SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सतचुर्न स्मृति
कथा

सतचुर्न स्मृति

त्रिपुरा पोखरेल (खरेल)By Sahitya SagarJanuary 28, 2022No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
त्रिपुरा पोखरेल नेपाली कविता र आख्यानका क्षेत्रमा कलम चलाउने प्रतिभा हुन् । प्राध्यापक बालकृष्ण पोखरेल र शान्तादेवी पोखरेलकी सुपुत्री पोखरेलले साहित्यिक वातावरण आफ्नै घरपरिवारबाट प्राप्त गरेकी हुन् हाल सिक्किमलाई कर्मभूमि बनाएकी पोखरेलका मेरी कविता (कविता सङ्ग्रह) र प्रस्फुरण (हाइकुसङ्ग्रह) जस्ता कृतिहरू प्रकाशित छन् । उनका लघुकथा, कथा, कविता आदि विधाका कृतिहरू प्रकाशनका तयारीमा छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘सतचुर्न स्मृति’ शीर्षकको कथा समेटिएको छ । यस कथाले म पात्रको माइतीघर र त्यसमा बिताएको बाल्यकालीन स्मृति र छरछिमेकका घटनालाई निकै जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

-सम्पा.

“काइँली बिमारी छन् हेर्न जाँदिनौं? ” मेरी बाल्यकालकी सखाले माइतीघरतिर जाने बाटोमै मलाई खबर गरिन् । मेरो बाल्यकालको स्मृतिमा विस्मृतप्रायः भइसकेकी काइँला दाइकी काइँली फेरि मेरो मानसपटलमा देखा परिन्। माइतीघरमा व्याग राखेर म फेरि बाहिरिएँ। हामी दुई जना पैदल नै काइँलीको घरतिर हानियौं। किन हो कुन्नि ,माइतीमा पाइला राख्नासाथ मलाई आफ्नो बालापन पुन: फर्किएको अनुभूति हुन्छ।

सेतै फुलेकी ,मुखभरि चाउरिएर मुजा परेको छाला, छालाले मासु छोडेको अवस्थामा ओछ्यानमै बिलाउन आँटेकी काइँलीलाई देख्दा म तर्सिएँ।समय र रोगले मान्छेलाई यो अवस्थामा पुर्याउँदो रहेछ भन्ने सोचाइले म झस्किएँ।छेउमा झुन्डिएको ऐनाले पनि मलाई गिज्याइरहेको भान भयो। मैले डराएर त्यतातिर हेरें, मेरो मनमात्र घरि केटाकेटी, घरि जवान हुँदोरहेछ भन्ने कुराको सत्य साबित गर्यो ऐनाले। “काइँली, हामीलाई चिन्यौ?” मैले उसको कान नजिक मुख लगेर सोधें। उनले टाउकोको इशाराले चिनेको संकेत दिइन्। सायद तिनको पोइले हामी गेटबाट छिर्दा नै हाम्रो परिचय गराइसकेको हुनुपर्छ ।

बाबुआमाी काइँली छोरी भएकोले तिनलाई सबैले काँइली भन्छन् । सबैले काइँली भन्ने गरेकाले मेरो जिब्रोले पनि तिनलाई काइँली नामले नै फड्कार्थ्यो। उनलाई सम्बोधन गर्नका लागि काइँलीबाहेक अरु कुनै आदरार्थी शब्दहरू थिएनन् ।

“तीर्थ नानी म बजार गएर आउँछु एकछिन् भाउजूसँग बसिदिन्छौ कि ?” मैले आवाजलाई पछ्याएँ । धामी दाइको बिहेमा खडकुँलोभरि मासु बोकेर र लगायत अरु भुराभुरीलाई बाटोमा नबस भन्दै गाली गर्दै धकेल्ने उही सत्र , अठारका काइँला दाइ रहेछन् । उनी अझै पनि हृष्टपुष्ट देखिन्थे । हामी दुवैले तिनलाई बजार जाने स्वीकृति दियौं ।

मैले ओछ्यानमा सुतेकी काइँलीलाई एकपल्ट फेरि सरसरती हेरें। त्यतिखेर मेरो कानमा कामतका केटाकेटीहरूले गीतको भाकामा गाएका दुई वाक्य गुञ्जिन थाले ,”पल्लो गाउँमा स्याल करायो काइँलोले धमिनी भगायो।” अर्को थियोे “आङ्लाङबाङ आङ्लाङबाङ ढुङ्गा हानाहान धामी दाइ र काइँलाको खुट्टा तानातान।” आङ्लाङबाङको अर्थ अझैसम्म पत्ता लागेको छैन।

केटाकेटी छँदा मलाई खेती जान असाध्यै रहर लाग्थ्यो । मंसिरको जाडोमा हजुरआमाको पछि लागेर खेती जान्थ्येँ।कामत पुग्दा समुचा शरीर धुलो र फुस्रो हुन्थ्यो। म यसैमा रमाउँने गर्थें । केटाकेटीदेखि नै मलाई शहरको देखावटी संस्कारभन्दा गाउँको वास्तविक जीवन रम्य लाग्दथ्यो।

हामी खेतीमा पुगेपछि त्यहाँको रौनक नै अर्कै हुन्थ्यो ।कामत घरको आँगनमा हरूवा र बटियादारको भीड लाग्थ्यो ।हजुरामा आँगनको बीचमा राखेको बेन्चमा बस्नुहुुन्थ्यो। उनीहरु कागजमा धर्का तानेर धानको हिसाब बुझाउँथे। म धर्काको हिसाब बुझ्दिन थिएँ। खेल्ने उमेरमा मलाई हरहिसाबबारे बुझ्ने रहर पनि थिएन।

हजुरआमाको आँखा छलेर म मृगले बुर्ढकुसी मारे झैँ बुर्कुसी मार्दै कामतका झुपडीहरू चहार्दै हिंड्थें। मलाई त्यहाँको स्वच्छन्दता खुबै मनपर्थ्यो।केटाकेटी नाङ्गै भुतुुङ्गै भएर धुलो खेलिरहेका हुन्थे , खोलाको मट्याइलो पानीमा पौडी खेल्थे,डुबुल्की लगाउथे।उनीहरूलाई फोहोर पानीमा नजा, लुगा लगा, धुलो नखेल् भनेर रोकटोक गर्ने कोही थिएनन् ।

बिहानबेलुकी पढ्नुपर्छ भन्दै हप्कीदप्की गर्ने आमाहरू त्यहाँ थिएनन् ।त्यहाँको जीवन गुईंठा बना, जर्ना बटुल्, पानी ल्या, भातभान्सा ,खेताला,बनीबुतो गर्न जा.. यस्तै काममा व्यस्त हुन्थ्यो । म शहरको घरको अनुशासनमा उकुसमुकुस हुन्थें। बिहान उठेदेखि राति ओछ्यानमा जाँदासम्म घरका अभिभावकले बनाएको नियम कानून बमोजिम चल्नु पर्थ्यो। त्यहाँ साङ्लोमा बाँधिएकी म कामतमा आएपछि उन्मुक्ति पाए झैँ लाग्थ्यो ।

“नानी यहाँ बस ।” म कतिखेर खड्किनी दिदीको घरमा पुगिसकेकी रहिछु। उनी मेरी आमाको उमेरभन्दा ज्यादा उमेरकी थिइन् । तिनलाई म अरु सरह नै खड्किनी दिदी भन्थें। मलाई उनले नाकमा लगाएको बुलाकी कानको ढुङ्ग्री र माडवारीले लोभाउँथ्यो। झन् दिदी बोल्दा तिनको ओठसम्म झरेको बुलाकी हल्लिएको दृश्यले मलाई लिङ्गे पिङमा मच्चिएको भान हुन्थ्यो । तिनले कपालको चुल्ठो बाट्दा निधारदेखि कपालको आँख्ला बनाएको हुन्थ्यो।हिन्दी सिनेमाका अभिनेत्री साधना र बबिताको नक्कल गरेर जुडो बनाउने नारी समाजमा हुर्किएकी मलाई खड्किनी दिदीको कपाल कोर्ने ढाँचा अनौठो लाग्थ्यो ।

“दिदी, अहिले म धामी दाइको घरमा बिहेको रमझम हेर्नजान्छु ल, भोलि हजुरआमासँग तपाईंको घरमा आउँछु।” यति भन्दै म हतारहतार धामी दाइको घरतिर कुदें। धामी दाइ उमेरमा मेरो बुवाभन्दा ठूला। बुवाको दाजु मेरो पनि दाजु।

धामी दाइको घरको आँगनमा गाउँका केटाहरू जग्गे बनाउन व्यस्त थिए। टाउकोमा फेटा ,लबेदा र घुँडासम्म भाङ्रोको सेतो कपडा बेरेका धामी दाइले काम सघाउन आउनेहरूलाई आफ्नो चोरी अौंला ठडाउँदै कुनै कुराको निर्देश दिंदै थिए। ‘ वंश र उमेरको नाताले मेरो बुवाको उमेरभन्दा ठूलो धामी दाइको बिहे .. !’ म कान्छी अौंलाको नङ टोक्दै सोच्न थालें। कति मथिङ्गल मन्थन गर्दा पनि जडसम्म पुग्न सफल भइन।एघार वर्षमात्र टेकेको मेरो कलिलो उमेरको कलिलो मगजले यस विषयको परिमाण निकाल्न सकेन।

” बाटोमा किन बसेकी? ” खड्कौँलोभरि डल्लै खसीको मासु बोकेका काइँला दाइ मलाई र अरु रमिते केटाकेटीलाई ठेल्दै , गाली गर्दै अगाडि बढे। बिहे बटुलोमा साना भुराभुरीलाई पन्छाउँदै हिंड्ने मान्छेको कमी थिएन।म आँगनको पल्लो छेउमा गएर रमिता हेर्न थालें। गाउँघरका नारीहरू कसार बटार्दै संगिनी गाउँन मस्त थिए, बुढापाकाहरू सिलोक र बालनको अभ्यास गर्दैथिए।आँगनबाट छर्लङ्ग देखिने एउटा कोठामा भोलि राति जन्ती अन्माएपछि गरिने रत्यौलीको अभिनयको अभ्यास हुँदैथ्यो। म चुपचाप बिहेको तयारीको रमझममा रमिरहेकी थिएँ। धामी दाइ उज्यालो अनुहार लगाएर ओहोरदोहोर गरिरहेका थिए।

” बैनी, आमा र हजुरामाले तिमीलाई खोज्दै हुनुहुन्छ ,छिट्टै घर जानु रे। ” अघिकै काइँला दाइ मलाई लिन आउनुभएको रहेछ।म उहाँको पछिपछि लागें। हजुरआमा कामत घरको आँगनमा धुनी ताप्दै हुनुहुन्थ्यो ।मलाई देख्नासाथ एकैसाथ कराउनु भयो,” छोरी मान्छे भएर एक्लै लखरलखर किन हिंडेकी।” म निरत्तोरित भएर खुट्टाको बूढी अौलाले भुइँ कोट्याउन थालें। राति हजुरआमालाई मेरो माया लागेछ , मलाई भान्सा कोठामा लगेर स्थानीय गाईको बाक्लो दूध दिनुभयो । छोरालाई स्वतन्त्रता र छोरीलाई बन्धक पार्ने हजुरामाको विचारबाट गाउँमा पनि मैले मुक्ति पाउन सकेकी थिइनँ ।

बेहुला अन्माउन र रत्यौलीको निम्तोमा हजुरआमासँग म पनि गएँ। नौमती बाजालाई अघि लाएर धामी दाइ बेहुली लिन जानुभयो । हाम्रो बजारमा ब्याण्डबाजामा “ले जाएगें ले जाएंगे दिलवाली दुल्हनिया लेजाएंगे। ” ,बाबुल की दुआएँ लेती जा ‘को धुनमा ब्याण्ड बाजा बज्दथ्यो तर यहाँ बाजादेखि लिएर सबैमा नेपाली संस्कृतिको झलक देखें। राति म लगायत अरु केटाकेटीलाई कोठामा थुनेर आँगनमा आइमाईहरू रत्यौली खेल्न थाल्नुभयो। हामीले बाहिर हाँसोको फोहरा छुटेको र एक दुईवटा छाडा शब्द बाहेक अरु केही सुनेनौ।

भोलिपल्ट बिहे खान गयौं ।धामी दाइकी बेहुलीको सुन्दर मुहार देखेर म हेरेकोहेरै भएँ। उनी चौबन्दी चोली , फरिया , मजेत्रो पटुकी र हेम्बरीमा सजिएकी थिइन् । जन्म घर छोडेर आउँदाको पीडाले होला बेहुलीको अनुहार खग्रास लागेको दिन जत्तिकै थियो तर धामी दाइ भने झलमल्ल लागेको घाम जस्तै उज्यालो भएका थिए।

” फुच्चाफुच्चीलाई भेला गरेर दरीमा बसाउ।” सबैको हतार र हल्लाभित्र एउटा आदेश आयो।धुलो उड्दै गरेको आँगनमा ठूलो गुन्द्री ओछ्याएको ,थियो मलाई पनि तानेर गाउँका केटाकेटीहरूसँगै राखे। अरु सरह म पनि रमाएर पतकरमा दिएको मासुको झोलसँग भात खान थालेें। बिहे भोज अति नै स्वादिष्ट लागेको भएपनि हजुरामाको इशाराको चेतावनीले मलाई अरू थप्न दिएन। ठूलो कसौंडीको भातलाई झिंगाले डम्मै छोपेको थियो।

बिहेबाट बजारको घर फर्केपछि तीनवर्षसम्म हजुरामाले मलाई कामत घर लानु भएन । धामी दाइको बिहेमा मैले अनुशासन भङ्ग गरेक‍ो सजाय थियो त्यो। म भर्खर किशोरावस्थाको सिढीको एक खुड्किला चढ्दा हजुरआमाले मलाई खेतीको घर जान दिनुभयो ।

अब तिमी नछुनी पनि भइसक्यौ,अघिको जस्तो लखरलखर अर्काको घर नचाहार्नु, उता रजस्वला भयौ भने अलग्गै बस्नु । उहाँको आज्ञा सिरोपर गर्नुबाहेक अर्को कुनै बिकल्प थिएन। उहाँले महिनाबारी भएको थाहा पाउनुभयो भने बसेको ठाउँमा पनि पानीले पुछ्न\ लगाउनु हुन्थ्यो । छुवाछूत भयोभने छोइछिटा गर्नुहुन्थ्यो ।हजुरामाको हठधर्मी र संकुचित व्यबहारले गर्दा मैले आफू परसरेको कहिले भन्दिनथेँ। उहाँ जहिले पनि मलाई हपार्दै भन्नुहुन्थ्यो , ” यसले नछुनी भएको कहिले भन्दिन , नछुनी परार साल नै काशी गइसकेको हो …यसले छुइछाइ गरेर मलाई नर्क नै पार्ने भई।” म यस्ता वाइहात कुरालाई एक कानले सुनेर अर्को कानले उडाइदिन्थेँ।

कामत घरमा पुग्नासाथ सधैंको जस्तै पाखुरे, बटियादार, कुतिया र हरुवाहरू हजुरआमाको वरिपरि बसेर हरहिसाब बुझाउन थाले,म अनुमति लिएर खड्किनी दिदीको घरतिर लागें।

“तीर्थ नानी, सजिलोसँग मुढामाद बस्नुस्।” खडकिनी दिदीले मेरो अगाडि मुढा राखिदिइन्। तिनले यसरी आदरभाउ गर्दा मलाई असजिलो लाग्यो, अप्ठ्यारो लाग्दै मुढामा बसें।

” ह्या नानी ! बिहे गर्ने उमेर भइसकेको मानिसले पनि के अप्ठ्यारो मानेको ?” तिनले मेरो छातीमा नजर गाड्दै भनिन् । मैले आफ्नो वक्षलाई दुबै हातका कुइनोले छेकें। चार वर्षको अन्तरालमा खडकिनी दिदीको केश तीलचामल जस्तै भएछ।

” दिदी ,धामी दाजु ,धमिनी भाउजूको हालखबर के छ?” बिहेमा देखेको धामी दाइको उज्यालो अनुहार ,धमिनी भाउजूको सुन्दर र आकर्षित अनुहारलाई मैले भुल्न सकेकी थिइनँ । दिदीले मेरो प्रश्नको उत्तर दिइन् , “नानीलाई के ढाट्नु र !उनीहरुको अहिलेसम्म जायजन्म भएक‍ो छैन ।दुबैको भित्री मनुवा एकअर्कासँग सन्तुष्ट छैनन् क्यारे …!” तिनको कुरा नसिद्धि म धामी दाइको घरतिर लागें। धामी दाइको घर फुङ्ग उडेको थियो।सिकुवामा बिहेमा खडकुँलोमा मासु बोक्ने काइँला दाजु एउटी आइमाईसँग ढेस्सिएर बसेको थिए, मलाई देख्नासाथ दुबैजना अलि पर सरेर बसे। दुबैलाई मैले चिने तर तिनीहरुले मलाई चिनेनन्। म फनक्क फर्किएर घरतिर लागें। दिउसो धामी दाइको सिकुवामा देखेको घटनाले मलाई सोच्न वाध्य तुल्यायो। म पनि केही कुरा बुझ्ने भइसकेकी थिएँ। भोलिपल्ट हजुरामालाई हिसाबकिताब गर्न सघाउँदा बाहिर कतै निस्किने फुर्सद भएन।बेलुकाको खाना खाएर ओछ्यानमा पस्दा मेरो आँखामा पैंतालीस वर्षको धामी दाइ, पैंतीस वर्षकी धमिनी भाउजू र बीस एक्काईस वर्षका काइँला दाइको तस्वीर आउने जाने प्रकृया जारी रह्यो। तीनैजनाको मनुवालाई मनको तराजुले जोख्ने कोशिस गर्दा पनि परीमाण निकाल्न सकिनँ।

” तीर्थ ,भोलि शनिबार छुट्टीको दिन खेतीका किसान समाजले वनभातक‍ो आयोजना राखेका छन्।वनभात खान जाने हो ? ” मेरी आमाको प्रश्न थियो।

कहाँ जाने आमा? ” मैले आमालाई प्रश्न गरें। कलेज पढ्दा ममाथि पढ्नुपर्छ भन्ने ठूलो जिम्मेवारी थपिएको थियो। पढाइको व्यस्तताले मलाई फुर्सद हुँदैनथ्यो ।झन् कामतबारे सोध्ने र सुन्ने फुर्सद मलाई एक निमेष थिएन। हजुरामा धराबाट विदा भएर अनन्त यात्रामा गएपछि म कामत र कामतका परिवारसँग विमुख भएकी थिएँ।

“कामत नजीकको सुन्दर वनमा जानुपर्छ ।वनभात आयोजक कमिटीले त्यही ठाउँ रोजेका रहेछन् । हामी शुक्रबारसम्म उतै बस्नुपर्छ ।” यति भन्दै आमा भोलिको लागि सरसामान जुटाउन लाग्नुभयो। मलाई भने हजुरआमा विनाको वनभातको कल्पनाले असह्य पीडा भयो।

वनभातबाट फर्किएपछि आमालाई घरको आँगनमा छोडेर गाउँ चहार्न निस्किएँ। खड्किनी दिदी करेसा बारीमा खोर्सानीको विरुवा रोप्दै थिइन्, । तिनको केश फुलेर सेताम्मे भएछ। जरा अवस्थामा पनि तिनको जाँगर भने पहिलेको जस्तै थियो। मैले बोलाएँ तर तिनले सुनिनन्।

“खड्किनी दिदी ” यसपटक भने निक्कै चर्को आवाजले बोलाएँ।मेरो आवाजले तिनी तर्सिदै कराइन्, ” थुक्क पड्के ,तीर्थ नानी पो रहेछ।मेरो कानको जाली झण्डै फुटेको!” म खित्का छोडेर हाँसे।

” एउटा मुढा ल्याएर बसन नानी। ” तिनले माटो लागेको अौलाले मुढातिर उदिष्ट गर्दै भनिन् ।मैले आज्ञाकारी छात्रा सरह तिनको निर्देशलाई पालना गरें। आज पनि दिदीले मेरो खुट्टादेखि पाइतालासम्म नियालेर हेरिन् , त्यसपछि आफ्नो अौंला भाँच्न थालिन् ।”नानी, तिमीसित भेट नभएको पनि सातवटा वर्ष भएछ। अहिले त तिम्रो … फर्सी नै भएछ।” यसो भन्दै तिनी गलल्ल हाँसिन्। आज तिनको हाँसोमा कुनै आकर्षण थिएन। मैले चाउरी परेको तिनको अनुहार हेरें, त्यहाँ तिनलाई सुहाउने फुली ,बुलाकी र ढुङ्ग्री थिएन। तिनी मरुभूमि जत्तिकै उजाड देखिन्थिन् । ” आफ्नो जातीय गहना शरीरबाट निकाल्नु र निकालिदिनुको मतलब… गाउँमा ठूलै परिवर्तन भएछ। परिवर्तनको लहरले हाम्रो गाउँघरमा जोगाड गरिएको संस्कृतिलाई पनि सोरेर लगेछ! भविष्यमा खड्किनी दिदीलाई भेट्ने मेरो कुनै अौचित्य रहेन।

नानी, मेरा शहरिया नातिनी बुहारिले उनीहरूको इज्जोत जान्छ, लाज हुन्छ भनेर.. मेरा गहना र गुन्यूचोली मेरो शरीरबाट निकाल्न लगाए। ” सायद तिनले मेरो मनोभावना बुझेर होला तिनले मलाई स्पष्टीकरण दिइन् ।

परबाट स्कुल पढ्न नजाने बराला केटाकेटीहरुको आावाज मेरा दुबै कानमा ठोक्किए ..,पल्लो गाउँमा स्याल करायो ,काइँलाले धमिनी कुदायो।” आङ्लाङबाङ आङ्लाङ्बाङ ढुङ्गा हानाहान धामी दाइ र काइँलाको खुट्टा तानातान।।” मैले गीतको भाका नबुझेर दिदीलाई पुलुक्क हेरें। तिनले अर्थ खुलाउन थालिन् ।

“नानी धामी र धमिनीको भित्री मान्छे खुशी नहुँदा सन्तान जन्मिएनन्। काइँलासँग पोइल गएपछि तिनले घ्वाँक्क परेको छोरो जन्माइन्। यता धामीले पनि कान्छी ल्याए, तिनको पनि छोरा र छोरी जन्मिए । सन्तान जन्माउन पनि मनुवा खुशी हुनुपर्ने रहेछ। स्वभाव अनुसार तिनी खितखित हाँसिन् , तिनको हाँसोलाई साथ दिंदै हल्लिने बुलाकी भने थिएन। मलाई दिदीको मनुवा शब्दले विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘ सुम्निमा ‘ उपन्यासको संझना गरायो। स्वेच्छाले मनपराउनु र जबर्जस्ती कर गर्नुको भिन्नता.. दुबैको अनमेल बिवाहामा पाएँ।

“तीर्थ नानी चिया।” काइँला दाइ हातमा चियाको गिलास लिएर मेरो सामु उभिएका थिए। तिनको आवाजले छुटेको तरङ्गले, मैले यत्रो वर्षसम्म साँचेर राखेकी मेरा स्मृतिहरू ऐना जस्तै सतचुर्न भएर टुक्रिए।

  • Sahitya Sagar
    Sahitya Sagar
त्रिपुरा पोखरेल (खरेल)
त्रिपुरा पोखरेल (खरेल)
Post Views: 372
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.