सुरेन उप्रेती

प्रबन्ध सम्पादक

रमेश शुभेच्छु

सम्पादक

प्रा डा मोहन सिटौला

सल्लाहकार

प्रा डा धर्मराज कोइराला

सल्लाहकार

 

-हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो । यसमा स्थापित पुस्तादेखि नव पुस्ता र नवीनतम् (बाल) पुस्ताले पनि यथोचित स्थान पाउनेछ । यो नेपाली भाषा र साहित्यका अभियन्ता, सर्जक, अनुसन्धाता, अद्येता, अनुरागी, साहित्य सम्बन्धी सङ्घ संस्था तथा सरोकारवाला सम्पूर्ण महानुभावहरूका लागि साझा विद्युतीय सञ्चार माध्यम बनाउनेतर्फ हामी लागिरहेका छौँ । -साहित्य सागरले नामअनुसारको काम गर्नु पर्नेछ । कुनै कामको सुरुवात ठुलो कुरा होइन; यसको निरन्तरता र प्रतिफल ठुलो कुरा हो । लेखक, पाठक, विज्ञ एवम् सरोकारवाला व्यक्तित्वहरूको सल्लाह सुझावअनुरूप यसलाई परिवर्तन र विकास गरिँदै लगिनेछ । यस साइटको अवलोकन र अध्यनले नेपाली भाषा र साहित्यप्रति विदेशीहरूसमेतको अनुराग बढ्न गई नेपाली भाषा र साहित्यको थप बिकास हुने र नेपाली समुदायलाई अझ एकताका सूत्रमा बाँधी नेपाली सान र मान बढ्ने आशा हामीले गरेका छौँ । -साहित्य सागर सञ्चार माध्यमको परिकल्पना गैरआवासीय नेपाली सङ्घ, नेपाली भाषा साहित्य उपसमिति २०१७–२०१९ का सदस्य मणि नेपाली पनेरूले गरेका र सो उपसमितिबाट अनुमोदन गरिएपछि सोही उपसमितिका अर्का सदस्य साहित्यकार सुरेन उप्रेतीले यसलाई मूर्त रूप दिने काम गरेका हुन् । यसमा नेपालमा रहेर भाषा साहित्यमा समर्पित कवि, समीक्षक एवम् साहित्यिक पत्रकार रमेश शुभेच्छुले सम्पादनको पाटो जिम्मा लिनुभएको छ । हाल यसका संस्थापक सल्लाहकारहरूमा वरिष्ठ साहित्यकार तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष डा मोहन सिटौला तथा कवि तथा भाषाविद् प्रा डा धर्मराज कोइराला हुनुहुन्छ । यो समूहलाई क्रमशः आवश्यकता र उपादेयताका आधारमा विकास र विस्तार गरिँदै लगिने छ ।