SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » फेसबुक
कथा

फेसबुक

सुरेन उप्रेतीBy Sahitya SagarMay 26, 2022No Comments19 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
सुरेन उप्रेती नेपाली साहितयका बहुमुखी प्रतिभा हुन् । उनका विविध विधाका कृति प्रकाशित छन् । साहित्यसागरमा उनको परिचय प्रकाशन भइसकेकाले यहाँ सारभूत परिचयसहित उनको ‘फेसबुक’ शीर्षकको कथा समेटिएको छ । यस कथाले आधुनिक सम्बन्ध र सम्बन्धका दुर्घटनालाई देखाइएको छ ।

-सम्पा

आ मत चलाउँदिन है फेसवुक सेसबुक । कता थिच्नु, के लेख्नु । एक जनालाई पठाउँदा अन्तै गयो भने भन्दै मैले सुरेशको मुखमा हेरेँ । हेर लाटी ! कस्ता पढ्न नै नजान्नेले त कस्तरी फेस बुक चलाएका छन् । तिमी त एस. एल. सी. पास पो त हैन ररू सुरेशले ढाडस दिंदै भन्यो । हो नि हामीले स्कुलमा राम्रोसँग कम्प्युटर त चलाउन पाइएन के जान्नु र फेसबुक चलाउन । मैले लाडिदैं भनेँ । म विदेश गएपछि तिमीसँग कुरा गर्न र छोरीका फोटो हेर्न पनि सजिलो हुन्छ नि । फोन मै पनि फेसबुक चलाउन मिलिहाल्छ सुरेशले सम्झाउँदै भन्यो । फेसबुक अकाउन्ट खोलिदियो र पासवर्ड आफै राख भनेर मलाई दियो । आ आफै राखिदिए भइहाल्यो नि भन्दै मन नलागी नलागी मैले पासवर्ड राखेँं । फ्रेन्ड रिक्वेस्ट पठाउन सिकायो र उसले आफै एसेप्ट गर्‍यो । मलाई म्यासेज पठायो र उत्तर लेख्न लगायो । हो यो इन्टर बटम थिचेपछि तिम्रो म्यासेज पाइहाल्छु नि । हेर त कति सजिलो । बिर्सिनँ भने त सजिलै रै छ भनेर सुरेशको छातीमा टाउको राखेर ढल्किएँ । सुरेशले मेरो कपाल सुम्सुम्याइदियो । छोरी पनि आमाबाका काखमा पल्टिएर गुडियासँग खेल्दै थिई ।

हाम्रो विवाह भएको पनि तीन वर्ष हुनलागे छ । विवाह पनि के भन्नु र । विदेशमा मात्र हैन काठमाडौँमा पनि लिभिङ टुगेदर पार्टनर भन्ने चलन आइसकेको छ रे । हामी भने परिवारबाट विवाहको अनुमति नपाएपछि बिद्रोह गरेर हिंडेका जोडी । अझ भन्ने हो भने प्रेम गरेर भागेका । मेरा त दाजुहरूले अझै खोज्दै छन् रे । बैनी खोसेर लाने र सुरेशलाई जेल हाल्ने उनीहरूको योजना छरे तर हामीले जीवनका अन्तिम पलसम्म पनि सँगै जिउने सँगै मर्ने बाचा गरेका छौँ । मन्दिरलाई साक्षी राखेर दुबैले प्रण गरेका छौँ । हाम्रो जिउँदो साक्षी भनेका एक जना पुजारी मात्र हुन् । धरानको विजयपुरस्थित दन्तकाली मन्दिरमा विवाह बन्धनमा बाँधिने निर्णय गरेका थियौँं । हाम्रो खुसीसँगै मन्दिरमा देवीको मूर्तिले पनि मुस्कुराएर खुसी व्यक्त गरेको थियो ।

सुरेश विहान महेन्द्र क्याम्पस धरानमा पढ्न जान्छ । दिनभरि धरानकै एउटा कपडा पसलेकोमा काम गर्छ । कहिले पैसा उठाउन उर्लावारी, मधुमल्ला, बेलावारी, दमक, बिर्तामोड हुँदै धुलावारीसम्म पुग्छ । यसरी काम गरेको पनि नौ वर्ष नै हुनलाग्यो । सात कक्षा पढ्दादेखि त्यही साहुकोमा काम थालेको थियो रे । अहिले त बी. ए. पनि सकिन लाग्यो । यही पैसा उठाउन जाने क्रममा नै मसँग मधुमल्लामा पहिलोपटक भेट भएको थियो । सुरेश मधुमल्लाको कपडा पसलमा पुग्दा साहु भेटिएन छ । त्यसपछि चिया खाएर केही समय बिताउनका लागि हाम्रो चिया पसलमा छिर्‍यो । चिया अडर गरेर बाटोतिर हेर्दै थियो । त्यसै बेला म स्कुल जान तयार हुँदै थिएँ । आमाले चिया दिन भन्नुभयो । स्कुल ड्रेसमा भए पनि मैले सुरेशलाई चिया दिएँ । अनायासै हामी दुवैका आँखा जुधे । हेराहेरको क्रम अलि लामो नै भए छ क्यारे । आमाले ए सर्मिला भनेर बोलाउँदा म झस्किएर दौडिंदै भित्र पसेंँ । सुरेशका आँखाहरू म स्कुल गएको बाटो पछयाएर टोलाइ रहेका थिए । चिया खाएको पनि थाहा भएन रे । म दाजु र भाइहरूसँगै स्कुल हिंडेँ । पटक पटक मेरा आँखाले पनि चिहाउँदै सुरेशलाई हेरे । सुरेशका आँखामा आँखाहरू ठोक्किए । सुरेशले म ओझेल नपरुन्जेल हेरिरह्यो । । कपडा पसले साहु एक बजेतिर मात्र आउने कुरा थियो रे ।

सुरेशले त साहुलाई पर्खनु नै थियो । ऊ समय बिताउन स्कुलकै नजिक गएछ । स्कुलका छेउमा एउटा चिया पसल थियो । घामको पार ताप्तै क्यारेम खेल्ने मान्छेहरूको भिड नै जम्मा हुने गर्दथ्यो । ऊ पनि एक कप चिया अर्डर गरेर क्यारेम खेलेको हेर्न थाल्यो ।

प्रायजसो शुक्रवारको दिन स्कुलमा विभिन्न प्रोग्रामहरू भइरहन्थे । कहिले खेलकुद कहिले साँस्कृतिक कार्यक्रमहरू कहिले हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता आदि आदि । त्यसदिन दौड प्रतियोगिता थियो । सबै विद्यार्थीहरू चार सदनमा विभाजन भएका थिए । ती चार सदनबिच प्रतिस्पर्धा हुन्थ्यो । म सगरमाथा सदनकी उपनेता थिएँ । मैले पनि केटीहरूका तर्फबाट दौडमा भाग लिएकी थिएँ । हाम्रो कार्यक्रम सुरु हुनुभन्दा पहिला हामी चारजना साथीहरू पसलमा चुइँगम किन्न भनेर गयौँ । मेरा आँखाहरूले केही खोजिरहेका थिए । कतै सुरेशलाई देख्छु कि भन्दै हेर्दै थिंएँ । सुरेश पनि मलाई भेटिन्छ कि भनेर हेरिरहेको रहेछ । मेरा साथीहरू भने सरासरी गएर चुइँगम किन्न थाले । सुरेश मतिर आएको देखेर म उभिएँ । फस्ट पिरियड कक्षा छैन हो सर्मिला सुरेशले सोध्यो । म लाजले रातो पिरो हुँदै आज दौड प्रतियोगिता छ । त्यसैले पढाइ छैन निहुरिएरै उत्तर दिंएँ । मलाई ज्वरो आएजस्तो तातो भयो । तपाईं के गर्नुहुन्छ । मैल भुइँमै हेरेर प्रश्न गरेँ । म धरानमा पढ्छु । यहाँ अलिकति पसलको कामले आएको थिंएँ । मेरो नाम सुरेश हो । तिम्रो छिमेकी कपडा पसलेलाई पर्खिएर बसेको । एक बजे आउँछ भनेको छ । उसको सरल र स्पष्ट कुरा गर्ने शैलीले मेरो सुरेशप्रतिको आकर्षण झन बढेर आयो । साथीहरू आएर ल सर रिसाउनु हुन्छ छिटो हिंड भन्दै मलाई तानेर लगे । साथीहरूका बिचबाट पनि सुरेशलाई फर्कदै हेर्दैहेर्दै स्कुल पुगेँ । सुरेश पनि मलाई नै हेरिरहेको थियो । बाह्रबजेतिर सबै विद्यार्थीहरू ग्राउन्डमा भेला भयौँ । सबै रङ्गी चङ्गी युनिफर्ममा सुन्दर बगैंचाका फूलहरू जस्तै लाग्दथ्यो ।

हामीहरू कक्षामा पसिसक्दा पनि सुरेश हामीलाई नै हेरिरहेका थियो । क्यारेम खेल्ने केटाहरू कराउँदा पो झसङ्ग भयो रे । हैट म त कस्तो मान्छे । अरूले के भने होलान् भन्दै आफैंलाई समाल्यो रे । कसैले हेरेका छन् कि भनेर वरिपरि आँखा घुमायो रे । यसरी हाम्रो प्रेमको सुरुवात भएको थियो । त्यसपछि हप्तामा एक दुईपटक भेट गर्न थाल्यौँ । क्रमशः हाम्रो भेट बाक्लिंदै गयो । कुनै राम्रो चलचित्र लागेको बेला कहिले उर्लाबारीमा, कहिले दमक त कहिले बिर्तामोडसम्म गएर फिल्म हेर्ने थाल्यौँ । हाम्रो प्रेमको बिरवालाई जोगाउने र हुर्काउने क्रममा थुप्रै व्यवधानहरू आए । कहिले घर परिवार, दाजुभाइ, आमाबुबाहरूबाट आउँथे । त कहिले छर छिमेकी र साथीहरूबाट पनि समस्याहरू आइपर्थे । सबैर्सँग बचेर र लुकेर हिंढ्नु पर्दथ्यो । यस क्रममा मैले धेरै यातनाहरू सहनुपर्‍यो तर ती यातनाहरूले अझ प्रेमको विरुवालाई मलजल गर्‍यो । शक्ति प्राप्त भएको महसुस गर्दै निरन्तर प्रेमको डोरीलाई तन्काउँदै लगेंँ । जस्तै आपत्मा पनि हाम्रो एक अर्काप्रतिको दृढ विश्वासले सबै सङ्कटहरू पार भएको महसुस गर्थें । पीडाहरू हराएर जान्थे । उसँग भेट गर्न अझ आतुर हुन्थेँं । हामीलाई देख्नेहरू भन्थे यी नेपाली लैला मज्नुजहरू हुन् । कस्तै बाधा र अड्चनमा पनि नडग्ने । कस्तै आँधी र बतासले पनि नहल्लाउने प्रेम आदि । मान्छेहरू हाम्रो जोडीको देख्दा इष्र्याले भुतुक्कै हुन्थे ।

घरबाट म हराएको हल्लाले एककान दुईकान गर्दै सबैलाई थाहा भयो । सानो ठाउँमा सबैले सबैलाई चिनेको हुन्छ । मेरा बाआमाले छिमेकी कपडा पसलेबाट कहाँको को केटासँग भागी भन्नेसम्म चाहिँ पत्ता लगाएछन् । उनीहरूले खोज्न मान्छेहरू पनि धरान पठाए छन् । धरानमा सबै खोजतलास गरेर नभेटे पछि निराश बनेर फर्किएछन् । सुरेशले एकहप्ताका लागि बिदा लिएको थियो । हामी दन्तकाली मन्दिरमा विवाह गरेर काठमाडौँ गैसकेका थियौँ । । हामीले एक हप्ता काठमाडौँको र पोखरा बसाइमा सबै तीर्थस्थलमा गएर आशीर्वाद लियौँ । काठमाडौँका विभिन्न ठाउँहरू र बनेपा धुलिखेल नगरकोट डुल्दै बितायौ । धुलिखेल बनेपा नगरकोट र काठमाडौँ आदिका राम्रा राम्रा ठाउँमा सयौँ फोटाहरू खिच्यौँ । सुरेशले मेरा लागि राम्रा गहना र लुगाहरू पनि किनिदिएको थियो । हामी पोखरा गएर महेन्द्रगुफा डेभिड फल्स आदिमा पनि थुप्रै फोटो खिच्यौँ । फेवातालमा डुङ्गा चलाएर फोटो खिचेका थियौँ । यसरी घरभन्दा बाहिर गएर बसेको यो नै मेरो पहिलोपटक थियो । यो नै मेरो लामो यात्रा र लामो बसाइ पनि थियो तर पनि सुरेशले मलाई घर सम्झिने । घरको न्यास्रो लाग्ने अवस्था आउन नै दिएन । दिन प्रतिदिन मिठाखाना राम्रा लुगा लगाएर नयाँ नयाँ ठाउँमा घुम्न पाएपछि मलाई के चाहियो र । हामी बर्सौँसम्म पिन्जरामा कैद भएका मैना र सुगाहरू भाग्न सफल भएझैं उन्मुक्त मिलेको थियो । खास गरी मेरो चाहिँ यो नै पहिलो यात्रा थियो । खुसी र आनन्दमा हामी दुबैजना डुबेका थियौँ ।

तर मेरो भित्री मनमा भने एक प्रकारको डर लागिरहन्थ्यो । मेरा दाइहरू कोही आफन्तहरूले मलाई खोज्दै त आइपुग्दैनन् भन्ने भयले मलाई सँधै सताइरहन्थ्यो । म सुरेशका छातीमा टाउको राखेर भय व्यक्त गर्थें । ऊ मेरो कपाल मुसार्दै नडराउन ढाडस दिन्थ्यो । अब हाम्रो समीप्यतालाई मान्छे त हैन देवता आएर पनि अलग गराउँन सक्दैनन् भनेर विश्वास दिलाउँथ्यो । लाग्थ्यो हामी एक अर्काका लागि नै जन्मिएका हौँ । हामीले सात जुनीसम्म सँगै जिउने र सँगै मर्ने कसमहरू पटकपटक खायौँ । हप्ता दिनको विभिन्न ठाउँको मधुमास सकेर हामी धरान फर्कियौँ । मेरा आफन्तहरू मलाई खोज्न आएको कुरा सुरेशका साहुले सुनाए । म सावधानीपूर्वक दिनभरि कोठामै बस्थेँ । खाना पकाउथेँ र सुरेशको प्रतीक्षा गर्थें । सुरेश आएपछि सँगै बसेर खाना खाने गथ्र्यौँ । सुरेश पसलमा गएर विभिन्न ठाउँबाट पैसा उठाएर ल्याउँथ्थो । कहिले काहीँ धुलावारी र विराटनगर जाँदा म पनि ऊसँगै जान्थेँ । उसले पैसा उठाउन्जेल म त्यसैको वरिपरि घुमेर समय बिताउँथे । प्रत्येक हप्ताजस्तो गणेश टाकिज र शिवटाकिजमा गएर सिनेमा हेर्ने गर्दथ्यौँ । मैले एस. एल. सी. दिइसकेको हुनाले रिजल्टको प्रतीक्षामा थिएँ । पढ्नु पनि नपर्ने हुनाले मलाई एक प्रकारले ढुक्क थियो । अलि अलि कथाका कितावहरू पढ्थेँं । सुरेशका कोर्सका नेपाली कथाहरू प्राय सबै पढिसकेकी थिएँ ।

सुरेशका घरमा उसका बुबा कान्छीआमा र कान्छी आमाबाट जन्मिएका भाइबैनीहरू रहेछन् । उसकी आमा सानैमा खसेको र ऊ सानैदेखि बाहिर बाहिरै बसेको रहेछ । त्यसैकारणले पनि सुरेशका परिवारका तर्फबाट हामीलाई कुनै अप्ठ्यारो भएन । हाम्रो विवाह भएपछि सुरेश र म एक टक घर गएका थिंयौँ । सबै गाँउका मान्छेहरू मलाई हेर्न आएका थिए । पहाडिया केटी बहुत सुन्दर छ भन्दै मान्छेहरू कुरा गर्थे । थारू परम्पराअनुसार हाम्रो विवाह गरिदिए । मेरा बुबाआमाले चाहिँ थारूसँग गएकी भनेर बोलाउँन पनि बोलाएनन् । हामी क्षेत्रीको इज्जत माटामा मिलाइ भन्छन् रे । अझ मलाई एउटा क्षेत्री केटा खोजेर विवाह गरिदिने भन्छन् रे ।

हाम्रो विवाह भएको झन्डै डेढ वर्षमा हाम्री छोरी सुष्माको जन्म भयो । सुष्मा जन्मिएको दुई वर्षपछि छोरा जन्मियो । दुबैको नाम हाम्रो नामको पहिलो अक्षर मिलाएर छोराको नाम मिरेश राखिदियौं । म घरमा छोराछोरी हेर्थें । खाना बनाउने खुवाउने गर्थें । सुरेश पसलबाट घर आएपछि छोराछोरीसँग खेल्ने रमाउने गथ्र्याे ।

हामी दुबैलाई अचम्म पार्दै अमेरिकाबाट चिठ्ठी आयो । सुरेशले मलाई चाहिँ भनेको थिएन। हाम्रो पारिवारिक विवरण जन्ममिति खुलेका प्रमाण पत्रहरू योग्यताका प्रमाण पत्रहरू अमेरिकामा बसोवास गर्ने कुनै आफन्त वा चिनेको व्यक्तिको चिठ्ठी आदि मागेको रहेछ । मत तीन छक्क परेँ । कसरी अमेरिकाले चिठ्ठी पठायो भनेर । उसले डिभी चिठ्ठा भरेको रहेछ । त्यही डिभी परेपछि त्यस्तो पत्र आएको रहेछ । अमेरिका जाने भनेपछि नाना कुराहरू मेरा मनमा खेल्न थाले । सपनामा पनि हवाइ जहाजमा उड्दै गरेको । कहिले सानो छोरो छुटेर आत्तिंदै छोरो खोज्दै गरेको आदि आदि ।

बैंक व्यालेन्स कागज पत्र सबै उसले नै जुटायो । करिब छ महिनापछि हाम्रो पासपोर्टमा भिसा लागेर आयो । नयाँ ठाउँमा के गर्ने होला । भाषा पनि जानेको छैन । केटाकेटी पनि ससाना छन् । कता बस्ने । काम पाइन्छ कि पाइदैन भन्ने एकमनमा लाग्थ्यो भने अर्को मनमा सर्मिला तँ त कति भाग्यमानी रहिछस् । तेरो त विवाह पनि यति धेरै माया गर्ने केटासँग भयो । फेरि छोरा पनि छोरी पनि जन्मिए । अब अमेरिका पनि जाने भइस् । तँ अमेरिका जाने खबर चाहिँ तेरा आमा बालाई पनि दे है भन्थ्यो । मनमा अनेक कुराहरू खेलेर कति रात त राम्रो निन्द्रा पनि लागेन । अमेरिका जानुभन्दा दुई दिनअगाडि सानो छोरालाई मात्र लिएर म मधुमल्ला गएँ । मलाई त्यसबेलासम्म बोलाएको पनि थिएन । । देख्न त बुबा र दाइलाई पनि मन थियो तर आमा र भाइको अति नै न्यास्रो लागेको थियो ।

हाम्रो घरभन्दा अलि तल एउटा कार्कीको फोटो स्टुडियो थियो । उनीहरूकी छोरी मेरी साथी पनि भएकाले म उनीहरूकै घरमा गएँ । मलाई देखेर उनीहरू पनि छक्क परे । मैले साथीको भाइलाई मेरो आमालाई सुटुक्क गएर बोलाइदेन भाइ भनेँ । उसले पनि गएर बोलाएछ । आमा र सानो भाइ आए । आमालाई अँगालो मारेर धरै बेर आमा छोरी रोयौँं । भाइले भान्जालाई बोक्यो । मैले सबैलाई एक एकवटा लुगा लगिदिएकी थिएँ । बाको रिस अझै मरेको छैन रे, आमाले सुनाउनु भयो । मैले म अब तीन दिनपछि अमेरिका जाँदैछु । त्यसैले एकपटक हेर्न र भेट्न आएकी भनेर आमा र भाइलाई अँगालो मारेँ । खै थाहै नपाई आँखाबाट आँसुहरू खहरे झैं भएर गाला हुँदै घाँटीसम्म ओर्ली सकेछन् । आमा पनि केही बोल्न सक्नुभएन । तँलाई कस्तो छ । यी तीन चार वर्षसम्म किन हामीलाई न सम्झेकी मात्रै भन्नुभयो । फोटो स्टुडियोको कार्की बडाबासँग सापट मागेर मलाई तीनहजार हातमा राखिदिनुभयो । म रिक्सा चढेर एकपटक हाम्रो घर हुँदै माथि स्कुलसम्म पुगेँ । बा पहिला जस्तै मालपुवा पुरी जिलेवी बनाइरहेका थिए । दाइलाई चाहिँ देखिन । बस चढेपछि छोरो निधायो । म भने आँखामा चलचित्र झैं भएर आएका बाल्यकालदेखि रमाइला दिनहरूलाई सम्झँदै टोलाएँ छु । बस त धरानमा आइपुगेर सबै यात्रुहरू ओर्लँदै रहेछन् । निधाएको छोरा र झोला च्यापेर डेरातिर लागेँ ।

काठमाडौँमा गएर एक रात लजमा बस्नु भन्दा उसै दिन विराटनगर गएर प्लेनमा काठमाडौँ जाने र अमेरिका उड्ने निर्णय भयो । मलाई विराटनगरबाट प्लेन चढेर काठमाडौँ जाँदा नै कतै टाढा जाँदै छु भन्ने भयो । छातीभित्र कता कता पिरो भएरभित्र पोले जस्तो भइरह्यो । केही बोल्न पनि सकिनँ । छोरालाई छातीमा चेपेर बसिरहेँ । काठमाडौँमा उत्रेपछि तीन घण्टा जति अर्को उडानका लागि पर्खनु पर्‍यो तर मेरो दिमागले केही सोच्न सकेन । मलाई कतै निन्द्रामा हिंडे जस्तै भइरहेको थियो । हिजोसम्म पनि कतै खुसी दौडिदै गरेको महसुस गर्थें तर आज त्यो खुसी सबै हराएको थियो । म होस हराएको मान्छे जस्तै भएकी थिएँ तर सुरेशले हाम्रो लग्गेज र केटाकेटी सबैको टेक कियर गरेको थियो ।

हामी सकुशल भर्जिनियामा आइपुग्यौँ तर निद्रा र थकाइले हाम्रा उत्साहलाई ग्रहण लागेको जुनजस्तै बनाइदिएको थियो । केटाकेटी पनि नुन खाएका कुखुरा जस्तै भएर झोक्राएका थिए । एक रात सुरेशका साथीका घरमा बसेर अर्को दिन हामीलाई खोजिदिएको अपार्टमेन्टमा सर्यौँ । सुरेशले पैसा पठाएर साथीलाई अपार्टमेन्ट भाडामा खोज्न लगाएको थियो । नयाँ अपार्टमेन्टमा सबै थोक किन्नु पर्ने । हामीले नेपालबाट अलि अलि भाँडा, थालबटुका र सामान्य कपडा मात्र लिएर आएक थियौँं । गराजसेलबाट केही फर्निचरहरू किनेर ल्यायौँ । केही सामानहरू मान्छे मुभ हुँदा छोडेका टिपेर ल्यायौँं । नेपालबाट ल्याएको पैसा त अमेरिका आइपुग्दा सुकेर सय गुना सानो हुँदो रहेछ । घरभाडा मात्रै महिनाको झन्डै एकलाख नेपाली तिर्नुपर्ने । त्यो पनि बेसमेन्टमा बस्दा मात्र । साना केटाकेटी भएपछि अरूसँग मिलेर बसौँन है भन्दा पनि सम्भव नहुँदो रहेछ ।

अब हामीलाई जसरी पनि काम खोजेर गर्नुपर्ने बाध्यता थियो । नेपालको पैसा त खाँदा र भाडा तिर्दैमा दुई चार महिनामै टाट पल्टन्थ्यौं । बिरामी हुँदा दबाई र अस्पतालको खर्च आदिले गर्दा सोचे जस्तो हुँदैन थियो । धन्न सुरेशका साथीहरू भएकाले इन्डियन रेस्टुरेन्टमा काम पायो । सुरेशले काम पाएपछि भने अलिकति भए पनि राहत भयो । छोराछोरी साना भएकाले म उनीहरूसँग घरमै बस्थेँ । अरू नेपालीका दुईजना बच्चाहरू पनि हेरिदिन्थेंँ । त्यो बच्चा हेर्दा पाएको पैसाले तरकारी किन्नसम्म पुग्थ्यो । आफ्ना पनि केटाकेटी हेर्नु परिहाल्थ्यो । त्यसैले पनि म खुसी थिंएँ ।

बिस्तारै केटाकेटीहरू पनि स्कुल जान थाले । मलाई पनि अलि फुर्सद हुन थाल्यो । सुरेश भने दिउँसो एउटा ग्याँस स्टेसनमा र साँझमा एउटा रेस्टुरेन्टमा काम गथ्यो । छोराछोरी स्कुल पठाएर पछि म पनि व्युटिसियनको तालिम लिन जान्थेंँ । चार घण्टा जति दिउँसो तालिम हुन्थ्यो । घरमा इन्टरनेट भएकाले प्राय मेरो समय कम्प्युटरमा युटुवमा गीत सुन्ने म्युजिक भिडियो र मुबीहरू हेर्ने र फेसबुकमा च्याटमा बित्न थाल्यो । फेसबुकमा पुराना पुराना साथीहरू दाइदिदीहरू चिनेका मान्छेहरू भेटिने भएकाले सारै रमाइलो लाग्थ्यो । फेसबुकको लतले कहिलेकाहीँ त छोराछोरीलाई स्कुलबाट ल्याउन समेत बिर्सने हुनथाल्यो । एक एक घण्टा ढिला भएको पनि पत्तै हुँदैन थियो । पहिला सुरेशले फेसबुक खोलेर म्यासेज पठाउन सिकाउँदा पनि कसरी पठाउने होला भनेर तीन छक्क पर्ने म । यसबेला त फोनबाट सेल्फी खिचेर अपलोड गर्न पनि माहिर भइसकेकी थिएँ । अपलोडभएको फोटोलाई नचिनेका मान्छेहरूले पनि म्युचल फ्रेन्ड हुँदै कमेन्ट गर्थे । कस्ती राम्री । कुन फिल्मको हो यो दृश्य ? जस्ता फुलबुट्टा भरिएका कमेन्टले मेरो खुसीको सीमा नै रहँदैन थियो । अझ कस्तो कुल सेक्सी देख्दा त आपूmलाई संसारकी सबैभन्दा सुन्दर युवती भएको आभास हुन्थ्यो । कमेन्ट गर्ने सबैलाई धन्यवाद दिंदै जान्थेँ । मित्रताका लागि अनुरोध गर्नेहरूको लामो लहर लाग्थ्यो । साथी नै बन्दा त के हुन्छ र भन्दै मित्रताको अनुरोधमा आएका नामहरूलाई कहिल्यै इन्कार गरिनँ । मित्रहरूको लिस्ट बढ्दै गयो । कोही युरोपमा कोही मलेसिया, कतार, दुबई, साउदी, इजरायल, जापान, नेपाल आदि संसारभरका फ्रेन्डहरूसँग कुरा गर्दा त सँधै भेट भइरहेजस्तो हुँदो रहेछ । कति मान्छे त हामी बसेकै सिटीका पनि थिए । प्रत्यक्ष भेट नभए पनि दिन दिनै कुरा गर्दै जाँदा बर्सौं पुरानो चिनजान भएजस्तै लाग्दो रहेछ । मान्छेसँग सिधै अगाडि नदेखिने भएकाले जे लेखेर पठाउन पनि सजिलै सकिने । यसरी कुरा गर्दै जाँदा अति नजिक र आफन्त भएको जस्तो महसुस हुँदै जाँदो रहेछ । एक दुई घण्टासम्म कसैको म्यासेज आएन भने पनि अनेक औडाहा हुने रहेछ । के भयो होला । किन आएन होला आदि प्रश्नहरू मनमा आएर छटपट हुन थाल्ने । साथीहरूसँग म्यासेन्जर कल भाइवर कल हुँदै फोन र टेक्स्ट हुनथाल्यो । स्न्याप च्याट भिडियो कल स्काइपमा कुराहरू हुनथाल्यो ।

यो फेसबुक भन्ने एउटा यस्तो सुन्दर संसार लाग्न थाल्यो कि मिनेट मिनेटमा म्यासेजहरू चेक गर्नुपर्ने । नत्र छट्पटि हुने । एउटा अदृश्य नशा जस्तै लत लाग्दो रहेछ यसको । कहिलेकाहीँ त छोराछोरीले के खाए भन्ने पनि हेक्का हुँदैन थियो । धन्न केटाकेटीले भोकै सुतेको कुरा सुरेशलाई चाहिँ थाहा हुँदैन थियो । त्यो पनि प्राय जसो सुरेश रेस्ट्रुरेन्टबाट ल्याएकै खाना खाने भएकाले मैले राखिदिनु पर्दैन थियो । नत्र भने कतिपटक हाम्रो झगडा परिसक्ने थियो होला । केटाकेटीहरू टिभी हेर्दै निधाएका हुन्थे । सुरेश कामबाट फर्किएर आउँदा मात्रै म झस्किँदै उठ्थें । जुवाडेको जुवाको नशा जस्तै भएको थियो मेरालागि यो फेसबुक ।

सुरेश दुईतिर दिनभरि काम गररे थाकेर आउँथ्यो अनि सुत्नासाथ निधाउँथ्यो । म भने आँखा बन्द नहुन्जेलसम्म टेक्सट र म्यासेन्जरमा रमाउँथें । यो मेरो नियमित कार्यतालिका जस्तै बन्दै गएको थियो । बिहान उठेर हतार हतार लन्च तयार गरेर छोराछोरीहरूलाई ब्रेकफास्ट दिएर स्कुल पठाउँथें । केटाकेटीहरूका स्कुलबाट पटक पटक चिठ्ठीहरू आएछन् । एक दुई हप्तापछि झोला सफा गर्दा भेट्थेँं र सुरेशले थाहा पाउला भन्दै हतार हतार फ्याली दिन्थेँं ।

छोराछोरी स्कुलबाट फर्कँदा म टेक्स्ट र फेसबुकमा नै हुन्थेँं । उनीहरूलाई फ्रिजमाथि राखेको सिरियल निकालेर दुधसँग खानु भन्थेँं । उनीहरू पनि सिरेल खाएर टिभी हेर्न बस्थे । मेरो व्युटिसियनको तालिमलाई पनि यही फेसबुकले खायो । दुई तीनपटक जाँचमा फेल भएपछि आफैंलाई लाज लागेर जान छोडँें । मेरो मन किताबका कुराहरूमा केन्द्रितै हुनसकेन । एक सेमेस्टरको पैसा मात्र गयो । सुरेशलाई मलाई व्युटिसियनको तालिम मन परेन भनेर ढाँटिदिएँ । छोराछोरी स्कुल पठाएपछि म दिनभरि फुर्सद नै हुन्थेँं । मेरो फेसबुक स्टाटसमा म्यारिटल स्टाटसका बारेमा खालिनै राखेकी थिएँ । छोराछोरी र सुरेशसँगका फोटोहरूलाई पनि अपलोड गरेका थिएनन् । त्यही भएर प्राय जसो अविवाहित र सिंगलहरूले मलाई फ्रेन्ड बनाएका थिए । उनीहरूसँग च्याट गर्दाको आनन्दै अर्कै हुन्थ्यो । घण्टौँ च्याटमा बस्दा पनि समय गएको पत्तै हुदैन थियो । एकछिन मात्रै बसेजस्तो हुँदाहुँदै साँझ परिसकेको हुन्थ्यो ।

करिब महिना दिन जति दैनिक च्याटमा कुरा हुँदै गरेको एउटा साथीले एक दिन भेट्ने प्रस्ताव राख्यो । ऊ पनि हामी बसेकै सहरमा बस्तो रहेछ । ऊसँग मेरो करिब छ महिना अगाडि एउटा पार्टीमा हेल्लो हायसम्म भएको थियो । त्यही साँझ फ्रेन्ड रिक्वेस्ट पठायो । त्यसपछि हप्तामा एक दुई पटक जस्तो च्याट हुनथाल्यो । ऊ हामी बसेको नजिकैको सपिंग मलमा गाडी लिएर आउने भयो । उसका सबै फोटोहरू मैले हेरिसकेकी थिएँ । दिनदिनै कुरा हुँदाहुँदै बर्सौदेखि चिनेको जस्तो भइसकेको थियो । आ सुरेशले पनि थाहा पाउँदैन केटाकेटी पनि छैनन् जान्छु भनेर म निस्किएँ । ऊ महलको छेउमा मलाई कुरेर बसेको रहेछ । मैले आपूm निलो जिन र सेतो टपमा छु भन्ने होलिया दिएकी थिंएँ । उसले लेदरको कालो ज्याकेट र कालै जिन लगाएको छु भनेको थियो । उसले निलो टोयोटा आरएभीमा हुन्छु भनेको थियो । म स्टोरको बाहिर पुगेर उभिएकी मात्रै के थिएँ । गाडी ल्याएर मेरा छेउमा रोक्यो र हाय जस्मिन भन्यो । मेरो नाम जस्मिन राखेकी थिएँ । हाय रक्की भनेर मैले हात हल्लाएँ । गाडीमा चढ्न इसारा गर्‍यो । म बायाँतिरको ढोकाबाट गएर पासेन्जर सिटमा बसेंँ । उसले ड्राइभर सिटबाट उठेर हग गर्‍यो । हाम्रो अङ्कमाल अलि बढी नै भएछ क्यारे । अरू गाढीले हङ्क गर्दा मात्र हामी झस्कियौं । ऊ निकै निपुण ड्राइभर थियो भन्ने कुरा उसले एक हातले मात्रै आधा घण्टा जति गाडी चलाएकाले पुष्टि गथ्र्याे । एउटा हातले मेरो हातलाई कसिलो गरी समाएको थियो । मैले पनि कुनै प्रतिक्रिया जनाइनँ । सहरको दृश्य र मौसमको कुरा गर्दै हामी अर्को सपिङ सेन्टरमा पुग्यौँं । त्यो सपिङ सेन्टर यो सहरकै सबैभन्दा ठुलो हो रे । त्यसभित्र रहेको एउटा रेस्टुरेन्टको कुनाको टेबुलमा गयौँ । रक्कीले सुसी र केही इन्डियन खानाहरू अडर गर्‍यो । हामीले एकान्तको मौका छोपेर एक अर्कालाई कसिलो समाएर अङ्कमाल गर्‍यौँ । उसका रसिला ओठहरू मेरा अनुहार घाँटी गाला र ओठहरूमा बग्न थाले । मैले पनि आपूmमा नयाँ ऊर्जा प्रसारण भइरहेको महसुस गरेँं । उसका हातहरू मेरा अङ्ग अङ्गमा भोको सर्प झैं भएर सग्बगाउन थाले । मैले आँखा बन्द गरेँं । लन्चको समय भएकाले मान्छेहरू आउने क्रम जारी थियो । कोही नेपाली मान्छे पनि बोल्दै गरेको आवाज मेरा कानमा ठोक्किंदै थियो । त्यो आक्कल झुक्कल कानमा आएर ठोकिने आवाज परिचित जस्तो लागे पनि मेरा बन्द आँखाले र अनियन्त्रित मनले ठम्याउन सकेका थिएनन् । हाम्रो अडर पनि आइपुग्यो । हामी खाना खाएर निस्कियौँ । रक्कीले मलाई उसको कोठामा लिएर गयो ।

हामी रेस्टुरेन्टमा हुँदै अव्यक्त प्यासले छट्पटाइ सकेका थियौंँ । हाम्रा नसानसाले केही अपेक्षा गरिरहेझैं लाग्दथ्यो । एक अर्कामा लिन भएर संसार बिर्सन पाए हुने थियो झैं भएको थियो । हामी बर्सौँसम्मको वियोगपछि भेट भएका भोका र प्यासा प्रेमीप्रेमिका झैं भएका थियौँं । उसको कोठामा सबै पर्दाहरू लगाइएका थिए । मधुर आवाजमा आएको मिठो धुनमा हामीहरू हरायौँं ।

मेरो सारा शरीर शिथिल शिथिल भएको थियो । मैले भित्तामा झुन्डिएको घडीमा आँखा टेकाएँ । साँझको छ नै बज्न लागेको रहेछ । त्यसबेला मलाई मेरा छोराछोरीको याद आयो । ला उनीहरूसँग घरको चावी पनि थिएन । सुरेश पनि ढिला मात्रै आउँछ । छोराछोरी पनि स्कुलबाट आए होला । मलाई छटपटि भयो । आज मैले यो के गरेँँं । मलाई अपराध बोध भयो । छेउमा पल्टिएको रक्कीलाई बोलाएँ र मलाई घर चाँडै पर्‍ुयाइदिन अनुरोध गरेँ । मेरो जरुरी काम थियो भनेँं । नो वरी स्विटी भनेर अर्कोतिर फर्किएर सुत्यो । मैले उठेर छरपस्ट भएका मेरा केशहरूलाई मिलाएँ । लुगा लगाएर हिंड्न तयार भएँ । हामी बस्ने ठाउँको ठेगाना जी पी एसमा लगाएर बाटो लाग्यौँ । उसले मलाई हाम्रो अपार्टमेन्टको नजिकै छोडिदियो । साँझको सात नै बजिसकेछ । घरभित्र बत्तीहरू पनि बलेका थिएनन् । मेरो मुटु ढुकढुक गर्दै थियो । ढोकामा गएर घण्टी बजाएँ । कुनै प्रतिउत्तर आएन । हेन्डब्यागबाट चाबी निकालेर कोठा खोल्न लाग्दा ढोकामा एउटा कागज देखेँ । के होला भन्ने खुल्दुली भयो । नजिकैको सडक बत्तीको उज्यालोमा गएर चिठी पढेंँ । म उभिएको जमिन भासिंदै गयो । म जमिनभित्र झन झन दब्दै गएंँ । श्रीमान्हरू बर्सौँंसम्म खाडीमा दुःख गरेर पैसा पठाउँछन् । श्रीमतीहरू त्यो पैसामा मोज गर्छन् । छोराछोरी र घरपरिवारको वास्तासम्म नगरी महिलाहरू हराएको खबर त नेपालका गाउँ गाउँमा सुन्दै र पढ्दै आएको थिंएँ तर आज अमेरिकामा पनि आफ्नो श्रीमान् र छोराछोरी हुँदाहुँदै परपुरुषसँगको सङ्गतले मान्छे कति तल झर्न सक्दा रहेछन् भन्ने प्रत्यक्ष देख्नुपर्‍यो । यो फेसबुकले हाम्रा बाचाहरू सबै पानीका फोका बनायो । मैले अठार घण्टासम्म काम गरेर पनि सुख दिन सकिन छु । छोराछोरीको यो बिजोग पनि हेर्न सकिनँ । अब तिमी स्वतन्त्र छौ । म छोराछोरी लिएर गएँ । अभागी सुरेश लेखिएको थियो ।

  • Sahitya Sagar
    Sahitya Sagar
सुरेन उप्रेती
सुरेन उप्रेती
Post Views: 282
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.