SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » भाषासाहित्यका अमर प्राज्ञ वासु शशी
जीवनी

भाषासाहित्यका अमर प्राज्ञ वासु शशी

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
नरेन्द्रराज प्रसाईँको जीवनी साहित्यसागरका अघिल्ला शृङ्खलाा समेटिइसकेको छ । उनी तन, मन र धनले साहित्यमा समर्पित प्रतिभा हुन् । उनको कलम साहित्यका विविध विधाका साथै मूलतः जीवनी सिर्जनामा समर्पित छ । उनी निरन्तर जीवनी सिर्जनाका एकपछि अर्को महत्वपूर्ण कृति प्रकाशन गरिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा वासु शशीको ८५औँ जन्मजयन्तीको सन्दर्भ पारेर हामीले प्रसाईँसँग शशीको जीवनी लेखनका लागि अनुरोध गरेका थियौँ । यहाँ सोही जीवनीलाई प्रस्तुत गरिएको छ ।-सम्पा.

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो । उनी भूमिमानन्द वैद्य र हितकुमारीका कान्छा छोरा थिए । वासुदेव वैद्यले आफ्ना माइला दाजु गोविन्ददेव वैद्यले गोविन्द वियोगी लेख्न थालेपछि आफूलाई पनि वासु शशी लेख्न थालेका थिए ।

वासु शशीका पूर्खा वैद्य पेशामा आवद्ध थिए । उनका पिताले पनि त्यही पेसा समाएर आफ्नो जिविका चलाए । उनका पिताको शेषपछि उनीहरूको आर्थिक अवस्था त्यति गतिलो भएन । त्यसैले वासु शशीले शिक्षक हुने विचार गरे । त्यही अनुरूप उनी २१ वर्षको उमेरमा कलेज अफ एजुकेशनमा वीएड पढ्न थाले । त्यति बेला उनका कलेजका साथीहरूमा दौलतविक्रम विष्ट, रमेशविकल र नीरविक्रम प्यासी थिए । साथै जुलुम श्रेष्ठ पनि उनकै सहपाठी थिइन् । त्यति बेला यी नरनारी खुवै मिल्थे ।

वासु शशीका बुबा बाचुन्जेल त्यो परिवार आर्थिक रूपमा त्यति विकट थिएन । तर उनका बुबाको निधनपछि त्यस परिवारलाई औँसीले छोपेको झैँ भयो । उनकी आमाको निधनपछि उनका घरमा गरिबीले नै छोपेको थियो । त्यति बेला यिनीहरू बिहान के खाउँ र बेलुका के खाउँका अवस्थामा थिए । त्यतिखेरको समय उनीहरूको घर फुङ्ग उडेको गोठ जस्तै थियो । त्यस घडी यिनीहरू कहिले भोकै सुत्थे र कहिले केही खाएर पनि सुत्थे ।

वासु शशीले विद्यार्थी जीवनमा नै गोरेटो र लोकदूतको सम्पादन गरे । उनले नव निर्माण त्रैमासिकको पनि सम्पादन गरे । त्यसै बीच उनी एउटी सुन्दरीको प्रेमबन्धनमा बाँधिए । अनि ती युवती थिइन् आफ्नै साथी जुलुम श्रेष्ठ । जुलुमकै मायामा डुबेर उनले अनगिन्ति कविताको रचना पनि गरे । २१ वर्षको उमेरमा उनले कविता पाठ गरेर लेखनाथ पौडयालबाट स्वर्ण पदक पनि पाएका थिए ।

वासु शशी नेशनल कलेजमा पढेताका चल्तापूर्जा थिए । त्यति बेला उनको साहित्यिक सक्रियताको पारखी थिइन् जुलुम श्रेष्ठ । जुलुम उनीप्रति खुबै आकषिर्त हुन थालिन् । त्यसपछि उनीहरू डुल्नघुम्न पनि थाले र उनीहरूले पढ्नमा पनि मन घटाएका थिएनन् । त्यसै बखत उनीहरू एकअर्कामा चिठी लेखालेख गर्थे, फोटो साटासाट गर्थे र बाटो कुराकुर गर्थे । त्यसैताक वासु शशी एकान्तमा आफ्नी प्रेयसीलाई गीत गाएर सुनाउने गर्थे । अनि जुुलुम पनि गीत र नृत्यले वासु शशीलाई मोहित बनाउने गर्थिन् । वासु शशीचाहिं गायक पनि थिए । आमा सीतारवादनमा सौख राख्ने भएकाले उनले सानैदेखि गीत गाउने गरेका थिए । पछि जुलुमसँगको प्रेममा डुबेर उनी प्रायः जुलुममा नै समर्पित गीत लेख्थे र आफैं भाका हालेर ती गीत गाउँथे । अनि तिनै जुलुमसँग उनले २०२० सालमा विहे गरे । यी दम्पतीबाट दुई छोरी लुना राजभण्डारी, नीना जोशी र छोरा निरज बैद्य जन्मे ।

२००७ सालको परिवर्तनले वासु शशीमा पनि समाजमा केही गरौँ भन्ने भावना पलाएको थियो । त्यसै बेला उनले पशुपति क्षेत्रमा पुस्तकालय स्थापना गरे । त्यसै कालमा उनी शारदा हाइस्कुलका पनि मास्टर भए । त्यस स्कुलमा पढाउन घरघरमा गएर उनले विद्यार्थी ओसार्न थाले । त्यस समय आफ्ना नानी पढाउनु पर्छ भन्ने अविभाकहरूमा त्यतिसारो ज्ञान पलाइसकेको थिएन । त्यसैले उनी त्यस कामका लागि घुँडो र मुन्टो दोबारेर नै लागे । त्यस समय उनको तलव मासिक सात रुपियाँ हुन्थ्यो । तर त्यस सात रुपियाँ पनि उनी दस जना विद्यार्थीलाई जनही पच्चीस पैसा बाँड्थे । उनी पछि त्यसै स्कुलको हेड मास्टर पनि भए ।

वासु शशी फर्पिङ बोर्डिङ स्कुलको शिक्षकमा भर्ना भए । सिद्धिचरण श्रेष्ठको करबल र सहयोगमा उनले त्यस स्कुलमा भर्ना पाएका थिए । त्यस स्कुलमा पढाउन थालेपछि उनको घरको आर्थिक स्थिति पनि क्रमशः सवल हुन थाल्यो ।

फर्पिङ स्कुलमा वासु शशी चाँडै विद्यार्थी प्रेमी भए । उनी त्यस स्कुलका प्रायः विद्यार्थीका प्रेरक बने । त्यहाँका विद्यार्थीहरू उनको काव्यात्मक व्यक्तित्वबाट प्रफुल्लित थिए । त्यसैले यिनकै संरक्षकत्वमा त्यस स्कुलमा विद्यार्थीको समूह तयार भइसकेको थियो । अनि त्यतिबेला उनी आफ्ना विद्यार्थीलाई भेला पारेर कविता सुनाइरहन्थे ।

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको स्थापनापछि उनी त्यतै लागे । त्यहाँ जागिरे भएर बसिन्जेल बालचन्द्र शर्मा र भवानी भिक्षुले उनलाई प्रोत्साहन गरिरहे । वास्तवमा उनका लागि ती दुबै प्राज्ञको धेरै नै सहयोग, सद्भावना र प्रेरणा प्राप्त भैरहृयो । त्यसैले पछिसम्म पनि उनले भनेका थिए “भवानी भिक्षु र बालचन्द्र शर्माको सङ्गत नपाएको भए शायद म वासु शशी बन्ने थिइँन होला ।”

वासु शशीका माइला दाजु गोविन्द वियोगी पनि साहित्य, समाजसेवा र राजनीतिमा धेरै नै चाख राख्थे । त्यसैले दाजुकै दौराका फेर समाएर वासु शशीले पनि यी तीनै थोकमा आफूलाई डुबाएका थिए । उनीहरू सारै मिल्थे अनि कति मिल्थे भनेे, उनीहरुमध्ये एक जना माटोको भर ढुङ्गा हुन्थे र अर्को जना ढुङ्गोको भर माटो हुन्थे । उनका दाजु मातृभूमि साप्ताहिकको सम्पादक पनि थिए । त्यस बेला मङ्गलवारको मातृभूमि नपढ्ने बौद्धिक जगत् प्रायः हुँदैनथ्यो ।

वासु शशीको सङ्गठनात्मक कौसलका नमुना थिए । त्यस बेला उनले रोदी नामक साहित्यिक संस्था पनि स्थापना गरेका थिए । रोदीमा उनीलगायत भूपी शेरचन, कृष्णभक्त श्रेष्ठ, हिमांशु थापा, कुमार नेपालको पनि सक्रिय संलग्नता थियो । अनि त्यसको नेतृत्वको जिम्मा वासु शशीलाई नै सर्वसम्मत गरिएको थियो । त्यति बेला रोदीमार्फत काठमाडौँमा साहित्यिक सभाहरू भइरहन्थे । उनी जीवन पर्यान्तै साहित्यिक सङ्गठनमा आवद्ध भैरहे र जीवनको अन्त्यमा सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष थिए ।

लेखेर र काम गरेर नै साहित्यमा वासु शशी अजर स्रष्टाको नाउँ बन्यो । उनको नाउँ खास गरेर कविका रूपमा नै सुप्रसिद्ध भयो । साथै उनले नाटककारका रूपमा पनि आफ्नो नाउँ सुन जस्तै चम्काए । उपन्यास र गीत लेखनका पनि उनी अब्बल दर्जाका स्रष्टा थिए । अनुवादमा पनि उनले त्यस्तै नाउँ कमाए । अनुवादसहित उनका नेपाली र नेवारी भाषा गरेर दुई दर्जन कृति प्रकाशनमा आए ।

वासु शशीले सामाजिक र साहित्यिक गरेर भारत, पाकिस्तान, श्रीलङ्का, जापान, रुमानिया, बेल्जियम, बेलायत, अमेरिकाको भ्रमण गरे ।

नेपाली समाजमा थोरै लोकप्रिय साधकहरूमा वासु शशीको पनि नाउँ आउँछ । लेखेर मात्रै उनी धुरी चढेका थिएनन् । उनी मिलनसार, सहयोगी र हक्की पनि थिए । तर उनी आफ्नो काममा समर्पित हुँदाहुँदै क्यान्सरबाट थला परे । उनको उपचारका लागि उनकी पत्नी जलुमले धेरै कसरत गरिन् । अन्ततः उनी भारतको टाटा मेमोरियल अस्पतालमा २०४९ चैत ४ गते स्वर्गीय भए । अनि भोलिपल्ट उनको पार्थिव शरीर काठमाडौं ल्याएर दाहसंस्कार गरिएको थियो । त्यसपछि जनस्तरबाट उनका नाउँमा वासु शशी स्मृति परिषद्को स्थापना भयो भने सरकारी तहबाट उनको घर जाने बाटोको नाउँ वासु शशी गल्ली राखियो ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 657
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.