SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्
देवकोटा विशेषाङ्क

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

Sahitya SagarBy Sahitya SagarJuly 6, 2021No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुरेन उप्रेती नेपाली साहित्यका उल्लेख्य प्रतिभा हुन् । उनले विदेशमा रहेर त्यहाँका साथीहरूलाई पनि समेट्तै निरन्तर साहित्य साधना र सेवा गरिरहेका छन् । साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा उनको परिचय समेटिइसकेको छ । उनी साहित्यसागरका प्रबन्ध–सम्पादक पनि हुन् । यहाँ सारभूत परिचयसहित देवकोटाको व्यक्तित्व मूल्याङ्कन गरिएको रचनालाई समेटिएको छ ।

-सम्पा.


सिक्किम, दार्जेलिङ डुबर्स असम आदि ठाउँहरूमा नेपाली भाषाका भव्य साहित्यिक कार्यक्रमहरू हुने गर्दछन् । जहाँ आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा आदिको जन्म दिनलाई  पञ्चायतकालमा नेपालमा हुने राजा महाराजाको जन्म जयन्तीझैँ झाँकी बाजागाजा नाचगानसहित भव्य चाडपर्वका रूपमा मनाइन्छ । ती ठाउँहरूमा बोलीचालीमा शुद्ध र ठेट नेपाली भाषाको प्रयोगलाई प्राथमिकतामा राखेर बोलिन्छ । नेपाली संस्कृति र परम्परालाई हेर्दा साँच्चीकै पौराणिक र ऐतिहासिकतालाई निरन्तरता दिएर राखेको पाइन्छ ।

मलाई नेपालमा रहँदासम्म आफ्नो भाषा र संस्कृतिको महत्त्वको बारेमा उति गहिरो ज्ञान थिएन । हुन त नेपालको शिक्षादेखि प्रशासनिक प्राविधिक, न्यायिक धेरै कुरामा बेलायतीहरूको प्रभाव पर्दै आएको देखिन्छ । अङ्ग्रेजहरूले भारतमा सयौँ वर्ष शासन गर्दा त्यसको प्रत्यक्ष र परोक्ष प्रभाव नेपालमा पनि पर्‍यो । टाई सुट लगाएका मान्छेलाई सलाम ठोक्ने संस्कृति नेपालमा पनि भित्रियो । किसानले तिरेको करबाट साना व्यापारी, उद्यमी ,श्रमिकले तिरेको करबाट तलब खाने मानिसहरूलाई एगदष्अि क्भचखबलत (जनताको नोकर) भनिन्छ । तर तीनै करबाट बाँच्ने राजा महाराजादेखि तल्लो तहका कर्मचारीहरूसमेतले आफ्ना अन्नदाताहरूलाई कहिल्यै मान्छे गनेनन् । सधैँ पशुवत व्यवहार गरिरहे । जसरी एउटा भारी बोक्ने गधा र मान्छे बोक्ने घोडालाई अझ छिटो हिँडाउन यातना दिइन्छ । सोही व्यवहार जनतामा गर्ने प्रवृत्ति हाम्रो समाजमा रहिरह्यो  ।

समाजका पढेलेखेका मान्छे, राम्रा लुगा लगाउने मान्छे र अङ्ग्रेजी जान्ने मान्छेलाई भगवान्सरह मान्नु पर्ने प्रवृत्ति अङ्ग्रेजले जन्माएका हुन् । त्यही चलन नेपालका राणा र राजाहरूले पनि ग्रहण गरे र जनतालाई पनि थोपरे  । भारतलाई अङ्ग्रेजले छाडेर गयो तर त्यो कुसंस्कार यथावत् रह्यो । मेहनतकर्मी श्रमिकहरूलाई सदैव हेयको दृष्टिले हेर्ने खराब संस्कारले निरन्तरता पायो । श्रमको कदर गर्ने र सम्मान गर्न कहिलै सिकाएन । अङ्ग्रेजले भारतको सरकारी कामकाजी भाषा अङ्ग्रेजी बनाएको थियो । त्यो भाषामा एक तिहाइ जनताको मात्र पहुँच थियो । अङ्ग्रेज गए पनि उनीहरूले भाषामाथि लादेका नियमहरू गएनन् । अझसम्म पनि  कायम नै छन् ।

नेपाल र भारतमा मात्र होइन, पाकिस्थान, माल्दिभ्स, सिङ्गापुर र श्रीलङ्कामा समेत अङ्ग्रेजी भाषालाई सरकारी भाषा बनाए । त्यस्तै गरी हरेक महादेशका केही देशहरूमा अङ्ग्रेजी भाषालाई सरकारी कामकाजको भाषा बनाउन अङ्ग्रेजहरू सफल भए ।

तात्कालीन नेपालमा राणाहरूले शासन गरेका थिए । उनीहरूले स्कुल खोल्नु भनेको आफ्नो शासनको आयु छोट्याउनु हो भन्ने अर्थमा बुझेका थिए । यसरी भाषा साहित्य र संस्कृतिले फल्ने र फैलने मौका पाएको थिएन । २००७ सालको परिवर्तनपश्चात शिक्षा क्षेत्रमा केही परिवर्तनहरू आउन सुरु गरे । महाकवि देवकोटा नेपालको शिक्षामन्त्री हुँदा नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन धेरै पहलहरू भए । तर नेपालको बिडम्बना वहाँले लामो जीवन पाउनु भएन ।  उहाँको शिक्षा मन्त्रीको समयावधि पनि ज्यादै छोटो रह्यो ।

नेपालमा पनि अङ्ग्रेजले ल्याएका अङ्ग्रेजी भाषालाई प्राथमिकता दिने संस्कार बढ्दै गयो । नेपाली भाषामा पाठ्यपुस्तकहरू तयार हुन सकेनन् । भारत र अङ्ग्रेजले तयार गरेका अङ्ग्रेजी किताबहरू पाठ्यक्रममा राखियो । जति धेरै भाषा जान्यो त्यति राम्रो त हो । तर आफ्नो भाषा नै बिर्सने गरी अङ्ग्रेजी भाषालाई प्राथमिकता दिइयो । अङ्ग्रेजी भाषा जानेपछि जागिर पाइन्छ भन्ने भ्रम सबै मानिसहरूका मन मस्तिष्कमा रोपियो । अङ्ग्रेजी पढाउने स्कुलहरू च्याउ उम्रिएझैँ उम्रिए ।

नेपाल सरकारको राम्रो शिक्षानीति अवलम्बन गर्न सकेन । अङ्ग्रेजी माध्यमका स्कुलका बालबालिकाहरूले अङ्ग्रेजी भाषा त जाने तर नेपाली राम्ररी लेख्न र पढ्न पनि जान्न छोडे । सरकारी विद्यालयहरूका शिक्षकहरूले समेत आफ्ना छोराछोरीहरूलाई अङ्ग्रेजी स्कुलमा भर्ना गरेर पढाउन थाले । सरकारी विद्यालयहरूको गुणस्तर खस्कँदै गयो । सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले माथिल्लो तहमा पुग्दा अङ्ग्रेजी विद्यालयका विद्यार्थीसँग प्रतिष्पर्धा गर्न कठिन भयो । वर्तमान युवा र नयाँ नयाँ पुस्तालाई हेर्ने हो भने नेपाली भन्दा अङ्ग्रेजी भाषाको बढी प्रयोग भएको देखिन्छ । अरू भाषाका पुस्तकहरूलाई मातृभाषामा अनुवाद गरेर या आफै उत्पादन गरेर नेपाली भाषामै शिक्षा दिन सक्यो भने मात्र नेपाली भाषा र साहित्यलाई अजर अमर गर्न सकिन्छ । अरू भाषाको अध्ययन गर्नुपर्छ तर आफ्नो भाषालाई बिर्सिएर होइन । अरू साहित्य र संस्कृति जान्नुपर्छ तर आफ्नोलाई त्यागेर होइन । भाषा, साहित्य र संस्कृति भनेका देशका पहिचान हुन् । देशका मेरुदण्ड र मस्तिष्क  हुन् । यो कुरा नीति निर्माण गर्ने शिक्षाविद्हरूले महसुस गर्न आवश्यक छ ।

कुरा आजभन्दा करिब तीन दशक अगाडिको  हो । त्यसबेला बेलायतबाट भर्खरै पढाइ सकेर नयाँ जोस र जाँगर लिएर आएका उर्जाशील युवाहरूको एउटा समूह थियो । उनीहरू देशलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति तयार गर्ने सपना सजाएर आएका थिए । जसले विकासोन्मुख देशलाई आवश्यक पर्ने प्रविधिको विकास गर्ने र युवाहरूलाई रोजगार प्रदान गर्न सकूँ भन्ने  उद्देश्य राखेका थिए । प्रायः बेलायतमा बिताएका पलहरूका संस्मरण प्रसङ्गबस सुन्न पाइन्थ्यो ।

एकपटक शिक्षक केशव रेग्मीले बिदाका बेलामा हल्याण्ड घुम्न गएको प्रसङ्ग सुनाउनुभयो । त्यहाँका प्रायशः सबै मानिसहरू अङ्ग्रेजी भाषामा कुरा गर्न सक्दछन् । तर ती मानिसहरूसँग अङ्ग्रेजी भाषामा केही सोध्यो भने उत्तर दिँदैनन् । नजानेको अभिनय गर्छन । उनीहरूको मातृभाषा डच भाषा हो । त्यहाँका नब्बे प्रतिशत मान्छेहरूले डच भाषा नै बोल्ने गर्दछन् । उनीहरूसँग जानी नजानी डच भाषामा सोध्यो भने गर्वका साथ उत्तर दिने गर्दछन् । सबै कुरा भन्छन् आफन्तलाईझैँ व्यवहार गर्दछन् । सहयोग गर्न पनि उत्तिकै अग्रसर हुन्छन् । देशप्रतिको उनीहरूको माया भाषाप्रतिको अपनत्व र सम्मान कति उच्च छ ।

केशव रेग्मी सरले यी कुराहरू भनिरहँदा मेरो मन भने कतै हराएझैँ भएको थियो । बजारमा तरकारी बेच्न आउने भारतीय व्यापारीसँग जानी नजानी हिन्दी बोल्ने मान्छेहरूलाई सम्झन्थेँ । गोरो छाला भएका पर्यटकहरूलाई भेट्दा कनीकुथी अङ्ग्रेजी बोलेको सुन्थेँ । ती पर्यटकहरू “म नेपाली बोल्न जान्दछु नि,  नेपाली भाषामा कुरा गर्नुहोस् न” भन्दै हुन्थे । नेपाली भने टुटेफुटेको भाषा बोलिरहेका हुन्थे ।  कुनै देश, भाषा र संस्कृतिमाथि जब अन्य देश, भाषा र संस्कृतिबाट अतिक्रमण हुन्छ । जुन बेला आफ्नो माटो, भाषा र संस्कृतिको पहिचान गुम्ने अवस्था हुन्छ । दबाइन्छ ,सताइन्छ, यातना दिइन्छ र नाम निशाना मेटाउने प्रयासहरू हुन्छन् ।

धेरै थिचाइमा परेपछि कमिलाले पनि शिर ठाडो पार्छ भनेझैँ अस्तित्व रक्षाका लागि मानिसहरू उठ्ने गर्दछन् । त्यस प्रतिरक्षाको युद्ध लड्न सके भने पहिचान जोगिन्छ । चाल्र्स डार्विनले मानव सभ्यताको इतिहासमा भनेझैँ कतचगननभि ायच भहष्कतभलअभ  आवश्यक हुन्छ । त्यस युद्धमा बाँच्न सकेनन् भने भाषा लोप भएर जान्छ । पहिचान मेटिएर जान्छ । यस पृथ्वीमा कयौँ भाषा संस्कृति र सभ्यताहरू मेटिएर गएको अँध्यारो इतिहास हामीले सुनेका छौँ । कयौँ भाषा, संस्कृतिहरू र पहिचानहरू लोप भएर गएका कुराहरू पढेका छौँ । नेपालीहरू पनि बेलामा सचेत भएनौँ भने उही अवस्था नआउला भन्न सकिन्नँ ।

शासकहरूको संसारको चक्रवर्ती राजा हुने लहडमा धेरै भाषा र संस्कृतिले सहिद बन्नु पर्‍यो । प्राकृतिक श्रोत, साधन र सम्पत्ति आर्जन गर्ने होडमा र कोलोनाइज गर्ने शक्तिशालीहरूको लडाइँमा हजारौँ जीवनहरूका शाहदतसँगै भाषा र संस्कृतिहरू लोप भएर गए । यो अवस्थासँग हामी सचेत बन्नुपर्ने देखिन्छ ।

भौगोलिक र प्रशासनिक रूपमा स्वाधीन राष्ट्रहरू पनि भाषा साहित्य र संस्कृतिमा पराधीन हुन बाध्य भएका थुप्रै उदाहरणहरू छन् । आज बारबाडोस, बहामस, घायाना, फिजी, सामोआ श्रीलङ्का, मलेसिया जस्ता धेरै देशहरूमा अङ्ग्रेजी भाषाले त्यहाँको भाषामाथि अतिक्रमण गरेर आफ्नो प्रभुत्व जमाउँन सफल भयो । हाम्रो छिमेकी राष्ट्र भारतमा अङ्ग्रेजले शासन गरेर त्यहाँका भाषा र संस्कृतिमाथि अतिक्रमण गर्‍यो । त्यहाँका मलयालम तमिल बङ्गाली जस्ता भाषादेखि  हिन्दी र संस्कृत भाषासमेत प्रभावित हुन पुगे ।

यस्तो अवस्थामा नेपाली भाषा संस्कृतिका विषयमा पनि चिन्ता गर्नुपर्ने अवस्था छ । आज विश्वमा नेपालीहरू छरिएर रहेका छन् । यो भाषालाई  संसारभरि जहाँ नेपाली पुगेका छन् त्यहाँ प्रतिष्ठाका साथ पुर्‍याउने प्रयास भइरहेको छ । नेपालीको विदेश यात्रासँगै नेपाली भाषा साहित्य र संस्कृति कुनै न कुनै रूपमा पुगेको छ । नेपालको पहिचानलाई विश्व जनस्तरमा पुर्‍याउने काम ती नेपालीहरूले गरेका छन् ।

चाहे कामको सिलसिलामा पुगून् या विद्याआर्जन गर्न पुगून् । चाहे व्यापार गर्न पुगून् या व्यवसाय गर्न पुगेका हुन् । उनीहरूले नेपाल भन्ने देशको नाम  सुन्दै नसुनेका सामान्य मानिसहरूलाई पनि नेपालको बारेमा जानकारी दिने गरेका छन् ।  नेपाली नेपालीबिच नेपालीमै कुरा गरिरहेका छन् । विचार आदानप्रदान गरिरहेका छन् ।

विदेशमा रहने नेपालीले नेपाल र नेपाली भाषालाई परिचित गराउन र नेपालीको पहिचान बनाउन  विभिन्न कार्यक्रमहरू गर्ने गर्दछन् । नेपाली भाषाका कक्षाहरू सञ्चालन गर्दछन् । नेपाली सांस्कृतिक चाडपर्वहरूलाई मनाउने गर्दछन्  । दशैँ मनाउने, देउसी भैलो खेल्ने, टीकामाला लगाउने  गर्छन् । भाषा साहित्यको विकासका लागि साहित्यिक कार्यक्रमहरू गर्ने गर्छन् । साहित्यकारहरूका जन्म जयन्तीहरूलाई भव्य रूपमा मनाउने गर्दछन्  । साना बालबालिकाहरूलाई आफ्नो भाषा संस्कृति सिकाउने काम  गर्दछन् । उत्तर अमेरिकामा नेपालीहरू धेरै बसोवास गर्ने देश अमेरिका र क्यानडा हुन् ।

अमेरिकामा त नेपालीहरूको सङ्ख्या लाखौँमा पुगी सकेको छ । क्यानडामा पनि लाख पुग्ने क्रममा छ । नेपालीहरूले विभिन्न ठाउँमा आफ्ना समुदायहरूमा नेपाली भाषाका स्कुलहरू सञ्चालन गरेका छन् । साहित्यिक सङ्घ संस्था खोलेर नेपाली भाषासाहित्य र संस्कृतिलाई बढाउने कामहरू भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विभिन्न देशका धेरै सहरहरूमा शाखाहरू खोलेर योगदान गर्दैछ । गैरआवासीय नेपाली सङ्घ नेपाली साहित्य समाज आदि थुप्रै सङ्घसंस्थाले नेपाली भाषासाहित्य र संस्कृतिको प्रवद्र्धन गरेका छन् ।

नेपालबाहिर भानु जयन्ती, देवकोटा जयन्ती मनाएर बालबालिकाहरूलाई नेपाली भाषासाहित्य र संस्कृतिको बारेमा सिकाउँछन् । नेपाली भाषाका पुस्तकहरूलाई अनुवाद गरेर अरू भाषीहरूलाई पनि  भाषा चिनाउँछन् । अरू भाषाहरूको थिचाइमा परेर  आफ्नो भाषाको अस्तित्व मेटिएला भनेर सधैँ चिन्तित हुन्छन् । रातदिन भाषा र साहित्य भन्दै सपना देखेर विविध सृजनाहरू गर्दछन् ।

क्यानडा विभिन्न सहरहरू मन्ट्रियल टोरन्टव, मिसासाग, ब्राम्टन, अलबर्टा, विनिपेग क्यालगरी, ब्रिटिस कोलम्विया, अटवा आदि ठाउँमा स्कुलहरू खोलेर नेपाली भाषाको पढाइ भइरहेको छ । क्यानडाको राजधानी अटवामा कक्षा एकदेखि आठसम्मका छवटा कक्षाहरू सञ्चालित छन् भने नेपाली भाषाको क्रेडिट कोर्स नौकक्षादेखि बार कक्षासम्मको पढाइ भइरहेकोछ । राजधानी अटवामा पनि २००४ सालदेखि लगातार देवकोटा जयन्ती मनाउने क्रम जारी छ । देउसी भैलो खेल्ने र संस्कृतिलाई फैलाउने क्रम निरन्तर चलिरहेको छ ।

विदेशमा बस्ने नेपालीका बिचमा देवकोटाको असामान्य प्रतिभाको चर्चा हुन्छ । देवकवटाले दश दिनमा सुलोचना महाकाव्य र एक दिनमै खण्डकाव्य लेखेको विलक्षणको यथार्थ सुनाउँदा विदेशी लेखक र साहित्यकारहरू समेत चकित हुने गर्दछन् । देवकोटाको यो चमत्कारी क्षमताको कुरा शंकर लामिछानेले चारघण्टामा पाँचवटा कथा लेखेको प्रसङ्गले पनि पुष्टि गर्दछ । त्यस्तै सुलोचना महाकाव्यका साँची भएर देवकोटाले भनेको लेख्ने श्यामदास वैष्णवको कुराले सारालाई नै चकित बनाउँछ । देवकोटा स्वदेश भित्रका विविध भाषाका ज्ञाताका अतिरिक्त विभिन्न नौ अन्तर्राष्ट्रिय भाषामा उतिकै पोख्त थिए भन्ने कुराले झनै आश्चर्य तुल्याउँछ । यस्ता प्रतिभालाई विश्वसामू पुर्‍याउन सके देवकोटा जस्तो प्रतिभावान साहित्यकार संसारमै नमुनाका रूपमा हुने थिए ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 1,147
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

July 6, 2021

देवकोटाको उच्च चेहरा

July 6, 2021

साहित्यको सागर

July 6, 2021

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

July 6, 2021

देवकोटा साहित्यका मननीय अंश

July 6, 2021

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

July 6, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.