SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » चिठ्ठा
कथा

चिठ्ठा

सुरेन उप्रेतीBy Sahitya SagarJanuary 14, 2023No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुरेन उप्रेतीको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिएको छ । उनी प्रवासमा रहेर साहित्य सिर्जना, समीक्षा, सङ्गठन र सञ्चारका बहुआयाममा सक्रिय छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको चिठ्ठा’ शीर्षकको कथा समेटिएको छ । यस कथाले युरोपियन, स्कटल्यान्ड, पोर्चुगल, अमेरिकन एवम् क्यानडाली परिवेशमा एक जना कामदारको मानसिकतालाई जीवन्त रूपमा उठाएको छ । आफ्ना छोराछोरी पढाएर पनि कामदार मात्र बनाएको पक्षप्रति र आफू पनि कसैको कामदार मात्र भएका पक्षप्रति वितृष्णा जागृत भएको कामदारको मनोविश्लेषण र चिठ्ठाको भर पर्ने चिन्तनको प्रस्तुतिमा यो कथा निकै सफल छ ।

-सम्पा.

बाहिरको ढोका खुलेको आवाज आएपछि कार्लोसले आँखा छड्के पारेर ढोकातिर हेर्‍यो । आलेक्सजेन्डर पसलभित्र पस्दै थियो । कार्लोसका हजुरबाका पालादेखि पारिवारिक बिजिनेसका रूपमा यो बेकरी पसल चल्दै आएको थियो । यो बेकरी कार्लोसका हजुरबाले खोलेको रे । कार्लोसका बाले पनि यसैमा जीवनभरि काम गरे । कार्लोसलाई अझै पनि मधुरो सम्झना छ । ऊ बाबु मार्कोसको औंला समाउँदै पसलमा आउने गर्दथ्यो । त्यसताका कार्लोसकी आमा मारियाले बेक गर्ने काम गर्थिन् । दिदी एन्ड्रिया आमालाई सघाउँथिन् । एन्ड्रिया आमालाई बेक गर्न सघाउँदै बाहिर पसलमा पनि काम गर्थिन् । पसलमा अडर लिने र अडरअनुसारको तयार भए, नभएको हेरेर ग्राहकलाई दिने पनि एन्ड्रियाको नै काम थियो । उसका बुबा मार्कोस चाहिँ बेकरीलाई चाहिने चिनी नुन पिठो इस्ट अन्डा आदि ल्याउने काम गर्थे । खास भन्ने हो भने व्यवस्थापन पक्ष हेर्ने काम मार्कोसको थियो । अडरको सामानलाई डेलिभरी गरिदिने र अडरलिने जस्ता काम पनि मार्कोसको नै थियो ।

सहरभरिको बेकरी सप भनेकै यही थियो । ताजा ताजा ब्रेड, मफिन जिन्जरब्रेड र चक्लेट चिप्स कुकिज आदि यहाँका प्रमुख आकर्षण थिए । यी परिकारले सहरमा निकै राम्रो छाप छोड्न सफल भएका थिए । बनाना ब्रेड रेजिन ब्रेड, बेगल र मफिन आदिको माग निकै बढी बिक्री हुन्थ्यो । बर्थडे केकका लागि टाढा टाढादेखिका मानिसहरू आउने गर्दथे । कहिले काहीँ त बेकरी किन्ने मानिसको लामो लाइन नै लाग्ने गर्दथ्यो । यो बेकरी स्टोरको प्रचार प्रसारका लागि कुनै विज्ञापनको व्यवस्था गरेको थिएन । यसको प्रचारप्रसार माउथ टु माउथ भनेझैं एक कान दुईकान मैदान भएर फैलिएको थियो । टाढा टाढा देखिका मानिसहरू बेकरीमा झुम्मिने गर्थे ।

क्रिसमसका समयमा त खुट्टा राख्ने ठाउँ पाउन पनि मुस्किल हुन्थ्यो । क्यासमा काम गर्ने क्यासियरहरू नै दुईजना हुन्थे । सिजनल कामदारहरू थप्नुपथ्र्याे । बेक गर्ने र तयारी गर्ने पनि तीन चारजना मानिस थप्नु पर्दथ्यो । त्यति गर्दा पनि भ्याइ नभ्याइ हुन्थ्यो ।

यहाँ आउने मुख्य ग्राहकहरू युरोपियन मूलका नै हुने गर्दथे । स्कटलेन्ड आयरलेन्ड, इटली, लन्डन, फ्रान्स, जर्मनी, पूर्व सोभियतसङ्घ आदि देशका मानिसहङ् नै प्रमुख ग्राहकहरू थिए । साउथ अमेरिका, क्यारवियन, अफ्रिका र एसियाका मानिसहरू पनि फाटफुट ग्राहकका लाइनमा देखिन्थे ।

कार्लोसका हजुरबा भने पोर्चुगालबाट आएका रे । यो बेकरी नै सहरको एकमात्र बेकरी र सारै मिठा परिकार बनाएर पहिचान बनाएको थियो । पुराना पुस्ताका मान्छेहरूले त यो बेकरीलाई ‘टेस्ट अफ दि टाउन’ भन्ने गर्दथे । यो बेकरीले मानिसहरूलाई मोहनी नै लगाइदिएको थियो । सहरभरिका मानिसहरू कुनै न कुनै आइटम किन्न यस बेकरीमा आइपुगेका हुन्थे । यहाँको मुख्य बेकर आलेक्सजेन्डर थियो । ऊ आफूलाई आलेक्स भनेर बोलाउनु भन्दथ्यो । आफ्नो परिचय दिंदा पनि ऊ आलेक्स नै भनेर चिनिन्थ्यो । आलेक्सको काम चाहिँ बेकरीका लागि आवश्यक पर्ने पिठो मुच्छ्ने । पिठोमा आवश्यक पर्ने अनडा नुन, चिनी इस्टको मात्रा मिलाउनेदेखि विभिन्न स्वाद आकार र प्रकारका केक ब्रेड र मिठाइहरूको डो बनाउने थियो । यी सबै काम आलेक्सले कार्लोसका बाबु मार्कोससँग काम गर्दागर्दै सिकेको थियो ।

आलेक्सले यस बेकरीमा काम गरेको पनि दुई दशक नाघिसकेको थियो । उसले काम गर्न थाल्दा एन्ड्रिया बाह्र वर्ष जतिकी र कार्लोस झन्डै छ वर्ष जतिको मात्र थियो । अहिले एन्ड्रियाको छोरो नै दश वर्षको भयो । समय गएको पत्तै नहुने । आलेक्सलाई कार्लोस र मारिया अझै सानै छन् जस्तो लाग्छ । ती हिजोका चल्लाहरूले उसलाई काम भएन । काम छिटो गर भन्दा सारै नरमाइलो र दिक्क लाग्छ । त्यति नै खेर काम चटक्कै छोडेर हिँडौं हिँडौं जस्तो लाग्छ । मेसिनमा पिठो मुछ्नका लागि तयार गर्दै गरेको पिठोमा हेर्दै एक्लै भुत्भुताउँछ । आज काम त सकिन दे सोझै गएर ६४९ सिक्स फोर्टिनाइनको चिठ्ठा काट्छु । (यो ६४९ भन्ने चिट्ठा अन्टारियोको प्रसिद्ध चिट्ठा हो) त्यसपछि तेरोमा काम गर्न शुक्रबारसम्म मात्रै त हो । तेरामा कसले काम गर्दो रहेछ हेरौन त । आँखा उठाएर कार्लोसतर्फ तेस्र्याउँथ्यो । कार्लोस कम्प्युटरमा के के गरिरहेको हुन्थ्यो ।

साँझमा काम सकेर आलेक्स बेकरी सपबाट निस्किन्थ्यो र सोझै चिठ्ठा काट्ने ठाउँमा जान्थ्यो । चार डलरमा एङकरसहितको एउटा चिठ्ठा काट्थ्यो । अब पख पाँच दिन त हो त्यसपछि तेरो बेकरीलाई फर्केर पनि हेर्दिनँ । कार्लोससँग रिसले मुर्मुरिँदै आलेक्सले माथिल्लोे दाँतले तल्लो ओठलाई टोक्थ्यो ।

अर्को दिन बिहान उठेर फेरि गह्रौं पाइला चाल्दै कामका लागि निस्किन्थ्यो । ऊ चिठ्ठा खुल्ने दिन गन्दै अब चार दिन बाँकी छ । अब तीन दिन, दुई दिन बाँकी गन्दै शनिवारको दिन पर्खन्छ । शनिवार चिठ्ठा बेच्ने ठाउँमा पुग्छ र चिठ्ठा परे, नपरेको जाँच गर्न दिन्छ । चिठ्ठा परेको धुन नै मज्जा । विनर ग्याङ्गे भनेर म्युजिक बज्छ । कहिले कहिले उसको टिकटमा पनि यस्तो धुन बजेको छ तर उसलाई सय डलरभन्दा माथिको चिठ्ठा कहिल्यै परेको छैन । कहिले सित्तैमा एउटा टिकट पर्छ । कहिले दश डलर बिस डलर मात्र पर्छ । एकपटक एक सय डलर पनि परेको थियो ।

आइतबार साँझमा चिठ्ठा काटिसकेपछि सँगैको एलसिवियो (LCBO) मा पस्छ । यो प्रायजसो सबै देशका वाइन बियर र ह्विस्किहरू पाइने स्टोर हो । उसको मन पर्ने एक दर्जन मोल्सन वियर र एउटा ह्विस्कीको बोतललाई टिप्छ । ग्रान्डस स्कच ह्विस्की उसको मन पर्ने ब्रान्ड भएको छ । काउन्टरमा गएर एकसाठी डलर बुझाएर कागजको झोलामा ड्रिङक्स लिएर निस्कन्छ । नजिकैको ग्रोसरी स्टोरमा गएर एक लोफ ब्रेड, एक प्याकेट चिप्स र एउटा रोस्टेड चिकेन लिएर अपार्टमेन्टतिर लाग्छ ।

उसलाई त्यो बियर र ह्विस्कीले आउने शनिवारसम्म पुर्‍याउनु छ । शनिवार चिठ्ठा परेपछि त यस्ता बियर र ह्विस्की कति खान्छस् आलेक्स भन्दै वियरको बोतल खोल्दछ । चिकेनको एउटा साप्रो र केही चिप्स पनि प्लेटमा राख्छ । तेरोमा काम गर्नु अब पाँच दिन त हो मार्कोस । त्यसपछि तेरै बेकरी किनेर म मालिक, तँ कामदार बन्ने दिन आउँछ बुझिस् भन्दै वियर पिउन थाल्थ्यो । दुईटा बियर पिएपछि ह्विस्की खोल्यो । फ्रिजरबाट आइसक्युवहरू निकालेर ग्लासमा राख्यो । ह्विस्कीलाई बिस्तारै ग्लासमा खन्यायो । ग्लासमा ह्विस्की धेरै पर्छ कि झैँ गरेर ग्लासलाई माथि उठाउँदै हेर्‍यो । करिब डेड इन्च जति ह्विस्की ग्लासमा देखियो । अब यो बोतललाई नजिक राख्यो भने फेरि थप्न मन लाग्छ भन्दै बोतललाई दराजभित्र राखेर पिउन सुरु गर्‍यो । आउने शनिवार त चिठ्ठा पनि परिसकेको हुने छ । म अबदेखि तेरोमा काम गर्न आउँदिन भनेर शनिवार साँझमै फोन गरेर मार्कोसलाई भन्दिन्छु ।

आइतबार बेकरीमा गएर तेरो पसल बेच्ने कुरा थियो । कतिमा बेच्छस् भनेर मार्कोसलाई भन्छु । तेरा आमा र दिदी पनि काम गर्छन् भने काम दिउँला भन्छु मनमनै सोच्दै फिस्स हाँस्यो ।

ऊ स्कटल्यान्डमा जन्मिएको हो । ऊ स्कटल्यान्डबाट आउँदा तीन बर्षको थियो रे । ऊ सानो हुँदा उसका बाबुआमाले थुप्रै स्कटिज संस्कृतिका बारेमा सुनाएका थिए । हलोइनपर्व मनाउने, केल्टिक म्युजिक, ट्याप डान्स जस्ता अनेक संस्कृतिका बारेमा बाआमाबाट सुनेको थियो । उसलाई पनि ट्राटनको स्कट लगाएर ब्यागपाइप बजाउँदै सडकमा परेड खेल्न रहर लागेको थियो । उसका बाले उसलाई पनि ट्राटनको स्कट र व्यागपाइप ल्याइदिएका थिए । व्यागपाइप बजाउन अभ्यास गरेको अझै पनि याद छ तर त्यो ब्यागपाइप बजाउन सिक्ने क्रमले लामो समयसम्म निरन्तरता पाउन सकेन । घरको ठुलो छोरो भएपछि जिम्मेवारी पनि धेरै भयो । फुटबल, रग्वी, हकी, गल्फ, टेनिस जस्ता अन्तर्राष्ट्रिय स्तरका गेमहरूको सुरुवात पनि स्कटल्यान्डबाट नै सुरु भएको हो रे उसका बाबाले भन्थे तर ती कुनै खेलले पनि उसलाई तान्न सकेनन् ।

इमिग्रेन्ट बाबु आमाको पहिलो सन्तान हुनाले पनि उसले धेरै अवशरहरूबाट बन्चित हुनु पर्यो । सानै देखि भाइ बहिनीको बेबिसिटर भएर बाल्यकालको स्वर्णिम समय वित्यो । क्यानडाको वेदर र वर्कको कुनै भरोसा हुँदैन भन्छन् । कति खेर हिउँ पर्ने र घाम लाग्ने थाहा हुँदैन । त्यस्तै कामको पनि कुनै भरोसा छैन । आज छ भोलि छैन । उसका बाबुआमाको काम पनि परिवर्तन भै रहन्थ्यो । कामको परिवर्तनसँगै पायक पर्ने ठाउँमा अपार्टमेन्ट पनि सरिरहनु पर्ने बाध्यता थियो । बस्ने ठाउँ सरेपछि स्कुल पनि सर्नुपर्ने नै भयो । त्यसैले कुनै पनि स्कुलमा दुई वर्षभन्दा बढी समय बिताएको उसलाई सम्झना छैन । त्यही भएर होला ऊसँग मिल्नेसाथीहरू पनि खासै छैनन् । यसो हेलो हाइका मात्र साथीहरू भए ।

कक्षा नौमा पढ्दै गर्दा समर जबका रूपमा यही बेकरीमा उसले पहिलो काम सुरु गरेको थियो । त्यसताका हातले नै बेकरीको पिठो मुच्छेर डोहरू बनाउनु पर्दथ्यो । धेरै शारीरिक परिश्रम पर्ने भएकाले काम गर्ने मानिसहरू दीर्घकाल टिक्न सक्दैन थिए । सानैदेखि काम गरेको हट्टाकट्टा भएको हुनाले आलेकजेन्डरलाई काममा खासै कठिन भएन । नियमित काम हुने भएकाले बाबुआमाले पनि पढाइतिर भन्दा बेकरीतिर नै ध्यान दिन लगाए । आखिर पढेर पनि काम गर्ने हो । कामलाई नै निरन्तरता दिनु भन्ने उनीहरूको सल्लाह हुन्थ्यो । उसले यो भन्दा अरू काम पनि जानेको छैन । उसका बाआमा हुन्जेल त केल्टिक नृत्य ट्याप नृत्य व्यागपाइप परेड आदिमा कहिलेकाँही जाने गरेको थियो । अहिले त उसलाई स्कटल्यान्डका बारेमा कसैले सोधे भने केही थाहा छैन । उसले मातृभूमिलाई सम्झने भनेको यही स्कच पिउँदा मात्र हो । उसलाई यो ग्रान्डस स्कच पिएर भए पनि मातृभूमिप्रति सम्मान गरे झैं लाग्दछ ।

उसलाई आफूले पढ्न नपाएकोमा पनि गुनासो छैन । उसले आफू बेकरीमै काम गरेर भए पनि छोरो एड र छोरी बोनीलाई राम्रै पढायो । भनौँ पढ्ने राम्रो अवसर जुटायो । उसका बाआमाले पनि छोराछोरी पढाउन धेरै सहयोग गरेका थिए । अहिले एड मेडिकल डक्टर छ । छोरी बोनी रिसर्च सेन्टरकी वैज्ञानिक छ तर उनीहरूलाई आलेक्स आफूभन्दा दुखी देख्छ । आफूलाई काम पर्दा काममा जान सकिनँ भन्न पनि पाईंदैन । छोराले त राम्रोसँग सुत्न पनि पाउँदैन । कतिखेर कुन अस्पतालबाट फोन आउने हो । त्राहिमाम भएर उसको दिन बित्ने गर्दछ । कहिले आधा खाएको खाना छोडेर हिंड्दछ । कहिले परिवारसँग रमाएर कुरा गरिराखेको बेला फोन बज्छ र लु जानुपर्छ भन्दै हिँड्छ । छोरी पनि ल्याबमा के के गर्छे । कहिले त राती भएको पनि थाहा नपाई काम गर्छे । कहिले सरकारले सबै बजेट काट्छ र बैज्ञानिकहरू बेरोजगार हुन्छन् । सानोतिनो काम गरेर बसौंन त भन्दा पनि वैज्ञानिक भन्छन् । आखिर उनीहरूलाई त्यति धेरै पढेर पनि पब्लिक सर्भेन्ट भन्छन् ।

जनताले कर तिरेको पैसाले जागिर खाएको भएर जनताका नोकर भनेको होला । बरु मेरो मालिक त कार्लोस मात्रै छ । मन लागेन भने १५ दिन काममा जान्न । बजेट काटिएला र जागिर सकिएला भन्ने पनि छैन । तेत्रो पढेका छोराछोरी भन्दा त हाई स्कुल मात्र पढेको मेरो मालिक कार्लोसलाई नै आनन्द छ । कहिले दुई महिना पोर्चुगल गएर बस्छ । ठाउँ ठाउँमा घर जग्गा किनेको छ । अरूलाई जागिर दिएको छ । कहिले जागिर सकिएला, कहिले सरुवा होला जस्ता चिन्तामा पनि जल्नु पर्दैन । आफ्ना छोराछोरीको चाहिँ जति पढे पनि अरूको सहारामा बाँच्नु पर्ने जिन्दगी भन्दै फेरि एक घुट्को ह्विस्की चढाउँछ । छोराछोरी पढाएँ भनेर आफूलाई पनि कति खुसी लाग्थ्यो । आखिर मैले त सरकारलाई कामदार पो उत्पादन गरिदिएँछु । मालिक बन्न सिकाइन छु । पढाएर नोकर पो बन्न सिकाएँछु भन्दै कुखुराको साप्रो टोक्छ र हा हा हा गरेर हाँस्छ ।

पख मेरो चिठ्ठा पर्न मात्र त दे । म दुबै छोराछोरीलाई मालिक बनाउँछु । ऊ सरकारसँग पनि रिसाउँछ । मेरा छोराछोरीलाई अरूलाई काम लगाएर रेखदेख गर्ने मालिक बनाउँछु ।

हरेक शनिवार फुर्ती साथ धेरै धेरै सपनाहरू लिएर लट्रीको टिकट जाँच्ने ठाउँमा पुग्छ । कहिले क्रुजमा हवाइ, बहमास पुग्दछ । कहिले ऊ जन्मिएको स्कटल्याड र अरू युरोपियन देशहरू घुम्दछ । कहिले ब्रम्हाण्डकै अग्लो ठाउँ सगरमाथा छुन पुग्छ । हरेक दिन कामको अन्तिम दिन गन्दै कामबाट फर्कन्छ र चिठ्ठाको नम्बर पढ्छ । शुक्रबार सम्ममा पुरै नम्बर आउँदो भइसक्छ । बर्सौं भइसक्यो यो क्रम चलेको । अझै पनि टिकट जाँच्ने मेसिनले उसको नम्बर पढेर लामो विजय धुुन बजाएको छैन । सायद कार्लोसका दिनहरू बलिया भएर होला । आलेक्सलाई चिठ्ठा परेको छैन । ऊ निरन्तर चिठ्ठा काटि नै रहेको छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
सुरेन उप्रेती
सुरेन उप्रेती
Post Views: 559
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

युद्ध

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.