SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन
देवकोटा विशेषाङ्क

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

Sahitya SagarBy Sahitya SagarJuly 6, 2021No Comments11 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

शेखरकुमार श्रेष्ठ युवा पुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको सारभूत परिचयसहित देवकोटाको सीताहरण खण्डकाव्यमाथि लेखिएको समीक्षा समेटिएको छ । यस समीक्षाले देवकोटाको सीतारण कावयको वक्रोक्तिपरक अध्ययन गरेको छ ।

​-सम्पा.


१. विषयपरिचय
सीताहरण खण्डकाव्यका रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटा (जीवनकालः १९६६–२०१६) हुन् । देवकोटाले यस खण्डकाव्यमा अध्यात्म रामायणको आरण्यकाण्डको सीताहरण प्रसङ्गलाई विषयवस्तुका रूपमा लिएका छन् । प्रस्तुत खण्डकाव्य पञ्चवटी वनमा वनवासी जीवन ब्यतित गरिरहँदा सीताले सुनौलोे लोभनीय मृग देखेपछिबाट घटना आरम्भ भएको छ । त्यस समय सीताले रामलाई मृग ल्याइदिन नारी हठ देखाउँछिन् । त्यस हठ पूरा गराउन राम धनुकाण बोकेर मृग समात्न हिँड्छन् । रामले आफूलाई समात्न आएको देखी मृग बेपत्तासँग भाग्छ । राम पनि मृगलाई लखेट्दै टाढा पुग्छन् । त्यसबेला रामले मृगलाई वशीभूत गर्न वाण छोड्छन् । रामले हानेको वाण मृगलाई लाग्छ । त्यस समय मृगले सीता र लक्ष्मणको नाम लिँदै मरेँ भनी कराउँछ र मारिची ऋषिको रूप लिन्छ । राम र मारिचीका बिच त्यहाँ कुराकानी हुन्छ । कुराकानीको क्रममा रावणका लागि आफू मृग बनेर आएको र रावणले सीताको हरण गर्न लागेको रहस्य मारिचीले रामलाई बताउँछन् ।

अर्कातिर कुटीमा बसेकी सीताले राम कराएको आवाज सुन्दछिन् र दुःखी बन्छिन् । सीताले त्यसबखत वनवासीका सहयोगी लक्ष्मणलाई दाजु खोज्न जान अह्राउँछिन् । त्यस समय भाउजूलाई एक्लै छाडी राम खोज्न जान लक्ष्मण मान्दैनन् । लक्ष्मणले आफ्नो कुरा अवज्ञा गरेपछि सीता रिसले चुर हुन्छिन् । उनले दाजु मरेपछि आफूलाई भोग गर्ने सुर लक्ष्मणमा रहेका कारण खोज्न जान नमानेको आरोप सीताले लगाउँछिन् । भाउजूको यो अकल्पनीय आरोपबाट भयभीत हुँदै रामलाई खोज्न लक्ष्मण निस्कन्छन् । लक्ष्मण निस्केपछि जोगीको भेष धारण गरी सीतासँग भिख लिन रावण कुटीमा आउँछ । सीता छद्मभेष धारण गरेको रावणलाई भिख दिन बाहिर निस्कन्छिन् । यसरी निस्केको बेला रावणले सीतालाई जबर्जस्ती उठाई लिएर जान्छ र यो खण्डकाव्य समाप्त भएको छ । प्रस्तुत खण्डकाव्यमा राम र सीताको वियोग प्रस्तुत छ । अतः यो वियोगान्त खण्डकाव्य हो ।

रामायणको आरण्यकाण्ड सम्बन्धित उल्लिखित विषय भएको यस खण्डकाव्यमा खण्डकाव्यकार देवकोटाले आफ्नो मौलिक काव्य क्षमता प्रस्तुत गरेका छन् । यस क्रममा प्रस्तुत सीताहरण खण्डकाव्यलाई यहाँ वक्रोक्ति सिद्धान्तको पदपूर्वार्धवक्रताका आधारमा अध्ययन गरिएको छ ।

२. वक्रोक्तिको परिभाषा
वक्रोक्ति संस्कृत भाषाको तत्सम् शब्द हो । वक्रोक्ति शब्द ‘वक्र’ र ‘उक्ति’ (आप्टेः सन् १९६९; ८८९) क्रमशः विशेषण र नाम शब्द समस्त भई बनेको शब्द हो । वक्रको अर्थ बाङ्गो, घुमाउरो वा कुटिल हुन्छ भने उक्तिको अर्थ भनाइ वा कथन हो । जसअनुसार वक्रोक्तिको अर्थ घुमाउरो वा कुटिल भनाइ भन्ने हुन्छ । नेपाली बृहत् शब्दकोशमा वक्रोक्तिलाई श्लिष्ट शब्दद्वारा गरिने उपहास वा व्यङ्ग्यको अर्थमा (२०५५; ११९५) लिइएको छ । वक्रोक्ति सिद्धान्तका प्रणेता कुन्तकले शब्द र अर्थ अलङ्कार्य हुन् भने वक्रोक्ति तिनको अलङ्कार हो र विदग्धतापूर्ण सुन्दर कथनचाहिँ वक्रोक्ति हो (विश्वेश्वरः सन् १९९५; ५१) भनी परिभाषित गरेका छन् । यसै परिभाषालाई प्रस्ट पार्दै महादेव अवस्थीले साहित्यिक कृतिमा प्रयोग गरिएका शब्द र अर्थ वा भाषा र भाव विषयवस्तु अलङ्कार्य हुन् र तिनलाई सुन्दर एवम् चमत्कारपूर्ण बनाउने तत्त्व वक्रोक्ति हो (अवस्थीः २०५५, ५०) भनेका छन् । यसबाट शब्द र अर्थ अलङ्कार्य हुन् । यी शब्द र अर्थलाई सामान्य कथनभन्दा पृथक तरिकाले भाषिक रूपमा सुन्दर र चमत्कार बनाउन प्रयोग गरिएमा वक्रोक्ति बन्ने कुरा सिद्ध हुन्छ । आचार्य कुन्तकले वक्रोक्तिका ६ भेद देखाएका छन् (विश्वेश्वर : सन् १९९५, ६४–९०) १.वर्णविन्यासवक्रता २. पदपूर्वार्धवक्रता ३. पदपरार्धवक्रता ४. वाक्यवक्रता ५. प्रकरणवक्रता ६. प्रबन्धवक्रता ।

२.१ पदपूर्वार्धवक्रता र भेद
पद वाक्यपछि काव्यको दोस्रो अङ्ग हो । अनेक वर्णकोे संयोगबाट भाषामा रूप वा शब्दको निर्माण हुन्छ । वाक्यमा प्रयोग हुँदा विभक्तिसहितका शब्दलाई व्याकरणमा पद भनिन्छ । यसैलाई आधार मानी कुन्तकले पदलाई पदपूर्वार्ध र पदपरार्ध गरी दुई भागमा विभाजन गरेका छन् । पदका पनि पूर्व र पश्च भाग हुन्छन् । व्याकरणमा प्रकृतिलाई पदपूर्वार्ध भनिन्छ । पदपूर्वार्धवक्रता भनेको पदको पूर्व भाग वा पदको प्रकृति/आधारमा उत्पन्न हुने चमत्कार हो । पदपूर्वार्धवक्रतालाई कुन्तकले रूढिवैचित्र्यवक्रता, पर्यायवक्रता, उपचारवक्रता, विशेषणवक्रता, संवृत्तिवक्रता, वृत्तिवक्रता, लिङ्गवैचित्र्यवक्रता र क्रियावैचित्र्यवक्रता गरी आठ भागमा विभाजन गरी त्यसका पनि उपभेद देखाएका छन् । यसको चर्चा खण्डकाव्य विश्लेषणसँगै गरिएको छ ।

३. सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रता
सीताहरण महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य हो । यस खण्डकाव्यको प्रथम प्रकाशन वि.सं.२००३ मा भएको हो । यस खण्डकाव्यको कवितात्मक कथनमा पदपूर्वार्धवक्रताको प्रचुर प्रयोग पाइन्छ । यसले खण्डकाव्यलाई चमत्कारपूर्ण, भावगाम्भीर्य, रमणीयता, श्रुतिपेशलता र लयमाधुर्य बनाएको छ । विप्रलम्भ श्रृङ्गारलाई वण्र्यविषय बनाई लेखिएको यस खण्डकाव्यमा रूढिवैचित्र्य, पर्याय, लिङ्ग प्रयोगमा वैचित्र्यता, वृत्तिवक्रता अधिक पाइन्छन् भने अन्य वक्रता पनि विषयानुकूल प्रयोग भएका छन् । वण्र्यविषयअनुरूप प्रयोग भएका यस खण्डकाव्यको पदपूर्वार्धवक्रता सहज, स्वभाविक र प्राकृतिक छन् । यस खण्डकाव्यमा पाइने पदपूर्वार्धवक्रतालाई उदाहरणसहित दिइएका शीर्षकमा प्रस्तुत गरिएका छन् :

३.१ रूढिवैचित्र्यवक्रता
परम्परागत वा लोक व्यवहार वा शब्दकोशमा प्रसिद्ध वाच्यार्थलाई रूढि भनिन्छ । यस अर्थमा कविले आफ्नो प्रातिभ्य शक्तिद्वारा शब्दको रूढि अर्थद्वारा असम्भव अर्थको आरोप गर्दा रूढिवैचित्र्यवक्रता हुन्छ । … यसलाई ध्वनिवादीले अर्थान्तरसङ्क्रमित वाच्य ध्वनिका रूपमा लिएका छन् (विश्वेश्वरःसन् १९९५, ५९) । जस्तै,

लम्बा दाढी लहलह सेतो
चाँदी चाँदी तार खसेको (सीताहरणः २०२४, २९)

यस उदाहरणमा चाँदी शब्द दुई ठाउँमा आएको छ । यस क्रममा दोस्रो चाँदी शब्दको रूढ अर्थमा विस्तार भई बहुरूपी अर्थ आरोप भएको छ । जसअनुसार पहिलो चाँदी शब्दले द्रव्य जनाएको छ भने दोस्रो शब्दले परिपक्वताको लक्षण प्रस्तुत गरेको छ । यस खण्डकाव्यमा रावणले मुनि भेष धारण गर्दा परिपक्व अनि मूल्यवान् मुनिका रूपमा देखिएको कुरा आरोप भएको छ । त्यसैले यहाँ रूढिवैचित्र्यवक्रता परेको छ । त्यस्तै,

भस्म भएको वादल बन्दछ
छारो उडेको आकाश
विधवा चरी त्यो हाँगा माथि
रुन्छे अकेली विरह उदास । (सीताहरण : २०२४, २५)

यस उदाहरणमा साहाराविहीन अवस्थामा रहेकी सीतालाई बुझाउन विधवा चरी शब्द प्रयोग गरिएको छ । यहाँ विधवा चरीको अर्थ सङ्क्रमित भई सीतालाई जनाएको छ । त्यसैले यहाँ पनि रूढिवैचित्र्यवक्रता परेको छ ।

३.२ पर्यायवक्रता
पर्याय शब्दमा आश्रित हुने वक्रता पर्यायवक्रता हो । पर्यायको अर्थ समानार्थी शब्द हो । समान अर्थ जनाउने नयाँ शब्दको प्रयोग गर्नु नै पर्यायवक्रता हो (विश्वेश्वरः सन् १९९५, ६०) ।

अ) पर्याय शब्दले कहिलेकाहीँ वाच्यार्थको भित्री अर्थ प्रकट गर्छ भने कहिले वाच्यार्थलाई अतिशय पार्छ । जस्तै,

दिन्छ दशानन दुःख विशाल
दशै दिशामा फिँज्दछ जाल (सीताहरण : २०२४, २०)

यहाँ विशाल र दशै दिशाले एउटै अर्थ प्रदान गरेको छ । यहाँ विशालले व्यापक क्षेत्र बुझाएको छ भने दशै दिशाले पनि व्यापकता जनाएको छ । यहाँ दशाननले विशाल र दशै दिशामा जाल फ्याँक्ने कुरा गरी मनकै लोभका कारण दशानन अर्थात् दशओटा टाउकाको मस्तिष्कले विचार गर्ने व्यक्तिमा पनि षड्यन्त्रको दाउपेच हुने कुरा अभिव्यक्त भएको छ । अतः यहाँ वाच्यार्थले अतिशयता व्यक्त गरी पर्यायवक्रता सिर्जना गरेको छ ।

आ) पर्याय कहीँ स्वयम् अलङ्कार हुन्छ भने कहीँ अलङ्कारको शोभामा आश्रित हुन्छ । जस्तै;

हिराभन्दा अतिशय कोमल
मोतीभन्दा मृदुल अपार
देखेँ तिम्रो हे सुकुमारी
विचेत नजरमा द्रवित जुहार (सीताहरण : २०२४, ४३)

यहाँ रावणले सीता हरण गरेपछि सीताको सुकुमार अनुहार वर्णन गर्दा कोमल, मृदुल, सुकुमारी शब्द पर्यायका रूपमा आएको छ । यसरी यहाँ कोमल, मृदुल र सुकुमारी शब्दले एउटै अर्थ द्योतन गरेकाले यहाँ पर्यायोक्ति अलङ्कारसमेत परेको छ ।

३.३ विशेषणवक्रता
कारक वा क्रियाको महात्म्य वा प्रभावका कारण वाक्यमा सौन्दर्य प्रस्फुटित हुँदा विशेषणवक्रता हुन्छ । यसमा विशेषणको सम्बन्ध कहीँ कारकसँग हुन्छ भने कहीँ क्रियासँग रहन्छ । यहाँ विशेषण नाम वा क्रियाको भेदक धर्म हो । यसले सीमित वा व्यापक अर्थ प्रदान गर्दछ (विश्वेश्वरः सन् १९९५, ६४) ।

(अ) कारक विशेषण
बिजुली चम्क्यो झलझल झिलझिल
एक पहेँलो ज्वाला दगुर्‍यो (सीताहरण,२०२४;११)

यहाँ ज्वाला कर्ता कारकको विशेषतालाई पहेँलोले सीमित बनाइदिएको छ । त्यसैले यहाँ विशेषणवक्रता परेको छ ।

(आ) क्रियाविशेषणवक्रता
हुरी झैँ दगुर्दो घररर गर्दै
घन गर्जनको स्वरहरू भर्दै (सीताहरण,२०२४;४०)

यहाँ घरर दगुर्नु क्रियाको विशेषणका रूपमा गर्जनको स्वरहरू आएका छन् । यहाँ क्रियाको भेदको रूपमा विशेषता बुझाउन आएकाले क्रियाविशेषणवक्रता परेको छ ।

इ) अलङ्कार सौन्दर्यको वृद्घि गर्ने विशेषणवक्रता
अन्धकारकी उज्ज्वल बत्ती
दुःखकी सुन्दर आधार (सीताहरण,२०२४;४५)

यहाँ बत्ती प्रस्तुतबाट अप्रस्तुत सीताको उल्लेख छ । यहाँ सीतालाई दुःखी भए पनि अँध्यारोको बत्तीको रूपमा लिइएको छ ।

विशेषणवक्रताले चार किसिमको भूमिका खेल्दछ :

(क) चित्रमयवक्रता
रामराम बराबर बोल्दछ
शिवशिव स्वासपिच्छे छ प्रकार
आउँछ चिम्टा छनछन पारी
बं बं बोल्दै झोलीदार(सीताहरण,२०२४;४६)

यहाँ रावणले सीता बसेकी पञ्चवटी वनमा भिख माग्न गएको दृश्यको चित्रमय वर्णन भएको छ ।

(ख) भावमय वर्णन
पंचवटीको झाडी फुल्थ्यो
ढकमक पुष्प प्रसार
एउटा हरियो चरीले हेर्थी
स्याउलाले सुन्दर द्वार (सीताहरणः२०२४,३१)

यस श्लोकमा प्रयोग हरियो, सुन्दर जस्ता विशेषणले भावात्मकता वृद्घि गरेको छ ।

(ग) विचारगर्भित विशेषण
वर्णन मूक छ खुल्छ जहाँ त्यो
बाँकटे चोली हिउँमा अपार
वदन छ संध्या जब विन्ध्यामा
स्वर्गको खुल्दछ द्वार (सीताहरणः२०२४, ३३)

प्रस्तुत श्लोकमा विन्ध्यामा अर्थात् पहाडमा नै स्वर्गको द्वार खुल्छ भन्दै प्रकृतिमा फर्कनुपर्ने स्वच्छन्दतावादी विचार प्रकट गरिएको छ ।

३.४ संवृत्तिवक्रता
कुनै पनि विषयलाई विचित्रतापूर्वक प्रकट गर्ने इच्छा लिएर कवि वा सर्जकले सर्वनाम शब्दको प्रयोग गरेर वस्तुको संवरण वा प्रस्तुत गर्दछ भने त्यसलाई संवृत्तिवक्रता भनिन्छ (विश्वेश्वरः सन् १९९५, ६७)।

देखी तिमीले करले छोयौ
हृदयतन्त्रका स्वरहरू फोयौ
जग लोचन युग युग धोयौ
जीव रुलाई आफै रोयौ (सीताहरणः २०२४, २)

यस श्लोकमा प्रस्तुत तिमी सर्वनाम खण्डकाव्यको सुरुमा मङ्गलाचरणको सन्दर्भमा आएको छ । यहाँ तिमी सर्वनामले हृदयतन्त्रका स्वरहरू फुकाउने सरस्वतीलाई बुझाएको छ । त्यसैले यहाँ संवृत्तिवक्रता परेको छ ।

३.५ वृत्तिवक्रता
अव्ययीभाव आदिवृत्तिको (समास,तद्घित,कृत्प्रत्यय आदि) प्रयोग गरेर प्रस्तुत हुने वक्रता वृत्तिवक्रता हो (विश्वेश्वरः सन्१९९५, ७०) ।

पहिला चिडिया पर्व सुनौला
बन्दा गायक रूप रूपौला (सीताहरणः २०२४, २)

यहाँ रूपौला शब्द रूपले भरिएको अर्थमा रूपबाट बनेको छ । त्यस्तै,

फिरे शिकारी शवल पखेरू (सीताहरणः २०२४, ५)
पखेटाबाट पखेरू शब्द बनाइएको छ ।

यसप्रकार प्रस्तुत कवितांशमा वृत्तिवक्रता परेको छ ।

३.६ लिङ्गवैचित्र्यवक्रता
लिङ्ग प्रयोगमा आधारित सौन्दर्यलाई लिङ्गवैचित्र्यवक्रता भनिन्छ । लिङ्गको चमत्कारपूर्ण प्रयोगबाट सौन्दर्य प्रसार गरिँदा लिङ्गवैचित्र्यवक्रता हुन्छ (विश्वेश्वरः सन्१९९५, ७२)।

(अ) स्त्रीलिङ्गको प्रयोग
(क) हाय विपद्मा बुद्घि हजुरकी

बहुल दरिद्र भै छ (सीताहरणः २०२४, ७)

(ख) प्रतिभा गर्थी अन्दाज विचित्र

हावा र धावन दुईटै तौली (सीताहरण : २०२४, १४)

यहाँ क मा बुद्घि अन्य लिङ्गका लागि हजुरकी र दरिद्री स्त्रीलिङ्गको प्रयोग गरिएको छ भने ख मा प्रतिभा अन्य लिङ्गका लागि स्त्रीलिङ्गको प्रयोग गरिएको छ । यसरी अन्य लिङ्गको प्रयोग गरे मिल्ने ठाउँमा स्त्रीलिङ्गको प्रयोग गरी वैचित्र्यता प्रकट गरिएकाले यस कवितांशमा लिङ्गवैचित्र्यता प्रकट भएको छ ।

(आ) विशिष्ट लिङ्गको प्रयोग
क) कुवेर कोशकी श्रीकन बिस्र्यौ

बिस्र्यौ मृत्यु प्रहार (सीताहरणः २०२४, ३५)
ख) सुन्दरी लीला प्रभुको मनमा
गर्थी शवल रजाइ (सीताहरणः २०२४, ११)

यी उदाहरणमा श्रीकन पदका लागि कोशकी स्त्रीलिङ्ग र लीलाका लागि सुन्दरी स्त्रीलिङ्गवाची शब्द प्रयोग भएकोले यहाँ विशिष्ट लिङ्गको प्रयोग हुन पुगेको छ ।

३.७ क्रियावैचित्र्यवक्रता
धातु पद पूर्वार्ध हो । पदपूर्वार्धका रूपमा रहने धातुबाट उत्पन्न हुने वैचित्र्यता क्रियावैचित्र्यता हो (विश्वेश्वरः सन्१९९५, ७३)।

(अ) क्रिया कर्तासँग अभिन्न हुनु
परमपुरुष ती लीलाधारी
धनुमा काँड चढाई भारी
चलाक शिकारीझैँ ती दगुर्थे
मृगभन्दा झन् चतुरा भारी (सीताहरणः २०२४, १३)

यहाँ परमपुरुष ती लीलाधारी, धनुमा काँड चढाई, चलाक शिकारी कर्ता हुन् भने दगुर्थे क्रियापद हो । यस कवितांशमा विभिन्न कर्ताको दगुर्थे क्रियापदसँग अभिन्नता प्रकट भएको छ । त्यसैले यहाँ क्रियाको कर्तासँग अभिन्न सम्बन्ध रहने क्रियावैचित्र्य वक्रता प्रकट भएको छ ।

(आ) क्रियाद्वारा कर्ताको विचित्रताको पुष्टि
कर्ताको क्रियाद्वारा विचित्रताको पुष्टि गरिने अलङ्कार यसअन्तर्गत पर्दछ ।
खेद्छु म यसकन वशमा ल्याउँछु
भन्दै आत्मा उल्र्यो भारी
ठोक्रोबाट झिकिकन वाण
धनुष सुस्त चढाई हेर्दा (सीताहरणः २०२४, ११)

प्रस्तुत श्लोकमा प्रथम पुरुष म भए पनि तृतीय आत्मा तृतीय पुरुषको प्रयोग छ । यसले यहाँ वक्रता सिर्जना गरेको छ । अतः यहाँ पनि क्रियावैचित्र्य वक्रता प्रकट भएको छ ।

(इ) क्रियाविशेषण वैचित्र्यता
कटु वचन गरीकन भौँमा
रातो गाँठो पारी
फरक्क फर्की ठुस्स भइन् ती
सीता वदन बटारी (सीताहरणः २०२४, ८)

प्रस्तुत श्लोकमा फरक्क र ठुस्स विशेषण क्रमशः फर्की र भइन् क्रियापदका लागि प्रयोग भएका छन् । यिनले एकातिर क्रियाको विशेषता जनाएका छन् भने अर्कातिर सीताको स्वाभाव प्रस्तुत गरी चमत्कार उत्पन्न गराएका छन् । त्यसैले यहाँ क्रियाविशेषण वैचित्र्यता प्रकट भएको छ ।

(ई) उपचारमनोज्ञताको स्थिति
उपचारको अर्थ वक्रोक्तिवादको सन्दर्भमा सादृश्यवक्रता हो । कुनै एक वस्तुमा अर्का धर्मको सादृश्य आरोप गरेमा उपचारमनोज्ञता वक्रता हुन्छ ।

वनको ठाउँ एक अकेली
सुन्दरताकी बेली
भाउजूलाई छोडी कसरी
जान्थेँ, कुसुम अकेली (सीताहरणः २०२४, ७)

यहाँ वनको ठाउँमा अकेली रहेकी सीतालाई सुन्दरताकी बेली र भाउजूलाई कुसुम अकेली भनी सादृश्यका आधारमा आरोप गरिएको छ । त्यसैले यहाँ उपचारमनोज्ञता वक्रता परेको छ ।

४ निष्कर्ष
१. कुन्तकका अनुसार पदको प्रयोगमा देखिने वैचित्र्यता पदपूर्वार्धवक्रता हो अर्थात् प्रतिपादिक वा धातुमा हुने चमत्कारयुक्त प्रयोग पदपूर्वार्धवक्रता हो ।
२. यो चमत्कार लक्षणा शब्दशक्ति, शब्दको पर्यायप्रयोग, रूपकादि अलङ्कारको प्रयोग, कारक र क्रियाको महात्म्य प्रभाव, सर्वनामको गोपन प्रयोग, लिङ्ग प्रयोगमा वैचित्र्यता, क्रियाविशेषण प्रयोगमा वैचित्र्यता आदिका कारणले हुने गर्दछ ।
३. पदपूर्वार्धवक्रताको अनगिन्ती भेदहरू भए पनि यसलाई कुन्तकले रूढिवैचित्र्यवक्रता, पर्यायवक्रता, उपचारवक्रता, विशेषणवक्रता, संवृत्तिवक्रता, वृत्तिवक्रता, लिङ्ग वैचित्र्यवक्रता र क्रियावैचित्र्यवक्रता गरी आठ भागमा वर्गीकरण गरेका छन् ।
४. पदपूर्वार्धवक्रताले साहित्यिक वण्र्यविषयलाई सुशोभित तुल्याई अर्थमा चमत्कार पैदा गर्छ । यो प्रयोग स्वाभाविक, सहज, चमत्कारपूर्ण र नवीन हुनु आवश्यक छ ।
५. सीताहरण खण्डकाव्य पदपूर्वार्धवक्रतायुक्त खण्डकाव्य हो । यसमा वण्र्यविषयको रूपमा विप्रलम्भ श्रृङ्गार प्रस्तुत भएअनुसार रूढिवैचित्र्यवक्रता, पर्यायवक्रता, लिङ्गवैचित्र्यवक्रता, उपचारवक्रता जस्ता पदपूर्वार्धवक्रताको प्राचुर्य देखिन्छ । साथै अन्य किसिमका पदपूर्वार्धवक्रताको पनि ठाउँठाउँमा सहज, स्वाभाविक र वण्र्यविषयलाई सुहाउँदो किसिमले प्रयोग भएको छ ।
६. पदपूर्वार्धवक्रताको दृष्टिले सीताहरण सहज, स्वाभाविक, चमत्कार भएको श्रुतिपेशलता, लयमाधुर्य जस्ता विशेषताले भरिएको उत्कृष्ट खण्डकाव्य हो ।

सन्दर्भ सामग्रीसूची
अधिकारी, हेमाङ्गराज, पूर्वीय समालोचना सिद्घान्त (छैटौँ सं),ललितपुर : साझा प्रकाशन, २०५६ ।
अवस्थी, महादेव, लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यकारिता, अप्रकाशित शोधप्रबन्ध, त्रिभुवन विश्वविद्यालय,२०५८ ।
……………………, वर्णविन्यासवक्रता र मुनामदनमा त्यसको प्रयोग, गरिमा ,
काठमाडौं : साझा प्रकाशन, २०५५,वर्ष १६,अङ्क १२,मङ्सिर, २०५५ ।
आचार्य, विश्वेश्वर, काव्यप्रकाश, (पुनर्मुद्रण) वाराणसीः ज्ञानमण्डल लिमिटेड, सन्
२००८ ।
…………………, हिन्दी वक्रोक्तिजीवितम्, दिल्ली : आत्माराम एण्ड सन्स पब्लिसर्स,
सन् १९९५।
आप्टे, वामनशिवराम, संस्कृत ह्रिन्दी कोश (दोसं), दिल्लीः मोतीलाल वनारसीदास
देवकोटा, लक्ष्मी प्रसाद, सीताहरण, काठमाडौंः साझा प्रकाशन, २०२४ ।
उपाध्याय, केशवप्रसाद, पूर्वीय साहित्य सिद्घान्त, (चौथौँसं), ललितपुरःसाझा प्रकाशन, २०६१ ।
त्रिपाठी, वासुदेव र अन्य (सम्पा.) . नेपाली बृहत् शब्दकोश (पुनर्मुद्रण), काठमाडौंः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,२०५५ ।
पौडेल, विष्णु प्रसाद, संस्कृत काव्य शास्त्र, भुँडी पुराण प्रकाशन, २०५७ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 1,475
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

July 6, 2021

देवकोटाको उच्च चेहरा

July 6, 2021

साहित्यको सागर

July 6, 2021

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

July 6, 2021

देवकोटा साहित्यका मननीय अंश

July 6, 2021

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

July 6, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.