SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ
जीवनी

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

गीता सापकोटाBy Sahitya SagarMay 14, 2023No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
गीता सापकोटा युवा पुस्ताकी स्रष्टा एवम् द्रष्टा प्रतिभा हुन् । उनको कलम निरन्तर सिर्जना र समीक्षाका क्षेत्रमा चलिरहेको छ । उनको रुचि पछिल्लो समय जीवनी सिर्जनामा केन्द्रित देखिन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको नोबेल पुरस्कार विजेता नारी साहित्यकार सेल्मा लागरलोफ’ शीर्षकको जीवनी समेटिएको छ । यस जीवनीले सारभूत रूपमा स्विडेनकी नारी हस्ताक्षर पहिलो नोबेल पुरस्कार विजेता सेल्मा लागरलोफको जीवनी प्रस्तुत गरेको छ । लागरलोफको जीवनी निकै संघर्षपूर्ण र त्यत्तिकै अभिप्रेरक रहेको छ ।

-सम्पा.

अभिभावकको साथ, सहयोग र अवस्थाले समाजले नपत्याएको बालबालिकाले पनि विलक्षण प्रतिभा प्रदर्शन गर्दछ । बालबालिकाको इच्छाशक्ति र अभिभावकको साथ भए संसारको कुनै शक्तिले मान्छेलाई कमजोर बनाउँदैन बालबालिकाको भविष्य स्वर्णिम बनाउँछ । मानिस जन्मँदै प्रतिभावान् हुँदैन त्यो क्रमशः विकास हुँदै जान्छ । आफूभित्रको प्रतिभाको उजागर गर्न मान्छे स्वयम् तत्पर हुनुपर्छ । कतिपय अवस्थामा तत्पर भएर मात्र पुग्दैन । अभिभावकको साथ सहयोग पनि आवश्यक हुन्छ । अभिभावकको साथ र तत्परताकी एक उदारहण हुन् नोवल पुरस्कार विजेता सासहतित्यकार सोल्मा लागरलोफ ।

लागरलोफ अभिभावककी सपनाकी प्रतिमूर्ति थिइन् उनका अभिभावकले उनको रुचि र क्षमताअनुसार मौका दिएका थिए । उनलाई असक्षमताका बिच सक्तो प्रेरित पनि गरेका थिए र उनी आफै पनि केही गर्नका लागि जागरुक थिइन् ।

लागरलोफका अभिभावकमा बालबालिकाको रुचि र भावनाको कदर गर्नुपर्छ भन्ने बोध थियो । रुचि र भावनाको कदर गर्न सके जो कोही बालबालिका आफ्नो प्रतिभा देखाउन सक्छन् भन्ने उनका अभिभावकले बुझेका थिए । उनी स्विडेनको मारबाक्का भन्ने ठाउँमा जन्मिएकी थिइन् । उनी आज विश्व समुदायमा र त्यसमा पनि साहित्यिक क्षेत्रमा सुपरिचित प्रतिभाका रूपा प्रसिद्ध छन् ।

लगरलोफको जन्म २० नोभेम्बर १८५८ मा भएको थियो । उनी पिता एरिक लागरलोफ र माता लोविसा वालरोथकी सन्तानका रूपमा जन्मेकी थिइन् । उनलाई तिन वर्षकै उमेरमा पक्षघात भएको थियो । पक्षघातले गर्दा उनी आजन्म लङ्गडी भइन् । उनलाई विद्यालयीय शिक्षा दिएर अक्षरारम्भ गर्न कठिन भयो । उनको समस्यालाई हेरेर घरमा नै अनौपचारिक रूपमा प्रारम्भिक शिक्षा दिइयो ।

लगरलोफको परिवार सम्पन्न थियो । उनका पिता सेनामा लेफ्टिनेन्ट थिए । यिनले आफ्नी छोरीको निकै ख्याल गरिराख्दथे । उनलाई घरमा बालमैत्री वातावरण दिइएको थियो । उनको शारीरिक अशक्ततालाई हेरी उनलाई हिँड्न चल्न मिल्ने वातावरण मिलाइएको थियो । पढ्नको लागि पुस्तकालयको व्यवस्था घरमा नै गरिएको थियो । उनी सानैदेखि कथा पढ्न र हजुरआमाका कथा सुन्न निकै मन पराउँथिइन् । सेल्माको पढाइप्रतिको लगावलाई सम्मान गर्दै उनका पिताले उनलाई रोयल उमन सुपेरियर ट्रेनिङ एकेडेमी स्टकहोममा पढ्ने वातावरण मिलाए ।

लगरलोफले सजिलै विद्यालय शिक्षा पूरा गरिन् । महाविद्यालयीय शिक्षामा पनि उनलाई सोचेको जस्तो कठिनाइ भएन । स्नातक तह उत्तीर्ण गरेपछि उनले अध्यापन पेसा रेजिन् । उदी दत्तचित्त भएर अध्यापन गर्न थालिन् । उनले लेन्डक्रोना भन्ने ठाउँमा १० वर्ष जति शिक्षिका भएर काम गर्ने मौका पाइन् । पछिल्लो दिनमा भने उनले शिक्षण पेसा पनि त्यागेर पूर्ण रूपमा लेखन कलामा समर्पित भइन् ।

सेल्माको रुचि र प्रतिभालाई सार्वजनिक रूपमा चिनाउने काम उनको पहिलो उपन्यास द स्टोरी अफ गोस्टा बार्लिङ्खले गर्‍यो । यो कृतिबाटै उनले चर्चा कमाउन थालिन् ।

सन् १८९० मा आइडन नामक पत्रिकाले एउटा कहानी प्रतियोगिता गरायो । त्यसमा सेल्माले पनि भाग लिएकी थिइन् । यिनको कहानीलाई त्यस प्रतियोगितामा प्रथम घोषित गरियो । त्यो प्रतिस्पर्धामा न त यिनले भाग लिने इच्छा गरेकी थिइन् न त पुरस्कारको आशा नै । यिनले केवल बहिनीका अनुरोधमा उक्त प्रतिस्पर्धामा भाग दिएकी थिइन् । त्यसमा प्रथम भएपछि यिनी निकै हर्षित भइन् र पत्रिकाका सम्पादकले पनि उपन्यास लेख्न सुझाव दिए । फलतः यिनको अध्ययनमा रुचि बढ्दै गयो । सन् १८९१ म प्रकाशित उक्त उपन्यासमा काव्यिक शैलीको प्रयोग गरिएकोले आख्यान लेखन परम्परामा नवीन परम्पराले राम्रै स्थान पायो । यस कृतिले स्विडेनमा निकै ठुलो हलचल ल्यायो । सन १९२४ मा यस कृतिबाट चलचित्र बनाइयो । (ग्रेटा गार्बो अभिनीत चलचित्र) यसै कृतिमार्फत तत्कालीन स्विडेनका राजा ओस्कार र स्विडिस एकेडेमीबाट सेल्मालाई लेखनवृत्ति प्रदान गरियो । त्यस वृत्तिले गर्दा उनलाई जीवन निर्वाहमा कुनै कठिनाइ परेन । उनले आफ्नो सम्पूर्ण समय लेखन कार्यमा समर्पण गर्ने अवसर पाइन् ।

सेल्माले सन् १८९९– १९०० मा इजिप्ट र प्यालेस्टाइनको भ्रमण गरिन् । त्यसपछि उनले जेरुसेलमसम्बन्धी दुई ओटा उपन्यास लेखिन् । ती कृतिले उनको नाम अझ उच्च बनायो । सन् १९०४ मा उनी आफ्नो जन्मथलो मारबाक्का फर्किइन् र उनका पिताको मृत्युपछि ऋण तिर्नका लागि बेचिएको आफ्नो जन्म घरलाई पुनः किनिन् त्यस घरमा उनी बस्न थालिन् ।

सेल्माका तिन दर्जन कृति प्रकाशित छन् । अतः उनका सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले उच्चता पाएका छन् । उनका द मिराकल अफ एन्टिक्रिस्ट (१८९७), जेरुसेलम (दुई खण्ड –१९०२), द वन्डरफुल एडभेन्चर अफ निल्स (१९०७), द एम्परर अफ पोर्तुगल (१९१०), द जेनेरल रिङ्ख (१९२५), एन्ना स्वेर्ड (१९२८), मेमरिज अफ माइ चाइल्डहुड (१९३०), द डायरी अफ सेल्मा लागरलोफ (१९३२), हार्भेस्ट (१९३२) आदि उनका महत्वपूर्ण कृतिहरू हुन् ।

लागरलोफका कृतिहरूमा मिथकीय प्रयोग पाइन्छ । साहित्य र जीवनलाई सापेक्षित सम्बन्धका रूपमा हेर्ने लागरलोफका स्वच्छन्दतावादी र काल्पनिक उच्चता भएका कृतिहरूले उत्तरी स्विडेनको भूबनौट र किसान जीवनको जीवन्त तस्वीर उतारेका छन् ।

सेल्माका कृतिहरू अत्यन्त उत्कृष्ट छन् । उनका कृतिहरू तीसभन्दा बढी भाषामा अनुवाद गरिएका छन् । उनका दशभन्दा बढी कृतिहरूमा चलचित्र निर्माण गरिएका छन् । उनका उपन्यासहरू अस्तित्ववादी चिन्तन र स्वच्छन्दतावादी भावधारामा लेखिएका छन् । जसले गर्दा उनका कृतिमा नारी हुनुको गौरवबोध र नारी अस्तित्वको खोज पनि प्रतिविम्बन भएको पाइन्छ । प्राकृतिक सुन्दरतामा उनको ध्यान बढी आकृष्ट देखिन्छ । हार्दिकता र कल्पनाशीलताको समिश्रणले उनका उपन्यास पाठकका मन जित्न सफल भएका छन् । साथसाथै आध्यात्मिक चिन्तन र धार्मिक आदर्शलाई पनि उनका उपन्यासले समेटेको पाइन्छ । पात्रको चरित्र चित्रणमा पनि उनी निकै सचेत लाग्छिन् । सरल भाषाशैलीका माध्यमबाट जीवन र विचारको उच्चतालाई उद्घाटन गर्न सक्नु उनको सिर्जनात्मक विशिष्टता हो ।

सेल्माले जीवनभर साहित्यका क्षेत्रमा कलम चलाइन् । उनको साहित्यिक योगदानको कदर गर्दै स्विडिस एकेडेमीले सन् १९०४ मा स्वर्ण पदक प्रदान गर्‍यो । सन् १९०७ मा उनलाई उप्लासा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि पनि प्रदान गरियो । जसले उनको मनोबल अझ मजबुत बन्दै गयो । उनले लेखन कार्यलाई अझ तीव्र गतिमा अघि बढाइन् ।

यसरी साहित्य लेखनप्रतिको समर्पणले गर्दा उनी आजीवन साहित्य सिर्जनामै लागिरहिन् । कुनै वैचारिक र दार्शनिक सिद्धान्तलाई साहित्यको साध्य बनाउँदै साधनामा केन्द्रित सेल्मा साहित्यको क्षेत्रमा नोबेल पुरस्कार पाउन सफल भइन् । उनी साहित्यिक जगत्की पहिलो नोबेल पुरस्कार विजेता नारी हुन् । उनले सन् १९०९ मा नोबेल पुरस्कार प्राप्त गरिन् ।

नोवेल पुरस्कारका इतिहासमा यो नयाँ कुरा थियो । नारी जगत्मा यो उत्साहको विषय थियो । यो पुरस्कार उनले मात्र प्राप्त नगरेर नारी जगन्ले प्राप्त गरेको थियो । त्यसपछि पनि उनले सन् १९११ मा लिलिक्रोनाको घर र सन् १९१८ मा बहिष्कृत नामक दुई ओटा कृति प्रकाशित गरिन् । ती कृतिहरू प्रकाशन हुनेवित्तिकै पाठकका हातहातै विक्री भए ।

लगरलोफ अध्ययनशील र त्यत्तिकै सिर्जनशील थिइन् । उनी बहुभाषिक सामथर्यका साथ कृतिहरू पढ्न सक्थिन् । उनी भाषाकी ज्ञाता थिइन् । यस्ती प्रतिभावान् व्यक्तिको निधन सन् १९४० मार्च १६ का दिन आफ्नै जन्मघरमा भयो । जुन घर उनले एक पटक बेचेर पुनः किनेकी थिइन् । आफ्नै जन्मघर किनेर थोरै छोरीहरूले मात्र त्यसमा जीवन बिताउन पाउलान्, त्यो उनले पाइन् ।

महालक्ष्मी न.पा, ललितपुर

  • Sahitya Sagar
    Sahitya Sagar
गीता सापकोटा
गीता सापकोटा
Post Views: 343
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

नोबेल पुरस्कार विजेता नारी स्रष्टा ग्राजिया डेलेडा

March 21, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.