SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » तपाईंलाई वधाई ! नेगेटिभ छ !
कथा

तपाईंलाई वधाई ! नेगेटिभ छ !

पुण्य खरेलBy Sahitya SagarDecember 31, 2021No Comments14 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
पुण्य खरेल नेपाली साहित्यमा सिर्जना, समीक्षा र साहित्य सञ्चारका त्रिआयामबाट योगदान गरिरहेका प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको कोरोनाको परिवेशलाई जीवन्त रूपमा प्रकट गर्ने कथा समेटिएको छ । यस कथाले नेपालको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विसङ्गतिको पर्दाफास गर्दै सर्वसाधारणका पहुँचबाट कसरी स्वास्थ्य क्षेत्र टाढा बनिरहेको छ भन्ने पक्ष उद्घाटन गरेको छ ।

सम्पा.

“प्यारी आमा ! म अश्रुपुरित आँखा लिएर बोलिरहेको छु । मलाई पटक्कै विश्वास छैन तपाईंको मानो घोप्टिएको हो । यो ‘मानो घोप्टिने’ तर्क बकबास हो भन्ने विश्वास छ मेरो । बेलैमा अक्सिजन पाएको भए अहिले तपाईं मसँगै हुनुहुन्थ्यो, तपाईं यहीँ मेरो छेउमा हुनुहुन्थ्यो, तपाईंको हातले मलाई माला लाएझैं बेरेकै हुन्थ्यो आमा ! यो मेरो देश मानवीयता भएको देश भएको भए ! या त विधिको शासन भएको देश भइदिएको भए ! अथवा यस्तै भए पनि म यस देशको ठुलो पदमा भएको भए …! या ठुलो पदमा मैले भनेको सुनिदिने मान्छे भएको भए अहिले तपाईं मसँगै हुनुहुन्थ्यो ! नातावादी, पद–पैसोवादी देशले लुट्यो आमा तपाईंलाई ! मान्छेको माया होइन नाफाको माया हुने अस्पतालले मारे आमा तपाईंलाई ! तपाईं मर्नुभएको छैन, तपाईंको मानो घोप्टिएको कदापि होइन आमा !”

चितामा चढाइएको आमाको लासलाई आगो दिइसकेपछि छेउमा उभिएर हेर्दा मेरो मन एकोहोरिइरहेको थियो । आमालाई आगो दिएपछि मलाई कहिल्यै ननिभ्ने आगो मनमा सल्किएको जस्तो भइरहेको थियो । आफैप्रति रिस हो कि, घृणा हो कि के हो भइरहेको पनि थियो । आफू पावरदार भएको भए वा साँच्चै धेरै धनी भएको भए आमालाई बचाउन सकिन्थ्यो जस्तो लागेर आफैप्रति त्यसै त्यसै हिनता वोध उब्जिरहेको थियो ।

मेरा मनमा गच्छिया घरबाट आमालाई सिटिरिक्सामा लिएर हिँडेदेखिका दृश्य वाइस्कोपका रिलझैँ फिर्लिक्क–फिर्लिक्क पल्टिरहेका थिए । एम्बुलेन्स त नभेटेकै हो मैले । पोहोरहुँदो फोनको नम्वर थिचिसक्ता आइपुग्ने एम्बुलेन्स यसपाला त कुनैको फोन नै उठ्तैन, कुनैको ‘ड्राइभर नै छैन’, कुनैको ‘बनाउन ग्यारेजमा छ’ भन्ने जवाफ आउँछ भने कुनै ‘विराटनगर विरामी लिएर गएको छ, ढिलो हुन्छ’ भन्ने जवाफ आउँछ । अभर परेको बेलामा खोइ ? यो बहानाबाजी गरेका हुन् भन्ने मलाई प्रस्टै थाहा छ, तर म के नै गर्न सक्छु र ! क्यै नलागेर आमालाई सिटिरिक्सामा लगेको मैले । कस्तो थतर्काउँदै, कस्तो जर्किङ सहँदै ! तैपनि त मैले आमालाई नोवेल अस्पताल पुर्‍याएकै त हुँ नि ! अस्पताल पनि कस्तो ! न डाक्टरले हेर्न भ्याउँदो ? न विमारी सुताउने शैया नै ? गेटैबाट पो, बाटैबाट पो “फर्काउनू !” भन्छ त ! आमाको अवस्था त्यस्तो अप्ठेरो थियो ।

कसैसँग हात जोड्न अररो मान्छे थिएँ म, तर त्यसबेला त कति लुलिएँछु ! आफूपछिकी बहिनी काखमा बसेर दूध चुसिरहेका बेला आमाले पलेँटी मारेको घुँडाका छेउमा बसेर उनका मुखमा हेर्दा आमाले– “लबस्तरो ! बिहे गर्नेजत्रो भइसको ! अझै आमाको दूधको आस गर्छ !” भन्दै अर्कापटिको चोलो माथि पल्टाएर लाम्टो मुखमा लगाइदिएको सम्झिएँछु । त्यो गुलियो–गुलियो दुधले लतक्कै गलायो मलाई र फुली र लठीले सजिएको पालेलाई पो हात जोड्न पुगेँछु– “लु न दाइ ! आमाले सास फेर्नै नसक्ने पो हुन आँट्नुभयो ! लु–लु, भन्सुन् गर्दिनू डाक्टरलाई !”

केको भन्सुन् ? आमा त मेरी पो त ! उसका कोहो–कोहो ? त्यस्सै जर्खरिएर हप्कायो पो– “केको भन्सुन्सन्सुन् ! मेरा भन्सुनले हुने भए कसैले फर्किनुपथ्र्यो ? कहाँ मन्त्री र सभापतिका फोनले टनाटन छ ! यहाँभित्र खुट्टो टेक्ने ठाउँ छैन । फर्काउनू फर्काउनू ! यहाँ राख्तै नराख्नू ! एकै छिन पनि यहाँ राख्तै नराख्नू ! लगिहाल्नू !

अँहँ ऽ!” केजातिको जुम्रो टाउकामा पुगेको जस्तो पो गर्‍यो ए त्यसले त ! कस्तो च्याँठ्ठियो पो त्यो पाले त !

उता आमा हप्याक्–हप्याक् गरिरहनुभएको थियो । बिमारीलाई त्यहीँ निकालेर त्यही सिटिरिक्सा पनि फिर्ता दौडिन खोज्दै थियो त्यसको ड्राइभर । गोजीमा भएको त्यति नाथे रुपियाँले के पो गरिहालूँला मैले ! अब कता लैजानू ? के गर्नू ? सगरले किचेथ्यो मलाई । मनमा बिनाबित्थाको कुरो खेलेथ्यो फेरि– ‘आ ऽ आमाले किन ठुलो होउञ्जेल दूध चुसाउनु परेको होला ? जन्मिदै बरु फालिदिएको भए पनि हुने नि म जस्तो नामर्द छोरालाई ! यस्तो हप्याक्–हप्याक् गरिरहेको बेलामा पनि क्यै उपाय गर्न नसक्ने मजस्तो हुतिहारालाई !’

यी बज्याहरू आमालाई कोरोना भएको भनेर परपरै दुत्कार्छन् । आमालाई कोरोना भएकै होइन । अब आमालाई कोरोना भएकै होइन भन्दा “तँ जान्ने हुन्छस् ?” भन्छन् । कस्तो अप्ठेरो ! करै नपर्ने !!

मनमा त्यस्सै के विचार आयो र भनेथेँ– “भाइ ! ड्राइभर भाइ ! बरगाछीछेउमा अर्को गतिलो अस्पताल छ अरे नि ? तिमीले देखेका छौ ?”

“देखेको छु, तर पान सय थप लाग्छ नि !” उसले भनेथ्यो ।

उसले त्यति पाँच सय रुपियाँ थप लाग्छ भन्नु स्वभाविक लाग्यो त्यसबेला । मैले उसलाई भनेथेँ– “इमर्जेन्सी ढोकामा लैजाऊ ल !”

एकप्रकारको आसैआसमा म आमाको मुख हेर्दै छेउमा बसेँ । गन्द्राङ् र गुन्द्रुङ पार्दै, ढक्ढक्याउँदै अर्को अस्पतालको इमर्जेन्सी गेटमा पुर्‍याइएथ्यो । बार बजेको मौरीको घार जस्तो थियो मान्छेको भिड त्यहाँ । सिटिरिक्सामा आमाको अवस्था पलपल मुस्किल हुँदैथियो । बोली लगभग बन्द हुन आँटेको थियो । सास फेर्न नै कठिन । उँभो सास आउने होइन, उँधो मात्र हप्याक्–हप्याक् ! आँखाले मात्र बोलेको कस्तो दर्दनाक ! गाडी छोडेर भित्र पसेथेँ पालेलाई लतार्दै र सेतो कोट लगाउने त्यो स्टेथेस्कोप काँधमा भिरेका मान्छेलाई च्याप्प समातेथेँ । आँसु भरिएका आँखाले भनेथेँ– “मेरी आमाको गति एक पल्ट यस्सो हेरिदिनुहोस् न !”

“खोइ आमा ?”

“बाहिर सिटिरिक्सामा ।”

“बाहिर जान मिल्दैन । मलाई नछुनुहोस् ! अलग्गै बस्नुहोस् ! परपरै रहनुहोस् ! खोई मास्क ?”

“भित्र ल्याउनै दिँदैन पालेले ! यस्सो हेरि त दिनुहोस् !”

“ए ! कहाँको राजाराम ! कहाँको गने भँडारी ! ऊ उहाँ मन्त्रीको मान्छे, उहाँ सभापतिको सालो ! उहाँ यहीँका मान्निये ! ऊ उहाँ त्यो के… मिलको मालिक ! ऊ उहाँ यहीँको उपमेयर ! यहाँ वरिपरि हेर्नू त ! सबै हेर्नै पर्ने छ ! म एक्लो जिउले कति हेर्न भ्याउनू ?”

हुन पनि कोही हप्याक्–हप्याक् गर्दै गरेका, कोही टुलुटुलु हेरिरहेका, कोही अघि नै सिद्धिएका जस्ता चलमल नै नभएका, बगुन्द्रो विमारीहरू थिए त्यहाँ । ती सेता कोट लाउने केटीहरूलाई पनि भ्याई–न–भ्याई त थियो नै । तैपनि मेरी आमालाई यस्सो नारी छामेर, त्यो स्टेथेस्कोपले जाँचेर दुई कुरा बोलिदिए, केही ओखती दिए आमालाई बिसको उन्नाइस भैहाल्थ्यो, मलाई त्यही लागिरहेको थियो ।

मैले फेरि एक झमट कोसिस गर्ने सोचेथेँ– त्यही डाक्टरलाई फेरि उनका कोटको फेर समातेथेँ र याचना गरेथेँ – “आमालाई कोरोना होइन डाक्टरसाप ! एकपल्ट हेरिदिनुहोस् न ! सास फेर्न मुस्किल मात्रै भएको ! धम्कीको विमार थियो । मैले आमासँगै बसेर लिएर आएको !”

“सँगै बसेर ? बर्बाद गर्न खोज्दै हुनुहुन्छ ? ए गार्डभाइ ! हेर त ! वहाँलाई बाहिर गर… !” डाक्टरले त मेरा कुरा सुन्ने त होइन, उल्टो मलाई नै बाहिर निकाल्न लगाए । मैले अझै कोसिस गरिहेरेँ । अहँ ऽऽ पालेले मलाई नै बाहिर निकालेथ्यो ।

यही बेला गोजीको मोवाइल बजेथ्यो । मोवाइलको आवाज पनि मलाई टाउकै फुटाउने जस्तो लाग्यो । यस्सो हेरेँ, बहिनीले गरेकी रहिछे दमकबाट । मैले उत्तरा गरेथेँ – “अँ कान्छी !” तर म त झन्नै भक्कानिएछु । बहिनीसँग राम्ररी बोल्न कोसिस गरेथेँ ।

“तपाईंको बोली त अलिक बेग्लै छ नि त ! अनि आमालाई कुन अस्पताल लगेको अरे ? कुनमा राखेको अरे ?” बोल्दाबोल्दै उसको आवाजमा पनि थर्कन आउन थालेथ्यो ।

“कुनमा राख्नु ? दुईटा अस्पताल घुमाइसकेँ । विमारीको भिड मौरीको गोलो जस्तो छ । न अस्पतालमा राख्न पाउनु ? न डाक्टरले हेर्नु ? आमालाई कस्तो सारो भैसक्यो ? म त के गर्नु न के गर्नु ? अब कता लानु ? धरान पुर्‍याउन पनि भ्याइन्छ जस्तो छैन ! जो पनि हेरेर परपरै तर्किन्छन् । एम्बुलेन्स न कुनै गाडी नपाएर सिटिरिक्सामा आमालाई थतक्र्याउँदै यहाँसम्म त ल्याएँ । हेर् न कान्छी !”

“गाडी खोजेर धरान लाँदा हुन्थ्यो कि ? पुर्‍याउन भ्याइन्थ्यो कि दाजु ! म पनि आउँछु धरान ।” बहिनी बोल्दै थिई ।

सिटिरिक्साभित्रै हुनुहुन्थ्यो आमा । एउटा गाडी पाइन्छ कि ? तै एम्बुलेन्स नै पाइन्छ कि ? अस्पतालको छेउमा भएको एउटा एम्बुलेन्सले पन्ध्र सयमा पुर्‍याइदिन्छु धरान भन्यो । आमालाई बल्लबल्ल एम्बुलेन्समा सारेर त्यस सिटिरिक्सालाई हजारको नोट दिएर विदा गरेथें ।

आमाले स्याउस्याउ गर्दै के र के भन्नुहुँदै थियो । “घरै लैजा मलाई ! पर्दैन धेरैतिर कुदाउनु ! घरमै आनन्दले मर्न दे !” यस्तै के–के भन्दै हुनुहुन्थ्यो आमा । आमालाई अलिक उपचार गराउन पाए निको हुन्छ भन्ने लाग्दै थियो मलाई । चौसठी वर्षको उमेर के हो र ? यही खड्को पार गर्न पाए अझ पन्ध्र–बिस वर्ष सहजै पार गर्नुहुन्छ भन्ने लाग्दै थियो । आमाभन्दा दश वर्ष जेठाहरू दोहोर्‍याई–तेहर्‍याई प्रधानमन्त्री भएर जनताका ढाडमा दाईं गर्न हारालुछ गर्दैछन् । यता यही उमेरमा आमालाई भने यस्तो छ । तर डाक्टरलाई देखाउनै नपाइने पो हो कि ? डराउँदै थिएँ म ।

ओहो ! विराटनगरबाट धरानतिर हिँडेको एम्बुलेन्स कञ्चनबाढी आइपुग्नै कम्ति बेर लागेको होइन, टङ्किसिनवारी, बाँसबारी हुँदै दुहबी, इटहरी आइपुग्न नै एक घण्टाभन्दा बढी लाग्यो । आजै चाहिँ बाटामा यस्तो भीड, यस्तो जाम ! बल्लबल्ल कोलोनी, हलगडाहुँदै तरहरा, चारकोसे झाडी, सेउती, तिनकुने भएर विपि कोइराला शिक्षण अस्पताल पुग्न झन्डै दुई घण्टा नै लाग्यो ।

“के हुन्छ ? के विरामी ?” सोधनी भएथ्यो ।

“सास फेर्न अप्ठेरो भयो । हप्याक्–हप्याक् हुँदैछ आमालाई !”

“ए ! कोरोनाले सकेछ है !”

“कोरोना होइन ! कोरोना होइन आमालाई ! दमको विरामी …, सास फेर्न कठिन … !” म भन्दै थिएँ । मेरो भनाइको कुनै अर्थ भएन । सेता प्लास्टिकका लुगा लगाएका मान्छेले स्टे«चरमा हालेर लगिहाले । मसँगसँगै जाँदै थिएँ । मलाई ढोकाबाट पस्नै दिएनन् । पैसा मात्रै गोजीको जतिभन्दा बढी बिल काट्न भने । गोजीको बिस हजारको बिल काटेर बिल दिएर म पर्खिएँ ।

एक घण्टा जति पछि त आमा सक्किएको खवर पो सुनाए । मैले तिन–त्रिलोक देखेँ । अब म के गर्नु होला नि ? अब कसलाई के भन्नु के गर्नु भएँ ? किंकर्तव्यविमूढ भएँ ।

बहिनी आइपुगी छे धरानमै । दमकबाट उसले ज्वाइँलाई भनेर एउटा सानो गाडी भाडामा लिएर आइछे । ऊ एकातिर रुन लागी । अर्कातिर आफ्ना पनि आँखाबाट आँसु अडिने होइन । गछिया घरमा खबर गरेँ । आफैले आफ्नै आमा बितेको कुरा सुनाउन कस्तो कष्ट पो हुँदो रहेछ ! लास लिएर फर्कन्छौँ त भनेथेँ, तर त्यहाँ बुझ्दा लास हामीलाई नदिने जस्तो पो छ त । अब कोरोनाको रिपोर्ट आएपछि अनि सेनाले पो लिएर आउँछ अरे भन्ने घाइँघुइँ सुनियो । रात पर्‍यो । अब बहिनी र म छौँ । न खानु छ, न त बस्नु नै छ । ओहो ! कसलाई सोध्ने, के सोध्ने ? आमाको लास कतिबेला दिन्छ ? अस्पतालमा बाहिर र भित्र, तल र माथि गरेका गरेकै छौँ । हातगोडा पनि गलेर पानी भए । भोकले पनि होला, लखतरान पनि भइयो । बहिनीले पानी किनेर ल्याइछे । पानी भने घटघटी पिएर एक बोतल सिध्याएँ ।

आँखामा आँसु बगिरहेका थिए, मनमा कुरा खेलिरहेका थिए– ‘भित्र हुलिसकेपछि के भयो होला आमालाई ? कति अप्ठेरो भयो होला ? कसरी प्राण गयो ? केही भन्नुहुन्थ्यो कि ? अक्सिजन दिनुपथ्र्यो अरे ! अक्सिजन दिएको भए, तातो, न्यानोमा राखेको भए …! केही तातो झोलसोल पिउन पाएको भए ! पक्कै यस्तो हुने थिएन । मार्न पो ल्याएँछु आमालाई मैले । अस्पताल त अस्पताल होइन रहेछ, कसाईघर जस्तै भयो अस्पताल मेरा लागि ! डाक्टरले थपक्कन हेरेका भए आमा बाँच्नुहुन्थ्यो ! बाँच्नुहुन्थ्यो पक्का पनि आमा ! हेलचेक्राइँ गरेकै हुन् डाक्टरले ! पक्का पनि कोरोना भनेर परपरै गरे !

अर्काको ज्यान, अर्काकी आमा ! माया न दया ! एक त विरामी, त्यसमाथि त्यस्तो हेलचेक्राइँ ! अनि के बाँच्छ मान्छे ! हत्तेरीका ! मेरै गल्ती भयो । आमा सासले भए पनि “घरमै लैजा ! मलाई घरमै लैजा !” भन्दै हुनुहुन्थ्यो, मलाई ।

रिपोर्ट कति बेला आउँछ ? कसलाई सोध्ने ? कहाँ सोध्ने ? कस्तो बेठेगानको भइयो ? मैले नै जान्नुपर्ने यताउति के–कसो हो ? बहिनी त झन् के जानोस् विचरा ! आमा बित्नुभयो । न आमाको छेउमा बसेर रुन पाइएको छ, न त आफन्त इष्टमित्रहरूको सहयोग पाइएको छ !

पैसा तिर्ने ठाउँमा गएर सोधेँ– “त्यो रिपोर्ट कहाँ आउँछ ? कहाँ सोध्नुपर्छ ?”

“७ नंम्वरमा गएर सोध्नू न ! यता दाहिनेतिर अलिक पर !”

दाहिनेतिर ‘७ नं.’ लेखेको कोठा खोज्दै गएँ । अलिक पर गएपछि ‘७ नं.’ लेखिएको त देखेँ तर कोठा बन्द थियो । कोही त छैनन् । अलिक पर्तिर ८ नंं.मा भएका मान्छेलाई सोधें– “७ नं.मा सोध्नु भन्छन् पिसिआरको रिपोर्ट ! कोही छैनन्, बन्द छ !”

“कति बजे दिएको स्वाव ?” उनले सोधे ।

“३ घण्टा जस्तो भयो होला । बजे त यादै गरिएन !” मैले भनेथेँ ।

“७ नं. का मान्छे गए घर । अब एक घण्टा जति पछि आउनू न ! यहीं आउला रिपोर्ट !” त्यहाँ भने ।

बहिनी र मलाई थप एक घण्टा बिताउन के गारो हुनु र ! दुबै जना भक्कानिँदै, रुँदै गर्दागर्दै बित्यो । यस्ता एक घण्टा त हामी रोएर कति बिताउँथ्यौँ कति बिताउँथ्यौँ जस्तै भयो । कहिल्यै रुन नपाएका जतिकै गर्‍यौँ बहिनी र मैले । कसैले देख्ला र के भन्ला भन्ने पनि भएन । त्यहाँ विमारीका रुँगालुहरू हामी रोएको देखेर हाम्रा छेउमा आउँथे र जिज्ञासा राख्थे कोही, कोही भने आफ्नै धुनमा यताउता गर्थे । यसरी रोएकोमा कुनै प्रतिक्रिया व्यक्त नगर्ने पनि धेरै थिए ।

एक घण्टा बित्यो पनि । बहिनीलाई त्यहीं बस्न लगाएर म गएँ ‘८ नं.’मा । अघिकै मान्छेले सोधे– “के नाम हो ?”

“अमरमाया चौसठी वर्ष” मैले भनेँ ।

“गच्छिया हो ?” उनले सोधे ।

“हो !” मैले भनेँ ।

“ल, तपाईंलाई वधाई ! नेगेटिभ छ !” उनले भने ।

“वधाई !! आमा बित्नुभएको दुई–तिन घण्टा भइसक्यो । बधाई !” भन्दै दु:खित हुँदै म बहिनी भएको ठाउँमा आएँ ।

“हेर् कान्छी ! आमालाई कोरोना भनेर पापीहरूले मारे ! आमालाई कोरोना भएकै होइन भन्ने मलाई ढुक्कै थियो । तर के गर्नु र !”

बहिनी त झन् डाको छोडेर अस्पताल नै थर्किने गरी रुन पो थाली ।

“थत् कान्छी ! अब नरो तँ पनि, म पनि रुन्नँ !” मेरो बोली अड्कियो । अरू कुरा भन्नै सकिनँ । एक्कासि मेरा पनि आँखाबाट भल बगे ।

एक छिन् ऊ बगिरही, मेरा पनि आँखामा कसै गर्दा नरोकिने गरी पानी बगिरहे । केही वेरपछि आँसु रोकिए । अनि म फेरि काउन्टरमा गएर सोधपुछ गरेँ ।

“आमाको लास कतिबेला पाइन्छ ? कोरोना त नेगेटिभ रहेछ !”

उनले आमाको नाम र अघिका बिल–भर्पाइहरू मागे । मैले दिएँ । अनि उनले सबै हिसाब हेरेर भने । ठिकै छ । तपाईंहरूलाई थप रकम नलाग्ने रहेछ । अब रातको एक त बजिसकेछ, अब रातिहुँदो के गर्नुहुन्छ र ! बिहान आठ बजेसम्ममा हुन्छ ।

गच्छियाबाट श्रीमतीको फोन आउँछ घरी, दमकबाट ज्वाइँको फोन आउँछ घरी । के र के जवाफ फर्काउँदै समय बिताउँदै गर्‍यौँ कान्छी र मैले ।

बिहान बहिनी र म भएर शववाहनमा गच्छिया ल्याइयो र पच्चीस जनाभन्दा बढी मलामी जान पाइँदैन भन्दै आयो पुलिस । पच्चीसै जना जस्तो भएर ल्याइयो आमालाई बुढीगङ्गा घाटमा । आमा जलिरहनु भएको छ र आमाको जलन सँगै मेरो हृदय जलिरहेको छ ।

हेर ! मलामी कति हुन् भन्ने ठान्नुहुन्थ्यो आमा ! आफ्नो लासमा के–के हुनुपर्छ ठान्नुहुन्थ्यो ? उहाँका अन्तिमका चाहना के थिए ? काजक्रिया कस्तो होस् भन्नुहुन्थ्यो ? केही भन्न पाउनुभएन । पापी कोरोनाको महामारीले सब मान्छेका चाहनाहरू पनि मार्‍यो । कामनाहरू पनि मार्‍यो । ए, कस्तो अप्ठेरो पार्‍यो हौ यस महामारीले !

सायद आमाको इच्छा थियो होला लासमाथि त्यो अचेल धर्मभिरुहरूले संस्कार जस्तै बनाउन लागेको ‘हरे राम हरे कृष्ण’ लेखिएको ‘पीताम्बर’ ओढाउनू भन्ने, त्यो परेन । मलाई उचितै लाग्यो । मैले थाहा पाउँदा यो कतै थिएन, सेता नैनसुतका लुगामा लास बेरेर नै लगिन्थ्यो लासलाई । उखानै बनेको थियो ‘सेता डोली’को । होइन भने वडो संवेदनशील बेलामा एउटा न एउटा अन्धविश्वासी अगाडि आउँथ्यो र ‘पीताम्बर’ चाहियो भनेर अड्को लाउन थाल्थ्यो । त्यस्तो केही परेन ।

मलाई लासमाथि कुनै दलको झण्डा मन पर्दैनथ्यो । आमाले भोट हाल्ने पार्टीको आउँथ्यो कि, मैले भोट हाल्ने पार्टीको आउँथ्यो र पार्टीको झन्डा ओढाउने र गोहीका आँसु झार्ने गथ्र्यो, कथी कथीकन भए–न–भएका विशेषण बोल्थ्यो । त्यो सुन्नु र देख्नु पनि परेन । यस महामारीले धेरै कुरामा नमिठो लागेको भए पनि यस कुरामा भने ठिकठिकै लाग्यो ।

उता अस्पतालको कुरा त के गर्नु र ! ‘अस्पतालमा डाक्टरलाई हात छाडे अरे ! हुलदङ्गा भयो अरे ! तोडफोड भयो अरे !’ यस्तो सुन्थेँ । सधैँ त मलाई त्यसो नहुनुपथ्र्यो जस्तो पनि लाग्थ्यो । आफूलाई परेपछि भने क्याहो–क्याहो जस्तो पो लाग्यो ! आमालाई बेलैमा डाक्टरले हेरिदिएको भए ! राम्ररी जाँच गरेर ओखतीमुलो गरेको भए आमालाई छिट्टै जाति हुन्थ्यो भन्ने लागिरहेको छ अहिले पनि । दुई–दुई वटा अस्पताल दौडाएँ । अन्तिममा त्यहाँ पुर्‍याएँ । त्यहाँ पनि निको पार्न होइन मार्न फिस तिरेको जस्तो लागिरहेको छ । मैले आमालाई मार्नका लागि त्यहाँ पुर्‍याएँ भनेर पछुताउ भइ नै रहेको छ । आमाको मर्ने बेला भएको थिएन । आमाको मर्ने बेला भएकै थिएन भन्ने मलाई विश्वास छँदैछ ।

“ए डाक्टर हो किन मायालु पाराले विमारीलाई हेरिदियौन ? त्यसरी पुर्‍याएको विमारीलाई होशियारीसाथ प्रेमपूर्वक विमारीलाई ढाडस दिँदै, विश्वास जगाउँदै जाँच्नुपथ्र्यो नि ! किन त्यसो गरेनौ ? किन ती सेता प्लास्टिकेहरूलाई स्ट्रेचर कुदाउन लगाएर मलाई सँगसँगै जानै दिएनौ ? विहोस हुन आँटेकी मेरी आमालाई त्यतिकै मार्‍यौ नि !” मलाई बौलाउन मन परिरहेको छ ।

मलाई कुर्सीमा बसेको सरकारप्रति त जङ चलिरहेकै छ । “संविधानमा समाजवादउन्मुख भनेर लेख्ने, अनि अस्पताललाई जनताको ढाड सेक्ने बनाउने ?” तर के गर्नु र !

म यस्तै के–के सोचिरहेको थिएँ । बहिनी, श्रीमतीहरू एकातिर रोइरहेका थिए । आमाको लास जलिरहेको थियो । जलिरहेको लासले मलाई गिज्याइरहेको थियो । घरिघरि अस्पतालमा पाएको जवाफ “ल, तपाईंलाई वधाई ! नेगेटिभ छ !” पनि मनमा आइरहेको थियो ।

मिति : २०७८/२/१५

  • Sahitya Sagar
    Sahitya Sagar
पुण्य खरेल
पुण्य खरेल
Post Views: 620
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.