SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » श्यामप्रसाद शर्मा : व्यक्तित्वका तीन आयाम
जीवनी

श्यामप्रसाद शर्मा : व्यक्तित्वका तीन आयाम

नरनाथ लुइटेलBy Sahitya SagarApril 15, 2022No Comments16 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नरनाथ लुइटेल विशिष्ट निबन्ध स्रष्टा एवम् समीक्षक हुन् । उनको परिचय हास्यव्यङ्ग्य निबन्धकारका रूपमा विशिष्ट छ । उनको परिचय यस सञ्चार माध्यमका विभिन्न सन्दर्भमा समेटिइसकोको छ । प्रस्तुत शृङ्खलामा उनको श्यामप्रसाद शर्माको जीवनी व्यक्तित्व केन्द्रित श्यामप्रसाद शर्माका ‘तीन आयाम’ शीर्षकको सामग्री समेटिएको छ । यस सामग्रीले श्यामप्रसाद शर्माका बहुआयामिक व्यक्तित्व उजागर गरेको छ ।

-सम्पा.

१) जीवनी–सन्दर्भ

श्यामप्रसाद मकवानपुर जिल्ला अन्तर्गत अहिलेको मन्थली गाविसमा पर्ने सोलीथुम गाउँमा वि.सं. १९८६ साल असार ६ गते बुधबार जन्मिनुभएको हो । उहाँ माता हुतकुमारी देवी र पिता जोगनाथ लामिछानेका एक्लो सन्तान हुनुहन्छ । पाँच वर्षीय बाल्य अवस्थामा नै उहाँकी आमाको मृत्यु भएको थियो । त्यसपछि जेठीआमाको लालनपालन र स्याहार सम्भारसँगै श्यामप्रसाद सोलीथुममै हुर्किनुभयो । छ वर्षको उमेर हुँदा उहाँका पिताजीले उहाँलाई वीरगञ्ज लिएर जानुभयो । वीरगञ्जको श्रीपुरमा बहादुर शमसेर राणाको खेतीपातीको रेखदेख गर्ने ‘जागिर’को सिलसिलामा श्यामका पिताजी सपरिवार त्यता पुग्नुभएको थियो । श्यामप्रसादको उमेर तेह्र पुग्दा नपुग्दै उहाँका पिताको पनि देहान्त भएको हो । पिताको देहान्तपछि जेठीआमा र आफ्नो जीविका चलाउन उहाँले वीरगञ्जमा ‘सेवा सदन’ नाउँको पुस्तक पसल चलाउनु भएको थियो । त्रिजुद्ध हाई स्कुलमा पढ्दै गर्नुभएका श्यामप्रसादको स्कुलको शुल्क, किताब कपी र आमाछोरा दुवैको खानपिनको प्रमुख आधार त्यही पसल बनेको देखिन्छ ।

बाल्यकालमै १९९७ सालको शहीद काण्डका बारेमा मनमोहनका पिताजीबाट जानकारी पाएपछि र गणेशमानलाई पक्रेर सरकारसमक्ष बुझाउनेलाई पुरस्कार दिने सूचना टाँस गरिएको पढेपछि राजनीतिमा चासो बढाउनुभएका श्यामप्रसाद २००४ सालको राणाशाही विरोधी सत्याग्रह आन्दोलनमा सहभागी हुनुभएको थियो । त्यसपछि लगत्तै पक्राउ परी वीरगञ्ज जेलमा थुनिएका बेला बन्दी अवस्थामा रहेका युद्धप्रसाद मिश्रसँगको सङ्गतले उहाँमा प्रकाशन तर्फको अभिरुचि बढेको देखिन्छ । त्यही अभिरुचिका कारण उहाँ उपत्याका बाहिर मोफसलबाट पहिलो पत्रिका सम्पादन र प्रकाशन गर्ने पत्रकार बन्नुभयो ।

पत्रकार भैरव रिसालले भन्नुभए जस्तै श्यामप्रसाद नेपाली इतिहासका एउटा गौरवशाली कोश नै हुनुहुन्छ । उहाँ आफैँ नेपाली इतिहास खासगरी राजनीति, पत्रकारिता र साहित्यको ज्यूँदो इतिहास हुनुहुन्छ ।

नेपाली काङ्ग्रेसको अगुवाईमा भएको सत्याग्रह आन्दोलनको क्रममा रक्सौलतिर निर्वासित नेताहरूसँगको गुप्त भेटघाट एवम प्रशिक्षणले उहाँको राजनीतिक चेतनालाई फराकिलो बनाउँदै लग्यो । २००४ देखि २००७ सालसम्मकै अवधिमा पटकपटक पक्राउ परी जेलजीवन व्यतित गर्नुभएका श्यामप्रसाद जेलभित्रै पनि पत्रकारिता, साहित्यिक लेखन र सङ्गठन निर्माणमा सक्रिय रहनुभएको तथ्य उहाँका प्रकाशित डायरीहरूबाट थाहा हुन्छ ।

वि.सं. २००७ सालको राजनीतिक परिवर्तनपछि राजनीति, साहित्य र पत्रकारिता तीनवटै पक्षलाई निरन्तरता दिँदै आउनुभएका श्यामप्रसाद २०१७ सालको फौजी घटनापछि झन् उच्च मनोबलका साथ कम्युनिस्ट राजनीतिमा समर्पित हुनुभयो । २००९ सालमा वीरगञ्जमै रहेका बेला नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका श्यामप्रसाद गुप्त रूपमा पाटीको काम गरिरहे पनि खुला रूपमा चाहिँ सक्रिय पत्रकार देखिनुहुन्थ्यो । २००९ सालमा प्रगतिशील लेखक सङ्घको स्थापना उहाँकै सुदीर्घ सोचको परिणाम थियो । २०१८ सालमा ४१ जना पत्रकारहरू भेला भई ‘नेपाल पत्रकार सङ्घ’ गठन हुँदा पनि उहाँको सक्रियता उल्लेखनीय देखिन्छ । २०१९ साल साउन (सन १९६२ अगस्ट) मा हङ्गेरीको राजधानी बुडापेस्टमा भएको पत्रकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन (क्ष्।इ।व्।) को पाँचौँ महाधिवेशनमा नेपालका पत्रकारहरूको प्रतिनिधित्व श्यामप्रसादले गर्नुभएको थियो । उहाँले त्यस अधिवेशनमा नेपालको पत्रकारिता र पत्रकारहरूबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२०२० को दसकसम्म आइपुग्दा खासगरी पुष्पलाल प्रवासमा लागेपछि नेपाल कम्युनिस्ट पार्टीको काठमाडौँ उपत्याकाको नेतृत्व श्यामप्रसादले गर्नुभयो । पञ्चायती दमन तीब्र बन्दै गएपछि र उहाँका नजिकका साथी निर्मल लामा पक्राउ परेपछि अब उहाँ पनि खुला रहेर पार्टी काम गर्न सक्ने स्थिति कमजोर भयो । पार्टीको बागमती अञ्चल कमिटीको निर्णय अनुसार उहाँले भूमिगत अर्थात् उहाँकै भाषामा ‘गुप्तवास’ लाई स्वीकार गर्नुभयो । पञ्चायती निरङ्कुशताको समाप्तिका लागि सर्वसाधारण नागरिकलाई सचेत र गोलबन्द गर्ने अभियान अन्तर्गत २३ वर्ष लामो ‘गुप्तवास’ पछि एकैपटक उहाँ २०४७ सालमा बाहिर निस्कनुभएको हो । प्रगतिशील विवाह पद्धती स्थापित गर्दै शशिकलासँग भएको प्रेम विवाह र दाम्पत्य जीवन पनि उहाँको गुप्तवास यात्रापछि टुङ्गिई सकेको थियो । बाहिर निस्किएपछि उहाँ अलि बढी साहित्यिक र सांस्कृतिक क्रियाकलापमा केन्द्रित रहनुभएको देखिन्छ । २००९ सालमा स्थापित प्रतिशील लेखक सङ्घको संस्थापक अध्यक्ष श्यामप्रसादले २०५० सालमा आएर पुनः अध्यक्ष निर्वाचित भई अर्को एक कार्यकाल यसको नेतृत्व गर्नुभयो ।

वैचारिक निष्ठा र जनप्रतिवद्धताका धरोहर श्यामप्रसाद आफ्नो जीवनको उत्तराद्र्धमा साहित्यिक लेखन र प्रकाशनमै केन्द्रित हुनुहुन्छ । ८४ वर्षको वयोवृद्ध उमेरमा पनि जनपक्षधर साहित्यको भण्डार भर्ने कार्यमै उहाँ अहोरात्र खटिरहनुभएको छ । बुढ्यौलीजन्य समस्याहरूका कारण उहाँ निकै अशक्त बन्दै जानुभएको छ तर पत्रपत्रिकामा प्रकाशित पुराना रचनाहरूको सङ्कलन निकाल्नमा उहाँ लागिरहनुभएकै छ ।

राष्ट्र र जनताप्रति श्यामप्रसादको यति लामो कालखण्डसम्मको त्याग र समर्पण राज्य वा सरकारद्वारा उच्च मूल्याङ्कन र कदर गरेको देखिँदैन । जनस्तरबाट धेरै साहित्यिक सांस्कृतिक सङ्घ–संस्थाहरूले उहाँलाई विभिन्न पुरस्कार र सम्मान अर्पण गरेका छन् । अत्यन्त ढिलो भए पनि नेपाल प्रज्ञा प्रतिष्ठानले उहाँलाई भर्खरै आजीवन सदस्यता प्रदान गरेको छ । यति मात्रै पर्याप्त हो जस्तो हामीलाई लाग्दैन । प्रगतिपक्षधर नेपाली राजनीति, साहित्य र पत्रकारितामा श्यामप्रसादले पुर्‍याउनुभएको योगदान सर्वाधिक उच्च र विशिष्ट छ । वामपन्थीहरूकै समेत आलोपालोमा चलिरहेको गणतन्त्र नेपालको वर्तमान सत्ताले उहाँको विशिष्ट योगदानलाई कम आँके पनि वा नदेखे पनि सर्वसाधारण नागरिकहरूको मनमनमा उहाँ अत्यन्त आदरणीय, प्रिय, प्रेरणादायी र सम्मानित व्यक्तित्वका रूपमा रहनुभएको छ ।

२. श्यामप्रसाद : व्यक्तित्वका तीन आयाम
क.राजनीतिज्ञ श्यामप्रसाद
राणाशाही कालदेखि शाहकालिन पञ्चायती निरङ्कुशतासम्मको समग्र कालखण्डभरि जनता पूर्ण रूपले स्वतन्त्र र मुक्त हुनुपर्छ, निम्नवर्गीय जनताको जीवन नफेरिएसम्म यो राष्ट्र समृद्ध हुँदैन भन्ने दह्रो विश्वास नै श्यामप्रसादको राजनीतिक आस्थाको मूल धरातल हो । २००७ सालअघि राणा सरकारले पक्राउ गरेर वयान लिँदा उहाँले समाजवादको व्याख्या गर्दै समाजवाद भनेको समाजको राम्रो गर्ने हो, सबै जनताले काम र मामको अवसर पाउनुपर्दछ र सरकार तथा सत्ताले यस्तो व्यवस्था गर्नुपर्दछ भन्ने विचार व्यक्त गर्नुभएको छ । श्यामप्रसादले वयानका क्रममा यसो भनीरहेका बेला वर्तमान नेपाली वाम आन्दोलनका कतिपय आफूलाई शीर्षस्थ व्यक्तित्व भन्न रुचाउनेहरू जन्मिनै भ्याएका थिएनन् ।

जनकार्य, सङ्गठन, सङ्घर्ष र समर्पण यी सबैको केन्दमा श्यामप्रसादले तल्लो वर्गका जनतालाई आधार बनाउनुभएको छ । यो उहाँको राजनीतिक आदर्श हो । यही आदर्शका निम्ति उहाँले घर भन्नुभएन, परिवार भन्नुभएन, दाम्पत्य जीवन भत्किँदा समेत उहाँ बनाउनतिर लाग्नुभएन । आफ्नै दुईदुई वटी नाबालख छोरीहरू हुर्काउनु पर्ने दायित्वले पनि उहाँलाई बाँध्न सकेन । सङ्गठनले आदेश दिनासाथ यी सबै छोडेर उहाँ त्यही राजनीतिक आदर्शमा समर्पित र समाहित हुनुभयो ।

जनताको सुख, सुविधा र समृद्धिका निम्ति देशको अर्थव्यवस्था कस्तो हुनुपर्छ, ऐन र कानुनहरू कस्ता हुनुपर्छ, सामाजिक संरचनालाई कसरी परिवर्तन गर्नुपर्छ, विभेदपूर्ण परम्परागत संस्कारहरूलाई कसरी फेर्नुपर्छ, हाम्रो जस्तो बहुजातीय र बहुसांस्कृतिक समुदाय भएको देशमा राष्ट्रिय एकता कायम गर्न के कस्ता सहिष्णुता अपनाउनुपर्छ, भिन्न मत र मान्यता बोकेकाहरू बीचमा पनि के कसरी एकता हुनसक्छ भन्ने जस्ता राजनीतिक विषयमा अत्यन्त परिपक्व र व्यावहारिक दृष्टिकोण राख्नसक्ने नेपालका कमै राजनीतिज्ञहरूमध्ये श्यामप्रसाद एक हुनुहुन्छ । वर्तमान अराजक राष्ट्रिय राजनीति पन्पिरहेको बेलामा समेत उहाँका यी विचारहरू अत्यन्त सार्थक रहेका देखिन्छन् । बर्गीय धरातल गुमाउँदै उल्टो दिशा समातेको वाम राजीनीतिलाई सुल्टो दिसा दिने हो भने श्यामप्रसादको राजनीतिक सोचलाई अनुशरण गर्दै व्यवहारमा उतार्नु आवश्यक छ ।

ख) पत्रकार श्यामप्रसाद
श्यामप्रसादको अर्को महत्वपूर्ण व्यक्तित्व पत्रकारितासँग सम्बन्धित छ । रातारात करोडौँ रुपैयाँ आर्जन गर्ने उद्योगको रूप लिन थालेको आजको पत्रकारिताको जग खोतल्ने हो भने हामी श्यामप्रसादले निर्धक्क खर्चिएको श्रम र पसिना फेला पाछौँ । जेलमा कष्टकर बन्दी जीवन बिताइरहेको र कागज–कलमको समेत प्रतिवन्ध बेहोरिहेका बेला स्लेटमा खरीले लेखेर दैनिक पत्रिका चलाउने श्यामप्रसादको योगदानबारे अहिलेका पत्रकारहरूलाई कत्तिको थाहा होला कुन्नि ? प्रजातान्त्रिक आन्दोलनमा लागेबापत जेलमा थुनिएका राजवन्दीसम्म पुर्‍याउने गरी हस्तलिखित पत्रिका निकाल्ने श्यामप्रसादको योगदान आजका पत्रकारिताका हातेपुस्तकहरूमा नभेटिन सक्छ । पत्रकारितालाई जनताको सेवामा, चेतना, ज्ञान र शिक्षा प्रवाहित गर्ने राम्रो माध्यमको रूपमा लिनुभएका श्यामप्रसादले आफ्नो पत्रकारिता पेसालाई नाफा र नोक्सानसँग जोड्नुभएन । बरू यसमा पनि जनताको भलो गर्ने जनपक्षधरता प्रतिको समर्पणभावलाई महत्व दिनुभयो ।

श्यामप्रसादले नख्खु जेलमा बन्दी भएको बेला निकाल्नुभएको स्लेट पत्रिका र पछि वि.सं. २००५ मा निकालिएको हस्तलिखित ‘अड्कल’ जस्ता समाचारपत्र नेपाली पत्रकारिताको इतिहासमा उल्लेख्य छन् । वि.सं. २००६ मा ‘पाँचभाइ’ नाउँको गुप्त सङ्गठन बनाई त्यतिखेर जेलमा रहेका राजबन्दीहरू टङ्कप्रसाद आचार्य र रामहरि शर्माका हातमा पुग्ने गरेको अर्को हस्तलिखित साप्ताहिक पत्रिका ‘कोसेली’ र ‘सन्देश’का सम्पादक पनि श्यामप्रसाद नै हुनुहुन्थ्यो ।

वि.सं. २००७ मा नक्खु जेलमा हुँदा उहाँले ‘गुनासो’ (दैनिक), ‘ज्वाला’ (साप्ताहिक), ‘तरुण’ (साप्ताहिक) अङ्ग्रेजीमा ‘द नेपाल कलिङ्’ र नेपालभाषामा ‘पासा’ नामक स्लेटपत्रहरूका साथै प्रगतिशील अध्ययन मण्डल, वीरगञ्जबाट निस्किएको ‘अध्ययन’ (हस्तलिखित मासिक) पत्रिकामा पनि उहाँको सक्रिय सहभागिता रहेको कुरा डा. धर्मराज अधिकारीले आफ्नो विद्यावारिधिको शोधपत्रमा उल्लेख गर्नुभएको छ । श्यामप्रसादकै सम्पादनमा वीरगञ्जबाट २००८ सालमा निस्किएको ‘सेवा’ नामक पत्रिका राजधानी उपत्याका बाहिरबाट निस्किएको पहिलो पत्रिका थियो । त्यसपछि ‘जनमत’ साप्ताहिक (२०१०), ‘मसाल’ साप्ताहिक (२०१३) ‘हालखबर’ दैनिक (२०१३) ‘प्रकाश’ साप्ताहिक (२०१४) ‘नयाँ समाज’ र ‘भूगोलपार्क’ जस्ता पत्रपत्रिकाहरूमा कहीँ सम्पादक कहीँ उपसम्पादक, कहीँ सम्पादन मण्डलको जागिरे सदस्य रहेर अटुट रूपमा पत्रकारिता गर्दै आउनुभएका श्यामप्रसादले २०१५ सालपछि ‘स्वास्नीमान्छे’ त्रैमासिक र ‘साहित्य’ (त्रैमासिक) पत्रिकाको प्रकाशन आरम्भ गर्नुभएको थियो । यी पत्रिकाहरू मार्फत प्रगतिपक्षीय विचार, दृष्टिकोण र व्यवहार निर्माणमा उहाँको योगदान अतुलीय रहेको देखिन्छ ।

वि.सं. २०१८ मा ‘नेपाल पत्रकार सङ्घ’ को गठनमा उहाँको भूमिका उल्लेखनीय रहेको थियो भने २०१९ मा हङ्गेरीको राजधानी बुडापेस्टमा भएको पत्रकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन (क्ष्इव्)को पाँचौं महाधिवेशनमा नेपाली पत्रकारको प्रतिनिधित्व गर्दै उहाँले भाग लिनुभएको थियो । त्यस महाधिवेशनमा उहाँले प्रस्तुत गर्नुभएको ‘ए रिपोर्ट अन जर्नालिजम एण्ड जर्नालिस्ट अफ नेपाल’ शीर्षकको प्रतिवेदन डा. मुकेशकुमार चालिसेको नेपाली अनुवादमा वि.सं. २०४२ सालमा प्रकाशित भएको छ । यसबाट के बुझिन्छ भने २० को दसकपूर्व नेपाली पत्रकारिताको नेतृत्व तथा अगुवाई श्यामप्रसादले नै गर्नुभएको थियो ।

ग) सहित्यकार श्यामप्रसाद
श्यामप्रसादको सर्वाधिक चर्चित र लोकप्रिय व्यक्तित्व चाहिँ साहित्यकार व्यक्तित्व नै हो । फेरि पनि उहाँको साहित्यकार व्यक्तित्व निर्माणको केन्द्रमा वाम राजनीतिक निष्ठा र पत्रकारितातर्फको सक्रियताले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा बिर्सनै मिल्दैन । राजनीतिक विचार र व्यवहारलाई प्रकट गर्ने उपयुक्त र आवश्यक माध्यम उहाँले साहित्यलाई बनाउनु भएको देखिन्छ । राजनीति, पत्रकारिता र साहित्य यी तिनै पक्ष उहाँले सँगसँगै जस्तो आरम्भ गर्नुभएको हो ।

उहाँ साहित्य र राजनीति दुवै क्षेत्रमा आफूलाई प्रेरित गर्ने व्यक्ति आफ्ना गायत्री गुरु कृष्णचन्द्र अर्याल भएको बताउनुहुन्छ । अर्यालबाटै जीवनको प्रारम्भतिर बौद्धिक विकास गर्ने अवसर र साहित्यमा लाग्ने प्रेरणा पनि पाउनुभएका श्यामप्रसादको लेखनकार्यले जस्तोसुकै परिस्थितिमा र जहिलेसुकै पनि निरन्तरता पाएको छ । उहाँको पहिलो प्रकाशित पुस्तिका ‘गाउँको सफाइ’ वि.सं. २००१ तिर जोरगणेश प्रेसबाट छापिएको थियो । यद्यपि उहाँको साहित्यिक यात्रा भने कविताबाट भएको देखिन्छ । १०÷११ वर्षकै उमेरमा पिताजीलाई लेखेको कवितामा चिठी उहाँको पहिलो लिखित कविता भए तापनि वि.सं. २००२ मा ‘उदय’ मासिकमा छापिएको ‘सन्देश’ शीर्षकको कविता नै उहाँको पहिलो प्रकाशित कविता हो । त्यसो त वीरगञ्जको छात्रजीवनमै लेखिएका दैनिकी अंशहरू समेत उहाँको प्रकाशित डायरीमा परेको भेटिन्छ ।

‘हाम्रोमा भाषा, धर्म, जाति जस्ता थुप्रै विषयमा अवैज्ञानिक विचारहरू विद्यमान छन् । भाषा, धर्म, जातिको नाममा शोषण, उत्पीडन भइरहेको छ । त्यस्तालाई चिर्न कलम–चलाएको हुँ ।’ श्यामप्रसादको यस कथनले उहाँको साहित्यिक लेखनको उद्देश्यलाई प्रष्ट पारेको छ । उहाँका समग्र रचना र कृतिहरूको एकसूत्रीय उद्देश्य रहेको छ जनसेवा । धार्मिक ढोँग, राजनीतिक दमन, सामाजिक शोषण र अमानवीय उत्पीडनबाट निमुखा नागरिक मुक्त हुनुपर्छ । यस्तो मुक्ति सचेतन सङ्घर्षबाट मात्रै सम्भव छ भन्ने आदर्शमा आबद्ध भएर आजीवन कलम चलाउने कलमजीवी हुनुहुन्छ श्यामप्रसाद । उहाँको ‘तँ, तिमी, तपाइँ, हजुर’ (२०१४) मा सङ्कलित निबन्धहरूमार्फत प्रस्तुत भएको दृष्टिकोण एवम् विचारले नेपाली प्रगतिवादी धारालाई अहिलेसम्म मार्गदर्शन गरिरहेको छ । यो शतब्दीको आरम्भतिरै उहाँले लेख्नुभएको ‘लेखक कसरी बन्ने’ कृतिले यस पङ्क्तिकार जस्ता सैयौँ लेखक बन्न खोज्नेहरूलाई आजसम्म प्रशिक्षित गरिरहेको छ ।

खुला जीवनमा होस् वा बन्दी जीवन बिताइरहेको बेला होस्, गुप्तवासको अवधिमा होस् वा सार्वजनिक अवस्थामा होस् लेखनको निरन्तरतामा कुनै कुराले अवरोध पुर्‍याएको देखिन्न । सेना र प्रहरीको कडा निगरानी भइरहेको बेला पनि नलेखी नछाड्ने ‘श्यामप्रसाद शौचालय र नुहाउन गएका बेला चुरोटका बट्टा र सिसाकलमका फालेका टुक्रा बटुलेर उनीहरूका आँखा छल्दै लखिरहनुहुन्थ्यो ।’ जेल जीवनमा उहाँले लेखेका थुप्रै फुटकर रचना, राजवन्दीहरूसँग अप्रत्यक्ष रूपमा आदान–प्रदान गरिएका चिठी–चपेटाहरू र डायरीहरू प्रकाशित भएका छन् अझै कति अप्रकाशित नै छन् । यस्तो अद्वितीय जाँगर छ श्यामप्रसादमा । २३ वर्षको लामो भूमिगत जीवनमा पनि उहाँले निरन्तर लेखिरहनुभयो । गुप्त परिचय नखुलोस् भनेर कृष्ण अर्याल, श्याम, दिल, हर्कजीत नेपाली, दि., कृ., अर्याल, नरनाथ, सुरेन राई, ज्योतिकान्त, हरि शर्मा, राजेन्द्र शर्मा, अनिल, दिनेश, केपी शर्मा, सेवक, देशभक्त, विमर्श, राम, सावित्री, ऋषभदेव सुवेदी, मायालु काका, जीवनप्रसाद शर्मा आदि नामबाट दर्जनौ रचना सिर्जना प्रकाशित छन् उहाँका ।

विधागत ढङ्गले हेर्दा, निबन्ध–प्रवन्ध, लेख–टिप्पणी, गीत–कविता, चिठी–पत्र, दैनिकी, समालोचना, संस्मरण, बालसाहित्य सबैतिर उहाँको कलम चलेको छ । उहाँको लेखनमा विषय क्षेत्र पनि त्यत्तिकै बहुविद देखिन्छ– धर्म, भाषा, शिक्षा, साहित्य, स्वास्थ्य, जातजाति, आर्थिक अवस्था, प्रेम, विवाह, परिवार, नाताकुटुम्ब, किसान, मजदुर, विद्यार्थी, साथी, महिलामुक्ति, बाल, युवा, प्रौढ, आदित्यादि विषयमा केन्द्रित रहेर उहाँले प्रशस्त रचना कृतिहरू लेख्नुभएको छ । यस सानो साङ्केतिक आलेखमा उहाँका प्रकाशित कृतिहरूको सूची प्रस्तुत गर्न पनि सम्भव छैन ।

अत्यन्त सरल स्वभाव र व्यवहार निपुण श्यामप्रसादका सवै रचना सिर्जना श्यामप्रसाद जस्तै सरल छन् । भाषाको भारी र बौद्धिकताको बोझले बोझिलो नबनाई भन्न खोजेको कुरा सरक्क बुझ्न सकिने भाषा र शैली श्यामप्रसादको लेखनीको मेरुदण्ड हो । एउटा मामुली कुरा बुझ्न निधारमा सत्र गाँठा पार्नुपर्ने कष्टकर पठनबाट श्यामप्रसादको लेखन बाह्र हात पर छ ।

श्यामप्रसादको साहित्यिक जीवनमा उहाँको निबन्धकार व्यक्तित्व बढी चर्चित र लोकप्रिय रहेको देखिन्छ । खासगरी उहाँ वैचारिक र निजात्मक निबन्धकार हुनुहन्छ । ‘त“–तिमी, तपाईं–हजुर’– २०१४, ‘मेरो आमा’ (२०२३), ‘धनीको पनि ओड लिने ?’ (२०४८), ‘सबैका लागि घर’ (२०४९), ‘उनी कति राम्री ?’ (२०५२) जस्ता उहाँका निबन्ध कृतिमा सङ्गृहीत निबन्धहरूमा हेपएचेपिएको तल्लो वर्गलाई हित गर्ने सामाजिक परिपाटी स्थापना हुनुपर्ने वैचारिक भावलाई नै केन्द्रविन्दुमा राखिएको पाइन्छ ।

डायरी तथा दैनिकी लेखन श्यामप्रसादको अर्को महत्वपूर्ण क्षेत्रका रूपमा देखिन्छ । वैयक्तिक जीवनमा पनि श्यामप्रसाद नियमितताका अत्यन्त पक्षपाती हुनुहुन्छ । बिहान उठेदेखि बेलुका सुतेसम्म उहाँ आफैंले बनाएको पूर्वनिर्धारित कार्यसूची अनुसार चल्नुहुन्छ । नियमहरूको परिपालनालाई महत्व दिनुहुन्छ र उहाँको सामीप्यमा आउने जोसुकैलाई पनि आफूलाई सञ्चालन गर्ने नियमहरू आफैं बनाएर चल्न अभिप्रेरित गर्नुहुन्छ । हरेक वर्ष, महिना, हप्ता, दिन र दिनलाई पनि खण्ड–खण्ड गरी कार्यसूचीमा विभाजन गरेर तत्तत् समयमा तत्तत् काम गर्ने मानिस फेला पार्न मुस्किल छ । उहाँले कुन दिन के काम गर्नुभयो, के पढ्नुभयो, के लेख्नुभयो, कसलाई भेट्नुभयो, कोसँग के विषयमा के कस्ता कुरा भए, कुन दिन देशमा महत्वको के घटना भयो आदि यावत् टिपोट–विवरणको अभिलेख उहाँका डायरीमा फेला पार्न सकिन्छ ।

वीरगञ्जको त्रि–युद्ध एच.इ.स्कुलको छात्र हुँदादेखि नै श्यामप्रसादले डायरी लेख्न थाल्नुभएको हो । उहाँले लेख्नुभएका डायरीहरू प्रकाशित पनि भएका छन् । उहाँको पहिलो प्रकाशित सिङ्गो डायरी–कृति चाहिँ ‘थुनुवाको डायरी’ (२०३८) हो । श्यामप्रसाद वि.संं. २००५ साल माघ १३ गते वीरगञ्जमा पक्राउ परेर सैनिक ब्यारेक हुँदै वीरगञ्ज जेलमा थुनिएको समयअवधिको विवरण परेको छ । त्यसै गरी ‘मेरा डायरीका पाना (१९६१–१९६५)’– २०५७ मेरा डायरीका पाना’ (सन् १९४५–१९६०)– २०६२, ‘मेरा डायरीका पाना’ (१९६६)’–२०६२, ‘मेरा डायरीका पाना १९९१’÷ २०६३ र ‘मेरा डायरीका पाना १९९२’–२०६४ र ‘मेरा डायरीका पाना (१९९३)–२०६८ मा प्रकाशित भएका छन् । यी डायरीहरूमा श्यामप्रसादको वैयक्तिक दैनिकी मात्र नभएर तत्कालिन समयको राजनीति, साहित्य, समाज, संस्कृति आदिको टिपोटमूलक झलकहरू परेका छन् ।

वि.सं. २००८ सालदेखि नै समालोचनामा समेत हात हाल्नुभएका श्यामप्रसाद प्रगतिवादी सैद्धान्तिक समालोचनाका प्रस्थापक व्यक्तित्व पनि हुनुहुन्छ । वीरगञ्जबाट प्रकाशित ‘सेवा’ प्रगतिशील मासिकमा सामालोचना शीर्षकमै पूर्णप्रसाद ब्राम्हणका दुई कृति ‘म लोग्ने हुँ’ र ‘झिल्का’ माथि उहाँको पहिलो समालोचनात्मक लेख प्रकाशित भएको थियो । ‘स्वास्नीमान्छे’ र ‘साहित्य’ मा उहाँका बाक्लै समालोनाहरू प्रकाशित भएका छन् । ‘लेखक कसरी बन्ने ?’ २०१०) ‘साहित्यसम्बन्धी दुईचार कुरा’ (२०२२), ‘साहित्यका पात्रपात्रीहरू’ (२०३९), जीवित साहित्यकारप्रति हाम्रो कर्तव्य(२०५०), साहित्यमा सापेक्षता (२०५०), साहित्यिक फाँटका मेरा केही धारणा (२०५२) र मेरा समालोचना (२०६७) जस्ता उहाँका समालोचनात्मक कृतिहरूले प्रगतिवादी समालोचनाका प्रस्थापनाहरू अघि सारेका छन् । साहित्य जनताको हकहितको संरक्षण गर्ने हतियार हुनुका साथै सरल र जनपक्षीय हुनुपर्छ भन्ने श्यामप्रसादले कठोर सैद्धान्तिक विषयलाई पनि सरल भाषाशैलीमा प्रस्तुत गर्नुभएको छ । उनका कति पय समालोचनाहरूजीवनीपरक एवं कृतिपरक रहेका छन् । उहाँका सबै समालोचनाहरू यथार्थवादी प्रगतिवादमा आधारित छन् ।

उपर्युक्त व्यक्तित्वका अतिरिक्त श्यामप्रसादमा कवि, गीतकार, अनुवादक, उत्प्रेरक आदि व्यक्तित्व पनि टड्कारो रूपमा देखिँदै आएका छन् ।

घ) ‘हाम्रा कुराको सार’ कृतिबारे अलिकति
श्यामप्रसादको लामो जीवनकालमा लेखिएका र तत्काल विभिन्न पत्रपत्रिकामा छापिएका लेख–रचनाहरूको कालक्रम अनुसार सङ्ग्रह प्रकाशनको क्रममा यो अर्को कृति तयार भएको छ– ‘हाम्रा कुराको सार’ । यस कृतिमा श्यामप्रसादका सन् २००९ भरि विभिन्न पत्रपत्रिकामा प्रकाशित रचनाहरू र उहाँका अन्तर्वार्ताहरू परेका छन् । यस कृतिभित्र जम्मा ९ वटा रचना समावेश गरिएको छ । सन् २००९ को अवधिमा उहाँका ५ वटा अन्तर्वार्ता सार्वजनिक भएका देखिन्छन् । ती पाँचवटै अन्तर्वार्ता यस कृतिमा परेका छन् । पहिलो अन्तर्वार्ता ‘प्रगतिवादी लेखन कलात्मक रूपमा आइरहेको छ’ २०६६ पुस को ‘मधुपर्क’ मासिकमा छापिएको थियो । ओम श्रेष्ठ रोदनले लिनुभएको यस अन्तर्वार्ताको आरम्भमा श्यामप्रसादको परिचयलाई सङ्क्षिप्त रूपमा राखिएको छ । राजनीति, पत्रकारिता र साहित्यका विषयमा गरिएका प्रश्नहरूको उत्तरमा श्यामप्रसादले केही ऐतिहासिक, केही राजनीतिक र केही साहित्यिक सन्दर्भहरूसँग सम्बन्धित आफ्ना धारणा प्रस्तुत गर्नुभएको छ । साहित्यिक सन्दर्भमा छवटा प्रश्नका जवाफमा उहाँले विशिष्ट कथाशिल्पी एवम् उहाँका युवा अवस्थादेखिकै साहित्यिक सहयात्री रमेश विकललाई सम्झनुभएको छ ।

‘दर्शन र विचार सहितका पत्रपत्रिकाको सङ्ख्या बढाउँदै जानुपर्छ’ शीर्षकको दोस्रो अन्तर्वार्ता प्रेस काउन्सिलका अध्यक्ष नारायणप्रसाद शर्माले लिनुभएको लिखित अन्तर्वार्ता हो । २०६६ वैशाख २२ को मिति उल्लेख भएको यस अन्तर्वार्तामा अधिकांश प्रश्नहरू उहाँले गर्नुभएको पत्रकारितासँग सम्बन्धित छन् । विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा श्यामप्रसादले २००६÷०७ सालमा ‘पाँच भाइ सङ्गठन’ नाउँको गुप्त सङ्गठनबाट ‘कोसेली’ नाउँको हस्तलिखित साप्ताहिक प्रकाशित गरेर सदर भद्रगोल जेलभित्रको जेल कालकोठरीमा रहेका राजबन्दीहरूलाई गोप्य रूपबाट पठाउने गरेको, २०१८ सालमा काठमाडौँमा ४१ जना पत्रकारहरू भेला भई ‘नेपाल पत्रकार सङ्घ’ गठन गरेको, २०१९ सालको साउन (सन १९६२ अगस्ट) मा हङ्गेरीको राजधानी बुडापेस्टमा भएको पत्रकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन (IOJ) को पाँचौँ महाधिवेशनमा उहाँले नेपालको पत्रकारिता र पत्रकारहरूबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको जस्ता ऐतिहासिक तथ्यहरू प्रस्तुत भएका छन् । (डा.मुकेशकुमार चालिसेको सौजन्यबाट प्राप्त त्यस सम्मेलनमा श्यामप्रसाद सहभागी हुँदाको समाचार तस्विरको छायाप्रति परिशिष्टमा दिइएको छ ।)

‘बयानमा पनि समाजवादका कुरा’ र ‘पार्टीको अञ्चल कमिटीको निर्णअनुसार म गुप्तवास गएको हुँ’ शीर्षकका दुई अन्तवार्ता पत्रकार भैरव रिसालले सगरमाथा एफएमको ‘उहिले बाजेका पालामा’ भन्ने कार्यक्रमका लागि लिनुभएको हो । (अक्षराङ्कन र शीर्षक चाहिँ सम्पादकको) यी दुवै अन्तर्वार्ता क्रमशः २०६६ असार १५ गते र २०६६ साउन ५ गते प्रशारण भएका थिए । त्यसैगरी ‘नक्खु जेलमा थुनिने म पहिलो राजबन्दी’ शीर्षकको अन्तर्वार्ता चाहिँ नेपाल एफएम्को कार्यक्रम साहित्यसुधाका लागि नरनाथ लुइँटेलद्वारा लिइएको र सोही कार्यक्रममा भदौ १७ गते प्रशारण भएको अन्तर्वार्ता हो । पछि ध्वनिमुद्रणबाट अक्षराङ्कनमा उतारिएको यस अन्तर्वार्तालाई ‘ड्रिमल्याण्ड नेपाल’ नामको अनलाइन पत्रिकाले वेभसाइटमा राखेको थियो । यी तीन अन्तर्वार्ताले श्यामप्रसादको जीवनको पूर्वाद्र्धका अनेकन प्रसङ्गलाई उद्घाटन गरेका छन् । उहाँ समर्पित हुनुभएको राजनीतिक आदर्श, सङ्गठन, भूमिगत जीवन, लेखन, प्रकाशनमा सक्रियता आदिबारे श्यामप्रसाद अत्यन्त खुलस्त हुनुभएको छ । यी अन्तर्वार्ताले उहाँको विगत जीवनका गतिविधीबारेमा धेरै जानकारी प्रस्तुत गर्दछन् ।

सङ्ग्रहमा परेका बाँकी चारवटा रचनामध्ये ‘हाम्रा कुराको सार’ सङ्ग्रहको शीर्ष रचना हो । यस लघु–रचनाले वर्तमान नेपाली राजनीति र राजनीतज्ञमा देखा परेका गलत प्रवृत्तिहरूलाई मूख्य विषय बनाएर पाँच वटा बुँदामा केन्द्रित भई आप्mनो समाधानमूलक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । यी बुँदालाई हाम्रो देशको नेतृत्व तहले आत्मसात गरिदिने हो भने मात्रै पनि अहिलेको मूल राजनीतिक सङ्कट समाप्त हुने थियो । सङ्ग्रहको अर्को ‘भूमिगत जीवन’ शीर्षकको रचनामा उहाँले भूमिगत कालका केही तथ्यगत प्रसङ्ग प्रस्तुत गर्नुभएको छ भने ‘फर्सी फाल्न लगाएको’ रचना बाल्यकालको संस्मरणमा आधारित छ । आरम्भकै लघु रचना ‘पराजुलीको विशेषता’मा नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तित्व कृष्णप्रसाद पराजुलीको मूल विशेषताबारे उल्लेख गरिएको छ ।

यो सङ्क्षिप्त चर्चाले के स्पष्ट गर्दछ भने श्यामप्रसादको यो नयाँ कृति हेर्दा सानो देखिए पनि उहाँको व्यक्तित्व, जीवन प्रसङ्ग र जीवनदृष्टिबारे प्रकाश पार्ने महत्वपूर्ण रचनाहरूको सकङ्लन हो ।

अन्तमा,
नेपाली आख्यानका हस्ती रमेश विकल र धच गोतामेहरू जस्तालाई लेखनमा उतारू गर्ने बहुआयामिक र बहुमुखी प्रतिभाका धनी श्यामप्रसादको जीवन प्रसङ्ग र उहाँको विराट व्यक्तित्वका बारेमा यहाँ केही सङ्केतसम्म गरियो । सगरमाथा एफएमको उहिले बाजेका पालामा कार्यक्रम अन्तर्गत २०६६ साल साउन ५ गते श्यामप्रसादसँगको अन्तर्वार्ताका क्रममा पत्रकार भैरव रिसालले भन्नुभए जस्तै श्यामप्रसाद नेपाली इतिहासका एउटा गौरवशाली कोश नै हुनुहुन्छ । उहाँ आफैँ नेपाली इतिहास खासगरी राजनीति, पत्रकारिता र साहित्यको ज्यूँदो इतिहास हुनुहुन्छ । इतिहासका थुप्रै धरोहरहरू खँडहरमा परिणत भइरहेको यो बेला श्यामप्रसाद नामको यो कोशलाई संरक्षण र जगेर्ना गर्न सके नेपाली वाङ्मयको मात्र होइन सिङ्गै राष्ट्रको गौरव बढ्ने थियो ।

कलङ्की, काठमाडौँ

  • Sahitya Sagar
    Sahitya Sagar
नरनाथ लुइटेल
नरनाथ लुइटेल
Post Views: 308
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.