SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » द पाइड पाइपर
कथा

द पाइड पाइपर

माया ठकुरीBy Sahitya SagarNovember 27, 2022No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

माया ठकुरी (२००४) नेपाली साहित्यकी विशिष्ट आख्यानकार हुन् । उनले निरन्तर नेपाली आख्यानअन्तर्गत कथा विधामा कलम चलाउँदै आएकी छन् । कथाकार ठकुरी नेपाली कथाका क्षेत्रमा निरन्तर क्रियाशील स्रष्टा हुन् । यिनका नजुरेको जोडी (२०३०), गमलाको फस्ल (२०३३), साँघु तरेपछि (२०३९), चौतारो साक्षी छ (२०४६), माया ठकुरीका कथाहरू (२०४८) र आमा जानुहोस् (२०६०) जस्ता छ वटा कथासङ्ग्रहहरू प्रकाशित छन् । यिनका सबै कथामा सामाजिक विषयवस्तुको उठान गरिएको हुन्छ । विविध कारणले समाजमा पछि परेका वा पारिएका पात्र र परिस्थितिको चित्रणमा रुचि राख्ने भएकाले यिनका कथा कला र विषयले पनि निकै प्रभावकारी देखिन्छन् । उनका कथामा कला र विषयको संयोजनले लोभलाग्दा लाग्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा ‘द पाइड पाइपर’ शीर्षकको कथा समेटिएको छ । यस कथाले द पाइड पाइपर कथा पढ्दै टेलिकमको एउटा सञ्चार अफिस सञ्चालन गरिरहेको पात्रले देखे भोगे र सुनेका कुराका माध्यमबाट मानिस सामान्य कुराका लागि कसरी सन्तानलाई बन्धक बनाउँछन् भन्ने कुरा देखाएको छ । मुसाको आतङ्कबाट बचेका ह्यामिलिनवासीहरूले ठूलो मूल्य चुकाउनु परेको कथाबाट नेपाली समाजको विदेश मोहले समय क्रममा ठुलो मूल्य चुकाउनु पर्ने पक्ष उजागर गरेको छ ।

-सम्पा.

टेबलमा राखिएको फोन र त्यससँग सम्बन्धित यन्त्रहरू पुछपाछ गर्ने क्रममा मैले चित्रकथा भएको द पाइड पाइपर  पुस्तक भेट्टाएँ | यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरूमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ , मनमनै सोंचे | सरसफाईको काम सिध्याएपछि यो पुस्तक पढन थालेँ |

जर्मनीमा ह्यामिलिन नाउँ गरेको सहर थियो | त्यस सहरका बासिन्दा सुख – शान्तिपूर्वक जीवन बिताइरहेका थिए |

एक दिन अचानक त्यो सहरमा हजारौँको संख्यामा मुसा आए र सहरमा जताततै उत्पात मच्चाउन थाले | मुसाहरूले बच्चाहरूलाई टोक्न र बाटामा जे – जे भेटिए ती सब नष्ट गर्न थाले | मुसाको आतङ्कबाट ह्यामिलिनवासी ज्यादै भयभित भए |

मुसा आतङ्कको समस्याबाट बच्नका लागि सहरवासीले अनेक उपाय गरे, तर सफल भएनन् | त्यति धेरै मुसा मार्नका निम्ति सहरमा प्रशस्त बिरालाहरू पनि थिएनन् | एक दिन मुसाका कारण उत्पन्न समस्या समाधान गर्ने उपायबारे छलफल गर्न त्यहाँका सहरप्रमुखले बोलाएको आपतकालीन बैठकमा सहरावासीहरू भेला भए |

” ए भाइ .. ! अमेरीकाको एउटा नम्बर मिलाइदिनोस् त …! भन्दै एक जना अधबैँशे व्यक्ति एक किशोरीसँगै आए र मेरो अघि नम्बर लेखेको कागज राखिदिए !

ती व्यक्ति फोनमा बोल्न लागे – ” अँ .. अँ ..म बुवा बोल्या हो | के छ त तेरो हालचाल ? ए … काम पाईस् …. ! ठिक छ, ठिक छ | अहिलेलाई जे जस्तो काम पाइन्छ त्यसैमा झुन्डी .. जसरी भए पनि आफ्नो पढाइ र बस्ने खाने खर्चको जोगाड गर्ने काम गर्नु ! के अरे ? अँ .. यताको हालखबर उस्तै छ | काम र मामको समस्याले गर्दा मानिसहरूको बेहाल भएको छ | महंगीको त कुरै नगर ! जनतालाई जीवन धान्नै गाह्रो छ | बेरोजगारीको कारणले गर्दा जताततै हत्या, लुटपात, अपहरणजस्ता आपराधिक गतिविधि बढेको बढ़यै छ | बिहान घरबाट हिंडेको मान्छे बेलुका फर्किने हो कि होइन कुनै ठेगान हुँदैन | जे होस्, तैले त्यहाँ दु:ख गरेर केही गर्न सकिस् भने केही होला कि भन्ने आश छ , नत्र त .. खोई के भन्ने ! ए .. ल यहाँ तेरी बहिनीले पनि तँसँग कुरा गर्ने रे , ल गर .. ! ” त्यसो भन्दै उनले फोन युवतीको हातमा थमाइदिए |

” दादा ! दर्शन … सन्चै होइसिन्छ ? हजुर .. हजुर .. हो मेरो पनि अब छिट्टै नै रिजल्ट हुन्छ | मेरा जम्मै साथीहरू उच्चशिक्षाका लागि उतै जाने भन्दैछन् | म पनि त्यहीँ आएर पढछु है दादा .. ! ” युवतीले आफ्नो दाजुसँग अनुनय गर्दै बोलिन् |

” खोई ल्या, यता म बोलुं .. ” युवतीको पिताले छोरीको हातबाट फोन लिएर बोले ” के अरे .. ? आमाले के भन्छे भनेको .. ? उही त हो नि जति खेर पनि अब मेरो छोरोसँग कहिले भेट हुने हो .. भनेर रोइरहन्छे | अँ .. सम्झाउनुसम्म सम्झाएँ , हाम्रो छोरो मात्र विदेश गएको होइन , यहाँ घरैपिच्छेका छोराछोरीहरू विदेशिएका छन् भनेर कत्ति भने , तर सम्झने होइन | ल त अहिलेलाई फोन राख्छु | राम्ररी काम गर्नु ! बरालिने काम नगर्नु ! ” त्यति भनेपछि उनले फोन राखीदिए र पैसा तिरे | ती बाबुछोरी गएपछि मैले फेरि ****** द पाइड पाइपर ****** को कथा पढन थालेँ |

****** अचानक ह्यामिलिन सहरमा अनौठो पहिरन लगाएको मानिस आयो | त्यो नौलो मानिसले लगाएको टोपीको किनारमा हरियो रंगको प्वाँख सिउरेको थियो भने कम्मरमा एउटा बाँसुरी घुसारेको थियो |

” म तपाईंहरूलाई मुसाको आतङ्कबाट छुटकारा दिलाउन सक्छु | ” त्यो मानिसले भन्यो | ” तर त्यसको सट्टामा तपाईंहरूले मैले मागेको रकम दिनुपर्छ | “

सहर प्रमुख र सहरावासीहरूले त्यो मानिसले भनेको सर्त माने | उसको नाम सोधे |

” मेरो नाम पाइड पाइपर हो ” उसले भन्यो |

त्यसपछि त्यो बाँसुरीवादक सहरको छेउ भएर बगिरहेको नदीको किनारामा गएर तन्मयताका साथ बाँसुरी बजाउन थाल्यो |

पाइड पाइपरले बजाएको बाँसुरीबाट निस्केको जादुई धुन सहरभरि तरङ्गित हुन थाल्यो | सहरका कुनाकाप्चाबाट निस्केर ताँतीका ताँती मुसाहरू बाँसुरीको धुनलाई पच्छ्याउँदै नदी किनारतिर लागे | नदीको किनारमा पुगेपछि सबै मुसाले नदीमा हामफाले र विलिन भए | त्यसपछि त्यस सहरमा एउटा मुसा पनि बाँकी भएन |

सहरवासीहरूले त्यो दृश्य आफ्ना घरका झ्याल, कौसी र खुला ठाउँबाट हेरिरहेका थिए | मुसाबाट छुटकारा पाएकोमा ज्यादै खुशी भएका सहरवासीले खुसियाली मनाए !******

” दाइ एउटा नम्बर मिलाइदिनुहोस् त अमेरिका … ! ” एक हुल विधार्थी आए र एकले निकै चुरीफुरीका साथ भन्यो | मैले द पाइड पाइपर बन्द गरेँ र उसले भनेको नम्बर मिलाउन प्रयत्न गरेँ | उताको घण्टी बज्न थालेपछि मैले फोन दिएँ |

” को रतन दाइ हो .. ? म विजय बोल्दै छु | अँ .. हो .. हामी आठै जना साथीको भिसा मिल्यो | अँ .. हाम्रो पुरै ग्याङ उतै आउने भयो | काम त पाइएला नि ! होइन दाइ , एकपटक जसोतसो त्यहीँ छिर्न पाए त भइगयो नि .. अँ मिनु दिज्युहरू पनि स – परिवार त्यतै आउनुहुनेछ | ल .. ल .. भिसा पाएको कुरा दाइलाई यसो खबर गरिदिउँ भनेर फोन गर्या हो | भेटमा कुरा गरौँला | “

” के हो भाइ ? तपाईंहरू सबै विदेश जाने हुनु भयो कि क्या हो ? ” मैले उसको हातबाट पैसा लिँदै प्रश्न गरेँ |

” अँ दाइ सबै उतै जाने भइयो … | ” अनुहार उज्यालो पार्दै प्रफुल्लित स्वरमा अघिकै केटो बोल्यो | ” तपाईंहरू युवा जति यसरी विदेशीएपछि यो देशमा को बस्ने त ? बुढाखाडा र अशक्तहरू मात्रै ? ” मैले खुद्रा फर्काउँदै भनेँ | उसले केही उत्तर दिएन |

उनीहरू गएपछि फेरि … द पाइड पाइपर पढ्न थालेँ |

पाइड पाइपरले ह्यामिलिएनवासीलाई मुसाको आतङ्कबाट छुटकारा दिलायो र ऊ आफूले पाउनुपर्ने रकम लिनका लागि सहरप्रमुख कहाँ गयो | सहरप्रमुखले असाध्य लालची थियो | उसले पाइड पाइपरलाई आफूले कबोले जति रकम दिन मानेन | सहरप्रमुखले धोका दिएकोमा पाइड पाइपर एकदमै रिसायो | उसले सहरवासीहरूलाई सजाय दिने निर्णय गर्यो | ऊ सरासर सहरदेखि बाहिर गयो र एकनाससँग बाँसुरी बजाउन थाल्यो |

” ए भाइ ! छिटो एउटा नम्बर मिलाइदिनोस् त … | ” हतारिंदै आएका एक जना ग्राहकले मेरो अघिल्तिर नम्बर राखिदिए | हातमा फोन लिनासाथ उनी बेस्सरी कुर्लिन थाले – ” केरे …? पढाइ सकिएपछि यतै फर्कन्छु भन्छस् अरे ? तँ आमा – छोराले कुरा मिलाएर हुँदैन बाबै ! भन्दिया छु | आफू पार्टीमा लागेको हुनाले कत्रो तिगडमबाजी गरेर तँलाई पूर्ण छात्रवृतिमा पढन पठाएको | लरतरो मान्छेले गर्ने नसक्ने काम हो यो | तँ भने बडो देशभक्त बन खोज्ने ? यहाँ न जिउ – धनको सुरक्षा छ , न त भविष्यको | पढाइ सिध्याएपछि पनि यता फर्कने होइन , भनिदिया छु | त्यहाँ तँ जस्ता लाखौँ युवा छन् आफ्नो दुनो सोझ्याउन बसेका , बुझिस् ? ल | पछि कुरो गर्दै गरौँला | ” हाँडीमा मकै पडकेको झैँ गरेर आफू मात्र एकोहोरो बोलेपछि फोन राखे उनले |

” लौन बाबु ! छोरोको फोन मिलाई दिनुहोस् न ! ” नियमित जस्तै फोन गर्न आइरहने एक बूढीआमाले मेरो अघि आएर भनिन् | बिचरी बूढी आमैले हिजो बेलुकी पनि आफ्नो एक मात्र सन्तान छोरासँग कुरा गर्न खोज्दा उता फोन नै उठेन |

” बस्नोस् न आमा ! ” मैले भनेँ, र उनले दिएको नम्बरमा फोन मिलाउने प्रयास गरेँ | बल्लतल्ल घण्टी बज्यो, तर उताबाट अहिले पनि कसैले फोन उठाएन | निन्याउरो अनुहार पारेकी बूढीआमैलाई ” एकछिनपछि फेरि कोशिस गरौँला है त आमा” भनेँ |

” यसबाजी त छोरालाई निक्कै छिटो फोन गर्न लाग्नुभयो नि आमा … ! ” मैले कुरो कोट्याएँ |

” हो बाबु , मेरा देउरानी र उनका छोरी – ज्वाईं सबै तिर्थ जाने भएका छन् | मलाई पनि जाउँ भनेका छन् | संगी – साथी पाएपछि मैले पनि जाने आँट गरेकी छु | यत्रो ठूलो काम आँट्दा छोरासँग एकपटक सोध्नै पर्‍यो | ” उनले भनिन् “तपाईंको छोरा विदेश गएको त निकै वर्ष भइसक्यो होइन आमा ? मैले फेरि सोधेँ |

” हो बाबु … आउँदो मंसिर चार गते उसले देश छोडेको आठ वर्ष लाग्छ | “खुइया गर्दै उनले भनिन् |

” अनि यत्तिका वर्ष बित्दा पनि उनी यता आउन खोज्दैनन् त ? ” मेरो मुखबाट कुरा फुस्कियो |

” खोज्छ बाबु … आउन त किन नखोज्नु , तर खोई कुन्नि कस्तो कागज बनाउन नसकेको हुनाले हो , आउन सकेको छैन भन्छ | बरा आफू जन्मेको , हुर्केको गाउँघर सम्झेर कति रुँदो हो उनको मन | ” भावविभोर हुँदै भनिन् उनले |

” तपाईंसँग यहाँ को बस्छ त ?” मैले फेरि प्रश्न तेर्स्याएँ |

” एउटी मजस्तै बूढी छिन् | हुन त उनी मेरी कतिपट्टीको पनि नातागोता होइनन् , तर बालविधवा भएर गाउँमा साह्रै दु:ख पाएर बसेकी थिइन , उनैलाई मैले साथमा राखेकी छु | भयो धेरै वर्ष | अब त हामी एकै आँतका दिदी – बहिनि जस्तै भएर बसेका छौँ | “

फेरि फोन लगाउने कोशिस गरेँ | यसबाजी पनि उता घण्टी गइरह्यो, तर कसैले पनि फोन उठाएनन् | ” होइन यति विघ्न कोशिस गर्दा पनि उता किन फोन उठेन बाबु … ! कतै मेरो छोरो बिरामी परेर पो कोठामा नभएको हो कि ..! लौ न प्रभु अब म के गरौँ ? ” एकाएक अधीर भएर विवशतापूर्ण स्वरमा भनिन् उनले |

” पिर नगर्नुहोस् आमा , तपाईंको छोरो अन्त कतै गएका होलान् | भरैभोलि फर्कन सक्छन् | ” मैले उनको मडारिएको मनलाई धेरै कुरा भनेर सान्त्वना दिने प्रयास गरेँ |

” छोरो देश छोडेर परदेश गएको यत्तिका वर्ष भइसक्यो , तर मेरा आँखामा भने विदेश जान ऊ हिँडेको दिनको घटना अझै पनि झलझली नाचिरहन्छ | त्यस दिन उसलाई जहाजसम्म पुर्याउन म पनि गएकी थिएँ | बाटाभरि ऊ मेरो हात समातेर भक्कानिएर रोइरह्यो | रुँदारुँ दा मेरा आँखाहरू पनि बारुलाले डसेजस्तै गरी सुन्निएका थिए | जहाज आएपछि ऊसँगै सबै यात्रुहरू लाम लागेर गए | उसले एकपटक पनि फर्केर हेरेन | ऊ जहाजभित्र पस्यो | जहाजको ढोका बन्द भयो | त्यसपछि ऊ कता हरायो कता ? ” भन्दै बूढी आमाले हत्केलाले आँसु पुछ्न थालिन् | उनको अवस्था देखेर मेरो मन साह्रै नै कुँडियो |

बूढीआमा दिउँसो फेरि आएर छोरासँग कुरा गर्ने मनसाय जनाएर घरतिर लागिन् | त्यसपछि मैले… द पाइड पाइपर… को कथा पढ्न थालेँ |

पाइड पाइपरले बजाएको एक तमासको धुन ह्यामिलिन सहरभरि गुन्जिन थाल्यो | त्यो धुन सुनेर सहरका बालबालिका पाइड पाइपर भएतिर गइरहेका थिए | आफ्ना बालबालिका पाइड पाइपरलाई पछ्याउँदै गइरहेको देखेर तिनका अभिभावकहरूले उनीहरूलाई फर्काउन अनेक प्रयत्न गरे, तर बालबालिकाले पछि फर्केर पनि हेरेनन् |

अन्त्यमा , त्यो पाइड पाइपर बच्चाहरूसहित एउटा पहाडको नजिक पुग्यो | उनीहरू पुगेको पहाड बिचमा चिरियो | पाइड पाइपर बाँसुरी बजाउंदै चिरिएको ओढारभित्र पसे | त्यसपछि त्यो ओढारको ढोका बन्द भयो | बिस्तारै बाँसुरीको धुन पनि सुनिन छाड्यो | त्यसरी सहरवासीले आफ्नै आँखाको अगाडि आफ्ना लालाबालाहरू ओढारमा कता हो कता विलिन भएको देखे | अभिभावकहरू दु:ख र पीडाले आकुलव्याकुल भएर शोकमा डुबे |******

मुसाको आतङ्कबाट बचेका ह्यामिलिनवासीहरूले यसरी ठूलो मूल्य चुकाउनु पर्‍यो |

  • Sahitya Sagar
    Sahitya Sagar
माया ठकुरी
माया ठकुरी
Post Views: 388
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.