SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » जसरी अनुभव भयो, त्यसरी नै लेख्नुपर्छ
मन्तव्य

जसरी अनुभव भयो, त्यसरी नै लेख्नुपर्छ

इन्द्रबहादुर राईBy Sahitya SagarDecember 20, 2022No Comments17 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
इन्द्रबहादुर राई नेपाली साहित्य परम्परामा मौलिक चिन्तन र सो चिन्तनअनुरूप साहित्य सिर्जना गर्ने प्रतिभा हुन् । उनी पाश्चात्य साहित्यका प्रयोगहरूलाई पनि आफ्नो परिवेशानुकूल सैद्धान्तिकीकरण गर्दै सोहीअनुसार सिर्जना गर्ने प्रतिभा हुन् । उनले सञ्चालन गरेका आयामेली आन्दोलन र लीला लेखन यसका प्रमुख आधार हुन् । यी आन्दोलन सम्बद्ध र अन्य स्वतन्त्र अभिव्यक्तिहरूमा उनले अनेक मौलिक चिन्तन प्रवाह गरेका छन् । दार्जिलिङको बालसन खोलाको बगरमा १९८४ सालमा जन्मेका राईले नेपाली भाषा साहित्यप्रति विशिष्ट योगदान पुर्याएका छन् । राईका प्रकाशित कृतिहरूमध्ये आज रमिता छ (उपन्यास, सन्न् १९६४), विपना कतिपय (कथासङ्ग्रह, सन् १९६१), कथास्था (कथासङ्ग्रह, सन् १९७२), कठपुतलीको मन (निबन्धसङ्ग्रह, सन् १९८९), पहाड र खोला (निबन्धसँग्रह, सन् १९९३०), लेखहरू र झ्याल (निबन्धसङ्ग्रह, सन् २०००), सेतो ख्याकको बनोट र बुनोट (समालोचना, वि.सं.२०६३) आदि उल्लेख्य छन् । उनले दिएका अन्तर्वाताका पनि कृतिहरू प्रकाशित छन् । उनका विषयमा अनेक अनुसन्धान र खोजहरू भइसकेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलाको मन्तव्य स्तम्भमा उनले . सन् २०११ को वृहत नेपाली साहित्यिक महोत्सवमा उद्घाटन भाषण स्वरूप दिएको मन्तव्यको सम्पादित अंश समेटिएको छ । यसको कामचलाउ शीर्षक ‘जसरी अनुभव भयो त्यसरी नै लेख्नुपर्छ’ राखिएको छ । यो उनका अभिव्यक्ति प्रवाहबिचबाट निकालिएको शीर्षक हो ।

-सम्पा.

लेख्न थालेको ५३ वर्षअघि हो । पहिले मैले उपन्यास लेख्न थालेँ – आज रमिता छ । त्यो सन् १९५८ मा लेखिसकेको थिएँ । उपन्यासको भूमिकामा मैले दुईपटक भनेको छु – साहित्यले जीवन र जगतलाई लेख्छ । यो कुरा पत्रपत्रिका, पुस्तकमा पनि लेखिएको पाइन्छ । विभिन्न लेखकले सोचेर विचारेर लेखेको हुनुपर्छ । अरू कतैबाट थाहा पाएर पनि लेखिएको हुनसक्छ ।

मैले त्यसबेला पढेको एउटा पुस्तक थियो, अंग्रेजीका ठूला लेखक म्याथु आर्नोल्डको एसेज इन क्रिटिसिजम । त्यो पुस्तक आर्नेल्डले जर्मन कवि गेटेसम्बन्धमा लेखेका छन्, ‘उनका कविता नेसेसरी सब्जेटयुक्त छन् ।‘ कविहरूको हुनैपर्ने सब्जेट म्याटर हो – लाइफ एन्ड द वर्ल्ड । जीवन र जगत भन्नुपर्ने शब्द अंग्रेजीमा त्यहाँ पाएँ । अनि त्यसैलाई भूमिकामा लेखेँ । जीवन र जगतलाई लेख्ने कोसीस त्यो उपन्यास र पछिका कथासंग्रहमा पनि भयो ।

हामी कलेज भर्ना हुँदा पहिल्यै जान्न पाउँछौं -ज्ञानको शाखा साइन्स, आर्टस, कमर्स कतापट्टि जाने हो । तर साहित्यमा अगाडिबाटै जान्ने त्यस्तो कुनै बाटो छैन । कुन बाटो लागेर कहाँ छ ? थाहा हुँदैन । जुन पुस्तक हातमा आइपुग्यो, त्यही पढ्छौं, त्यसैले प्रभावित हुन्छौं । त्यसैको प्रभावमा हुन्छौं । त्यसैको प्रभावमा लेख्नु पर्छ । यो एउटा दुर्भाग्य भनौं, हामीलाई छ । पछिपछि भने पढ्दै जाँदा हाम्रा आँखा खुल्छन्, कताकता चेतना आउन थाल्छ । तर समय धेरै बितिसकेको हुन्छ । मैले पनि म्याथु आर्नोल्ड भेट्टाएँ। त्यसपछि जीवन र जगत्लाई लेख्नुपर्छ भन्नेमा पुगेँ ।

धेरै पुस्तक पढिन्थ्यो त्यतिवेला । प्रेमचन्द्र, रविन्द्रनाथ ठाकुर उता फ्रेन्च आन्द्रे जेडहरूको पढिन्थ्यों, धेरै अंग्रेजीका लेखक, नाटककारका पुस्तक पढिन्थ्यो । एउटा पुस्तक फेरि भेट्टाएँ, सजिलो पुस्तक समरसेट ममको कथासंग्रह । एउटा लाइब्रेरीमा तीन भोल्युम थिए । एक ठेलिमा एक सय कथा । दुई ठेली पढेँ अनि त्यसले प्रभावित भएँ । सररर कथा लेख्ने, बुझ्न पनि कठिन नहुने, पढ्दा आन्नद पनि लाग्ने । त्यसैको प्रभावमा विपना कनिपय लेखेँ । २० वटा कथाको संग्रह करिब २० दिनमै लेखेँ । विवेकमा त्यही आयो, त्यही लेखें । फेरि एकदिन एउटा पत्रिका समरसेटको अन्तर्वार्ता देखेँ । त्यसमा उनले एउटा आश्चार्य प्रकट गरेको थिए, ‘मैले त्यत्रो विध्न पुस्तक संख्या प्रशस्त छ । नोबेल पुरस्कार पनि पाँए । तर किन समालोचकले मेरोबारे चाहिँ थोरै किताब लेखेका छन् ? उता हेमिङवे, विलियम फकनर, डिएस लरेन्सबारे ठेलीका ठेली लेखिँदैछन् । मेरो विषयमा चाहिँ किन थोरै !‘

त्यसमा अन्तर्वार्ता लिने समालोचकको टिप्पणी पनि थियो, ‘उनको विषयमा के लेख्नु त ! सररर बुझिने छ । जति कथा छ त्यति छ, त्यसबाहेक केही छैन । गहिरिएर खोज्नु पनि छैन । के प्रभाव पर्छ भन्ने पनि छैन, जति पढ्यो सकिइहाल्यो अनि के लेख्नु !‘

अन्तर्वार्ता पढेपछि तर्सिएँ, हाम्रो पनि भाग्य त्यस्तै हुने रहेछ । अनि आत्तिएर पढ्न थालियो । बाटो खोजिरहेको थिएँ, सन् १९६३ को अगस्ट -सेप्टेम्बरको एक दिन दार्जिलिङका गणेशबहादुर प्रसाईँले तिलबिक्रम नेम्वाङ (बैरागी काइँला) र ईश्वर वल्लभजीलाई लिएर आउनुभयो । हाम्रो साहित्यिक संगति स्थापना भएको दिन त्यही थियो । अनि त हामी नछुटने भयौं, सधैँसधैँ केके कुरा गर्थ्यौं केके! पाएका जति पुस्तक जति नै पढ्थ्यौं हामी।

यस्तै बेलामा काइँलाले पढ्नु भएछ – टिएस इलियटको एउटा पुस्तक । इलियटको त्यसबेला ठूलो नाम थियो । एंग्लो अमेरिकन वर्ल्डमा जम्मै विद्धान, साहित्यकारहरू घुँडा टेकेर भनुँ इलियटसामु खडा थिए । ठूला नाम चलेका लेखकको किताब पढ्न हामीलाई चासे लाग्थ्यो । इलियटले वेन जोन्सनमाथि लेखेको एउटा लेख काइँलाले पढ्नुभएछ । त्यसमा एउटा वाक्य रहेछ, ‘वेन जोननसनका नाटकमा जति पात्र छन् तिनको चरित्र चित्रणमा तेस्रो आयम छैन । अर्थात ती चरित्र पूर्ण चरित्र छैनन् , दुई आयाममात्र भएका चेप्टा छन् । सोलोडोलो र जीवन्त छैनन् ।‘

काइँलाले यो सुनाएपछि एउटा विछार आयो – हामीले लेखेकोमा पनि पूरावतीन आयाम हुनुपर्छ, लम्बाई, चौडाइ अनि मोटाइ । अहिले लम्बाइ र चौडाइ त हुन्छ तर मोटाइ हुँदैन । अर्थात गहनता हुँदैन । खोतल्नुपर्ने कुरा हुँदैन । कुनै दार्शनिक प्रश्न औंल्याउँदैन, वैज्ञानिक – मनोवैज्ञानिक तथ्यतर्फ पनि संकेत गर्दैन भने त्यो थर्ड डाइमेन्सन नभएको हुन्छ । यो गर्न बौद्धिकता चाहिन्छ । हामी तीन जना त्यसबेला साह्रै परिपक्व थिएनौं । सबैभन्दा जेठो मेरो उमेर पनि ३०-३५ थियो, ईश्वर वल्लभ माइलो अनि उमेरमा कान्छो काइँला ।

हामीले सोच्यौं । हाम्रो सोच कति पुग्यो, कति पुगेन भन्न सक्दैनौं । यस्तो साहित्य लेखौं, जसको मोटाइ होस्, गहनता अर्थात तेस्रो आयाम होस् । अझ समयको आयाम चौथोआयाम पनि होस् । चारै आयाम भएको लेख्नुपर्छ भनेर सन् १९६३ मा काइँलालाई सम्पादक राखेर तेस्रो आयाम भन्ने पत्रिका निकाल्यौं । पातलो थियो त्यो । त्यसमा काइँलाले सम्पादकीय लेखेका छन् । एउटा वाक्य थियो -व्यक्तिचरित्र, व्यक्तिको जीवन र उसको अनुभव जस्तो हुन्छ, त्यसलाई वर्तमान सामाजिकताले चेप्टाउँछ, दुई आयामको तुल्याउँछ । वर्तमानको बाँच्ने विधि नै यस्तो छ, हामीलाई चेप्टाउन खोज्छ ।

दाँयाबाट क्रमश: इश्वरबल्लभ, इन्द्रबहादुर राई र वैरागी काइँला

यो कुरा उहाँले त १९६३ मै देख्नुभएको छ । एक वर्षपछि अंग्रेजीमा एउटा पुस्तक छापियो, एकदम प्रसिद्ध पुस्तक भयो – अल्बर्ट मार्कुसको द वन डाइमेन्सनल म्यान । त्यो पुस्तक पढ्दा आज पनि हामी धेरै कुरा चाल पाउँछौं ।

त्यसमा त्यही कुरा भनिएको छ, जुन एक वर्षअघि नै काइँलाले भन्नुभएको थियो । मार्कुस पनि भन्छन् – वर्तमान समयमा मानिसलाई जसरी पनि दुई आयामिक बनाउन अर्थात चेप्टाउन खोज्छन्, समाजको व्यव्स्था नै त्यस्तो छ ।

हामी वास्तवमा तीन आयाम भएका समयमा बाँचेकाले चार आयामा छौं । संसारका जम्मै कुरा चरा, मुसादेखि लिएर चौकी, टेवल, घर, बाटो, सामाज, पुरूष, स्त्री, बालक सबै चार आयामले युक्त छ तर लेख्दा, विचार गर्दा वा त्यसबारे बोल्दा के हुन्छ कुन्नि ! हामी उनीहरूलाई दुई आयामको बनाएर मात्रै कुरा गर्न सक्छौं । यसो गर्दा सजिलो हुन्छ । यो केले हो ? त्यसतिर लाग्न वा खोज्न हामीलाई त्यसबेला आव्श्यक लागेन । तर यो हुँदोरहेछ ।

जुनै मानिस पनि तीन आयामका हुन्छन् । उहाँ एउटा कार्यलयमा काम गर्नुहुन्छ, त्यो एउटा परिचय । तर घरको मूली पनि हुनुहुन्छ, त्यो उहाँको अर्को परिचय ।

कसैको दाजु, भाइ, कसैले देखेको सज्जन, कसैले देखेको दुर्जन । उनले कति काम गर्छन्, विभिन्न पक्ष छ यउटै मानिसको । ती सबै पक्ष भेद भएका एउटै मानिस त चार आयामवाला नै हुन्छन् वास्तवमा । तर लेख्नपर्यो भने कुन्नि के हुन्छ ! विचार गर्नुपर्यो भने हाम्रो विचार गर्ने विधि कुन किसिमको हुन्छ कुन्नि ! कसोकसो दुई आयाम बनाएर विचार गर्न, लेख्न, बोल्न सजिलो लाग्छ। यसविरूद्ध अब कोसिस गर्नपर्यो भनेर त्यसतिर लाग्यौँ ।

हामीले चाह्यौँ – पूर्ण मानिसलाई लेख्नुपर्छ । ‘सम्पूर्णता ‘ हाम्रो नारा नै भयो । सबै चिज सम्पूर्णतामा बाँचेको हुन्छ, झुठ्याएर दुई आयामिक बनाएर किन लेख्ने ? यो लेखाइ भएन । यसविरूद्ध जानुपर्छ भन्ने जमर्को हामीबाट भयो । पहिलो अंकमा कीइँलाले एउटा कविता दिनुभयो – मध्यरातपछिको सडकसित मातेको मान्छेको भाषण । त्यो पछि प्रसिद्ध पनि भयो ।

हामी कसोकसो आफूलाई दुई आयामिक सम्झँदा रहेछौँ । एउटा पसल थापेर बस्ने मान्छे पनि त साँच्चैमा धेरै पक्ष भएका हुन्छन् नि ! तर हामी उसलाई पसले मात्र चिन्छौँ । एउटै परिचयमा सीमित बनाउन खोज्छौँ । मेरो पनि धेरै पक्ष हुन्छ । उसलाई धर्म मनपर्छ पूजाआजा गर्न, पैसा कमाउन मनपर्छ । बाबु हो । असल बाबु हुन् मन लाग्छ । तर हामी भन्छौँ – तिम्रो आधारभूत परिचयचाहिँ मजदुर मात्र हो । मजदुर मात्र मानेर त्यसैअनुसार काम गर, आन्दोलन गर । यसरी हामीलाई बलजफ्तीपनि समाजले एउटै परिचय मा सीमित गराउन खोज्छ – दुई आयाममा ।

त्यही भएर हामीले सम्पूर्ण मानिस लेख्ने विचार गर्यौँ । अब सम्पूर्ण मानिस कहिले पाउने ? दिउसो चेतन अवस्थामा काम गर्दा त हामी आफैले पनि आफूलाई ‘शिक्षक हुँ‘ भनेर एउटा परिचयमा घटाउँछौँ। तर काइँलाले बरू मातेको मान्छे, चेतना अलि कम भएको र अचेतना बढेको, अचेतना मुक्त भएको बेला सायद ऊ बढी पूर्ण हुन्छ कि भनेर त्यो कविता लेख्नुभयो । मातको मान्छे अरू मानिसभन्दा धेरै नै पूर्ण हुन्छ । उसलाई डर हुन्न । काइँला भन्नुहुन्छ मातेको मान्छे ढाँट्दैन । हामी त बोल्दा कति कुरा आफैँले दबाउँछौँ, लुकाउँछौँ तर मातेको मान्छे पूर्ण हो कि मातेको मान्छे ? पूर्ण मानिसको खोजीमा हामी अघि बढ्यौँ ।

अनि मध्यरातपछिको सडक । मध्यरात भनेपछि एउटा दिन सकिएर सुरू हुने नयाँ दिन, नयाँ युगलाई आह्वान हो त्यो कविता । यसरी घटाएर एक परिचयमा बाँघ्ने सामाजिक व्यवस्थाविरूद्ध हामीले लेख्न थाल्यौँ । ईश्वर वल्लभले पनि त्यही अंकमा एउटा कथा लेख्नुभएको थियो – बन्द कुहिरो नानीको पाइला । त्यसमा एउटा सानो छोरा छ बामे सर्दै गरेको । बल्लबल्ल उसले सिँढी उक्लन सिकेको छ । कथामा बाबुले भन्छ – छोरो तिमी मलाई जित । म त कसोकसो अपूर्ण मानिस भएँ, तिमी मजस्तो अपूर्ण मानिस नरहनू । तिमी पूर्ण, चार आयामको मानिस बन । यही पूर्णताको आह्वान लिएर हामीले लेख्न सुरू गर्यौँ ।

यसको पछाडि कुनचाहिँ सिद्धान्त वा विचार थियो त ? बुझ्न अप्ठ्यारो पर्छ । पूर्णता के – के हो ?

मानिसको पूर्णता त हो नै । मानिसमा पनि धेरै कुरा हुन्छ । मानिस कुनै समयमा बाँचेको हुन्छ । समय पनि भाग -भागमा हीमी जान्दछौँ – भूतकाल, वर्तमानकाल र भविष्यत । हामी वर्तमानकालमा बाँचेका छौँ तर समयको पनि त पूर्णता हुन्छ । त्यसको पूर्णता खोज्न हामीले पुस्तकहरू पल्टाउन थाल्यौँ । दार्शनिकले के भन्छन ? वैवैज्ञानिकले समयमाथि के भन्छन् ? यसरी सबैलाई सोध्दै हिँड्यौँ, पुस्तकहरूको माध्यमबाट । त्यहाँ पनि पायौँ – समय त एउटै हुँदोरहेछ । टुक्राटुक्रा हुँदो रहेनछ, समय एउटै हुन्छ ।

आइज्याक न्युटनको पुस्तक पढ्यौँ, त्यसमा पनि सिमेट्रिकल टाइम भन्ने छ । समय यसरी खण्डखण्ड बाँडिएको भन्नु भूल विचार हो । समय एउटै छ भन्ने त्यहाँ पायौँ । तर हामीले तेस्रो आयामको मूल आधार लिएको आइन्स्टाइनको सापेक्षता सिद्धान्तलाई हो । उनले स्पष्ट भनेका छन् – समय एउटै छ, खणडखण्ड छैन । खण्डखण्ड सम्झनु भ्रम मात्रै हो ।

हामीले धार्मिक पुस्तक पनि हेर्यौँ, समयलाई कसरी लिइएको रहेछ भनेर । त्यहाँ पनि त्यस्तै कुरा पायौँ – त्रिकालज्ञ, सबै कुरा मान्ने शिव र अन्य देवहरू । तीनै काल देख्न सक्ने भनेपछि तीनै कालसँगै रहेछ र त देख्न सकिन्छ ! एउटा गइसकेपछि, नदेखिने भइसकेपछि ओझेल भएपछि त तीनै काल देखिने कुरै रहेन । तीनै कालसँगै हुन्छ, देख्नेले देख्छन्, धर्मले भन्दोरहेछ ।

धर्ममा पनि ज्ञानको कुरा हुन्छ, अन्धविश्वास माथ हुँदैन । लौकिक विचारमा कतै यो धार्मिक ज्ञानभित्र त तर्कैतर्कै छ । अलिकति पनि कुतार्किक कुरा गर्न दिँदैन धर्मले । तर्कसहित विश्लेषण गरिएको धर्मबाट ज्ञानका धेरै कुरा पाइने रहेछ । यसरी अब हामीले देख्नुपर्छ हामीले एउटै समय रहेको । एउटै समयलाई लेख्नुपर्छ, अविभाजित समय, अविराम वर्तमान । जहिले पनि एउटै छ । अनि सम्पूर्णता समयको खोज्यौँ । वैज्ञानिक होइनौँ उनीहरूले गणितबाट सबै हिसाब निकालेर प्रमाणित गरिदिएका छन् समय एउटै हो भनेर । अनि हामीलाई लाग्यो समय एउटै छ ।

अर्को कुरा, हामी त जीवनलाई लेख्छौँ भन्छौँ । जीवन पनि एउटै छ कि विभाजित ? समय भिन्दैभिन्दै आएजस्तो हाम्रो व्यावहारिक बुझाइमा जीवन पनि यसरी नै बाँडिएको छ कि एउटै छ ? अनि चेतना पनि एउटै छ कि भिन्नाभिन्नै ?

हामी त त्यतिधेरै चिन्तन गर्ने मानिस थिएनौँ । हामीभन्दा अघि भाग्यले धेरै विचार गर्नेहरू गइसकेका छन् । उनीहरूले लेखेर छाडेका कुरा हामी पढ्न पाउँछौँ । उनीहरूले भनेको छन् – चेतना पनि एउटै छ। जसरी घाम बाटोमा लाग्छ, त्यही घाम घरको छत र कुनै खोलामाथि पनि लागेको हुन्छ, त्यो भिन्नाभिन्नै घाम होइन । जसरी वायुमण्डल एउटै छ, मैले फेर्ने सास र अरूले फेर्ने सास भिन्नाभिन्नै होइन । एउटै वायुबाट सास फेर्छौँ । जसरी घाम एउटै छ, वायुमण्जल एउटै छ चेतना पनि एउटै छ ।

आदकल जम्मै दार्शनिक, वैज्ञानिकले पनि यही कुरा भन्दैछन् । हामीलाई कसरी सबै कुरा चार आयाममा हेर्न लगाएर दुई आयाममा हेर्ने नलगाएर दुई आयाममा हेर्ने बनाउँछ, यही भ्रमले लगाँदो रहेछ । त्यसैगरी जीवन पनि एउटै छ कि अंशअंशमा बाँडिएको हुन्छ । उहाँको जीवन, मेरो र काइँलाको जीवन अलगअलग हो कि भित्रबाट एउटै छ ? हामी सोच्थ्यौँ, कुरा गर्थयौँ । हजार वर्षअगाडि कसैमाथि अत्याचार भएको थियो रे, सीतामाथि अथवा लुसिपसका छोरीहरूमाथि । त्यो अत्याचार र आज कसैमाथि भएको अत्याचार एउटै हो कि भिन्नाभिन्नै खालको हो ? गुणात्मक किसिमले भिन्नाभिन्नै हो कि भित्रबाटै एउटै हो ? देख्छौँ, जीवन एउटै छ । उसलाई पनि मन दुखेकै हो, अहिलेकोलाई पनि मन दुख्छ । अहिलेकोलाई पनि पीर लाग्छ, उतिबेला पनि पीर लाग्थ्यो । समय मात्रै भिन्न हो जीवन त एउटै छ । यसरी जीवन एउटै छ अघिदेखि आजसम्म पनि समय एउटै छ , चेतना सधैँ एउटै छ । यो कुरामा यो निष्कर्षमा हामी पुग्यौँ ।

निष्कर्षमा त पुगियो तर लेख्ने कसरी ? बुझ्नु र लेख्नुमा धेरै ठुलो खडाल छ , त्यो पार गर्नुपर्छ ।आएको कुरा लेख्न सकिएन भने त्यसको अर्थ हुँदैन ।लेख्न पहिले आफ्नु शैली र परिधी तयार गर्नुपर्यो , उपयुक्त प्रबिधि खोज्नुपर्यो ।कस्तो प्रकारले लेख्यो भने यी कुरा आउँछन् ।धेरै टाउको दुखाउनुपर्यो -सम्पुर्णता देखाउने कुन-कुन थोकले चाहिँ हामिलाई सहायता गर्ला ? चित्रकला हेर्यौ,संगितका पुस्तक हेर्यौं ,मनोबिज्ञान,समाजशास्त्र सबै किसिमका किताब हेर्यौँ । कहाँबाट अलिकति सहायता पाउँछौं भनेर ।

त्यसबेला काइँला अनि बल्लभले एउटा उपाय ल्याउनु भयो -मिथकबाट लेख्नुपर्ने रहेछ । मिथकले उहिलेको कुरा पनि भन्छ, जुन सधैँका लागि हुन्छ । सधैँको समय लेख्न मिथकले साहयता गर्छ । मिथक रहेछ समात्नुपर्ने एउटा प्रविधि । तर त्यसलाई कसरी लेख्ने ? कतै संगितकार, चित्रकारले पो यो कोसिस गरेका छन कि इ पश्चिम र पुर्वीय संगीतका पुस्तक पनि हेर्यौँ ।त्यसबेला हामीले चित्रकलाबाट एउटा ठाँउमा सहायता पायौँ , सम्पुर्णता दिन । त्यसबेला चित्रकलामा चकेको थियो -घनवाद, जसले सम्पुर्णता दिन खोज्ने रहेछ । एउटै टेबुलको पेन्टिङ गर्न खोज्यो भने माथिबाट हेर्दा एउटा रूप हो, तलबाट हेर्यो अर्को , दाहिनेबाट अर्को।बिहान एउटा रूप हो, तलबाट हेर्यो अर्को, दाहिने बाट अर्को ।बिहान एउटा रूप हो ,दिउसो अर्कै ।यी सबै रूप जोडेर सम्पुर्णता हुन्छ ।अब यी सबै रूपलाई गाँसेर घनवादले लेख्छ।

त्यसपछी हामिले घनवाद ल्यायौँ ।

काइँलाको कबिताभरी घनवादको टेक्निक छ । बल्लभका कविताभरी, मैले कथाभरी त्यही लगायौँ सम्पूर्ण दिन ।कोसिससम्म गरेका हौँ, कति सम्पूर्णता हामी ग्यारेन्टी गर्न सक्दैनौँ। बाटो त्यति नै भेट्यौँ । सबैको आआफ्नो सिमा हुन्छ ।

लेख्दा हाम्रा मनमा भाव, भावना आउँछन् ।रीस उठ्छ , कतै कुरा राम्रो लाग्छ , कसैलाई देखेर खुसी लाग्छ । जीवन भनेको अनुभव र अनुभुती त हो नि ।कसैलाई भेट्दा खुसी लाग्छ , आनन्द लाग्छ । अब यो आनन्दहरूलाई पनि लेख्नुपर्छ , क्रोधहरूलाई पनि लेख्नु पर्छ भन्नेमा पुग्यौं ।

लेख्ने कसरी ? यो क्रोध, आनन्द हर्ष, मनमा जसरी आउँछ, त्यसरी नै लेख्नुपर्छ । अहिलेसम्म हाम्रो साहित्यमा मनमा लागेको हर्ष, कुनै केहि बस्तु समात्दा चिसो स्पर्श भयो, त्यो चिसोलाई कसरी लेख्ने ? कुनै तरलपदार्थ छँदा तातो लाग्छ, त्यसलाई कसरी लेख्ने ? लेख्न त यी अनुभुती नै लेख्नुपर्छ, साहित्यमा । योबाहेक अरू चिज छैनन् ।चिसो जुन लाग्दछ, एकैचोटि लाग्दछ, विस्तार-विस्तार शब्दहरू वाक्यहरूको लाइनजस्तो एउटा शब्दपछाडी अर्को शब्द गर्दै सय-डेढ सय शब्द , एक वाक्यपछी अर्को वाक्य हुँदै लम्बिएर त स्पर्शको अनुभुती हुँदैन । एकचोटि हर्ष हुन्छ, क्रोध हुन्छ । एकैचोटि लेख्नुपर्छ ।त्यसरी लेख्दा हाम्रो अनुभुतिको सबै आयाम एकैचोटिमा हुने स्पर्शको अनुभुति झुठो हुन्छ । जसरी अनुभव भयो,त्यसरी नै लेख्नुपर्छ ।

पड्दा एकमुष्ट लामो भयो भने हामिलाई स्पर्शको अनुभुति त एकपृष्ठ लामो भएको छैन , झट्टै पो आएको छ त ।

अब झट्टै कसले दिन्छ ? खोजौ हिँड्यौँ । हामीले भेट्यौँ- चित्रकलाले दिँदोरहेछ । चित्र हेर्दा शब्दपछी शब्द वाक्यपछी वाक्य त्यहाँ छैन ।झट्टै देखिन्छ एकैचोटि ।चित्रकलाबाट सिक्नुपर्ने रहेछ । यसरी हामीले उपयाहरू यता खोज्यौं, उता खोज्यौं । जति बुझ्न सक्यौं, त्यसैलाई लिएर तेस्रो आयाम सुरु गर्यौं ।त्यसैअन्तर्गत लेख्यौं ।

हामिले पछि विचार गर्यौं- अब बुद्विलाई पछयाएर जानुपर्छ ।हाम्रो बौद्धिकताको आयाम पनि हुनुपर्छ । तर बौद्धिकता हाम्रो निम्ति काइँलाको शब्दमा उत्तरका ध्रुवतारा थियो, जसलाई हेरेर, पछ्याएर हामी समुद्रमा पनि आँखा टेक्दथ्यौँ । बुद्धि नै हाम्रो देवता । तर बुद्धलाई पछ्याउँदै जाँदा पछिपछि कताकता शंका लाग्न थाल्यो – यो बुद्धि पनि साह्रै भरपर्दो लट्ठी होइन कि !

लाग्यो, मानिसलाई चिन्नुपर्नेछ । साहित्यमा मानिसको जीवनलाई लुख्नुपर्छ, मानिस नचिनी साहित्य लेखिँदैन । अनि मानिस कस्तो छ त वास्तवमा ? पुस्तकहरू हेर्छौँ के पायौँ भने मानिसलाई चिन्न उसको प्रकृति चिन्नुपर्छ, स्वभाव चिन्नुपर्छ । मानिसको चरित्र यस्तो छ भन्ने जानियो भने, उसको आवश्यकता यस्तो छ भनेर भन्न र लेख्न सक्छौँ ।

मानिसको प्रकृति स्वभाव कस्तो छ ? कत्ति पुस्तक पल्टायौँ, एक मत छैन । अहिलेसम्म पनि मनोवैमनोवैज्ञानिकहरूबीच मानिसको प्रकृतिबारे सहमति छैन । मानिसको प्रकृति कस्तो छ भन्ने मै सहमति छैन भने लेख्ने कसरी ? त्यसमा उनीहरू सहमतिमा नपुग्दा यो बुद्धि भन्ने कुरा पनि साह्रै विश्वासलाग्दो छैन कि भनेर विचार गर्न थाल्यौँ । पछि हामीलाई पक्का भयो- यो बुद्ध साह्रै नै विश्वसनीय छैन । अनि काइँलाले आफ्नो एउटा कवितामा एक पंक्तिमा लेख्नुभयो – बुद्धिले सूर्य बालेर राँकोले हेर्छ, देख्दैन । बुद्धिमा अविश्वास भयो, जुन बुद्धिलाई पछ्यार हामीले तेस्रो आयाम सुरु गर्यौँ । पछि त यो बुद्धिमाथि नै अविश्वास जन्म्यो । यो अन्योलको अवस्थामा छँदै थियौँ, हामी तीन जना छरपस्ट भयौँ । उहाँहरू यता नेपाल आउनुभयो, म उता बसेँ ।

तेस्रो आयाम कालमा हामीले सापेक्षताको आधार लिएर लेख्यौँ । त्यसका पनि अनेक पक्ष छन्, धेरै पक्षलाई समात्दै लेख्दै थियौँ । मूल पक्ष सापेक्षतालाई नै लेख्नचाहिँ हामीले समय नै पाएनछौँ । कसोकसो त्यसलाई काइँलाले समात्नभयो । बुद्धि त्यस्तो भएको बेला सत्य भन्ने सापेक्ष मात्र हुनेरहेछ, एकापट्टिबाट हेर्दा एउटा देखिन्छ, अर्कोपट्टिबाच अर्कै । भेटिँदैन, के हो यो ! यस्तो बेला उहाँको कवितामा थियो – अन्धाले ब्रेल छामेजस्तो, हात्ती छामेजस्तो मात्रै हो जीवन बुझ्नु ।

उनीहरू त अन्धा थिए आँखाका । हामी त आँखा देख्ने अन्धाहरू हौँ पढेका, आआफ्नो बुद्धि ले अन्धो ।

सापेक्षताभिथ सबै कुरा सापपेक्ष हुँदैन । यसो भए त त्यसलाई सापेक्षतावाद भनिन्छ, जून शून्यवादजस्तो हुन्छ । तर यसभित्र त एउटा वास्तविक संसार हुन्छ, जसलाई आधार बनाई अरूलाई सापेक्ष देख्न सकिन्छ । आइन्सटाइन घरिघरि होसियार गराउँछन्- सबै कुरा सापेक्ष हुँदैन, त्यहाँभित्रएउटा कुरा स्थिर हुन्छ, जसलाई केन्द्र मानेर अरूलाई सापेक्ष ठानिन्छ । अब त्यो केन्द्र हामीले खोज्नपर्यो ।

एउटा डाँडालाई पूर्वबाट हेर्दै साँच्चै बिरालोजस्तो देखिन्छ, पश्चिमबाट घरजस्तो र उत्तरतिरबाट हेर्दै अर्कै थोकेजस्तो देखिएला । सब सापेक्षता । चार किसिमको देखिए पनि डाँडा त छ नि ! र त त्यो किसिम – किसिमको दिखिन्छ । डाँडै नभए त कुनै पनि किसिम को देखिन्न, त्यसैले स्थिर बिन्दु खोज्नुपर्छ । त्यो बिन्दु के हो त सापेक्षताभित्र ? हामीले पीयौँ- त्यो वस्तुता हो ।

वस्तुता भनेको के हो ? दर्शनशास्त्रमा एउटा क्रिटिकल रियालिजम भन्ने एउटा सिद्धान्त छ ।जति कुरा हामी देख्छौँ, देखेर जान्दछौँ, चिन्दछौँ ।

हामीले देखेर मात्र तिनीहरू भएका हुन् त ? हामीले न देख्दा तिनीहरू हुँदैनन् ? क्रिटिकल रियालिजमले भन्छ – हामीले न देख्दा पनि तिनीहरू हुन्छन् । हामीमाथि भर परेर उनीहरूको अस्तित्व भएको होइन, उनीहरू आफैँ अस्तित्वशील छन् । मानिसले देख्नुभन्दा अलग्गै, छुट्टै मुक्त नै उनीहरूको अस्तित्व छ ।

हामीले देखेको जति सापेक्ष दृष्टि छन्, तिनीहरूभित्र पनि वस्तुता हुन्छ । त्यो सधै नै हुन्छ । वस्तु हुन्छ तर त्यसलाई हामीले आआफ्नो दृष्टिले देख्छौँ । हाम्रो दृष्टि सापेक्ष मात्र हुन् । ती दृष्टि वस्तुमाथि साँच्चै छ भनेर भन्न सकिँदैन, हामीले ओढाइदिएको अर्थ मात्र हो । त्यो त हाम्रो मूल्यांकन, अर्थांकनदेखि छुट्टै छ, त्यसलाई हाम्रो दृष्टिले छुँदैन । यसरी रहेका हुन्छन्, सबै वस्तु संसारमा । हामीले व्यर्थमा आफ्नो आत्मपरकताबाट नयाँ अर्थ, मूल्यांकन, नयाँ दृष्टि, माया वा घृणा लगाइदिन्छौँ । तर तिनीहरूलाई यी सबको केही सरोकार छैन । यसरी रहेको हुन्छ, प्रत्येक चिज ।

बौद्धिकतामाथि अविश्वास लाग्दैथियो । त्यसबेला काइँलाले लेख्नुभयो – आआफ्नो हेराइ मात्र हो, अन्धाले ब्रेल पढेजस्तो हात्ती छामेजस्तो मात्रै छ भनेर । यहाँसम्म आइपुगेपछि हामीले आयामेली लेखनको समाप्तिजस्तोमा पुग्यौं । बुद्धिलाई अविश्वास गर्ने, के हो ? कसो हो ? जान्न सक्दैनौ कि भन्नेजस्तो अवस्थामा पुग्यौँ। यही अवस्था हो – लीली लेखनको सुरू ।

अघि त म्याथु आर्नेल्डलाई पछ्याएर जीवन र जगतलाई लेख्छौँ, लेख्नुपर्छ भन्थ्यौ ।अब त जीवन र जगत्लाई बुझ्नै कठिन रहेछ, सायद बुझ्नै सक्दैनौँ भन्नेमा हामी पुग्यौँ । जीवन र जगत्लाई लेख्छौँ भन्ने पर्छ कि भन्ने अवस्थामा पुग्दा हामी लीलालेखनको छेउमा आइपुग्छौँ ।

  • Sahitya Sagar
    Sahitya Sagar
इन्द्रबहादुर राई
इन्द्रबहादुर राई
Post Views: 418
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

जन प्रज्ञाप्रतिष्ठानमा वाचित कविताका आयाम

February 6, 2024

सात स्रष्टाका आठ कृतिमा सरसरती दृष्टि

January 15, 2023

‘अविराम यात्रा’की नायिका कमला उप्रेती

December 31, 2022

जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो

October 8, 2022

क्रान्तिकारी स्वभाव र झर्रो भाषाका साहित्यसेवी

August 31, 2021

साहित्यमा इतिहासको र इतिहासमा साहित्यको गौरवपूर्ण उपस्थिति रहन्छ

July 9, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.