SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत
जीवनी

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

गीता सापकोटाBy Sahitya SagarApril 10, 2023No Comments4 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
गीता सापकोटा युवापुस्ताकी स्रष्टा एवम् द्रष्टा प्रतिभा हुन् । उनले निरन्तर रूपमा सिर्जना र समीक्षा लेखिरहेकी छन् । उनको कलम जीवनी लेखनमा पनि त्यत्तिकै चलिरहेको छ । उनको परिचय साहित्यसागरमा समेटिइसकेकाले यहाँ उनको सारभूत परिचयसहित उनले लेखेको ‘नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत’को जीवनी समेटिएको छ । यो जीवनी अभिप्रेरक जीवनीका रूपमा लेखिएको छ ।

-सम्पा.

नोवेल पुरस्कार विजेता नारीप्रतिभाहरूमध्ये सिग्रिड उन्डसेत (नर्वे : १९२८) को नाम उल्लेख्य छ । इतिहासको गहिरो अध्ययन गर्न र सोही अध्ययनका आधारमा सिर्जना गर्न रुचि राख्ने यी प्रतिभा आज विश्व प्रसिद्ध नारी साहित्यकारका रूपमा परिचित छन् ।

सिग्रिड उन्डसेतको जन्म सन् १८८२ मे २० का दिन डेनमार्कको क्यालेन्डबर्गमा भएको थियो । उनका पिता इङगभाल्ड मार्टिन उन्डसेत त्यहाँका नामी पुरातात्विविद् थिए । बाल्यकालदेखि नै आफ्ना पिताबाट पुराना सामग्री प्रति आकर्षित प्रभावित उन्डसेत पछि इतिहासप्रति नै समर्पित बनिन् । उनले पिताकै प्रभावबाट इतिहासको गहिरो अध्ययन गरेकी थिइन् । बाल्यकालदेखि नै सिग्रिडमा इतिहास, संस्कृति एवम् साहित्यप्रति गहिरो रुचि थियो ।

उन्डसेत कथा र उपन्यास लेखनमा रmचि राख्नै र क्रमश : प्रकाशनबाट अग्रसर हुँदै गइन् । उनको सन् १९०७ मा पहिलो उपन्यास प्रकाशित भयो । सन् १९०९ मा उनको अर्को उपन्यास गुनार्स डटर प्रकाशित भयो । यो कृतिसँगै उनको परिचय साहित्यिक जगत्मा स्थापित बन्यो ।

उन्डसेतको विवाह नर्वेका चित्रकार एन्डर्स कास्टुस स्वस्टाडसँग सन् १९१२ मा सम्पन्न भयो । उनका जीवनसाथी पनि कलाकार भएपछि पारिवारिक वातावरणले उनलाई लेखनतर्फ अझै प्रेरित गर्यो । फलत : उनले क्रिस्टिना लाव्रांसडोटर (तीन भाग) र द मास्टर अफ हेस्टिविकेन (चार भाग) लेखिन् । उनका उपन्यासहरूमा नर्वेली समाजको चौधौँ पन्ध्रौँ शताब्दीतिरको परिवेश छ । ती कृतिका माध्यमबाट नर्वेली सामाजिक जनजीवनको प्रतिबिम्ब उद्घाटन गरिएको छ ।

उन्डसेतले प्राय : आफ्ना कृतिमा घरपरिवार भित्र र कर्मचारी नारीले भोग्नु परेका कार्यालयीय र पारिवारिक जिम्मेवारीलाई निकै जीवन्त रूपमा उठाएकी छन् । उनी ती नारीहरूका समस्यालाई आफ्नै समस्याका रूपमा उपन्यासमा प्रस्तुत गरिरहेकी हुन्छिन् । उनका उपन्यासलाई यथार्थपरक जीवनदृष्टिका प्रकटनमा पाउन सकिन्छ ।

उन्डसेत आफ्ना उपन्यासमा मानवीय मनोविज्ञान र इतिहास जस्ता फरक विषयलाई सहजै संयोजन गरिरहेकी भेटिन्छिन् । यी फरक विष्यालाई संयोजित रूपमा पस्कन सक्ने क्षमताका कारण पनि उनको चर्चा चलेको पाइन्छ ।

उन्डसेत सफल उपन्यासकार हुन् । यी प्रतिभा गहिरो अध्ययनपछि मात्र लेख्ने उपन्यासकार हुन् । यिनले पन्ध्र वर्षसम्म मध्यकालीन इतिहास अध्ययन गरिसकेपछि मात्र त्यस विषयमा लेख्ने आँट गरेकी थिइन् । तयसै कारण यिनका ऐतिहासिक उपम्यासहरूमा यथार्थताको चित्रण र दिग्दर्शन हुन सकेको हो (पृ.१५८) । उनको यसै संयोजित शैलीमा केन्द्रित भएर लेखिएका कृतिहरूका लागि सन् १९२८ को नोबेल पुरस्कार उनलाई प्रधान गरिएको थियो ।

उन्डसेतले सन् १९४० अप्रिलमा नर्वेलाई नाजीहरूले कब्जा गरेपछि नाजी अतिवादको खुलेर विरोध गरिन् । फलत : नाजी हुकुमले उनका पुस्तकहरूमा बन्देज लगायो ( पौड्याल र अन्य पृ. ५५) यसै बेला नाजीहरूले उनको जेठो छोरो आन्डेर्सको हत्यासमेत गरिदिए ।

आफ्ना कृतिमाथि प्रतिबन्ध एउटा पीडा थियो । नारीहरूबाट भएको छोराको हत्या अर्को पीडाको विषय बन्यो । उनले झन् चर्को विरोध गरेर कलम चलाइन् । आखिर नाजीहरूको दनम खप्न नसकेर उनी स्विडेन र अमेरिकामा शरण लिन पुगिन् ।

सिग्रिड उन्डसेत मूलत : उपन्यासकार हुन् । उनी नाटक र कथाको क्षेत्रमा पनि उत्तिकै प्रखर थिइन् । गुनार्स डटर (१९०९), इमेजेज इन मिरर (१९१७) क्रिस्टिना लाव्रांसडोटर (तीन भाग १९२०–१९२२), द मास्टर अफ हेस्टविकेन (चार भाग १९२४) द वाइल्ड अर्किड (१९३४), द बर्निङ्ग बुश (१९३०), एलिजावेथ (१९३२), द इयर (१९३४), रिटर्न टु द फ्युचर (१९४२) जस्ता उनका करिब तीन दर्जन कृतिहरू प्रकाशित छन् । यी कृतिहरूमा उनी आफैसँग आफै प्रतिष्पर्धा गरिरहेकी भेटिन्छिन् ।

सिग्रिड उन्डसेत मूलत : प्राचीन नर्वेली समाजको यथार्थ चित्रण गर्ने स्रष्टा हुन् । मध्यमवर्गीय जनजीवनको चित्रण, श्रमजीवी नारीहरूको दु :ख पीडाको प्रस्तुति, मानवीय समस्या, इतिहास र मिथकीय प्रयोगको प्रस्तुतीकरण, नर्वेली मध्यकालीन जीवनको चित्रण जस्ता विशेषता उनका कृतिहरूमा पाइन्छ ।

उन्डसेतको आख्यानकारितको भाषा निकै काव्यात्मक छ । काव्यात्मक भाषाशैली, आलङ्कारिक वाक्य गठनको सुमधुर प्रस्तुति उनको विशेषता हो । यही विशेषताका कारण उनका कृति पढौँ पढौँ लाग्ने हुन्छन् । सरल सहज भाषाशैलीको प्रयोगले गर्दा उनका कृतिहरू सबै पाठकका लागि उत्तिकै महत्वपूर्ण रहेका छन् ।

इलाम

  • Sahitya Sagar
    Sahitya Sagar
गीता सापकोटा
गीता सापकोटा
Post Views: 415
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोबेल पुरस्कार विजेता नारी स्रष्टा ग्राजिया डेलेडा

March 21, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.