SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » जो पाखण्डको सख्त विरोध गर्थे
कथा

जो पाखण्डको सख्त विरोध गर्थे

साहित्यसागर डेस्कBy साहित्यसागर डेस्कSeptember 24, 2021No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

अहिले नेपाली साहित्यमा हास्यव्यङ्ग्य युग सकिएको हो कि भन्ने लक्षण देखा परेको छ । त्यो लक्षण देखा पर्नु भनेको हास्यव्यङ्ग्य लेखक वा लेखन नदेखिनु हो । यौटा युग थियो भैरव अर्याल, वासुदेव लुईंटेल, केशवराज पिंडाली, श्याम गोतामे, रामकुमार पाण्डेजस्ता होनहार प्रतिभाहरूले हास्यव्यङ्ग्य नेपाली साहित्यमा मौलाएको थियो ।

हरेक वर्ष हुने गाइजात्रा महोत्सवको पनि ठूलो भुमिका हुने गर्थ्यो हास्यब्यङ्ग्य विधाका लागि । प्राय: गाइजात्रामा हरेक साप्ताहिक तथा दैनिक पत्रिकाले पनि गाइजात्रे अङ्क प्रकाशन गर्थ्यो । तिनमा थोरै साहित्यिक महत्वका हास्यब्यङ्ग हुन्थे, तर साहित्यिक पत्रपत्रिकाले भने हास्य ब्यङ्ग्य अङ्क, विशेषाङ्क आदि प्रकाशन गर्थे, जसमा गम्भीर खालका हास्यब्यङ्ग्य रचनाहरू हुन्थे । त्यसका लागि हास्य ब्यङ्गय लेखकहरूसँग महिनौं अघिदेखि रचनाका लागि सम्पादकहरू बुकिङ गर्थे ।

त्यो समयमा श्याम गोतामेजस्ता हास्यब्यङ्ग्य लेखकहरूको पछि नाम चलेका सम्पादक हुन्थे ।

मैले श्याम गोतामेका रचनाहरू पढ्दै आएको थिएँ । ‘मपाईं’ कृति पनि पढिसकेको थिएँ, उनको हास्यब्यङ्ग्य निबन्ध सङ्ग्रह । तर उनीसँग खासै मेरो देखभेट भएको थिएन । तर यौटा यस्तो कारण आइपर्‍यो, जसले उनीसँग मेरो भेट गरायो ।

मेरो पहिलो पुस्तकको रूपमा कथा सङ्ग्रह ‘सुतेको समुद्र’ विसं २०४६ सालमा साझा प्रकाशनबाट प्रकाशित भएको थियो । म निकै उत्साहित भएर पठन र लेखनमा एकाग्र भएको थिएँ । मैले निकै मेहनतकासाथ दोश्रो कृति उपन्यास लेखेर साझा प्रकाशनलाई नै दिएको थिएँ र साझाबाट प्रकाशनवाट प्रकाशनका लागि स्वीकृत भयो । त्यो थियो, ‘ उत्खनन’ । यो उपन्यास मुद्रणका लागि कम्पोज शुरू भएको थाहा पाएपछि म साझा प्रकाशनमा सम्पर्कको लागि गएँ ।

त्यतिवेला नै थाहा भयो, त्यो उपन्यासको प्रुफ रिडरको कामको जिम्मा श्याम गोतामेले पाएका रहेछन् । साझा प्रकाशनमा प्रुफ रिडरहरू थिए दरवन्दीमै । तर कामको चाप बढेर कर्मचारीले नभ्याउने अवस्थामा साझा प्रकाशनले कार्यालय बाहिरका केही प्रुफ रिडरहरूलाई काम दिन्थ्यो, यसरी श्याम गोतमेले मेरो उपन्यासको प्रुफ रिडिङको काम पाएका थिए ।

साझा प्रकाशनको प्रुफ रिडिङ शाखामा शङ्कर कोइराला थिए । वलराम श्रमजीवि थिए । शायद अरू पनि थिए । तर तिनले भ्याएनन् र श्याम गोतामेले मेरो उपन्यासको प्रुफ हेर्ने भए । मलाई शङ्कर कोइरालाले भने, ‘श्याम गोतामेले तपाईंको कितावको प्रुफ हेर्नुहुन्छ । तपाईंले भेट्दा राम्रै हुन्छ ।’

म त श्याम गोतामेसँग यही नाताले भेट्न पाउने भएँ भनेर दङ्ग परिनै हालें र पाको पोखल्ड्याङमा उनको निवास खोज्दै पुगें । चिनाजानी भो । मान्छे अलि बाउँठिएको बाउँठिएको जस्तो लाग्यो । शायद हास्यब्यङ्ग्य लेख्ने हुनाले त्यस्तो स्वभाव भएको भन्ने ठानें । खरो कुरा गर्थे ।

मैले आवश्यक भए पनि नभए पनि श्याम गोतामेले हेरेका प्रुफका कपी साझा प्रकाशन पुर्याउने र फाइनल प्रुफका लागि सच्याइएका पानाहरू श्याम गोतामेको निवासमा ल्याइदिने काम गरें । यो मेसोमा श्याम गोतामेकी श्रीमती पद्मा भाउजुको हातवाट निकै कप चिया मलाई जुर्यो । त्योभन्दा बढी श्याम गोतामेसँग मेरो अग्रज अनुजको राम्रो आत्मिय सम्बन्धको विकास भयो जसमा कहिले पनि ग्रहण लागेन, आजिवन ।

यसै क्रममा मैले के बुझें भने, उनी खरा स्वभावका छन् । मनमा यौटा कुरा, मुखमा यौटा कुरा गर्दैनन् । त्यही प्रुफ हेर्ने क्रममै प्रुफ रिडिङ शाखाका बलराम श्रमजीविले उनले पारिश्रमिकका लागि सिफारिस यथा समय नगरेको झोंकमा ‘मैले त तिनलाई नाम श्रमजीवी भए पनि बुध्दिजीवी ठान्थें, श्रमजीवि नै रहेछौ भन्दिएँ’ भनेको निकै ब्यङ्ग्यात्मक वाणी थियो, जुन अझैसम्म मेरो कानमा गुन्जिरहेको छ, घतलाग्दो र गहिरो ब्यङ्ग्यवाणीको रूपमा ।

श्याम गोतामेको जन्म १९९६ साल भदौ २६ गते राधादेवी गौतम र ज्वालाप्रसाद गौतमको जेठा छोराको रूपमा काठमाडौंको पाको पोखल्ड्याङमा भएको थियो । उनको नाम श्यामप्रसाद गौतम भए पनि साहित्य जगतमा उनी श्याम गोतामेको नामले प्रख्यात भए । उनको स्कूले शिक्षा वीरगञ्जको श्री ३ जुध्द हाईस्कूल, कलेजको शिक्षा वीरगञ्जकै ठाकुरराम क्याम्पस र पटना विश्वविद्यालयमा भएको थियो ।

उनको पहिलो प्रकाशित रचना थियो, ‘मैले पनि पिउन सिकें’ । यो रचना २०२५ माघ २६ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो ।

उनको पहिलो पुस्तक ‘मपाईं’ थियो, जुन कौवा प्रकाशनले विसं २०२६ सालमा प्रकाशित गरेको थियो । यसमा उनका १६ हास्यब्यङ्ग्य रचना समावेश थिए ।

उनी राष्ट्रिय बाणिज्य बैङ्कमा काम गर्थे । उनले वीचमा व्यवसायमा पनि हात हाले । त्यो थियो, रेष्टुँरा व्यवसाय । मलेखु नपुग्दै नदी किनारमा राम्रो चल्न थालेको थियो ब्यबसाय । त्यस प्रकारको ब्यबसाय उती फस्टाएका थिएनन् र त्यसरी नदी किनारमा ब्यबसाय शुरू गर्ने शुरूशुरूकै मध्येका थिए उनी । विकृति र विसङ्गतीलाई ब्यङ्ग्य गर्ने लेखक ब्यबसायी बनेको थियो । तर नितिलाई यो मञ्जुर भएन र ब्यवसायले राम्रो गति लिने क्रममै बाढिले रेष्टुँरा परिसर स्वाट्टै वगाइदियो । वाढीले रेष्टुँरा मात्र बगाएन, श्याम गोतामेका यावत् महत्वपूर्ण कागजात, किताव, साराका सारा बगायो । एकप्रकारले श्याम गोतामेको सपना नै वगायो । यो वढो दुखलाग्दो र पीडाजनक अवस्था थियो ।
तर उनी विचलित भएनन् । उनको स्वभावमा विचलन आएन । नियतिले दिएको पीडालाई चुपचाप सकारे ।

त्यस दु:खद घटनापछि उनी जागिरको सिलसिलामा पोखरा सरूवा भएका थिए । म, दुवसु क्षेत्री र राधेश्याम लेकाली भानु जयन्तीका लागि चुँदी रम्घामा आतिथ्यता ग्रहण गरेर गोर्खा पुगेका थियौं, त्यसपछि मनकामना घुमेर पोखरा पुगेका थियौं । पोखरा पुगेपछि महेन्द्र पुल र तेर्सापट्टीको वीचमा रहेको वाणिज्य बैङ्क पुग्यौं उनलाई भेट्न । साथीहरू उनीसँग प्रत्यक्ष परिचित थिएनन् । मेरो राम्रो परिचय भएको र भेटौं भनेपछि साथीहरू तयार भएका थिए । अनि साथीहरूसहित उनको अफिसमा पुगें म । अभिवादन र साथीहरूसँग परिचय गराइसकेपछि उनले आफ्नो स्वभाब अनुसारको वाङ्गा र ब्यङ्ग्यात्मक कुरा गर्न थाले । साथीहरूको अनुहार कालो नीलो भयो । मचाहीं सहज भएकोमा साथीहरू आश्चर्य मानेको पनि मैले बुझिरहेको थिएँ ।

श्याम गोतामेले चिया मगाए । साथीहरूले चिया पनि वडो मुस्किलले सकारेको अनुभव गर्दै थिएँ । कुरा गर्दै जाँदा साथीहरू विस्तारै सहज हुन थाले । उनले बेलुकाको खानाको लागि निम्ता गरे । तर साथीहरू उनको शुरूवातको कुराले तर्सिसकेका थिए । त्यसमाथी हामी उदात्त घुम्ने मूडमा बरालिंदै पोखरा पुगेका, हामीले विनम्रतापूर्वक उनको खानाको आग्रह पछि कुनै वेलाको भन्दै हामी त्यहाँवाट विदा भयौं ।

उनलाई भेटेर फर्कँदै गर्दा साथीहरूले मलाई उडाए । कस्ता वाउँठा रहेछन् भन्ने उनीहरूको राय थियो । तर शुरूमा खस्रा देखिए पनि आतिथ्यता आदिका कुराले मनको भने सफा भन्नेमा चाहीं हामी सबैको राय मिल्यो । अझ भोलिपल्ट विहान हामी फर्कन वस चढनु अघि उनी आएर चियापान गराएपछि र बाटाको लागि फलफूलको झोला समेत हातमा राखिदिएपछि उनको सक्कली पहिचान साथीहरूले पाएका थिए ।

उनी साँच्चै नै मनमा यौटा कुरा, मुखमा एउटा कुरा गर्ने पाखण्डी (हिप्पोक्र्याट) स्वभावका थिएनन् । उनी आफैं भन्ने गर्थे, ‘मलाई कसैले खान बोलायो भने बेस्सरी खाने कुरो गुतार्छु अनि आफ्नो प्रतिक्रिया स्पष्ट शब्दमा भन्छु- ‘अरू थोक त ठीक छ तर दालमा भने नून भसक्कै चर्को छ । यस्तो झुर दाल पनि कोही खाओस् ।’

एक त अरूकहाँ सिंत्तै खानु र त्यसमाथि अनेक थरिको खोट लगाउनु एउटा अशिष्ट प्रवृत्ति हो भन्ने मलाई पनि थाह छ तर म खोट देखाउन बिर्सन्न’, उद्देश्य के भने अर्को पटकको निम्ति ऊ सतर्क होस् जसले गर्दा भविष्यमा कुनै पाहुनाले उसकहाँ खाँदा मजस्तै नून चर्को दाल खानु नपरोस् ।’

कुरा जतिसुकै सत्य भए पनि हम्मेसी यसो भन्ने आँट कसैले गर्दैन । तर उनी सहजतापूर्वक नै भनिदिन्थे । त्यसैले उनीसँग व्यक्तिगत परिचय भएकाहरूका माझ उनको लोकप्रियताको ग्राफ तलै हुन्थ्यो । तर उनको लेखनबाट मात्र परिचित माझ भने उनी खास्साको लोकप्रिय हास्यब्यङ्ग्य लेखक थिए ।

उनी कर्मचारी थिए तर घूस र घुसखोरी विरूध्दका ब्यक्तित्व । उनले आफ्नै पिताजी घुस्याहा भएको कुरा तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई पोल लगाईदिएपछि पिताजीको सरूवा भएको घटना पनि किम्वदन्तीको रूपमा प्रचलित थियो । यसबाट उनको स्वभाव, चरित्र र लेखनको वारेमा धेरै निर्क्यौल निकाल्न सकिन्छ ।

उनको जीवन, लेखन र व्यवहारमा एकात्मकता देखिन्थ्यो, यद्यपि त्यो हाम्रो सामाजिक संरचनामा, अमिल्दो, अभ्यावहारिक, बहुलट्ठी जस्तो लाग्दथ्यो कतिलाई । तर उनी ती सबको जानकार भएर हाँसी हाँसी यस्ता अपजसको हलाहल पिएर नीलकण्ठ भै स्वाभिमानी लेखकको रूपमा वाँचेका थिए । उनले लेखनलाई आफ्नो जीवनको कमजोरी, गरिवी वा पारिवारिक वा सामाजिक सम्बन्धका कारण कहिल्यै सम्झौता गरेनन् । यस्ता प्रतिभा नेपाली साहित्यमा मात्र होइन, संभवत: विश्वमै दुर्लभ हुन्छन् ।

अवकासपछिको जीवनमा उनी फूटकर लेखनमा एकाग्र भए । यो उनको अतिरिक्त आयश्रोत पनि थियो ।उनले अवकाशपछिको पछिल्लो कालखण्डमा कान्तिपुर, गोरखापत्र, जनमञ्च, हिमालय टाइम्स, सगरमाथा, नेपालीपत्र, विश्वमित्र लगायतका दैनिक, साप्ताहिक, पाक्षिक अखवार, समाचार पत्रिकाहरूमा लेखेका थिए । यी यस्ता पत्रिकाहरू थिए जसले लेखकलाई थोरवहुत पारिश्रमिक दिने गर्दथे ।

श्याम गोतामेलाई मैथिली भाषाको राम्रो ज्ञान थियो । त्यसैले उनले हास्य व्यङ्ग्य वाहेक सुधाकर चौधरीको मैथिली कथा सङ्ग्रह ‘गाजल’ लाई नेपालीमा अनुवाद गरेका थिए । तर उनले अनुवाद कर।ममा खासै मन लगाएनन् र उनको यो अनुवादकको व्यक्तित्व ओझेलमै रह्यो ।

उनले २०४९ सालमा ‘भैरव हास्यब्यङ्ग्य पुरस्कार’ पाएका थिए । उनले आफ्नो जीवनकालमा पाएको उल्लेखनिय पुरस्कार यही मात्र थियो ।

श्याम गोतामेको स्वास्थ्य अवस्था त्यति राम्रो थिएन रोगी नै नभए पनि । २०५१ सालमा मधुमेहले आक्रान्त भएर त्यसको सामना गरिरहेका थिए । उनको पिसापवाट सुगर जाने र वेलावेलामा पिसाव रोकिने समस्या भयो । तर विसं २०५२ सालमा उनलाई मुटुको समस्याले दु:ख दिएको थियो । तर उपचारपछि उनको स्वास्थ्यमा सुधार भयो ।

तर उनी २०५५ साल वैशाख १८ गते राती पुन: पिसाव रोकिने समस्याले पीडित भए । रातभरि दु:ख सहेका उनी विहान पत्नीको साथ लागि आफ्नो निवास पाकोदेखि सुन्धारासम्म पैदल गए । त्यसपछि ट्याक्सीमा जावलाखेल गए र उपचारपछि पिसाव त खुल्यो तर एक्कासी उनी नर्भस भए । जावलाखेलमा उनको उपचार भएको स्थानवाट वीर अस्पतालतर्फ एम्वुलेन्समा लगियो थप उपचारका लागि । तर अस्पताल पुग्दा उनले धर्ती छाडिसकेका थिए । यसरी १९ गते विहान उनको देहावसान भयो ।

पाटनबाट वीर अस्पतालतरर्फ लाने क्रममा उनले एकपल्ट आँखा खोलेर ‘हे राम’ भनेका थिए । उनी धर्ममा आस्था राख्ने तर देवताको नाम लिने स्वभावका थिएनन् । महाकवि देवकोटाले पनि जीवनको अन्तिम क्षणमा ‘आखिर श्रीकृष्ण रहेछ एक’ भनेका थिए । श्यामले पनि ‘राम’लाई यसरी पुकारेका थिए ।

(मपाईं, कौवा प्रकाशन २०२६, जदौ रत्न पुस्तक भण्डार, २०२७, कायन वाचा, साझा प्रकाशन, २०३३, श्याम गोतामेका हास्यब्यङ्ग्य, नेराप्रप्र, २०४६) 

  • साहित्यसागर डेस्क
    साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
Post Views: 362
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.