । उनका काव्यमा राजनीतिक सङ्घर्षको अनुभव प्रतिबिम्बित भएको छ ।

नयाँ काव्यकृतिहरूमा हामी प्रयोगात्मकता, गद्यात्मकता, बौद्धिकता र अन्वेषणप्रति मोहको झल्को पाउँदछौँ । आर्थिक अन्याय र विषमताका विरूद्ध, सामन्ती उत्पीडन र पुँजीवादी शोषणका विरूद्ध कविहरूले आवाज बुलन्द गरे । काव्यमा पनि आफ्नो अधिकारपूर्तिको माग गरिरहेका जनताको अर्थात् सङ्घर्ष क्षेत्रमा अग्रसर भएका जनताको आवाज गुज्रन थाल्यो । यसरी काव्यले आदर्शवादबाट यथार्थवादको बाटोमा द्रुतगतिले पाइला चाल्न थाल्यो र थोरबहुत रूपमा नयाँ भाव र नयाँ रूपको त्यो सुमधुर समन्वय प्राप्त भयो जुन गद्यकारहरूले प्राप्त गरिसकेका थिए । त्यसैबेलातिर नवोदित कवि माधवप्रसाद घिमिरेले संस्कृतको अति प्राचीन छन्दको पक्षमा आवाज उठाए ।

सन् १९५० पछि, जब हामीले प्रजातान्त्रिक अधिकार प्राप्त गर्‍यौँे, राणाखलकका शासकहरूको जब्बर हातले पहिले बलपूर्वक दबाएर राखिएको जनभावनाको लहर उर्लिन थाल्यो । तर यो उर्लिंदो लहर राजनीति र प्रचारद्वारा सन्त्रस्त थियो । विभिन्न धाराहरूको प्रादुर्भाव नयाँ युगको द्योतक थियो । ‘कला कलाको लागि’ भन्ने सिद्धान्तबाट यथार्थवादतर्फ, रूपको क्षेत्रमा बन्धनबाट मुक्तितर्फ, परम्पराबाट प्रयोगतर्फ र आत्मसन्तुष्टिबाट अन्वेषणतर्फको मोड नै यी सबै प्रवृत्तिहरूको मूल चरित्र हो । रोमाञ्चवादविरोधी धाराको स्पष्ट कार्यक्रम पनि छ । गरिब र उत्पीडितहरूप्रति व्यापक सहानुभूतिको भावनालाई प्रोत्साहित गरिन्छ । नयाँ युगमा नयाँ रूपहरू, ताजा विचारहरू, मौलिक बिम्बहरू तथा सुहाउँदा तुलनाहरूको अनुसन्धान सुरू गरिँदै छ । नयाँ पुस्ताका लेखकहरूमध्ये विजयबहादुर मल्ल, जनार्दन सम, मोहन कोइराला, टेकबहादुर नवीन, जगदीश शमशेर, श्यामदास वैष्णव, कुलमणि देवकोटाको नाम उल्लेख गर्नु आवश्यक छ ।

यस अवधिमा कैयौँ मौलिक कृतिहरू र लोकगीतसङ्ग्रहहरू प्रकाशमा आएका थिए । यसमा कवि माधवप्रसाद घिमिरेको विशेष योगदान रहेको छ । कवि धर्मराज थापाको पनि उल्लेख गर्नुपर्दछ जो जनताका निम्ति लोकप्रिय गीतका रचनाकारका रूपमा प्रख्यात छन् । युवाकवि लक्ष्मण लोहनी पनि उनैको अनुसरण गर्दै छन् । यसका अतिरिक्त यस क्षेत्रमा अरू पनि केही युवा कविहरू कार्यरत छन् । अहिले लोकगीतहरूका विषयवस्तुमा ओपेरासमेत तैयार पारिँदै छ ।

हाम्रा प्रतिनिधि समालोचकहरूमध्ये ईश्वर बराल, रामकृष्ण शर्मा, हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, रत्नध्वज जोशी, गोविन्दप्रसाद लोहनी र हृदयराज शर्मा आदिको नामोल्लेख गर्न सकिन्छ ।

हाम्रा लेखकहरू फलामेयुगको अवस्थामा बाँचेका छन् । तर असल प्रकाशक तथा प्रकाशनालयहरूको अभावले गर्दा उनीहरूको अवस्था जटिल हुन गएको छ । हालै नेपाल एकेडेमीले उत्कृष्ट साहित्यिक कृतिको निम्ति वार्षिक १० हजार रूपियाँको एउटा पुरस्कार स्थापित गरेको छ ।

साहित्यिक पत्रपत्रिकाहरू र अन्य सर्वाधिक प्रकाशनहरूले नेपाली साहित्यका विकासमा ठूलो योगदान पुर्‍याएका थिए । प्रारम्भिक चरणमा बनारसबाट प्रकाशित सुन्दरी र माधवी नामका दुईओटा साहित्यिक पत्रिकाहरूले यो काम गरे । त्यसपछि काठमाडौँबाट शारदा, साहित्यस्रोत, प्रगति, कवितात्मक पत्रिका इन्दे्रनी र धरती प्रकाशमा आए । यी पत्रिकाहरूमध्ये प्रत्येकले आफ्नै किसिमबाट हाम्रो साहित्यको विकासमा योगदान पुर्‍र्याए । खासगरी भारती र दार्जीलिङबाट प्रकाशित त्यसको (?) साहित्यिक पत्रिकाको योगदानबारे विशेष उल्लेख गर्नु जरूरी छ । यी सबै पत्रिकाहरूले सुचारूरूपमा काम गर्न सकेनन् । यी सबै पत्रिकाहरूलाई सरकारको तर्फबाट प्रोत्साहन र आर्थिक सहायताको आवश्यकता थियो । फेरि छापाखाना नहुँदा तथा देश पनि गरिब भएको हुँदा ती छिट्टै फुले, फले र ओइलाएर पनि गए । सुस्त–सुस्त मृत्युको घाटतिर लागिरहेका केही पत्रिकाहरूचाहिँ फेरि जुर्मुराएर उठेका पनि देखिएका थिए ।

म धेरै समय लिन चाहन्नँ, त्यसैले नेपाली साहित्यको विकासमा अति महत्वपूर्ण प्रवृत्तिहरूको मात्र चर्चा गर्दछु । दुःखको कुरा के छ भने नेपाली लेखकहरू वर्तमान समयमा केवल साहित्यिक क्रियाकलापद्वारा मात्रै आफ्नो जीवनयापनको निम्ति चाहिने साधन जुटाउन असमर्थ छन् । शिक्षाको व्यापक प्रचार, राष्ट्रिय विश्वविद्यालयको स्थापना, विकासशील प्रजातन्त्रको अपरिहार्य माग हो र यी सबैले लेखकहरूसमक्ष नयाँ क्षितिज खोलिदिनेछन् । काठमाडौँमा र केही जिल्लाहरूमा समेत लेखक सङ्घहरू खोलिएका छन् । जसमध्ये सबभन्दा ठूलोचाहिँ काठमाडौँस्थित नेपाली लेखक सङ्घ नै हो । यी सबै सङ्घहरूले सरकारको तर्फबाट वित्तीय सहायता पाउने गरेका छैनन् । लेखकहरूप्रति ध्यान दिनु त परै रहोस्, आफ्नो आर्थिक कठिनाइहरूको भुमरीमा परेका छन् । साहित्यिक श्रमको निम्ति नगण्य पारिश्रमिक पाइने हुँदा स्वयं लेखकहरूले चाहिँ जीवनयापनको निमित्त चाहिने रकम जुटाउन सक्तैनन् र ठूलो साधन लाग्ने थोरबहुत गम्भीर उद्योग–व्यवसायहरूमा भाग लिन पनि असमर्थ छन् । हाम्रा लेखकहरू फलामेयुगको अवस्थामा बाँचेका छन् । तर असल प्रकाशक तथा प्रकाशनालयहरूको अभावले गर्दा उनीहरूको अवस्था जटिल हुन गएको छ । हालै नेपाल एकेडेमीले उत्कृष्ट साहित्यिक कृतिको निम्ति वार्षिक १० हजार रूपियाँको एउटा पुरस्कार स्थापित गरेको छ । राम्रा वैज्ञानिक कृति र साहित्यिक रचनालाई प्रोत्साहित गर्न ५ हजार रूपियाँको मदन पुरस्कार पनि स्थापित गरिएको छ । साँच्चै भन्ने हो भने अवस्था ज्यादै नाजुक छ र हामी लेखकहरू शिक्षाको विकास, जनताको अभिरूचिको विकास र हामीप्रति नयाँ सम्बन्धमाथि पूर्णतः निर्भर छौँ, त्यसैगरी साहित्यप्रति पदाधिकारीहरूको दृष्टिकोणमा आमूल परिवर्तनमाथि पनि निर्भर छौँ।

सङ्क्षेपमा नेपाली साहित्यको इतिहास यस्तो छ । तथ्यहरूबाट के सिद्ध हुन्छ भने साहित्यकारहरूले स्थायीरूपमा अति सङ्घर्षमय र अभावग्रस्त जीवन गुजार्नु परिरहेको छ । तर, मैले माथि भनेझैँ लेखकहरूसमक्ष नयाँ क्षितिज खुलेको छ, उदासीनताको युग समाप्त हुँदै छ र विस्तार–विस्तार कला र साहित्यका अमूल्य निधिहरूको उचित कदरको युग सुरू भइरहेको छ ।

सायद यस पृथ्वीमा जिन्दगीको आनन्दकै गाथा गाउन नै सम्पूर्ण साहित्य जन्मिएको हो जसले मानिसहरूलाई सुखानुभूति प्रदान गर्दछ । मानिसले जीवनको मनमोहक र शक्तिशाली पुकार सुन्यो र त्यसको आनन्दलाई युगयुगान्तरसम्म जीवित राख्ने प्रयास गर्‍यो । परन्तु साहित्यको इतिहासका प्रारम्भिक चरणहरूमा कृतित्व कम वा बेसीरूपमा आकस्मिक नियमहरूमाथि निर्भर रहन्थ्यो । देवताहरू र दानवहरूको सिर्जना गर्दै रणक्षेत्रका रक्तिम बीभत्सताको चित्रण गर्दै र त्यसका वीरहरूको गाथा गाउँदै, मानिसहरूसमक्ष ईश्वरीय नियमहरूको सहीपनाको पुष्टि गर्दै लोकसाहित्य र परम्पराबाट इतिहास र वीरगाथाहरूबाट तथ्यहरू, किंवदन्तीहरू र काल्पनिक कथाहरूबाट नैतिक नियमहरू खोतल्दै एकाकी ऋषिमुनिहरूले जीवनको निरीक्षण गरे र कल्पनाका प्रतीकात्मक रूपहरूमा त्यसप्रति आफ्नो धारणाको अभिव्यक्ति गरे । उनीहरूले आफ्ना ग्रन्थहरूमा यस्ता काल्पनिक प्रतीकहरूको माध्यमबाट जीवनको अति व्यापक व्याख्या प्रस्तुत गरे, जसको पछाडि दार्शनिक नीति लुकेको हुन्थ्यो । महाभारतका रचयिता व्यास र रामायणका रचयिता वाल्मिकीले वास्तवमा यसै प्रकार लेखेका थिए ।

यी कविहरूले आफ्ना नायकको नाउँ नलिइकनै र आफूले चित्रित गरेका घटनाहरू घटित भएका ठाउँको पनि सङ्केत नदिइकनै आफ्नो कल्पनामा वास्तविकताको सिर्जना गरे । परन्तु वर्णनातीत उत्कृष्टताको बाबजुद पनि यी कृतिहरू पण्डित–पुरोहितहरूका हातमा परेपछि सर्वसाधारण र अनपढ जनसमुदायको उत्पीडनको नयाँ साधन बन्न पुगेका थिए । पुरोहितहरूले काव्यलाई आराध्यवस्तुमा परिणत गरे, तर आन्तरिक सारतत्वलाई नबुझीकनै त्यसको बाहिरी रूपतत्वलाई मात्र ग्रहण गरेका थिए । यसले गर्दा यी कृतिहरूको भद्दा आदर्शीकरण हुन गयो । प्रकृतितर्फ फर्कनको लागि लत र परम्पराको र्‍हासोन्मुख असरका विरूद्ध लामो र अथक सङ्घर्षको आवश्यकता पर्दछ । पहिलेझैँ प्राचीन अभिव्यञ्जना मौजुद छ, पहिलेझैँ परम्परागत प्रतीकहरूको पनि उपयोग हुँदै छ जो ज्यादै नै थोत्रा बनिसकेका छन्, पुरानै ढर्राका वाक्यांशहरूको नै अन्धानुसरण गरिँदै छ । कुनै समयमा तिनले हाम्रो कल्पनालाई सम्पन्न रसबल तुल्याएका थिए तर यसको साथसाथै तिनले हाम्रा बौद्धिक क्षितिजलाई साँगुरो र सीमित पनि पारेका थिए । पुरानै नैतिक शिक्षाको पुनरावृत्ति, धार्मिक भावना र आस्था अनि कामवासना–यो नै लामो अवधिसम्म हाम्रो साहित्यको वास्तविक सार रहेको थियो ।

जीवनप्रति रोमाञ्चवादी सम्बन्धले पुँजीवादी र सामन्तवादी समाजमा मात्र स्थान पाउँछ जहाँ धनी मानिसहरू कविहरूलाई ऐेश–आराममा डुबाउनु र भ्रष्ट पार्न समर्थ हुन्छन् । परन्तु आकर्षणको मिहीन जालले भोका, अभावग्रस्त र सङ्घर्षशील मानिसहरूलाई सन्तुष्टि प्रदान गर्नसक्दैन ।

परन्तु रूप र सारको तानाशाही छिचोल्दै विद्रोहको भावना फुटेर बाहिर निस्कियो । मनुष्यको जागृत भावना आफ्नै पुरातन भ्रम र अभ्यस्त सङ्कीर्णताको विरूद्ध खडा भयो । प्रतीकवादको विरूद्ध सङ्घर्ष गर्नको लागि चिन्तन र अभिव्यक्तिहरूका नयाँ रूपहरू खोज्नुपरेको थियो । यसै प्रक्रियाद्वारा साहित्यमा रोमाञ्चवादी धाराको प्रादुर्भाव हुन गयो, यसले सफलतापूर्वक अहिले अस्तित्वमा सबै धाराहरूलाई आत्मसात गर्‍यो । यस धाराले सुरूमा पाश्चात्य साहित्यको गहकिलो प्रभावमा परेर विकास गर्‍यो, तर यो धारा पनि वर्तमान जीवनका वास्तविक मूल्यहरू र त्यसका समस्याहरूको व्याख्या गर्न असमर्थ छ भन्ने कुरो छिट्टै नै स्पष्ट भयो । निरन्तर मधुकणहरूमात्र चुसेर कल्पना नाप्न सक्दैन । चराले जस्तै साहित्यले पनि सुरूमा पृथ्वीमा नै चारा नबटुलीकन आकाशमा उच्च उडान गर्नसक्दैन ।

जीवनप्रति रोमाञ्चवादी सम्बन्धले पुँजीवादी र सामन्तवादी समाजमा मात्र स्थान पाउँछ जहाँ धनी मानिसहरू कविहरूलाई ऐेश–आराममा डुबाउनु र भ्रष्ट पार्न समर्थ हुन्छन् । परन्तु आकर्षणको मिहीन जालले भोका, अभावग्रस्त र सङ्घर्षशील मानिसहरूलाई सन्तुष्टि प्रदान गर्नसक्दैन । यसै कारण सर्वसाधारण मानिसहरू व्यक्तिवाद, अन्धराष्ट्रवाद, कूपमण्डुकता र विद्वेषलाई धनीमानीहरूको साहित्यिक खेलबाड र मनोरञ्जनको रूपमा विचार गर्दछन् । अहिले पनि हामीकहाँ प्राकृतिक सौन्दर्यका धनीमानीहरू तथा सामन्तहरूको उदारताको प्रशंसा गर्ने खालका अनेकौँ कृतिहरू लेखिन्छन् । परन्तु साहित्यका क्षेत्रमा पनि विज्ञान र जिज्ञासाका भावनाले प्रवेश गरिरहेको छ र अभिव्यञ्जनाका जराजीर्ण रूपहरू र माध्यमहरूप्रति असन्तोष पनि व्यक्त गरिँदै छ । व्यक्तिको चेतनामा परिवर्तन आएको छ र त्यो व्यापक पनि भएको छ । परन्तु सामाजिक आदतहरू र रीतिस्थितिहरूका कसिङ्गरहरूबाट त्यसलाई मुक्त तुल्याउन अझै पनि धेरै समय लाग्नेछ । अझै पनि वर्गीय स्वार्थहरूको बोलवाला छँदै छ र मानिसको सामाजिक स्थितिले उसमाथि ठूलो छाप पारेकै छ ।

अझै पनि चिन्तन र विचार केही हदसम्म आर्थिक स्थिति, राजनीतिक वातावरण र सामाजिक जीवनपद्धतिबाट प्रभावित रहेकै छन् । लेखकले पनि आफ्नो युगलाई त्यसरी नै प्रभावित पार्नुपरेको छ, जसरी युगले लेखकको चरित्र निर्माणमा प्रभाव पार्दछ । सम्भवतः हामी नयाँ साहित्यिक युगको सङ्घारमा उभिएका छौँ। हामी कठीनतापूर्वक प्राप्त गरिएको प्रजातन्त्रद्वारा पूर्णरूपले सुसज्जित भएर त्यस युगमा पदार्पण गरिरहेका छौँ। हामी पुराना भइसकेका विधिविधानलाई अस्वीकार गर्दछौँ । हामी नयाँ रूपको खोजी गर्दछौँ । हाम्रा साहित्यको वर्तमान प्रवृत्ति आदर्शवादबाट यथार्थवादतर्फ र कपोलकल्पनाबाट तथ्यतर्फ अभिमुख छ ।

यस्तो साहित्यको प्रादुर्भाव भइरहेको छ, जसले व्यक्तिगत र सामाजिक घटनाहरूको मूल्याङ्कनमा उच्चस्तरीय मापदण्डको सहारा लिन्छ । लेखकहरूको विश्व दृष्टिकोण फराकिलो भइरहेको छ । उनीहरूले उपयोगिता र सौन्दर्यको सामञ्जस्यपूर्ण समन्वयमा विशेष ध्यान दिन थालेका छन् । लेखकहरू शान्तिको पुकार सुन्दछन् । विज्ञान र विवेकको आवाजलाई हृदयङ्गम गर्दछन्, विश्वमा घट्ने घटनाहरूप्रति आफ्नो प्रतिक्रिया जनाउँछन् । जीवनका निम्ति र विनाशका विरूद्ध, सहअस्तित्वका निमित्त र सैनिकका आक्रमणका विरूद्ध, राष्ट्रिय स्वाधीनताका निमित्त, उपनिवेशवाद तथा साम्राज्यवादका विरूद्ध आधुनिक मानव जातिका महान् सङ्घर्षले जागरूक जनतामा शक्तिशाली समर्थन पाउन थालेको छ । यस अवस्थामा साहित्य कुनै एक वर्गको सौखको विषय बन्न सक्दैन ।

अब त यो एक शक्तिशाली सामाजिक र राष्ट्रिय हतियार भएको छ । साहित्यले अन्तर्राष्ट्रिय स्थितिमा लाभदायी र मानवतावादी प्रभाव पारिरहेको छ । संसार यस्ता कृतिहरूद्वारा भरिपूर्ण छ जसमा इष्ट अथवा अनिष्टको जोडदार चर्चा गरिन्छ । दृष्टिकोणमा परिवर्तन आइरहेको छ । जातिभेदवादको सङ्कटको भावना र नैतिक उत्तरदायित्वको भावनाले आफ्नो अभिव्यक्तिका नयाँ–नयाँ बाटाहरू पैल्याउँदै छन् र साहित्यमा प्रवेश गर्दै छन् । बढी उच्चस्तरीय मापदण्डहरू, नवीनतम बिम्बहरू र ताजा रूपहरूको खोजी गरिँदै छ, नयाँ–नयाँ प्रयोगहरू हुँदै छन् । नेपालको जागृति व्यापक भइरहेको छ र एसियाको नवजागरणका लहरमा नेपालको कला र साहित्यले पनि आधुनिक युगमा प्रवेश गरिरहेको छ । धैर्यको भावना बढ्दो छ र यसका साथसाथै धर्मान्धता सङ्कीर्ण राष्ट्रवाद र सामाजिक बन्देजका विरूद्ध अधैर्यको भावना पनि दरिलो हुँदै गइरहेको छ । आधुनिक लेखकले आफूलाई विश्वको एउटा जीवित र सबल अङ्गका रूपमा अनुभव गर्दै छ । संसार साँगुरिँदै गइरहेको छ र एउटा साझा घरमा परिणत भइरहेको छ । लेखकले पनि व्यापक अन्तर्राष्ट्रिय जगतमा, नयाँ संसारमा उसले भाग लिनुपरेको छ भन्ने कुरा बुझ्दै गइरहेको छ । त्यो संसार मानवतावाद र पारस्परिक समझदारीका सिद्धान्तहरूमा आधारित हुनेछ । व्यष्टिमा समष्टिको खोजी, मानव जातिसँग निरन्तर सम्पर्क बढाउँदै लैजाने प्रयास र स्थानीयताको त्रिपाश्र्वमा विश्वब्रह्माण्डकै भावनाको बोध गर्ने इच्छा यसैको परिणति हो ।

नेपाली साहित्यले नयाँ प्रजातान्त्रिक भावनाको विकासमा योगदान पुर्याएको छ । त्यसले जहानियाँ राणाशासन र सामन्तवादका विरूद्ध सङ्घर्षको सुरूआत गरेको थियो । यो सङ्घर्षपूर्ण विजयी भएको छ । वर्तमान समयमा नेपाली साहित्यले मानव अधिकारको उत्तरोत्तर विस्तारको लागि, मानव मूल्यहरूका मान्यताको लागि आवाज उठाइरहेको छ ।

त्यसका विद्रोही र क्रान्तिकारी स्वरले युगानुयुगको जडता र रूढिवाढीका विरूद्ध, युगौँ पुराना परिस्थितिका विरूद्ध, जातपात र धर्मका भेदभावका विरूद्ध, सामाजिक अन्याय र असामाजिक असमानताका विरूद्ध सङ्घर्षका निम्ति आहवान गर्दछ । लेखकले अन्यायका विरूद्ध सङ्घर्ष गर्दछ र लाखौँ–लाख उत्पीडित मानिसहरूप्रति सहानुभूति जगाउँछ, जसका हितहरूप्रति सदैव नै बेवास्ता गरिँदै आएको थियो ।

राणाशाहीका विरूद्ध क्रान्तिकारी नारा र प्रचारहरूले तत्कालै आम जनताका चेतनामा जागृति ल्याएका थिए र यस जहानियाँ शासन उन्मूलनमा योगदान पुग्न गएको थियो । अब जनताको ध्यान बढी उच्चस्तरीय मूल्यहरूतर्फ र बढी व्यापक क्षितिजतर्फ आकर्षित गर्नका निमित्त लेखकले बढी फलदायी ढङ्गबाट काम गर्नुपरेको छ । उसका अगाडि ज्यादै उत्तरदायित्वपूर्ण र ज्यादै कठिन कार्यभार रहेको छ जुन उसले जीवनका कठोर अवस्थाहरूमा आफूले बहन गर्नुपरेको छ । लेखकले आफ्नो कामको पारिश्रमिक ज्यादै नै थोरै पाउँछ । परन्तु यदि ऊ सच्चा लेखक हो भने उसले आफ्नो कार्य रोक्नु हुँदैन । उसले जनतामा भिज्नुपर्दछ, जनताबाट सिक्नुपर्दछ, समस्त मानव जातिको जीवनबोधका लागि र सबै वर्तमान समस्याहरू तथा घटनाहरूको अनुबोधका लागि जनताको आत्मा खोतल्नु पर्दछ ।

राणा खलकको शासनकालमा लेखकले आशा राख्न सक्ने सबभन्दा ठूलो कुरा कुनै थियो भने त्यो थियो– बहुमूल्य जीवन शक्तिलाई साहित्यमा परिणत गर्नु । आजका लेखकले यस्तो उदासीनता र उत्पीडनको अनुभव गर्नु पर्दैन तापनि नयाँ सामाजिक अवस्थामा उसले अझै पनि समाजमा आफ्ना स्थितिका निम्ति र जनताको तर्फबाट सम्मानका निम्ति सङ्घर्ष गर्नुपर्ने हुन्छ । लेखकको स्वतन्त्रता लेखक बसेको समाजकै सामाजिक तथा आर्थिक नियमहरूमाथि निर्भर रहने हुँदा हामीले निकट भविष्यमा सामाजिक, आर्थिक प्रणालीमा हेरफेर र दृष्टिकोणको परिवर्तनमाथि ठूलो आशा राखेका छौँ ।

वर्तमान समयमा हामी नेपालमा साहित्यिक क्षेत्रमा निश्चित फल प्राप्त गर्दै छौँ। परन्तु यसको साथसाथै हामीले नयाँप्रभाव र नयाँ प्रयासहरू भेट्टाएका छौँ। नवजागरणले हामीलाई जनताको हृदयसम्म पुग्ने बाटो पहिल्याउने सम्भावना दिएको छ, साथै विविधता, नवीनता र यथार्थता पनि प्रदान गरेको छ जुन उत्कृष्ट गुणहरू हुन् । परन्तु व्यापक अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रसँग हाम्रो सम्पर्क छैन, साथै यस्तो सम्पर्क स्थापित गर्नमा सहायक हुने साहित्यिक अनुवादहरूको पनि हामीसित अभाव छ । अन्य मुलुकहरूमा देखा परेका र विकसित भएका नयाँ प्रवृत्ति र नवीन बिम्बहरूको छाप हाम्रो साहित्यमा पर्नुभन्दा पहिले धेरै समय बितिसक्दछ । हामी के आशा राख्दछौँ भने नेपालको नयाँ त्रिभुवन विश्वविद्यालय, रोयल नेपाल एकेडेमी यस्तै अन्य संस्थाहरूले यस अभाव पूर्तिमा योगदान पुर्‍याउने हाम्रो देशमा पनि जुर्मुराएर ब्युँझिएका छिमेकी देशहरूको पारस्परिक सम्बन्धको विश्वासिलो बाटोबाट एसियाली जागृतिको भावना फैलिँदै जानेछ र बन्धुत्वपूर्ण संस्कृतिहरूको आपसी सम्पन्नतामा मद्दत पुग्नेछ । हामी के आशा राख्दछौँ भने नेपाली साहित्यका निम्ति पनि तासकन्द सम्मेलन ज्यादै नै उपयोगी सिद्ध हुनेछ किनभने नेपालले पनि धेरै कुरा दिनसक्दछ र धेरै कुरा ग्रहण गर्नसक्दछ ।

अनन्त हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वतश्रृङ्खलाहरूको भुलभुलैयामा बिलाउने छैन । हाम्रो साहित्य पनि एउटै प्रवाहमा सम्मिलित भएर एसिया तथा अफ्रिकालाई परिवेष्ठित गर्ने साहित्यको असीम महासागरमा मिल्न पुग्नेछ । यस महासागरद्वारा सिञ्चित त्यो साहित्य पहिलेभन्दा अझ बढी सुन्दर र सम्पन्न बनेर जलबिन्दुको रूपमा फेरि हाम्रा पहाडहरूमा नै बर्सनेछ । एक–अर्कालाई राम्ररी बुझ्न, एकअर्काबाट राम्ररी परिचित हुन नै हामी यहाँ भेला भएका छौँ। यहाँ उपस्थित प्रत्येक देशले अरूलाई धेरै कुरा दिन सक्दछ । यहाँ हृदय–हृदयको मिलन भइरहेको छ र प्रत्येक व्यक्तिको आत्मामा प्रतिध्वनि गुञ्जिरहेको छ । हामी समुद्रको छालझैँ माथि उर्लदै छौँ र आफ्नो स्वर उच्च तुल्याउँदै छौँ । हामी आफ्ना सन्ततिलाई आफ्नो साझा सन्देश पठाउँदै छौँ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 322
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

जन प्रज्ञाप्रतिष्ठानमा वाचित कविताका आयाम

February 6, 2024

सात स्रष्टाका आठ कृतिमा सरसरती दृष्टि

January 15, 2023

‘अविराम यात्रा’की नायिका कमला उप्रेती

December 31, 2022

जसरी अनुभव भयो, त्यसरी नै लेख्नुपर्छ

December 20, 2022

जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो

October 8, 2022

क्रान्तिकारी स्वभाव र झर्रो भाषाका साहित्यसेवी

August 31, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.