SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » कथा : अमल्ची
कथा

कथा : अमल्ची

साहित्यसागर डेस्कBy साहित्यसागर डेस्कSeptember 20, 2021No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Caucasian teacher frustrated at chalkboard
Share
Facebook Twitter LinkedIn Pinterest Email

खत्री मास्टरको लासमा उसको छोराले मुखाग्नि दिएपछि कुनै चिज झल्याँस्स सम्झेजस्तो गरी आफ्नै ज्याकेटका गोजी छाम्यो । अलग अलग गोजीबाट तीन बुक तास निकाल्यो र मृत बाउको सिरानमा राखिदियो ।

खत्री मास्टरलाई तासे मास्टरको उपनाम पनि दिएका थिए मान्छेहरूले । तासको भोगी नै थिए उनी । तास भएपछि दिनको भोक गायब हुन्थ्यो । रातमा निद चाहिन्नथ्यो । ठुटेबजार मेलामा सात दिन सात रात तास खेलेको रेकर्ड बनाएका थिए ।

जल्दो चितामा पनि यिनी तासका साथ जल्न पाए । छोरालाई कसैले अह्राएको त होइन । उसकै विवेकले सिरानेमा तास राखिदियो । कतिले हँस्यौली गरे– “बूढाले माथि गएर पनि खेल्न पाउने भए । बूढाको आत्मालाई शान्ति मिल्ने भयो ।”

पोहोर साल चोकको माइलो राई म¥यो । माइलो राई विगत पाँच छ वर्षदेखि एकदमै ट्वाँके भइसकेको थियो । बिहान झिसमिसेमै आधी कठुवा रक्सी घुट्क्याइसकेको हुन्थ्यो । बिहानै रक्सी पिउन पाएन भने उसका हात थरथर काँम्थे । भातको गाँस मुखमा पु¥याउन पनि उसलाई हम्मेहम्मे पर्दथ्याे ।

किराँती रीतअनुसार उसको लास गाउँपारिको सालघारीमा राखियो । एक मान्छे गहिरो चिहान खनेर लास राख्ने काम भयो । लाससँगै कान्छी भाउजूले उसले रक्सी खाने कठुवा, उसले हरहमेसा कम्मरमा झुण्ड्याउने दापसहितको खुकुरी र उसले जाँड खाने डबका सिरानमा राखिदिइन् । त्यसपछि बिजुवाले मुन्धुमी रीत गरेर लासलाई छोप्ने काम गरियो । राई माइलो रक्सीको अमल्ची थियो । त्यसैले रक्सीको कठुवा चिहानमा राखियो । ऊ तासजुवा खेल्दैनथ्यो । तास खेल्ने भए सायद तासका बुक पनि चिहानमा चढाइन्थ्यो होला ।

खत्री मास्टरको छोराले भने बाउको चितामा तास मात्र चढायो । रक्सी त उसले दस वर्षअघि नै खान छाडिसकेका थिए । पहिले त ऊ रक्सीको पनि भोगी नै थियो । रक्सी पिउन्जेल आफ्नो तलब सकल्ती रूपमा कहिल्यै घर ल्याएनन् । त्यतिखेर चौमासिकै पिच्छे तलब थाप्न सदरमुकाम झर्नुपर्थ्यो । बैङ्कबाट तलब झिकेको दिनदेखि सात दिन सात रात मोटे तामाङको होटलमा बसेर तास र रक्सीमा पैसा चिरिप्प सक्थे । घर उक्लिने बेलामा मोटेसित ऋण सापटी काढेर घरका लागि सरसामाग्री किनमेल गर्थे ।

निरन्तरको रक्सी सेवनले शरीरमा रोग देखा प¥यो । जचाउन विराटनगर गए । डाक्टरले भनिदियो, “रक्सी पूर्ण रूपले छोड्यो भने दबाइले काम गर्छ । नत्र औषधी नगरे पनि हुन्छ ।” त्यसपछि उनले गाउँ फर्केर गीता पुजे । गीता पुजेदेखि रक्सी खाने साथीहरूको सङ्गत छुट्यो । रक्सीको अम्मल त गीताले छुटायो । तर तासको अम्मल कहिल्यै छुटेन ।

   मृत्युको आखिरी घडीमा पनि तासकै घिडघिडो रहेछ । सात दिनदेखि वाक्य बसिसकेको थियो । अब यता फर्किने त कुनै गुन्जाइस थिएन । खानपिन बन्द थियो । दिशा पिसाब बन्दजस्तै थियो । घिटिक्क घिटिक भएर प्राणपखेरु घाँटीमा अड्किबसेको थियो र पनि हातले हमेसा तास फिटेको, तास बाँढेको र तास थुतेर हानेको भाउ लाइरहन्थे ।

 होस त छँदै थिएन तर उनको अचेतन मनमा तास प्रतिको उग्र व्यामोह अझै सजीव थियो । आज प्राण जाला भन्यो, भोलि प्राण जाला भन्यो जाँदैनथ्यो; झन्झन् ठूलो कष्टकसलामा फँसिरहेका थिए । वैतरणी गरियो । दस दान गरियो । मृत्युञ्जय पाठ गरियो । बाहुन बोलाएर चण्डी पाठ गराए । सत्सङ्गी गीता पूजनका मित्र मण्डलीले गीता पाठ गरिदिए तर पनि सहज ढङ्गले मृत्यु हुन सकेन ।

 सबै क्रम उपक्रमहरू पूरा गरिसक्ता पनि प्राण नगएपछि उनको तासे मण्डलीको कुनै एक मित्रले सुझाव गरे– “होइन मास्टरको हातको अभिनय हेर्दा यिनको घिड्घिडो त तासका पत्तीमा अड्केको छ कि क्या हो ? लु एक बुक तास ल्याउनु प¥यो । हातमा तास राखिदिँदा पो सहजै परलोकतिर लाग्थे कि ?”

अरूले पनि हो मा हो मिलाए– मनासिब ! मनासिब ! सही कुरा आयो । मान्छेको अन्तिम घिड्घिडो केही न केहीमा अल्झेको हुन्छ भन्छन् । मास्टर तासका प्रेमी नै हुन् । हुन सक्छ उनले तास फिट्न नपाएर पो यो भाउ लाएका हुन् कि ?

त्यतिन्जेलमा छोराले तासको गड्डी ल्याइसकेको थियो । मधौरुका हातमा तास राखिदिएपछि आँखामा यस्तो रौनक छायो; सारा मुखमण्डलमा अनौठो चमक फिँजारियो । बूढा जुरुक्कै उठ्लान् कि जस्तो तेज पैदा भयो । दुवै हातले बडा मजासित तासको बुकलाई स्पर्श गरे । तीनचोटि तास फिटे । अनि दायाँ हातको हत्केलामा तासको गड्डी च्यापेर दायाँ हातले तास भाग लाउन थाले । एक चरण भाग लगाइ नसक्तै आँखाको ज्योति क्रमशः निभ्दै गयो । दुईचोटि घिटिक् घिटिक् गरे । फुस्स प्राण गयो ।

 उनको तासे मण्डली मित्र जस लिनलाई भीडबाट कुर्लियो, “मैले भनेको थिएँ नि त तासमा घिडघिडो अड्केको हुनसक्छ भनेर देख्नु भो ! हो कि होइन रहेछ ।” “हो हो” तपाईंले चाल पाउनुभएको रहेछ, भीडबाटै कसैले सही थाप्यो । “अब तपाईंको पालामा पनि यसै गर्नुपर्नेरहेछ, बुद्धि जानियो ।” कसैले उनलाई व्यङ्ग्य ग¥यो ।

जानिफकारहरू भन्छन्– उनको एकतिहाइ जिन्दगी तासका खालमा पलेँटी कसेर सकियो । अर्थात् उनी साठी वर्ष चार महिना बाह्र दिन बाँचे । त्यसमध्येको बीस वर्ष एक महिना तीन दिन जतिको समय तासमा खर्च गरेको अनुमान गरिन्छ । छनलाई उनी गाउँको प्राथमिक विद्यालयमा एक शिक्षकका रूपमा कार्यरत थिए । तर दिलचस्पीका साथ पठनपाठन कार्यमा कहिल्यै संलग्न नभई पच्चीस वर्ष पढाएर स्वैच्छिक अवकाश लिए ।

 जागिर खाँदाको बखतमा पनि हुनलाई कक्षाकोठामा हुन्थे तर यिनको मन तासकै खालमा कतिखेर पुग्नु, हमेसा बुर्कुसी मारिरहेको हुन्थ्यो । कहिलेकाहीँ त बच्चा कम आएका छन् भने तीन घण्टीमै छुट्टी दिएर अफिस कोठामै पिउन र अर्काे शिक्षक साथीसित भिड्न थालिहाल्थे ।

सरकारी स्कुलका मास्टरले सामान्यतः तीन खालका बिदा पाउने गर्छन्, वर्षभरिमा छ दिन अपर्झट बिदा, छ दिन पर्व बिदा र बाह्र दिन बिरामी बिदा; यी तीनै खालका बिदा यिनी शैक्षिक सत्रको छ महिनामै लिइसकेका हुन्थे । अरू मास्टरले घरायसी काममा, बिरामी परेका अवस्थामा साह्रोगाह्रो परेको अवस्थामा बिदा खर्च गर्थे । अबि, पबि लिए पनि बिरामी बिदा हतपत खर्च गर्न लोभिन्थे ।

बिरामी बिदा सञ्चित गर्न पाइने र जागिर छोड्दाको बखतमा त्यसको पैसा पाइने भएकाले अप्ठ्यारो नपर्दासम्म बिरामी बिदा चोखै राख्थे । खत्री मास्टरलाई बिदा जोगाउनुको कुनै चिन्ता थिएन । उसलाई तास खेल्न पाउँदा सर्वस्व गुमाएको पनि याद हुन्नथ्यो । नाथे बिदाको त के कुरा रह्यो र ? अबि, पबि र बिबि खर्च गरी गरी तासको खालमा भुलिन्थे ।

 पचपन्नदेखि साठी सालसम्मको द्वन्द्वकालमा उनले चार चोटि सख्त कारबाही भोगे; त्यो पनि माओवादी विद्रोहीहरूको हातबाट । हरघडी तासको खालमा नारिएको आरोपमा पहिलो चोटि सय खेप कान समातेर उठबस गराएर छोडियो । दोस्रो पटक पनि पुनः तासको खालमा भेटिएपछि तीन पत्ती तास चपाएर निल्न लगाइयो । त्यति गर्दा पनि उनको आदत छुटेन । लुकीछिपी खेलिरहे । खेलिरहे । तेस्रो चोटि पनि समातिए । त्यस पटक चाहिँ ढाडमा सात भाटा हानियो । भाटा हानुन्जेल त कायल भए पनि; तर त्यसको दुई दिन पछिबाट पुनः खेल्न थालिहाले ।

अर्काेचोटि चाहिँ उनलाई आर्थिक दण्ड गरियो । पाँच हजार रुपैयाँ बुझाएपछि उनले माफी पाएका थिए । त्यसपछिको एकाध वर्षमा त शान्तिवार्तामार्फत माओवादी विद्रोहीले अवतरण लिए । त्यसपछि त उनले डराइराख्नु पनि परेन । यत्रो चार चार चोटि कारबाहीमा पर्दा पनि यिनले कहिल्यै चेतेनन् । अर्थात् कारबाही खाएको एक दुई दिनसम्म त डराउँथे । हैट ! अब खेल्नुहुन्न भन्ने लाग्थ्यो । तर तेस्रो दिनदेखि भित्रबाट यस्तो तलतल जागेर आउँथ्यो । मनमा यस्तो छट्पटी बढ्थ्यो । कुदेर तासे मण्डलीको भूमिगत अड्डामा पुगिहाल्थे ।

तास फिट्न पाएपछि मनका सारा उकुसमुकुस शान्त बन्थे । भित्रको औडाह उफान हराएर हृदयमा शीतलता छाउँथ्यो । के दिन, के रात, के बिहान, के साँझ हमेसा तासको अम्मलले उनलाई एक अजीवको दुर्व्यसनी बनाएको थियो । सार्वजनिक बिदा शनिबार र चाडबाडका बिदा आउनु भनेको उनलाई तास खेल्नको लागि खुदै पर्दथ्याे ।

कहिलेकाहीँ तासका खालमा एकाध दिन गयल परे भने उनका मित्र मण्डली खोज्दै घरमा आइपुग्थे । उनी १०२ डिग्री सेल्सियस ज्वरो आएर ओछयान परेका हुन्थे । तर मित्र मण्डलीले धर दिँदैनथे ।  “ओ ! मास्टर साब ! के भो, धेरै दिन भयो त आफ्नो अड्डामा गयल परेको ?” मित्र मण्डलीको कुराले आँखा खोल्थे ।

 “तपाईं नभएर कोरमै पुगेन क्या ! उठ्नुस् ! अडेस लागेर पनि दुई चार हात खेलूँ ।”

साथीले गोजीको तास निकालेपछि यिनको नौनाडीमा दधिचिको हड्डीबाट देवताको शरीरमा बल पसेजस्तो कताबाट प्राण भरिन्थ्यो भरिन्थ्यो । छिनभरमै जुरुक्क उठेर दरी बिछ्याउँथे । आइरहेको हनहनी ज्वरो कता हराउँथ्यो हराउँथ्यो । “लौ सकिएन । यस्तो आलस्तालस भएको मधौरुले पनि खेल्नु त ? अति नै भो क्या ! यस्तो उखपात गरेको त राम्रो हुँदैन भन्छन् ।” मास्टर्नी च्याँठिएपछि मित्र मण्डली सट्याक्सुटुक बाटो तताउँथे । सन्च हुँदा पनि त्यही तास बिरामी हुँदा पनि त्यही तास, उनको बाँच्ने आधारै तास बनेको थियो ।

गीता दर्शनको सारतत्त्व बुझेर उनले गीता पुजेका थिएनन् । गीता पुज्नु भनेको रक्सी छोड्ने एक बाहना मात्र थियो । गाउँमा अरू दुई चार जना रक्सीका घैलाहरूले गीता पुजेर रक्सी खान छोडेको दृष्टान्त सबै सामु प्रष्ट थियो । पुज्नको लागि पुज्थे गीताको पुस्तक । बिहान बिहान वाचन गर्ने श्लोकको अर्थ के हो ? त्यसलाई बुझ्ने, थाहा पाउने लेठो कहिल्यै बेसाएनन् । बाबुले पनि यसरी नै पुज्थे । पाठ गर्थे । निधारमा सेतो चन्दनको ठाडो टीको लाउँथे । टोपीमा बुकीफूल सिउरिन्थे । घाँटीमा एक सय आठ रुद्राक्षको माला झुन्ड्याउँथे । बाबुकै लयमा उनले सबै कर्मकण्ड पूरा गरे ।

गीतामण्डलीहरू वर्षमा तीनचोटि सात सात दिनका लागि धुनी लगाउँथे । धुनी बस्नुलाई विम्बा बस्नु पनि भनिन्थ्यो । त्यो सात दिन विम्बामा रातभरि रागभजन गाउनुपर्ने र धुनीमा रहनुपर्ने अनिवार्य नियम थियो । तासको अम्मली भएकाले एक दुईचोटि त्यसमा पनि गयल परेका थिए उनी । धुनी बस्न गयल पर्नेलाई गीताका गुरुले कारवाही गर्थे । गीता मण्डलीबाट हटक गर्ने, काढ्नेसम्मका कुरा हुन्थे । माफी मिनाहाको लागि याचना गरेर खीर, मालपुवा, सेलरोटीको भण्डारा लाएपछि फेरि कारबाही फुकुवा हुन्थ्यो । मास्टर खीर रोटीको कारबाहीमा पनि परेकै हुन् । कारण अरू केही नभएर उनलाई विम्बा भन्दा तासकै खाल जरुरी महत्त्वको विषय बन्यो । तासको खालमा भुलिँदा विम्बामा गयल परियो र कारबाही भोग्ने अवस्थामा पुगे ।

जमानामा बस्तीपुर हाइस्कुलबाट म्याट्रिक पास गरेका मास्टर थिए उनले । तर सदरमुकामतिर झर्दा उनले कहिल्यै पुस्तक पत्रपत्रिका किन्ने हेर्ने काम गरेनन् । घरमा समाचार सुन्न एउटा पुरानो जापानिज पानासोनिक रेडियो थियो । कहिलेकाहीँ समाचार सुनी टोपल्थे । तर देश दुनियाँका बारेमा थाहा पाउनु, ज्ञानविज्ञानको जानकारी राख्न पुस्तक पढ्नुपर्छ, पत्रपत्रिका हेर्नुपर्छ भन्ने सोच कहिल्यै आएन ।

सदरमुकाम झरेर घर फर्किंदा पनि उनले तासका नयाँ नयाँ गड्डी किनेर झोलामा राख्न चाहिँ कहिल्यै बिर्सेनन् । उनलाई पुराना तास फिट्नुमा त्यति मजा आउँदैनथ्यो । त्यसैले बढीमा हप्ता दिनभन्दा धेरै पुराना तासको गड्डी फिटेनन् । नयाँ झिकिहाल्थे । नयाँ तास फिट्नु पनि उनको एक अभिनव शौख थियो ।

                       ०००

खत्री मास्टर हिजो बिते जस्तो लाग्थ्यो; आज एघारौँको काम सम्पन्न भयो । हिन्दू विधिविधान अनुसार भोलि उनको शुद्धाइँ कार्य हुँदैछ । अर्थात् बाह्रौँ दिनको काम सम्पन्न हुँदैछ । उनका परिवारजनको जुठो बार्ने काम सकिन्छ । दस दिने दाजुभाइहरु त हिजो दशौँ दिनमा गहुँत खाएर चोखिए । उनीहरूको लागि नुन फुकिसकेको छ ।

राति भएपछि मृतक खत्री मास्टरका घरमा मान्छेको घुइँचो लाग्छ । भन्नलाई किरियापुत्री रुङ्न मान्छे आएका हुन्छन् । एकतिहाइ त त्यही हेतुले आएका होलान् । तर दुई तिहाइभन्दा बढी मान्छे रातभरि तास फिट्नुको रौँनकले कुत्कुतिएर जम्मा भएका हुन्छन् । ओल्लो पल्लो तीन गाउँका तासे अमल्चीहरू बूढा मरेको पहिलो रातबाटै आउन थालेका हुन् ।

मृत मास्टरको आत्माले पनि गद्गद् शान्ति पाओस् भनेरै आधा दर्जन खाट जोडेर आँगनमा पाँच सात झोली तासेलाई मजाले खेल्नसक्ने वातावरण मिलाइदिएका छन् ।

खालैपिच्छे उज्यालोको राम्रो प्रबन्ध छ । कहीँ सोलार बत्तीको उज्यालो छ । कहीँ लालटिनको उज्यालो छ । कहीँ मट्टीतेलवाला कुपीको व्यवस्था छ । जति गु्रप खेल्न आए पनि उनीहरूलाई तासका नयाँ गड्डी र एकथान उज्यालोको आदेश मास्टरको छोराले किरियापुत्री घरबाटै गर्छ, घरपरिवारमा खट्ने काम गर्नेहरूलाई । बेलाबेलामा चिया सर्वतको व्यवस्था पनि गरिएको छ ।

बूढाको किरियाकाजभरिका बाह्र दिन त्यस घरका आँगन दलान कोठा चोटा मतानमा तास खेल्नेहरूकै रौनकले जगमग बन्यो । मानौँ तासको एक अनुपम पर्वले यस घरलाई देदिप्यमान बनाइरहेको छ । किरिया बार्ने छोराहरू पनि खुसी छन् । मास्टर पत्नी पनि खुसी छिन् ।

बाह्रौँ दिनको बिहानीपख मास्टरनी बूढी गहिरो निद्रामा पर्छिन् । तीन बजेतिर पहिलोचोटि निद्रा खुलेको हो । तर उठ्नुपर्ने कुनै हतारो थिएन ओछ्यानमै लम्पसार परिरहेकी थिइन् । फेरि निद्राले झप्प छोप्यो । सपनाको एउटा दृश्य मथिङ्गलमा नाच्यो ।

मास्टर कहाँकहाँ कुनै अनाकन्टर एकान्त थलोमा बन्दी बनेका रहेछन् । श्रीमती चाम्रेको पोको बोकेर पति भेट्न गएकी रहेछिन् । उनी त्यहाँ रिसले राँक्किएर बसेका रहेछन् । भोकले होला भनेर गुम्छाको पोको खोलेर चाम्रेको थाल हातमा राखिदिइन् ।

उनले एकै झट्कामा थालसहित चाम्रे फ्याँकिदिए । राताराता आँखा फुकालेर पत्नीलाई घुरेर हेरे ।

“तँलाई यो चाम्रे ल्याउनु के जरुरी थियो । म यहाँ भोको छु र ? मलाई सिपाहीहरूले बेलाबेलामा खान दिइराखेका छन् ।”

“अनि के चाहियो त ? यसरी किन रिसाउनु भएको ?”

“आफूलाई तास खेल्न नपाएको कति दिन भो । रातमा निद्रा आउन छोडेको छ । एक बुक तास ल्याइदिनु पर्दैन ।”

        “ए त्यसो पो ! अब नरिसाउनु आजै पठाइदिन्छु तासको बुक ।”

त्यसपछि उनी लुरुलुरु घर फर्किन् । बाटोमा आउँदा आउँदै उनलाई बेस्सरी ठेस लाग्यो ।  त्यहीबेला झल्याँस्स ब्युँझिन् । सपना सम्झेर एकछिन झोक्राइ बसिन् । धेरैबेरसम्म झोक्राइ बस्न अवकाश थिएन । कारण आज बाह्रौँ दिनका पण्डित पुरेतहरूलाई दानदक्षिण गर्ने र सम्पूर्ण विधि विधान पूरा गर्नुपर्ने दिन थियो ।

बिहानैबाट रीत अनुसारका कर्मकण्डहरू थालनी भए । धन्दापात गर्ने मान्छेको घरमा कुनै कमी थिएन । आफन्त इष्टमित्र छरछिमेकी धुरिएका थिए । एक बजेअगाडि नै पुरोहितहरूको पढ्ने काम सकियो । रह्यो दान दक्षिणाको कुरा । ढकीढकीमा पुरोहितै पिच्छे सिदा दान तयार थियो । चामल, दाल, नुन, वेसार, घिउ, मसला, फलफूल, सेलरोटी, मालपुवादेखि लुगाकपडासम्म ढकी ढकीमा खचाखच छन् ।

प्रत्येक ढकीमा बोहोता बोहोतामा एकएक बुक तास पनि राखिदिएकी छिन् मास्टारनी बजैले । आफूले पाएको दानसिधा सयार्ने क्रममा मूल पुरोहित आश्चर्यचकित बने । उनले हजारौं ठाउँमा हजारौँको काजकिरिया गराए होला । सुनदान, गाईदान, वस्त्रदान त पाएकै हुन्; तासका गड्डीको दान देखेका थिएनन् । उनलाई नौलो अनुभूति पैदा भयो । खुसुक्क मास्टर्नी बजैका कानमा सोधनी गरे– “होइन यो तास किन दान गर्नुभएको ?” उनले मसिनो स्वरमा जवाफ दिइन्– “उहाँले पठाइदिनु भन्नुभएको छ त्यसैले ।

पुरोहितले खाँटी कुरा के हो ? झनै बुझ्न सकेनन् । झन् अन्योलमा परे । छोरोले अघि सरेर सहजीकरण गर्‍यो ।

 “पुरोहित पनि त आखिर तासको प्रेमी नै हो नि काम लाग्छ क्या ! हजुरलाई । पिताजीको आत्मालाई पनि शान्ति मिल्छ होइन र ?” बाहुनका आँखामा अलिअलि कुरो बुझेको भाव चम्किरहेको थियो ।

  • साहित्यसागर डेस्क
    साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
Post Views: 291
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.