SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » पश्चाताप
कथा

पश्चाताप

पुण्य खरेलBy Sahitya SagarOctober 21, 2023No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
पुण्यप्रसाद खरेल मोफसलमा बसेर केन्द्रलाई हाँक दिने स्रष्टा हुन् । उनले बहुविध विधामा कलम चलाए पनि आख्यानलाई र त्यसमा पनि उपन्यास विधालाई प्रेमपूर्ण आत्मसात गरिरहेका छन् । उनका दोसाँधको घाम (२०६३), त्रिवेणी आमा (२०६७), झापाली गर्जन २०७३) र जेठी (२०८०) उपन्यास प्रकाशित भइसकेका छन् । उपन्यास कृतिका साथै उनका दुई वटा कविता सङ्ग्रह, तीन वटा कथासङ्ग्रह र सात वटा निबन्धसङ्ग्रह प्रकाशित भइसकेका छन् । साहित्यसागरको प्रस्तुत शृंखलामा उनको ‘पश्चाताप’ शीर्षकको कथा समेटिएको छ । यो कथा उनले २०४६ सालको परिवेशमा केन्द्रित भएर रचना गरेका छन् ।

-सम्पा.

टाट्ना जस्ता फलामका ठाडा तेर्सा छडहरूको भित्रपट्टि दुई ठाडा फलामका छडहरूलाई समातेर एउटी अधवैंशे आइमाई उभिएकी छिन् । चैतको दिन हो । खडेरीले जर्जर पारेको पृथ्वी । सम्पूर्ण सृष्टि वर्षात्को आसाले अधैर्य छ, तर आज प्रकृति सृष्टिको यो अपेक्षा पूरा गर्न आतुर छ । आकासमा काला बादलका मुस्लाहरू मानौं महाभारत मच्चाइ रहेछन्, विश्वयुद्ध लडिरहेछन् । आकासमा पश्चिमतर्फबाट पूर्वतिर बढ्दै गरेको त्यो बादलको घमासान लडाइँको आवाजले पृथ्वी थर्कमान पार्दैछ ।

भागी छड समातेर उभिएको उभियै छिन् । आकासको त्यो बादली लडाइँको धाकले उनका वाडका सबैलाई भित्र धकेल्यो । चैते हावाको झोंक्का भागीका शरीरभरि ठोकियो । चिम्टीमा नचेपिएको कपाल हावाले फुरुरुरु पार्‍यो । मासु सिद्धिएर सिन्को जस्तो भएको शरीर हावाले हिर्किएका पिलपिले लुगाले विज्ञापित भइरहेछ । उनी एकोहोरिएर अगाडिको पर्खाल र क्षितिजको सङ्गममा आँखा अड्याइ रहिछिन् । उनका सबै सङ्गतीहरूबाट उनी अलग्गिएकी छिन् र यस्तो भान भैरहेछ कि उनी प्रतिज्ञारत छिन्, उनी यो आँधी थाप्लोमा थाप्नेवाली छिन् । असिना पर्छ प्रष्ट छ । असिना परोस्, चट्याङ परोस् आफ्ना थाप्लामा आज भागी भाग्नेवाला होइन सामना गर्न कटिबद्ध छिन् ।

उनी आफ्ना आँखामा अतीत र वर्तमानको मादक युद्ध बोकेर उभिएकी छिन् । जेलभित्र अस्तित्व पालिरहेकी उनलाई आज जेलभित्रै पनि अस्तित्वको सङ्कट आयो । जसोतसो भावना पालिरहेकी थिइन् । जुन दिन प्लाष्टर गरेको हात काँधमा झुण्ड्याएर टाउकाभरि पट्टीको सेतो फेटा बाँधेर उनको छोरो ज्वाला पनि धेरैधेरै मान्छेसँग यसै जेलभित्र प्रवेश गर्‍यो, त्यस दिनदेखि के भनौं, त्यस क्षणदेखि उनलाई झर्को लागिरहेछ । झलक्क देखेकी उनले ज्वालाको नाक–मुख उसको बाबुको जस्तै भएछ । जुँगाको रेखी पनि कसरी बाबुकै दुरुस्त !

“अहो ! बाबु यही समाजको मुक्तिको लागि भनेर भोकतिर्खा सबै बिर्सन्थ्यो । ज्वाला आज त्यही बाबुले बोकेको झण्डा उचालेर जेलभित्र प्रवेश गर्‍यो” त्यस झण्डासँग भागी कति ईष्र्या गर्थिन् त्यसबेला ! कति डाहा गर्थिन् ! त्यही डाहाले एक दिन उनले खुकुरी समाएकी थिइन् र सिउँदोको सिन्दुरमा प्रहार गरेकी थिइन् । सिन्दुरको रगतले उनका हात लत्पतिएका थिए । हो आजकल उनले जति साबुनले धोए पनि आफ्ना हातमा त्यो रगतको रङ लुगामा लागेका कदमको चोप झैं झन्झन् प्रष्ट हुँदै देखा पर्दैछ । हातको त्यो रक्तिम रङ, छोरोको त्यो विरूप तर प्रसन्न अनुहारले झन् गाढा पार्‍यो । त्यसैले आज उनी आँधीको पानीमा चोबल्न खोज्छिन् । तेर्सा र व्यङ्ग्यात्मक आँखा त्यता सोझ्याउँदै दिनैपिच्छे धेरै पल्ट ज्वाला बाहिरभित्र गर्छ । ज्वाला सायद चिन्छ भागी आमा हुन् । भागी त प्रष्ट चिन्छिन् ज्वाला छोरै हो । आमा र छोराको बिचमा जुन पर्खाल छ त्यो जेलको भन्दा अग्लो छ । तर आज आमाका आँखा त्यो पर्खाल चढेर क्षितिज चिहाउन पुगेका छन् । ज्वालाका आँखा पर्खालसँग दुर्घटित भैरहेका छन् ।

भागी, जिन्दगीबाट भाग्ने होइन जिन्दगीसँग जिउन खोज्ने एउटी उत्साहित आइमाई हुन् । तर ऊ बौलाही झैं जिन्दगीबाट भाग्न विवश झैं छिन् । जिन्दगीको ओराली–उकालीको उनको आफ्नै व्यथा छ कथा छ– अठार वर्षको रहरले भरिभराउ उमेरमा भागीरथीको अग्निका साथ बिवाह भएको हो । भागीले सोचेको बिवाहको परिभाषा र अग्निको परिभाषामा भिन्नता रहेछ ।

भागीले सोचेकी थिइन्.– विवाह भनेको राम्राराम्रा लुगा, मूल्यवान गहना, मिठोमिठो खाना हो, ठुलाघरेका दुलाहा–दुलहीले झैं सँगैसँगै हाटबजार, सिनेमा इत्यादि हो । तर ठुलाघरेको दुलाहा र सानोघरे अग्नि पृथ्वीका दुई ध्रुव रहेछन् । दुई विपरित धातुले बनेका जीव रहेछन् । बिवाह सकेको भोलिपल्ट या पर्सिपल्टदेखि नै अग्नि आफ्नो साविकको कार्यपट्टि उतिकै सरिक देखिन थाले । भागीलाई उनी असाध्यै माया गर्थे । समाज र जनतालाई उनले झन् असाध्यै माया गर्नपर्ने कुरा सिकेका थिए । भागीलाई खुसी पार्न उनी प्रयत्नशील रहन्थे, तैपनि सामाजिक जिम्मेदारीका कारणले भागीले खोजे जस्तो सेवा पुर्‍याउन उनी सक्तैनथे ।

छोटो उठ–बसले नै भागी र अग्नि जिन्दगीप्रति अलगअलग दृष्टिकोण र अलगअलग परिभाषा बोकेका व्यक्तिमा छुट्टिन थाले । उनीहरू बिच अलिअलि गर्दै अन्तरविरोध पलाउन थाल्यो । भागी गाउँ, घरमा पराइहरूका साथ लोग्नेको खुराफाती गर्न थालिन्, पराइका कुरा कानमा लिन थालिन् । काँडैकाँडाको दुनियाँमा फुकीफुकी पाइला चाल्न बाध्य अग्नि पनि भागीप्रति त्यति हेरचाह पुर्‍याउन सकिरहेका थिएनन्, त्यसमाथि झन् हेलचेक्राइँ सुरु भयो ।

“तपाईं त कम्नीस् पो हुनुहुँदो र छ त !” एक दिन भागीले विछ्यौनामा मुख फोरिन् ।

“किन भागी ? कम्नीस् हुनु भनेको नराम्रो होइन होला त ! फेरि कसले भन्यो तिमीलाई ?” अग्निले सोधे ।

“तपाईं कम्नीस चाहिं हो कि होइन ? पहिला भन्नू नि !” भागीले दोहोर्‍याइन् ।

“तिमीलाई कसले के कुरा लगायो हँ भागी ? यी चाहिंदा नचाहिंदा कुरा बेकार गर्दैछ्यौ तिमी !” अग्निले जिब्रो चपाए । जिब्रो यसकारण चपाए कि कम्नीस भन्ने शब्द भागीलाई पच्तैनथ्यो ।

“जसले जेसुकै कुरा लगाओस् ! तर मेरो प्रश्नको जवाफ त दिनुस् ! तपाईं कम्नीस हो कि होइन ?” भागीले अड्डी लिइन् ।

“म ? म कम्नीस त हुइनँ भागी ! तर कम्नीस भनेको सारै असल मानव हो भन्ने ठान्छु । कम्नीसले नराम्रो र खराब कुराको विरुद्ध जे भोग्न पनि तैयार र लड्न पनि आफूलाई तयार पारेको हुन्छ” अग्निले भने । भन्दा भन्दै भागीको अनुहारको रङ फुङ्ङ उडेको पनि देखे ।

बिग्रेको अनुहार सङ्ल्याउँदै भागीले प्रश्न गरिन्– “कम्नीसले मन परेन भने स्वास्नी पनि मार्छन् भन्छन् नि ! हो त्यसो भए ?”

यो डरलाग्दो परिस्थितिको अपेक्षा अग्निले गरेकै थिएनन् । अकारण उनकी श्रीमतीले छेस्क्याइँ झिकिन् तर वातावरण सजिलो पार्न उनले भने– “धत् ! लाटी, कस्तो कुरा गरेकी ? प्रिय जीवनसाथी माथि त्यस्तो निकृष्ट व्यवहार कदापि हुँदै नहुने कुरा !”

तर भागी अग्निको भन्दा गाउँका उल्क्याउने र उचाल्नेका फेरोमा परेकी थिइन् । अग्नि त उनको सवाल जवाफको ठाउँ मात्र । न उनलाई अग्निका कुरा भरपर्दा लाग्थे न विश्वास । गाउँलेले अनेकन भए–नभएका नराम्रा नराम्रा कुरा मात्र लगाएर उनलाई विषकन्यामा परिणत गरिरहेथे । एकातिर भागी आफ्ना अतृप्त रहरमा आक्रोसित हुन्थिन् भने ‘कम्नीस’ भन्ने शब्दप्रतिको उनको दुराग्रह र अग्निको सुआग्रहले उनलाई झन् भुत्भुते आफ्ना छातिभित्र पसेजस्तै भएको थियो । क्षण–प्रतिक्षण, दिन–प्रतिदिन, हप्ता–प्रतिहप्ता हुँदै अग्नि र भागी उत्तर र दक्षिणतिर विपरिततिर बढिरहेथे ।

“अग्नि सरकारको आँखामा परेको छ । उसलाई जहाँसुकै भेटे पनि ल्याउनेलाई स्यावासी दिन्छ अरे सरकारले …”

“अग्निको टाउको ल्याउनेलाई पचास हजार÷लाख रुपियाँ दिन्छ अरे सरकार !” यस्ता बेतुकी हल्लाहरू पँधेरामा, चौतारीमा हुन थालेका थिए ।

एक दिन साँझ भागीका सासू–ससुरा सुतिसकेका थिए । नन्द र देवर पनि आआफ्ना कोठामा निदाएका थिए । उनलाई निद्रा त के आउँथ्यो बरु बेचैनी भइरहेथ्यो । यस्तै उनले सोचिन्– “आफ्नो लोग्नेको यस्तो पारा छ । घरमा कहिल्यै बास छैन । कहाँ कुदेको छ, कहाँ दौडेको छ । हप्ता दस दिनमा पिलिक्क झुल्केर फेरि गायब ! गाउँमा त्यस्ता कुराहरू हुन्छन्” सम्झेर भागीलाई अरुभन्दा लोग्नेप्रति घोर रिस उठिरहेको थियो । कम्नीस भन्ने जानेपछि र त्यो ठुला घरकी दुलहीले भनेको “कम्नीसले स्वास्नी छ्याप्पै छिनाउँछन् त !” सुनेदेखि त उनलाई अग्नि आँखाको खुर्सानी भएका थिए । हिजोराती सुति राखेका बेलामा अनायासै आफ्नो हातले पेटमा कुनै वस्तु चल्मलाएको थाहा पाएपश्चात् त झन् उनलाई उखर्माउलो भैरहेको थियो । कहाँ भेटुँ र चिथोरुँ ? टोकुँ जस्तो आक्रोस उब्जिरहेको थियो मनमा । यस्तै उनी यता कोल्टे फर्कनु र उता कोल्टे फर्कनु गरिहेका बेलामा ढोका ढक्–ढक् गर्‍यो । उनी झसङ्ङ भइन् । निद्रामै ओर्किनु–फर्किनु गरे झैं गरिन् ।

“भागी !” अग्निको स्वर थियो ।

भएभरको रिस आएर भागीका टाउकामा थुप्रियो । ढोका नखोल्ने विचार गरिन् । तर जब फेरि “भागी !” भनेर अग्निले बोलाए उनले उठेर ढोका नखोली सकिनन् ।

खानपिनको कुरा भागीले सोधिनन् । अब फेरि पकाउनु ओर्नु नपरोस् । उनी अग्निका लागि जाँगर गर्न नसक्ने भैसकेकी थिइन् ।

धेरैवेर विछ्यौनामा रहेपश्चात् लामो सुनसानपछि अग्निले सोधे– “किन भागी ! तिमी बिमारी छ्यौ ?”

“विमार–सिमारको के वास्ता र कम्निसलाई ?” मानौं चट्याङ हानिन् भागीले । अग्नि एक–न–दुई भए । उनलाई लाग्यो उठौं, जाउँ कतै । तर निश्चल सुतिरहे । कुनै उत्तर गरेनन् । केही वेरको सन्नाटापछि भागी आफैंले सुनसान तोडिन्– “तपाईं हुट्टिट्याउँलाई संसार थाम्दै मस्ति छ । यहाँ पेटमा हेर्नू ! के सल्बलाउँछ !”

अग्निले भने– “हुन देऊ ! तिम्रो र मेरो बिवाहको प्रमाण जन्मला । फल्ला फुल्ला ! आश्चर्यको कुरा होइन ।”

“हुँ ऽ ‘आश्चर्यको कुरा होइन !’ यसलाई खान लाउन दिनसक्नु पर्छ । थाहा छ ? यो जन्मेपछि पछि कस्तो मुश्किल पर्छ ?”

“केही पर्दैन भागी मुश्किल ! पिर नमान । उसले पेट मात्र लिएर जन्म लिंदैन । उसका साथमा हात र खुट्टा पनि हुनेछन् !”

“हुँ ऽ हुँ ऽ हात र खुट्टा पनि हुनेछन् ?” भागीको रिसको सीमा रहेन । उनले ओठ टोकिन् । सोचिन् कस्तो लबस्तरो ! कुनै कुराले नघोच्ने, हृदयहीन ! पिरिंदै, दुःखित हुँदै सुनिरहिन् ।

दिनभरिको हैरानीले होला सायद अग्नि गहिरो निद्रामा निदाए । भागीको रिसको पारो झन्झन् बढ्दै गयो । उनको मनको व्यथामा उल्क्याउने र उराल्नेका कुराको मलजल पर्दै गयो । अग्निका जोरीपारीले उनका कानमा भरेका कुराले जीवन्तता पाउँदै गए र कम्नीसका विरोधको सामाजिक चक्रव्यूहले मूर्तरूप लिन खोज्दै गयो । भागीले सोचिन्– “कम्नीष्टे ! तिमीहरूले स्वास्नी मार्दा हुन्छ । स्वास्नीले तिमीहरूलाई मार्न हुन्छ कि हुन्न ?”

उनको सोचाइ र आवेशले सगरमाथामा झण्डा गाड्यो । भूत, भविष्य, घर, माइती, मावली सबैकुरा आवेशको अजङ्गको रुखले छेल्यो । चेतनाको घाम रिसको औंसीको रातमा हराए । उनी उठिन्, बिस्तारै बत्ती बालिन्, ऐना हेरिन्, सिउँदो पुछिन्, सिन्दुरको टीको पुछिन् । उनकै लोग्नेको घाँटी ताकिन् …. तर उनका नारी थर्रर्र कामे । खुकुरी थन्क्याएर सुतिन् । उनलाई निद्रा लागेन । कम्नीष्टप्रतिको घृणा बढेर घाँटीसम्म आएको थियो । उनी अग्निलाई रातोबाट हरियो र हरियोबाट कालो देख्न थालेकी थिइन् । धर्तीका पुरुषमध्ये योभन्दा घिनलाग्दो र निठुर कोही हुन्न भन्ने उनलाई विश्वास भैसकेको थियो । आफूप्रतिको हेलचेक्राइँ र आजका सवाल जवाफले उनलाई हुनसम्मको विद्रोह पलाउने घिन उब्जायो ।

“यस्तो टेक्नु न समाउनुको लोग्नेको के महत्व ? यसले मेरो ठुलाघरकी दुलहीसँगको कुरा थाहा पायो भने मलाई मार्छ रे ? बरु मै यसलाई टण्टा खलास् गरिदिन्छु ।” उठेर फेरि खुकुरी तानिन् । उनका मनमा त्यस ठुलाघरे दुलहीले भनेका कुरा मनमा दोहोरिएर आए– “यी कम्नीसहरू भनेका पशु जस्तै हुन् । कति वटीसँग दिनदिन यी लहसिन्छन् । चेलीबेटी होस् वा जेहोस् ! वस्तुभाउ जस्तै आज कोसँग, भोलि कोसँग !” … … “बरु लोग्नेको यो पारा खप्नुभन्दा त जेलमा बस्यो खायो ! खान लाउन त सरकारले दिन्छ अरे ! यस्कै दासी भएर यसैलाई नाच्न पठाउनु भन्दा त !” खुकुरी हेरिन् । हातले बिंड समाइन् । धार पनि विचारिन् । सुतिराखेको अग्निको घाँटी छिनाल्न सजिलो परिराखेको थियो । यस्सो त्यतातिर फर्केकी थिइन् … खुकुरीले प्रहार गरिसकेको थियो । सिर्रर्र खुनका सिर्का उनका ओठमा परे । अग्निको शरीर छट्पटायो । उनले दोहोरो–तेहोरो प्रहार गरिन् । खुनमा ऊ पनि मुछिइन् । हात, खुकुरी रगतमा चोबेर झिकेका जस्ता भए । ढोका खोलेर भागी सिधै थानामा गइन् । थानामा भनिन्– “मैले एउटा कम्नीष्टेलाई खत्तम पारें …” मलाई पुरस्कार दिनुपर्छ ।”

प्रधानपञ्चले, पुलिसले मिलेर सकभर भागीलाई बचाउने र अग्नि या अग्निका बाबुआमालाई पार्ने कोसिस गरे, तर यी सबकुरा भएता पनि भागी जेल परिन् । बीस वर्षको कैद बाँधिन नपाईकन जेलमै उनले ज्वालाको जन्म दिइन् । ज्वाला तीन वर्षको नहुँदै उनलाई बीस वर्ष कैदको फैसला भयो । ज्वाला तीन वर्षको भएपछि उनका सासू–ससुरा आएर लगे । गएका अठार वर्ष यता उनी जेलको जेलमै थिइन् । ज्वाला ठुलो भएको कुरा, एसएलसी पास गरेको कुरा, क्याम्पसमा भर्ना भएको कुरा उनी सुनिरहन्थिन् । छोरालाई देख्ने उनको मातृ लालसा भोकोएको थियो तर दुर्भाग्य आजसम्म उनले त्यो मौका पाएकै थिइनन् । बाबु मार्ने हत्यारी सम्झेर होला ठुलो भएर पनि जेलनजिकै यही सहरको क्याम्पसमा पढ्ने भएर पनि आमालाई भेट्न कहिल्यै आएको थिएन । हजुरबा र हजुरआमाले सायद त्यस्तै विश्वास बढाइ दिए होलान् ।

बितेका अठार वर्षमा जेलभित्र उनले के देखिनन् ! के बेहोरिनन् ! करिब चालीस वर्षकी भइन् । अब अहिले उनीसँग त्यो बीस–बाईस वर्षको उमेरको रहर छैन । आफ्नो त्यो बेलाको उत्तेजना र लोग्नेको धैर्यताको पुस्तक उनले साँझैपिच्छे खोलिन् पढिन् । पश्चातापका आँसुहरू कति बगाइन् ! यी असाध्य कुराहरूको कुनै लेखो छैन । यस कठोर कारागारमा कति निर्दोषहरू आए, कति बाध्य दोषीहरू आए, कति समाज र देशको दुर्दशा हरण गर्ने छाती बोकेका महान् महान् राजवन्दीहरू आए । ती सबको अध्ययन नजिकबाट उनले गरिरहिन् । यी सबमध्ये एक जना राजवन्दी, राजनेताले उनको जीवनलाई जीवन दृष्टिलाई नै बदलिदिए । उनी के थिइन् ? ती राजवन्दीको जेलभित्रको दिनहुँको एक डेढ घण्टाको संगतले के भइन् । आज पो उनलाई अग्निले बेलाबेलामा भनेका कुराहरू तातो झीर झैं भएर पस्छन् उनका हृदयभित्र ।

“… ….यी सब दुष्कृति र पापबाट दुनियाँलाई मुक्त पार्न हामीले ठुलो कष्ट व्यहोर्नै पर्छ !”

“… माला जपेर र रामराम भनेर समाजलाई बदल्न सकिन्न ! समाज लाई बदल्न हामीले जीवनभर लडाइँ लडनुपर्छ ।”

“यस पृथ्वीलाई सबै मानवजातिको साझा स्वर्गमा परिणत गर्न आजका यी पक्षपाती शासकवर्गको निषेध आवश्यक छ । तर यसो गर्न सजिलो छैन । त्यसैले हाम्रो बाटो अप्ठेरो छ ।”

भागी पनि अचेल अग्निका ती उक्तिहरूमा एकात्म्य भइसकिन् । आज जेलभित्र आत्मआलोचना गरेर आफूले लोग्नेउपर गरेको अधम दुष्कर्मको पश्चाताप कसरी हुन्छ त्यसो गर्न तैयार थिइन् । यही कुरा जेल प्रशासनले थाहा पायो । यसैकारण उनले चौखण्डीमा छुट्न पाइनन् ।

आज मुलुकमा अन्याय र अत्याचारले नाङ्गो राइँदाईँ गरेको छ । यहाँको सम्पूर्ण नेपाली जगत, कुनै भूकम्प जस्तो, कुनै आँधी जस्तो छेक्नै नसकिने रोक्नै नसकिने आन्दोलनको प्रतीक्षामा छ । यस परिवेशमा अहिले जनआन्दोलनको रौनकले पृथ्वी नै कम्पायमान छ । ज्वाला पनि आन्दोलनमा मुछियो । पुलिसका लाठी र बुटका छाप बोकेर ज्वाला हिजो जेलभित्र ठुँसियो । “ज्वाला ! ज्वाला !” सबैका आँखासँगै भागीका आँखा पनि ज्वालामाथि ठोकिए ।

भागी छक्क परिन् । अग्निको पुनःरूप ज्वाला । उनी गद्गद् भइन् । अग्निको हत्या गरे पनि मैले ज्वालाको सृष्टि गरेकी छु । एक मनमा अलिकति गौरव पनि पलायो कि अग्निको परिणति ज्वाला पनि छ । अब ज्वालाले देशभित्रको पापलाई दन्दनाएर भष्मभूत पार्नेछ– “स्यावास् ! ज्वाला स्यावास् ! बाबुको जिम्मेवारीलाई पूरा गर !” उनको मुखबाट एक्कासि उम्कन खोज्यो ।

उनका हातले समाएका फलामका छडहरूको दूरी टाढाटाढा भैरहेको थियो । जस्तै असिना खप्नु परेपनि, जस्तै चट्याङ खप्नु परे पनि आजको आँधी सामना गर्ने निधो उनले गरिसकेकी थिइन् । अलिकति आँसु आएर आँखा भिजिरहेथे कि उनको झ्यालखानामा उनको ज्वाला पनि क्रान्ति लिन भित्रिएको छ । अलिकति जोस आएर आँखा तेजिला भैरहेथे कि आफ्नो ज्वाला पनि मुक्ति लिन संघर्षमा हाम फालेको छ । उनको ज्वालालाई आँखाभरि हेर्ने इच्छा थियो । ज्वाला उनलाई आँखा तर्दै पुरुष वाडतिर गैसक्यो । त्यो आँखा तराइ उनलाई यति प्यारो लाग्यो कि ज्वाला एक छिन् उनको अगाडि बसोस् र आँखा तरोस् !

हावा हुन्हुनाइ रहेथ्यो । चट्याङ दोहोरिई रहेथे । भागी ढोकामा उभिएको उभियै थिइन् । उनका आँखामा राष्ट्रिय मुक्तिको मादक युद्ध घमासानसँग चलिरहेको थियो । त्यही युद्धका एक छेउमा मातृत्व, पश्चाताप र यो जीवन सङ्कटकी भागी मुकदर्शक भएर उभिएकी थिइन् ।

  • Sahitya Sagar
    Sahitya Sagar
पुण्य खरेल
पुण्य खरेल
Post Views: 526
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

युद्ध

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.