SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » आनन्ददेव भट्टका त्रिआयामिक व्यक्तित्व
जीवनी

आनन्ददेव भट्टका त्रिआयामिक व्यक्तित्व

हरिहर खनालBy Sahitya SagarDecember 31, 2021Updated:January 15, 2023No Comments13 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
हरिहर खनालका साथ आनन्ददेव भट्ट।
Share
Facebook Twitter LinkedIn Pinterest Email

हरिहर खनाल साहित्य सिर्जना, समीक्षा, अनुवाद जस्ता बहुमुखी क्षेत्रमा कलम चलाउने विशिष्ट प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा सान्दर्भिक रूपमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको आनन्ददेव भट्टका त्रिआयामिक व्यक्तित्व शीर्षकको व्यक्तित्व केन्द्रित लेख समेटिएको छ । यस लेखले साहित्यकार आनन्ददेव भट्टका त्रैत व्यक्तित्वको निरूपण गरेको छ ।

सम्पा.

यति बेला आनन्ददेव भट्ट हामीबिच हुनुहुन्न । भौतिक रूपमा अब हामी उहाँसित साक्षात्कार गर्न सक्तैनौँ तर उहाँले हाम्रो समाजलाई उपहारस्वरूप प्रदान गरेर गएका उत्तम कार्यलाई हामी चीर कालसम्म स्मृतिमा राख्न र तिनबाट प्रेरणा लिन भने हामी अहिलेदेखि भविश्यसम्म पनि सक्षम हुने छौँ ।

उहाँ महाँप्रस्थानमा लाग्नुभएको आज तीन महिना पुगेछ । यस अवधिमा उहाँको निधनप्रति दु:ख व्यक्त गर्दै उहाँको महिमा गान गरेर विविध माध्यमबाट धेरै मानिसहरूले आफ्ना सद्भाव व्यक्त गर्दै उहाँको सम्मानमा आफ्ना भावनाहरू अभिव्यक्त गरेको पढ्न र सुन्नसमेत पाइयो । मानिसहरूले उहाँप्रति प्रदर्शन गरेको सद्भावको यो एउटा उदाहरण पनि हो ।

आज म यस सानो लेखमा म उहाँको व्यक्तित्का मूख्य तीन पक्षहरू साहित्यिक व्यक्तित्व, प्राज्ञिक व्यक्तित्व तथा राजनीतिक व्यक्तित्वका विषयमा संक्षिप्त रूपमा चर्चा गर्ने प्रयत्न गर्ने जमर्को गर्ने छु ।

आनन्ददेव भट्टसँगको मेरो साइनो गुरु–चेलाको साइनो हो । उच्च शिक्षाको पहिलो खुट्किलोको प्रथम प्रहरमा साढे आधा शताब्दीभन्दा पहिले भरतपुरमा उहाँसँग साक्षात्कार हुने अवसर प्रप्त भएको थियो मलाई । त्यसैले उहाँ मलगायत कैयन् विद्यार्थीका आदरणीय गुरु हुनुहुन्थ्यो । आफूभन्दा ठूला मानिसलाई सम्मान गर्ने समाजमा हुर्केको मलाई जहिले पनि मैले जीवनभरि मेरा स्वजन तथा गुरुहरूप्रति सदा उच्च सम्मान प्रदर्शन गरिआएको थिएँ । आनन्ददेव भट्ट मेरा त्यही श्रेणीका एक आदर्श पुरुष हुनुहुन्थ्यो ।

हाम्रा आदरणीय गुरु आनन्ददेव भट्ट आफ्ना समयका एक जना कुशल राजनीतिज्ञ, निर्भीक, निडर र प्रखर वक्ता प्रतिभाशाली कवि, समालोचक, निबन्धकार उदार हृदयका धनी आदिका रूपमा हामीबीच सुपरिचित हुनुहुन्थ्यो । साढे आठ दशक लामो जिन्दगीका पदचापलाई पछ्याउँदै हि“डिरहनुभएका उहाँको गत भदौ १४ गते सोमबार) देहान्त भएको अप्रिय खबर सुनेपछि एकदम स्तब्ध हुन पुगे“ म । उमेरहदका कारण कसैकसैमा सिर्जना हुने विस्मृतिको समस्याबाट पीडित हुनुहुन्थ्यो भट्ट सर । त्यसमा थप, पछिल्लो समय पिसाबसम्बन्धी समस्या बल्झिएका कारणले मेडिकेयर अस्पतालमा उपचाररत उहाँलाई वरिष्ट युरोलजिस्ट, उहाँका साहि“ला भाइ प्रा. डा. अर्जुनदेव भट्टको रेखदेखमा केही समय अस्पतालमा भर्ना गरेर राखिएको थियो । अस्पतालबाट घर फर्काएको केही दिनपछि, पचासी वर्ष पुग्न डेढ महिना जति बा“की हुँदा उहाँ महाप्रस्थानमा लाग्नुभयो ।

काम परेको समयमा प्रयोग गर्ने र प्रयोजन सिद्धिएपछि पूरै बिर्सने अति व्यक्तिवादी सोचले घर गरेको हाम्रो समाजमा त्यही समाजको समुन्नतिमा समर्पित मानिसहरूलाई वास्ता नगर्ने डरलाग्दो परिपाटीको विकास हुँदै गइरहेको छ । यस्तो व्यवहारबाट समेत पीडित उहाँलाई जीवनको पछिल्लो खण्डमा एकाकीपनले समेत सताउने गरेको महसुस हुन्थ्यो मलाई उहाँलाई कहिलेकाहीँ भेट्न जा“दाका समयमा ।

समष्टिमा, उहाँले नेपाली समाजलाई दिनुभएको योगदानको मूल्यवत्ता अतुलनीय छ र नेपाली वाङ्मयको क्षेत्रमा उहाँको योगदान प्रशंसनीय, वन्दनीय र स्तुत्य छ । जीवनको उत्तरार्धमा पुग्दासमेत उहाँको निष्ठा, लगन र कर्तव्यबोध प्रशंसनीय थियो ।

२०२३ साल साउन महिनाको कुनै एक दिनको कुरा हो यो । पूर्वी चितवनको दक्षिणतिर चुरे पर्वत शृङ्खलाको काखमा अवस्थित सञ्झोट प्रगन्नाको एउटा गाउँ पिपरियामा प्राइमरी स्कुलको हेडमास्टर पदमा कार्यरत थिएँ म । हाल पर्यटकीय नगरीमा रूपान्तरित हुन पुगेको सौराहाको पारिपट्टि पदमपुरका नामले समेत सुपरिचित रापतीनदी पारिको त्यही देहाती गाउँबाट जिल्ला सदरमुकाम भरतपुरतिर जा“दै गर्दा पूर्वपश्चिम राजमार्गमा पर्ने रत्ननगर मूलबजार पश्चिमपट्टिको खण्डमा अहिलेको सौराहाचोक नजिकै बर्खाको बाढीमा गड्गडाइरहेको खहरे खोलाको बेगले यात्रुहरूको सहज यात्रामा गतिरोध उत्पन्न गरेको परिस्थितिको सामना गर्नुपरेको थियो । त्यही ठाउँमा कैयौँ यात्रुहरूका लहरमा म थिएँ र त्यसबीच छरितो र फुर्तिलो जिउडालका एक जना युवकलाई त्यही मेसोमा खोलाको किनारामा अरूहरूसँगै उभिइरहेको देखेको थिएँ मैले ।

अल्फा परेको कालो बाक्लो कपाल सिधै माथि फर्काएर कोरिएको गोरो अनुहारमा पावरवाला चस्मा लगाएका यस्तै ३०–३२ वर्षका जस्ता देखिने ती युवकलाई पहिलोपल्ट देख्ता ‘को होलान् यी ?’ भन्ने प्रकारको जिज्ञासा उब्जेको थियो मेरो मनमा । पछि थाहा लाग्यो, त्यसरी अप्रत्यासित रूपमा मैले त्यहाँ देखेका युवक वीरेन्द्र इन्टर कजेल भरतपुरका प्राचार्य आनन्देव भट्ट हुनुहुँदो रहेछ ।

यसरी, आनन्ददेव भट्टलाई मैले आजभन्दा ठिक पचपन्न वर्ष अगाडि अप्रत्यासित रूपमा अनायासै यात्राका क्रममा बाटामा देखेको थिएँ । पछि म उहाँको विद्यार्थी हुन पुगे“ त्यति बेलाको वीरेन्द्र इन्टर कलेज भरतपुरमा ।

उहाँ हाम्रा प्रिन्सिपल हुनुहुन्थ्यो । त्यस अतिरिक्त उहाँले हामीलाई एकाध क्लास पनि लिने गर्नुहुन्थ्यो । हृषिकेश शाहको हिरोज एण्ड बिल्डर्स अफ नेपाल र चार्लस् डिकेन्सको ए टेल अफ टु सिटिज् पढाउनुहुन्थ्यो हामीलाई । यसरी उहाँ हाम्रो कलेजका प्राचार्य तथा हाम्रा आदरणीय गुरु हुनुहुन्थ्यो । हामीलाई पढाइरहेको समयमा एक पटक उहाँलाई पुलिसले गिरफ्तार गरेर लग्यो । त्यो गिरफ्तारीको विरोधमा हामीले हडताल गर्‍यौँ । त्यति बेला नारायणी अञ्चलका अञ्चलाधीश थिए दामोदरशमशेर राणा । उनी चितवन पुगेका बेला हामीले उनलाई घेर्‍यौँ । हाम्रा गुरुको रिहाइको माग गर्‍यौँ । हाम्रा गुरुको गिरफ्तारीले हाम्रो पढाइ बिग्रन गएको कुरा गर्‍यौँ हामीले । प्रत्युत्तरमा दामोदर शमशेरले आफै“ आएर पढाइदिने गफ दिए । तर केही दिनपछि उनले जनदवाव थेग्न नसकेर, वाध्यतावस भट्टसरलाई हिरासत मुक्त गरेर पठाए ।

भट्टसरसित बिताएका थुप्रै तितामिठा अनुभूति छन् मसित । कुनै दिन जीवनवृत्तान्त लेखेँ भने सायद ती कुराहरूलाई सविस्तार लेखुँला भन्ने लागेको छ मलाई । उहाँकै उत्साह र प्रेरणाले मैले साहित्यमा सक्रियता प्रदर्शन गर्ने प्रयत्न गरेको थिएँ । यस अर्थमा उहाँ मेरा साहित्यिक गुरु पनि हुनुहुन्छ ।

एक पटक हामी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको यात्रामा सँगै थियौँ, सहयात्रीका रूपमा । २०४८ सालमा भट्ट सर नेपाल प्राध्यापक सङ्घको सभापतिमा प्रगतिशील प्यानलबाट उमेद्वार हुनुभएको थियो र उहाँकै रोजाइमा म केन्द्रीय सदस्यको उमेदवारका रूपमा उठेको थिएँ । बालकृष्ण चौधरी, डा. महेश मास्के, डा.प्रकाशकुमार श्रेष्ठ, डा.ताराकान्त पाण्डेय, कृष्णप्रसाद शर्मा, नारायणप्रसाद उपाध्याय हाम्रा अन्य सहयात्री मित्र थिए । यात्राका क्रममा समेत हामीले एक–अर्काका आनीबानी आदिका विषयमा एक–अर्कालाई नजिकबाट अध्ययन गर्ने अवसर पाएका थियौँ ।

आनन्ददेव भट्टको जन्म संवत् १९९३ साल असोज २५ गते शनिबारका दिन जुम्ला जिल्लाको सदरमुकाम खलङ्गामा बुबा श्री जयदेव भट्ट र आमा हीरादेवी भट्टको कोखबाट भएको थियो । त्यतिबेला उहाँका बुबा जुम्ला अदालतको मुखिया पदमा हुनुहुन्थ्यो । उहाँ पासनी गरिसकेपछि उहाँका हजुरबाले आमा र उह“लाई उहाँहरूको मूल घर बैतडीमा लैजानु भएको थियो । अनि हजुरबाले नै उहाँलाई साढे दुई वर्षको उमेरमा जुम्लाको सदरमुकाममा पुर्‍याउनुभयो । उहाँ पा“च वर्षको हुँदा जुम्लाबाट पाल्पा तानसेनमा उहाँका बुबाको सरुवा भयो । अनि ६ वर्षपछि बुबाको प्यूठान अदालतमा सरुवा भयो । त्यसअघि पाल्पामा बस्दा उहाँका एउटी बहिनी र दुई जना भाइको जन्म भइसकेको थियो । उहाँ जन्मेको ५ पा“च वर्षदेखि १३ वर्षको उमेरसम्म उहाँको सम्पूर्ण बसाइ पाल्पामा नै भयो । त्यसबिचमा उहाँको अक्षराम्भदेखि आठ कक्षासम्मको पढाइ तानसेनमै पूरा भयो । उहाँको व्रतबन्ध १२ वर्षको उमेरमा प्यूठानमा भएको थियो ।

भट्टको प्रारम्भिक अक्षरारम्भ पहिले एक जना साधारण गुरुबाट भएको थियो । त्यसपछि उहाँले पाल्पा तानसेनकै सिलखान टोलस्थित नेपाली भाषा पाठशालामा पढ्नुभयो । श्री माधवप्रसाद देवकोटा त्यस पाठशालाको प्रधान अध्यापक हुनुहुन्थ्यो । त्यसपछि उहाँले अङ्ग्रेजी पढाउने शिक्षकको निर्देशनमा कोठे स्कुलमा पढ्नुभयो । त्यसपछि पाल्पा तानसेनमा २००४ सालमा ‘पद्मोदय’ पाल्पा पब्लिक हाईस्कुलमा पूरा तीन वर्ष पढ्नुभयो । त्यसै बेला उहाँले आठ कक्षा पास गर्नुभयो । अनि उहाँलाई उहाँका साहि“ला बुबा श्री लवदेव भट्ट पाल्पा अदालतको तहबिलदारको जागिर छोडी आफ्नो ससुरालीमा आउनुभएकाले आनन्द पनि उहाँसँगै कालिकास्थानमा बस्न र अध्ययन गर्न थाल्नुभयो । नौ कक्षासम्म उहाँले पद्मोदय हाईस्कुलमा पढ्नुभयो र १० कक्षा पढ्ने बेला उहाँ दरबार हाईस्कुलमा जानुभयो । त्यसपछि त्यहीँबाट म्याट्रिक पास गर्नुभयो । त्यसपछि साहिँला बुबा लवदेव भट्टसँगै बसेर उहाँले त्रिचन्द्र कलेजमा आई. ए. पढ्न थाल्नुभयो । २००७ साल फागुन ७ गते उप्रान्तदेखि २०१० सालभित्र उहाँले आई. ए. को सप्लिमेन्टरी परीक्षा पूरा गर्नुभयो । उहाँ २००८ सालको मध्यसम्ममा नेपाल कम्युनिस्ट पार्टीको सङ्गठित सदस्य भइसक्नुभएको थियो । त्यसैले उहाँलाई सरकारी रात्रि कलेज (नेपाल नेशनल कलेज) मा पढ्नुपर्ने अनिवार्यता हुन गयो । अर्कोतिर, उहाँलाई कम्प्युनिस्ट पार्टीले दिएको पार्टी सङ्गठन सम्बन्धी काममा समेत व्यस्त रहनुपर्ने भयो । त्यसमा थप, उहाँका दुई जना भाइहरू भीमदेव र अर्जुनदेव पनि सँगै भएको हुनाले भाइहरूको अभिभावकत्व पनि लिनुपर्ने भयो र उहाँले केही आय आर्जन पनि अनिवार्य रूपले गर्नु परेकाले उहाँले दिउसो विश्व निकेतन हाईस्कुलमा नौ र १० कक्षाका विद्यार्थीलाई पढाउन पनि थाल्नुभएको थियो ।

त्यसपछि ‘नेपाल नेसनल कलेज’मा रात्रि क्लासमा बी. ए. र एम्. ए. तहको पढाइ सम्पन्न गरेपछि उहाँ र उहाँका साथी जर्ज जोन दुवैले सँगै पटनाबाट अङ्ग्रेजीमा एम्. ए. पास गर्नुभयो । त्यसपछि उहाँ २०१७ साल साउनदेखि धनकुटा डिग्री कलेजमा र पछि धरानस्थित महेन्द्र डिग्री कलेजमा अङ्ग्रेजीको प्राध्यापकको रूपमा पढाउन थाल्नुभयो । अनि उहाँले २०२२ माघदेखि २०३० सालसम्म वीरेन्द्र इन्टर कलेजमा प्रिन्सिपलको हैसियतले काम गर्नुभयो । त्यसपछि नयाँ शिक्षा योजना लागु भएपछि उहाँको पोस्टिङ त्रिभुवन विश्वविद्यालयले सुरुका पाँच वर्ष त्रि. वि. पाठ्यक्रम विकास केन्द्रमा र त्यसपछि अरू १० वर्षसम्म त्यहीँ नै उपनिर्देशकको रूपमा खटाएपछि उहाँले त्यहाँ आफ्नो पदीय दायित्व निभाउन त्यही हैसियतमा सेवा गर्नुभयो । त्यसपछि त्रि. वि. को केन्द्रीय अङ्ग्रेजी शिक्षण विभागले उहाँलाई त्रि. वि. केन्द्रीय क्यामपसमा अङ्ग्रेजी शिक्षणका निम्ति अनुरोध गरेकाले उहाँले दुई वर्ष त्यहाँ पढाउनुभयो । त्यसपछि उहाँले त्रि. वि. मा ३३ वर्षको शैक्षिक सेवाबाट स्वेच्छिक अवकाश लिनुभयो ।

आनन्ददेव भट्टका व्यक्तित्वका खासगरी तीनवटा पाटा छन् : शैक्षिक पाटो, साहित्यिक पाटो र राजनीतिक पाटो । उच्च शिक्षाका क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएका शिक्षाविद्, नेपाली वाङ्मय क्षेत्रका सुपरिचित समालोचक, कवि, निबन्धकार तथा निर्भिक र प्रखर वक्ताका रूपमा उहाँको ख्याति फैलिएको थियो । उहाँको यस्तो व्यक्तित्व निर्माणका पछाडिको वातावरण, परिवेश आदिबारे उहाँका पाठक र शुभचिन्तकहरूको जानकारीका लागि म यहाँ थप थोरै कुरा राख्नु सान्दर्भिक नै होला भन्ने ठान्दछु ।

आनन्ददेव भट्टले यस्तो व्यक्तित्व निर्माणको वातावरण प्राप्त गर्नुका पछाडि उहाँलाई अत्यन्त गुणग्राही र उदार परिवेश भएका व्यक्तित्वहरूको आशीर्वाद हुनुपर्छ भन्ने लाग्छ मलाई । कैयन् सक्षम र क्षमता सम्पन्न व्यक्तित्वहरूलाई पनि अर्काका गुणहरूको आधारभूत मूल्याङ्कन गर्न गाह्रो परेको अनुभव गर्न सकिन्छ भन्ने मान्यता थियो उहाँको । साथसाथै सत्यको अनुभूति पाएपछि पनि धेरे निर्मल चित्तका मानिसलाई स्वयं प्रसन्नता दिलाउने विषय पनि बन्छ भन्ने सोच्नुहुन्थ्यो उहाँ । मैले यो कुरा उहाँसितको लामो सङ्गतका आधारमा भनेको हुँ ।

आम नेपाली नागरिकहरूका लागि शिक्षाको उचित अवसर नभएको समयमा जन्मेर पनि भट्टले उच्च शिक्षा हासिल गर्नुभयो । उहाँलाई उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुनुमा र साथै अङ्ग्रेजी विषय पढ्न पाउनुमा सर्वप्रथम त उहाँले ५-१० वर्षको उमेर बिचमा जसरी पाल्पा तानसेन र त्यसपछि काठमाडौँमा आई अङ्ग्रेजी विषय पढ्न पाउनुभयो; त्यसले पहिलो जग हालेको र त्यसपछि म्याट्र्कि पास गरी त्रिचन्द्र कलेज र नेपाल नेसनल कलेजमा अङ्ग्रेजी विषय लिई अध्ययन गर्ने मौका पाएकोले उहाँलाई स्वस्फूर्त रूपमै अङ्ग्रेजीमा एम्. ए. गर्ने मौका मिलेको थियो भन्ने कुरा सुनाउनुहुन्थ्यो भट्ट सर हामीलाई ।

सन् १९८१-८३ सम्म त्रिभुवन विश्वविद्यालयले उहाँलाई शिक्षामा एम्. एड्. गर्ने मौका दियो । त्यसले पनि उहाँलाई आफ्नो लक्ष्यलाई कसै गरे पनि प्राप्त गर्नुपर्छ भन्ने प्रेरणा दिएको हुनुपर्छ । बेलायतमा एम्.एड्.को दोस्रो वर्षमा अध्ययन गरिरहेको समयमा उहाँका बुबाको निधन हुँदा पनि उहाँ आफ्नो अन्तिम लक्ष्यबाट विचलित हुनुभएन र पढाइलाई निरन्तरता दिनुभयो । यस प्रसङ्गमा उहाँलगायत ‘नेपाल नेसनल कलेज’ का विद्यार्थीहरूले प्रा. शङ्करदेव पन्तप्रति जति श्रद्धा प्रकट गरे पनि थोरै नै हुन्छ भन्ने धारणा थियो उहाँको ।

आनन्ददेव भट्टको व्यक्तित्वको अर्को सवल पाटो भनेको साहित्य सिर्जना हो । साहित्य सिर्जनाप्रतिको रुचि आफूभित्र मूलत: केही न केही अंशमा भित्रैबाट टुसाउन खोजेको हुनुपर्छ भन्ने मान्यता थियो उहाँको । कुनै व्यक्तिले सर्जकको अव्यक्त आह्वानलाई समात्छ भने उसले त्यसको मिठासलाई अनुभव गर्न थाल्छ र त्यसले सिर्जनालाई प्रस्फुरण हुनमा सघाउ पुग्छ भन्ने धारणा राख्नुहुन्थ्यो उहाँ । एउटा चिन्तनशील मानिस आफ्नो विचार र भावनाबारे घोत्लिन थालेपछि उसले एउटा न एउटा विषय नभेट्टाई छोड्दैन भन्ने समेत धारणा राख्नुहुन्थ्यो उहाँ । साहित्य सिर्जनामा भट्ट वहुविद सर्जक हुनुहुन्थ्यो । कविता, काव्य, समालोचना, निबन्ध, दर्शन, अनुवाद आदि अनेक विधामा कलम चलाए पनि उहाँका प्रिय विधाचाहि“ समालोचना र निबन्ध थिए ।

कविवर सिद्धिचरण श्रेष्ठलाई आफ्नो कविता सिर्जजनका प्रेरणास्रोत मान्ने भट्टका कविताहरू २०१३ सालबाट प्रकाशित हुन थालेका हुन् । बनारसबाट प्रकाशित हुने नौलो पाइलो र काठमाडौँबाट प्रकाशित हुने इन्द्रेनीमा कविता प्रकाशित गरेर प्रकाशनको मार्गमा पदार्पण गरेका भट्टका २०१५ सालमा गएर एकैचोटि तीन ओटा कृतिहरू अब हिमालय बोल्छ, (कविता) ९७ साल (खण्डकाव्य) र गुरा“स (कवितासङ्ग्रह) प्रकाशित भए । त्यसरी नै २०१६ सालमा ओमरखैयामलाई जवाफ, (काव्य) जोवनकै थुम्कोबाट (काव्य), आमा बोलाउँछिन्, (कवितासङ्ग्रह) प्रकाशित भए । यसरी नै २०१७ सालमा कवि द्वारकिा श्रेष्ठको शीतको थोपा नामक कवितासङ्ग्रहमाथि लेखिएको उहाँको पहिलो समालोचना शारदामा प्रकाशित भयो । त्यसपछि भैरव अर्यालका कवितामाथि लेखिएको समालोचना २०१८ सालमा रचना साहित्यिक पत्रिकाले प्रकाशित गर्‍यो । २०१७ सालमा नै तिमीलाई देख्दा (काव्य) र २०१८ सालमा साहि“ली मैयाँ (खण्डकाव्य), २०१९ सालमा युरी एलेक्सएभिच गागरिन (काव्य) र समालोचनाको बाटोतिर (समालोचनासङ्ग्रह), हाम्रा प्रतिभाहरू (जीवनीपरक समीक्षा सङ्ग्रह), तथा २०२० सालमा नर्वेली नाटककार हेनरिक इब्सेनको ब्ल भ्लझथ या तजभ उभयउभि नाटकको अनुवाद जनताको शत्रु प्रकाशित भए । यसरी २०१३ देखिपछिको यो अवधी भट्टको सिर्जनाकर्मको निकै राम्रो उर्वर समय देखिन्छ । २०२० पछिका करिव साढे दुई दशकसम्म कुनै नयाँ कृतिहरू प्रकाशनमा नआएका भए पनि त्यसपछिका तीन वर्षमा उहाँका जगत्को सृष्टि र सञ्चालन प्रक्रिया (दर्शन २०४६), प्रतिभा पहिचान (जीवनीपरक समीक्षा सङ्ग्रह २०४७) स्वतन्त्रता र कम्युनिस्ट (राजनीतिक लेख सङ्ग्रह २०४८) जनताको साहित्य (सैद्धान्तिक साहित्य समीक्षा २०४८), दृष्टिबिन्दु (किशोर साहित्य २०४८) र केही आत्मपरक निबन्धहरू (२०४९) र त्यही बिचमा उहाँका भाषासम्बन्धी केही पुस्तिकाहरूसमेत जनसमक्ष आएको पाइन्छ । यो प्रकाशन शृङ्खलाको लगभग १८ वर्षको समयावधिपछि, २०६७ सालमा उहाँको समीक्षात्मक कृति समय साहित्य प्रकाशनमा आयो । त्यसको सात वर्षपछि २०७४ असारमा धरतीदेखि आकाशसम्म र समय र जीवन शीर्षकमा फ्रान्सेली क्रान्ति नायक रोबेस्पियर तथा रुसी महान लेखक तोल्सतोईको संक्षिप्त जीवनीसम्बन्धीे अनुदित कृतिहरू प्रकाशनमा आए ।

आनन्ददेव भट्ट एक तन्त्रीय पञ्चायती निरङ्कु व्यवस्थालाई परास्त गरी प्रजातन्त्र पुनस्थापनार्थ चलेको आन्दोलनमा पनि अग्र पङ्तिमा खटिएर सक्रियतापूर्वक लाग्नुभएको थियो । २०४६ सालको जन आन्दोलनका दौरानमा पोखरा पृथ्वीनारायण क्याम्पसमा छात्रछात्राहरूमाथि राज्यपक्षबाट भएको बर्बर दमनको जाँचबुझका निम्ति त्रि.वि.द्वारा थठित त्रिसदस्यीय जा“चबुझ आयोगमा प्रो. बि. सी. मल्ल, प्रा. आनन्ददेव भट्ट तथा प्रा. कृष्ण खनालसहितको एक समिति निर्माण भएको थियो । पोखरा निरीक्षणबाट फर्केपछि त्यस विषयमा उहाँले त्रिचन्द्र क्याम्पसको सरस्वती सदनमा जुन भाषण दिनुभएको थियो त्यो नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा सदा उच्च सम्मानका साथ स्मरण गर्न लायक घटना थियो ।

आनन्ददेव भट्ट एक जना निस्वार्थी र उदारमना व्यक्तित्व हुनुहुन्थ्यो । एक पटक उहाँले राज्यका तर्फबाट रु. एक लाख राशीको प्रतिभा पुरस्कार पाउनुभएको थियो । उहाँले त्यो रकम अक्षयकोशमा राख्ने र त्यसबाट प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष पुरस्कार वितरण गर्ने गरी प्रलेस प्रतिभा पुरस्कार स्थापनार्थ प्रगतिशील लेखक सङ्घ केन्द्रीय कार्यालयलाई दान दिनुभयो । चितवनको वीरेन्द्र कलेजमा प्राचार्यका रूपमा रहेर २०२२ सालदेखि २०३० सालसम्म आफुले सेवा गरेको ठाउँमा विपन्न विद्यार्थीको सहयोगका लागि उहाँले एउटा सानोतिनो कोशको स्थापना गर्ने चाहना राख्नुभएको थियो । पछि उहाँका शुभचिनतकहरू समेतको सल्लाहमा, त्यस प्रकारको पुरस्कारको आयतनलाई देशव्यापी रूप दिने ध्येयका साथ त्यसलाई राष्ट्रव्यापी बनाउने विचारअनुरूप, देशमा प्रजातन्त्र स्थापनार्थ आफ्नो प्राण उत्सर्ग गर्ने चार सहिदमध्ये एक, उहाँको पुख्यौली घर–जिल्लाका सहिद दशरथ चन्दको नाममा पुरस्कार स्थापनार्थ रु. दुई लाख प्रदान गर्नुभयो । जीवनको उत्तरार्धतिर पुगेको समयमा नेपाल प्रज्ञा–प्रतिष्ठानले उहाँलाई आजीवन सदस्यता प्रदान गरेर ढिलै भए पनि उहाँको उच्च आदर गरेको महसुस हुन्छ ।

उहाँको ख्याति विशेष अवसरको रेकर्ड गर्ने कविका रूपमा पनि स्थापित छ । नेपालमा सहिदकाण्डको विषयवस्तुलाई समेटेर उहाँले ’९७ साल काव्य लेख्नुभयो । रसियाका अन्तरिक्ष यात्री युरी एलिक्सएभिच गागरिनले चन्द्रमामा पाइला टेकेपछि युरी एलिक्सएभिच गागरिन शीर्षकमा काव्य सिर्जना गर्नुभयो । समयको कुनै खास एउटा बिन्दुलाई आधार मानेर लेखिएका ती दुई काव्य विशेष महत्त्वपूर्ण काव्यका रूपमा नेपाली साहित्यको इतिहासमा सूचीकृत छन् ।

उहाँको जीवनका तीन महत्त्वपूर्ण पाटाहरूमध्ये उहाँलाई कम सफलता प्राप्त भएको पाटो भनेको राजनीति क्षेत्रको पाटो हो । त्रि.वि.को लामो शिक्षण–सेवाबाट निवृत्त भएपछि २०५२ सालबाट उहाँ आफ्नो पार्टीको पूर्णकालीन कार्यकर्ता भएर आफ्नो पुख्यौली थलो बैतडी गएर त्यहाँको जनजीवनसित एकाकार हुँदै त्यहीँ समय बिताउनु भयो तर उहाँलाई सफलता भने हात लागेन । चुनावको परिणाम जेजस्तो आए पनि उहाँले त्यसलाई सौहार्दपूर्ण रूपमा स्वीकार्नुभयो । भट्टको व्यक्तित्त्व एक अनुकरणीय र शालीन व्यक्तित्त्व थियो । सुशिक्षित, विदुषी सुशीला खरेलसित २०२१ सालमा विवाह बन्धनमा बा“धिनुभएका भट्ट दम्पतिका दुई छोराहरू डा. सौरभदेव भट्ट साउथ अफ्रिकी सहर जोहनसबर्गमा स्वास्थ्य सेवामा सम्लग्न छन् तथा कान्छा छोरा डा. निर्झर युएनको जागिरका सिलसिलामा थाइल्यान्डमा कार्यरत छन् ।

  • Sahitya Sagar
    Sahitya Sagar
हरिहर खनाल
हरिहर खनाल
Post Views: 387
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.