SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » राजेन्द्र सुवेदीको परिचय
जीवनी

राजेन्द्र सुवेदीको परिचय

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
राजेन्द्र सुवेदी (२०००-२०७८) नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलालाई उनैमा समर्पित गरी उनको स्मरण गरिएको छ । यहाँ उनका निकट शिष्य एवम् उनका विषयका अध्येता रमेश शुभेचछुले तयार पारेको वैयक्तिक विवरणलाई प्रस्तुत गरिएको छ ।

राजेन्द्र सुवेदीको व्यक्तिवृत्त
राजेन्द्र सवेदी (२०००-२०७८) को निधन भए लगत्तै धेरै व्यक्ति र संस्थाबाट उहाँको व्यक्तिवृत्तबारे जानकारी खोजी हुँदा यो साग्री तयार पारिएको छ । यो उहाँको अहिलेसम्म उपलब्ध सूचनाको सारभूत परिचय मात्र हो । यहाँ छुटफुट भएका सामग्रीहरूलाई क्रमश: समेटिने छ । उहाँका जीवनी, व्यक्तित्व र कृतित्वका बहुआयाम छन् । यहाँ तिनको सारभूत परिचय मात्र समेट्न सकिएको छ ।

-सम्पा.

नाम : प्रा. राजेन्द्र सुवेदी
पुरा नाम : राजेन्द्रप्रसाद सुवेदी
न्वारानको नाम : रामप्रसाद सुवेदी

जन्म मिति
वास्तविक : २००० श्रावण १९ गते, श्रावण कृष्ण नवमी, आइतबार ।
नागरिकताअनुसार : २००२ श्रावण १९

जन्म स्थान
अमरपुर गा.वि.स., वडा नं. ६ , पाँचथर, नेपाल ।
पिता : पद्मप्रसाद सुवेदी
माता : राधिकादेवी सुवेदी
जीवनसँगिनी : इन्दिरा सुवेदी (अधिकारी)

सन्तति
छोरा कमल, छोरीहरू पुष्पा, भूमिका र स्व. दुर्गा

शिक्षा
अनौपचारिक :
पिता पद्मप्रसाद सुवेदी, माधव भँडारीलगायतका स्थानीय गुरुहरूबाट

औपचारिक :

  • अमरपुर मिडिल हाइ स्कुलबाट निम्न माध्यमिक तह (२०१६)
  • कुमुदिनी होम्स स्कुल कालिम्पोङबाट कक्षा ९, १० र पूर्व विश्वविद्यालय कोर्स (यु.पी.सी)
  • बनारस हिन्दु विश्व विद्यालयबाट बी.ए. (२०२५)
  • वाराणसेय संस्कृत विश्व विद्यालयबाट शास्त्री (२०२६)
  • त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागबाट एम. ए. (२०३०) ।

विभिन्न विधामा प्रथम प्रकाशित रचनाहरू :

  • कविता : जीवन के हो (२०२५, पद्य कविता), मञ्जरी साहित्यिक पत्रिका, वनारस
  • निबन्ध : युवकको उद्देश्य (२०२६), समर्पण साहित्यिक पत्रिका, बनारस
  • समीक्षा : कथाकार भवानी भिक्षुको धरातल (२०२९ पौष), गोरखापत्रको शनिवाशरीय
  • आख्यान : उपन्यास : सुद्युम्न (२०३१)

सृजनात्मक कृति

उपन्यास :-
(क) सुद्युम्न (२०३१) र (ख) स्वप्नसंसार (२०३३), धितोकोख (२०७६) ।

निबन्ध सङ्ग्रह :
(क) खाली सिसी पुराना कागत (२०४९), (ख) आफ्नो यात्रा आफ्नै परिवेश (नियात्रा, २०५४), (ग). अब मेरो क्यासेट बन्द हुन्छ (२०५६), (घ) गुडबाई छोडिजानेहरूलाई (जीवनी तथा संस्मरण प्रधान, २०६५), (ङ) म हुँ औँला नकाटिएको एकलव्य (२०६५), (च) निबन्ध किशोर (किशोर पाठकका निम्ति उपयोगी निबन्ध, २०६९) (छ) सांस्कृतिक पर्यटन (नियात्रा, प्रकाशन उन्मुख), (ज) जीवन गोप्य सिलबन्दी खाम (निजात्मक निबन्ध, प्रकाशन उन्मुख), (झ) भानुभक्त : सम्राट्का सीमा रेखाभित्र र बाहिर (नियात्रा, २०७३) ।

कविताकाव्य :

आत्मनिर्माण (महाकाव्य २०७०), आरोहण (महाकाव्य, २०७४ सह), खण्डकाव्य त्रयोदश (खण्डकाव्य २०७६, सह), राजेन्द्र सुवेदीका कविता (प्रकाशोन्मुख) ।

जीवनी :
अनन्त यात्रा (२०६९) ।

समीक्षात्मक कृति

(क) विषय गहन सतह चिन्तन (समालोचना सङ्ग्रह, २०३८), (ख) स्रष्टासृष्टि द्रष्टादृष्टि (निबन्ध सिद्धान्त र नेपाली निबन्धको विवेचनात्मक इतिहास, २०४३), (ग) समवर्ती साहित्यकार र झपटबहादुर राणा (२०४८), (घ), केही समीक्षण केही विश्लेषण (समालोचना सङ्ग्रह, २०४९), (ङ) नेपाली उपन्यास परम्परा र प्रवृत्ति (उपन्यास सिद्धान्त तथा नेपाली उपन्यासको अध्ययन, २०५३), (च) पूर्व आधुनिक नेपाली साहित्यको रूपरेखा (२०५५) (छ) सृजनात्मक लेखन : सिद्धान्त र विश्लेषण (२०५७), (ज) नेपाली समालोचना परम्परा र प्रवृत्ति (२०६१), (झ) काव्य निबन्ध केन्द्रका देवकोटा (२०६६), (ञ) चलचित्र सिद्धान्त र नेपाली चलचित्र (२०६९), (ट) समसामयिक नेपाली उपन्यास (२०६९), (ठ) सांस्कृतिक अध्ययन र नेपाली साहित्य (२०७३) ,नरेन्द्रराज प्रसाईकृत एकल जीवनीको समालोचनात्मक अध्ययन (२०७३)

सम्पादित कृति

(क) समसामयिक साझा कथा (सहसम्पादन, २०४१), (ख) दाडिमको रुखनेर (देवकोटाका निबन्ध, २०३९), (ग) स्रष्टा देवकोटा द्रष्टा परिवेशमा (देवकोटाका समालोचना, २०४३), (घ) नेपाली हास्यव्यङ्ग्य निबन्ध (सहसम्पादन, २०४६), (ङ) स्नातकोत्तर नेपाली कथा (२०५१), (च) स्नातकोत्तर नेपाली निबन्ध (२०५१), (छ) डिल्लीराम तिमसिना स्मृति ग्रन्थ (२०५४) (ज) चालिसको दशकका नेपाली कविता (२०५१), (झ) सूक्तिसिन्धु (पुन: सम्पादन, २०५५), (ञ) रामायण सम्मेलन (२०५७), (ट) सुवेदी वंशावली (२०६३), (ठ) प्रियदर्शिका (पुन: सम्पादन, २०६३), (ड) नेपाली निबन्ध र अन्य विधा (भाग दुई, २०६६), (ढ) रत्न बृहत् नेपाली समालोचना (सहसम्पादन, २०६९), (ण) जुगल सैद्धान्तिक नेपाली समालोचना (२०७०), (थ) डा. वासुदेव त्रिपाठी : स्रष्टा एक द्रष्टा अनेक (सहसम्पादन, २०७०) र (द) समालोचकका आँखामा हरिहर खनाल (सहसम्पादन, २०७०) , (ध) समालोचना वृत्तमा खेमनाथ दाहाल (२०७२), (न) स्रष्टा होम : द्रष्ष्टा अनेक (सम्पा.२०७२) (प) सङ्गीत चन्द्रोदय( पुन:सम्पादन २०७२), (फ) उषाचरित्र र मनोद्वेग पवाह ( २०७२), समसामयिक नेपाली समालोचना (सम्पादन २०७५) लगायतका कृतिहरू ।

कोश
नेपाली साहित्यकोश (प्रकाशोन्मुख)
नेपाली लेखक कोश (प्रकाशोन्मुख)

शिक्षण प्राध्यापन

स्वयम् सेवक शिक्षक : चाँपाबोटे फौदार पाटी प्राथमिक विद्यालय, पाँचथर (२०१८-२०१९)
शिक्षक : सिंहदेवी प्राथमिक विद्यालय, पाँचथर (२०१९-२०२१)
शिक्षक तथा प्राधानाध्यापक : सिनाम माध्यमिक विद्यालय, ताप्लेजुङ (२०२७-२०२८)
शिक्षक : आजाद माध्यमिक विद्यालय, बनेपा (२०२९-२०३०)
सहायक प्राध्यापक : इन्जिनियरिङ क्याम्पस, थापाथली, काठमाडौँ (२०३१)
सहायक प्राध्यापक : महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाम (२०३१-२०३५)
सहायक प्राध्यापक : त्रिचन्द्र कलेज, काठमाडौँ (२०३५-२०३६)
उपप्राध्यापक – नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्व विद्यालय, कीर्तिपुर (२०३६-२०४६)
सहप्राध्यापक : नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्व विद्यालय, कीर्तिपुर २०४६-२०५४)
प्राध्यापक : नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्व विद्यालय, कीर्तिपुर (२०५४-२०६८)
(कोटेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ, पाटन संयुक्त क्याम्पस, ललितपुर र रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौँमा आंशिक प्राध्यापन) ।

पदाधिकारीको जिम्मेवारी

  • क्याम्पस प्रमुख : महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाम (२०३९-२०४५)
  • कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक : गोरखापत्र संस्थान, काठमाडौँ (२०५४-२०५५)
  • क्याम्पस प्रमुख : कोटेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ (२०४७-२०५९)
  • प्रमुख : नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्व विद्यालय, कीर्तिपुर (२०६४-(२०६८)

प्राज्ञिक निकायको जिम्मेवारी :

  • सदस्य : ऐच्छिक नेपाली विषय समिति, त्रिभुवन विश्व विद्यालय (२०५१-२०६४)
  • सदस्य : विद्या परिषद्, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, त्रिभुवन विश्व विद्यालय (२०६४-२०६८)
  • अध्यक्ष : : ऐच्छिक नेपाली विषय समिति, त्रिभुवन विश्व विद्यालय (२०६४-२०६८)
  • अध्यक्ष : अनिवार्य नेपाली विषय समिति, त्रिभुवन विश्व विद्यालय (२०६६-२०६८)
  • संस्थापक कार्यक्रम संयोजक : त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको एम्फिल कार्यक्रम (२०६६)

विशेषज्ञ सेवा :
त्रिभुवन विश्वविद्यालय, गुवाहाटी विश्वविद्यालय र सिक्किम विश्व विद्यालय, काठमाडौँ विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयका पाठ्यक्रम निर्माण, पाठ्य विषयको अभिमुखीकरण, कार्यशाला, सम्मेलन, गोष्ठी आदिमा योगदान ।

साहित्यिक पत्रकारिता एवम् सम्पादन संलग्नता

  • सम्पादक : मञ्जरी (२०२५, बनारस)
  • सम्पादक : समर्पण (२०२६, बनारस)
  • सम्पादक :महेन्द्र बहुमुखी क्याम्पस जर्नल (२०३४, इलाम)
  • कार्यकारी सम्पादक : वाङ्मय (७ देखि १२ अङ्क, नेपाली केन्द्रीय विभाग)
  • प्रधान सम्पादक : वाङ्मय (१३ देखि १४ अङ्क, नेपाली केन्द्रीय विभाग)
  • सम्पादक : दीपशिखा (१ देखि ४ अङ्कसम्म, पछि सल्लाहकार, काठमाडौँ)
  • सल्लाहकार : कुञ्जिनी (२०४७ देखि २०६८)
  • सम्पादक : अर्पणा (१,२,३ वार्षिक, काठमाडौँ)
  • सम्पादक : प्रलेस (२०५०-२०५१, काठमाडौँ)
  • संरक्षक एवम् संस्थापक : शब्दाङ्कुर मासिक

संस्थागत संलग्नता

  • संयोजक : पाँचथर-काठमाडौँ प्रगतिशील समाज (२०४५-२०४८)
  • संयोजक : पाँचथर- ठमाडौँ सम्पर्क मञ्च (२०४८-२०५६)
  • सचिव : प्रगतिशील लेखक संघ, केन्द्रीय समिति (२०५०-२०५४)
  • अध्यक्ष : साहित्य संवद्र्धन केन्द्र, काठमाडौँ (२०६९ देखि निरन्तर)
  • सदस्य : नूरगंगा प्रतिभा गुठी, काठमाडौँ (२०४९ देखि निरन्तर)
  • सदस्य : प्रेमदत्त गोमा त्रिपाठी स्मृति प्रतिष्ठान, काठमाडौँ-तनहुँ (२०६८देखि निरन्तर)
  • उपाध्यक्ष : भारद्वाज सांस्कृतिक प्रवद्र्धन केन्द्र, काठमाडौँ (२०५४देखि निरन्तर)
  • केन्द्रीय सदस्य : देवकोटा शताव्दी समारोह समिति (२०६६)
  • अध्यक्ष : प्रा.डा. वासुदेव त्रिपाठी अभिनन्दन एवम् ग्रन्थ प्रकाशन समिति, काठमाडौँ (२०६८)
  • सहसंयोजक : सुवेदी कल्याण प्रतिष्ठान, काठमाडौँ (२०६८ देखि)
  • सदस्य : डिल्लीराम तिम्सिना स्मृति ग्रन्थ प्रकाशन समिति, (२०५४)
  • अध्यक्ष : कवि भानुभक्त पोखरेल सभा, काठमाडौँ (२०७०)
  • सल्लाहकार : जूही, प्रश्रित विशेषाङ्क प्रकाशन समिति (२०६८)
  • सदस्य : भानु प्रतिष्ठान, काठमाडौँ (२०५६)
  • संयोजक : लेखनाथ काव्यसभा (२०६८ देखि)
  • सदस्य : नेपाल बुद्धिजीवी परिषद्, केन्द्रीय समिति (२०५०-२०५४)
  • संयोजक : टोल सुधार समिति सेतीओपी मार्ग (२०५८-२०६७)
  • सल्लाहकार : राष्ट्रिय जन सांस्कृतिक महासङ्घ (२०६४-२०६८)
  • सदस्य : भानु द्विशतवार्षिक मूल समारोह समिति (२०६९)
  • सल्लाहकार : एमिल एकेडेमी काठमाडौँ (२०५५)
  • सल्लाहकार : कञ्चनजङ्घा उच्च मावि, पाँचथर (२०५४)
  • सल्लाहकार संयोजक : पाँचथर श्रष्टा मञ्च काठमाडौँ (२०६५)।

सभासम्मेलन र गोष्ठीमा सहभागिता

  • देशभित्र र बाहिरमा आयोजना भएका राष्ट्रिय तथा अन्ताराष्ट्रिय स्तरका विभिन्न गोष्ठी (देशभित्रका दर्जनौँ र देश बाहिरका देहरादुन, वेजिङ, म्यान्मा, गौहाटी, ग्यान्टोकलगायतका स्थानमा आयोजित सेमिनार तथा गोष्ठीमा कार्यपत्र प्रस्तुत),
  • नेपालका विभिन्न विश्वविद्यालय तथा नेपालबाहिर सिक्किम तथा गौवाहाटी विश्वविद्यालयको स्नातकतथा स्नातकोत्तर तथा एम फिलका पाठ्यक्रम निर्माण र तिनको अभिमुखीकरणमा विशेषज्ञका रूपमा कार्यक्रमको नेतृत्व गरेको ।
  • नेपालमा भएको हिमवत्खण्ड साहित्य संमिलनका संयोजक भई भूमिका निर्वाह गरेको ।
  • प्राय: कार्यक्रममा विशिष्ट अतिथि र प्रमुख अतिथिका रूपमा सहभागी भएको

पछिल्लो समयको सक्रियता :
अवकाश प्राप्त अवस्था, विविध सामाजिक कार्य साहित्यिक देशभित्र र देशबाहिरका विभिन्न विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र एम फिल तथा विद्यावारिधि तहको सन्दर्भ सामग्रीका रूपमा रहेका ग्रन्थको सम्पादन र पुन: सम्पादन तथा लेखनमा संलग्न ।

निधन :

२०७८ ज्येष्ठ ३ गते सोमबार, शुक्ल पञ्चमी, प्रात: ५:००, गङ्गालाल हृदयकेन्द्र काठमाडौँ ।

करिव छ दशकको निरन्तर साहित्य यात्रामा नेपाली साहित्यका कविता, आख्यान, निबन्ध, समालोचना आदिका क्षेत्रमा सिर्जन, सम्पादन तथा प्राध्यापनका माध्यमबाट सर्जक राजेन्द्र सुवेदीले विशिष्ट योगदान गरेका छन् । यसका साथै विभिन्न साहित्यिक, प्राज्ञिक, सामाजिक एवम् व्यवस्थापकीय जिम्मेवारी पनि उनले सक्षमता पूर्वक सम्पन्न गरेका छन् । यस प्रकारको उनको योगदानको समुचित मूल्याङ्कनबाट नेपाली वाङ्मयका साथै नेपाली समाज लाभान्वित हुने कुरा सुनिश्चित छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 330
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.