SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपालविद्याका संरक्षक एवम् संवर्द्धक डा. महेशराज पन्त
जीवनी

नेपालविद्याका संरक्षक एवम् संवर्द्धक डा. महेशराज पन्त

डा. रमेश शुभेच्छुBy Sahitya SagarNovember 30, 2022No Comments20 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

रमेश शुभेच्छुले विविध विधामा कलम चलाउँदै आएका छन् । उनका विभिन्न विधामध्ये एउटा विशेष विधा जीवनी व्यक्तित्वको अन्वेषण हो । उनी जीवनी सिर्जना र समीक्षा दुवै क्षेत्रमा सैद्धान्तिक र व्यवहारिक कोणबाट कलम चलाइरहेका छन् । साहित्यसागरका प्रस्तुत शृङ्खलामा उनको महेशराज पन्तको जीवनी व्यक्तित्वलाई समेटेको लघु जीवनी समेटिएको छ ।

-सम्पा.

विषय प्रवेश
महेशराज पन्त (२००१) नेपाली बौद्धिक धरहराहरूमध्ये छुटाउनै नहुने धरहरा हुन् । नेपालको इतिहास र ज्ञान परम्परामा उनका जति आधिकारिक पुस्तक र पत्रिका कसैले लेखन, सम्पादन र प्रकाशन गरेका छैनन् । उनी बहुभाषाका सामथ्र्यका साथै विशिष्ट अन्वेषणमूलक लेखनको दखल राख्छन् । उनी महत्त्वपूर्ण काम गरेर पनि कति पनि प्रचारमा छैनन् । हाम्रा प्राचीन ऋषिहरू जस्तै घरका पुस्तकालयहरूमा हराएर लेखिरहेका छन् । उनलाई चिनेर भेट्न बुझ्न जानेलाई भनिरहेका छन् र उनका पितादेखि सुरु भएको अनौपचारिक बौद्धिक परम्परालाई बचाइराखेका छन् । नेपाली बौद्धिक जगत्मा उनकाबारे केही लेख्न भने उनैलाई सन्दर्भ बनाउनु पर्ने बाध्यता छ । यहाँ पन्त र उनकै भाइ प्राज्ञ दिनेशराज पन्तलाई सन्दर्भ बनाई महेशराज पन्तका बारेमा सामान्य आलेख बनाउने प्रयास गरिएको छ ।

विस्तार
महेशराज पन्त नेपाली इतिहास र वाङमयकै पनि आधुनिक ऋषि हुन् । यो ऋषि पदको उपाधि पन्तलाई दिनुको खास अर्थ छ । उनी लामो समयदेखि निस्काम वाङ्मयमा समर्पित छन् । उनी प्रचार भन्दा पनि काममा छन् । उनका विषयमा लेख्न र बुझ्न पनि त्यति सजिलो छैन । उनी आफैमा अन्तरमुखी र आफूलाई भन्दा इतिहास र वाङ्मयलाई महत्त्व दिने विशिष्ट विद्वान् व्यक्तित्व हुन् । उनका विषयमा अहिलेसम्म नेपाली भाषामा निस्किएका लेखककोशहरू पनि मौन छन् । लेखक कलाकार कोश पनि मौन छन् । विकिपिडियाहरू पनि मौन छन् । उनको आवश्यकता हुनुपर्ने संस्थाका प्रकाशन पनि मौन छन् । ती कोश र संस्था मौन भएर उनलाई केही फरक फरेको छैन । वास्तविकताको खोजी गर्ने हो भने उनले जति नेपालका विषयमा कसैले लेखेका छैनन् । उनले जति इतिहास कसैले केलाएका छैनन् । उनले जति इतिहासका पिँधका विषयलाई सतहमा ल्याउने काम कमैले गरेका छन् । उनले जति आधिकारिक कलम कसैले चलाएका छैनन् ।

महेशराज पन्त अहिले ८० वर्षको उमेरमा हिँड्दै छन् । उनी उमेरले पाका भए पनि उनको भषासाहित्य प्रेम र समर्पण युवा उर्जामा देखिन्छ । उनी निरन्तर अखबारी लेखन पनि गरिरहेका छन् र ग्रन्थन पनि गरिरहेका छन् । आफ्नो गुरुकुलमा शिष्यहरूको विकास पनि गरिरहेका छन् र आधुनिक प्राचीन सबै ज्ञानका स्रोतलाई आफ्ना ज्ञानका भण्डारमा थपिररहेका र त्यसको विस्तार गरिरहेका छन् । निरन्तर पूर्णिमा पत्रिकाको सम्पादन पनि गरिरहेका छन् ।

महेशराज पन्तको जन्म काठमाडौँको ओटु समलवहालमा २००१ साल भद्र ४ मा भएको हो । उनी विद्वान् पिता प्राज्ञ नयराज पन्त र माता बुधकुमारी पन्तका सुपुत्रका रूपमा जन्मिएका थिए । उनको बालयकाल संयुक्त परिवारिक परिवेशमा बित्यो । उनी जन्मेहुर्केको परिवार बुबाको मामा, ठूलाबासहितको ठुलो परिवार थियो । उनको बाल्यकाल त्यही ठुलो परिवारका अनेक सदस्यको माया र छत्रछायामा बित्यो । पिताकै गुरुकुलमा पढ्दै, दुई दिदी, एक भाइ र एक बहिनीसँग खेल्दै बित्यो । उनी आफ्ना पिताको बौद्धिकता र विद्वत् जीवनवृत्तिबाटै प्रवाहित भएर आफूलाई पनि सम्बन्धित क्षेत्रमा लगाउँदै अन्तत: समर्पित बन्न सफल भए ।

पन्तको आजको बौद्धिक व्यक्तित्व निर्माणको लामो पृष्ठभूमि छ । उनका पिता पुर्खाको ज्ञानपरम्परा निकै लामो छ । पन्तका हजुरबा नै रानीपोखरी पाठशालाका व्याकरणका अध्यापक थिए । उनको नाम पं कृष्णदत्त पन्त हो । उनका हजुरबा भन्दा अघिल्लो पुस्ताका पुर्खाहरू पनि कुनै न कुनै रूपले दरबार नजिक र बाहिर रहेर पनि पाण्डित्य र अन्य बौद्धिक गतिविधिमा संलग्न थिए । त्यस पृष्ठभूमिले उनको कर्म र जीवनको यस बौद्धिक सफलतामा लामो पृष्ठभूमिगत उर्जा रहेको देखिन्छ ।

पन्तका हजुरबा संस्कृत पाठशालाका व्यकरणका अध्यापक थिए । ती विद्वान् हजुरबाको ज्ञान गङ्गा प्रत्यक्ष रूपमा भने पन्तलाई प्राप्त भएन । उनका पिता डेढ वर्षको हुँदाहुँदै हजुरबाको निधन भइसकेको थियो । तर उनको ज्ञानगङ्गाको सिञ्चन भने पन्तका जराभरि देखिन्छ । उनका पिता नयराज पन्तले आफ्ना पितापुर्खाको गुरुकुल परम्परालाई आफ्नै घरमा विकास गरे । उनले आफ्नो बलबुताले भ्याएसम्म विद्वताको खोजी र निर्माण गरे । उनको त्यस प्राज्ञिक उचाइको छाया महेशराज पन्तमा पर्यो ।

काठमाडौँको सम्पन्न परिवारमै जन्मिए पनि पन्तको जीवन त्यति सजिलो थिएन । उनकी माताको ३९ वर्षकै उमेरमा स्वर्गे भयो । पन्त त्यतिबेला जम्मा दश वर्षका थिए । उनका भइ दिनेशराज पन्त पाँच वर्ष र बहिनी अमिता जम्मा अठ्ठाइस दिनकी थिइन् । दिदी अम्बिका र धन (पाण्डे) केही ठुला मात्र थिए । त्यसपछिको जीवन पिताकै सानिध्य र रेखदेखमा अगाडि बढ्यो । हजुरआमा र अरूका रेखदेखमा चल्यो । पन्तका पिताको विधुरव्रती सन्तान प्रेम र विद्या प्रेमले पन्तको जीवन यात्रालाई विद्यामय बनाइदियो । बहुविवाहको जगजगी रहेको त्यस समयमा पन्तले विधुरव्रतमा रही आफ्नो र सन्ततिको चेतना विस्तारमा समय खर्च गरे । पिताको त्यस समर्पणले पनि पन्तलाई निरन्तर बौद्धिक कर्ममा समर्पित रहिरहन सघायो ।

प्रत्यक्ष रूपमा देख्दा महेशराज पन्तले दुई सय अधिक लेख प्रकाशन गरिसकेका छन् । उनले झन्डै दर्जन कृति प्रकाशन गरेका छन् । ती कृतिबाट जेजति सामग्री बाहिर ल्याएका छन्, त्योभन्दा बढी सामग्री प्रकाशनको पर्खाइमा रहेका छन् । अन्तर्वार्ताबाट त्यति नै र अझ बढी रामग्री कार्ययोजनामा रहेको बुझिन्छ । यस्ता विशिष्ट व्यक्तित्वलाई चिनाउनु, जीवनीको पाटो उठाउनु, व्यक्तित्व वा कृतित्वको पक्ष छुनु मात्र पनि कठिन छ । यहाँ पन्तका जीवनी र कृतित्वका किनारै किनार हिँड्ने प्रयत्न मात्र गरिएको छ ।

तिन वर्षअघि २०७५ सालमा खेमलाल हरिकला प्रतिष्ठानबाट प्रदान गरिने पद्यमश्री साधना सम्मानबाट महेशराज पन्त सम्मानित भए । उनी त्यस सम्मानबाट सम्मानित भएपछि उनको समग्र वाड्मयिक योगदानको केही मात्र भए पनि कदर भएको अनुभव नेपाली बौद्धिक एवम् वाङ्मयिक जगत्ले गर्यो । त्यो एक ज्यक्तित्वको सम्मान नभई नेपाली बौद्धिक क्षेत्र र विद्वत् परम्पराको सम्मान थियो । २०७७ सालमा नेपाल प्रज्ञाप्रतिष्ठानले मानार्थ प्राज्ञ बनायो । नेपाल प्रज्ञाप्रतिष्ठानको इतिहासमा उनको नाम जोडिनुलाई नेपाली बौद्धिक जगत्ले आदरपूर्वक हेरेको छ । पन्तलाई मानार्थ प्राज्ञ नियुक्त गरेसँगै नेपालका प्राज्ञिक इतिहासमा पिता र दुवै पुत्रहरू प्राज्ञ भएको प्राज्ञिक परिवारका रूपमा पनि पन्तको परिवार स्थापित बनेको छ । वास्तवमै यस परिवारका सदस्यहरूको प्राज्ञिक मोह र योगदान औलामा गन्न सकिने प्राज्ञहरूका योगदानसँग तुल्य रहेको छ ।

महेशराज पन्त पिता र आफ्ना अनुज दिनेशराज पन्त भन्दा बढी आधुनिक पाश्चात्य ज्ञान विज्ञानका क्षेत्रसँग पनि परिचित छन् । उनले औपचारिक रूपमा विद्यावारिधि उपाधि पनि लिएका छन् । उनलाई नेपाल सरकारले पनि पछिल्लो समयमा आएर चिनेको छ २०७८ फागुन महिनादेखि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास र पुरातत्त्व विषयको विज्ञका रूपमा नियुक्त गरेकी छन् । उनलाई राज्यमन्त्रीसरहको सुविधा प्रदान गरिएको छ । यो नियुक्तिलाई नेपाली प्राज्ञिक जगत्ले गौरबका रूपमा लिएको छ । पन्तको निरन्तरको समर्पणले जीवनका उत्तराद्र्धमा आएर सही जिम्मेवारी पाएको बोध हुन्छ ।

महेशराज पन्तको परिवार नेपाली बौद्धिक घरानाको परिवार हो । पन्तका हजुरबा, बा र पन्त बन्धु (प्राज्ञ द्वय महेशराज र दिनेशराज) पुस्तासम्म त्यो बौद्धिक घराना निरन्तर आरोहणशील बन्दै आएको छ । त्यसपछिको पुस्ता विषयान्तरमा रहे पनि बौद्धिक बाटोमा निरन्तर लम्किइरहेको छ । नेपाली समाजले आफ्ना अभिभावकको आर्थिक जेथो मात्र अंश पाउने सम्पत्ति मानिरहेका बेला पन्तले भने पिताको बौद्धिक जेथोलाई नै अंश मानी त्यसको संरक्षण र विकासमा निरन्तर लागिरहेका छन् ।

पन्तका परिवारमा अहिले पन्त र उनकी पत्नीबाहेक सहयोगीहरू मात्र छन् । अहिले पनि पन्त बिहान ४ बजे उठिसक्छन् । परम्परादेखि गायत्री अनुष्ठानबाहेक अरू योगध्यान गर्ने गरेका छैनन् । उनले गायत्री अनुष्ठानलाई नै शरीरमा उर्जा ल्याउने अनुष्ठान मानेका छन् । कोरोनापछि बाहिर जान कम भएको छ । उनी बिहान देखि बेलुका छ :०० बजेसम्म लेखपढमै लगिरहन्छन् । विश्राम पनि कम मात्र लिन्छन् । प्राय १० बजे सुत्छछन् । यस्ता बौद्धिक पिताका सन्तान कहाँ छन् र के गरिरहेका छन् भन्ने जिज्ञासा लाग्नु स्वााविकै हो । उनका एक छोरा दुई छोरी सबै नेपाल बाहिर छन् । छोरा मेधावी इलेक्ट्रेनिक्स र कम्प्युटर इन्जिनियर हुन् । उनी जर्मनी बस्छन् । छोरी मनिषा साहित्य पढेकी व्यक्ति हुन् क्यानडाका स्कलुमा पढाउँछिन्े । अर्की छोरी मिमांसा पनि सिभिल इन्जिनियर हुन् ।

अहिलेसम्मको पारिवारिक वृत्त र शिष्य परम्परालाई हेर्दा महेशराज पन्तका भाइ दिनेशराज नै उनका विषयक्षेत्रका उत्तराधिकार हुन सक्छन् । दिनेशराजपछि पारिवारिक विरासत तेस्रो पुस्तामा नदेखिए पनि कुनै मानस सन्ततिले उनको बिँडो थाम्न सक्लान् । यो विश्वकै ऋषितुल्य साधकहरूको साझा समस्या र समाधान पनि हो । उनका सङ्कलनमा रहेका सामग्रीहरू नेपालका राष्ट्रिय पुस्तकालय र विश्वविद्यालयका पुस्तकालयमा पनि अनुपलब्ध रहेको पक्ष स्मरणीय छ । उनले आफ्नो घरलाई नै ठुलो पुस्तकालय र विशेष सङ्ग्रहालयका रूपमा विकास गरेका छन् । यसरी आफ्नो सम्पूर्ण जीवनका साथै काठमाडौँको मुटुमा रहेको भाडा लाग्ने घरलाई पनि ज्ञान र चेतनाकै पक्षमा समर्पण गर्नु पन्तको ठुलो समर्पण एवम् ऋषि कर्म हो ।

पन्त जस्ता विद्वान् आजका पत्रपत्रिकामा नपढिनु, विकिपिडियामा नभेटिनु, छ्याप्छ्याप्ती रहेका रेडियो र टेलिभिजनमा नसुनिनु र नदेखिनु, कान्छो सञ्चार माध्यम अनलाइनमा नदेखिनुमा नेपाली समाजको विज्ञापनमुखी चरित्र नै मूल कारक पक्ष हो । यसबाहेक पन्तकै चरित्रसापेक्ष केही कारणहरू छन् । पन्तका आफ्नै केही निजी स्वभाव छन् । ती स्वभाव उनले कतिपय आफ्ना पिताबाट लिएका हुन् भने कतिपय आफै निर्माण गरेका हुन् । आजको दुनियाँ विज्ञापनको पछाडि दौडिएको छ । यस्तो दुनियाँमा पन्त भने कुनै पनि सार्वजनिक सभा समारोहमा सहभागी बन्दैनन् । उनका दृष्टिमा सार्वजनिक सभा समारोह र कार्यक्रमहरू हल्ला गर्ने ठाउँ मात्र हुन् । बौद्धिक व्यक्तित्व निर्माण गर्न लेखपढ गर्नुपर्छ ।

महेशराज पन्तसँग सामान्य व्यवहार भन्दा बौद्धिक सङ्गत गर्न सजिलो छ । त्यस्तो सङ्गत गर्न पनि सङ्गत गर्नेवालाको हैसियत पुग्नुपर्छ । त्यस्तो खास हैसियत भएका मानिसको अभावले पनि उनी कम चिनिए र कम पढिए सायद । आज कम पढिए पनि पन्तले अगाडि सारेका विचार र चेतनाहरू शताब्दी शताब्दीपछिका लागि उपयोगी हुने देखिन्छ । नेपालको विद्वत् परम्पराका लागि मार्गदर्शक बन्ने देखिन्छ ।

पन्तका अनुसार बौद्धिकता हल्लामा होइन काममा, अनुशन्धानमा र साधनामा हुन्छ । यस चिन्तनलाई पन्तले आफ्ना जीवनशैली र व्यवहारमा निकै सशक्त रूपले उजागर गरेका छन् । उनी हल्ला, विमोचन, अन्तक्रिया, परिचर्चा, पत्रकार सम्मेलन आदिमा विश्वास गर्दैनन् । यहाँसम्म कि उनी प्रकाशकले आयोजना गरेको आफ्नै पुस्तकको विमोचनमा पनि उपस्थित हुँदैनन् । उनको तन, मन र धन सबै नेपाली इतिहास र वाङ्मयको अन्वेषणमा समर्पित छ ।

पन्त जति विद्वान् छन् त्यति सरल पनि छन् । आज उनलाई भेट्न चाहने अन्वेषक, अध्येता ज्ञानपिपासु सुधी पाठकले सजिलै भेट्न सक्छ । उनको ज्ञान विज्ञानको प्रेमलाई बुझ्न सक्छ । उनीसँग फोनमा नजानेकोे नबुझेको सोध्न सक्छ । उनको निजी प्रयासमा काठमाडौंको डल्लुस्थित आफ्नै घरमा साढे चार तले पुस्तकालय व्यवस्थित ढंगले सञ्चालित छ । त्यो पुस्तकालय व्यवस्थापनका लागि निजी श्रोतबाट केही कर्मचारी पनि व्यवस्था गरिएको छ । पुस्तकालय सञ्चालनका लागि मासिक ६५ हजार जति खर्च लाग्छ । त्यो खर्च पनि पन्तले आफूले पसिना बगाएका विदेशी विश्वविद्यालयको निवृत्तिभरणबाट चलाउँदै आएका छन् । त्यस पुस्तकालयमा १५००० अधिक पुस्तकहरू, महत्वपूर्ण चिठीपत्रजन्य अभिलेखहरू, अनेक पाण्डुलिपि, पुराना पुराना महत्वपूर्ण ऐतिहासिक सामग्री आदि सुरक्षित छन् । उनको पुस्तकालयमा भएका सामग्री विश्वविद्यालयको पुस्तकालयमा भन्दा छिटो भेट्टाउन सकिन्छ । उनकै पुस्तकालयको अध्ययनबाट विद्यावारिधि उपाधि लिनेहरू पनि थुप्रै छन् । उनको पुस्तकालय र कम्प्युटरमा नियमित चार जना कर्मचारी सक्रिय देखिन्छन् । उनको पुस्तकालय अवलोकन गर्दा लाग्छ, एउटा व्यक्तिले यति गर्न सक्छ भने सरकारले गर्न खोजे कति सक्थ्यो होला ? पछिल्लो समय पन्त राष्ट्रपति कार्यलयका विज्ञमा नियुक्त भएसँगै उनीभित्रको यो बौद्धिक चेतना राष्ट्रमा पनि सञ्चार हुने सम्भावना छ । त्यसो भयो भने पन्तको र पन्तपरिवारको वौद्धिक चेतना यो देशका लागि अपूर्व प्राप्ति हुने छ ।

महेशराज पन्तको पुस्तकालयमा पुग्दा हामी जस्ता नयाँ पुस्ताका मनमा लागेको कुरो राज्यमा बस्ने मान्छेले सोच्न भ्याएका छैनन् । पन्तको जीवन दर्शन निस्काम कर्म र वाड्मय सेवा हो । अहिले पनि उनी १७३१ सालको प्रताप मल्लका पालाको हनुमानढोकाका अभिलेख विषयक पुस्तक तयार पारिरहेका छन् । उनका यस्ता पुस्तकका थुप्रै पाण्डुलिपि प्रकाशकको पर्खाइमा छन् । उनले आफ्ना पिताका पाण्डुलिपिलाई सम्पादन गरेर बाहिर ल्याउने क्रमलाई पनि जारी राखेका छन् । फरक प्रसङ्गमा उनका भाइ प्राज्ञ निदेशराज पन्तले भनेका छन्, पिताजीका प्रकाशित सामग्री मैले संरक्षण गरेको छु । अप्रकाशित सामग्री दाइले संरक्षण गर्नुभएको छ । वास्तवमा पन्तको समर्पण र त्याग नै ज्ञान आर्जनको मूल रणनीति हो । धन कमाउन म्यानेजरहरूले र कर्मचारीहरूले सघाउन सक्छन्, साखा डिलर र आउटलेटहरूले सघाउँछन् तर ज्ञान आर्जन गर्न एक्लै लाग्नुपर्छ । यो एक्लै र आफै लाग्नुपर्छ भन्ने कुरालाई पन्तले राम्ररी बुझेका छन् र निरन्तर लागिरहेका छन् । ज्ञान भन्दा सम्पत्ति र अन्य शक्तिलाई महान् ठान्ने हाम्रो जस्तो पछौटे समाजमा पन्त जस्ता ज्ञानगङ्गा पाउनु नेपाली जातिकै लागि गौरवको विषय हो ।

पन्त नेपाली इतिहासका साझा ज्ञानकोश हुन् । यो कोशलाई केही वर्ष अघिसम्म राज्यका जिम्मेवार निकायले नपल्टाइकनै काम चलाइरहेझैँ लाग्थ्यो । राज्यका आधिकारिक संस्थका विज्ञहरूले देख्दै नदेखेझैँ लाग्थ्यो । उनी मानार्थ प्राज्ञ र राष्ट्रपतिको विज्ञसल्लाहकार नियुक्त भएसँगै त्यो भ्रम चिरिएको छ । यस राज्यलाई पनि बौीद्धक व्यक्तित्वहरूको खाँचो छ भन्ने देखिएको छ । पन्तले इतिहासका गर्भमा रहेका र प्रकाशनको उज्यालो पर्खिरहेका सामग्रीको खोज अन्वेषणमा समय विताइरहेका छन् । यस्ता विशिष्ट विद्वान् व्यक्तित्वका अभिप्रेरक पक्ष अनेक छन् तर उनको मूल अभिप्रेरणा उनकै पिता हुन् । आजको भाषामा उनका मूल रोलमोडल पात्र उनकै पिता हुन् । पन्त र पन्त परिवारबाट पैतृक सम्पत्ति मात्र होइन ज्ञान पनि सन्ततिले पाउन र बढाउन सक्छ भन्ने बोध गर्न सकिन्छ ।

पन्तको वौद्धिक घराना विशेष उनकै पिता नयराज पन्तका प्रयत्नमा निर्माण भएको हो । प्रा.डा पन्तका पिता नयराज पन्त नेपाली भाषा प्रकाशिनी समितिको सदस्यका रूपमा र नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञका रूपमा वाड्मय सेवा गरेका पुराना विद्वान् हुन् । उनले २००९ सालमा इतिहासका क्षेत्रमा र समग्र वाङ्मयकै क्षेत्रमा रहेका त्रुटि निवारण गर्ने उद्देश्यले संशोधन मण्डलको स्थापना गरेका थिए । त्यसपछि उनी अरू क्षेत्र छोडेर निरन्तर त्यही संस्थामा लागिरहे । पन्तले स्थापना गरेको संशोधन मण्डलले नेपालको इतिहासका धेरै तथ्यहरू खोजेर बाहिर ल्याएको छ । यस मण्डलले पन्त पाठशाला नै चलाएर इतिहासका नयाँ विद्यार्थी तयार पार्ने गुरुकुल पनि निर्माण गरेको थियो । पन्तले योग्य शिष्य शृङ्खला तयार पार्नका साथै नेपाली पात्रोलाई आकाशमा देखिने वास्तविक ग्रह स्थितिअनुसार शुद्ध पार्ने योजना बनाएर तत्कालीन सरकारसमक्ष प्रस्तुत गरेका थिए । सरकारमा उनको विद्वतालाई बुझ्न सक्ने शासक नभएकाले त्यो योजना त्यत्तिकै रह्यो । उनका इतिहास विषयक झन्डै दुई दर्जन कृति प्रकाशित छन् । उनका ज्योतिष विषयक कृतिहरू पनि दर्जन हाराहारीमै प्रकाशित छन् । उनी इतिहास र ज्योतिष मात्र नभई संस्कृत वाड्मयका पनि विशिष्ट विद्वान् थिए । उनले लिच्छवि संवत्को निर्णय नामक ग्रन्थका लागि मदन पुरस्कार (ं२०४३) प्राप्त गरेका थिए । उनको सम्मान स्वरूप २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधि (डीलिट) उपाधि प्रदान गरिएको थियो । उनलाई दिएको त्यस उपाधिको आज पनि श्रद्धापूर्वक स्मरण गरिन्छ ।

महेशराज पन्तका पिता नयराज पन्त नेपाली विद्वत् परम्परामा असाध्यै सचेत विद्वान् थिए । बनारसमा पढ्दाताका नै गुरुले गरेको गल्ती पनि देख्ने बनिसकेका थिए । उनले वनारस गएर मूल विषय ज्योतिष पढेका थिए । भारतको बनारसमा पढेका बेला त्यहाँका नेताहरूमा विद्या कमजोर भएको ठानेर उनले राजनीतिलाई अन्धनीतिका रूपमा बुझे । उनी पछिसम्मै राजनीतिलाई गोप्य मतदानको विषय मान्थे । १०० मा ३३ ल्याएर पास हुने मान्छे अङ्ग्रेजहरूको दासका लागि तयार पारेको जनशक्तिका रूपमा लिन्थे । त्यसपछि उनले नेपाल फर्किएर महत्त्वपूर्ण कृतिहरू आफै पढाउन थाले । उनको पढाउने पद्धति भनेको ग्रन्थ कण्ठस्थ र अनुशन्धान थियो । उनको निधन २०५९ साल कात्तिक १८ गते भएको थियो । उनको अवसानलाई विशिष्ट ज्ञान गङ्गाकै अवसानका रूपमा लिइन्छ । त्यस परम्पराको अर्को धुरी र निरन्तरताका रूपमा महेशराज पन्त नेपाली वौद्धिक जगत्मा उभिइरहेका छन् ।

समयसापेक्ष विद्वान् एवम् कर्मवीर महान पिता नयराज पन्तका सुपुत्र महेशराज पन्तले आफूलाई निरन्तर पिताजीकै वाङ्मयिक सामथ्र्यमा डोहोर्याइरहे । पिताका परिकल्पनाको प्राज्ञिक मन्दिर संसोधन मण्डललाई निरन्तरता दिई नेपालको गरिमामय पुरस्कार जगदम्बाश्री पुरस्कार दिलाए । समय क्रममा त्यही संस्थाका कर्म र निजी कर्मवापत पद्मश्री पुरस्कार पाउन सफल भए । नेपाल प्रज्ञाप्रतिष्ठानको मानार्थ प्राज्ञ र राष्ट्रपतिको विज्ञ नियुक्त पनि भएका छन् । उनले ‘संस्कृत लेक्सिको ग्राफी’ विषयमा जातरूपज कमेन्ट्री अन द अमर कोश शीर्षकमा जर्मनीको ह्यामबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्  । उनी नेपालको इतिहास र सिङ्गो नेपाल विद्याका लागि सबभन्दा आधिकारिक व्यक्ति मानिन्छन् ।

पन्त नेपालको इतिहासमा सबैभन्दा समथ्र्यवान स्वतन्त्र प्राज्ञ हुन् । उनले विश्वचर्चित किल युनिभर्सिटी, लाइबजीव युनिभर्सिटीमा प्राध्यापन र अनुशन्धान गरे । निवृत्त जीवनमा उनी फ्रान्स र जर्मनीका आफूले विद्वत् कर्म गरेका दुई वटा विश्वविद्यालयको निवृत्तिभरण नेपालमै बसेर लिइरहेका छन् । उनको नेपाल फिर्ती र समर्पणले उनको देशभक्ति चेतनालाई पनि बुझ्न सकिन्छ । उनकै पिताका प्रेरणाका रूपमा पनि लिन सकिन्छ ।

पन्त पिताका विद्यालयदेखि उठेर लेख्दै पढ्दै जर्मनी र फ्रान्सका विश्वविद्यालयका प्राध्यापक थिए । हामी कल्पना पनि गर्न सक्तैनौँ कोही जर्मनी र फ्रान्स जस्ता मुलुकको विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापक नेपाल फर्किन्छ भनेर । पन्त ती मुलुकका सबै सुविधा छोडेर नेपाल फर्किए । उनले आफ्नो जीवन अफ्नै भाषा र इतिहासको सेवामा समर्पित गर्ने निर्णय गरे । ती मुलुकमा ६५ वर्षको उमेरसम्म जागिरे जीवन बिताउन पाउने सानदार जागिरे जीवनलाई उनले ५९ वर्षको उमेरमा त्यत्तिकै छोडेर नेपाल आए । सबै सुविधा र आर्थिक मोह छोडेर मातृभषा र मातृभूमिको सेवामा समर्पित बने । त्यो समर्पणको अर्को नाम आज प्रतिष्ठित प्राज्ञ महेशराज पन्त बनेको छ ।

पन्तको बौद्धिकताका परिचायक पक्ष उनका लेख र कृतिहरू नै हुन् । उनका कृतिहरू जातरूपज कमेन्ट्री अन द अमर कोश, अन संस्कृत एजुकेसन, नेपाल संवत्को राष्ट्रिय मान्यताको अनौचित्य, नयराज पन्तलाई चिनाउनको लागि, नयराज पन्तको दृष्टिमा श्री ३ जङ्गबहादुर राणा, को हुन् त नयराज पन्त ? नयराज पन्तको दृष्टिमा श्री ५ पृथ्वीनारायण शाह, जनैपूर्णिमादेखि रानीपोखरी सम्म, इनेप्त पिसिमिन ? ह्वाट इज अंशुवर्मन राइट ? रिटेरिक अर ग्रामर जस्ता मैलिक ग्रन्थ हुन् । उनका यी कृतिहरू सम्बन्धित क्षेत्रका आधिकारिक कृति मानिन्छन् । उनका पछिल्ला तीन वटा कृति त पिताजी नयराज पन्तकै जीवन र कर्ममा आधारित छन् । पन्तले केही काम संयुक्त रूपमा पनि गरेका छन् । द टु अर्लिएस्ट कपर प्लेट इन्सक्रिप्सन फ्रम नेपाल, एडमिनेस्टे्रटिभ डकुमेन्टस अफ द शाह डाइनेस्टी अनसरमिङ मुस्ताङ एन्ड इट्स पेरिफेरी पन्तको सहलेखनमा तयार भएका कृतिहरू हुन् । यी कृतिहरूका सहलेखक क्रमश: ऐश्वर्यराज शर्मा र फिलिप पियर्स हुन् ।

पन्त बहुभाषिक विद्वान् व्यक्तित्व हुन् । उनी नेपाली, संस्कृत, अंग्रेजी र हिन्दीमा लेख्न–पढ्न सक्ने भाष्कि सामथ्र्य राख्छन् । उनी यी भाषा मात्र होइन यी भाषालगायत प्राकृत, नेवारी, जर्मन, फ्रेन्च, मराठी, बङगाली जस्ता भषा पनि सहजै पढ्न सक्छन् । अभिलेखीय भाषा अध्ययनका लागि उनी जति आधिकारिक अर्को व्यक्ति छैन । उनले आफ्ना कृति र लेखहरू लेखनको माध्यम भाषा भने नेपाली अंग्रेजी र संस्कृतलाई बनाउने गरेका छन् । उनका दुई सयभन्दा बढी गहन लेखहरू नेपाली र अङ्ग्रेजीमा प्रकाशित छन् । उनका सबै लेखहरू शोधलेखका रूपमा स्थापित छन् । उनका कृति र सामग्री प्रकाशनका लागि नेपाली भन्दा अन्तराष्ट्रिय पत्रिका र प्रकाशकहरूले चासो लिएको देखिन्छ । उनी इतिहासप्रधान त्रैमासिक पत्रिका ’पूर्णिमा’को उठानदेखिका सम्पादक पनि हुन् । यो पत्रिकालाई पन्त बन्धुहरू महेशराज र दिनेशराज पन्तले निरन्तरता दिइरहेका छन् । यसका करिब डेढ सय अङ्क प्रकाशनमा आइसकेका छन् । यो पत्रिकालाई नेपालको आधिकारिक विशिष्ट इतिहासप्रधान पत्रिका मानिन्छ ।

महेशराज पन्त भन्ने वित्तिकै संशोधन मण्डलको नाम जोडिएर आउँछ । यस संस्थाले नेपाली वाङ्मय क्षेत्रको सेवावापत जगदम्बाश्री पुरस्कार पायो । त्यो विशिष्ट पुरस्कार पाउँदा पनि पन्तले आफू मञ्चमा नचढी भाइ दिनेशराज पन्तलाई चढाएका थिए । त्यस पुरस्कार प्राप्तिको जस आफ्नै पितालाई दिएका थिए । त्यसबेला हलमा तातीको गडगडाहत छुटेको थियो । नेपालको इतिहासका प्राय: तथ्य बाहिर ल्याउने प्रवक्ता संस्थाका रूपमा यस संस्थाको शाख जीवन्त छ । नेपालको इतिहासमा आजसम्म जति तथ्य र प्रमाण बाहिरिएका छन् तिनमा ७५ प्रतिशत योगदान संशोधन मण्डलको छ भन्ने दावी पनि पन्तले गरेका छन् । नेपालको इतिहासका प्राचीन–मध्यकालीन र आधुनिक काल खण्डका अन्वेषकहरू प्राय: सबैजसो संशोधन मण्डलकै उत्पादन भएको तथ्य मध्यान्हको घामझैँ छर्लङ्ग छ ।

शंसोधन मण्डललाई पन्त परिवारको पाठशालाकै रूपमा पनि चलाउने र नयाँ पुस्तालाई इतिहासमा समेट्तै जाने योजना थियो । त्यो पाटोले भने निरन्तरता पाउन सकेन । पन्तले भने आफूलाई त्यही पाठशालको स्कलर ठानेका छन् । आज पन्त पाठशाला निरन्तरित नरहे पनि पन्तका सङ्गतबाट निर्मित शिष्य परम्परा जीवित छ । पन्त मार्गी बौद्धिक कर्म निरन्तरित छ ।

पन्त नेपालको इतिहासका विशिष्ठ विद्वान् हुन् तर उनी नेपालको राजनीतिक इतिहास मात्र लेखिएको र त्यसमा पनि पूर्णता नरहेको दावि गर्छन् । उनका अनुसार : ‘साँच्ची भन्ने हो भने राजनीतिक इतिहासमा पनि काम भएको छैन । काम केवल राजवंशको इतिहास (लिच्छवि, मल्ल, शाह वंश इत्यादि) मा मात्र भएको छ ।’ उनका अनुसार सर्वाङ्गीण इतिहास लेख्न शासकले आफ्नो कुरा प्रचार गर्न राखेका अभिलेख मात्र प्रयाप्त हुँदैनन् । उनी समग्र इतिहास लेखनका लागि प्राचीन कालदेखिका विभिन्न शास्त्रीय वाङ्मयको आलोडन गर्नुपर्छ । आजका इतिहासमा त्यो धैर्य ज्यादै कम मात्र छ । पन्तसँग रहेको इतिहाससंबद्ध ज्ञान अन्तर्वार्ता र अन्य विविध माध्यमबाट संरक्षण गर्न पनि ढिला गर्नु हुँदैन ।

वास्तविक इतिहास लेखनका लागि गरिने इतिहास चिन्तनमा पन्तको उक्त चिन्तन प्रयाप्त हुन सक्छ । पन्त नेपालको बौद्धिक जमातका कर्म र प्रचारप्रति सहमत देखिँदैनन् । उनका अनुसार यहाँ साधना भन्दा हल्लाका पछि लाग्ने विद्वान्हरू बढी छन् । स्वदेशी भन्दा विदेशी सन्दर्भलाई महत्त्व दिने बढी छन् । यसरी विदेशी सन्दर्भलाई महत्त्व दिने विद्वान्लाई उनले कतिपय लेख र अन्तर्वार्ताबाट निकै कटु आलोचना पनि गरेका छन् । ’नेपालका पब्लिक इन्टेलेक्चुअल’ शीर्षकको लेखमा उनले नेपालमा विदेशीको इसारामा नाच्नेलाई बौद्धिक भनिएको भनी कडा टिप्पणी गरेका छन् । उनले एक लेखमा नेपालका बौद्धिक व्यक्तित्वहरूलाई चार प्रकारमा वर्गीकरण गरी तिनका सीमा पनि तोकिदिएका छन् । ती चार प्रकारका विद्वान् हुन् : बन्दी, नागरक, घोषवृद्ध र सत्री । पन्तका अनुसार ती विद्वान्हरू हु्न् :

– बन्दी विद्वान् : राज्यको भाट अथवा चाकर विद्वान् ।

– नागरक विद्वान् : खानलाउन दु:ख नभएको विद्वान् । जो अनेकलाई भेला गराउँने, सेवक बटुल्ने, प्रचार गर्ने गर्छ ।

– घोषवृद्ध विद्वान् : उसलाई विश्वको ज्ञान केही हुँदैन, तर ऊ आफ्नो कुवाको व्याख्या यसरी गर्छ कि संसारमै पहिलो–ठूलो शान्त–सुन्दर भनेर आफ्नै वरिपरिको वर्णन गरेर बसिरहन्छ । यस्तो लेखक मेरो धर्म, मेरो संस्कृति, मेरो देश भनिरहन्छ । ऊ आफ्नो देश र प्रकृतिलाई संसारमा कहीँ नभएको सुन्दर, शान्त, विशाल भन्दै यसमै रमाइरहन्छ ।

– सत्री विद्वान् : आफ्नो विद्यालाई राजनीतिमा, शक्तिमा प्रयोग गर्ने लेखक या विद्वान् यस कोटीमा पर्छ ।

पन्तको यस वर्गीकरणमा नेपालमा वास्तविक विद्वान् र लेखकको अभाव देखिन्छ । जहाँसुकै आधिकारिक बौद्धिक व्यक्तित्वको अभाव देखिन्छ । उनका दृष्टिमा बौद्धिक भनेको त लाभ–हानिको ख्याल नगरी, सत्य र विवेकको धर्म कहिल्यै नछोड्ने निष्काम बुद्धिमान् व्यक्ति हो । उनी विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान र अन्य जिम्मेवार निकायहरूमा यस्ता विद्वान्को अभाव देख्छन् । नेपालका विश्वविद्यालयका नीतिनिर्माता पनि प्राय: उनीसँग बेखबर जस्तै छन् । उनी इतिहास, संस्कृति एवम् पुरातत्वको नयाँ पाठ्यक्रम निर्माण गरी यसलाई अगाडि बढाउन आवश्यक ठान्छन् ।

महेशराज पन्त नेपाल विद्याका आधिकारिक विद्वान् हुन् । उनले नेपाली बौद्धिक जमातप्रति केही आक्रोश र खिसी ट्युरी मात्र गरेका छैनन् त्यसका आधिकारिक प्रमाण पनि दिएका छन् । उनले आफ्ना प्राय लेखमा इतिहासमा नचाहिँदा कथा हाल्ने प्रवृत्तिको विरोध गरेका छन् । मिथकलाई मिथककै रूपमा रहन दिनुपर्नेमा मिथलाई इतिहास बनाइएका प्रति विरोध जनाएका छन् । लोककथा र मिथक इतिहास होइन भनेका छन् । हामीले मान्दै आएका राष्ट्रिय विभूतिप्रति पनि उनको विमती छ । विभूतिका नाममा ऐतिहासिक र प्रामाणिक तथ्यभन्दा धार्मिक र मिथकीय पात्र पुज्नु गलत हो भन्ने उनको बुझाइ छ । उनकाअनुसार लडाइँमा हार्ने अमरसिंह र बलभद्र विभूति भएर पुजिने तर लडाइँमा जित्ने पाल्पाका उजिरसिंह अथवा पूर्वका भक्तवीर इतिहासमै उल्लेख नहुने प्रवृत्ति नेपाली इतिहासमा छ । उनी यस्ता कतिपय पक्षको खुलेरै विरोध गर्दै आएका छन् ।

राष्ट्रिय विभूति र अविभूतिका विषयमा पन्तले आफ्नै पिताले २००७ मै लखेको लेखलाई आधार मानेर जङ्गबहादुरले गरेको जति अपराध त भीमसेनले पनि गरेको पक्षलाई दोहोर्याउँदै आएका छन् । दुवैले राजालाई थपना बनाएर शासन गरेको पन्तको ठहर छ । कसैको पक्ष नलिई इतिहास पढ्दा भीमसेनको पालामा मुलुक गुमाएको, जङ्गबहादुरको पालामा थपिएको पक्षलाई उनले महत्त्वसाथ उठाउँदै आएका छन् । आज हामीले भीमसेनलाई विभूति मानिरहेको र जंगबहादुरलाई अन्धकार युगका प्रवर्तक मानिएको पक्षलाई महत्त्वसाथ चर्चामा ल्याइराखेका छन् । यस विषयमा नयराज पन्तले नै प्रश्न उठाएका थिए । आफ्ना पिताले उठाएको यस ऐतिहासिक विषयमा पन्तले निरन्तर कलम चलाइरहेका छन् । उनी प्राय: अन्तर्वार्ताहरूमा बोलिरहेका छन् । अहिले उनी पूर्णिमाको नयाँ अंक १४५ तयार गर्दै छन् । उनका पिताजीले लेखेको २००७ सालदेखि २००८ साल सम्मको संस्कृत भषाको डायरी यथावत छापेर त्यसको अनुवाद र टिप्पणीसहितको कृति तयार गरिरहेका छन् । नेपाल सरकारले संशोधन मण्डललाई केही सहयोग गरेकाले त्यसको डिजिटाइजेसन र सूचीपत्र निर्माणमा लागिरहेका छन् । उनलाई यी र यस्ता अनेक काम भ्याइ नभ्याइ छ ।

पन्त नेपालको पठन संस्कृतिप्रति पनि त्यति सन्तुष्ट छैनन् । उनी पठन संस्कृति छैन भन्दैमा लेखक, अनुसन्धाताहरू थाक्नु नहुने तर्क गर्छन् । उनका अनुसार लेखकको काम लेख्नु हो । उनी निरन्तर अन्वेषण गरिरहने र लेखिरहने कुरामा दृढ छन् । उनी पहिलादेखि नै कुनै शासकका प्रभावमा नपरी सत्यतथ्यमा आधारित रहेर कलम चलाउने इतिहासकार हुन् । उनले स्रोत उल्लेख नगरी लेखेको लेखलाई चोरी भन्ने गरेका छन् । उनले आफ्ना अधिकांश लेखलाई शोधपरक ढङ्गले सन्दर्भसहित प्रस्तुत गर्ने गरेका छन् । यो पन्तको अभियान नेपाली बौद्धिक गुरुकुलकै लागि अभिप्रेरक पक्ष हो ।

महेशराज पन्त भूकम्प विज्ञका रूपमा, भूकम्पको अन्वेषकका रूपमा पनि सक्रिय देखिन्छन् । उनका अनेक लेख भूकम्पको इतिहास, त्यसका क्षति र पुननिर्माणसँग सम्बन्धित छन् । उनले १२८० देखिको २०७२ सम्मको भूकम्पको इतिहास प्रस्तुत गरेका छन् र औसत कति समयमा एक अर्को ठूलो भूकम्प जाँदो रहेछ भन्ने निष्कर्ष निकालेका छन् । उनका लेखअनुरूप हामीले हाम्रा मठमन्दिरको पुननिर्माण र अभिलेखहरूको संरक्षण गर्न सकिने अनेक सम्भावना देखिन्छ । ती सम्भावनालाई नीतिनिर्माताहरूले पनि बुझ्न आवश्यक छ ।

समापन
महेशरराज पन्त जस्ता बौद्धिक व्यक्तित्व सक्रिय रहनु नेपाली जातिका लागि गौरवको कुरा हो । ज्ञान र बौद्धिक समर्पणको प्रमाण अहिले नै देखिइहाल्दैन । यसले विस्तारै समाजका आँखा तिखा र चेतना गहिरो बनाउँदै लैजान्छ । पन्तको देश विदेशमा रहँदाको बौद्धिक क्षेत्रको विस्तार योजना र कार्य नेपाली बौद्धिक परम्परामा उल्लेख्य छ । पन्तको बौद्धिक कर्मका पृष्ठभूमिमा उनका पिताजीको अभिप्रेरणा देखिन्छ भने जीवनकालमा उनको आफैसँगको निरन्तर प्रतिस्पर्धा देखिन्छ । कुनै एक जना व्यक्ति देश विदेशमा कहलाउने विद्वान् व्यक्तित्व बन्न के गर्नुपर्छ भन्ने जान्नलाई डा. महेशराज पन्तलाई हेरे पुग्छ । उनीबाट नेपाली समाजले सिक्न र लिन सकिने कुरा धेरै छन् तर समाजमा त्यस किसिमको रुचि भएका व्यक्तित्वहरूको अभाव छ ।

सन्दर्भ
पन्त, महेशराज, लेखका नायक
पन्त, दिनेशराज, प्राध्यापक एवम् प्राज्ञ, महेशराज पन्तका भाइ
शुभेच्छु, रमेश (२०७५) ‘ ऋषितुल्य इतिहासकार : महेशराज पन्त’

  • Sahitya Sagar
    Sahitya Sagar
डा. रमेश शुभेच्छु
डा. रमेश शुभेच्छु
Post Views: 563
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.