SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » आँखाका भगवान सन्दुक रुइत
जीवनी

आँखाका भगवान सन्दुक रुइत

सुरेन उप्रेतीBy Sahitya SagarJune 16, 2023No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कमलको फूल तलाउ र पोखरीहरूमा फुल्छ । गुराँस पहाडका टाकुरामा फुल्छ । गुलाव काँडैकाँडा भएको बोटमा फुल्छ । ती फूलका वासनाले मानिसलाई आनन्द दिन्छ । जस्तो सुकै ठाउँमा फूलेका भए पनि ती फूलहरूको सुन्दरता र वास्नाले मान्छेको मनलाई लोभ्याउँछ । ती फूलहरूसँग सबै मानिसहरू आकर्षित हुन्छन् । सबैले मन पराउँछन् ।

हाम्रो समाजमा ती सुन्दर फूलहरू जस्तै मान्छेहरू पनि छन् । ती मान्छेलाई सबैले मन पराउँछन् । कतिले त भगवानकै रूपमा दृष्टिको देवता पनि भन्ने गर्दछन् । सबैको भलो हुने काम गर्ने मान्छे नै भगवान हुन् । बर्षौदेखि आँखा नदेखेका मानिसहरूलाई आँखा देख्ने बनाउन सक्ने मान्छे के भगवान होइनन् त ? त्यस्तै मानिसले गर्न नसकेको काम गरेर हजारौँ मानिसको भलो गर्ने मान्छेको नाम हो सन्दुक रूइत ।

नेपालको पूर्वी मेची अञ्चलमा चार जिल्लाहरू रहेका छन् । झापा जिल्ला तराइमा पर्छ भने अरू तीन जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङ्ग पहाडी जिल्लाहरू हुन् । सबै भन्दा उत्तरमा रहेको ताप्लेजुङ्ग जिल्ला हो । यसै जिल्लामा संसारको तेश्रो अग्लो कञ्चनजङ्घा हिमाल पनि रहेको छ ।

ताप्लेजुङ्ग जिल्लाको उत्तरमा रहेको सानो हिमाली गाउँको नाम ओलाङचुङ गोला हो । ताप्लेजुङ्ग बजारबाट तमोर खोलाको किनारैकिनार चार दिन हिँडेपछि मात्र ओलाङचुङ गोला पुगिन्छ । त्यही ओलाङचुङ गोलामा पिता सोनाम वाङ्ग्याल र माता कासाङबाट सन १९५४ मा सन्दुक रूइतको जन्म भएको थियो । उनका बुबाले सन्दुक रूइत नाम राखिदिए । तिब्बती भाषामा सन्दुकको अर्थ आकाशको ड्रयागन भन्ने हुन्छ । रूइत चै पुर्खौली तिब्बती गाउँ रूथोकको सम्झनामा राखेका थिए ।

सन्दुकका बुबा सोनाम तिब्बतबाट नुन, जरीबुटी र अन्यसामानहरू ल्याएर गाउँगाउँमा घुम्दै बेच्ने गर्नुहुन्थ्यो । आमा कासाङ ऊनको धागो बनाउँने, स्वेटर, टोपी र गलैँचाहरू बुन्नेकाम गर्नुहुन्थ्यो ।

गाउँमा स्कुल नहुँदा उनले सात बर्षसम्म पढन पाएका थिएनन् । उनी चाँैरीको ढाडमा चढेर रमाउने गर्थे । एक पटक चौँरीको ढाडबाट लडेर दाहीने हात भाँचियो । त्यसपछि देब्रेहातले नै सबै काम गर्न सुरm गरे । रूइतका बुबालाई छोरो पढाउनुपर्छ भन्ने लागिरहन्थ्यो । पढाउने मान्छेको खोजी गर्दा भन्सारमा काम गर्ने एक जना कर्मचारीले पढाई दिने आश्वासन दिए । ती भन्सारका कर्मचारीले घरमा आएर सन्दुकलाई पढाइ दिनुभयो । सन्दुकले तिनै कर्मचारीबाट नेपाली साँवाअक्षर सिक्ने मौका पाए ।

उनी सातबर्षको हुँदा बुबाको साथ पन्द्र दिनको बाटो हिँडेर दार्जिलिङको सेन्ट रोवोर्टस स्कुलमा भर्ना भए । उनी कक्षा सातमा पुग्दा चीन र भारतको युद्धका कारण दार्जिलिङका स्कुलहरू बन्द भए । त्यसपछि उनलाई बुबाले काठमाडाँै ल्याएर सिद्धार्थ वनस्थली स्कुलमा भर्ना गरिदिए ।

रुइतले सिद्धार्थ वनस्थली स्कूलबाट प्रथम श्रेणीमा एसएलसी पास गरे । उनी त्रिचन्द्र कलेजमा बिज्ञान बिषय लिएर पढ्न थाले । उनका दाजु झाडापखाला लागेर बितेका थिए । उनकी एउटी बहिनी ज्वरो आएर स्वर्गे भएकी थिइन् । उनीसँगै बसेर पढ्दै गरेकी बहिनी याङलालाई पनि क्षयरोगले भेट्यो । दोश्रो पटक विरामी भएर याङ्ला पनि बितिन् । सन्दुक त्यसबेला उन्नाइस वर्षका थिए । बहिनीले मर्ने बेलामा “दाजु तिमी चाहिँ राम्रो पढ्नु , डाक्टर बनेर म जस्ता मान्छेहरूलाई बचाउँनु है ! मर्न नदिनु” भेनेकी थिइन् । उनलाई बहिनीका ती शब्दहरूले सदैब झकझकाइरह्यो । जस्ले गर्दा डाक्टर हुन अझै प्रेरणा मिल्यो । उनी प्लान पाएर डाक्टरी पढ्न भारतको लखनौ गए ।

उनी लखनौमा पढिसकेर नेपाल फर्किए र बिरअस्पतालमा आँखाको डाक्टर भएर काम गर्न सुुरm गरे । बिरअस्पतालमा हुँदा आँखा शिविरमा खटिएर सयौँ जनाको आँखाको रोग निको पारे । उनले आँखा सम्बन्धीको अध्ययनलाई अझ अगाडि बढाउँदै लगे । उनले भारतको राजधानी न्यू देल्लीमा गएर अध्ययन गर े। निरदल्याण्ड र अष्ट्रेलिया जस्ता देशहरूमा पुगेर आँखा अस्पतालको अनुभव बटुले । त्यसबेला नेपालबाट आँखा उपचार गराउन हजारौँ मानिसहरू भारत र अन्य देशहरूमा पुग्ने गर्दथे । उपचार खर्च नभएर धेरै मान्छेहरू अँध्यारो जीवन बिताउँन बाध्य बनेका थिए । दृष्टि विहीन भएर लठ्ठी टेकेर अरू मान्छेको सहारामा हिँड्नु पर्दथ्यो । यस्तो परिस्थिति देखेर दुःखी बनेका सन्दुकले आफ्नै पहलमा आँखा अस्पताल बनाएर मान्छेको सेवा गर्ने दृढ अठोट गरे । उनलाई अन्य सात जना सहकर्मी डाक्टरहरूले पनि साथ दिए । त्यसैको प्रतिफल आज हामीले तिलगङ्गा आँखा अस्पताल पाएका छौँ ।

सन्दुक रुइतले देश भित्रका बिभिन्न बिकट गाउँमा पुगेर आँखा शिविरहरू सन्चालन गरे । बर्षौँदेखि आँखाको ज्योति गुमाएकाहरू आँखा देख्ने भए । जन्मैदेखि देख्न नपाएकाहरूले पनि यो सन्सार देख्न पाए । त्यसैले उनलाई मानिसहरू दृष्ट्रिविहिनहरूका देवता र दृश्यका देवता समेत भन्ने गर्दछन् । उनले आँखा दानको अभियानको शुरूवात गरेर आँखा बैँक खोले । आँखाको नानीलाई बचत गर्ने अभियान चलाए । तिलगङ्गा आँखा बैँकबाट आँखाका नानीहरू भुटान, बङ्गलादेसश चीन, कम्वोडिया, पाकिस्तान, पूर्वी टिमोर जस्ता देशहरूमा पुग्दछन् । एउटा आँखाको नानीले तीनजना सम्मको आँखामा उपचार गर्न सकिने प्रविधि बनाएका छन् । उनले बनाएको आँखाको कुनामा राख्ने पातलो लेन्सलाई सात मिनेटमा चिरफार नगरी राख्न सकिन्छ । उनको यो प्रविधि विश्वमै प्रख्यात बनेको छ । उनको हातबाट अपरेसन गराउँनका लागि स्विजरल्यान्ड, फ्रान्स, अमेरिका, अष्ट्रेलिया र युरोपियन देशहरूबाट मानिसहरू आउने गर्दछन् । उनले दुईलाख भन्दा बढी मानिसहरूको आँखा अप्रेसन गरेर देख्न सक्ने बनाएका छन् ।

डाक्टर सन्दुक रुइतको यस्तो महान कार्यको सम्मान गर्दै एसियाको नोभेल पुरस्कार भनेर मानिने रमन म्याग्सेसे पुरस्कार (सन् २००६ ), अडरअफ अस्ट्रेलिया अवार्ड (२००७) भारतको प्रशिद्ध पद्मश्री पुरस्कार (२०१८) । बहराइनको प्रशिद्ध इसा अवार्ड २०२३ जस्ता अन्तर्राष्ट्रिय पुरस्कार र पदकले विभूषित हुनुभएको छ । देशभित्रका अनेक सम्मान र पुरस्कारले सम्मानित डाक्टर रूइतले नेपालको प्रधानमन्त्री राष्ट्रिय पुरस्कार (२०१९) प्राप्त गर्नुभएको छ । सरल र शालीन व्यक्तित्वका धनी डाक्टर सन्दुक रुइत अझै पनि दैनिक सात घण्टादेखि बाह्र घण्टासम्म उभिएर आँखा उपचारमा ब्यस्त रहन्छन् । नेपाललाई विश्वसँग परिचित गराउँने रुइत नेपालका शान हुन् ।

क्यानडा

  • Sahitya Sagar
    Sahitya Sagar
सुरेन उप्रेती
सुरेन उप्रेती
Post Views: 459
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

नोबेल पुरस्कार विजेता नारी स्रष्टा ग्राजिया डेलेडा

March 21, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.