साहित्यसागरलाई प्राप्त शुभकामना सन्देशहरू​​

डा. गंगा प्रसाद उप्रेती

कुलपती, नेपाल प्रज्ञा प्रतिष्ठान

जीबा लामिछाने

पुर्व अधक्ष, गैर आवासिय नेपाली संघ अन्तर राष्ट्रिय सवन्वय परिषद

NRNA ICC पुर्व अध्यक्ष जीबा लामिछानेको सन्देश

गैरआवासीय नेपाली संघ विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालसँग जोड्ने साझा थलोका रुपमा विगत डेढ दशकदेखि क्रियाशिल छ । प्रारम्भका एक दशक यो संस्थाले आफ्नो विश्वब्यापी संघठन निर्माण गर्ने, एकअर्काका समस्या पहिचान गर्ने र आफ्नो मातृभूमिसँग यो संस्थालाई कसरी जोडिन सकिन्छ, त्यसको खाकाहरु कोर्नमा खर्च गर्यो । आज यो संस्थाले आफ्नो मातृभूमि, मातृभाषा र आफन्तजनसँग जोडिएर जे जस्तो काम गरिरहेको छ, त्यसका लागि संस्थाको पहिलो दशक निकै महत्वपूर्ण भएको र पछाडि फर्किएर हेर्दा त्यसमा सन्तोष गर्ने ठाउँ प्रसस्त देखिन्छ । स्थापनाको पहिलो दशकमैं नेपाल सरकारका विभिन्न निकायसँग हामीले नजिकको सम्बन्ध राखेर काम गर्यौं । आज अस्तित्वमा आएका विभिन्न योजनाहरु, विदेशमा नेपाल चिनाउने विभिन्न कार्यक्रमहरु, ब्यापार र लगानीका क्षेत्रहरु, वैदेशिक लगानी नेपाल भित्राउने प्रयासहरु, महिला सशक्तिकरणका कार्यहरु, युवा र खेलकुदसम्बन्धी कार्यक्रमहरु, नेपाल नीति निर्माणमा सहयोग गर्ने कार्यहरु र विपद् व्यवस्थापनका विभिन्न कार्यक्रमहरुको खाका पनि यहि पहिलो दशकमा देखिएका सपनाहरु हुन् ।
 
यसै सन्दर्भमा म गैरआवासीय नेपाली संघको अध्यक्ष हुंदा संघले आगामी दिनमा भाषा, साहित्य, संस्कृति र सम्पदाका क्षेत्रमा नेपाल सरकारका निकायसंग साझेदारी गरी अघि बढ्ने सहमति गर्यो । त्यसै अनुरूप गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय कार्यकारी सचिवालयअन्तरगत भाषा, साहित्य, संस्कृति र सम्पदा प्रवद्र्धन कार्यदलको संयोजनमा नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति बैरागी काँइलाबीच २०७० साल अशोज २३ गते भाषा साहित्यका क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भएको थियो । सम्झौतामा नेपाली भाषा, साहित्य र संस्कृतिको संबद्र्धन गर्दै विश्वब्यापीकरण गर्न देश विदेशमा रहेका नेपालीभाषी साधकहरु उपस्थित गराई सामायिक विषयमा गोष्ठी एवं सभा गर्ने, डायस्पोरिक लेखका विभिन्न ग्रन्थहरु तयार गर्ने, नेपाली भाषामा लेखिएका कृति एवं रचनाहरुलाई अन्तर्राष्ट्रिय भाषामा अनुवाद गर्ने सहमति भएको थियो । त्यसैगरि प्रज्ञा प्रतिष्ठानले स्थापना गरेको डायस्पोरिक डेस्कलाई सशक्त बनाइ त्यसैमार्फत गैरआवासीय नेपालीका साहित्य सिर्जनाका विधागत ग्रन्थहरु सम्पादन एवं प्रकाशन गर्ने सहमति भएको थियो ।
 
यसका लागि गैरआवासीय नेपाली संघ र प्रज्ञा प्रतिष्ठानले एक कोष स्थापना गरि साहित्य लेखन, संकलन, सम्पादन एवं प्रकाशनलाई स्थायी रुप दिने निर्णय भएको थियो । यसैको पछिल्लो कडिका रुपमा अन्तरदेशीय नेपाली कथाहरुको संग्रह  प्रकाशित भयो। त्यस्तै नारीहस्ताक्षर मुक्तक संग्रहको प्रकाशन भयो। बिभिन्न महाँदेशबाट अनुवादका कृतिहरु प्रकाशन भै रहेका छन् । उत्तर अमेरिकाबाट प्रकाशित डिस्टेण्ट रे  अंग्रेजी भाषामा प्रकाशित कथा संग्रह तपाईहामी समक्ष आउन सफल भएको छ । यी प्रकाशनहरुले मलाई अपार हर्ष लागेको छ । यी पुस्तकहरुले  विश्वका कुना कुनामा रहेर नेपाली साहित्यमा योगदान गरिरहनु भएका साहित्यकर्मीहरुलाई नेपालको साहित्यको मुख्य धारामा अटाएको मात्र होइन, डायस्परिक लेखनको इतिहास खोज्न पनि सजिलो बनाइदिएको छ । यसले विद्यालय एवं विश्वविद्यालयीय पाठ्यक्रममा डायस्परिक रचना समावेश गर्ने बाटो पनि खोलिदिएको छ । यसअघि प्रकाशन भएको कविता सङ्ग्रहले खनिदिएको यो गोरेटो अब कथा हुँदै साहित्यको सबै विधामा लेखिरहनु भएका साहित्यकारहरुलाई क्रमशः मुलधारमा समेट्ने फराकिलो राजमार्ग बन्ने विश्वास पनि पलाएको छ ।
 
त्यस्तै गरेर गैह्रआवाशीय नेपाली संघ भाषा साहित्य उपसमितिका  सदस्य मणी नेपाली पनेरु र साथिहरुको पहलमा साहित्यसागर नेट वेवबाट नेपाली साहित्यको श्रीबृद्धिमा अर्को कदम अगाडी बढेको छ । यसको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । अन्त्यमा नेपाल लगायत विश्वभर छरिएर रहनु भएका साहित्यिक मनहरुप्रति आभार प्रकट गर्दछु । विदेशको भूमिमा व्यवशायिक लेखनभन्दा पर रहेर बस्नु पर्ने बाध्यताका बीच पनि जुन किसिमका गहनकार्यहरु भएका छन । यी कार्यहरुले डायस्परिक साहित्यको शीर उँचो बनाएको मैले महसुस गरेको छु । 
 
जीवा लामिछाने पूर्व अध्यक्ष, गैरआवासीय नेपाली संघ, अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्

गोविन्द प्रसाद गौतम

सँयोजक गैर आवासिय नेपाली संघ, भाषा तथा साहित्यउपसमिति २०१७-२०१९

सँयोजक गोविन्द प्रसाद गौतमको शुभकामना सन्देश

गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, भाषा तथा साहित्य उपसमितिको उत्तर अमेरिका स्थित अमेरिकाको क्यालिफोर्निया राज्यका हाम्रा सदस्य श्री मणी नेपाली पनेरु जीको सक्रिय नेतृत्व र भिजनमा यो कार्य भएको हो । नेपाली भाषा र साहित्यको श्रीबृद्धीका लागि भएको यो प्रयाश प्रसंसनिय र सह्रानिय छ । यो वेवसाइडले   NRNA को पहिलो अन्तर्राष्ट्रिय नेपाली  भाषा तथा साहित्य सम्मेलनका प्रमुख अतिथि साहित्यकार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा श्री गंगाप्रसाद उप्रेतीज्यूका बाहुलीबाट अनावरण हुने  अवशर पाउनु अर्को गौरवको कुरा हो । गत सेप्टेम्वर महिनाको १ र २ तारिखमा अमेरिकाको बोस्टनमा भएको सम्मेलनमा यसको समुद्घघाटन भएको थियो । 

कार्यक्रममा  नेपाल प्रज्ञाप्रतिष्ठान सँगको समन्वययमा भाषा साहित्य उपसमितिले प्रकाशन गरेको डायस्पोरिक कथाकारहरुको कथा संग्रह अन्तर्देशिय नेपाली कथाहरुको पनि विमोचन भएको थियो ।त्यस्तै गरी भाषा साहित्य उपसमितिको अर्को पुस्तक सल्लाहकार रमेश पौडेल द्वारा सम्पादित नारी हस्ताक्षर मुक्तक संग्रम  र उत्तर अमेरिकाका कथाकारहरुको अंग्रेजी भाषामा अनुवादित कथा संग्रह डिस्टेण्ट सनरेज पनि बिमोचन भएको थियो । 

यस वेवसाइडले नेपाली हिन्दि अंग्रेजी साहित्यका पाठकहरुलाई एकै ठाउँमा बसेर आफुले इच्चाएका  बिबिध साहित्यक बिधाहरुको अध्यन गर्न सरल र सहज ढंगले पाउनेछन । यसले अध्ययन र अध्यापन गराउँनेहरुलाई र सोधकर्ताहरुलाई समेत  श्रोतको रुपमा सहयोग पुर्याउने छ भन्ने मैले विश्वार लिएको छु । यसले नाम अनुसारकै साहित्यको सागर भएर सन्सार घुम्न र यात्रुहरुलाई संसार घुमाउन सफल होस । हार्दिक शुभकामना दिन चाहान्छु ।


भवदिय
गोविन्दप्रसाद गौतम
संयोजक
गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति,
भाषा तथा साहित्य उपसमिति २०१७ – २०१९