SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » पाठशाला खुला छ
कथा

पाठशाला खुला छ

भावकेशर बरालBy Sahitya SagarJanuary 15, 2023No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

भावकेशर बरालको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी नेपाली भाषासाहित्यमै उच्चशिक्षा लिई नेपाली विषयकै अध्यापन पेसामा संलग्न छन् । उनको कलम कविता विधाका साथै मूलतः बालआख्यानका क्षेत्रमा चल्दै आएको छ । प्रस्तुत शृङ्खलामा उनको ‘पाठशाला खुला छ’ शीर्षकको कथा समेटिएको छ । यस कथाले बालबालिकामा देखिएको कोभिडको सन्त्रास र रैथाने उपचार र रोकथामका विषयमा केही तथ्यहरू पेस गरिएको छ ।

-सम्पा.

१. मनोहरप्रसाद पेसाले कानुन व्यवसायी हुन् । राजधानीमा उनको कानुनी परामर्श केन्द्र सञ्चालनमा छ । प्रायः बिहानैदेखि उनी त्यहीँ व्यस्त रहन्छन् । घरी अदालतको बहस, घरी मुद्दाका पक्षविपक्ष बीचको अन्तरक्रिया, घरी राष्ट्रिय अन्तरराष्ट्रिय मुद्दामा विमर्श र घरी घरी सेवाग्राहीलाई आवश्यक कानुनी परामर्श मनोहरको दैनिकी बनेको छ । बचेको समय किताब पढ्ने खुब सोख छ, उनको । श्रीमती रञ्जनादेवीको चाहिँ अधिकांश समय घरमै बित्छ । घरव्यवहार र सामाजिक सम्बन्ध उनकै एकल काँधमा थेगिएको छ । बचेको समयमा उनी पनि पुग्छिन्, पतिलाई सघाउन । लोभलाग्दो छ, उनीहरूको परिवार । नौ वर्षको छोरा छ, रञ्जन केही लजालु स्वभावको । ऊ राजधानीकै पाठशालामा पढ्छ, चार कक्षामा । चारै वर्षकी छोरी छे, अञ्जली चञ्चले स्वभावकी । दाजुसित पढ्न जाने खुब रहर छ, उसलाई । घरमा धुनुखुनु खेल्दै गर्दा पाठशाला गएको वा पढेको अभिनय गर्छे ।

२. ‘मामु ! म पनि जान्छु के पढ्नलाई । मेरो टिचरले बोलाउनुभएको छ ।’ दाजु पाठशाला निस्कनेबित्तिकै जिद्दी सुरु भइहाल्थ्यो उसको । ‘क्या मामु, अधि मैले गरेको गृहकार्य छ नि ! हो, देखाउनु परेन । चकलेट दिनुहुन्छ क्या टिचरले । स्टार पनि दिनुहुन्छ बाबै !’ पाठशाला जाने उमेर पनि हुन लागेको हो, उसको । यसै वर्षको श्रीपञ्चमीका दिन शुभ मुहूर्त पारेर शिक्षारम्भ गराउने योजना थियो, परिवारको तर अचानक बन्दाबदी भइदियो ।

३. चीनको बुहानतिरबाट देखा परेको नयाँ प्रजातिको भाइरस अचानक डढेलो सल्किएझै संसारभरि फैलदै थियो । यसको विश्वव्यापी प्रभावबाट कहीँकतै अछुतो रहन सकिने सम्भावना पनि थिएन । जताततै त्राहिमाम थियो । मानिसहरू घरबाट बाहिर निस्कनसमेत डराउँथे तर निस्कनै पर्ने बाध्यता पनि थियो । रेडियो तथा टिभीबाट दिनहुँ भाइरस सङ्क्रमण पुष्टि भएका र सोही कारण मृत्युवरण गरेकाहरूको विवरण सुन्नुपर्दा सर्वसाधारणमा अनौठो भय घुसेको थियो । यो सङ्ख्या दिन दुगुना र रात चौगुना बढ्दो क्रममा थियो । सङ्क्रमित मुलुकको सूची पनि थपिँदै थियो । धमाधम बन्दाबन्दी घोषणा हुन थालेको थियो । मानौँ, मुलुकहरू बीच निषेधाज्ञा र बन्दाबन्दीको होडबाजी चलेको छ । लगत्तै सरकारले देशव्यापी बन्दाबन्दीको पूर्वसूचना दियो ।

४. सहर छाडेर गाउँ पस्न चाहनेले दुई दिनको समय पाउने भए । अचानक नै आएको सरकारी सूचनाको परोक्ष प्रभाव देशैभरि प¥यो । यसको प्रत्यक्ष प्रभाव चाहिँ राजधानीमा देख्न सकिन्थ्यो । राजधानीका चोकहरूमा गाउँघरतिर फर्कन चाहनेहरू हुलका हुल थिए । हजारौँ हजार मानिस सडकमा निस्किएका थिए । सबैलाई राजधानी छाड्ने हतारो नै थियो । झिटीझाम्टा बोकेका र काखीमा लालाबाला च्यापेका मानिसहरू बसपार्कतिर यताउता भौँतारिएका देख्न सकिन्थ्यो । एककिसिमको चिहिलबिहिल थियो ।

५. कार्यक्षेत्रमा जाँदा आउँदा यी सबै दृश्यहरू मनोहरले नियालिरहेका थिए । कुनै महाविपत्ति आए जस्तो । अथवा ठूलै महासङ्ग्राम भए जस्तो । मानिसहरू आत्तिएका थिए । ‘आ, फर्कनुपर्छ कि क्या हो गाउँतिर ! एक पन्थ दुई काम बाआमासित भेटघाट पनि हुने केही समय जन्मथलोको पवित्र ग्राम्य पर्यावरणमा रमाउन पनि पाइने !’ मनमा यस्तो विचार आएको थियो तथापि मुखबाट फुस्किएको थिएन ।

६. ‘पूर्व जाने ५ जना, टिकट पाइन्छ कि ?’ ‘छैन छैन, सब बुक भइसक्यो ।’ ‘मिलाइदिनुस् न प्लिज !’ ‘रिजर्भ जाने हो ?’ ‘कति लाग्छ, रौतहटसम्म ?’ ‘पच्चीस हजार ।’ ‘हँ ! कतिजनाको ?’ ‘पाँचजना भनेको हैन ?’ ‘हो ।’ ‘अनि ?’ ‘कहाँ पाउनु त त्यत्रो !’ यस्तै यस्तै संवाद बाक्लै सुनिन्थ्यो, टिकट काउन्टरतिर । मानौँ, बसको टिकट पाउनु बम्पर योजनामा कार नै चिट्ठा पाउनुबराबर हो ।

७. न सामाजिक दूरी न मुखमा माक्स, जताततै उपत्यकाबाट बाहिरिन चाहनेको ठेलमठेल देखिन्थ्यो । मानिसहरूले स्वास्थ्य सावधानीभन्दा शीघ्रातिशीघ्र बहिर्गमनलाई प्राथमिकतामा राखे ।

८. ‘सार्वजनिक स्थलहरूमा अस्वाभाविक भीडभाड भयो । यस्तै अवस्था रहे छिटै सङ्क्रमण सामाजिक स्तरमा फैलन सक्छ,’ केही सरुवारोग विशेषज्ञहरू पूर्वानुमान लगाउन थालेका थिए । यद्यपि, यो ठुलै खतराको घण्टी पनि थियो । र, अर्को खतरा सहरको बस चढेर कोभिडको भाइरस गाउँघरमा भित्रन सक्थ्यो ।

९. कोभिड– १९ अर्थात् कोरोना भाइरस । हो, यसकै सन्त्रास छाएको छ, चारैतिर । तथापि, व्यवस्थापनमा सरकारको उचित ध्यान पुग्न सकेको देखिँदैन । साँच्चै भन्ने हो भने कोभिड आतङ्क सबैभन्दा बढी अस्पतालको शøयामा छाएको देख्न सकिन्छ । स्वयम् चिकित्सक नै सङ्क्रमित हुन लागेका छन् र आतङ्कित पनि छन् । कोही त सकेसम्म बिरामी देख्नेबित्तिकै परपर तर्किन खोज्ने छन् । कतिले बहादुरी पनि देखाएका छन् । जो होचो उसैमाथि घोचो भनेझैँ विश्वकै तथ्याङ्क केलाउने हो भने प्रत्यक्ष वा परोक्ष यो वैश्विक महामारीबाट प्रभावित हुनेहरूमा महिला तथा बालबालिका नै धेरै देखिएका छन् ।

१०. व्यापार व्यवसाय ठप्प भयो । शैक्षिक संस्थामा पठनपाठन रोकियो । उद्योग तथा कलकारखाना पनि बन्द भए । धार्मिक मठमन्दिर तथा मनोरञ्जक स्थलमा मानिसको आवागमनमाथि प्रतिबन्ध लाग्यो । यातायातका साधन गुड्न छाडे । पर्यटकहरू उद्धार गरिए । र, मातृदेश फर्काइए । यसरी पर्यटकीय स्थल पनि सुनसान भए । सार्वजनिक स्थलमा भेला हुन रोक लाग्यो । सभासमारोह, पर्वउत्सव तथा अनुष्ठानादि कर्म स्थगित भए । तसर्थ मानिस घरभित्रै कैदी जस्ता बने ।

११. ‘कोलोना आउँथ क्या, बाइल दानुहुन्न,’ भर्खर बोल्न सिकेको बच्चाको मुखबाट तोतेबोलीमा यस्तो निस्कन्थ्यो । ‘कोरोना कहाँबाट आउँछ बाबा ?’ ‘उः परबाट ।’ ‘त्यो किन आउँछ ?’ ‘खै, किन किन !’ ‘नआए हुँदैन र ?’ ‘हुन्थ्यो नि ।’ ‘हाम्रो पाठशालामा पनि आउँछ हो ?’ ‘उम् ।’ ‘अनि हाम्रो घरमा आयो भने नि ?’ ‘आउँदैन क्या ।’ यी र यस्ता अनेकौँ अबोध प्रश्नको चित्त बुझ्दो जवाफ कसरी दिने ?

१२. जताततै त्रासद वातावरण थियो । सङ्क्रमण पुष्टि भएका घरटोल र आसपासका क्षेत्र सिल हुन थालेका थिए । मानिसहरू घरका कौसीबाट बाहिरको वातावरण चिहाउन खोज्थे तर डराउँथे । राजधानीलगायत सहरी क्षेत्रमा भाइरसको सङ्क्रमण दर तीव्रतर रूपमा बढ्न थालेको तथ्याङ्क बाहिरिन थालेको थियो ।

१३. एकातिर बालबच्चाको पढाइ रोकियो, अर्कातिर आफ्नो व्यवसाय पनि ठप्पप्रायः । झन् अर्कातिर मनभित्रभित्रै हुर्कन थालेको अज्ञात त्रासको वृक्ष । ‘अब के हुने होला ?’ ‘कसरी बच्ने कोभिड– १९ को महामारीबाट ?’ ‘कसरी फर्कने सुरक्षित भएर गाउँसम्म ?’ ‘अनि के होला छोराछोरीको भविष्य ?’ अनिकालमा बिउ जोगाउनु हुलमुलमा जिउ भन्ने पितापुर्खाको वचन यतिबेला दिव्य मन्त्रझैँ लाग्यो, मनोहरलाई । यस विषम परिस्थितिबाट त्राण पाउन उनले बन्दाबन्दीको अवधिभर गाउँमै बस्ने निर्णय गरे ।

१४. हप्तादिन र पन्ध्र दिन गर्दै बन्दाबन्दीको समयावधि लम्बिदै गयो । कहिले कठोर प्रकृतिको निषेध त कहिले स्मार्ट लकडाउन, बन्दाबन्दीका अनेकौँ स्वरूपको अभ्यास गरेको हो, देशले । तर, जनजीवन पटक्कै सहज भएन । सीमानाकातिर मानिसहरूको बिल्लबाठ भयो । बालवनिताको कोकोहोलो ! राजधानीबाट पैदलै महिनौँ लगाएर पनि बाल, वृद्ध र वनिता गाउँ फर्किए । न खाने गाँस न बस्ने बास । भोकैतिर्खै बाटोघाटोमा मानिसहरू छटपटाएका दृश्य दर्दानक थिए । एम्बुलेन्सहरूले बिरामीभन्दा बढी यात्रुहरू बोके भन्ने सुनियो । एकान्तवास र कोभिड– १९ को नाममा खुलेका एकीकृत अस्पतालका कथाव्यथा उस्तै थिए ।

१५. बाआमाले गाउँ फर्कन बारम्बार ताकेता लगाइरहनुभएको थियो । मनोहरले पनि गाउँ फर्कने योजना त बनाएका थिए । तर, त्यो सहज भने थिएन । एकातिर सङ्क्रमणको उच्च जोखिम अर्कातिर आवतजावतमा कडाइ । आफ्नो सम्बन्धको सदुपयोग भनौँ कि दुरूपयोग अनेकौँ आग्रह र अनुनयपश्चात् बल्लतल्ल उनको परिवार पहाड आइपुग्यो ।

१६. गाउँको घरमा पाइला राखेको साँझ उनले पहिले लामो निश्वास लिए र लगत्तै दीर्घ शान्तिको सास पनि फेरे । बाआमा पनि ढुक्क देखिनुभयो । परिवारमा सबै एकसाथ हुँदाको आनन्द त छँदै थियो । यथार्थमा न ढुक्क हुने अवस्था थियो न भोलिको कुनै स्पष्ट मार्गचित्र देखिन्थ्यो ।

१७. गाउँमा सहरको जस्तो आक्रान्त थिएन, जीवन । मानिसहरू आफ्नो नियमित कर्ममा दत्तचित्त थिए । जो उनीहरूको बाध्यता पनि थियो । जे होस् गाउँ बन्दाबन्दीको भूतबाट मुक्त लाग्यो, मनोहरलाई । गाउँको जीवन बजारमा निर्भर थिएन । तथापि गाउँघरमा पनि पाठशालाहरू बन्द थिए । बाहिरबाट गाउँमा भित्रिने मानिसहरूका बारेमा गाउलेहरूले उत्सुकतापूर्वक कान ठाडा पार्न थालेका थिए । नदेखिने सन्त्रास गाउँमा पनि व्याप्त थियो । सदाझैँ चौतारीमा गफिन निर्धक्क भेला हुँदैनथे, मान्छेहरू । धारापँधेरा गर्दा आफू आफू बीचमा नजानिदो किसिमले तर्किन्थे, पधेर्नीहरू । गोठालाहरू आपस्तमा एकढिक्को भएर भलाकुसारी गर्न तर्सिन्थे । एकान्तवास, सामाजिक दूरी तथा साबुनपानीे जस्ता पदावली गाउँघरमा समेत परिचित बन्न पुगेका थिए । घाँसदाउरा जाँदा होस् कि मेलापात धाउँदा होस् मानिसहरूलाई भित्र कता हो कता डर चाहिँ पक्कै थियो ।

१८. काम गर्ने उमेरकाहरू प्रायः व्यस्त नै रहन्थे । वृद्धवृद्धाले टहलिन पाएका थिएनन् । बालबच्चाले पाठशाला जान पाएका थिएनन् । सिकाइको वैकल्पिक विधिबारे बहस त सुरु भएको थियो तर कार्यान्वयन थिएन । विश्वविद्यालयका छात्रछात्रा सिकाइको निरन्तरता खोजिरहेका थिए, हुन सकेकै थिएन । शिक्षाशास्त्रका पण्डितहरू सिकाइलाई व्यवहारसित जोड्ने अवसर आयो भन्थे तर सिक्ने उमेरका शिक्षार्थीहरू घरभित्रका कैदी थिए । बोली र व्यवहारमा तालमेल थिएन । उता दीर्घरोगी नियमित स्वास्थ्य परीक्षण र औषधीमुलोको प्रतीक्षामा थिए, पाएका थिएनन् । भन्नेहरू त भन्थे ‘समस्याले आफैँ समाधान लिएर आएको हुन्छ ।’ यथार्थमा समस्या चाहिँ थियो तर समाधान देखिएको थिएन ।

१९. हुन त कोभिडले हरेक क्षेत्र थङथिलो बनाएको थियो । अझै बढी शिक्षामा दूरगामी असर पार्न सक्ने देखियो किनकि सिकाइ कार्याकलाप पूर्णतः अवरुद्ध थियो । सिकाइका पूरक गतिविधिसमेत सञ्चालित थिएनन् । के सहर के गाउँ, अध्ययनमा निमग्न हुनुपर्ने छात्रछात्राहरू यताउति छटपटाएरै समय खर्चिरहेका छन् । मनभरि कोभिडको त्रास पालेर कसरी होला, उनीहरूको मानसिक विकास !

२०. गाउँघरतिर पनि अभिभावककै निगरानीमा हुन्थे, बालबालिकाहरू । उनीहरूलाई घरआँगनभन्दा बाहिर निस्कने प्रायः अनुमति नै थिएन । कथङ् कदाचित् बाआमाको आँखा छलेर चउरमा भेला हुन पाए भने पिँजडामुक्त मैनाकै वेग हुन्थ्यो, उनीहरूको । हार्दिक, प्रफुल्लित र उन्मुक्त संसार । जब अभिभावकको आँखामा पर्थेे, उनीहरूले ठूलै हप्की खानुपथ्र्यो । र, तुरुन्तै घर फर्कनुपथ्र्यो । बेला त वनपाखा चहारेर चराचुरुङ्गीको चिरबिरसित रमाउने थियो; खोलानाला छिचोलेर नदीको सङ्गीतमा बोली मिसाउने थियो; बगैँचामा फूलसित लुकामारी खेल्दै फूलझैँ फुल्ने नै थियो । तर, यो स्वतन्त्रता कहाँ थियो र उनीहरूलाई ! कोभिडले हरण गरेको छ, उनीहरूको सार्वभौम हाँसो । र, केबल बन्न पुगेका छन्, घररूपी झ्यालखानाका कैदी बन्दी जस्ता ।

२१. वर्षा ऋतुको समय भएकाले चारैतिर हिलोचिप्लो छ । विगत पाँच दिनदेखि निरन्तर झरी परिरहेको छ । पानी रोक्किने लक्षण नै देखिँदैन । ‘सात दिन सात रात नपु¥याई आकाशले आँखा खोल्ला जस्तो छैन,’ झरी केही मत्थर भएपछि आकाश नियाल्दै आमा भवानीदेवीले सुस्केरा छाड्नुभयो । निरन्तरको वर्षात्ले सबैजना आजित छन् । रञ्जन पानीमा भिज्दै हिलोमा खेल्दै थियो । पानी फेरि दररर दर्कियो । रञ्जनादेवीले हत्त न पत्त उसलाई तानेर ओतमा ल्याइन् । ‘पहाडतिर बाढीपहिरोको त्रास छ । तराई डुबानमा परेको छ । हिमालतिर हिमपात र हिमपहिरोले आक्रान्त होला जीवन,’ मनोहरको क्षीण आवाज सुनियो, ‘दैव लागेको । कहीँ कतै शान्ति छैन । हे भगवान् ! कसरी होला यस कहरबाट मुक्ति पाउने ?’ आमाका निधारमा अनिश्चितताका रेखाहरू कोरिए ।

२२. पानी रोकिएला अनि बाहिरको काममा निस्कौँला भनेर तम्तयार परिवार दलानमा ओत लागेर बसेको छ ।

२३. ‘मलाई त कस्तो बोर लाग्यो,’ मनोहरको अनुहारतिर हेरेर रञ्जनले भन्यो । अगुल्टाले लागेको कुकुर बिजुली चम्किँदा तर्सिएझैँ झस्कियो मनोहरप्रसादको मन । देशमा बन्दाबन्दी छ । पढ्ने पाठशालाहरू बन्द छन् । खेल्ने उद्यान र व्यायामशालाहरू पनि बन्द छन् । सिनेमाघर बन्द; पाकशालाहरू बन्द; कलकारखाना र पसलहरू बन्द; कार्यशालाहरू बन्द; यातायात बन्द; मठमन्दिर, मस्जिद, गुम्बा र चर्चका प्रार्थनासभा बन्द । मानौँ, समय नै केही समयका लागि रोकिएको हो, टक्क । आनै गतिमा निरन्तर गुडिरहेको सवारी बिसाउनीमा पुगेपछि जसरी रोकिन्छ, केहीबेर ठीक त्यसैगरी जनजीवन एककिसिमले ठप्प भएझैँ लाग्छ ।

२४. ‘बाबु ! हामीसित खेतमा जाने, कस्तो रमाइलो हुन्छ त्यहाँ,’ आमाले हौस्याउनुभयो, उसलाई । ‘हामी कहिले जाने काठमाडौँ मामु ?’ छोराको प्रश्न रञ्जनादेवीतिर थियो तर मनोहरले जवाफ दिए, ‘केको हतार जाऔँला नि बन्दाबन्दी खुलेपछि । अहिले विद्यालय बन्द छ, सबैतिर बन्दै छ ।’ ‘गाउँ चाहिँ किन बन्द छैन ? भन्नुस् न गाउँमा कोरोना आउँदैन हो ?’ ‘कति कचकच गर्छ यो । चाहिने नचाहिने कुरा सोधेर हैरान पारिसक्यो, यसले,’ आमाले दिक्दारी पोख्नुभयो । ‘यस्तै हुन् बच्चाहरू । गिलो माटो हुन् । हामीले नै आकार दिनुपर्छ । छोरालाई सबै कुरा म बताउँछु । आऊ बुवाछोरा घरमै बसौँ,’ बाले भन्नुभयो ।

२५. पानी केही मत्थर भयो । घरका सबैजना आआफ्नो काममा निस्कए । शारीरिक रूपमा केही अशक्त हुनुभएकाले बा घरबाहिर निस्कनुहुन्न, भान्साको काममा सघाउनुहुन्छ । ज्ञानी भएर सुन्दै छ, नाति । बिस्तारै बुझाउनुहुन्छ उहाँ, ‘बाबु ! पहाडमा जीवन केही भिन्न छ । मनमा अनेकौँ सन्त्रास भए पनि घरमा बसिरहन पाउँदैनन मानिसहरू । गोठमा बाँधिएका गाईभैँसी घाँसपानी खोजिरहेका छन् । खोरमा थुनिएका बाख्रा कुखुरालाई स्याउला र चारो दिनै पर्छ । बाँझिएका खेतबारी जोतखन गरी बर्खामै बाली लगाइएन भने वर्षभरिको खाद्यान्न जोहो कसरी गर्ने ? मानो रोपेर मुरी फलाउने समय झरीबादलले रोकिनुहुन्न । के घाम के पानी, के साँझ के बिहानी, जुनसुकै बेला खेतीपाती र घाँसदाउरामा तल्लीन देखिन्छन्, ग्रामवासीहरू । तर, सतर्क भने रहनै पर्छ ।’

२६. ‘बुवा ! म पनि सघाउँछु है हजुरहरूलाई ।’ ‘हुन्छ । माटाको भर ढुङ्गो ढुङ्गाको भर माटो, हामी सबैले मिलीजुली आफूले सकेको काम गर्नुपर्छ,’ सम्झाउँदै हुनुहुन्छ, बा ।

२७. ‘हाम्रो पाठशाला कहिले खुल्छ बुवा ?’ अचानक पाठशाला सम्झियो उसले । ‘पाठशाला खुल्ला छ, बाबु । गाउँघरमै धेरै कुरा छन् सिक्नुपर्ने । पढ्नु भनेको किताबी किरो बन्नु मात्र होइन । किताबमा पढेको ज्ञान व्यवहारसित जोड्नु पनि हो । पढेरभन्दा परेरै सिकिन्छ, बाबु । तिमीले आफ्नै आँखाले हेरेर, आफूभन्दा ठूलाले भनेको सुनेर र आफैँले अनुभव गरेर धेरै कुरा सिक्न सक्छौँ ।’ यस्तै अनेकौँ गन्थन गर्दै घरको काम गर्दा समय बितेको पत्तै भएन ।

२८. यस्तो बन्दाबन्दीमा सहरबजारतिर भए मानिसहरू घरभित्रै हुन्थे, टेलिभिजन हेरिरहेका । अथवा हातमा मोबाइल फोन लिएर कि त युट्युबमै रमिरहेका हुन्थे कि फोन संवादमा व्यस्त । कि सोफामा बसेर तात्तातो चिया पिउँदै ल्यापटपमै मनखुसी चलचित्र हेरिरहेका हुन्थे । केटाकेटी कार्टुन च्यानलमा मस्त । सबै फुर्सदी । बाहिरफेर निस्कन भएन । भाइरसकै सन्त्रास छ । हुन पनि लाखौँलाखले ज्यान गुमाइसके, अझै करोडौँ मानिस जुधिरहेका छन् भाइरससित । विश्वभर विषझैँ फैलिरहेको छ, कोरोनाको कहर ।

२९. अनिकालमा बिउ जोगाउनु महामारीमा जिउ तर गाउँघरमा बिउ र जिउकै लागि मानिसहरू काममा निस्कन बाध्य छन् ।

३०. बेलुका सुत्नुअघि पनि कोरोना र बन्दाबन्दीकै कुरा कोट्यायो, रञ्जनले । गाउँ र सहरका विविध विषय उठायो । ‘बाबु ! हामी चाहे गाउँमा बसौँ चाहे सहरमा । आफ्नो स्वास्थ्यको चाहिँ विशेष ख्याल राख्नुपर्छ है । यस्तो महामारीमा अति आवश्यक पर्दाबाहेक घरभन्दा बाहिर निस्कन हुन्न । घरभित्रै हामीले जान्नुपर्ने धेरै कुराहरू छन् । परिवारसितै सिक्नुपर्ने हाम्रो अमूल्य संस्कार छ । पुर्खादेखि चलिआएको सनातन संस्कृति छ,’ भन्दै हुनुहुन्थ्यो बा ‘बाबु ! हाम्रै वरिपरि अथाह ज्ञान छ; अनौठो विज्ञान छ; जीवन्त गणित छ; मनोहारी कला र सङ्गीत छ; समग्रमा मान्छे जातिको सिङ्गो सभ्यता छ ।’

३१. बाको खोकिलामा लुपुक्क टाँसिएको ऊ खै कतिबेला भुसुक्कै निदाएछ । निद्रामै बर्बराउँदै थियो– घरभित्रै हामीले जान्नुपर्ने धेरै कुराहरू छन् । … यी सबै कुरा घरमै सिकेर पाठशाला जान्छु र साथीहरूलाई सुनाउँछु ।

  • Sahitya Sagar
    Sahitya Sagar
भावकेशर बराल
भावकेशर बराल
Post Views: 584
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

युद्ध

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.