SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल
जीवनी

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

Sahitya SagarBy Sahitya SagarOctober 21, 2023No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

गीता सापकोटा युवा पुस्ताकी स्रष्टा एवम् द्रष्टा प्रतिभा हुन् । उनले सिर्जनातर्फ कविता, कथा, निबन्ध, गजल मुक्तक, गीत आदि विभिन्न विधामा कलम चलाएकी छन् । बालसाहित्यमा पनि कलम चलाएकी छन् । उनी नारीहरुका जीवनी लेखनमा पनि त्यत्तिकै सक्रिय छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको गब्रिएला मिस्त्रालको जीवनी समेटिएको छ । मिस्त्राल जीवनमा धेरै कुरालाई छोडेर साहित्य सिर्जनालाई महत्त्व दिने प्रतिभा हुन् । यो जीवनी सिर्जनात्मक लघु जीवनीका रूपमा प्रस्तुत छ ।

-सम्पा.

गब्रिएला मिस्त्राल सामान्य पारिवारिक परिवेशबाट उठेर नोवेल पुरस्कार पाउने प्रतिभा हुन् । मिस्त्रालको जन्म चिलीको विकुना नामक एउटा सानो गाउँमा भएको थियो । सन् १८८९ अप्रिल ७ का दिन भएको थियो । उनी साधारण परिवारकी छोरीका रुपमा जन्मिएकी थिइन् । उनका अभिभावकसँग ससाना सपनाहरु थिए ।

गब्रिएला मिस्त्रालको प्रारम्भिक शिक्षा स्थानीय स्कुलबाट प्रारम्भ भयो । उनको पारिवारिक अवस्था समकालीन साथीका तुलनामा निम्नस्तरको थियो । उनी तीन वर्षकी हुँदा उनका बुबाले परिवार छोडेर पलायन भए । उनकी आमाले आफू एक्लै बाबु र आमा पनि बनेर कठिनाइपूर्वक घर चलाएकी थिइन् ।

मिस्त्रालका बाबु घर छोडेर हिँडेपछि मिस्त्रार परिवारको आर्थिक अवस्था कमजोर भयो । आर्थिक अवस्थाकै कारण उनी सानैदेखि गम्भीर बनिन् । मैले केही गरेर आमालाई सघाउनुपर्छ भन्ने चिन्तन गर्न लागिन् १६ वर्षकी हुँदादेखि काममा निस्किइन् । स्थानीय स्कुलमा पढाउन थालिन् ।

मिस्त्रालले आमालाई केही सघाइन् । उनको पढाउँदा पढाउँदे रेल सेवामा काम गर्ने एक युवकसँग प्रेम बस्यो । उनको त्यस प्रेमले पूर्णता पाउन सकेन । सन् १९०९ मा उनका प्रेमीले आत्म हत्या गरे । त्यस घटनाले गाब्रिलाको प्रथम युवा हृदयमा गहिरो चोट प¥यो । उनले यसै समयदेखि आफ्ना पीडाव्यथालाई कवितामा पोख्न थालिन् ।

आविष्कारक र सर्जकहरुलाई दुर्घटना पनि सुघटना बनिदिन्छन् भन्ने कुरा मिस्त्रालका जीवनमा लागू हुन्छ । उनी त्यसै प्रेमीका सम्झनामा कलम चलाउन थालिन् । प्रमीको वियोगमा लेखिएको ‘सानेट्स अफ ड्थ’ शीर्षकको कविता सन् १९१४ मा प्रकाशित भयो । यस कविताले पुरस्कार पनि पाउन सफल भयो । त्यसबाट उनले हौसला बटुलिन् । स्थानीय पत्रपत्रिकामा आफ्ना अन्य कविताहरु प्रकाशन गर्न थालिन् । क्रमशः उनी शिक्षिकाका साथै लेखककका रुपमा स्थापित हुँदै गइन् ।

कलिलै उमेरमा उनी जीवन जगत्प्रति सचेत थिइन् । शिक्षण पेसामा आबद्ध भएकले ग्राबिलाले विद्यार्थी, प्रशासनबाट पनि प्रेरणा लिइन् । अघिल्लो र पछिल्लो पुस्ताका लेखकहरुबाट पनि प्रेरणा लिइन् । उनको जिज्ञासु स्वभावले फरक फरक प्रेरणा लिँदै आफ्नो साहित्यिक प्रतिभालाई तिखार्दै अगाडि बढिन् ।

मिस्त्रालले शिक्षण पेसालाई निरन्तर अध्ययनको पेसा ठानिन् । त्यत्तिकै प्रतिष्ठाको पेसा पनि बनाइन् । यस पेसालाई नै प्रमुख पेसा बनाएर साहित्य सिर्जनामा अग्रसर भइरहिन् । गाब्रिलाको पहिलो कृति सनेट्स अफ डेथ (१९१४) हो । यसलाई पाठकले रुचाइदिए ।

मिस्त्राल विद्यार्थी र सकहमीमाझ लोकप्रिय थिइन् । उनले शिक्षण पेसा गर्दा गर्दै अध्ययन पनि जारी राखिन् । सन् १९२१ मा मिस्त्राल सेन्टियागो हाइस्कुलको प्रधानाध्यापक बन्न सफल भइन् । त्यसपछि सन् १९२२ मा उनको डिजोलेसन नामक दोस्रो कविता सङ्ग्रह प्रकाशित भयो ।

गाब्रिला मिस्त्राल सक्रिय स्रष्टा थिइन् । उनले हरेक समयलाई सामना गर्ने क्रममा अवसरको खोजी पनि सँगसँगै गरिरहिन् । त्यसैले उनका जीवनमा धेरै उतावचढाव आउँदा पनि उनले कहिल्यै हिम्मत हारिनन् । उनी शिक्षा, चेतना र सिर्जनालाई आफ्ना अग्रगमी बाटा बनाएर अगाडि बढिरहिन् ।

सुरुमा पिताको पलायन र अफ्नो प्रेमीको आत्महत्याले उनी दुःखी थिइन् । उनलाई आफ्नो भाग्यमाथि गुनासो थियो तर शिक्षा र चेतनाले उनी उठ्तै गइन् । पहिलो प्रमीसँगको प्रेम बिचमै टुटेपछि दोस्रो प्रेम, विवाह आदिबारे उनलाई अनेक प्रस्ताव आए । उनी दृढ सङ्कल्पित थिइन् । एउटा प्रेम सफल नभएपछि उनी आजीवन अविवाहितै रहिन् । उनले शिक्षा र सिर्जनाका माध्यमबाट आफूलाई प्रख्यात बनाइरहिन् । उनको यौन उर्जा पनि सिर्जनामै खपत भयो ।

मिस्त्राल ज्यातै जिज्ञासु थिइन् । उनी एउटै कार्य र कार्य क्षेत्रमै मात्र रमाउन सक्तिन थिइन् । उनी विभिन्न नवीन कार्य गर्न रुचाउँथिन् । यसले एक पटक उनको जीवन अस्थिर जस्तो पनि भयो तर उनको आत्मबलले जे काममा हात हाले पनि उनी सफल बन्दै गइन् ।

गाब्रिला मिस्त्राल सन् १९२२ मा प्रधानाध्यापकको जिम्मेवारी छोडेर हिँडिन् । मेक्सिकोमा नयाँ काम गर्न थालिन् । त्यसपछि उनले संयुक्त राज्य अमेरिका र युरोपका विभिन्न स्थानमा कामको शिलशिलामा भ्रमण गरिन् । काम र भ्रमणबाट नयाँ नयाँ कुरा सिकिरहिन् । त्यस समयमा उनले युरोपका विभिन्न पत्रपत्रिकामा धेरैभन्दा धेरै आफ्ना लेख रचना प्रकाशित गरिन् ।

मिस्त्रालको अद्भूत लेखन क्षमता र कार्य अनुभवलाई सम्मान गर्दै चिली सरकारले उनलाई ब्राजिल, स्पेन, पोर्तुगाल र अमेरिकाका लागि विशेष दूत नियुक्ति ग¥यो । त्यस कारण पनि उनको अमेरिका बसाइ अत्यन्त उत्साहजनक रह्यो । उनले दक्षिणी अमेरिकाली जनजीवनलाई विषयवस्तु बनाएर सनेट्स् अफ डेथ नामक गीति कविता लेखिन् । यही कृति प्रकाशन भएका साल सन् १९४५ मा उनी नोबेल पुरस्कार विजेता लेखक बनिन् । दक्षिण अमेरिकाबाट नोबेल पुरस्कार पाउने उनी प्रथम नारी स्रष्टा बनिन् ।

गाब्रिला मिस्त्राल नोबेल पुरस्कार पाउने पाँचौँ नारी स्रष्टा हुन् । सन् १९१४ बाट कृतिगत रुपमा सार्वजनिक भएकी गाब्रिएलाका अन्य कृतिहरु पनि त्यत्तिकै चर्चित छन् । उनका टेन्डरनेस (१९२४), ताला (१९३८), द वाइन प्रेस (१९५४), सेलेक्टेड पोइम्स अफ गाब्रिएला मिस्त्राल (१९५७) आदि प्रमुख छन् ।

मिस्त्राल बहुविधामा कलम चलाएर पनि विशेषतः गीतिकविता लेखनमा प्रख्यात छिन् । यिनका कृतिहरु जर्मन, फ्र्रन्च, स्विडेन, इटालियन र अङ््ग्रेजी आदि भाषामा अनुवाद भइसकेका छन् । साहित्यका विविध विधामध्ये विशेषतः कविता विधामै कलम चलाएर मिस्त्राल विश्व विख्यात स्रष्टा बन्न सफल भइन् । यसका लागि उनले विषयवस्तु र विम्ब चयनमा निकै मिहिनेत गरेको पाइन्छ ।

गाब्रिएल बाल साहित्य र गद्य साहित्य लेखनमा पनि उत्तिकै सशक्त प्रतिभा हुन् । उनका बालसाहित्यिक कृतिहरुमा बालबालिका र मातृशक्तिको उजागर बढी पाइन्छ । यिनी आफ्ना अन्तर पीडाव्यथा र छट्पटीलाई कवितामा व्यक्त गर्ने स्रष्टा हुन् । उनले आफ्नो बुबाको पलायन, मातृवात्सल्य, असफल प्रेमका अनुभूतिलाई प्रारम्भिक कविताहरुमा पस्किएकी थिइन् । पछिल्ला रचनाहरुमा निम्न वर्गप्रतिको सहानुभूति उद्घाटन, दक्षिण अमेरिकी संस्कृतिको वर्णन, समसामयिक युगजीवनको अभिव्यक्ति, मानवतावादी भाव, फासीवाद विरोधी चिन्तन जस्ता विविध विषयवस्तुलाई प्रस्तुत गरेकी छन् ।

कविता आख्यान वा निबन्ध जुनसुकै विधामा सरल र सरस भाषाशैलीको प्रयोग गरी लेखिएका उनका रचनाहरु धेरै पठकले रुचाएका छन् । उनका कविताका विषय र विम्ब पूर्ववर्ती कविताभन्दा नवीन लाग्छन् । उनको सिर्जन सामथ्र्यले सिङ्गो चिलियन कविता लेखनमा आधुनिकताको , नवीनताको प्रारम्भ गरेको दावी पनि समीक्षकहरुले गरेका छन् ।

इलाम
हाल : काठमाडौँ

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 340
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

नोबेल पुरस्कार विजेता नारी स्रष्टा ग्राजिया डेलेडा

March 21, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.