SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » मुगा
कथा

मुगा

Sahitya SagarBy Sahitya SagarDecember 5, 2021No Comments15 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • कथा
मोहनप्रकाश (ताप्लेजुङ) युवा पुस्ताका लेखक हुन् । उनी भूगोल र नेपाली लदुई विषयमा स्नातकोत्तर हुन् । यिनले स् दशवर्ष शिक्षण सेवा गर्नका साथै हाल रङ्गमञ्चका क्षेत्रमा आबद्ध छन् । यिनका छिटफुट पत्रपत्रिकामा लेखन गरिरहेका छन् । यिनको मूल रुचि रङ्गमञ्च क्षेत्रमा रहेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको मुगा शीर्षकको कथा समेटिएको छ । यस कथाले निकै व्यापक परिवेशमा विदेशी जोडी र स्वदेशी जोडीको प्रेमको असफलतालाई देखाएका छन् । प्रेमसँग सम्बन्धित समस्यालाई देखाउनु यस कथाको उद्देश्य हो ।

– सम्पा.

माथि बालमन्दिर स्कुलमा घामका किरण ठोक्किएर उज्यालो पाखिँदै थियो । स्कूलको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल बादलबाट टाउको झिकेर चामे बजार चियाउँदै थियो । मेरी र म तातोपानी स्नान गरेर होटलतर्फ लाग्यौँ ।

‘के उभिराख्या नि पाउना जस्तो ?’ साउनी बोलीन् । म नजिकैको टुल तानेर बसेँ ।

‘के हो तरुणीलाई त एकछिन् छोड्दैनौ त ?’ उनले व्यङ्ग्य कसिन् ।

‘तिमीलाई लिएर जाउँ भने दोर्जेले मार्ला,’ मैले उनकै शैलीमा उत्तर फर्काएँ ।

‘किन मार्नु नि, झन खुसी हुन्छ ।’

‘किन खुसी हुनु नि ?’

‘थोत्रो गए तरुणी ल्याउन पाउँछ ।’

हा…हा…हा………..!

बिहानैदेखि हँसाउन थालिन् साउनीले ।

साउनी किचनभित्र पसिन् । म बाहिर निस्केँ । माने गुम्बा हुँदै मालपोत कार्यलयको चेपको बाटो माथि लागेँ । देबे्रतिर खिया लागेको एउटा साइनबोर्ड थियो । मधुरा उक्किसकेका अङ्गे्रजी क्यापिटल अक्षरमा ‘फल’ लेखिएको मात्र देखिन्थ्यो । त्यो भन्दा माथि निहालेर हेर्दा मात्र देखिने ‘होटल प्याराडाइज’ देखिन्थ्यो । सबै कुरा बुझेपछि यो ‘होटल प्याराडाइज फल’ थियो ।

स्याउका रुखहरूले घेरिएको होटल प्याराडाइज फल कुनै समय चामेको केन्द्र थियो । सदरमुकाममा आउने कुनै पनि वरिष्ठ सरकारी कर्मचारीको जमघट केन्द्र थियो । समाजसेवीहरूको जमघट केन्द्र थियो । विभिन्न निकायका विशिष्ट व्यक्तित्व सबैको जमघट स्थल थियो । चामेकै सबैभन्दा उच्च स्थानमा अवस्थित होटल । यसका कौशीबाट नमस्ते गेटसम्म फैलिएको चामे बजार स्पष्ट देखिन्थ्यो । चामे अगाडिको विशाल भीर त होटलको कौशीबाट हातैले छुन सकिन्छ कि जस्तो लाग्थ्यो ।

कहीँ–कहीँ भत्केको, ढुङ्गा विच्छ्याइएका सिढीँबाट बिस्तारै म माथि चढेँ । सिँढीका दुवैतिर पहिले ढकमक्क राता, कलेजी गुलाफ फुलेका भेटिन्थे । अहिले तिनको नामोनिसान थिएन ।

तीनवटा भवनहरू तीनतिर फर्केका थिए । कतै–कतै ती जिर्ण र घाँस उम्रेका देखिन्थे । पछाडि कुनापट्टिको एउटा स्याउको रुखमा पूर्ववत् फूल फुलेका थिए । बाँकी आठ–दश बुट्टा सुकेका थिए । केही काटिसकेका ठुटा मात्र थिए । बिस्तारै म होटलको आँगनमा पुगेँ । दक्षिणतर्फको स्याउका रुख छेवैको भवनभित्र भाँडाकुँडा बजेको आवाज आउँदै थियो ।

म स्याउ बगानतिर उक्लिएँ । स्याउ बगानमा राखिएका सेता काठका कुर्सीहरू रङ उक्किसकेका थिए । ती जीर्ण र झारले छोपिन लागेका थिए । यत्तिकैमा मेरो सामुन्ने मुगा देखा परी । ‘मुगा’, मेरो बोली अनायसै फुत्कियो । उसको कपाल र कपडा अस्तव्यस्त देखिन्थे । ‘मुगा !’ मैले पुनः बोलाएँ । ऊ एकटक मलाई हेरिरही । मलाई कता–कता अफ्ठेरो लाग्यो । अचानक ऊ भक्कानिएर रुन पो लागि ।

मैले सम्झाउने कोसिस गरेँ । र, केहीबेरपछि उसैले भनी ‘प्रकाश तँ कहिले आइस् ?’ आइज चिया खान । उसलृ मलाई तान्दै भित्र पुर्‍याई । बल्ल यसले मलाई चिनिछे भनेर म समालिएँ ।

म छेऊको कुर्सीमा बसेँ । उसको कोठा अस्तव्यस्त थियो । उसले एउटा पुरानो थर्मसबाट कालो चिया त्वार्र.. पारी । चियाको कप मलाई दिँदै बोली ‘तैँले बिहा गरिस् ?’
मैले गरेँ भन्ने भावमा टाउको हल्लाएँ । ऊ खुर्र भित्र पसी । मलाई उसको कोठामा बस्न अफ्ठ्यारो लाग्यो । ऊ भित्र पस्दा मैले चिया स्वाट्ट फालेँ । ऊ निस्कँदा चिया पिएको अभिनय गरेँ ।

‘ला, यो माला तेरो केटीलाई लाइदे ल !’ यसो भन्दै उसले मलाई एउटा रातो माला दिई । माला खल्तिमा राख्दै ‘मुगा बस ल, म गएँ भन्दै बाहिर निस्केँ । ऊ के के आवाज निकालेर एक्लै बोल्दै रही । म फटाफट सिँढीबाट तल झरेँ ।

000

‘हामीले थाहा पाउँदा मुगा जम्मा नौ वर्षकी थिई । उसको घर ‘फूू’ गाउँमा थियो । उसका बा–आमा यार्चागुम्बा टिप्न जान्थे । त्यतै अचानक हिउँ–पहिरोमा परेछन् । त्यो बिचरी टुहुरी भई । उसकी फुपूले ल्याएर पाली । उसकी फुपू त्यतिबेला यही खोल्सो छेउको छाप्रोमा चिया बेच्थी । मुगाका फुपा ज्यालादारीमा काम गर्थे ।

मुगा आएपछि ती जोईपोइका’नि भाग्य फर्किए । मुगा बढ्दै गई । होटलमा चिया खाजा खानेहरूको भिड बढ्न थाल्यो । दिउँसो मुगा स्कुल पढ्थी । बिहान बेलुका होटलमा फुपू–फुपालाई सगाउँथी । होटल तीन जनाले थाम्न सकेनन् । दुईजना काम गर्ने मान्छे राखे । पछि त्यहीँ पछाडि दुई तले घर बनाएर गेष्ट हाउस चलाए ।

स्कूल पढ्दा–पढ्दै मुगाले प्रेमलाई मनपराइछे । मुगालाई भने पारिको साहूको छोरो उगेनले मन पराउँथ्यो । मुगाको जन्मदिनको दिन उगेनले उसका साथीहरू भेला पारेर मुगालाई विवाह गर्ने कुरा गर्यो । ऊ दलबलसहित घरै लान भनेर आयो । स्कुलमै मुगासँग उगेनको ठूलै झगडा भयो ! भोलिपल्ट उगेनले मुगाको होटलमै आएर उपध्रो मच्चायो ।

एसले पे्रमलाई मरणासन्न पारेर कुट्यो । मर्यो ठानेर खोल्सो छेउमा फालेर गयो । अरू कुनै रिस राग होइन मुगासँग प्रेम गर्नु नै उसको दोष थियो ।

प्रेमको पढाई राम्रो थियो । मुगा र पे्रमले यही स्कूलबाट एसएलसी गरे । पछि यहींबाट १२ पनि सिध्याए । प्रेम र मुगाकै निहुँमा उगेनले मुगाका फुपालाई खुकुरी हान्यो । पुलिसले उगेनलाई पक्डियो । तीन दिनपछि मुगाका फुपा अस्पतालमै मरे । त्यसको करिब एक वर्षपछि मुगा र प्रेमले विवाह गरे । त्यसको केही महिनापछि मुगाकी फुपू पनि बितिन् ।

मुगा र प्रेमले त्यही होटल चलाए । उनीहरूका प्रयासले त्यो होटल दोब्बर–तेब्बर चल्न थाल्यो । पछि उनीहरूले त्यो माथि डाँडामा होटल बनाए । त्यसपछि त्यो होटलमा पर्यटकका लर्को लाग्न थाल्यो । उनीहरूकी एउटी छोरी जन्मिई ।
अनायास प्रेमलाई रोगले समात्यो ।’

बोल्दा–बोल्दै साहुनी चुप भई । बाहिर कोही फत्फताए झैं लाग्यो । मुगा नाच्दै होटलभित्र पसि । साहुनी आँखा पुछ्दै भित्र पसी ।

‘मुगा कहाँ जान लाग्यौ ?’ मैले साधेँ ।

उसले मलाई एकछिन् हेरी । फिस्स उडेका आँखा, ख्वाटी, दुब्ली, अनुहारमा अलि–अलि पोतो र ल्याङ्फ्याङ् पहिरनमा थिई । ऊ केके कराउँदै फुत्त बाहिर निस्की ।

होटलको गेटबाट बाहिर निस्कँदा दुई–तीन जना केटाहरू फूल र अभिर लिएर जाँदै थिए । ती मध्येको एक कसैलाई भन्दै थियो, ‘आज उगेन छुट्दै छ !’

म पनि तिनीहरूकै पछि–पछि माडातिर लागें । काँडेतारले वरिपरि घेरिएको बन्दी–गृहको गेटमा ठुलै भिडभाड । खाद्य संस्थाअगाडिको पर्खालमा केही घोडाहरू थिए । झ्याप्प दारी पालेको एउटा व्यक्ति बाहिर निस्कियो । बाहिर उभिएका केही केटाहरू कराए ‘‘उगेन’’ ‘‘उगेन’’ !

ऊ बाहिर निस्किने बित्तिकै कतैबाट मुगा फुत्त निस्किई । उसले उगेनको मुखैमा पर्नेगरि थुकिदिई ।

दाह्रीवाल दाह्रा किटेर करायो ‘हे बहुलाई तँलाइ त जिउँदै…।’

उसले पूरा बोल्न नपाउँदै केटाहरूले घेरे । अविर धस्दै उसलाई लगे । एउटाले माला लगाइदियो । ती मध्येको एउटाले मुगालाई घचेडेर लडायो । उनीहरू कराउँदै तल झरे । मुगा उठेर थु…थु… गर्दै तिनीहरूका पछाडि पछाडि दौडी ।

म होटलमा पुग्दा मेरी कफी पिउँदै थिई । मलाई देख्नेबित्तिकै मुसक्क हाँस्दै बोली– ‘म तैयार भैसकेँ ।’

हामी सँगै बाहिर निस्कौँ । नमस्ते गेटको उत्तरपट्टि अर्थात् हाम्रो देबे्रपट्टिको सल्लाघारीमा घटेको एउटा बिगतको घटना उसलाई सेयर गर्नु थियो ।

सल्लाघारीभित्र तीन–चार घोडाहरू चरिरहेका थिए । अलिकति भत्केको ढुङ्गाको पर्खालबाट छिरेर हामी सल्लाघारीभित्र प्रवेश गर्‍यौँ । त्यो नजिकको ढुङ्गाको पर्खाल देखाउँदै मैले मेरीलाई भनें, ‘हो, यही पर्खालमा ढल्के जस्तै केटीको लाश रहेको थियो ।’

‘‘लाश’’ भन्ने बित्तिकै ऊ झस्की ।
‘हो लाश ।’
म पुनः बोलेँ– ‘यहाँबाट तल खोलाको छेउमा केटाको लाश झरेको थियो ।’ उसले त्यहाँ निहालेर हेरी । मेरो कुरा सुनेर ऊ झन् गम्भीर बन्दै बोली– ‘अम्…कस्तो घटना ?’

छ वर्षअगाडिको कुरा हो । म दुई जना अष्ट्रेलियन लिएर चामे आइपुगेको थिएँ । एक जोडी भारतीय बङ्गाली पनि केही दिनअगाडि नै ‘प्याराडाईज फल’मा आएर बसेका रहेछन् । तिनीहरू बिरामी झैँ देखिन्थे । चामे आएको भोलिपल्टै मुगा र प्रेमले तिनीहरूलाई घोडामा राखेर, अस्पताल लगेर ल्याएका रहेछन् । ती दुवै थकित झैँ लाग्थे । होटलको स्याउ बगान छेउको कुनापट्टिको कुर्सी उनीहरूको रिजर्भ जस्तै हुन्थ्यो । त्यहीँ बसेर उनीहरू के–के कुरा गरिरहेका हुन्थे । मुगा तिनीहरूको खुब ख्याल राख्थी । सायद पाहुनाको सेवा गर्दा उसलाई आनन्द आउँथ्यो । मुगाको गेष्टप्रतिको लगाव अनौठो लाग्थ्यो । स–साना कुराहरूमा’नि ऊ सचेत देखिन्थी ।

मेरी उत्सुक मानेर मलाई सुनिरहेकी थिई । म बोल्दा बोल्दै एक्कासी तल मस्र्याङ्दीमा झ्याम्म झरेँ । टाउको ढुङ्गामा ठोक्किएर एकछिन् रन्थनिएँ । मेरो नाकबाट ह्वाल्लै रगत झर्‍यो ।

म बिस्तारै उठेँ । मेरी डिलमाथि चिच्याउँदै थिई । केहीक्षणपछि दुईजना मान्छे त्यहाँ आइपुगे । म बोल्दाबाल्दै डिलमा पुगँेछु र ढिस्को फिसल्किएर ढिस्कोसँगै झरँेछु । ती दुई मानिसले खोलामा झरेर मलाई माथि पुर्‍याएँ ।

‘धत्, यस्तो ठाउँमा नि कोही बस्छ ? यहाँ त दिउँसै तर्साउँछ ।’ ती दुई मध्येको एउटा बोल्यो । हामी चारै जना त्यहाँबाट निस्कियौँ ।

󠇨󠇨󠇨󠇨०००

बिहान छ बजेको अलार्म बज्यो । उठेर म बाथरुम छिरेँ । मेरी पनि उठिसकेकी थिई । तल डाइनिङमा पुग्दा कल्याङमल्याङ आवाज सुनियो । माथि मुगाको घरभरि भिड थियो । प्रहरीहरू तलमाथि गर्दै थिए । सर्वसाधरणको पनि ओहरदोहर देखियो । म पनि त्यतै दौडिएँ । सिँढी चढेर माथि पगेँ ।

ओहो ! बिहान–बिहानै यो के देख्न पर्‍यो ?

त्यो सेता फूल फुलिरहेको स्याउको रुखमा मुगा झुण्डिएकी थिई । उक्त दृश्य देख्ने बित्तिकै ठुलै हुण्डरी चले झैँ भयो । म फर्केर बजार पुगेको पत्तै पाइँन । बजारको भिडले मुगाकै कुरगरिरहेको थियो ।

धेरैथरि मान्छेका धेरैथरि कुरा चल्दै थिए बजारमा । बाटामा केही महिला आँसु पुछ्दै तल झरे ।

एकैक्षणपछि हस्याङफस्याङ गर्दै दोर्जे आइपुग्यो । उसका कुरा सुन्दा पो हामी छक्क पर्‍यौँ ।

राति बाह्र बजेतिर उगेन र उसका साथीहरू सँगै थिए । उनीहरू माडातिरको झोलुङ्गेपुलबाट तल झरेका थिए । तिनलाई सिडियो कार्यालयको सुरक्षा गार्डले देखेको रहेछ । प्रहरीले उगेन र उसका साथीहरूमाथि शङ्का गरेको छ रे ! दोर्जेको उक्त कुरा सुन्नेबित्तिकै उगेनका शब्दहरू मेरा कानमा पुनः गुञ्जिए, ‘हे बहुलाई तँलाइ त जिउँदै…….।’

बजारको भिड छिचोल्दै झोलुङ्गेपुल तरेर हामी उँभो लाग्यौँ । हाम्रा अगाडि गुचमुच्च आठ–दश घर भएको पुरानो बस्ती थियो । ठूलो भीरलाई दाहिनेतिर पारेर हामी सानो सल्लाको जङ्गलभित्र पस्यौं । केहीक्षण उकालो चडेपछि तलेखु पुगियो । मैले तलेखुबाट दक्षिणतर्फ फर्केर हेरेँ । चामे बजार तल छेलिएको थियो । बजार छलिए पनि ‘प्याराडाइज फल’का तीनवटा भवनहरू हाम्रो सामुन्ने देखिन्थे । आजदेखि तिनका गर्भमा कुनै प्राणधारी जीव रहनेवाला थिएनन् । प्याराडाइज कतै हराएर ‘फल’ मात्र बाँकी रहेको त्यो खिया लागेको बोर्ड जस्तो ती भवनका अस्तित्व क्रमशः गिर्दै थियो ।

माथि अनौठा भू–दृश्यहरू देखिन थाले । भीरलाई कोपेर बनाइएको बाटोबाट दख्खिन–पश्चिमतिर अन्नपूर्ण हिमाल अझ खुल्दैै गईरहेको थियो । पारिपट्टि खोंचमा एउटा दूधे झरना मस्र्याङ्दीलाई दूध चुसाईरहेकी थिई ।

मेरी अनौठा भू–दृष्यहरूका आकृतिमा भुलेर आनन्द लिइरहेकी थिई । उसका नीला आँखा रहस्यले भरिएका तलाउ झैँ देखिन्थे ।

हामीले सल्लाको जङ्गल कटिसकेका थियौँ । सायद मुगाले यही ठाउँलाई देखेर आफ्नो होटलको नाम ‘प्याराडाईज फल’ जुराएकी हुनुपर्छ । यसको नाम ‘स्वर्गद्वार’ थियो । स्थानीयहरू स्वर्ग पुग्ने विश्वासका साथ यस स्थानको पूजा गर्ने गर्छन् । कोही–कोहीका अनुसार स्वर्गद्वारमाथि चट्टानी टुप्पोमा मनाङे राजाको दरवार थियो रे !

डा. हर्क गुरुङले ‘मैले देखेको नेपाल’ पुस्तकमा यो स्थानलाई ‘रंगशाला’ नाम दिएका छन् । जुन स्थानको चट्टानी स्वरूप रंगशालासँग मेल खान्छ ।

बाटोको छेउमा भिरालोमा लस्करै बनाईएका कटेजहरू भएको पिसाङ होटलभित्र हामी छिर्‍यौं । बाहिर र्वार्इं–र्वार्इं गर्दै हावाको वेग चलिरहेको थियो ।

०००
म डाइनिङमा बसिरहेको थिएँ । मेरी नुहाएर फुर्तिली हँुदै भित्र पसी । उसले मेरो निधारको घाउ निहाली । मेरो सामुन्नेको कुर्सीमा बस्दै ऊ पछाडि आरामले ढल्की । उसले ती बंगाली जोडीकाबारे पुनः जिज्ञासा राखी ।

‘अष्ट्रेलियन जोडी र म बिहान सबेरै चामे छोड्नेवाला थियौँ । हाम्रो सेड्युलले फेल खायो । हामी उठ्नुअघि नै होटल प्याराडाईज फललाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो । प्रहरीले एउटा उर्दी जारी गर्दै होटलमा एउटा सूचना टाँसेको थियो ।

प्रिय गेष्ट,

यो होटलमा केही दिनदेखि बस्दै आएका एक बङ्गाली जोडी प्रमोद वेनर्जी र जिन्टी घोषको तल सल्लाघारीमा मृत अवस्थामा लाश फेला परेको हँुदा छानबिन तथा अनुसन्धानका लागि कुनै पनि होटलका स्टाफ तथा पाहुना महानुभावहरूले आज एक दिनका लागि होटल नछाडिदिनुहोला । तपाईंहरूको सहयोगविना हाम्रो अनुसन्धान प्रभावकारी हुन सक्दैन ।

तपाईंहरूलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।

जिल्ला प्रहरी कार्यालय
चामे, मनाङ

०००

हाम्रो त्यो दिनको यात्रा स्थगित भयो । प्रहरीले होटलमा बस्नेहरूको व्यक्तिगत विवरणका एक–एक प्रतिलिपीहरू लियो र प्रत्येकसँग सामान्य सोधपुछ गर्‍यो ।

प्रहरी अफिसरले मुगालाई ती मृत जोडीका बारेमा केही सोधपुछ गरे । प्रहरीका जिज्ञासामा मुगा बोल्न थाली, ‘हाम्रो होटलमा यो जोडी नौ दिनअगाडि आइपुगेको थियो । यिनीहरू मूक्तिनाथको यात्रामा आएको बताउँथे । यहाँ आईपुग्दा दुवै बिरामी जस्ता देखिन्थे । आएको भोलिपल्ट हिँडडुल गर्नै नसकेर थलिए झैँ भए । हामीले दुवैलाई घोडामा राखेर अस्पताल पुर्‍यायौं । केटालाई टाइफाइड, केटीलाई सामान्य ज्वरो र आउमासी भएको रहेछ ।

केही दिन औषधि खाँदै आराम गरे । अलिक बिसेक भएपछि एक दिन डाइनिङमा बसेर कफी पिउँदै थिए । म रिसेप्सनमा बसेर मालाका दानाहरू उन्दै थिएँ । त्यतिखेर केटीले बोलेको मैले सुनें, ‘मलाई ड्याडी ममीसँग एकदम डर लाग्छ । म त घर जाँदै जान्नँ बरु यतै मर्छु ।’ केटो पनि निराश देखिन्थ्यो । ऊ केही नबोली केटीका कुरा सुनिरह्यो ।

मैले यिनीहरू दुई प्रेममा परेर भागेको कुरा अनुमान लगाएँ । बिरामी र थकानले थलिएकी त्यो युवतीलाई मैले एक दिन होटलको कौसीमा लगेर तेल मालिस गरिदिएँ । एकछिन्पछि आँसु बर्रर.. झरेर ऊ मेरो काखमा घोप्टिई । केही छिन् पछि उसको अनुहार निहालेँ । उसले भित्र पीडाको ठुलै पोको बोके झैँ लाग्यो । तर मसँग केही खोल्न सकिन ।

अर्को दिन दुवै हाम्रो स्याउको बगैँचा अगाडि घाम ताप्दै ठट्टा गरेको देखेँ । हाम्रो होटलमा आएको हप्ता दिनपछि यो जोडीको हाँसो मैले पहिलो पटक देख्दा मलाई यिनीहरूको खुसी विशेष बनाउँने इच्छा जाग्यो र एक–एक वटा ब्रासलेट उपहार दिएँ । हामीले सँगै बसेर फोटो पनि खिच्यौँ । त्यो दिन मैले तिनीहरूलाई ‘खप्से’ बनाएर ख्वाएँ । तर हिजो र अस्ती यी दुवै गम्भीर देखिएका थिए । हिजो दिउँसोसम्म स्याउको बगैँचामै बसेर गफ गरिरहेका थिए । दिउँसोको खाजा खाएर होटलको बिल मागे । उनीहरूले भोलि बिहानै माथि लाग्ने कुरा गरेका थिए । बिल तिरेर उनीहरू घुम्न बाहिर निस्केका थिए । राति अबेरसम्म होटलमा नफर्केपछि कोठामा आएर सुतिसकेकी भनेर म उनीहरूको कोठामा गएँ । कोठाको ढोका खुल्लै थियो । म भित्र पसेँ । उनीहरूका लुगा र सामान कोठाको एकापट्टि कुनामा मिलाएर राखिएका थिए । मैले टेबलमा डटपेनले थिचिएका केही चिठ्ठिका पानाहरू देखेँ ।

मुगाले केही कागज निकाल्दै अफिसरलाई दिई । ऊ कागजका पानाहरूमा आँखा दौडाउन थाल्यो ।

प्यारी बहिनी मुगा,
हामीलाई तिम्रो सेवा प्राप्त गर्न, तिम्रो मायाले यहाँसम्म खिचेर ल्याएको रहेछ । तिमीलाई भेटेर हामीले धेरै कुरा सिक्यौँ । एउटा अन्जान मानिसले अर्को अन्जान मानिसप्रति देखाएको सद्भाव र प्रेम विरलै देखिएला ।

प्यारी बहिनी हामीलाई माफ गर ल ! यत्रो दिन तिमीसँग बस्दा, तिमी हामीमाझ पानी जस्तै छ्याङ्ग खुलेकी थियौ । तर हामीले मनभित्रका पीडा तिमीसँग खोल्न सकेनौँ । यी मनभित्र पीडा मात्र थिएनन् । भित्र–भित्रै पाकेर विषालु सर्प झैँ हामीलाई डस्न थालेका थिए । हामी दुवै बास्तवमा भित्रैदेखि कमजोर भएका थियौँ ।

हामी दुवै एउटै कलेजमा सँगै पढ्थ्यौँ । हामी एमबिएका विद्यार्थी थियौँ । पहिलो भेटमा नै हामीले एक अर्कालाई मन परायौँ । समय बित्दै जाँदा हामी दुवै एक–अर्काका लागि नै जन्मेका हौँ भन्ने महसुस गर्न लाग्यौँ ।

हाम्रो सेमेष्टरको अन्तिम परीक्षा सिद्घिने बित्तिकै हामीलाई समस्या पर्यो । उसका आमाबाबुले जिन्टीको विवाह एउटा धनाड्य व्यापारीसँग गरिदिने कुरा चलाउन थाले । हामी एक आपसमा यति निकट भैसकेका थियौँ कि छट्टिनु भनेको हाम्रो जीवन नै अन्त्य हुनुसरह हो ।

हामीले परीक्षा नदिई सँगै भाग्ने विचार यौं । भागेर कहाँ जाने भन्नेमा हामी निश्चित थिएनौं ।
जिन्टीले कतै हिमाली क्षेत्र गएर फ्रेस हुने र बाँकी जिन्दगीको बारेमा योजना बनाउने प्रस्ताव राखी । यो कुरामा हामी दुवै सहमत भयौँ । हिमालको कुन ठाउँमा जाने भन्ने कुरामा हामीले निश्चय गर्न सकेनौँ । त्यसको पनि टुङ्गो लाग्यो ।

हामीसँगै एक नेपाली विद्यार्थी पढ्थे । उनको नाम शंकर घिमिरे । उनी एकदमै मिलनसार र सहयोगी थिए । उनलाई हाम्रो बारेमा सबै कुरा थाहा थियो । उनले हाम्रो भविष्यको बारेमा पनि चिन्ता गरेका थिए । उनले हामीलाई परीक्षा दिएर भाग्न सुझाएका थिए । पारिवारिक दवाब यस्तो थियो कि जिन्टीको घरमा हाम्रो प्रेमको बारेमा बकवास फैलिएको थियो । हामीलाई एकआपसमा भेट्न पनि गाह्रो हुन थालेको थियो । जिन्टी कलेज आउने जाने गर्दा उसको दाइ सँगसँगै रहन थाल्यो । हामी दुवै मनोवैज्ञानिक रूपमा विक्षिप्त भइसकेका थियौँ । पढाईमा मन जानै छोडेको थियो । दुई–चार दिन ढिला भएमा जिन्टीलाई घरबाट बाहिर निस्कनै नदिने अवस्था देखेर हामी हाम्रो परीक्षा अगाडि नै भाग्ने निधोमा पुग्यौँ । शंकरले पनि हाम्रो परिस्थिति देखेर सहमत हँुदै मुक्तिनाथ जाने सल्लाह दिए ।

शङ्करको घर लमजुङ्को बाहुन डाँडामा रहेछ । उनले त्यतैबाट पदयात्रा गर्दै मूक्तिनाथ जाँदा बाटोमा देखिने गाउँले जनजीवन र प्राकृतिक भू–दृश्यहरूले मन बहलिने कुरा बताए, तर हामी बंगालको समतल, गर्मी भू–भागमा जन्मेहुर्केका मानिस हिमालको जाडोमा बाटैमा कतै थला परिएला कि भन्ने डर पनि थियो । तर हामीले हिम्मत गर्‍यौँ र यात्रा पक्का गर्‍यौँ ।

कलकत्ता छोडेको तीन दिन पछि हामी शंकरको घरमा पुगेका थियौँ । त्यहाँ पुग्दा हामी छक्क पर्‍र्यौं । भिराला खेतहरूमा गोरुले जोतेको, किसानहरूले यस्तो दुःख गरेको हामीले पहिलो चोटि देख्यौँ । मानिसले बाँच्नको लागि कति दुःख र सङ्घर्ष गर्दा रहेछन् भन्ने कुरा हामीलाई त्यहाँका किसानका सङ्घर्षपूर्ण जीवनले बुझायो ।

शङ्करका घरमा उसका बुढा भइसकेका बुबाआमा मात्र थिए । हामी शङ्करका साथी घुम्न आएका भन्दा खुसीले उनीहरू औधी रमाएका थिए । ती आमाबाले हामीलाई आफ्नै छोरोलाई जस्तै माया गरे । बेलुका खिर पकाएर खुवाए । माटोले बनाएको सानो घर भए पनि हामीलाई त्यो प्रेमले भरिएको महल लाग्यो । शङ्करलाई उनीहरू अति माया गर्दा रहेछन् ।

शङ्कर सानैदेखि मिहिनेती र स्कूलमा सधैँ फस्ट हुने कुरा पनि उनीहरूले हामीलाई बताए । हाम्रो सेमेस्टरमा पनि ऊ पढाईमा अग्रस्थानमा थियो । उसमा घमण्डको लेस पनि थिएन । पढाई सिध्याएर आमाबुबासँगै गाउँमै बसेर केही गर्ने कुरा उसले हामीलाई बताएको थियो ।

भोलिपल्ट बिहानै शंकरका आमाबासँग बिदा भएर हामी त्यहाँबाट हिड्यौं ।

चामे आइपुग्दा हामी थकित भैसकेका थियौँ । सायद त्यहाँको मौसममा हामी एक्लामाइज्ड हुन सकेनौँ ।

यहाँभन्दा माथि जाने कुरामा हामी असमर्थ रह्यौँ । अन्त्यमा हामीले मूक्तिनाथको यात्रा त्याग्ने निर्णय यौं । हामीप्रति तिमीले देखाएको सद्भावप्रति हामी ऋणी छौँ ।

तिम्रो र प्रेमको दाम्पत्य जीवन सुखमय रहोस् ।
प्रमोद/जिन्टी

प्रहरीसँग मुगाको संवाद जारी थियो । ‘यी चिठीका पानाहरू भेट्दा रातीको एक बजेको थियो । त्यति राती के गर्ने होला भनेर प्रेम र म हड्बडाएका थियौँ । तरपनि राति नै प्रहरी कार्यालयमा जानकारी गरायौं ।’

मेरो कुरा सुनेर मेरीको अनुहारमा मलिनता छायो । एउटा केटो ‘खाना तैयार भयो’ भन्दै डाइनिङमा छिर्‍यो ।

हामी दुवै त्यहाँबाट उठ्यौँ । बाहिर हावाको बेग उस्तै थियो । लुङ्दुरहरू एकनासले फत्तफताइरहेका थिए, फट्फट्ट्ट्………!

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 276
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.