SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » जन प्रज्ञाप्रतिष्ठानमा वाचित कविताका आयाम
मन्तव्य

जन प्रज्ञाप्रतिष्ठानमा वाचित कविताका आयाम

डा. रमेश शुभेच्छुBy Sahitya SagarFebruary 6, 2024No Comments20 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
रमेश शुभेच्छु समकालीन नेपाली साहित्यिक समाजमा उल्लेख्य वक्ताका रूपमा चिनिन्छन् । उनी प्राय: समारोहहरूमा मन्तव्य दिइरहेका घेटिन्छन् । व्यक्ति परिचय, पुस्तक समीक्षा, वाचित रचनाको समीक्षा विधागत विमर्श आदि विविध पक्षमा सक्रिय देखिन्छन् । यहाँ उनको सारभूत परिचयसहित उनले मनोहरा साहित्य समाजको वार्षिकोत्सवमा प्रस्तुत गरेको वाचित रचनामाथिको मन्तव्यलाई प्रस्तुत गरिएको छ । यस मन्तव्यलाई रेकर्टकाट अभिलेखन गर्न मनोहरा साहित्य समाजका सचिव भावकेशर बरालले सहयोग गर्नुभएको हो ।

-सम्पा.

कविर्मनिषी परिभू स्वयंभू:
मनोहरा साहित्य समाजको आठौं वार्षिकोत्सव तथा ८४ औं रचनावाचन शृङ्खला एवम् स्रष्टा सम्मान अभिनन्दन कार्यक्रमका सभाध्यक्ष आदरणीय अग्रज कवि डिल्लीराज अर्यालज्यू,
समारोहका प्रमुख आतिथि वरिष्ठ साहित्यकार अग्रज कवि प्रह्लाद पोखरेलज्यू,
अभिनन्दित व्यक्तित्वद्वेय आदरणीय अग्रज रमा शर्माज्यू तथा
अग्रज साहित्यकार बखतबहादुर थापाज्यू,
आज सम्मानित हुनुहुने मनोहराका संस्थापक स्रष्टात्रय शीतल गिरीज्यू,
सममानित प्रतिभा डा. खगेन्द्रनाथ शर्माज्यू,
सम्मानित प्रतिभा प्रकाशमणि दाहालज्यू
मनोहरामा रचनावाचन गर्नेमध्यबाट सम्मानित प्रतिभाद्वेय रत्ननिधि रेग्मीज्यू तथा घनश्याम प्रसाईंज्यू
विशिष्ट अतिथि अग्रज साहित्यकार आदरणीय प्रतीक ढकालज्यू,
विशिष्ट अतिथि अग्रज साहित्यकार गोविन्द घिमिरे वेदमणिज्यू,
विशिष्ट अतिथि सिनामङ्गल नगरसेवा समाजका अध्यक्ष विजयराज पौड्यालज्यू,
विशिष्ट अतिथि ग्लोबल पब्लिक स्कूलका प्राचार्य मातृका कार्कीज्यू,
यहाँ खटिरहनुहुने संस्थासंबद्ध खोलाघरे साहिँलो, जसबहादुर गुरुङलगायत समाजका सदस्यहरू
यहाँ सहभागी सबै संस्थासम्बद्ध र आमन्त्रित महानुभावहरू । यहाँहरू सबैमा एकमुष्ट अभिवादन ।

यो पुस चौध गतेको चिसो मौसम पनि न्यानो लागिरहेको छ । कारण, आज यस मनोहरा साहित्य समाजले आठौं वार्षिकोत्सव तथा ८४ औं रचनावाचन शृङ्खला सम्पन्न गरिरहेको छ । विशिष्ट सम्मान गर्नुपर्ने व्यक्तित्वहरूलाई सम्मान गरिरहेको छ । मनोहरा साहित्य समाज जस्ता समाज वा प्रतिष्ठानहरू नै आजका जन प्रज्ञाप्रतिष्ठान हुन् । यहाँ प्रमुख अतिथि हुन नेता हुनु, मन्त्री हुनु, जनप्रतिनिधि हुनु वा सरकारी नियुक्तिवाला हुनु पर्दैन । विशिष्ट अतिथि हुन पनि त्यसो हुनुपर्दैन । समीक्षक हुन पनि त्यसो हुनुपर्दैन । कविता वाचन गर्न सोर्सफोर्स लगाइरहनु पर्दैन । समारोहमा सबैको अपनत्व हुन्छ । यहाँ सम्मान गर्दा पनि सही प्रतिभा सही ढङ्गले जनताबिचबाटै छानिन्छन् । आर.सी. रिजाल र गोविन्द घिमिरे वेदमणि जस्ता प्रतिभाले लाख लाखका पुरस्कार कोष स्थापना गरिदिन्छन् । स्वतस्फुर्त नागरिकहरू आजीवन सदस्य बन्छन् । विशिष्ट सदस्य बन्छन् । यो जन प्रज्ञाप्रतिष्ठान नभएर अरू हुन सक्तैन । यस संस्थालाई आठौँ वर्षको, विधिवत दर्ताको, वार्षिकोत्सवको, सम्मानको र यति राम्रो कार्यक्रमको आयोजनका लागि बधाई तथा शुभकामना । यस संस्थामा शीतल गिरी, खोलाघरे साहिँलो भावकेशर बराल, जस्ता प्रतिभा हुनुहुन्छ । अब यसको गति तीव्र हुने छ थप शुभकामना ।

म यस संस्थामा पटकपटक समीक्षकका रूपमा बोलाइएको छु । रचना वाचकका रूपमा बोलाइएको छु । ग्लोबल स्कुलले गरेका भानुजयन्तीहरूमा निर्णायकका रूपमा निम्त्याइएको छु । यो यहाँहरूको माया सदा रहिरहोस् । मित्र भावकेशर बराल सर, मेरा अग्रजहरू डिल्लीराज अर्याल र खोलाघरे साहिँलोप्रति विशेष आभार प्रकट गर्दछु । यसपूर्व ७४ औँ शृङ्खलामा यही भूमिकामा उपस्थित भएको सम्झना मलाई ताजै छ ।

आज सम्मानित हुनुहुने प्रतिभाहरूमध्ये सबै मेरा आदरणीय अग्रज हुनुहुन्छ । रमा शर्माज्यूलाई मैले मेरो साहित्यिक सिर्जनात्मक जीवनकी अभिभावक मानेको छु । त्यस्तै शीत्तल गिरी, रत्ननिधि रेग्मी पनि आदर गरेका अग्रज हुनुहुन्छ । डा. खगेन्द्रनाथ शर्माज्यू गुरु पनि हुनुहुन्छ । उहाँ इलाम क्याम्पसका संस्थापक हुनुहुन्छ । म त्यही क्याम्पसको उत्पादन हुँ, यस अर्थमा आदरणीय गुरु खगेन्द्रनाथ शर्माज्यूप्रति अभिवादन गर्दछु ।प्रकाशमणि दाहालज्यू पनि इलामे हुनुहुन्छ । उहाँलाई म मामा भन्छु, मामाज्यूलगायत सबै सम्मानित प्रतिभामा मेरो पनि उच्च आदर र सम्मान छ । योग्यतम व्यक्ति छनोट गरी सम्मान गर्नु पनि प्रतिभा, साहित्य र साहित्य र समाजलाई न्याय गर्नु हो, त्यस्तो न्याय आज मनोहरा साहितय समाजले गरेको छ । उहाँहरूमा अनेक बधाई । आयोजकलाई पनि बधाई ।

मलाई आज वाचित कवितामाथि बोल्न भनिएको छ । कवि नै सभाध्यक्ष, कवि नै सञ्चालक, कवि नै प्रमुख अतिथि, कवि नै कवि सम्मानित कवि नै कवि सहभागी समारोहमा कवितामाथि बोल्न त्यति सजिलो छैन तर म त्यही अप्ठ्यारो विषयको जिम्मेदारीसाथ यहाँ उभिएको छु ।

नेपाली साहित्य, संस्कृत साहित्य र अंग्रेजी साहित्य नै मेरो साहित्य बुझाइका, सिर्जनाका र समीक्षाका आधार हुन् । मैले धेरथोर यी तीन धाराका पठनबाट अफ्ना धारणा र दृष्टिकोणहरू बनाउँदै आएको छु । इषावाक्योपनिषद्मा एक ठाउँमा भनिएको छ :

कविर्मनिषी परिभू स्वयंभू: (ईशावाक्योपनिषद् ८)

यो वाक्यको अर्थ लगाई साध्य छैन । यस अभिव्यक्तिमा कविलाई सर्वद्रष्टा मानिएको छ ।

परब्रह्मा, परमात्मा, परमेश्वर स्वरूप, सचिदानन्द स्वरूप, सर्वद्रष्टा, सर्वज्ञ, ज्ञान स्वरूप, जगत् नियन्ता, निवायक, आफ्नै इच्छाअनुसार प्रकट हुने एउटा विशेष मनिषीका रूपमा कविलाई चिनाइएको छ । कविलाई ईश्वरका रूपमा पूज्य मनिषी भनिएको छ । म यो अर्थको गहिराइमा पनि जान्नँ । मैले बुझेको कविता राम्रा शब्दहरूको सन्तुलित प्रस्तुति हो । लयात्मक प्रस्तुति हो । भावनात्मक प्रस्तुति हो । कविताका कुरा गर्दा यसै महिना जन्मजयन्ती परेका कविहरू लेखनाथ पौडेल र भूपी शेरचनप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज वाचित कवितामा केन्द्रित हुन्छु । प्रमुख अतिथिबाट थाहा पाएअनुसार आज कमलमणि दीक्षितको स्मृति दिवस पनि हो । उहाँप्रति पनि श्रद्धाञ्जली अर्पण गर्दछु ।यति बाहिरी कुरा गरेर आज वाचित कवितामा केन्द्रित हुन्छु ।

आजका कवितामाथि न्याय गरेर बोल्न कठिन छ । आज हामीले डिल्लीराज अर्यालदेखि परशुराम पराजुलीसम्मका २७ वटा कविता सुन्यौँ । त्यसमाथि लेखनाथ पौडेलका र भूपी शेरचनका कवितांशसहित २९ वता कविता सुन्यौँ । मेरो कविता पठनमा के अनुभव छ भने एउटा कविको सिङ्गै सङ्ग्रह पढे पनि त्यसमा एकरसता हुन्छ, यस्ता गोष्ठीमा बहुरसता पाइन्छ, सिङ्गासिङ्गै २९ वटा कविता सङ्ग्रह पढेको अनुभव हुन्छ । यो अनुभव आज मैले गरिरहेको छु । त्यसैले पनि अरू जरुरी काम छाडेर कविताको आस्वादन गरिरहेको छु । कविता प्रतियोगिताका निर्णायकले जस्तै सबैका कविता सुनेर बसिरहेको छु । मोटामोटी आजका कवितामा चार पाँच पक्ष आए:

  • राजनीतिक विकृति विसंगतिको पर्दाफास
  • वृद्धबोध र वृद्ध मनोविज्ञानको प्रस्तुति
  • वैदेसिक रोगगारी र वेरोजगारीका समस्या
  • आदर्श एवम् नैतिक चेतनाका विषयवस्तुको प्रस्तुति
  • सामाजिक, प्रशासनिक र सांस्कृतिक पक्षप्रति व्यङ्ग्य
  • साहित्यशास्त्रीय अनुचिन्तन
  • राष्ट्र र राष्ट्रियता,
  • आत्मप्रकाशन आदि

कलाचेतनाका दृष्टिले तीन ओटा लयढाँचाका कविता देखिए :

  • शास्त्रीय वर्णमात्रिक र मात्रिक लयढाँचा
  • लोकलयात्मक ढाँचा
  • मुक्तलयढाँचा ।

आज हामीले अभिनन्दन पत्रहरू पनि कवितामा सुन्यौँ । सुमन पुडासैनी, सम्पत् काफ्ले र खोलाघरेका आवाजले ती सम्मान अभिनन्दनपत्र पनि मिठा सुनिए । त्यसमा डिल्लीराज अर्यालको कला होला, खोलाघरे साहिँलोको कला होला, भावकेशर बरालको कला होला भन्ने ठान्छु । ती सम्मानपत्रदेखि अन्तिमतिर सुनिएका टी. एन. भट्ट विश्वामित्र, भुवन चौघरे र परशुराम पराजुलीज्यूका कविता सुनेर म निकै आशावादी बनेको छु । यी कविता प्रतिनिधिमूलक छन् । यसो भन्दा उहाँहरूको पक्ष लिएको नठहरियोस् । समीक्षक भएर उभिएपछि मूल्य निर्णय गर्ने सामथ्र्य पनि राख्नुपर्छ । न्यायगत मूल्य निर्णय गर्न पनि सक्नुपर्छ ।

डिल्लीराज अर्यालको कविता निकै कलात्मक थियो । आजको कविकुलमा यस्ता कविता मरिरहेका छन्, हराइरहेका छन् । उहाँ कवितामा भन्दै हुनुहुन्थ्यो ? आकाश पाताल सारा अँध्यारो भए पनि, आयु दाह्री फुलाएर हिँडे पनि नयाँ भोलिको जन्म हुनेछ । यस कवितामा आशावादी दृष्टिकोण छ । सम्भावना र सुसम्भावनाको खोजी छ । उहाँ शास्त्रीय लयढाँचामा महाकाव्य रच्न सक्ने कवि हुनुहुन्छ भनेर मैले पहिला पनि भनिसकेको छु । आज पनि दोहोर्‍याउँछु । उहाँको शास्त्रीय कविता कला र चेतना उच्च छ ।

अर्का कवि डिल्लीप्रसाद मूलतिहुन समकालीन कविमध्ये शास्त्रीय लयढाँचामा व्यङ्ग्य शैलीका कविता लेख्ने समसामयिक कवि हुनुहुन्छ । उहाँको कविताले राजनीतिक विसंगतिलाई कुर्सी लिप्साको स्वरूपमा देखाएको छ । धरोधर्म गर्छु शीर्षकको त्यस कवितामा आजका राजनीतिक चरित्र र त्यसमा पनि जनअनुमोदन विपरीत कुर्सी चढेका चरित्रप्रति व्यंग्य गरिएको छ । यसलाई हुन लागेको राष्ट्रिय सभाको निर्वाचनसँग तुलना गरेर हेर्‍यो भने वा वा भन्न मन लाग्छ । उहाँ भन्दै हुनुहुन्थ्यो, कुसीमा यस्तो टाँसिन्छु सखाल्न जान्दछु तर खस्न जान्दिनँ । यहाँ भूतप्रेत जगाएर चुनाव जित्ने प्रवृत्ति, सोझालाई बलि दिएर नेता बन्ने प्रवृत्ति, आदर्श भाषण गरेर जितेपछि जनता मात्र होइन देशै बिर्सने प्रवृत्तिको विरोध गरिएको छ ।

अर्का कवि नारायण जनकपुरीको गजल सुन्यौँ ।

उहाँ भन्दै हुनुहुन्थ्यो :
रानुले छोडेको त्यो घारझैँ छ जीवन
आफैमाथि जाइलाग्ने तरबारझैँ छ जीवन

अलि तल भन्दै हुनुहुन्थ्यो :
स्वराज्य हराएको सरकारझैँ छ जीवन
डढेको खोर्सानीको त्यो खारझैँ छ जीवन
बज्दा बज्दै छिनेको त्यो तारझैँ छ जीवन
कलिली विधवाको निधारझैँ छ जीवन ।

उहाँका यी पंक्ति एक पटक सुनेपछि आउँदो हुने गरीका थिए । उहाँको गायन कलाले पनि त्यसो भएको हुनुपर्छ र रचना पनि राम्रो छ । यो जीवनबोधको रचना हो । उहाँ गीतिकविता र गजलका स्रष्टा र गायक पनि हुनुुहुन्छ ।

आज हामीले सुनेका कवितामध्ये ओमप्रसाद कोइरालाको कविता अर्को कविता हो । उहाँको कविता वर्तमान राजनीति र समाजिक विसंगतिको विरोधमा रचिएको थियो । उहाँ भन्दै हुनुहुन्थ्यो :

समाउनै नसक्ने भयो लोकतन्त्र, …
सदाचारको ख्याल कल्ले गर्‍यो र,
…भयो नास सारा गयो लोकतन्त्र आदि

उहाँको कविताले राजनीतिक विसंगतिको पर्दाफास गरेको छ । राजनीतिक दलले काम गर्न देश र समाज बनाउन नसकेको र जनता वा नागरिक स्वतन्त्र रूपले लाग्नु पर्ने आवाज उठाएको छ ।

आज हामीले सुनेका कविमध्ये अर्का कवि हुनुहुन्छ रुबी सत्याल । उहाँ कवयित्री हुनुहुन्छ । उहाँको कविता मैले सुरुमा देखाएका निर्धारण गरेका प्रवृत्तिमध्ये वैदेशिक रोजगारीका विसंगत पक्षसँग सम्बन्धित कविता हो । उहाँको कवितामा भनिएको छ :

धर्ती छोडेर उड्ने बेला पनि रुने
धरती छोडेर डढ्ने बेला पनि रुने

यो नेपालीको अवस्था हो । उहाँले वैदेशिक रोजगारीका नेपालीलाई परदेशका शरणार्थीका बिम्बमा देखाउनुभएको छ । उहाँले देशका तर्फबाट प्रश्न गर्नुभएको छ । देशबासीकातर्फबाट प्रश्न गर्नुभएको छ :

जिउँदाको डोली उठाऊँ कि ?
मारिएर आएको बाकस उठाऊँ ?

यो नेपालीको वर्तमान नियति हो । भोगाइ हो । कविता कलाले उच्च भन्न नसकिएला तर यस गद्य लयढाँचको कविताले बेरोजगार र वैदेसिक रोजगारीले समाजमा ल्याएको निराशा र समस्यालाई बोलेको छ ।

उषा बस्ताकोटी खनालको कविता आज हामीले सुनेको अर्को कविता हो । उहाँको कविताको शीर्षक उषाको रङसँग अनुनय । आफ्नै नाम पनि जोडिएको शीर्षक तर यस कविताकी उषा उज्यालो वा बिहानी हो । यो प्रकृतिप्रेमी कविता हो । उषाले प्रकृतिको रङ सुन्दर बनाउने, सुमधुर बनाउने, उत्साहपूर्ण बनाउने विचार थियो यस कवितामा यो स्वच्छन्दतावादी प्रकृतिप्रेमी कविता हो । उषा अन्धकारपछिको प्रिय बिम्ब हुँदा यसले परिवर्तनका पक्षमा आवाज पनि उठाएको छ ।

घनश्याम प्रसाईं आज सुनिएका अर्का कवि हुनुहुन्छ । उहाँले गीतिलयढाँचामा राम्रा कविता सिर्जना र वाचन गर्नुहुन्छ । आज उहाँले एउटा गीतिकविता प्रस्तुत गर्नुभयो । यो कविता पनि वैदेशिक रोजगारीले देश रित्तो रित्तो बन्दै गएको विषयलाई नै विषय र बिम्ब बनाइएको रचना हो । उहाँले भन्नुभयो :

खुल्यो बाटो लोकमार्ग मेची महाकाली
युवा जति विदेश छन् सबै भयो खाली ….
उहाँ थप्तै हुनुहुन्थ्यो :
निदाएको सरकारले आँखा खोल्नुपर्ने
मातृभूमि बचाउन सबै बोल्नुपर्ने

यहाँ देशभक्ति पनि छ । कविता कलाभन्दा पनि लयचेतना बलियो छ । यस कविताले हिजोको घटनालाई पनि विषय बनाएको छ । रोजगारी माग्दा गोली खानुपर्ने विषय उठाएको छ । उहाँ आज सम्मानित कवि पनि हुनुहुन्छ । आगामी वर्ष पनि उहाँका रचना सम्मानित बनून् । शुभकामना छ ।

बखतबहादुर थापा, संक्षिप्त मन्तव्य र लघुकथा वाचन
रत्ननिधि रेग्मी आज सम्मानित कवि पनि हुनुहुन्छ । उहाँसँग शास्त्रीय, लोक र मुक्त तीनवटै लयढाँचाका कविता सिर्जना गर्ने सामथ्र्य छ । उहाँले चाहनुभयो भने राम्रा महाकाव्य लेख्न सक्नुहुन्छ । उहाँको कविता जीवनबोधी चेतनाले भरिएको कविता हो । कोही बाँचेर पनि मरिरहेको र कोही मरेर पनि बाँच्ने दार्शनिक चेतनाले उहाँको कवितालाई गहिर्‍याएको छ । उहाँ भन्दै हुनुहुन्थ्यो :

मर्न जान्यौँ भने हामी बाँच्न सक्छौँ सधैँ सधैँ
उहाँको यस कवितामा र अरू कवितामा पनि तीव्र जीवनबोध छ । उहाँ ब्रह्मचार्य व्रतमा रही कविता साधना गर्ने साधक भएकाले त्यसो भएको हुन सक्छ । भाइ ठानेर क्षमा गर्नुहोला उहाँले विवरणात्मक पक्षलाई बिम्बात्मक पक्षमा रूपान्तर गर्न सक्नुभयो भने यो युग जित्ने कविता बनाउन सक्नुहुन्छ । उहाँसँग त्यो साधनाका लागि समय र क्षमता पनि छ । उहाँलाई बधाईका साथ यति भनेँ ।

केशव ज्ञवाली आगत आज सुनिएका कवितामध्ये अर्को कवि हुनुहुन्छ । उहाँले
स्वाद शीर्षकको कविता सुनाउनुभयो । उहाँ भन्दै हुनुहुन्थ्यो :

पकाऊ तर
नुन नराख भनेको तरकारी
निकै खल्लो लाग्यो
नुनको स्वाद आउन छाड्यो
तर
खाँदाखाँदै तरकारीको मात्र
स्वाद आउन थालेपछि
मुसुक्क हाँस्यो नुनबिनाको जिन्दगी ।

यहाँ नुनविनाको जिन्दगीले धेरै अर्थ बोकेको छ । यसविम्बले कवितालई प्रबल बनाएको छ । सुरुमा मिठो नलाग्ने, आमाले पकाएर दिँदा मिठो नलाग्ने तरकारी जीवनका पाठसिके पछि मिठो लाग्ने कुरा पनि उहाँ गर्दै हुनुहुन्थ्यो :

आफैँले पकाएको वा
प्रियाले पकाएर दिएको
तितो करेलाको तरकारी पनि
खादाखादै
धेरै स्वादिलो लाग्न थाल्यो ।

यो जीवन बोध पनि हो । जीवनको यथार्थ प्रस्तुति पनि हो । यो कवितालाई लिएर अरू पनि विमर्श गर्न सकिन्छ । अहिलेलाई यति नै । उहाँ कविताको अन्त्यतिर भन्दै हुनुहुन्थ्यो :

स्वादबिनाको
पानीमा निर्भर छ
मेरो आफ्नै जिन्दगी ।

आज सुनिएका अर्का कवि भोजराज रेग्मी मुखाले । उहाँको कविता व्यङ्ग्य शैलीकै थियो । उहाँले राजनीतिक, सामाजिक र सांस्कृतिक विसङ्गतिको पर्दाफास गर्ने गरी यो कविता रचना गर्नुभएको छ । कविताको शीर्षक नै मुर्कट्टाको काज थियो । उहाँ भन्दै हुनुहुन्थ्यो :

सरकार लुकाउँछ देखाउनुपर्ने
सुन्दरी देखाउँछन् लुकाउनुपर्ने

मैले सुनेकै भरमा यी पङ्क्ति सम्झन सकेँ । स्मृतिमूलक सूक्तिमूलक हुनु पनि कविताको शक्ति हो । उहाँले राजनीतिक समिति र छानविन समितिहरूलाई, आयोगहरूलाई छोपछाप समिति र उम्काउने नीति भन्नुभएको छ । ब्वाँसाका दाह्रामा बुकुवा दल्ने नीति भन्नुभएको छ । यो भन्दा बढी के भन्नु । यो विद्रोह, व्यङ्ग्य र आक्रोसको कविता पनि हो । यसमा व्यंग्यचेतना प्रबल छ ।

सरिता घिमिरेज्यूको कविता हामीले सुन्यौँ । गद्य लयढाँचाको जीवनबोधसम्बन्धी विषय र बिम्बको कविता हो, उहाँको कविता । उहाँले जीवनलाई छुटिनु र जुटिनुसँग सहसम्बन्ध देखाउन खोज्नुभएको छ । कविताका पङ्क्ति नसम्झिए पनि उहाँ सालनाल काटेर जीवन बाँच्ने सन्दर्भलाई विषय र बिम्बका रूपमा प्रस्तुत गर्दै हुनुहुन्थ्यो । छुटाइ र जुटाइका सन्दर्भबाट जीवनबोधी चेतना प्रकट गरिरहनुभएको थियो । मैले सुरुमा वर्गीकरण गरेका प्रमुख प्रवृत्तिमध्ये जीवनबोधी प्रवृत्तिसँग निकट कविता हो, घिमिरेज्यूको कविता ।

अर्को धरणीधर गुरागाईंको कविता सुन्न पाइयो ।

साहित्यशास्त्रीय अनुचिन्तनलाई साहित्यको विषय बनाउने प्रवृत्ति हाम्रामा पुरानो हो ।

कवि कविता होस् कविता कवि होस
कविता तब पो हुन्छ
शब्द थुपारी कन के हुन्छ
भाव भए पो हुन्छ ।

यो पारशमणि प्रधानमार्काका कविता आज पनि रचिन्छन् । यस्तै कविताको, साहित्यको अनुचिन्तन गर्ने कविता हो गुरागाईं सरको गजल । यो बहरबद्ध छ । पूर्वीय दृष्टिले भुजङ्गप्रयात छन्दमा संरचित छ । उहाँ मिठो लयमा भन्दै हुनुहुन्थ्यो :

म पौडन्छु भन्दै गएथेँ बगरमा …
मिठो लाग्छ निद्रा बिहानी प्रहरमा….

उहाँले यस्तै सहरमा, बहरमा आदि काफिया मिलाएर रचना प्रस्तुत गर्नुभएको थियो । यहाँ नहरमा पसेर पौडी खेल्न खोज्दा डुबेको सन्दर्भ पनि थियो । मिठो वाचन राम्रो गजल सुनियो । कविलाई शुभकाना । यस रचनाले सहरका विसंगत पक्षलाई पनि विषय र बिम्ब बनाएको छ ।

टी.पी.बराकोटीको रचना आज हामीले सुनेको अर्को रचना हो ।

उहाँको रचना पनि जीवनबोधलाई नै विषय र बिम्ब बनाएर आएको छ । उहाँ भन्दै हुनुहुन्थ्यो :

योगदानले यो जीवनलाई
पूर्ण र सार्थक पार्न सकूँ म ।

बाराकोटीज्यूले एउटै रचनामा विभिन्न सन्दर्भ समेट्न खोज्नुभयो । यो कविताका लागि खतरा हुन्छ । कुनै विषयको केन्द्रितता र कविता भन्ने कोणलाई पनि पहिल्याउन सक्नुपर्छ । तर उहाँको जीवनबोध तीव्र छ र राम्रो पनि छ ।

हामीले अर्को कविता बुद्धिसागर पौडेलको सुन्यौँ ।

यहाँको रचना ढाँचाका दृष्टिले गजल थियो । उहाँ भन्दै हुनुहुन्थ्यो : एकनास हुन्न रैछ जीवन, दु:ख चुन्न रैछ जीवन भन्दै दिन सक्ता सबको जाति नसक्ता घाँडो भन्दै, विदुर जीवनका समस्यालाई पनि उठाउँदै उहाँ भन्दै हुनुहुन्थ्यो :

तिनले छोडी गएपछि शून्य रैछ जीवन
अन्तिम सत्य आर्यघाट चुन्न रैछ जीवन ।

यो रचनामा वृद्धबोध छ । वृद्ध मनोविज्ञान छ । हामी अनुभव नगरे पनि बालमनोविज्ञान बुझ्न सक्छौँ । नारी मनोविज्ञान बुझ्न सक्छौँ । त्यस्तै वृद्ध मनोविज्ञान पनि बुझ्न सक्छौँ । हो, त्यो मनोविज्ञानलाई, अझ एकल पुरुष वा विधुरका मनोविज्ञानलाई देखाउने प्रयास भएको छ । केही आदर्श र निराशा पनि छ । पलायन र शून्यवादी चेतनाको छाया पनि छ । यो स्वच्छन्दतावादले भित्र्याएको निरन्तर प्रवाहशील विशेषता हो ।

हामीले सुनेका अर्का कविप्रतिभा हुनुहुन्छ रुद्र अधिकारी,

उहाँले चारवटा मुक्तक सुनाउनुभयो । उहाँ एउटा मुक्तकमा भन्दै हुनुहुन्थ्यो : मुटु छोडेर रछ्यानमा बस्ने, …आँसु बनेर नजरबाट ….. आफ्नो डसेपछि जीवन सुरु हुने यस्तै यस्तै । यहाँ धोकेवाजप्रति विद्रोह थियो ।

अर्को मुक्तकमा बाँसलाई विषय र बिम्ब बनाएर अस्तित्व चेतना प्रकट गर्नुभएको छ । झिरले छेडे पनि, बाँसबाट छुटाए पनि, थुकले भिजाए पनि बाँसुरी मिठो बोल्ने पक्ष उद्घाटन गरिएको छ । अर्को मुक्तकमा उहाँ भन्दै हुनुहुन्थ्यो :

आफूले देख्ने समय नआउने
अरूले देखाएको नरुचाइने
संसारमा अरू पाए पनि
आफ्ना गल्ती नभेटिने ।

उहाँ अर्को मुक्तकमा भन्दै हुनुहुन्थ्यो :
लेखकहरूले मुख होइन चलाउनुपर्छ कलम
यो कुनै वारुद तोपभन्दा हुँदैन कम

यहाँ कवि वा सिर्जनाको शक्तिको महत्त्व उजागर गरिएको छ । मुक्तककार अधिकारीलाई यस्ता मुक्तक लेखिरहन शुभकामना ।

हामीले अर्का कविप्रतिभा विजय पौडेललाई सुन्यौँ

उहाँ समाजसेवी पनि लेखक पनि हुनुुहुन्छ । उहाँले बाह्रै महिना चिसो बनाउने बिम्बका रूपमा नेता वा शासकलाई प्रतिबिम्बन गर्नुभएको छ । यसमा स्वार्थका आँसु चुहाउने गोही प्रवृत्ति राजनीतिमा प्रबल बनेका पक्षप्रति व्यङ्ग्य गरिएको छ ।

हामीले अर्का कवि सूर्यप्रसाद डुम्रेलाई सुन्यौँ । उहाँको कविताले अर्थव्यवस्थाले सांस्कृतिक पर्वमा पार्ने असरलाई देखाएको छ । कविताको शीर्षक दशैँ रोएरै गयो । यसमा भैँसी थलिएको, पाठो बाघले उडाएको, चाडबाड चाडबाड जस्तो नभएको पक्ष उजागर गर्नुभएको छ । उहाँको रचना संस्कृति र अर्थचेतनालाई संयोजन गर्ने रचना हो । उहाँ स्थानीय जनप्रतिनिधि पनि हुनुहुन्छ ।

आज सुनिएका अर्का कवि राजेन्द्रकुमार वज्राचार्य हुनुहुन्छ । उहाँको अनुष्टुपको लेखन र वाचनशैली राम्रो लाग्यो । उहाँमा शास्त्रीय कविता सिर्जन सामथ्र्य छ । उहाँको रचना नीतिचेतना प्रधान छ । आदर्श चेतना प्रधान छ । आजका राजनीतिक दल भित्रभित्रै फुटेर आफू पनि सकिएका र देशका कलकारखाना पनि सकेको पक्ष उजागर गर्नुभएको छ । वज्राचार्य सरको कविता बढी आदर्शवादी छ । आधुनिक लेखनमा आदर्शवाद काम छैन पनि भनिन्छ तर जीवनको अन्तिम लक्ष्य कुनै आदर्श नै हुन्छ ।

आज सुनिएका अर्का कवि माधवलाल श्रेष्ठ हुनुहुन्छ । उहाँले आजभन्दा चालिस वर्ष पहिला र आजको अवस्था उस्तै रहेको नेपाली बेरोजगारीको समस्यालाई देखाउनुभएको छ । अधिकारको माग गर्दा चालिस वर्ष पहिले पनि बुट लात्ती र गोली खाएको र आज पनि त्यही भइरहेको पक्षलाई देखाउनुभएको छ । यस कविताले हिजोको घटना पनि देखाएको छ । नेपालको म जन्मिनुभन्दा पहिला र आजसम्मको बेरोजगारी र राजनीतिक अवस्थाको चित्रण उहाँको कवितामा छ ।

आज सुनिएका कविमध्ये अर्का टी. एन भट्ट विश्वामित्र हुनुहुन्छ । उहाँको कविताको शक्तिका कारण नै मैले यस प्रवचनको आरम्भमै भट्टको कविताको केही प्रशंसा गरेको थिएँ । यस कविताको सामथ्र्यबारे बताएको थिएँ । नुनको अभावले निम्त्याउने समस्यालाई देखाउने यो कविता निकै प्रभावकारी छ । यहाँ डाक्टरलाई नुन जचाउन अनुरोध गरिएको सन्दर्भ निकै गम्भीर छ । यो नुन कविताको विषय पनि हो र बिम्ब पनि हो । आजको कविगोष्ठी प्रतियोगितात्मक हुन्थ्यो भने भट्टले बाजी मार्नुहुन्थ्यो । यो नुनले धेरै अर्थ बोकेको छ । बधाई छ भट्टज्यू यस्ता कविता, एकपछि अर्को राम्रा कविता लेखिरहनुहोला ।

आज हामीले सुनेको अर्को कवि प्रतिभाको नाम हो भावना न्यौपाने ।उहाँको कविताको शीर्षक वृद्धावस्था । यस कविताले आजका वृद्धबोध वा वृद्धचेतनाको प्रतिनिधित्व गरेको छ । अभिभावकलाई मरेपछि जल, फल, पिण्ड दिनुभन्दा जीवित अवस्थामा सेवा गर्नुपर्ने भाव व्यक्त गरेको छ । श्राद्ध र सोह्रश्राद्ध जस्ता सांस्कृतिक पक्षलाई पनि समेटिएको छ ।

आज सुनिएका अर्का कवि प्रेमनाथ घिमिरे हुनुहुन्छ । उहाँ शिक्षक, गुरु, शिक्षासेवी व्यक्तित्व हुनुहुन्छ । उहाँका कविताले आदर्शवादी चेतनाको प्रतिनिधित्व गरेको छ । उहाँले चालिस वर्षे अध्यापन कार्यबाट सिकेको आदर्शलाई नै कविताका रूपमा प्रस्तुत गर्नुभएको छ । यो आदर्शचेतनामा पनि मेरो उही धारणा छ जीवनको अन्तिम लक्ष्य आदर्श र सफलता हुन्छ । आदर्शवादको लहरो निरन्तर रहिरहन्छ । यो कवितालाई आदर्शचेत र सांस्कृतिक चेतनाका दृष्टिले अध्ययन विश्लेषण गर्न सकिन्छ ।

ठाकुरप्रसाद खतिवडा आज सुनिएका अर्का कवि हुनुहुन्छ । उहाँको कविता शास्त्रीय लयढाँचामा संरचित कविता हो । मन्दाक्रान्ता छन्दमा संरचित कविता थियो । उहाँले कवितालाई नै साहित्यलाई नै विषय र बिम्ब बनाउनुभएको छ । कवितालाई झर्दो वर्षा, उड्दो हावा वा झञ्झा, बाजाको धुनसँग तुलना गर्नुभएको छ । यो साहित्यको अनुचिन्तनमूलक सिर्जना हो ।

भुवन शिवाकोटी चौघरे आज सुनिएका अर्का शक्तिशाली कवि हुनुहुन्छ । उहाँको कविता देशको र नेताको नाम नलिइकनै बाघ र जम्मुका बिम्बमा देश र नेताका अवस्थालाई चित्रण गरिरहनुभएको भेटियो । भुवनजी आज सुनिएका कवितामा यो शक्तिशाली कविता आयो । यस कवितामा आएका धमिरा, सुसुल्का, मुसा, बिराला, कुकुर, जम्मुस्याल र बाघका बिम्बमा नेपालका कमजोर नेता र शासक एवम् जनप्रतिनिधिहरू प्रतिबिम्बित छन् तर कहीँ पनि उनीहरू हुन् भनिएको छैन । यो कविताको शक्ति हो । लक्षणा र व्यञ्जना भनेको यही हो । आजका कवितामध्ये यो अर्को राम्रो कविता हो । गद्य लयढाँचाको शक्तिशाली कविता । भुवनजी फुर्किएर अब लेख्न पुग्यो नभन्नुहोला तपाईँको यो कविताले समकालीन कविहरूसँग पौठेजोरी खेलेको छ र जित्ने सम्भावना बोकेको छ । अरू कविले गुनासो गनर्नुहोला । यो म कवि भएर होइन समीक्षक भएर बोलेको हो ।

सरिता पराजुली आज सुनिएकी सेकेन्ड लास्ट कवि हुनुहुन्छ । उहाँको कविता नगरको विकृत पक्षको उद्घाटनमा केन्द्रित छ । उहाँका कवितामा केही बनाउनुपर्ने पक्ष पनि छन् म अहिले त्यतातिर लागिनँ । उहाँको प्रस्तुति सुन्दर छ । यस सुन्दर प्रस्तुतिलाई सलाम ।

आजका अन्तिम र शक्तिशाली पनि कवि परशुराम पराशर । उहाँको कविताको शीर्षक मलाई बहुलाउन मन लागेको छ । नेपाली समाजमा बहुलाउनुलाई विद्रोही हुनु भन्ने अर्थ लगाइन्छ । त्यही अर्थमा यो बहुलाउनु विषय र बिम्ब बनेर आएको छ । यो कविता व्यग्य चेतनासहित आएको छ । व्यङ्ग्य सिर्जनाका विभिन्न विधिमध्ये होलाई होइन र होइनलाई हो भनियो भने व्यंग्य हुन्छ । त्यही पक्षलाई पराजुलीले प्रयोग गर्नुभएको छ । यसलाई विपरीचितिकरणका माध्यमबाट सिर्जनाको बाटो पनि भनिन्छ । यो कविता पनि आजका कवितामध्ये शक्तिशाली कविता हो ।

यस कार्यक्रममा शीतल गिरी, सभाध्यक्ष डिल्लीराज अर्याल, गोविन्द घिमिरे वेदमणिका भाषण पनि सुनिए । भाषणको समीक्षा मेरो जिम्मेवारीमा पर्दैन । त्यो सामथ्र्य पनि ममा छैन । तथापि शीतल गिरीबाट हामीले सिक्नुपर्ने कुरा धेरै छन् । उहाँ दार्शनिक तान्त्रिक वास्तुविद् पनि हुनुहुन्छ । उहाँले मञ्च चढेका, बसेका, हिँडेका व्यवहार गरेका कुराले पनि धेरै कुरा सिकाउँछन् । खोलाघरे साहिँलाले दिनुभएको सम्मानित, अभिनन्दित प्रतिभाहरूको संक्षिप्त परिचय अभिप्रेरक थियो । सम्मानित प्रतिभा रमा शर्माको मन्तव्य पनि त्यत्तिकै अभिप्रेरक थियो । अर्का विशिष्ट स्रष्टा प्रतीक ढकालको मन्तव्यले दिएका राष्ट्रिय चेतनाहरू अभिप्रेरक छन् ।

आज हामीले बखतबहादुर थापाज्यूको एउटा कथा पनि सुन्यौँ । उहाँको कथाले अरू जस्तो होइन आफू जस्तै बन्न खोज्ने व्यक्ति सफल हुन्छ भन्ने भाव व्यक्त गरेको छ । उहाँको एउटा कथा कक्षा बाह्रको पाठ्यपुस्तकमा पनि समेटिएको छ । उहाँ सूत्रात्मक कथा लेख्नुहुन्छ । उहाँका कथाका धेरै अंश मलाई सुन्दा सुन्दै कण्ठ भए :

जब मलाई फुर्सद थियो, वरपर हेरेर बहकिन्थेँ । म आफ्नो शारीरिक बनोटमा खोट लगाउँथेँ । म आफ्नो बुद्धि–विवेकलाई धिक्कार्थें । म आफ्नो लुवाइ–खुवाइ जस्तो अपनत्वको निन्दा गर्थें । म जे छु सबका सब बेठीक छु भन्ने धारणा राख्थेँ । त्यही बेठीकले मनको भकारी भरेको थिएँ ।

सामाजिक मुल्य–मान्यतासँगै समयले घोक्राउँदै अगाडि बढायो । कुनै अदृश्य शक्तिको अधीनमा छु जस्तो ! अनेक कर्ममा जोतिएँ, जोतिँदै छु । कर्म भन्ने कि अगिल्लो जन्मको बक्यौता ! त्यस्तै, यस्तै भाग–भोकको विचार–विश्लेषण गर्दा मेरो रूपरङ्ग, स्वभाव जस्ता निजत्व अनुसार मेरो विचार फुर्न थाल्यो । विचार मुताबिक कर्म गरेँ । सायद म यस्तै हुनलाई त्यस्तै सोच्थेँ । जिन्दगीले पाठ पढायो अथवा त्यही अदृश्य शक्तिले न्याय दिलायो । जेहोस्, अब मलाई लाग्छ, जे छु ठीक छु । बिल्कुलै ठीक !

यो निष्कर्ष शीर्षकको कथा हामी सबैले सुन्यो । आखिर छोटो भयो भने कथा पनि वाचन गर्न मिल्ने हुने रहेछ । आज लघुकथाका भिडमा कथा चुट्किला नहोस् भन्ने चिन्ता पनि छ । यस कथाले कथालाई चुट्किला हुन पनि दिएको छैन र विस्तार पनि हुन नदिइआज सम्मानित पनि हुनुभयो । उहाँमा अभिवादन ।

म धेरै नबोलूँ । आजका कविता सुन्दा म लाभान्वित भएको छु । झन्डै तीन दर्जन कविलाई पढ्न पाएर लाभान्वित भएको छु । आजका कवितामा मोटामोटी राजनीतिक विकृति विसंगतिको पर्दाफास, वृद्धबोध र वृद्ध मनोविज्ञानको प्रस्तुति, वैदेशिक रोगगारी र बेरोजगारीका समस्या, आदर्श एवम् नैतिक चेतना, राष्ट्र र राष्ट्रिय चेतनाका विषयवस्तुको प्रस्तुति छ ।

सामाजिक, प्रशासनिक र सांस्कृतिक पक्षप्रति व्यङ्ग्य, साहित्यशास्त्रीय चिन्तन अनुचिन्तन, आत्मप्रकाशन, शून्यबोध आदि पाइयो । यो आजको चेतना हो । आजको समाजको ऐना हो । आज शृृङ्गारका कविता आएनन् । मनोरञ्जनमूलक कविता पनि आएनन् । यसको अर्थ आज देश र समाज बिरामी छ । व्यक्ति व्यक्ति आर्थिक, शैक्षिक र अन्य बहुल समस्यामा छन् भन्ने देखिन्छ । हिजो राणा कालमा दरबारका मनोरञ्जनका लागि शृङ्गार लेखियो । त्यो धार आजसम्म छ तर आज त्यस्ता कविता यहाँ आएनन् । यहाँ देश र देशका समस्या, नागरिक र नागरिकका समस्या आए । यो साहित्यको मूल्य हो । साहित्यले समाज बोल्छ भन्ने प्रमाण हो ।

मैले सुरुमै पनि भनेको थिएँ कलाचेतनाका दृष्टिले तीन ओटा लयढाँचाका कविता देखिए । शास्त्रीय वर्णमात्रिक र मात्रिक लयढाँचा, लोकलयात्मक ढाँचा र मुक्तलय ढाँचा । यीमध्ये मुक्त लयढाँचाका कविता बढी छन् । आजका कवितामा व्यङ्ग्य चेतना पनि प्रबल थियो । यो कविताको व्यञ्जना सामथ्र्य विकास गर्ने चेतना हो ।

यसरी वाचन र विश्लेषण गरिने यो अनुष्ठान एउटा गुरुकुल जस्तै अनुष्ठान पनि हो । बनाउनु र सिक्नु पर्ने कुरा धेरै छन् । त्यस पक्षमा म धेरै नबोलूँ । कविताको मूल्य बढाउने वा घटाउने भन्ने कुरा हाम्रा हातमा छ । हाम्रा सिर्जनामा छ । हामीले यी पक्षमा सचेत बन्नुपर्ने छ । कविता लेखेर सुनाइहाल्ने भन्दा केही मिलाएर बनाएर पकाएर सुनाउनु वा प्रकाशन गर्नु राम्रो हुन्छ । भूपी शेरचनको विचरा भूपीशेरचन् लेख्छन् केर्छन्को अर्थ पनि यही हो । माधव घिमिरेको लेखनाथ पौडेलको रगडघस यही हो । मेरा विचारमा कविता राम्रा राम्रा शब्दको सन्तुलित अभिव्यक्ति हो । थोरै शब्दमा धेरै भन्ने कला हो ।

कवितात्मक वान्कीका दृष्टिले कविता, गीत, गजल, मुक्तक आए । पूर्वीय दृष्टिले भन्ने हो भने मुक्तक, युग्मक, कुलक सन्दानितक सबै आए । मूलत: स्फूट वा फुटकर कविता आए । धेरै नबोलूँ :

कविता कोमल वनिता
रसयती रसेनं भावेन संवलिता ।

मलाई सम्झिएर यति महत्त्वपूर्ण जिम्मेदारी दिएकामा आयोजक संस्था मनोहरा साहित्य समाजप्रति अनेक आभार । अनेक धन्यवाद । हार्दिक धन्यवाद ।

  • Sahitya Sagar
    Sahitya Sagar
डा. रमेश शुभेच्छु
डा. रमेश शुभेच्छु
Post Views: 714
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

सात स्रष्टाका आठ कृतिमा सरसरती दृष्टि

January 15, 2023

‘अविराम यात्रा’की नायिका कमला उप्रेती

December 31, 2022

जसरी अनुभव भयो, त्यसरी नै लेख्नुपर्छ

December 20, 2022

जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो

October 8, 2022

क्रान्तिकारी स्वभाव र झर्रो भाषाका साहित्यसेवी

August 31, 2021

साहित्यमा इतिहासको र इतिहासमा साहित्यको गौरवपूर्ण उपस्थिति रहन्छ

July 9, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.