SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » कथा : बेबी शावर !
कथा

कथा : बेबी शावर !

साहित्यसागर डेस्कBy साहित्यसागर डेस्कSeptember 20, 2021No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

‘बेबी शावर’ भन्ने शब्दसँग मेरो परिचय थिएन । नेपालमा सुनेकी थिइनँ । हाम्रोतिर चलन नै थिएन । अस्ट्रेलिया आएपछि र विशेषगरी सोसियल मिडियाको युग शुरु भएपछि सोसियल मिडियाका भित्ताभरि गर्भवती पेटमा अनेक–अनेक आकर्षक पोजसहित खिचिएका रंगीचंगी फोटो देख्दा मलाई अनौठो काउकुती लाग्थ्यो । गर्भवती महिलाका वरिपरि हाँसो छरिरहेका साथीहरु, आफन्तहरु, मिठो र रसीलो केक अनि उल्लासमय सजावट !

सोच्थें, म गर्भवती भएपछि रोजिनाको जस्तै बोटानिकल पार्कमा गएर पार्क, ओपेरा हाउस र हार्बर ब्रिज देखिने गरी पेट देखाउँदै फोटो खिच्नेछु । छेउमा घरि मेरो पेटमा चुम्बन गर्दै त घरि मेरो पेटमा दुबै हातले मुटुको आकार बनाउँदै मेरो श्रीमान मेरो गाउनको रंगसँग मेल खाने सुट लगाएर उभिनेछन् । मेरो टाउकोमा ‘टिअरा’ हुनेछ । म रानी, ऊनी राजा र हाम्रो स्वप्न देशको राजकुमार वा राजकुमारी  जन्म लिने उचित पला र नक्षत्रको पर्खाइमा मेरो पेटमा बिश्राम गरिरहेको हुनेछन्  । छेउमा हुनेछन् हाम्रा आफन्तहरु र दह्रो ‘फ्यामिली सपोर्ट’ पाएर म निर्धक्क एउटा नयाँ आत्मालाई यस धर्तीमा भित्र्याउने माध्यम बन्नेछु ।

घरमा बसेर ‘होम मेकर’को जिम्मेवारी निभाउँदै, फूल र करेसाबारीमा पानी हाल्दै, विना तनाव गर्भवती भएकी हुइनँ म । म त  सिड्नीमा एज्ड केयर होममा फुलटाइम काम गर्दै, दुईपल्ट गर्भपतन भईवरि, तेस्रोपल्टमा सफलतापूर्वक गर्भवती भएर ८ महिना पार गरेकी महिला हुँ  ।

पहिलोपल्ट गर्भवती हुँदा मैले आमालाई फोनमा बताएँ । दुई महिनामा गर्भपतन हुँदा मलाई भन्दा बेसी आमालाई दुख्यो । अतः दोस्रोपल्ट गर्भवती हुँदा मैले आमालाई बताउने भूल गरिनँ । मलाई उत्साहभन्दा धेरै डर थियो । गर्भ अडिने हो कि होइन भन्ने चिन्ता एकतिर थियो भने कामको प्रेसर अर्कोतिर थियो ।

नेपालमा लिएको ऋण सकिएको भए पनि हाम्रो ‘पर्मानेन्ट रेसिडेन्सी’ (पीआर) आइसकेको  थिएन । त्यसकारण काम गर्नैपर्ने बाध्यताजस्तो थियो । फूलटाइम काम नगरी पार्ट टाइम मात्र गरेको भए पनि मेरो गर्भपतन हुँदैन थियो होला ।

म्यानेजरलाई त मैले भनेकै थिएँ । तर, एज्डकेयर होममा प्रायः ‘स्टाफ सर्टेज’ भैरहने । शारीरिकरुपमा धेरै परिश्रम र तनावपूर्ण काम हुने । त्यसमाथि बच्चा पाउनैपर्छ भन्ने अमूर्त दबाव । दिमागले झेल्न सकेन कि शरीरले झेल्न सकेन , फेरि गर्भपतन भयो ।

तेस्रोपल्ट गर्भवती भएपछि मैले श्रीमानलाई ‘पार्ट टाइम’ काम गर्छु भनें । सोचेकी थिएँ उनले भन्लान्– ‘ठिकै छ, पीआर आइसक्यो, मेरो कमाइले खान–बस्न पुगिहाल्छ, बच्चा जन्मिएपछि सरकारले दिने केही सुविधाहरु पनि छन्, तिमी तीनदिन मात्र काम गर ।’

तर, उनले त्यसो भनेनन् । उनले भने, ‘नेपालमा घर बनाउँदैछौं, मेरो कमाइ सबै उतै जान्छ, तिमीले ‘पार्ट टाइम’ काम गर्यौ भने कसरी घर चलाउने ? अलि होश गरेर काम गर न, अरुले पाएकै छन्, तिमीले चाहिँ सक्दिनौ ?’

त्यसो भन्दा उनले मेरो आँखामा हेर्न सकेनन् । भित्तातिर हेरेर हतार– हतार कोठाबाट निस्किएका थिए ।

ओहो ! पेट समातेर म त ‘शक्ड’ मा गैगएँ । सात बर्ष प्रेम गरेर विवाह गरेको श्रीमानको कुरा यस्तो हुन सक्छ ? हुँदोरहेछ । मनमनै उनलाई सरापें, ‘अर्को जन्ममा तिमी महिला हुनुपरोस् र तिमीले बच्चा जन्माउनुपरोस् !’

अस्ट्रेलिया आएको पाँच बर्ष भैसकेको थियो । एकपल्ट नेपाल जान पाएकी थिइनँ । आमाबुवालाई एकपल्ट देख्न पाए पनि म फेरि आत्मविश्वासी भएर फर्किन्थेँ होला ।

त्यतिबेला त  मलाई आफू पानी नपाएर सुकेको बिरुवाजस्तो अनुभव हुन्थ्यो । अरुले पैंतीस बर्ष काटेपछि पनि बच्चा जन्माएकै थिए । तर, मेरै सासू–ससुरालाई नाति–नातिनाको मुख हेर्न हतार थियो । नेपालमा चारकोठाको एक तल्ले घर छँदै थियो, दुईतल्ले घर बनाउन पनि त्यतिबेलै परेको थियो  ।

‘स्त्री भनेको धर्ती हो, प्रकृतिले यति दह्रो बनाइदिएको छ कि सबै कुरा सहन सक्छिन्,’ आमाको उपदेश हो कि भोगाइ हो, सम्झिन्थें ।  म पनि धर्ती हुँ, सबै कुरा चुपचाप सहन सक्छु भन्ने लाग्थ्यो ।

गर्भवती भएको ८ महिनापछि बेबी शावरका निम्तोहरु क्रमशः आउन थाले । यतिका महिना जतनसँग मैले हुर्काएको मेरो बच्चा र मेरो स्वाभिमानले उठ्दै गरेको पेट ।  अब दुनियाँलाई सगर्व देखाउने दिन आउन थाल्यो ।

शुरुका दुई–तीनवटा बेबी शावर मैले धेरै खुशी साथ मनाएँ  । विभिन्न प्रकारका गाउन लगाएर बेबी शावरमा गयो, ड्रेसकोडमा आएका साथीसंगी, परिवारका सदस्यहरु र उनीहरुले निर्माण गर्ने उत्सवमय वातावरण ! केक काट्यो, फोटो खिच्यो र सोसियल मिडियामा पोस्ट गरिहाल्यो । मलाई मेरो गर्भप्रति साँच्चै नै गर्व थियो ।

‘प्रेग्नेन्सी’ को ७ महिनापछि ‘डाइबिटिज’ देखिएको थियो । डाक्टरले भनेकी थिइन् – अहिले ‘स्लो एक्टिङ इन्सुलिन’ लिनू । नापेर खाना खानू, नत्र ‘इन्सुलिन’ को मात्रा  बढाउनुपर्छ ।

स्वस्थ्य खाना खाने बानी त मेरो कहिल्यै थिएन । बेबी शावर पार्टीका खानेकुराहरु र केकले मेरो ‘सुगर लेभल’ बढाउँदै थियो । तर, गुलियो बार्न म सक्दिन थिएँ । मिठो लाग्यो भने केक बेस्सरी खाइदिन्थेँ । मलाई गुलियोको ‘क्रेभिङ’ पनि त्यस्तै हुन्थ्यो । नतिजास्वरूप, ‘फास्ट एक्टिङ इन्सुलिन’ लिनुपर्ने भयो ।

बेबी शावरहरुमा प्रायः मेरा श्रीमानलाई पनि बोलाइएको हुन्थ्यो । शुरुमा जान हिच्किचाए पनि बिस्तारै उनी रमाउन थाले । मलाई अल्कोहल खान मनाही थियो । तर, हरेक बेबी शावरमा आयोजकले श्रीमानका लागि अल्कोहल राखिदिन्थे । उनी आनन्द मान्दै पिउँथे ।

उनले रक्सी पिउँदा मलाई रिस उठ्थ्यो । एकदिन श्रीमानले रक्सी खाएको देखेर मलाई ‘ट्रिगर’ भयो, त्यसपछि मैले बेस्सरी केक खाएँ । सुगर लेभल यति बढ्यो कि मलाई तुरुन्त अस्पताल लानुपर्यो । त्यो दिनदेखि एक हप्तासम्म श्रीमान र मबीच बोलचाल भएन ।

पाँचवटा बेबी शावर ‘अटेन्ड’ गरेपछि मलाई बेबी शावरसँग झर्को लाग्न थाल्यो । हरेक बेबी शावरमा लगाउन नयाँ नयाँ लुगा किन्नु पर्ने । पाँच दिन फूल टाइम काम गर्यो, दुई दिन बेबी शावरमै गइरह्यो । मेरो गर्भवती शरीरलाई आराम चाहिन्छ कि चाहिँदैन भन्ने भयो ।

एक दिन ट्रेन स्टेसनमा पुगेका बेला मेरो उठेको पेट देखेर एकजना अपरिचितले मलाई एउटा कार्ड दियो । लेखिएको थियो, ‘फ्री मेटनिटी फोटो शुट’ । त्यही कार्डमा लेखिएको लिंक मैले फेसबुकमा खोलें । ‘मेटनिटी फोटो शुट’ !

यतिसम्म ‘सेक्सी, ग्ल्यामरस र क्लासी’ हुन सक्छ भन्ने मैले कल्पनासम्म गरेकी थिइनँ । म ‘आर्ट्स’ कि विद्यार्थी, ‘मेटनिटी फोटो शुट’को ‘आर्ट’ देखेर छक्कै परँे । त्यहाँमाथि ‘फ्री’ !

अर्को हप्ता श्रीमानलाई निक्कै कर गरेर घुर्क्याइवरि नर्थ सिड्नीमा भएको फोटो स्टुडियोमा पुगें । आकर्षक गाउनहरु र चम्किला ‘टिअरा’ लगाएर विभिन्न ‘प्रप्स’ मा बसेर मैले फोटो शुट गरेँ ।

फोटो शुट सकिएपछि फोटो व्यापारीले भन्यो, ‘एउटा फोटोको सय डलर ।’ ह्यात्लुङ झरनाबाट खसेजस्तै भएँ । श्रीमानले व्यंग्यात्मक नजरले मलाई हेरे । भने– ‘फ्री  फ्री फ्री ! सिड्नीमा केही पनि ‘फ्री’ मा पाइँदैन भन्ने तिमीलाई थाहा छैन ?’

काममा विदा लिईवरि श्रीमानलाई पनि विदा मिलाउन लगाएर गएकी थिएँ । एउटा फोटो त लानैपर्यो । तर, जुन फोटो हेर्यो, त्यही राम्रो छ, कुन लाने हो ? अलमल्ल परें । अन्तमा, एउटा फोटो सय डलर तिरेर लिएर निस्कियौं ।

नर्थ सिड्नीबाट ट्रेन पश्चिमतिर लस्किँदै थियो । गगनचुम्बी भवन र सिड्नी हार्बर हेरेर मैले सोचें – ‘प्रेम प्रेम भनेर यस्तासँग बिहे गरें । कुनै धनाढ्य पुरुषसँग बिहे गरेकी भए यति सानो कुरामा सम्झौता गर्नुपर्ने थिएन ।’

श्रीमानसँगको सामीप्य टाढा भएको महसुस भए पनि, फुलटाइम काम गर्नु परिरहेको भए पनि म साराको बेबी शावर नहुन्जेलसम्म खुशी नै थिएँ ।

साराको बेबी शावर पार्टी प्यालेसमा भएको थियो । उसका अरु साथीहरु उसकै अफिसका थिए । म पारिवारिक साथीको हैसियतमा बोलाइएकी थिएँ । साराका साथीहरुले सबै खर्च व्यहोरेर आयोजना गरिदिएको सो बेबी शावरमा साथीहरुले बच्चालाई चाहिने कोक्रो, म्याट्रेस, बेड सिट सेट, प्राम, न्यापी ब्याग, वकर, दूधका बोतलहरु, हाइचेयर लगायत प्रायः सबै सामान उपहार दिएका थिए ।

सारा भन्दै थिई, ‘मलाई थाहा थियो, यिनीहरुले यसै गर्छन् भनेर । त्यही भएर बच्चा जन्मिएपछि मात्र केही किन्नु परे किनौंला भनेर केही नकिनी बसेकी थिएँ, राम्रै भयो ।’

त्यो दिन घर आएर मैले मेरो बेबी शावरका उपहारहरु खोलेर हेरें । बच्चाका लुगाहरु र न्यापीका केही बक्सहरु बाहेक अरु केही थिएनन् । एक–एक बेबी शावर र त्यसका आयोजकहरु सम्झिँदै गएँ । मलाई मेरा आफन्तहरु र साथीहरुसँग घृणा लाग्यो ।

एक्कासी म बद्लिएँ हरे ! मेरो श्रीमानले त्यसै भन्थे । एउटा कोठामा, मेरो छेउमा मेरो रेगुलर डाक्टरसँग अर्की एउटी डाक्टर थिइन् । मेरी डाक्टरले उनी  ‘साइकोलोजिस्ट’ हुन् भनेर परिचय गराइन् । ‘साइकोलोजिस्ट’ले के–के, के–के भनेपछि भनिन्, ‘तिमीलाई ‘एन्जाइटी’ भएको छ ।’

मलाई आफैंसँग हाँसो उठ्यो । सोचें– सायद मलाई बेबी शावरको एन्जाइटी भएको होला !

  • साहित्यसागर डेस्क
    साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
Post Views: 347
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.