SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नोवेल पुरस्कार विजेता नारी साहित्यकार एल्फ्राइड जेलिनेक
जीवनी

नोवेल पुरस्कार विजेता नारी साहित्यकार एल्फ्राइड जेलिनेक

गीता सापकोटाBy Sahitya SagarJanuary 15, 2023No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
गीता सापकोटाकोपरिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी युवा पुस्ताकी सर्जक एवम् समीक्षक प्रतिभा हुन् । नेपाली विषयमै उच्च शिक्षा लिई अध्यापनसहित साहित्य क्षेत्रमा समर्पित सापकोटाले विविध विधामा कलम चलाउँदै आएकी छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘नोवेल पुरस्कार विजेता नारी साहित्यकार एल्फ्राइड जेलिनेक’ शीर्षकको लघु जीवनी समेटिएको छ । यस जीवनीले को सारभूत परिचय प्रस्तुत गरेको छ ।

-सम्पा.

विश्व सन्दर्भमा नरीहरू जति अगाडि बढ्नु पर्ने हो त्यति अगाडि बढ्न सकिरहेका छैनन् । राजनीतिले, जागिरले र अन्य क्षेत्रले आरक्षण विकास गरे पनि सिर्जनात्मक उन्नति र बौद्धिकतामा आफै लाग्नु पर्ने हुन्छ । विश्व सन्दर्भमा यस्ता बौद्धिक गतिविधिमा नारीको सङ्ख्या कमै छ । त्यस्ता कम नारी प्रतिभामध्ये एल्फ्राइड जेलिनेक विश्वप्रसिद्ध साहित्यकार हुन् । उनले आफ्नै संघर्षबाट अनेक उतारचढाव पार गर्दै नोवेल पुरस्कार प्राप्त गरेकी थिइन् ।

एल्फ्राइड जेनिलेकको जन्म सन् १९४६ अक्टोबर २० मा अस्ट्रियाको स्टेरिया प्रान्तको मुएर्चुस्लाक भन्ने ठाउँमा भएको थियो । उनी मध्यम वर्गीय परिवारमा जन्मिएकी थिइन् । उनका पिता रसायनशास्त्री थिए । उनको परिवार यहुदी धर्मावलम्बी थिए ।

एनको परिवार र पिता यहुदी धर्मावलम्बी थिए । तापनि उनले नाजीहरूलाई दोस्रो विश्वयुद्धको समयमा औद्योगिक उत्पादनमा सहयोग गरेका कारण उनलाई संरक्षण दिएका थिए । त्यसैले नाजीहरूले उनलाई अन्य यहुदीहरूलाई जस्तो लखेटाइमा पार्नुको सट्टा प्राण बचाइदिएका थिए । उनले यो उदारता परिवार र आफ्नो समाजबाटै बाल्यकालमै सिकेकी थिइन् ।

जेलिनेकको प्रारम्भिक शिक्षा जन्मभूमिमै भयो । उनी अब्लेयर जिम्नाजियमबाट साक्षर भइन् । सन् १९६७ मा उनले भिएना विश्वविद्यालयबाट रङ्गमञ्चमा उच्च शिक्षा लिइन् । उनले समाज देशको इतिहासमा चासो राख्दै इतिहास विषयमा पनि उच्च शिक्षा लिइन्

उनी सन् १९७१ मा सङ्गीतशास्त्रमा स्नातक उत्तीर्ण भइन् । उनको अध्ययन गरेको विषयले पनि सङ्गीत र रङ्गकर्मीप्रति रुचि बढ्दै गयो । रुचि सङ्गीत र रङ्गमञ्चमा भए पनि उनको मूल रुचि ती ज्ञानलाईसमेत समेटेर कवितातिर मोडियो । उनले सन् १९६७ मा लिसास स्याडो नामक कवितासङ्ग्रह प्रकाशित गरिन् । उनको शिक्षा भन्दा साहित्य टाढा जस्तो देखिन्थ्यो तर उनी कृतिसहित साहित्य क्षेत्रमा देखा परिन् । त्यसपछि निरन्तर आफ्नो रुचि र समर्पणको क्षेत्र साहित्यलाई बनाइन् ।

एल्फ्राइड जेलिनेक विविध क्षेत्रमा चासो राख्थिन् । उनी विश्वविद्यालयको अध्ययनका क्रममा समाज सचेत पनि बनिन् । त्यस कारण उनी राजनीतिमा पनि संलग्न भइन् । उनले राजनीतिलाई नै आफ्नो मूल रुचि र समर्पणको क्षेत्र बनाइन् तर उनी त्यस बटा बढी समाजसचेत नारी बनिन् । उनका कतिपय लेखनीमा राजनीति प्रभाव देखिन्छ । उनको साहित्ययात्राको प्रारम्भका रचनामा आक्रोशका भावहरू प्रबल देखिन्छन् ।

समय त्रममा एल्फ्राइड जेलिनेक साहित्यका विविध विधामा फिजिइन् । उनी मूलतः कविता, कथा, उपन्यास, गीतिकाव्य, पटकथा, नाटक जस्ता विविध विधामा सशक्त रूपमा कलम चलाउन थालिन् । प्रायः सबै विधामा धेरथोर सफलता पाउँदै अगाडि बढिन् । उनको सन् १९७० मा व्यङ्ग्यात्मक उपन्यास वीर सिन्ड लोकफोगेल बेबी प्रकाशित भयो । त्यसपछि उनी बढी चर्चित भइन् ।

जेलिनेकको सन् १९७४ मा उनको फिल्मी कलाकार गोफ्रिड हुएङ्खस बेर्गसँग विवाह भयो । त्यसपश्चात उनलाई घरायसी वातावरणको पनि सकारात्मक प्रभाव प¥यो । त्यही सकारात्मक प्रभाव स्वरूप उनले सन् १९८० मा वन्डरफुल, वन्डरफुल टाइम्स नामक अर्को उपन्यास सार्वजनिक गरिन् । यस उपन्यासमा उनले युवा अपराधी गिरोहको निरुद्देश्य जीवन र यसले पारिरहेको सामाजिक मनोवैज्ञानिक असरको चित्रण गरेकी छन् ।

एल्फ्राइड जेलिनेक स्रष्टा मात्र थिइनन् । उनी कुशल अनुवादक पनि थिइन् । उनले थोमस पिन्चोन, जर्ज फेड, युगेन लाबिख र क्रिस्टोफर मार्लो आदिका रचनाहरू अनुवाद गरेकी छन् । उनका अनुवादलाई पनि महत्त्वपूर्ण सामग्रीका रूपमा लिइन्छ ।

बहुमुखी प्रतिभाशाली जेलिनेकका तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । तीमध्ये लिसास स्याडो (१९६७) विर सिन्ड लोकफोगेल बेबी (१९७०), बुमन एज लभर्स (१९७५), वन्डरफुल वन्डरफुल टाइम्स (१९८०), द पियानो टिचर (१०८३), क्लारा एस (१९८४), ओ वाइन्डनेस (१९८५), लस्ट (१९८९), इन आल्पस् (२००२), बाम्बिल्यान्ड (२००३), इम एन्ड मार्गरेड (२००४), आदि उल्लेख्य छन् । समीक्षकका अनुसार यी एकपछि अर्को उनका उत्कृष्ट कृतिहरू हुन् ।

जेलिनेक रङ्गमञ्च र सङ्गीत क्षेत्रकी विद्यार्थी हुँदा उनले आफ्ना उपन्यास र नाटकहरूमा साङ्गीतिक संवादहरूसंयोजन गरेकी छन् । त्यस्ता आलङ्कारिक संवादमार्फत विशेष भाषिक मिठास निर्माण गरेकी छन् । उनले मिठो भाषामा हल्का व्यङ्ग्यसहित समाजका विकृति र विसङ्गतिहरूलाई औँल्याउन सफल भएकी छन् ।

उक्त सूक्ष्म कलात्मक एवम् कला र विचारको संयोजनमूलक सिर्जन सामर्थकै कारण एल्फ्राइड जेलिनेकलाई सन् २००४ को साहित्य तर्फको नोबेल पुरस्कारद्वारा सम्मानित गरियो । उनले त्यस पुरस्कारबाट थप हौसला लिएर आफ्नो कलमलाई सशक्त बनाइन् ।

जेलिनेक साहित्यका माध्यमबाट विश्वप्रसिद्ध नोबेल पुरस्कार प्राप्त गर्न सफल नारी हस्ताक्षर हुन् । जेलिनेकका कृतिहरूमा नारीवादी चिन्तन, यौन र सामाजिक शक्ति सन्तुलनमा जोड, नाटकमा रङ्गमञ्चीय प्रवृत्तिको विरोध, इतिहासका काला र कुरूप पक्षको चित्रण क्रर नाजी अत्याचार सन्त्रास, भय र बर्बरताप्रति आक्रोश रहेको पाइन्छ । उनको अध्ययन र समाजबोधले उनका कृतिहरू पठनीय र दूरदर्शी हरकेको समकालीन समीक्षकले निक्र्योल गरेका छन् ।

जेलिनेक इतिहासकी विद्यार्थी हुन् । उनले आफ्ना सिर्जनामा विश्वयुद्धले निम्त्याएको युरोपेली नवपुस्ताको अपराधिक हिंसात्मक र परपीडक मनोरोगको सूक्ष्म चित्रण गर्नका साथै भण्डारफोर पनि गरेकी छन् । यी बहुमुखी विषेशताले उनलाई फरक फरक विधामा स्थापित गर्यो ।

लेनिलेक आफ्नो युगकी एक सफल कलम योद्धा हुन् । उनी मानवता र विश्वबन्धुत्वको भावना ओतप्रोत भएकी नारी स्रष्टा हुन् । उनको वैयक्तिक जीवन र सिर्जनात्मक जीवनका साथै पारिवारिक जीवन पनि अभिप्रेरक छ । एकपछि अर्को कृति आफ्नै पूर्वकृतिसँगको प्रतिस्पर्धी कृतिका रूपमा प्रस्तुत गर्न सक्नु उनको सफलताको कारक देखिन्छ ।

टीकाथली, ललितपुर

  • Sahitya Sagar
    Sahitya Sagar
गीता सापकोटा
गीता सापकोटा
Post Views: 541
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.