SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » वाङ्मय महारथि महानन्द सापकोटा
जीवनी

वाङ्मय महारथि महानन्द सापकोटा

प्रतिभा पौडेलBy Sahitya SagarMarch 4, 2022No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

प्रतिभा पौडेल युवा पुस्ताकी साहित्य सिर्जना र समीक्षामा सक्रिय प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको महानन्द सापकोटाको जीवनी समेटिएको छ । यस जीवनीले महानन्द सापकोटाका जीवनका विविध आयामलाई समेटेको छ ।

-सम्पा.

नेपाली भाषा साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिने स्रष्टाहरूमध्ये महानन्द सापकोटा पनि एक हुन् । उनले जीवनभर नेपाली भाषाको सेवा गरिरहे । शिक्षा र चेतनाले मात्रै राष्ट्रको विकास हुने कुरा उनले बुझेका थिए । उनका साहित्यले पनि मुलुकको मौलिक चिन्तन र राष्ट्रिय भावना बोलेका छन् । प्रकृति चित्रण, राष्ट्रप्रेम र समाज सुधार उनका मुख्य विषय हुन् । कुसंस्कार कुरीति, अन्धविश्वास, असमानता एवम् लैङ्गिक र जातीय विभेद बिरुद्ध उनी लागिरहे । नारी उत्थान र शोषित पीडितको पक्षमा उनी सधैँ लागिरहे । समाज सुधारका लागि पनि उनी अहोरात्र खटिइरहे । मान्छे मान्छेबिच अमानवीय भेदभाव वा छुवाछुत विरुद्ध पूर्वमा चेतना जगाउने काम महानन्दले गरे ।

भारतमा बस्दा धरणीधर कोइरालासँगको सङ्गतले उनमा नारी उन्मुक्ति, भाषा र राष्ट्र प्रेमप्रतिको गहिरो छाप परिसकेको थियो । नेपाली भाषाको प्रचारप्रसारमा उनी पूर्वी नेपालका विभिन्न जिल्लाहरू घुमे । त्यस समय नेपाली भाषा कम प्रयोगमा आउँथ्यो । संस्कृत र हिन्दी भाषाको बढी प्रभाव थियो । भाषाको मौलिकताका लागि झर्रो नेपाली भाषाको प्रयोगमा उनले सर्वप्रथम जोड दिएका हुन् । उनले भाषा सम्बन्धी थुप्रै पुस्तक लेखे । उनी भाषालाई सर्वमान्य बनाउन व्याकरण खुकुलो हुनुपर्छ भन्थे । आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति जिउँदो जागरुकता ल्याउने उनी पहिलो नेपाली भाषाशास्त्रीका रूपमा चिनिए ।

महानन्द सापकोटाको जन्म वि.सं. १९५३ वैशाख ३० गते भएको हो । बाबा रामचन्द्र सापकोटा र आमा सरस्वतीका तेस्रो सन्तानका रूपमा इलामको इरौँटार गा वि स देवानछापमा उनी जन्मेका हुन् । उनको न्वारनको नाम जगन्नाथ हो । कसैकसैले यज्ञनिधि पनि भनेका छन् । रामचन्द्र र सरस्वतीका तीन सन्तानमध्ये दुई सन्तान (जेठी छोरी र जेठो छोरो ) को बाल्यकालमै निधन भयो । त्यसपछि रामचन्द्र र सरस्वती ठूलो शोकमा परे ।

एकातिर गरिबी र अर्कोतिर शोक भएपछि विरक्तिएर बालक महानन्द साथमा लिई रामचन्द्र दम्पती भारतको आसाम, तेजपुर पुगे । तेजपुरमा पनि विभिन्न ठाउँमा बसाइँ सर्दै विहाली माझगाउँ पुगे । त्यहाँ गोठपालन गरी बस्न थाले । त्यसबेला महानन्द करिब नौ – दश वर्षका थिए । महानन्दले मामा खडानन्द अधिकारीबाट प्रारम्भिक शिक्षा लिए । चण्डी, रुद्री, वेद, महाभारतलगायत संस्कृत शिक्षाबाट उनको अध्ययन सुरु भयो । तर उनका पिताको निधन भएका कारण पढाइ अघि बढ्न सकेन । पछि तेजपुरको मिडिल स्कुल भर्ना भएर गाईभैँसी चराउँदै सात कक्षासम्म पढे ।

महानन्दकी आमा दुध, घिउको व्यापार गर्थिन् । महानन्दले पनि कहिले नाउ चलाउने कहिले कोइला खानीमा काम गर्ने जस्ता निकै कठोर दिनहरू बिताउन थाले । पढ्ने धोको नमेटिए पछि महानन्द २५ वर्षको हुँदा दार्जिलिङ गए । त्यहाँ उनले धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली आदिको साथ र सङ्गतमा पढ्न थाले । तर उनले म्याट्रिक पास चाहिँ गर्न सकेनन् । त्यहाँबाट उनी फेरि तेजपुर नै फर्किए । आर्थिक सङ्कटका कारण हातमुख जोर्ने समस्याले महानन्दलाई कहिल्यै छोडेन ।

१९८० को अन्त्यतिर दार्जिलिङबाट फर्किएपछि भारतीय काङ्ग्रेसमा प्रवेस गरे । त्यसैको खादी पोसाकमा उनी तेजपुर कोर्टमा लेखनदास काम गर्न थाले । तर त्यहाँका कर्मचारीले काङ्ग्रेस भनेर सो काममा उनलाई प्रतिबन्ध लगाए । त्यसपछि उनी विहाली नजिक सिङ्गीघाटमा कोइलाखानीमा काम गर्न थाले । महानन्दले विहालीछेउ बस्ने अग्निधर भट्टराईकी छोरीसँग १९८३ मा पहिलो विवाह गरे । तर ती नारीसँग उनको लामो सम्बन्ध रहेन । महानन्दले तीन जनासँग विवाह गरे । जसमध्ये दुइवटी श्रीमतीबाट तीनजना छोरा र तीनजना छोरी जन्मिए । तर परिवारसँग उनी लामो समय बस्दै बसेनन् । उनले प्राय घुमन्ते जीवन बिताए ।

महानन्दले तेजपुरमा निकै लामो समय बिताए । उनले त्यहाँको स्कुलमा पनि केही समय पढाए । दार्जिलिङ बसाइबाटै उनमा भाषा साहित्य र शिक्षाको बीज झाँगिन थालेको थियो । पं. धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवालीलगायतको सङ्गतले साहित्य र छन्द सिक्ने अवसर पाए ।

दार्जिलिङ बसाइमा उनले १९८० मा मनलहरी झ्याउरे लयको लघुकाव्य प्रकाशन गरे । यो उनको प्रथम कृति पनि हो । यसका साथै आहुति कविता (२००६), अपुङ्गो कवितासङ्ग्रह (२००७), विशाल नेपाल कविता (२००८), आँटे कविता (२००८) आदि उनका कविताकृतिहरू हुन् । सापकोटा निबन्धावली (२०२९) उनको निबन्ध विधाको कृति हो । त्यस्तै उनले भाषा सम्बन्धी थुप्रै कृतिहरू प्रकाशन गरे । ध्वनिको धन्दा २०२०, (भाषा), सरिशब्दकोष (२०२०), खस र खस भाषा (२०२०), जनजिब्रो भाषा (२०२१), नेपाली निर्वाचनको रूपरेखा, (२०२७),नेपाली शब्द परिचय (२०३४), व्यूत्पत्तिमूलक नेपाली शब्द परिचय,( ? ) आदि उनका भाषा सम्बन्धी कृति हुन् । यी लगायत क्रियान्वयी व्यञ्जना, नानीको किताब, कीर्ति राना आदि थुप्रै पुस्तक र पत्रिकाहरूको उनले सम्पादन प्रकाशन गरेका छन् ।

महानन्द महात्मागान्धीको विचारबाट प्रभावित थिए । उनले आफ्नो राष्ट्र ,राष्ट्रियता, भाषा र संस्कृतिको महत्व बुझे र उनले पनि सादा जीवन र उच्च विचारलाई पछ्याए । ठुलादेशको प्रभावबाट मुक्त रहनुपर्छ भन्ने स्वाभिमानी विचारबाट अभिप्रेरित भए । राजनैतिक प्रणाली जुनसुकै रूपमा आए पनि जनताको हित र राष्ट्रिय भावनायुक्त भएनभने त्यो देशका लागि घातक बन्न सक्छ भन्ने उनको विचार थियो ।

आसाम बसाइमा पनि महानन्दले कविता लेखनलाई निरन्तरता दिइरहे । उनका कविताहरू देहरादुनबाट निस्कने पत्रिका गोरखा संसारमा प्रकाशित हुन्थे । उनले यस पत्रिकाको केही समय सम्पादन पनि गरे । त्यही बसाइका क्रममा उनले त्रिवेणी शीर्षकको उपन्यास पनि लेखे । सो उपन्यास गोरखा संसारमा धारावाहिक रूपमा छापिन थालेको थियो । तर त्यो पत्रिका केही समयपछि बन्द भएकाले पुरा छापिन भने पाएन ।

प्रवासको बसाइमा महानन्दले आर्थिक सङकटसँग जुधिरहनु पर्यो । उनले फेरि केही समय गोठाले जीवन बिताए । पेट पाल्नकै लागि अङ्ग्रेजको कम्पनीमा समेत काम गरे । सो कम्पनीमा पानीजहाजको हेरविचार गर्ने उनको काम थियो । यसरी अनेकँैं ठाउँमा काम गर्दै हिँड्दा आफ्नो स्वाभिमानको सम्मान नभएको महसुस भने गरिरहे । नेपाली मुटु लिएर जहाँ जहाँ पुगे पनि उनको मुटुले नेपाल मात्रै बोलिरह्यो । अन्तत: जीवनको ४० औँ वसन्तसँगै १९९३ सालमा आफ्नै मातृभूमि फर्किए ।

नेपाल आएर पनि महानन्दले कठोर सङ्घर्ष गरे । निरक्षर र पिछडिएको पूर्वी नेपालको प्रत्येक गाउँ बस्तीमा शिक्षाको उज्यालो छर्दै हिड्न थाले । १९९४ मा विराटनगरका समाजसेवी, राजनैतिक व्यक्तित्व कृष्णप्रसाद कोइरालाको साथ र सहयोगले धनकुटाको गोकुण्डेश्वरमा विद्यालयको स्थापना गरे । १९९६ मा धरानका समाजसेवी छविलाल पोख्रेल, नन्दीश्वर खनाललगायतको सहयोगमा धरान पब्लिक स्कुलको स्थापना गरे । तत्कालीन डाइरेक्टर शारदाशमशेरको आदेशले सो स्कुल बन्द भयो ।

त्यसै समय उनी क्षयरोग ग्रस्त भए । उनी स्वस्थ हावापानीको खोजमा सङ्खुवासभाको चैनपुर पुगे । त्यहाँ पनि उनी त्यसै बस्न सकेनन् । उनी शिक्षालाई नै उन्नतिको आधार मान्थे । चैनपुरमा पनि उनले सरस्वती स्कुलको स्थापना गरे । यसरी उनी जहाँ जहाँ पुगे त्यहाँ विद्धताको छाप छोड्दै हिँडे ।

महानन्द निरङ्कुशताको घोर विरोधी थिए । त्यसबेला नेपालभर चलिरहेको राणा विरोधी गतिविधिमा उनी भित्री रूपले संलग्न थिए । उनी राणा विरोधी पर्चाहरू छपाउने र विभिन्न ठाउँमा पुर्याउने पनि गर्थे । कृष्णप्रसाद कोइरालालगायतका व्यक्तिहरू पक्राउ परिरहेका बेला महानन्द भने निकै चलाखीपूर्ण रूपले जोगिदै थिए । आफ्नो चतुर्याइँले उनी राणा सासकहरूलाई समेत रिझाएर काम गर्दै थिए ।

२००३ सालतिर हैजाका कारण धरानमा थुप्रैको ज्यान गयो । हैजाबाट मृत्युु भएका दलित बर्गको सव व्यवस्थापन गर्न कसैले मानेका थिएनन् । समाज सुधारक, उच्च विचारका महानन्दले दलित वर्गको सव पनि अरूसरह दाहसंस्कार गर्ने व्यवस्था मिलाए । साथै उनले दलितका छोराछोरीलाई पनि अरू सरह स्कुलमा भर्ना भएर पढ्न पाउने व्यवस्थासमेत गरे ।

महानन्द सापकोटा देशप्रेममा चुर्लुम्म डुब्थे । तर उनको बिचारका अनुयायी कोही पनि निसकेनन् भनेर दु:खी थिए । उनको राष्ट्र भक्ति यति खरो थियो कि, उनका विषयमा प्रा. बालकृष्ण पोख्रेल लेख्छन् – राष्ट्रप्रेमको तापमान १००० डिग्री भन्दा माथि पुग्ने लक्ष्यणका एकल उदाहरण हुन् उनी । उनीपछि तापमान ५०० डिग्रीसम्म पुर्याउने स्रष्टा हुन् सम । .. देशप्रेमको काम ज्वरो भने हुन्छ महानन्दलाई । (पोख्रेल २०६५, अन्तर्वार्ता, पेज १०५, महाानन्द दर्पण ।)

महानन्द २००७ सालको क्रान्तिका योद्धा पनि हुन् । उनले इलामको करफोकमा २००८ सालमा नेपाली भाषा प्रचारक सङ्घ खोले । इलामका नरेन्द्रनाथ बाँस्तोला सो सङ्घको प्रवन्धक र महानन्द त्यसको कुलपति थिए । प्रजातन्त्र प्राप्ति पछि पनि केही समय मेची अञ्चल राष्ट्रिय धारमा मिसिएन । यस क्षेत्रको गभर्नर भैरवप्रसाद आचार्य बने । उक्त अन्तरिम सरकारको शिक्षामन्त्री महानन्द सापकोटा भए । तर उनी राजनैतिक विषयतिर त्यति आकर्षित भएनन् । उनी नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवाका लागि जीवनभर खटिइरहे । शिक्षामन्त्री भएकै बेला उनले पूर्वका विभिन्न जिल्लामा करिब ६५ वटा विद्यालय खोले । तिनमा पुस्तकालयको समेत व्यवस्था गरे । ती प्रत्येक पुस्तकालयमा २०० वटाका दरले नेपाली भाषा प्रचार गर्न मद्दत पुग्ने खालका पुस्तकहरू वितरणसमेत गरे । उनले नेपालमा शिक्षाको झिल्को टिपेर दीप बाल्ने कामको सुरुआत गरे ।

करफोकमा खोलिएको शिक्षण शिविर (नेपाली भाषा प्रचारक सङ्घ) सञ्चालन गर्न आर्थिक व्यवस्थापनका लागि यिनीहरूले निकै मिहिनेत र परिश्रम गर्नु पर्‍यो । महानन्द सापकोटा मनिस रिझाउन निकै सिपालु थिए । उनी सहयोग माग्नका लागि बडाहाकिमलाई भेट्न विराटनगर सम्म पुगे । त्यसबेला त्यहाँका बडाहाकिम भूपालमानसिंह कार्की थिए । कार्कीले एकै वचनमा शिक्षण शिविर सञ्चालनका लागि १०० मन चामल उपलब्ध गराउने वचन दिए । सो चामल कार्कीकै खर्चमा झापामा किनेर कर्फोकसम्म ल्याइयो । (महानन्द दर्पण, टीकानाथ खनालसँगको अन्तर्वार्ता अनुुसार) सापकोटाले विराटनगरमा अन्य थुप्रै व्यक्तिहरूसँग पनि भेटेर शिविर सञ्चालनका लागि छलफल र सुझाव सङ्कलन गरेका थिए । सरकारका तर्फबाट पनि सो सञ्चालनमा केही सहयोग पुगेको थियो । उक्त शिक्षण शिविरमा विद्यार्थीलाई निशु:ल्क खाने बस्ने व्यवस्था गरिएको थियो ।

त्यहाँ पढ्ने प्रत्येक विद्यार्थीले हरेक वर्ष छ महिना पढ्ने र छ महिना विभिन्न गाउँमा गएर निरक्षरलाई साक्षर बनाउनुपर्ने नियम थियो । यसरी एकका माध्यमले अनेक ठाउँका जनतालाई साक्षर बनाउने र भाषा प्रचार गर्ने उद्देश्यले शिविर सञ्चालन भयो । दुई वर्षमा प्रवेशिका दिलाउने सो शिविरको अर्को उद्देश्य पनि थियो ।

२००९÷०१० सालतिरको कुरा हो , शिविरमा पढ्ने झापा जयपुरका टीकानाथ खनाललाई महानन्दले नेपाली भाषा प्रचार गर्न बर्दिया पठाए । बर्दियामा थारू बस्ती थियो । त्यो बिरानो ठाउँमा न त थारूहरू नेपाली भाषा बुझ्थे न खनाल थारू भाषा नै बुझ्थे ! त्यसैले त्यहाँ गएर नेपालीभाषा सिकाउने काम निकै नै कठिन थियो । सुुरुसुुरुमा उनी निकै हैरान् पनि भए । तर खनाल पहिला आफू थारूभाषा सिक्न थाले । क्रमश: थारू समाजसँग नजिकिन थाले ।

त्यसबेला पूर्वमै पनि छोरीले पढ्ने चलन थिएन, झन थारू नारीहरू त दासी झैँ जीवन बिताइरहेका थिए । आफूले थारू सिकेपछि खनालले त्यहाँका थारू केटाहरूलाई नेपाली भाषा पढाउन थाले । जब खनाल थारू भाषा बोल्न थाले अनि त थारू समुदायले उनलाई असाध्य माया गर्न थाले । उनी सजिलै त्यस समाजमा भिजे । हिजोको अप्ठ्यारो सजिलोमा परिणत भयो । थारूमहिलाहरूले पनि माया र सद्भाव देखाउन थाले । भाषाको महत्व कति रहेछ भन्नेकुरा त्यसपछि मात्रै खनालले बुझे ।

महानन्द सापकोटा वास्तवमै दूरदर्शी र अथाह चेतनाका सागर थिए । उनी नेपाली भाषा नेपालभरि फैलन नसके नेपालको राष्ट्रियता पनि बलियो हुँदैन भन्ने गर्थे । त्यस समयमा हिमाली र तराई क्षेत्रमा नेपाली भाषीको सङ्ख्या अत्यन्तै कम थियो । त्यसैले उनले ती क्षेत्रमा विशेष प्रचार अभियान चलाएका थिए । यो महान कार्यलाई नेपालका अन्य जिल्ला र भारतका विभिन्न स्थानमा समेत पुर्‍याउने उनको योजना थियो । पूर्वदेखि पश्चिमसम्म नेपाली भाषालाई फैलाउन उनले धेरै ठुलो परिश्रम गरे । तर उनको यस पवित्र अभियानलाई सरकारले बुझिदिएन वा बुझेरै बुच पचाइदियो , नेपाली भाषा प्रचारक सङ्घलाई दिने सेवासुविधा कटौती गर्दै पछि शिविर नै बन्द गरिदियो ।

२००९ सालमा नेपाली भाषा प्रचारक सङ्घ मार्फत महान्दले करफोकमा बृहत् साहित्य सम्मेलको आयोजना गरे । सो सम्मेलनमा काठमाडौँबाट नेपाली साहित्यका त्रिमूर्ति (लेखनाथ पौड्याल, देवकोटा, सम) लगायत थुप्रै स्रष्टाहरूको उपस्थिति थियो । त्यस्तै भारतको दार्जिलिङबाट पं धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधानलगायतका ठुला कवि साहित्यकारहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रम २००९ सालको असोज १८ गते देखि २२ गतेसम्म भएको थियो । त्यस महान कार्यक्रमको प्रेरणा र प्रभावले इलाम, झापालगायत पूर्वमा थुप्रै कवि साहित्यकारहरू जन्माइदियो ।

नेपाली भाषा प्रचारक सङ्घ बन्द भएपछि महानन्द झापाको भद्रपुरमा गएर बस्न थाले । २०१२ सालमा उनले भद्रपुरमा पूर्वाञ्चल प्रेसको स्थापना गरे । सोही प्रेसमार्फत हाम्रो नेपाल पत्रिका प्रकाशन र सम्पादनसमेत गरे । सापकोटा एकैठाउँ बस्न नसक्ने स्वभावका व्यक्ति थिए । उनी विभिन्न ठाउँ घुमिरहन्थे र उनी पुगेका ठाउँमा शिक्षा र समाजसेवाको पदचाप पनि छोड्थे । उनले २०१३ सालमा सुनसरीको इनरुवामा समेत स्कुलको स्थापना गरे र केही समय पढाए । स्कुल खोल्नु र भाषा तथा शिक्षाको प्रचार गर्नु त उनको दैनिकी नै थियो । उनले नेपाल र भारतका विभिन्न ठाउँका साथै जर्मनी, बेलायतलगायत देशको पनि भ्रमण गरे ।

महानन्द सापकोटाले विभिन्न समयमा विभिन्न सम्मान पुरस्कारहरू प्राप्त गरेका छन् । उनले नेपाली निर्वाचनको रूपरेखा पुस्तकका लागि (२०२७) सालमा मदन पुरस्कार पाए । त्यस्तै इन्द्र राज्य लक्ष्मी पुरस्कार (२०३२), गोरखा दक्षिणबाहु तेस्रो र चौथो (२०३२), दियालो दुलिचन्द्र स्वर्णपदक (दार्जिलिङ, २०३२), आदिबाट पनि उनी सम्मानित भएका छन् । उनको २०३१ सालमा विराटनगरमा नागरिक अभिनन्दन भयो । २०४६ सालमा उनको सम्मानमा, इलाम जिरो कि.मी.मा महानन्द चोक र इलामबजार प्रवेशद्वार सिंह वाहिनी मन्दिर जाने सम्मको सडकलाई महानन्द मार्ग नामाकरण गरिएको थियो । झापा जिल्लाको विर्तामोड (मुक्तिचोक)बाट एक कि.मि उत्तरमा महानन्द चोक नामाकरण गरिएकोलगायत विभिन्न समयमा विभिन्न सङ्घसंस्थाबाट सम्मान तथा पुरस्कारबाट उनी सम्मानित भएका छन् ।

संस्कृत ,आसामे, हिन्दी, अङ्ग्रेजी, बङ्गला लगायत भाषाको ज्ञान भएका सापकोटा आफ्नै आत्मविस्वासमा बाँच्ने स्रष्टा हुन् । उनमा सांगठनिक क्षमता भने कम थियो । निकै छिटो रिसाउने, अरूका कुरालाई महत्व नदिने उनको स्वभाव थियो । धैर्य गर्न नसक्नु, आफ्ना कमजोरीलाई स्वीकार नगर्ने बानीलाई उनको दुर्वल पक्षको रूपमा लिन सकिन्छ । यो बानीकै कारण सायद उनलाई परिवारले पनि त्यति साथ दिएनन् । जीवनको उत्तरार्धकालमा उनलाई क्यान्सर लगायत विभिन्न रोगले समेत सतायो ।

मकै, मोही र मुन्टाको सब्जी उनको प्रिय खानकी थियो । मासुमा उनी कुखुराको मासु मन पराउँथे, वर्षमा एक दिन आत्मीय जनलाई बोलाएर मासु र चिउरा खुहाउने गर्थे ।

महानन्दको अन्तिम इच्छा भने अनौठो थियो । उनी होटलको बास र अस्पतालमा सास जाओस भन्थे । नभन्दै त्यस्तै पनि भयो । २०३५ साल जेठ ३० गते महेन्द्रक्याम्पस विराटनगरको सभाहलमा नेपाली भाषाका प्राध्यापकहरूको कार्यशाला गोष्ठीको उनले उद्घाटन र सम्बोधन गरे । सोही क्रममा प्राध्यापकहरूलाई सम्बोधन गर्दै अहिलेसम्म आफूले निर्वाह गर्दै आएको कर्म, भाषा र साहित्य सम्बन्धि जीवनभरिको तपस्या यही प्राज्ञिक जमातसमक्ष सुम्पेको र आफूले विश्राम लिएको कुरा बताएका थिए । त्यसै साँझ उनी जलजला सिनेमा हलमा परालको आगो सिनेमा हेर्न गए । र त्यतै होटलमा बसे । भोलिपल्ट असार एक गते बिहान अर्धचेत अवस्थामा भेटिएका उनलाई अस्पताल पुर्‍याइयो । तर त्यहाँ पुगेको केही क्षणमै उनले संसार छोडे । नसा नसामा राष्ट्रिय चेतना भएका, जोसिलो बिचार र बैचारिक आन्दोलनका महारथि हुन महानन्द सापकोटा । उनका असल कार्य र अमर कृतिहरूले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाएको छ । यस्ता ऊर्जवान, भाषासेवी, समाजसेवी, स्रष्टा हामी माझ सधैँ अमर रहने छन् ।

  • Sahitya Sagar
    Sahitya Sagar
प्रतिभा पौडेल
प्रतिभा पौडेल
Post Views: 641
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.