घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज गते लमजुङको पुस्तुन गाउँमा भएको थियो  उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नरकिन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् 

घिमिरेले २०५४ सालमाहिमालपारि हिमालवारि २०५८ सालमाचारु चर्चाकृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए 

उनले राष्ट्रिय गीतगाउँछ गीत नेपालीका साथै तारादेवीले गाएकोमनको बाँधचलचित्रकोफूलको थुङ्गा बगेर गयोतथा नारायणगोपालले गाएकोआजै राति के देखेँ सपनाजस्ता गीत पनि रचेका थिए 

स्वच्छन्दतावादी भावधारा परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि गीतकार हुनुहुन्थ्यो उहाँ बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेखनमा निरन्तर कलम चलाउदै आउनुभएका बहुमुखी प्रतिभा हुनुहुन्थ्यो प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन् उहाँले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनुभएको थियो

उहाँका नवमञ्जर, घामपानी, नयाँ नेपाल, किन्नरकिन्नरी जस्ता कवितासङ्ग्रह सङ्कलित छन् उहाँले लेखेको गौरी शोककाव्य सर्वाधिक मन पराइएको कृति हो साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू संग्रहित छन् उक्त कृतिमा उहाँले आफ्नी पहिलो श्रीमतीको असामयिक निधनपछिको कारुणिक अवस्था चित्रण गर्नुभएको उहाँलाईराष्टकविको उपाधिले सम्मान गरिएको थियो

घिमिरेलाई २०६० साल असोज गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो भने वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार प्राप्त गर्नुभयो त्यसैगरी वि.सं.२०५८ सालमा चारु चर्चा निबन्धका लागि साझा पुरस्कार प्रदान गरिएको थियो उहाँलाई वि..२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको थियो घिमिरेको जन्म वि.सं. १९७६ असोज गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो

घिमिरे जन्मिएको तीन वर्षमा उहाँकी आमाको निधन भएको थियो वर्ष हुँदा अक्षर चिन्नुभएका उहाँले वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गर्नुभएको थियो ११ वर्षको उमेरमा घर छाडेर लमजुङ जिल्लाको दुराडाँडाको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीर्ण गनुभएको थियो त्यसपछिको अध्ययनका लागि उहाँ बनारस पुग्नभएको थिो घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नुभएको थियो

उहाँले राष्ट्रिय गीतगाउँछ गीत नेपालीका साथै तारादेवीले गाएकोमनको बाँधचलचित्रकोफूलको थुङ्गा बगेर गयोतथा नारायणगोपालले गाएकोआजै राति के देखेँ सपनाजस्ता गीत पनि रचना गर्नुभएको थियो

 

सुरुवाती जीवन

माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भयो। जन्मिएको तीन वर्षमा उनकी आमा बितिन्। वर्ष हुँदा अक्षर चिनेका उनले वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौँको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे।घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।

 

पेशागत जीवन अन्य[सम्पादन गर्ने]

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे। घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सहसम्पादकको जागिरे पनि थिए। बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए।

वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए।

चर्चित राष्ट्रिय गीतगाउँछ गीत नेपालीका रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमाफूलको थुङ्गा बगेर गयो‘ (तारादेवी) तथाआजै राति के देखेँ सपना‘ (नारायण गोपाल)ले गाएका छन्। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।

 

कृति

उनको काविक यात्राको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ। गौरी राष्ट्रकवि माधव घिमिरेद्वारा लेखिएको शोककाव्य हो। साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू सङ्ग्रहित छन्।

माधव घिमिरेद्वारा लेखिएका कृतिहरू

·       नव मञ्जरी

·      
गौरी (शोककाव्य)

·      
मालती मङ्गले (गीतिनाटक)

·      
हिमालपारि हिमालवारि (गीतिनाटक)

·      
राजेश्वरी

·      
इन्द्रकुमारी

·      
राष्ट्रनिर्माता

·      
किन्नरकिन्नरी (गीतसङ्ग्रह)

·      
चारु चर्चा (निबन्ध)

·      
आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध)

सम्मान तथा पुरस्कार

राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उहाँलाई वि..२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ।

·       वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार प्राप्त

·      
वि.सं.२०५८ सालमा चारु चर्चा(निबन्ध) का लागि साझा पुरस्कार प्राप्त

 

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट