SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ‘अविराम यात्रा’की नायिका कमला उप्रेती
मन्तव्य

‘अविराम यात्रा’की नायिका कमला उप्रेती

रमेश शुभेच्छुBy Sahitya SagarDecember 31, 2022Updated:January 1, 2023No Comments21 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

रमेश शुभेच्छुको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिएको छ । उनी नेपाली साहित्यका स्रष्टा द्रष्टा एवम् साहित्यसञ्चार क्षेत्रमा परिचित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको कमला उप्रेतीको कृति अविराम यात्रामाथि प्रस्तुत मन्तव्यलाई समेटिएको छ । यो मन्तव्यलाई विमोचन समारोहमा प्रस्तुत मन्तव्यबाट उतार गरिएको हो ।

-सम्पा.

सम्बोधन
सिमल प्रकाशनको आयोजनामा भइरहेको यस कृति लोकार्पण समारोहका सभाध्यक्ष कमल ढकालज्यू,
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति आदरणीय गङ्गाप्रसाद उप्रेतीज्यू,
कार्यक्रमकी नायिका आज लोकार्पित कृतिकी कृतिकार आदरणीय समाजसेवी कमला उप्रेतीज्यू,
आदरणीय अग्रज साहित्यकार प्रा. मोहन सिटौलाज्यू,
पहिलो महिला न्यायाधीष सुशीला श्रेष्ठज्यू,
एमनेस्टी इन्टरनेसनलका पूर्वअध्यक्ष मानवअधिकारकर्मी प्रदीप पोखरेलज्यू,
कृतिका सम्पादक सुभेच्छा बिन्दुज्यू,
महिला आधारशिलाका क्वाउन्सिलर गीता न्यौपानेज्यू,
महिला आधारशिलाका आवास संयोजक राधा उप्रेती रिमालज्यू,
समारोहस्थलमा उपस्थित साहित्य, समाजसेवा, नारीअधिकार र मानव अधिकारका क्षेत्रका विशिष्ट व्यक्तित्वहरू,
यस समारोहको समाचार सङ्कलन गरिरहनुभएका सञ्चारकर्मी बन्धुहरू,
कार्यक्रममा सहभागी महानुभावहरू,
यहाँहरू सबैमा हार्दिक न्यानो अभिावादन ।

विषय प्रवेश
आज म एक जना विशिष्ट नारीप्रतिभाको कृतिमाथि बोल्दैछु । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपतिका अगाडि बोलिरहेको छु । यहाँहरूका अगाडि एउटा जीवनकथा केन्द्रित कृतिका बारेमा बोलिरहेको छु । यतिका प्रबुद्ध श्रोताका अगाडि बोल्न पाउनु मेरो पनि सौभाग्य हो । सबैभन्दा पहिला कमला उप्रेतीज्यूलाई बधाई तथा कृति सफलताको शुभकामना व्यक्त गर्दछु ।

कमला उप्रेतीज्यूको अविराम यात्रा कृतिमाथि बोलिरहँदा म कुनै एउटा पुस्तकका विषयमा बोलिरहेको छु तर यस कृतिकी नायिकाका बहुआयामबाट समाजका बहुआयामका विषयमा बोलिरहेको छु । औतारी नायिकाका विषयमा बोलिरहेकी छु । यो कृतिभित्र एउटै नायिका विभिन्न अवतारमा छन् उनीसँगसँगै यस समाजका विविध परिवेश पनि गुम्फित छन् ।

ड्ड आमाले विरामी भएर दुध खुवाउन नसकेर अफ्ठ्यरामा परेकी खरेल आमाको दुध खाने बालिकाको कथा छ । ती खरेल आमालाई सलाम जसले दुध नखुवाएको भए यो कृति जन्मने थिएन । कमला उप्रेती आजको प्रतिष्ठित उचाइमा पुग्नुहुने थिएन ।

  • यहाँ एउटी सानी बाआमासँगै तीर्थ गएकी तिर्थीलाई पढ्न पाइन्छ । म यहाँ एउटी ग्रामीण बाला तिर्थीका विषयमा बोल्दैछु । ऊ एउटी सोझी तर जिज्ञासु बालिका देखिन्छे । ऊ बाआमासँग तीर्थ गएकाले तिर्थी भएकी थिई । उसको त्यो सोझो सरलपनलाई हाम्रो धर्म संस्कृतिलाई पढ्न पाइन्छ । तिर्थीलाई सलाम त्यही पनले आज यहाँ पुर्‍याएको छ । तिर्थीलाई पनि सलाम । ती तिर्थीसँग समाज र संस्कृतिका विविध पक्ष पढ्न पाइन्छ ।
  • बाल्यकालमा नजिकैको निलगिरी स्कुलमा पढ्दै गरेकी सानी बलिकालाई पढ्न पाइन्छ । पाटी धुलौटोसहित स्कुलगुगेकी, एउटी मात्र मिस र अरू सरहरू भएका स्कुलमा पढ्ने बालिकालाई पढ्न पाइन्छ । घरमा गएर पाटी थन्क्याएर घाँसदाउरा, मेलापत, वस्तुभाउको थलो भकारो गर्ने पात्र पढ्न पाइन्छ ।
  • म एक जना जुझारु कमरेड जुनुका विषयमा पढ्न पाइन्छ । म तिनका विषयमा बोल्दैछु । ऊ एक जुझारु विद्यार्थी नेता हुन् । उनको त्यही जुझारु सामथ्र्यले समाजसचेत बनायो । कमरेड जुनुलाई पनि सलाम । उनी बेलुका सबै सुतेपछि डेढ दुई घण्टाको बाटो जङ्गलमा पुगेर प्रशिक्षण लिने र उज्यालो नभई समाजका उचनिचका आवस्था बुझ्दै रगत तताएर फर्किने पात्रलाई पढ्न पाउँछौँ । म ती विविध विषयमा बोल्दैछु ।
  • म एउटा ग्रामीण परिवेशका थ्रि सिस्टरमध्येकी एक सिस्टरका बारेमा बोल्दैछु । आजको समाजकी एक सचेत दिदी बा बहिनी वा नारीका विष्यमा बोल्दैछु । छोरीले पाइन्ट लाउनुहुन्छ भनेर विद्रोह गरिरहेकी, कपाल काट्न पनि मिल्छ भनेर विद्रोह गरिरहेकी युवतीका विषयमा बोल्दैछु । ती युवतीलाई पनि सलाम जसका चेतनाले आज कमला उप्रेतीलाई यहाँ पुर्‍याएको छ ।
  • म नेपाल बुद्धिजीवि परिषद्की कान्छी सदस्यका विषयमा बोल्दैछु । त्यस सङ्गतले आज कमला उप्रेतीलाई यहाँ पुर्‍याएको छ । कृतिकारका रूपमा उभ्याएको छ ।
  • म यस एउटा कृतिको निहुँ बनाएर एक सशक्त नारी अधिकारकर्मी : महिला आधारशिला संस्थाकी अभिभावक कमला म्याडमका विषयमा बोल्दैछु । सम्भवत: यहाँ उपस्थित धेरैले उहाँलाई यही नामले चिन्नुहुन्छ ।
  • म थुप्रै बालबालिकाकी एक साझा अभिभावक : कमला आन्टीका विषयमा बोल्दैछु । यहाँहरूमध्ये धेरैले त्यही नामले चिन्नुहुन्छ । हो उहाँका बारेमा बोल्दैछु । यहाँसम्मकी उहाँका छोराछोरी पनि उहाँलाई आन्टी भनेर बोलाउँथे ।
  • एउटी असल बुहारी, पत्नी र आमा वा पूर्ण नारीका विषयमा बोल्दैछु ।
  • यस कृतिमा समाजसेवी कमलालाई पढ्न पाइन्छ । म एउटी समाजसेवी नारीका विषयमा बोल्दैछु ।
  • छोटो समयमा यतिका विषयमा बोल्न पनि गाह्रो छ म बोल्ने प्रयत्न गर्दैछु ।
  • म एउटा साहित्यिक कृति मात्र होइन, सामाजिक दस्तावेजमाथि बोलिरहेको छु ।

अविराम यात्रा
अविराम यात्रा कमला उप्रेतीको आत्मकथा हो र आत्मकथा मात्र पनि होइन, नेपालको राजनीति, सामाजिक सांस्कृतिक अवस्था, नारीहरूका समस्या र आजको अवस्थामा पनि नारीहरूले बाँचिरहेको दैनिकीको अवस्था, सामाजिक कार्य गर्दाका बहुमुखी अनुभव आदिको कृति हो ।

यहाँ स्वदेश छ । स्वदेशको गाउँ सहरको जनजीवन छ र विभिन्न मुलुकको विदेश भ्रमणका अनुभूति समेटिएको छ । जर्मनी, अस्ट्रेलिया, स्विटजरल्यान्ड आदि परिवेश भित्रको कथा पनि छ । यसको शीर्षक यसै कृतिभित्रको अन्तिम पाठबाट राखिएको छ ।

अविराम यात्रा कृतिको आकृति २६० पेजको संरचनामा रहेको छ । यो कृतिको आकारलाई पढिसक्न केही धैर्य चाहिन्छ नै । यस कृतिमा आजका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ डा. हेमनाथ पौडेल, साहित्यकार एवम् लेखकका सहोदर भाइ सुरेन उप्रेती, उहाँकै सुपुत्री र आजको कार्यक्रम सञ्चालक प्रगति पराजुली, प्रकाशक कमल ढकाल र लेखक स्वयम्को लेखकीय आदि भूमिका, शुभकामना, प्रकाशकीय र लेखकीय समेटिएका छन् । यी भूमिकापरक सामग्रीले पनि कृति पढ्नलाई अभिप्रेरित गरेका छन् ।

यस कृतिमा लेखकका सामाजिक एवम् राजनीतिक जीवनका आरोहअवरोह र सङ्घर्षका बहुआयाम समेटिएका छन् । त्यो सङ्घर्षको कथा नयाँ पुराना दुवै पुस्ताका पाठकका लागि उपयोगी छ र यो कृति पनि उपयोगी कृतिका रूपमा प्राप्त छ ।

कृतिमा मूलत: १६ वटा मूल पाठ रहेका छन् । ती पाठलाई हामी विषयसूचीबाटै बुझ्न सक्छौँ । यहाँहरूले कृति हात परेपछि र पढेपछि यस विषयमा थाहा पाउनुहुने छ । यहाँ २२ वटा रोचक र पढूँ पढूँ लाग्ने उपशीर्षक वा उपपाठहरू रहेका छन् । यी पाठले कमला उप्रेतीका वैयक्तिक जीवनसँगै नेपाली समाजका, महिला आन्दोलनका, मानवअधिकार आन्दोलनका विविध पक्षलाई समेटेका छन् । यस अर्थमा यो कृति एक नारीको सङ्घर्षपूर्ण कथासँगै नेपाली समाजको जीवन्त इतिहास पनि बनेको छ । यसलाई पढेर व्याख्या गर्न सकिने पक्षहरू विविध छन् । आयोजकले मलाई दिएको समयसीमासमेतका आधारमा सरसरती रूपमा म केही बुँदाको मात्र यहाँ चर्चा गर्छु ।

  • प्रस्तुत कृतिमा कृतिकी नायिकाको पाँचथरको विद्यालयजीवनसम्मको कथा छ । लेखक त्यहाँका गुरुहरूप्रति कृतज्ञ हुनुहुन्छ । त्यो कथा पढ्न निकै रोचक छ । आफू त्यही परिवेशको मानिस भएर होला मैले रुचि र अझ सुरुचिपूर्वक पढेँ ।
  • गाउँ छोडेर काठमाडौँको कन्या विद्यालयमा कक्षा आठमा भरना भएपछिको कथा छ । आफ्ना लागि बुझेर पढ्न थालेको र सफलता पाउँदै गएको कथा यस विद्यालयपछिको कथाले देखाउँछ । त्यहाँ पढ्ने क्रममा नै कमलाका जीवनमा राजनीति पनि प्रिय र परिवर्तनको संवाहक बनिरहेको छ ।
  • नरीको विवाहअघि र पछिको जीवनयात्रामा कस्तो परिवर्तन आउँछ भन्ने देखाउने गरी वैवाहिक जीवनपछिको कथालाई समेटिएको छ । यहाँ दाम्पत्य जीवनका उकाली ओरालीसँगै आमाको साथ, आमाको निधन, आफू आमा बन्दाका अनुभव र जीवनसङघर्षका आरोहअवरोहजन्य पक्षहरू समेटिएका छन् ।
  • यस कृतिमा कृतिकी नायिककाको वर्तमान कथा छ । त्यस कथासँगै वर्तमान समाज, समाजसेवा, राजनीति, नारीअधिकार, मानवअधिकार, एन.जी. ओ, आइ. एन. जी. ओलगायतका विविध पक्षसँगै स्वउद्यमका विविध पक्ष पनि समेटिएको छ ।

यी विविध पक्षले अविराम यात्रा कृतिलाई एउटी नारीको आत्मकथा मात्र नभई नेपाली समाजको, लेखकले बाँचेको युगको र लेखकले भोगेको जीवनका प्रतिविम्बबाट तत्कालीन राजनीतिको पनि, शैक्षिक, सामाजिक, आर्थिकलगायत विविध पक्षको पनि जानकारी लिन सकिन्छ ।

विधागत विमर्श
आज लोकार्पित अविराम यात्रा आत्मकथाको कृति हो । यहाँ म यस विधाका विषयमा ठुला ठुला सैद्धान्तिक कुरा नगरी सारभूत चर्चा गर्छु । म चर्चाका क्रममा यहाँहरूको साहित्यिक अभिरुचि र आवश्यकतालाई पनि ख्याल गरेर आफ्ना कुरा राख्छु । ‘आत्मकथा’लाई अङ्ग्रेजीमा ‘अटो बायोग्राफी’ भनिन्छ । ग्रिक भाषाका ‘अटो’ (आफू), ‘बायोस्’ (जीवन) र ‘ग्राफियन्’ (लेखन) तीन ओटा शब्द मिलेर बनेको ‘अटो बायोग्राफी’ शब्द बनेको पाइन्छ । यसले ‘आफ्नो जीवनी लेखन’ भन्ने अर्थ बोकेको छ । यो ‘आफूले लेखेको जीवनकहानी’ हो । यसलाई अङ्ग्रेजी साहित्यमा चार प्रकारमा वर्गीकरण गरेको पाइन्छ । ती हुन्: Thematic, Religious, Intellectual, and fictionalized.

इन्साइक्लोपिडिया ब्रिटानिकाले कसै कसैले तृतीय पुरुष शैलीमा आत्मकथा लेख्न सक्छ यद्यपि यो दुर्लभ सम्भावना हो भनेको छ । यदि तृतीय पुरुष शैलीमा आत्मकथा लेखिन्छ भने त्यसमा लेखक वा अक्षरश: श्रुतिलेखन गराउने स्वयं आत्मकथाको नायक हुनु अनिवार्य छ र ऊ कुशल वक्ता वा लेखक हुनु अनिवार्य छ भनी चिनाएको छ । यसस विचारले आत्मकथामा लेखकीय उपस्थितिका बारेमा सङ्केत गरेको छ ।

कुनै विधालाई बुझ्न परपरका परिभाषा वा विचार नै बुझ्नुपर्छ भन्ने केही छैन । हाम्रै कोश, शब्दकोश र अग्रजहरूका विचार पनि काफी छन् । नेपाली बृहत् शब्दकोशले आत्मकथालाई आफ्ना सम्बन्धमा आफैँले लेखेको वा भनिएको कथा, आफैँले बनाएको आत्मवृत्तान्त, आफ्नै जीवनचरित्र वा आत्मचरित्र भनी अर्थ लगाएको छ ।

पाश्चात्य विद्वान् रिचार्ड हेलका अनुसार : आत्मकथा भनेको जीवनको कथा हो, यसमा जन्मदेखि स्रष्टाको वर्तमानसम्मको आत्मकहानीलाई समावेश गरिएको हुन्छ ।

यस विधाका बारेमा रोअल्ड डाह्लले भनेका छन् : आत्मकथा मान्छेको एउटा किताब हो, जुन उसले आफ्नो जीवनका बारेमा लेखेको हुन्छ र यसमा जीवनका राम्रा र नराम्रा सबै सन्दर्भहरू समावेश भएका हुन्छन् ।

नेपाली साहित्यशास्त्री राजेन्द्र सुवेदीका अनुसार : परकीय जीवनी लेखनमा अपूर्णता हुन सक्छ, विषयको भाग आफूले नगरेका कारण अपर्याप्तता पनि हुन सक्छ । परकीय जीवनी कथा लेखनमा अनुभूति र वैचारिक प्रस्तुति केही कम हुन सक्छ । यसका विपरीत आफै विश्वस्त बनेर लेखिएको र लेखाइएको आत्मकथा तथ्यपूर्ण र प्रामाणिक बन्न सक्छ ।

राजेन्द्र सुवेदीको यो विचार आत्मकथा र जीवनीलाई चिन्न निकै महत्त्वपूर्ण छ । अर्का नेपाली साहित्यकार घटराज भट्टराईका अनुसार आत्मकथा भनेको आफैद्वारा लेखिएको आफ्नो जीवनी वा जीवनीको एक अंश हो । आत्मकथा लेख्ने व्यक्तित्व नै आत्मकथाको नायक हुन्छ ।

यस सन्दर्भमा हामीले नजिकबाट चिनेका अझ आजका लेखककै जन्मभूमिका लेखक कृष्ण धराबासीको भनाई स्मरणीय छ । उनले ले कतै भनेका छन् : हामी कसैलाई पनि भविष्यमा आत्मकथा लेख्न मन भए आजैदेखि डायरी लेख्न थाल्नु उचित हुन्छ । मैले २०३७ सालदेखि डायरी लेख्न थालेको थिएँ । जसले पछि मलाई आधा बाटो र पाण्डुलिपि लेख्न मद्दत गर्‍यो । म आज पनि आफ्नो डायरी लेख्ने काम गरिरहन्छु ।

आत्मकथामा आत्मकथाकारले आफ्ना निजी भोगाइ, अनुभव र चिन्तनहरूलाई आख्यानात्मक स्वरूप प्रदान गरेर आत्मकहानीका रूपमा प्रस्तुत गर्छ । यो उपन्यास जस्तो पनि कथा जस्तो पनि र निबन्ध जस्तो पनि हुन्छ । यो निबन्धात्मक उपविधा पनि हो तर नेपाली साहित्यका साहित्यशास्त्रीहरूले यसलाई अन्य विधामा राखेर र नयाँ विधामा राखेर अध्ययन गरिरहेका छन् । जे जे भने पनि यो विधा निबन्ध र कथा वा आख्यानको मिश्रण रहेको विधा हो । आख्यान र निबन्ध तत्त्वहरूलाई आफूमा समाहित गर्न सक्ने विधा हो ।

आत्मकथा आफैमा जोखिमपूर्ण विधा हो । यस विधाका लेखनमा सबैलाई रिझाउन सकिँदैन । नजिकका मानिसहरू प्रतिकूल, प्रतिनायक बनेर आउँछन् । यसै आत्मकथाभित्र लेखकका आफन्त प्रतिकूल परिस्थितिमा उभिएका छन् । यस्तो परिस्थिति त्यसरी आउने पात्रहरूबाट बच्न लेखकले नाम परिवर्तन, परिवेश परिवर्तन जस्ता विभिन्न विधिहरू प्रयोग गर्दै एका हुन्छन् । त्यस पक्षलाई आज लोकार्पित कृतिकी कृतिकारले पनि समेट्नुभएको छ ।

आत्मकथा विधा आज सबैखाले मानिसलाई लेखक बनाउने विधा पनि बनिरहेको छ । आज धेरै लेखकले अरूलाई आत्मकथा लेखाएर आफू लेखक बनेका छन् । हामी साहित्यशास्त्रकै विद्यार्थीहरू यस पक्षमा ज्यादै सचेत हुन्छौँ । एक जना लेखकले आत्मकथा लेखेर मदन पुरस्कार पनि पाउनुभयो तर अर्को कृति आएको छैन । भोलि दिदीले पनि अरू कृति लेख्नुभएन भने यो कृति कसले लेखेको भनेर प्रश्न उठाउने दिन आउँछ । मैले यहाँ लेखकलाई अरूले लेखिदियो भन्न खोजेको होइन तर यस्ता घटनाहरू हामीले प्रशस्त मात्रामा प्राप्त गरेका छौँ ।

नेपाली साहित्यको इतिहासमा यस विधाको इतिहास बनिसकेको छ । विधागत परम्परालाई हेर्ने हो भने आत्मकथा नै भनेर लेखिएको नभए पनि वि.सं. १८३१ को पृथ्वीनारायण शाहको दिव्योपदेश लाई आत्मकथाको प्रारम्भिक रूप मान्ने गरिन्छ । यहाँ इतिहासको कुरा गरिसाध्य छैन । अहिले बजारमा थुप्रै आत्मकथाका कृतिहरू चर्चामा छन् । जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’, कर्ण शाक्यको ‘सोच’, तारा राईको ‘छापमार युवतीको डायरी’ झमक घिमिरेको ‘जीवन काँडा कि फूल’, आनी छोइङको ‘फूलको आँखामा’, डा. योगी विकाशानन्दको ‘आत्मकथा’, गौरा प्रसार्इंको ‘मेरा जीवनका पाना’, माओवादी लडाकु उमा भुजेलको ‘जेल डायरी’ उद्योगपति विनोद चौधरीको ‘आत्मकथा, हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ जोन उडको ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ कर्ण शाक्यको ‘सोच’, उमा भुजेलको ‘बन्द पर्खालदेखि खुला आकाशसम्म’, जीतमान बस्नेतको अँध्यारा २५८ दिनहरू’, सुरेद्यद्र हमालको ओलम्पियन– सुरेन्द्र हमाल आदि धेरै कृतिहरू छन् । विनोद चौधरीको विनोद चौधरी, जगदीश घिमिरेका अन्तरमनको यात्रासँगै आत्मालाप, मदनमणि दिक्षितको जीवन महाभियान, गणेशमान सिंहको मेरा कथाका पानाहरू, विश्वेश्वरप्रसाद कोइरालाका आफ्नो कथा, जेल जर्नल, हरिवंश आचार्यको चिना हराएको मान्छे, मदनकृष्ण श्रेष्ठको महको म, रुक्मांगत कटुवालको रुक्मांगत कटुवालको आत्मकथा, झमक घिमिरेकोे जीवन काँडा कि फूल, लोकराज बरालको रोमाञ्चित जीवन आदि वर्तमान नेपाली पाठकले पढिरहेका बुझिरहेका आत्मकथा कृतिहरू हुन् । आज थुप्रै राजनीतिज्ञहरू, थुप्रै लेखक कलाकार, समाजसेवीहरू आत्मकथा लेखिरहेका छन् । तिनका परम्परामा कमला उप्रेतीको आत्मकथाका रूपमा यो अविराम यात्रा थपिएको छ ।

आत्मकथालाई लुकाएर कथा बनाएका उपन्यास बनाएका घटनाहरू पनि छन् : आख्यानकार डा. ध्रुवचन्द्र गौतमले आफ्नो आत्मकथालाई अनुभवन्यासको उपमा दिएर बाढी, घुर्मी आदि उपन्यासका रूपमा लेखे । ध्रुवचन्द्रकै दाजु धच गोतामेको बहुचर्चित उपन्यास ‘घामका पाइला’ पनि अनुभवको औपन्यासिक प्रस्तुति हो । अहिलेका चर्चित उपन्यासकार नयनराज पाण्डेको पछिल्लो उपन्यास ‘घामकिरी’ पनि औपन्यासिक कलेवरको आत्मकथा नै देखिन्छ ।

यस सन्दर्भमा कृष्ण धरावासी अगाडि छन् । उनले आत्मकथालाई आधाबाटो र पाण्डुलिपि दुई उपन्यासका रूपमा छापे । ती कृतिलाई उपन्यास भने पनि तिनका घटना भने सत्य तथ्यमा आधारित छन् । यी परिवेशमा कमला उप्रेतीज्यू अविराम यात्रा लिएर आउनुभएको छ । यो कृति कलात्मक भन्दा पनि वस्तुगत, जे हो त्यसको प्रकटीकरणमा केन्द्रित छ । लेखकको पहिलो कृतिका रूपमा विभिन्न कोणबाट उल्लेख्य छ । म यस कृतिका केही मूलभूत पक्षको मात्र यहाँ चर्चा गर्न सक्छु ।

यहाँ जन्मथलोको परिचय छ
पाँचथर सुभाड गाउँको परिचय छ । त्यहाँको क्षेत्री बाहुन र लिम्बू समाजछ । लिम्बूसँस्कृति र लेखक समाजशास्त्री र समाजशास्त्रकै आचार्य हुँदा विविध सामाजिक पक्ष पनि समेटिएका छन् । लिम्बूहरूको धाननाच, विवाह, मेला पर्व र लिम्बूसंस्कृतिका र क्षेत्रीबाहुन संस्कृतिका पक्षहरू छन् ( पृ. ४१–४३) । यहाँ बाल्यकालका वर्णनमा आएका केही पक्षहरू स्मरणीय छन् । लिम्बू संस्कृतिमा धाननाच र विवाहसंस्कृतिलाई समेटिएको छ । वास्तवमै लिम्बू संस्कृति हामी क्षेत्री बाहुनका संस्कृतिमा भन्दा खुला संस्कृति पाइन्छ । त्यहाँ बजु, तुम्मा, आम्मा, आन्छीमेहरूले घरव्यवहार चलाउँछन् । हुर्किएको भाले बजारमा लगेर उनीहरूले बेच्छन् । उनीहरू पैकार गर्छन् । उनीहरूले कमाएको पैसाबाट थेत्ते, तुम्बा, आम्भा, आम्भुएहरूलाई आवश्यक पर्ने लुगाफाटो, खैनी, सुर्ती, नस आदि किनेर ल्याइदिन्छन्। यस पक्षले मातृसत्ताको अवशेसलाई देखाउँछ । त्यस समुदायको छोरीलाई हेर्ने दृष्टिकोण उल्लेख्य छ । त्यहाँ छोरीले स्वतन्त्र विवाह गर्न पाउँछे तर दु:ख पाई भने गाउँका आमा दिदी र भाउजूहरू मिलेर गएर खोसेर ल्याउँछन् । मेरै साथीकी श्रीमती गाउँले आमा दिदी र भाउजूहरूले खोसेर लगेको उदाहरण हाकीले देख्यौँ ।

त्यहाँ आफू कसरी सहभागी हुन्थेँ भनेर लेखकले देखाउनुभएको छ । गाउँघरका चालचलन र रीतिथितिहरू, तत्कालीन शैक्षिक र सामाजिक अवस्थाको चित्रण छ । यसले दिदीको र हाम्रो जन्मभूमिको सांस्कृतिक र भौगोलिक पपिरवेश पढ्न पाइन्छ ।

उप्रेती वंशजहरूका विषयमा जानकारी छ
यस कृतिमा हाम्रो मूल जरा‘ शीर्षकमा कुमाउ गडवालदेखि कान्यकुब्जबाट नेपाल आई पहिला काभ्रेमा र पछि काभ्रैबाट पूर्व तेह्रथुम पुगेका र त्यहाँबाट पाँचथर र अन्यत्र फैलिएको उप्रेती वंशहरूको इतिहास छ । यहाँ उहाँका जिजुबुबाका मिथक पनि छन् र यस कुलको इज्जत प्रतिष्ठाको विषय पनि छ (पृ. ६५–६७, पृ. ६८) । यस सूचनाले भविष्यमा उप्रेतीहरूको वंशावाली निर्माण गर्नु परेमा यो कृति सहायक बन्न सक्छ । अन्य सहगोत्री वंशजहरूका लागि पनि यो सहयोगी सामग्री बन्न सक्छ । सांस्कृतिक र सामाजिक पक्षहरू अध्ययन गर्ने अध्यतालाई पनि सहायक बन्छ । आफ्नो वंशावलीको संकलक र सम्पादक भएकाले यस्ता समाग्रीको हत्त्व राम्रोसँग बुझेको छु । यो एउटा नेपाली समाजमा आएको पहिचानको चेतनाको उपज हो । आज जुनसुकै थरका मानिसहरू आआफ्ना वंशावली वा इतिहास लेख्न लेखाउन तल्लीन छन् ।

संघर्षशील आमाको कथा छ
यस कृतिमा प्रेतीकी अनेक घामपानी र दु:खसुखकी भोक्ता आमाको चरित्र उजागर गरिएको छ । घर कमजोर हुँदा माइतीका सहायताले चल्ने दरीखरी नारीका रूपमा आमालाई चिनाइएको छ । १९९३ सालमा जन्मेकी, ११ वर्षमा विवाह भएकी, १७ वर्षमा छुटिएर बसेकी, ११ सन्तान जन्माएकी तीमध्ये कमलालाई सातौँ सन्तानका रूपमा जन्माएकी, अलि चाँडै वैधव्य व्यहोरेर आमाबाबु एक्लै बनेर घर चलाएकी दरीखरी आमाको कथा छ । उहाँले आफ्नी आमालाई यसरी चिनाउनुभएको छ :

.. वर्षेनी सन्तान जन्मन्थे, आफूले जन्माएका ती सन्तानहरू स्याहार्दै नै उहाँको जुनी कटेको थियो । न कुनै विषयमा सोच्ने फुर्सद, न घरबाहिरको दुनियाँमा रम्ने फुर्सद । घरको चारदिवारी नै उहाँको संसार थियो । जहाँभित्र अदृश्य सिक्रीले बाँधिएर उहाँ कैद हुनुभएको थियो । (पृ.६० )

आमाका सन्तानमध्ये वद्रीप्रसाद, सूर्यप्रसाद, सुरेन छोराहरूको चर्चा छ । छ बहिनी छोरी : कृष्णकलादेवी, सीता, तुलसा, तारा, कमला, रेनुको पनि चर्चा छ । यतिका सन्तानमध्ये दुईको अल्पायुमै निधन भएको कथा छ । ती महान् आमाबारे यस कृतिमा भनिएको छ :

एक सामान्य गृहिणी महिला भएर पनि उहाँले हामीलाई सधैँभरि उत्कृष्ट मानव बन्न प्रेरित गरिहनुभयो । हामीलाई हिम्मतसाथ हुर्काउनुभयो, पढाउनुभयो र बढाउनुभयो । उहाँ आफू त्यति पढेकी महिला हुनुहुन्नथ्यो तर पढाइको महत्त्व भने उहाँलाई जति अरूलाई के थाहा ? (पृ. ६०)

यहाँ बुबा बाहिर भएका बेला बडाबाले आमालाई हेपेर खैरेनीको अन्न लिन खोज्दा आमाले गरेको सङ्घर्ष (पृ. ६४), माइतीको साथ सहयोगको सन्दर्भ, आजका प्रमुख अतिथिकै नाम भएका माइतीको आड भरोस आदि पक्षले उहाँले छोराछोरीलाई सक्षम बनाएको विषय समेटिएको छ ।

यसै सन्दर्भमा ‘धर्तीमा मेरो आगमन’ शीर्षकमा कृतिकी नायिकाको जन्म र घरपरिवार, स्कुल यात्रा र आसाम काम गर्न गएका बुबाको उतै निधनको घटनालाई समेटिएको छ ।

असमानताको अनुभव र वद्रोहको कथा
प्रस्तुत कृति नेपाली समाजमा विद्यमान लैङ्गिक एवम् सामाजिक असमानताको भण्डाफोर गर्ने कृति हो । यस कृतिभित्र लेखकभित्र बाल्यकालमा आएको नारीचेतना, सामाजिक भेदभाव र लैगिक भेदभावको अनुवभका कुरा छन् (पृ. ८४– ८५) । त्यहीँबाट आफूलाई विद्रोही पात्रका रूपमा उभ्याउँदै अगाडि बढेको पक्ष उद्घाटित छ ।

यहाँ केही जब बाघले बाख्रो खायो’ जस्ता पाठमा तत्कालीन बालजीवन, बालखेल, धामीझाँकी्र खेलका कुरा छन् ।

यहाँ बाघले बाख्रो खाएपछि बाख्रा राम्रो हेरेनौ भनेर कुटाइखाइने हो कि भन्ने बाल सन्त्रासका बिच धन्न तिमीहरूलाई बाघले खाएनछ भन्ने पारिवारिक सौहार्द माया ममताको वातावारणले ल्याएको सुखद अनुभूति छ ।

गाउँमा बोक्सी झाँक्रीका कथाहरू छन् । यहाँले धामी झाँक्रीप्रति कति पनि विश्वास राख्नुभएको छैन । त्यो उनीहरूको खानपिनको जोहो हो भन्ने लेखकको बुझाइ छ (पृ. ९२), राँकेभुत प्रेतात्मा आदि का विषमा गाउँघरमा भएका अन्धविश्वासी गतिविधिको पनि चित्रण गरिएको छ तर लेखकले तिनप्रति समर्थन जनाउनुभएको छैन (पृ.९३)

यहाँ विमर्श गर्नुपर्ने पक्षहरू विविध छन् तर म समयको पाबन्दीमा छु । यहाँ समेटिएका शीर्षकमध्ये चाडबाडको रमाइलो, चुन्युचोलीको लोभ, मित लगाउँदाको खुसी वैवाहिक जीवन र पराजुली परिवारका विविध पक्ष, बुहारी, पत्नी र आमा बन्दाका अनुभव, यस कृतिकी नायिका कमला उप्रेतिका पति देवेन्द्र पराजुली को साथ सहयोग, त्याग, उनीहरूका दाम्पत्य जीवनमा खुसी थप्न आएका प्रगति, उन्नति र अमृत सन्तानहरूका विषयमा पनि उल्लेख गरिएको छ । कमला उप्रेतीका पति पनि सात भाइमध्ये जेठो हुनुहुन्छ । उहाँको घरतर्फको पराजुली परिवारका पनि विविध पक्ष समेटिएको छ । तर यहाँ परिवार र जीवनका गनथन मात्र छैनन् ।

यहाँ राजनीति छ
हामी बौद्धिक क्षेत्रमा राजनीतिक कुरा के गर्नु भन्छौँ । त्यसो भने पनि सचेत नागरिक राजनीतिनिरपेक्ष हुन सक्तैन । कमला उप्रेती आफ्नो समयमा विद्यार्थी राजनीतिदेखि बुद्धिजीवी परिषद्सम्मकी नेतृ हुनुहुन्छ । यो विषय मैले विषय परिचयकै क्रममा उठाइसकेको छु । २०४६ सालपूर्वको विद्यार्थी राजनीति र पछिको राजनीति पनि पढ्न पाइन्छ । लेखकको राजनीतिक उपस्थिति यहाँ मरोड जुनु र कञ्चनका रूपमा रहेको छ । उनी राती राती प्रशिक्षणमा जान्छिन् र रगत उमालेर हिँडिरहेकी हुन्छिन् । उनी साँझ घरबाट भागेर रातमा प्रशिक्षण लिएर पुन: उज्यालो हुँदा घरमै फर्कने किशोरीदेखि क्याम्पसकी जुझारु अनेरास्ववियुकी कार्यकर्ताका रूपमा देखिन्छिन् र त्यही रफतारमा बुद्धिजीवि परिषद्की कान्छी सदस्यका रूपमा देखिन्छिन् । कृति नायिककाका छोटा छोटा हिरासत र जेल बसाइका अनुभव पनि पढ्न पाइन्छ । तिनका माधयमबाट प्रशासनिक दृष्टिकोण पढ्न पाइन्छ ।

समाज र शिक्षासेवाका बहुमुखी पाटा
अविराम यात्रा कृतिमा समाजसेवाका र शिक्षासेवका बहुमुखी पाटा पनि समेटिएका छन् । जिल्ला शिक्षा कार्यालय पाँचथरसँग सहकार्य गरी ४१ वटा गा.विसमध्ये ३५२ स्थानमा प्रौढशिक्षा सञ्चालन गरेको पक्ष पनि यहाँ छ । हाम्रा आमा पुस्ताका र दिदी पुस्ताका थुप्रै नारी त्यहाँबाट शिक्षित भए । यसको साक्षी म पनि छु । हाम्रा गाउँमा त्यसै चरणमा प्रौढशिक्षा पुगेको थियो ।

उहाँहरूले एस. इन. भीसँग मिलेर गरेका विकास निर्माणका कामहरू पनि समेटिएको छ । भmपा, इलाम, दोलखा, काभ्रे, सुनसरी, मोरड, भक्तपुर, सिन्धुपाल्चोक, दाङ आदि जिल्लामा आफ्नो संस्थाका शाखा विस्तार र गरेका कामहरूका पक्षमा समेटिएको छ ।

यस कृतिमा त्यति मात्र छैन ढाका उद्योग सञ्चालन र त्यसको अन्तराष्ट्रिय बजारको खोजीको प्रसङ्ग पनि छ ।

यस कृतिमा आश्रम वा केन्द्रमा बस्ने दिदीबहिनीहरूको इच्छाअनुसारको पस्मिना, सिल्क आदिको सल बनाउने, दालमठ बनाउने, मखमलको जुत्ता बनाउने, पोतेका विभिन्न डिजाइन बनाउने, सिलाइबुनाइ, इलेक्ट्रिसिटी, ड्राइभिङ, मोबाइल रिपियरिङ, हाउस वायरिग गर्न सिकाउने र त्यहाँबाट तयार भएका ५०० जति महिलालाई रोजगारीका क्षेत्रमा पठाउने जस्ता विभिन्न काम भएको पक्षलाई समेटिएको देखिन्छ ।

यहाँ उल्लेख भएका उत्पादनका सामग्रीहरू स्विटजरल्यान्ड, क्यानडा, अमेरिका, जर्मनी, अस्ट्रेलिया पुर्‍याएर संस्था समृद्ध बनाएको प्रसंग पनि यहाँ समेटिएको छ ।

उक्त सामान बेचेर आएको कुल नाफा ५० प्रतिशत आवासमा खर्च गर्ने पारदर्शी पद्धतिको कथा छ । संस्थाका उद्देश्य (पृ. १४७ –१४८ ) लाई पनि समेटिएको छ । संस्थाको उद्देश्यअनुरूप काम गर्दायहाँ कतिपय पीडितका नामहरू परिवर्तन गरेर प्रस्तुत गरिएको छ । यहाँ झापाकी धनमाया (नाम परिवर्तन) को अंश मुद्धाको रोचक पक्ष समेटिएको छ । दाजुभाइले बाद्य भएर १४ कठ्ठा जमिन दिनु परेको प्रसङ्ग पनि यहाँ समेटिएको छ ।

यहाँ अरू पनि यस्ता पक्षहरू रहेका छन् । हिंसामा परेकी महिलालाई उद्धार गर्न खोज्दा संस्थाकै अध्यक्ष पक्राउ परेको र पछि तथ्य आएपछि ती महिलाका श्रीमानतर्फ मुद्दा सोझिएको सन्दर्भ पनि छ ।

यस कृतिमा छोरी जन्माउँदा घर निकाला भएकी नारीका कथाका रूपमा काभ्रेकी धनमाया – नाम परिवर्तनको कथा छ ।

यहाँ डोटी जिल्लाकी जुवामा हारेकी छोरीको कथा पनि छ । ती छोरी आठ वर्षका उमेरमा बाबुका तर्फबाट अर्को जुवाडेका घरमा पुगेकी र उसको छोरासँग विवाहबन्धनमा बाँधिएकी थिइन् । तिनलाई उदार गरेर उच्च शिक्षा दिएको कथा पनि छ । यस अर्थमा मैले सुरुमा नै भनेको जस्तो यो कृति बहुमुखी बनेको छ ।

कृतिभित्र केही जटिल पक्ष पनि छन् । यस कृतिकी नायिकाले आगो पनि जिस्क्याएको देखिन्छ । एक जना संसद्, कानुन राज्यमन्त्री भइसकेका व्यक्तिकी श्रीमतीको पारिवारिक हिंसाको कथा र उनलाई संस्थाले मानाचामल भराएको पक्षलाई पनि समेटिएको छ । यो आगोसँगको खेल हो । यसबाट आएका धम्कीलाई पनि सहज रूपमा लिएको पक्ष पनि यहाँ समेटिएको छ ।

यहाँ लखेटाइमा परेको र संरक्षक पनि बनेको एकै पात्रको कथा पनि छ । यस कृतिमा ठमाडौँकी राममाया (नाम परिवर्तन) को भण्डारीसँगको विवाह र माइतीबाट पाएको घर बेच्नु पर्दा विछिप्त बन्नु परेको कथा छ । उनका छोरीहरू विभिन्न घरेलु कामदार र यौनदास भएको कथा पनि छ । तिनले सुरुमा कमला उप्रेतीलाई नै कुट्न लखेटेकी थिइन् तर पछि कमलाले नै उपचार गरेको कथा पनि छ ।

काकाको यौनशोषणका कारण शिक्षक कुट्न पुगेकी राममायाकी छोरीको कथा जस्ता कथा धेरै छन् । उहाँ निरन्तर अनेक समस्यासँग जुद्धै अगाडि बढिरहनुभएको देखिन्छ ।

आज लोकार्पित कृतिमा मओवादी जनयुद्ध र मधेस आन्दोलनमा चेपुवामा परेका नागरिकको कथा पनि समेटिएको छ ।

४५ जनाले सुरु गरेको संस्थाका सदस्य ११००० पुगेको संस्थाको सङ्घर्ष र सफलताको कथा पनि छ ।

एक ठाउँमा उहाँले भन्नुभएको छ । हामीले राजनीति छोडेको होइन संस्थाबाट राजनीति गरिरहेको हो (पृ.२१३) । यस अर्थमा यो कृति राजनीतिक विषयको कृति पनि हो । यस कृतिले सामाजिक अभियानका तर्फबाट गर्न सकिने राजनीतिलाई समेटिएको छ ।

यहाँ कृतिकी नायकले विभिन्न देशको भ्रमण गरेका विषयहरू समेटिएका छन् । ती भ्रमणहरू भ्रमणका लागि भ्रमण छैनन् सोउद्देश्यमूलक भ्रमण छन् । केही भ्रमण संस्थाका कामका लागि छन् । केही पुरस्कार थाप्न गएका सन्दर्भ छन् । संस्थाको विकासका लागि तालिम र सेमिनारमा सहभागि बन्न पुगेका प्रसङ्गहरू पनि छन् । संस्थाका सामग्रीको व्यापार प्रवर्द्धन गर्न जस्ता आदि कामले विदेशका विभिन्न ठाउँमा पुगेका सन्दर्भहरू समेटिएका छन् । विदेशका खानेकुरा र सहरको चर्चा मात्र छैन, त्यहाँ सिकिएका अनुभव आदिको चर्चा छ । उहाँले विदेशमा बस्ने मानिसको मिहिनेत र कामको सम्मानलाई मसिनो गरी प्रस्तुत गर्नुभएको छ (पृ. २२०) । यहाँ एउटी परिश्रमी विदेशी नारीको कथा पनि छ । उनका श्रीमान सम्बन्ध विच्छेद गरेर छुट्टै बस्छन् र उनलाई आफू र छोराछोरीको आर्थिक बोझ छ ।

त्यस्तै अस्ट्रेलियाको एक सन्दर्भ पनि समेटिएको छ । उहाँ त्यहाँ रोटरी क्लबको सिल्भर जुब्लीमा जानुभएको प्रसङ्ग छ । त्यहाँ पनि विमानस्थलमा अलपत्र परेकी नेपाली महिला भेट्नुहुन्छ । ती विविध पक्षलाई जस्ताका तस्तै प्रस्तुत गर्नुभएको छ । स्विजरल्यान्ड, इटली, उत्पादनको प्रवर्द्धनका लागि पुगेको विषयवस्तु छ । उहाँले त्यहाँका पनि महिला र सीमान्तीकृत समुदायका आवाजलाई समेट्नुभएको छ । यी सामग्री पढ्दा देश विदेश जहाँ पनि नारीहरू समस्याबाट वञ्चित छैनन् भन्ने देखिन्छ र लेखकले त्यसै समस्यालाई देखाउने प्रयत्न गरेको बुझिन्छ ।

कृतज्ञता
यस कृतिमा सहयोगी हातहरू , साथहरूप्रति कृतज्ञता जाहेर गरिएको छ । यहाँ कमला दिदीले पढेको निलगिरि विद्यालयका टङ्क सर, गेह सर, गुरु सर, सरस्वती मिसदेखि स्विटजरल्यान्डकी सुसन स्मिथ (महिला उत्पादित समान बेच्न सहयोग गर्ने पात्र)मार्टिना गोबेलहरूप्रति कृतज्ञता जाहेर गरिएको छ । लेखक जुनसुकै परिवेशमा पुगिरहँदा पनि जन्मभूमिप्रति कृतज्ञ देखिनुहुन्छ । आफ्नो भाषा संस्कृतिप्रति कृतज्ञ देखिनुहुन्छ । उप्रेती कृतज्ञ लेखकका रूपमा देखिन्छिन् ।

मूल्याङ्कन
अविराम यात्रा कृति आज यतिका मानिसका बिचमा लोकार्पण गरिसकेपछि अब यो कमलाको व्यक्तिगत कुरा होइन । यो अब साहित्य हो । यसमा भाषिक पाटो पनि हेरिन्छ । यसको शिल्प र सौन्दर्यका बहुकोणहरू हेरिन्छन् । कृतिमा रहेका विषयहरू लेखकसापेक्ष पनि हेरिन्छन् र निरपेक्ष पनि हेरिन्छन् । कमला उप्रेती कस्ती लेखक हुन् ? उनका कलमको कस्तो गति छ भन्ने कुरा पनि उनको कलमको आगामी निरन्तरतासँग जोडेर हेरिन्छ । उहाँले निरन्तर लेखिरहनुभएन भने यो कृतिको सिर्जनामाथि पनि प्रश्न उठ्न सक्छ । वास्तवमा कुनैपनि आत्मकथा पूर्ण हुँदैन । यो कृति पनि पूर्ण छैन । यस कुरालाई लेखकले पनि स्वीकार गर्नुभएको छ । यहाँका धेरै परिवेशको साक्षी म पनि छु । आजका प्रमुख अतिथि पनि हुनुहुन्छ । कृतिका तत्थयको साक्षी पनि भएर पढ्दा कृति झनै रोचक हुँदो रहेछ ।

भाषिक दृष्टिले हेर्दा हामी भाषा साहित्यका विद्यार्थी कुनै कृति भेट्ने वित्तिकै त्रुटि भेटिहाल्छौँ । कुनै लेखकको पहिलो कृति लोकार्पण हुँदै गर्दा त्रुटिको खोज त्यति व्यवहारिक होला जस्तो मभित्रको समीक्षकले मान्दैन । यहाँ भएका कमीकमजोरीका विषयमा बोल्नुपर्दा म कमला दिदीसँग बसेर, यसका सम्पादक र प्रकाशकसँग बसेर भन्न सक्छु । त्यस्तो नभनी नहुने गम्भीर त्रुटि केही पनि भेटिँदैन । अहिलेलाई कृतिका लागि कमला उप्रेतीलाई बधाई ।

मैले अघि पनि भनेँ कमला उप्रेतीको यो कृति एउटा आत्मकथा हो र आत्मकथा मात्र पनि होइन । निज ज्याक रुसो, रवीन्द्रनाथ ठाकुर, महात्मा गान्धी, जवाहरलाल नेहरू, बङ्गबन्धु, बाराक ओबामासम्म अनेक विश्वप्रसिद्ध मानिसका आत्मकथाहरू प्रकाशित छन् । नेपालमा सेना, कलाकार, शिक्षासेवी राजनीतिज्ञ सञ्चारकर्मी आदि आत्मकथा लेखिरहेका छन् । मदन पुरस्कारका लिस्टमा पनि अन्तरमनको यात्रा, जीवन काँडा कि फूल, खलंगामा हमला, खुसी जस्ता कृति सूचीकृत भइसकेका छन् । विनोद चौधरी, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ आदि आत्मकथाकै कारण लेखकका रूपमा सथापित छन् । यस क्रममा कमला उप्रेतीको यो कृति पनि सफल हुन सकोस् भन्ने कामना गर्दछु । उहाँका आगामी कृतिमा पनि यसरी नै बोल्न पाऊँ भन्ने कामना गर्दछु । समय सीमा केही पार गरेकामा क्षमा माग्दै विदा चाहन्छु । धन्यवाद ।

  • Sahitya Sagar
    Sahitya Sagar
रमेश शुभेच्छु
रमेश शुभेच्छु
Post Views: 355
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

जन प्रज्ञाप्रतिष्ठानमा वाचित कविताका आयाम

February 6, 2024

सात स्रष्टाका आठ कृतिमा सरसरती दृष्टि

January 15, 2023

जसरी अनुभव भयो, त्यसरी नै लेख्नुपर्छ

December 20, 2022

जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो

October 8, 2022

क्रान्तिकारी स्वभाव र झर्रो भाषाका साहित्यसेवी

August 31, 2021

साहित्यमा इतिहासको र इतिहासमा साहित्यको गौरवपूर्ण उपस्थिति रहन्छ

July 9, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.