SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » आमा ! जानुहोस्
कथा

आमा ! जानुहोस्

माया ठकुरीBy Sahitya SagarJanuary 1, 2023No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

माया ठकुरी नेपाली साहित्यका आख्यान र त्यसमा पनि कथा विधामा सुपरिचित प्रतिभा हुन् । उनले निरन्तर कथा सिर्जनामा आफैसँग प्रतिष्पर्धा गरिरहेकी छन् । साहित्यसागरमा उनको परिचय समेटिइसकेको हुँदा यहाँ उनको सारभूत परिचयसहित ‘आमा जानुहोस्’ शीर्षकको कथा समेटिएको छ । यस कथाले वृद्धवृद्धाका परिस्थितिप्रति युवा पुस्ताको धारणालाई देखाएको छ ।

-सम्पा.

छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीय छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । मनले नचाहँदा–नचाहँदै पनि म आमातिर हेरेर भन्दछु— “आमा जानुहोस्, कोठामा गएर सुत्नुहोस् ।” मेरो कुरो टुङ्किनासाथ मानवी कुरो थप्दै भन्छिन्— “हो त नि ! यहाँ यी भुराभुरीहरूसँग बसेर के गर्नु ? बरु कोठामा गएर आरामसँग सुत्नुहोस् ।”

हाम्रो कुरो सुनेपछि आमा केही नबोलीकन एकटक लाएर मतिर मात्रै हेरिरहरनुहुन्छ । त्यो क्षण आमाका ती विषादपूर्ण दृष्टिमा निहित असङ्ख्य गुनासाहरूले मलाई भित्रभित्रै मर्माहत तुल्याउँछन्, तर म मौन रहन्छु । आमा शिथिल गतिमा आफ्नो कोठातिर लाग्नुहुन्छ ।

मलाई थाहा छ, आमालाई पनि हामीहरूसँग बसेर कुरा सुन्न मन लाग्दछ, टिभी हेर्न मन लाग्दछ र उहाँ परिवारको न्यानो स्पर्शलाई अनुभूत गर्न चाहनुहुन्छ । तर वर्ष दिन पुगिसक्यो, आमाले चाहेको जस्तो यहाँ केही पनि भएको छैन ।

आमाको दयनीय अवस्था देख्दा मेरो मन वेदनाले फाटेर आउँछ तर म विवश छु । मैले चाहेर पनि मेरी जन्मदात्री आमालाई खुसी दिन सकेको छैनँ । कहिलेकाहीँ त आफैँलाई धिक्कार्न मन लाग्दछ ।

मलाई यो पनि थाहा छ कि म टुहुरोलाई हुर्काउन, बढाउन र शिक्षा दिलाउनमा मेरी आमाले मानसिक पीडामात्र होइन, शारीरिक श्रम पनि खेप्नुपरेको थियो । त्यति मात्र नभएर उहाँले मेरो घरगृहस्थी सम्हाल्न र मेरा नाबालक छोराछोरीहरू हुर्काउनमा समेत ठूलो सहयोग पुर्‍याउनुभएको थियो ।

काठमाडौँजस्तो महँगो ठाउँमा डेरामै बस्ने गरेको भए तापनि हामी दुवै पतिपत्नी जागिरे भएका हुनाले बागबजारको एउटा गल्लीभित्र चारओटा ससाना कोठा भएको डेरामा बसेर छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन सक्षम भएका थियौँ । तर अहिले वर्षदिन जति हुन लाग्यो, मानवीले जागिर छोडेर आमाको स्याहार गरेर घर बस्न थालेको । भन्न त मेरा मित्रहरू भन्ने गर्दछन्, “गोकुलजी ! तपाईं बडो भाग्यमानी हुनुहुँदो रहेछ, वृद्धा भइसकेकी अशक्त आमाको सेवा गरेर बस्नुभएको छ । के गर्नु ! हामीले चाहेर पनि आफ्ना मातापिताप्रति आफ्नो कर्तव्य निर्वाह गर्न सकिरहेका छैनौँ ।”

आफ्नो प्रशंसा सुन्दा कसलाई राम्रो नलाग्ला र ? तर, आमालाई आफूसँग राख्दा बेहोर्नुपरेको भोगाइको मर्मलाई मैले मात्र होइन, मेरो परिवारले समेत कसरी खेप्नुपरेको छ, त्यो मैले मात्र अनुभूत गर्न सकेको छु ।

कहिलेकाहीँ म आफूलाई आफ्नै विगतको चौतारीमा पुर्‍याएर हेर्ने गर्दछु, जहाँ मेरो बाल्यकालका समस्त क्रियाकलाप मेरी आमासँग गाँसिएका हुन्थे ।

भरभराउँदो बैँसको बेला अचानक वैधव्यको मार सहन बाध्य भएकी मेरी आमाले कसरी आफ्नो इच्छाआकाङ्क्षालाई वशमा पारेर जीवनभरि सङ्खर्ष गर्नुभयो होला ! ती कुराहरू सोच्दासोच्दै म भित्रभित्रै भुटभुटिन्छु, आहत हुन्छु ।

जुन आमाले दस नङ्ग्रा खियाएर अर्काको कुटोकोदालो गरेर मलाई हुर्काउनुभयो, जुन आमाले आफ्नै जेठाजुदेवरहरूबाट अनेकौँ लाञ्छना, अपहेलना सहेर आफ्नो लक्ष्यप्राप्तिको निम्ति अडिग भई मलाई शिक्षाको बाटोतिर अग्रसर हुने वातावरण सिर्जना गर्नुभयो, आज उनै संघर्षशील मेरी आमा अर्धपक्षघातको सिकार भएर मबाट समेत टाढिनुपरेकोमा लज्जाबोधले म भित्रभित्रै गलिसकेको छु । तर पनि मेरी आमा मेरो परिवारमा अटाउन सक्नुभएको छैन । यो कुरालाई म सहर्ष स्विकार्न बाध्य भएको छु । करिब चौध महिनाअघिको कुरो हो । बिहान ओछ्यानबाट उठ्नेबित्तिकै आमा ढल्नुभएको थियो । उहाँ ढलेको आवाज सुनेर मानवी दगुर्दै आमा सुत्ने कोठामा पुगेकी थिइन् । मानवीसँगसँगै म पनि हत्तपत्त आमाको कोठामा पुगेको थिएँ । “आमालाई के भएको होला, उठ्नै सक्नुहुन्न” मानवीले आमाको पाखुरा समातेर उठाउने उपक्रम गर्दै भनेकी थिइन् । “के भो आमा ? के भो आमा ?” भन्दै म पनि अत्तालिँदै आमालाई उठाउन पुगेको थिएँ । तर मेरो प्रयास पनि निरर्थक भएको थियो । त्यसपछि आमालाई तुरुन्तै अस्पताल लगेर जँचाइयो । अस्पतालका डाक्टरहरूले आमालाई जाँचेपछि उहाँ पक्षघातको सिकार भएको ठहर गरे ।

दुई महिनासम्म आमा अस्पतालमा बसेर घर फर्कंदा उहाँको दाहिने हात र खुट्टामा त्यति भर नहुने भएको भए तापनि उहाँ बिस्तारै पाइला चालेर हिँडडुल गर्न सक्नेसम्म हुनुभएको थियो ।

आमा स्वस्थ भएर घर आउनुभएकोमा म असाध्यै खुसी भएको थिएँ । तर मेरो परिवारमा भने आमाको शारीरिक समस्याले गर्दा अनेकौँ प्रकारका समस्या सिर्जना हुन थालेका थिए ।

दाहिने हात प्रयोग गरेर आमा खानै सक्नुहुन्नथ्यो । कि मानवीले कि त मैले आमालाई खाना खुवाउनुपर्दथ्यो । तर खास गम्भीर समस्याचाहिँँ के थियो भने आमासँग सम्बन्धित कतिपय क्रियाकलापहरू आमाका नियन्त्रणमा थिएनन् । उहाँ कहिले ओछ्यानमा त कहिले कोठामा जहाँतहीँ मलमूत्र त्याग गर्न लाग्नुभएको थियो । आमाले जताततै मलमूत्र चुहाउँदै हिँड्ने गरेकाले सारा घर डुङ्डुङ्ती गन्हाउन थालेको थियो ।

आमाले फोहोर पारेका लत्ताकपडा धुनका लागि मान्छे राख्न खोज्यौँ तर “त्यस्तो फोहोरी काम गर्नुभन्दा त बरु भोकै बस्छौँ” भन्ने जवाफ पाइयो ।

मानवी र म भएर आमाका फोहोर लत्ताकपडा सफा गथ्र्यौं । घर सफा गथ्र्यौं । तर, पनि घर उस्ताको उस्तै फोहोरी र गन्हाउने हुन्थ्यो । आमालाई नुहाइदिने र कपडा धुने क्रममा कैयौँपटक हामीले बान्तासमेत गरेका थियौँ तर पछिपछि बानी परेर होला, जति नै घिन लागे पनि बान्ताचाहिँ हुन छाड्यो । मेरा छोराछोरीको हाल पनि बेहाल भएको थियो । उनीहरूले त राम्ररी खान पनि छोडिसकेका थिए ।

“यस्तै हो भने त यिनीहरूको पढाइलेखाइ पनि खत्तम हुने भयो । मेरो त बिदा पनि सिद्धियो । अब उही बेतलबी बिदामा बस्नुपर्छ । पैसाले कसरी पुर्‍याउने हो ? घर कसरी धान्ने ?” मानवी बिरक्तिएर भन्ने गर्दथिन् । सत्य भन्ने हो भने म मेरी आमाको अवस्थाले गर्दा हरबखत मानसिक तनाव झेलिरहेको थिएँ । तर विवश थिएँ, म केही गर्न सक्दिनथेँ ।

कहिलेकाहीँ त मैले आमालाई बेस्सरी झपार्ने पनि गर्न थालेको थिएँ । तर बिचरी मेरी आमा ! मैले उहाँलाई हकार्दा उहाँ सानी बच्चीझैँ निधार खुम्च्याएर आँखाबाट आँसु छचल्काउँदै विवश दृष्टिले मतिर हेर्नुहुन्थ्यो । त्यो निर्दोष घात सहन नसकेर मेरो आँखाबाट स्वतः आँसुका धारा बग्दथे ।

पछिपछि भने हामीले आमालाई उहाँको कोठाबाट निस्केर अन्य कोठातिर आउनजानलाई प्रायः निषेध गरिदिएको झैँ भएको थियो । उहाँलाई दिइएको कोठाबाहेक अन्य कोठामा उहाँले पाइला राख्नासाथ हामी भन्ने गर्दथ्यौँ— “आमा ! जानुहोस्, आफ्नो कोठामा गएर सुत्नुहोस् ।”

हाम्रो आदेश सुनेपछि आमा केही बोल्नुहुन्नथ्यो । तर, उहाँको आहत दृष्टिले मलाई धेरै कुरा भनिरहेको हुन्थ्यो ।

आफूले गरेको दुष्कर्मका लागि पश्चात्ताप गर्दै ऊ फेरि त्यस ठाउँमा आएर आफ्नी आमाको खोजी गर्‍यो होला त ?

हाल प्रायः दुई महिनाजति भएको छ, आमाले एउटा नौलो चाला देखाउन लाग्नुभएको छ । त्यो के भने, हिजोआज आमा हाम्रो आँखा छलेर सुटुक्क घरदेखि बाहिरिनुहुन्छ । कैयौँपटक आमालाई कोठामा नपाएर हामीहरू अत्तालिँदै टोलछिमेक र बाटाघाटा चहार्दै हिँड्छौँ । अनि कहिले उहाँलाई कुनै रूखको छहारीमा बसेको भेट्छौँ त कहिले दायाँ खुट्टो लतार्दै बाटामा हिँडिरहेको भेट्छौँ ।

“आमा ! तपाईं किन यसरी हामीलाई दुःख दिनुहुन्छ ? तपाईंको स्याहार–सुसार गर्नुपरेको हुनाले मैले जागिरसमेत छोड्नुपर्ने भएको छ । काठमाडौँजस्तो ठाउँमा एउटाको कमाइले घर धान्नु र तपाईंलाई औषधिउपचार गर्नु कस्तो गाहारो हुन्छ, त्यो तपाईंले बुझ्न सक्नुहुन्न । भएन, यसरी जति बेला मन लाग्यो त्यति बेला आफूखुसी उठेर हिँडिदिने ! अब त साह्रै दिक्क लागिसक्यो ।” प्रायजसो आमाको अघि आफ्नो मनमा उठेको गुनासो यसरी नै पोख्ने गर्दछिन् मानवी ।

आमाको सारा क्रियाकलाप हेर्दा उहाँ बिस्तारै आफ्नो सुर हराउँदै हुनुहुन्थ्यो, नत्र मेरी आमा आफ्ना कारणले अरूले दुःख पाएको हेर्नै नसक्ने मान्छे हो, त्यो मलाई थाहा छ ।

“हेर्नुहोस्, अब मैले जागिर नगर्ने हो भने घर चलाउन र बच्चाहरू पढाउन सकिँदैन । अति भयो । अब कुनै न कुनै उपाय त गर्नै पर्छ ।” मानवीले प्रायजसो मसँग भन्न थालेकी छिन् । म के गरूँ ? जतिजति आमाको अनौठो र अप्रिय क्रियाकलाप बढ्दै छ, त्यतित्यति मानवी र मेरो माझमा वैमनस्य बढ्दै छ ।

भएन, हिजोआज त आमा लाएको लुगासमेत फुकालेर नाङ्कै बस्ने र मौका पाउनासाथ फुत्त कोठाबाट बाहिरिएर सडकमा पुग्ने गर्न लाग्नुभएको छ ।

कहिलेकाहीँ त आमालाई खोज्नको निम्ति सारा दिन भौँतारिँदा पनि कुनै सीप नलागी प्रहरीचौकीमा गएर खबर गर्नुपर्ने अवस्थासम्म आएको छ । एकातिर मेरी जन्मदात्री आमाको यस्तो दयनीय अवस्था, अर्कोतिर पत्नी र छोराछोरीको गनगन अनि दिनदिनको बढ्दो महँगीको कारणले घरको खस्किँदो आर्थिक अवस्था, यी यावत् कुराले गर्दा म आफू नै विक्षिप्तजस्तै भइसकेको छु ।

“हरे ! वृद्धावस्थामा असाध्यै रोगले ग्रसित भएर सुर हराएपछि मानिसको अवस्था कति दीनहीन र कति टिठलाग्दो हुँदो रहेछ । यसरी अर्काको दयाको पात्र भएर जिउनुभन्दा त बरु मृत्यु नै सुखदायी होला ।”

आमाको दयनीय अवस्था देख्दा म बारम्बार मनमनै यसरी नै सोच्ने गर्दथेँ । अब मेरो मनले पनि साँच्चै नै हरेस खाएको जस्तो भएको छ । अस्ति त हामीले आमालाई कुनै वृद्धाश्रममा राखिदिनुपर्छ कि भनेर घरसल्लाह पनि गरेका थियौँ । तर हामी छोराबुहारी हुँदाहुँदै पनि आमालाई वृद्धाश्रममा राखिदिँदा समाजले के भन्ला ? जोरीपारी कति हाँस्लान् ? भन्ने लाग्यो ।

अर्को कुरो, मेरी आमाको अवस्था देखेर कुनचाहिँ वृद्धाश्रमले उहाँलाई आश्रय देला र ?

कहिलेकाहीँ त म निकै पहिले कसैले मलाई सुनाएको एउटा हृदयविदारक घटना सम्झेर निकै बेरसम्म घोरिने गर्न पनि थालेको छु । त्यो घटना यसप्रकारको थियो—

एक दिन करिब सय वर्षकी जस्ती देखिने एउटी कुप्री वृद्धा पशुपति मन्दिरको नजिकै बसेर रोइरहेकी थिइन् अरे । ती वृद्धालाई देख्दा उनी निकै सम्पन्न घरकी जस्ती देखिन्थिन् अरे । उनलाई त्यसरी रोएको देखेर वरपर भएका मानिसहरूले कौतूहलतावश उनीसँग सोधपुछ गरेछन् । तर उनले आफ्नो भाषामा के उत्तर दिइछन् कुन्नि, त्यो कसैले पनि बुझेनछन् । जे होस्, रात पर्न लागेपछि उनलाई वृद्धाश्रममा पुर्‍याइएछ ।

धेरै महिनासम्म वृद्धाश्रममा बसेपछि उनीबाट के कुरो थाहा पाइयो रे भने उनलाई आफ्नै छोराबुहारीले एकछिन यहीँ बस्दै गर्नू है, हामी आउँछौँ भनेर झुक्याएर छोडेका रहेछन् ।

त्यो घटना सुनेपछि मैले उनका निर्दयी छोरालाई धिक्कार्नुसम्म धिक्कारेको थिएँ । तर, आज जब म आफ्नो अवस्थाबारे सोच्दछु, तब मेरो हृदयमा कताकति त्यो छोराप्रति पनि दया जागेर आउँछ ।

आफ्नी जन्मदात्री अशक्त वृद्धा आमालाई त्यसरी बिरानो देशमा अलपत्र पारेर एक्लै छोडेर जानुपर्दा उसको आत्मामा कति चिरा पर्‍यो होला ? कति धिक्कार्‍यो होला उसले आफूलाई ? कति कल्पन्थ्यो होला ऊ आफ्नो कुकृत्य सम्झेर ? आफूले गरेको दुष्कर्मका लागि पश्चात्ताप गर्दै ऊ फेरि त्यस ठाउँमा आएर आफ्नी आमाको खोजी गर्‍यो होला त ? यस्तै यस्तै प्रश्नहरूले मेरो मथिङ्कललाई झक्झक्याइरहन्छन् ।

के म आफ्नी आमालाई त्यसरी नै बिरानो देशमा निराश्रय छोडेर आएपछि शान्तिको जीवन बिताउन सकुँला ? एउटी अबोध सानी बालिकाजस्तै भइसकेकी मेरी आमालाई म के गरेर पहिलेको जस्तै स्वस्थ अवस्थामा ल्याऊँ ? के गरेर उनलाई सद्दे पारूँ ? हरे … ! म के गरूँ … ? मेरो हृदयमा यस्तै प्रकारका अनेक थरी कुराहरू खेल्दछन् । “होइन, म कति दिनसम्म यसरी आफ्नी आमाको र मेरा परिवारको दुर्गति सहेर बस्न सकुँला र ? अस्ति घरबेटीले समेत त्यस्तो फोहोरी मान्छेलाई हामी राख्दैनौँ, अन्तै डेरा खोजेर सर्नू” भनिसकेको छ ।

आमाको अकल्पनीय दुरवस्थाले गर्दा मेरो जीवनपद्धतिमा समेत कत्रो नकारात्मक असर परिसकेको छ । तर मेरी आमा भने आफ्नै संसारमा मग्न भएर एक्लै आफैँसँग बात मार्नुहुन्छ, हाँस्नुहुन्छ र आफूलाई मन नलागेको क्रियाकलाप गरेर रमाउनुहुन्छ । अघि भरखरै पनि मेरी आमा मेरो कोठामा पस्नुभएको थियो । “आमा ! जानुहोस्, आफ्नो कोठामा गएर बस्नुहोस् ।” मैले भनेको थिएँ ।

आमा सदाझैँ केही पनि उत्तर नदिएर केही बेरसम्म मतिर हेरिरहनुभएको थियो । “आमा जानुस् न भन्या, … कोठा गन्हाइसक्यो !” मैले केही आजित भएर ठूलो स्वरमा भनेको थिएँ ।

मेरो कुरो सुनेपछि अनुहारमा अझ बढी मुजा पार्दै मेरी आमा मुसुक्क हाँस्नुभएको थियो ।

ललितपुर

  • Sahitya Sagar
    Sahitya Sagar
माया ठकुरी
माया ठकुरी
Post Views: 470
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.