SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » क्रान्तिकारी स्वभाव र झर्रो भाषाका साहित्यसेवी
मन्तव्य

क्रान्तिकारी स्वभाव र झर्रो भाषाका साहित्यसेवी

Sahitya SagarBy Sahitya SagarAugust 31, 2021No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

रमेश शुभेच्छु नेपाली साहित्यमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । उनले दाहाल यज्ञनिधिको तेस्रो स्मृतिसभामा सभाध्यक्षका रूपमा प्रस्तुत गरेको मन्तव्यको रेकर्डलाई उतार गरी साहित्यसागरको प्रस्तुत शृङ्खलाको मन्तव्य स्तम्भमा राखिएको छ ।

-सम्पा.

दाहाल यज्ञनिधिको तेस्रो स्मृति सभाका प्रमुख अतिथि आदरणीय अग्रज साहित्यकार निनु चापागाईंज्यू,
कार्यक्रमका विशेष अतिथि पूर्वमन्त्री, साहित्यकार त्रिलोचन ढकालज्यू,
कार्यक्रमका विशेष अतिथि बरिष्ठ अग्रज साहित्यकार हरिहर खनालज्यू,
एन.आर.एनको भषा साहित्य एवम् संस्कृति विभाग हेर्ने उपसमितिका प्रतिनिधि हिक्मत थापाज्यू,
अनेसासका उपाध्यक्ष गोवर्द्धन पूजाज्यू,
सहआयोजनक संस्था साहित्यसागरका अध्यक्ष आदरणीय मणि नपाली पनेरुज्यूऽ
सहआयोजक संस्था साहित्यसागरका प्रबन्ध सम्पादक सुरेन उप्रेतीज्यू,
रेडियो नेपालमा दाहाल यज्ञनिधिका सहयात्री सिर्जना शर्मा एवम् डा. बमबहादुर थापा जितालीज्यू,
द्याहाल यज्ञनिधिका सहकर्मी आदरणीय साहित्यकार डा. बमबहादुर थापा जितालीज्यू,
दाहालले शिक्षासेवा गरेको दरबार हाइस्कुलका प्रधानाध्यापकज्यू,
हुम्लाबाट हामीलाई आज बिहान दाहालका नाममा कार्यक्रम गरेर सहयोग गर्नुहुने र अहिले कार्यक्रममा जोडिनुहुने धर्मानन्द लामाज्यू,
देश, विदेश विभिन्न ठाउँबाट जोडिनुहुने नेपाली साहित्य र सञ्चार क्षेत्रका विशिष्ट महानुभावहरू
दाहालले सेवा गरेका शिक्षा, साहित्य, सञ्चार, समाजसेवा क्षेत्रका उहाँका सहकर्मी, सहधर्मी स्वजन एवम् शुभचिन्तकहरू
दाहालकी जीवन सँगिनी, दाहाल यज्ञनिधि स्मृति सभाकी संरक्षक गुरुआमा सुधा दाहालज्यू,
दाहालका परिवार जन, स्वजन, शुभचिन्तक ।
सबैमा हार्दिक न्यानो अभिवादन ।

आजको साँझ हामी दाहाल यज्ञनिधिलाई सम्झँदै छौँ । उहाँ लेखनमा र सञ्चार कर्ममा पनि परिवर्तन पक्षधर क्रान्तिकारी प्रतिभा हुनुहुन्थ्यो । आज उहाँले हामीलाई छोडेर गएको तीन वर्ष बित्यो । यस बिचमा हामीले निरन्तर उहाँलाई सम्झने कुनै न कुनै काम गरिरहेका छौँ । गत वर्ष उहाँको एउटा खुला आकाश शीर्षकको गीतिएल्बम प्रकाशन गर्यौँ । त्यसको सङ्गीत संयोजन बरिष्ठ गायिका लोचन भट्टराईले गर्नुभएको छ । गत वार्ष नै एउटा जदौका निबन्ध कृति सार्वजनिक गर्यौँ । यो कृति अक्सफोर्ड पब्लिकेसनबाट सार्वजनिक भयो । यसपूर्व जदौ शीर्षकमा उहाँका निबन्धहरूको पहिलो सङ्कलन प्रकाशनमा आइसकेको छ । उहाँका कृतिलाई सङ्कलन र सम्पादनमा देवु लुइटेल र दिनेश लुइटेलले सहयोग गर्दै आउनुभएको छ ।

हामीले सुरुमा शोकसभाबाहेक केही दाहालका रुचिक्षेत्रमा अनुदान, सहयोग आदि गर्यौँ । उहाँका नाममा दोस्रो वार्षिकोत्सव र तेस्रो वार्षिकोत्सव गरी विभिन्न प्रतिभाहरूलाई नगदसहित सम्मान र केही संस्थागत योगदान गरेका छौँ । दाहालका नाममा थप काम गर्ने विभिन्न योजना पनि बनेका छन् ।

दाहाल निडर, समाज रूपमान्तरण पक्षधर क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ संस्कृत शिक्षा लिएको व्यक्ति भए पनि उहाँमा कर्मकाण्ड र धार्मिक अन्धविश्वासमा कति पनि विश्वास थिएन । उहाँले वैदिक साहित्यमा भने विश्वास गरेको बुझिन्थ्यो । उहाँ कतिपय नेपाली मौलिक दर्शनको उन्नयतमा लागिपर्नुभएको थियो । उहाँले समाजमा तल्लो जातिले मात्र प्रयोग गर्ने गरेको जदौ शब्दलाई सञ्चारमाध्यमको अभिवादनशैली बनाउनुभयो ।

दाहाल यज्ञनिधि आफ्नै घरभित्रका पनि क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो । आफ्नो पार्टी, संस्था र समाजका कमजोरीप्रति उहाँ कत्ति पनि आँखा चिम्लन सक्नुहुन्न थियो । उहाँलाई आजका प्रमुख अतिथि निनु चापागाईँले कतै भन्नुभएको थियो कि –दाहाल यज्ञनिधि काङ्ग्रेसभित्रका ठुला माक्र्सवादी हुन् भनेर । आज हामीले चापागाईँज्यूलाई प्रमुख अतिथिका रूपमा चयन गर्नु पनि यही उहाँको दाहाललाई बुझ्ने सामर्‍ हो ।

दाहाल वारिष्ठ सञ्चारकर्मी एवम् लेखक हुनुहुन्थ्यो । उहाँको लेखनमा उहाँको भषा र दृष्टिकोण कस्तो थियो भन्ने कुरा उहाँका लेखनबाटै बुझ्न सकिन्छ । उहाँले कलाका नाममा फुलबुटा भरेर विचार र दर्शनलाई कहिलै पनि छोप्नुभएन । त्यसरी प्रस्ट विचार राख्दा राख्दै पनि उहाँका निबन्ध र कविताहरू कलात्मक छन् । उहाँको लेखनसम्बन्धी उहाँको एउटा निबन्ध अंश लिऊँ :

संस्कृत पढ्ने लिँडेले संस्कृतकै ढ्यास्रा शब्द–वाक्य छान्दछ । अङ्ग्रेजी पढ्ने पधुवाले अङ्गे्रजीकै कुहेका हातीवार गनाए जस्ता गनाउने शब्द, वाक्य छान्दछ । त्यसै गरी हिन्दीबाज आएर धोती फुकालेर हाम्रो भाषालाई सम्प्रेषणविहीन भनेर नदेखाउने ठाउँ देखाएर बोल्दछ ।

उहाँ संस्कृतका विद्वान्को आदर्श पनि बोल्नुहुन्नथ्यो । अङ्ग्रेजी मिश्रित लवज पनि मनपराउनुहुन्न थियो । हिन्दीका लवज पनि मन पराउनुहुन्न थियो । नेपाली झर्रो खरो भषाको प्रयोगमा रुचि राख्नुहुन्थ्यो । यसको अर्थ उहाँ नेपाली राष्ट्रवादका झर्रो स्तम्भ हुनुहुन्थ्यो । सधैँ प्रतिपक्षमा रहेर परिवार, समाज, कार्यक्षेत्र र शासकका विपक्षमा देखिनुहुन्थ्यो । देश गणतन्त्रमा नजाँदै देशमा गणतन्त्रको माग गर्दै रैतीलाई नागरिक बनाउने अभियानमा हुनुहुन्थ्यो ।

दाहाल यज्ञनिधि सञ्चारकर्मी हुनुहुन्थ्यो तर उहाँ अरूभन्दा भिन्न सञ्चारकर्मी हुनुहुन्थ्यो । उहाँले सधैँ लुकेछिपेका प्रतिभा र उनका दबिएका आबाजको खोजी गर्नुभयो । उहाँले आफै आफ्नो सञ्चारकर्मी व्यक्तित्वका बारेमा एउटा निबन्धमा के भन्नुभएको छ भने :

यी सबै भन्दा म भिन्न किन छु भने यी र यस्ता अरू पनि हज्जारौँ हजार सञ्चारकर्मी छन् । कसै कसैले मात्रै मेरो जस्तो बाल्यकालभरि कृषि बालीमा आफूलाई लगानी गरेका होलान् । मैले सोह्र वर्षभरिको बाल्य किशोरकाल हरिलठ्ठक गोठालो खेतालोमा बिताएरपछि मात्र औपचारिक शिक्षामा आफूलाई सामेल गराएको छु । खगेन्द्र नेपालीले बीबीसीको शक्ति सम्पन्न सञ्चार भेटे पनि सत्यमोहन जोशीले पेचिङ (बेइजिङ) रेडियो समाले पनि यिनका सौभाग्यमा मेरो जस्तो बाँझो फोरेर बिऊ उमार्ने खनजोतको प्रायोगिक व्यवहारिक शिक्षा परेन । त्यसैले यिनीहरू उखुको छुद्दे मेट्न राखिएका ढोड हुन् भन्ने मेरो मान्यता छ ।

यहाँ लिएका नामप्रति मेरो अश्रद्धा होइन । यो विचार दाहालको हो । दह्रो खरो भषा, दह्रो खरो व्यवहार, निष्ठावन् व्यावहारले दाहाल यज्ञनिधिलाई हामी आज पनि सम्झन्छौँ । उहाँले व्यक्ति विम्बलाई पनि निबन्धमा विना हिचकिचावट प्रयोग गर्नुभएको छ । उहाँले थुप्रो लेखेर पनि समयमा कृति निकाल्नेतर्फ ध्यान दिनुभएन । कृति निकाल्ने कुरा गर्दा समाजलाई चाहिए पछि अरूले पनि निकालिदेलान् भन्ने विचार राख्नुहुन्थ्यो । उहाँका थुप्रै सामग्री पत्रपत्रिकामा छरिएर रहेका छन् । कतिपय सामग्री डायरीमा त्यापिएर दराजमै रहेका छन् । उहाँको निस्वार्थ साहित्य सेवाका लागि हामीले जीवन कालमै सम्मान गर्यौँ । उहाँको कृति ननिस्कँदै उहाँका फुटकर रचनाहरू अध्ययन अन्वेषण गरेर कृति निकाल्यौँ । सार्वजनिक अभिवन्दन गर्यौँ ।

उहाँको सम्मान अभिनन्दन र पुरस्कारमा पनि उति भर थिएन । हामीले अभिनन्दन गर्ने योजना गर्दै गर्दा उहाँले अभिनन्दित हुन मान्नुभएको थिएन । हामीले उहाँको स्वास्थ्य अवस्थाप्रतिको चिन्ता र साहित्यिक योगदानप्रतिको आदर हो भनी सम्झायौँ । पछि मान्नुभयो । त्यो हाम्रो सम्मान दाहालको स्पष्टवादी चिन्तनको अभिनन्दन थियो । उहाँले हामीलाई धेरै मौलिक नेपाली शब्दहरू स्थापित गर्नुभएको छ ।

दाहाल यज्ञनिधि रेडियो उद्घोषण र मञ्चीय उद्घोषणमा आफ्नो समयमा आफैसँगका प्रतिष्पर्धी प्रतिभा हुनुहुन्थ्यो । उहाँ उभिनुभयो कि कुनै कार्यक्रम सफल भयो । यस क्रममा उहाँले नेपाली समाजमा पछाडि परेका जदौ, बर्को, शिरपोस जस्ता अनेक शब्दलाई प्रचलनमा ल्याउनुभयो । गाउँघरका अनेक ठेट शब्दलाई जीवन्त बनाउनुभयो ।

एक पटक मसमेत संलग्न भएको भानु प्रतिष्ठान संस्थाबाट भानुजयन्तीका सन्दर्भमा रथारोहणसहित सम्मानको कार्यक्रम बन्यो । उहाँलाई लीलबहादुर क्षेत्रीका साथ रथारोहणसहित सम्मान गरिएको थियो । उहाँले सुरुमा रथ चढ्ने कुरालाई अस्वीकार गर्नुभएको थियो । जब भानुभक्तका नामको सम्मान हो भन्ने बुझ्नुभयो तब उहाँले सहर्ष स्वीकार गर्नुभयो ।

दाहालका केही कृति प्रकाशनको तयारीमा छन् । एउटा निबन्धसङ्ग्रह, एउटा कवितासङ्ग्रह, एउटा अन्तर्वार्तासङ्ग्रह र चिठीपत्रसङ्ग्रह जस्ता सामग्री प्रकाशनको तयारीमा छन् । हामी ती सामग्री प्रकाशनसँगै उहाँका नाममा स्मृतिग्रन्थ प्रकाशनको तयारीमा छौँ । उहाँका डायरीमा रहेका सामग्रीको पनि प्रकाशन गर्नु छ । उहाँले विभिन्न व्यक्तिका कृतिमा लेखेका भूमिकाहरू पनि भेला पार्नु छ ।

म दाहालका विषयमा धेरै नबोलौँ । हामी सबै दाहललाई चिन्ने पात्र भएकैले यहाँ उपस्थित भएका छौँ । उहाँकै सहकर्मी निलमकार्की निहारिका कार्यक्रम सञ्चालन गरिरहनुभएको छ । रेडियो नेपाल र रेडियो अन्नपूर्णका सहकर्मीहरू यहाँ उपस्थित हुनुहुन्छ । दरबार हाइस्कुलका सहकर्मीहरू यहाँ उपस्थित हुनुहुन्छ । लोकतान्त्रिक एवम् गणतान्त्रिक आन्दोलनका सहकर्मीहरू पनि उपस्थित हुनुहुन्छ । उहाँका छरछिमेकी आफन्त र सामाजिक अभियानका सहअभियन्ता पनि उपस्थित हुनुहुन्छ ।

आज हामी उहाँलाई स्मृति गर्ने प्रयास गरिरहेका छौँ । उहाँका नाममा कैलाश मा.वि सिमिकोट हुम्ला र साहित्यकार सावित्री कार्कीलाई सम्मान गर्दैछौँ ।

हुम्लाको स्कुल कैलाश मा.विलाई हामीले बिहानै एउटा कार्यक्रम गरेर दाहालका नामको पुरस्कार रकम प्रस्तुत गरिसकेका छौँ । कैलाश मा.वि विद्यालयले लामो समयदेखि दुर्गम ठाउँमा रहेर विपन्न परिवारका बालबालिकालाई शिक्षा दिइरहेको थाहा पाएर खुसी लागेको छ । यस विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, सम्पूर्ण शिक्षकवर्ग एवम् विद्यार्थीहरूप्रति हामी उच्च सम्मान प्रकट गर्दछौँ । यस विद्यालय परिवारको सम्मानमा थप शैक्षिक समुन्नतिका लागि कामना गर्दछौँ । दाहालको जीवन शिक्षा क्षेत्रमै समर्पित बनेर बितेको थियो । त्यसैले पनि हामीले शिक्षा क्षेत्रलाई रोजेका छौँ ।

आज दाहालका नाममा सम्मानित प्रतिभा सावित्री कार्की हुनुहुन्छ । उहाँ कटुन्जे (तत्कालीन वडा नं ७) भक्तपुरमा जन्मनुभएको हो । दुई वर्षको कलिलो उमेरमा दुवै आँखाको ज्योति गुमाए पनि उहाँले आफूलाई अन्तरसङ्घर्षबाट बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गर्न सक्नुभयो । उहाँले तत्कालीन नेपाल अपाङ्ग अन्धा सङ्घ खगेन्द्र नवजीवनबाट प्रारम्भिक शिक्षादीक्षा लिई क्रमश: बेतबाँस र ब्रेल लिपिको शिक्षा लिँदै पञ्चोदय मा.वि धनगढी कैलालीबाट एस एल.सी, पद्यमकन्या क्याम्पसबाट प्रमाणपत्र, महेन्द्ररत्न ताहाचाल क्याम्पसबाट स्नातक र त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागबाट स्नातकोत्तर गरी साङ्गहरू जस्तै आफूलाई शिक्षित र सक्षम व्यक्तित्वका रूपमा उभ्याउनुभयो ।

सावित्री कार्कीले औपचारिक शिक्षा लिनु मात्र भएन २०५२ सालदेखि अहिलेसम्म प्राथमिक र निम्न माध्यमिक तहमा शिक्षण पेसामा रही शिक्षा आदानप्रदानका क्षेत्रमा निरन्तर रही आफ्नो व्यक्तित्व विकाससहित समाजमा उदाहरणीय व्यक्तित्व बन्नुभएको छ । उहाँले आफू जस्तै शारीरिक अवस्था रहेका भीमप्रसाद तिवारीसँग विवाहबन्धनमा बाँधिई आम दम्पतीले जस्तै घरव्यवहार सञ्चालन गर्दै दुई सन्ततिहरूलाई आफ्ना खुट्टामा उभिन सक्ने शिक्षित र सक्षम व्यक्ति बनाउनुभयो । उहाँका दुई छोरा, जेठी बुहारी र भर्खर जन्मिएका नाती पनि छन् ।

सावित्री कार्कीले साहित्यकै विद्यार्थी बनेर ब्रेललिपिमा अक्षरहरू कुँद्दै साहित्यक्षेत्रमा नेपाली गजलमा नारी हस्ताक्षर (२०६२ संयुक्त), समर्पण (२०६४), उत्पीडन (२०६५) जस्ता गजलसङ्ग्रहका साथै जुनेली (२०६६) खण्डकाव्य प्रकाशनमा ल्याउनुभएको छ । उहाँका केही कृतिले प्रकाशनको सूर्यदर्शन पर्खिइरहेको कुरा हामीलाई अन्तर्वार्ताका क्रममा बताउनुभएको छ । उहाँसँगको मेरो भेट र परिचय २०६१ –२०६२ देखि हो । उहाँले साहित्य क्षेत्रमा पनि अभिप्रेरक काम गर्नुभएको छ । यहाँको आफूजस्तै भिन्न क्षमताका मानिसलाई अभिप्रेरित गर्न विविध सङ्घसंस्थासँगको संलग्न भएर काम गर्नुभएको छ । उहाँको दाहालसँग मिल्दो शिक्षासेवा, साधना र समर्पणको कदर स्वरूप आज दाहाल यज्ञनिधि स्मृति सम्मान –२०७८ प्रदान गरिँदैछ ।

हामी दाहालका नाममा स्थापित यस समितिका कोणबाट सकेसम्म यस्तै योग्य र पछाडि परेका प्रतिभालाई बाहिर ल्याउँने प्रयत्नमा छौँ । यज्ञनिधिलाई सरकारी पद, सरकारी सम्मान आदिसँग कति पनि विश्वास थिएन । उहाँ जनस्तरका र सीमान्तीय प्रतिभा छनोट सममानका पक्षमा हुनुहुन्थ्यो । त्यसै भएर पनि हामी भिन्न क्षमता र दुर्गम ठाउँको खोजी गर्दै उहाँका नामको सम्मान गरिरहेका छौँ । उहाँको जदौवादलाई आत्मसात गरिरहेका छौँ ।

मेरो काम कार्यक्रमको परिचयसहित स्वागग गर्ने हो । मलाई उद्घोषकले यसै भूमिकामा बाँध्नुभएको छ । म दाहाल यज्ञनिधि स्मृति सभाको संयोजकका हैसियतले यस समितिका तर्फबाट प्रमुख अतिथि, विशिष्ट अतिथि, साहित्यकार, सञ्चारकर्मी, दाहालका परिवार जन र सम्पूर्ण सहभागीहरूमा हर्दिक स्वागत अभिवादन व्यक्त गर्दछु । आज हामी एउटा सत्संगमा छौँ । यहाँहरूले कार्यक्रम अवधिभर सँगै रहेर कार्यक्रमलाई सफल बनाइदिनुहोला । त्यही नै दाहालका लागि सच्चा श्रद्धाञ्जली हुनेछ । हार्दिक स्वागत अभिवादन । शुभसन्ध्या । जदौ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 553
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

जन प्रज्ञाप्रतिष्ठानमा वाचित कविताका आयाम

February 6, 2024

सात स्रष्टाका आठ कृतिमा सरसरती दृष्टि

January 15, 2023

‘अविराम यात्रा’की नायिका कमला उप्रेती

December 31, 2022

जसरी अनुभव भयो, त्यसरी नै लेख्नुपर्छ

December 20, 2022

जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो

October 8, 2022

साहित्यमा इतिहासको र इतिहासमा साहित्यको गौरवपूर्ण उपस्थिति रहन्छ

July 9, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.