SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » निकोलाई गोगोल
जीवनी

निकोलाई गोगोल

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments4 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
हरिहर खनाल नेपाली साहित्यका स्रष्टा, द्रष्टा एवम् कुशल अनुवादक हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । खनालले हामीलाई खनालबाट निकोलाई गोगोलको ओभरकोट आख्यानको अनुवादसँगै यो सामग्री प्रदान गर्नुभएको थियो । हामीले यसलाई यहाँ जीवनीका रूपमा प्रस्तुत गरेका छौँ ।– सम्पा.

सानो रुसका नामले समेत परिचित युक्राइनको पोल्तामा प्रान्तको मिर्गोरोद जिल्लाको सोरोचिन्जी भन्ने ठाउँमा १८०९ को अप्रिल १ तारिखका दिन एक बालकको जन्म भयो जसले पछि गएर रुसी साहित्य र विश्व साहित्य जगत्मा यथार्थवादी साहित्यका जनकका रूपमा ख्यातिप्राप्त गर्‍यो । ती बालकको नाम थियो निकोलाई भासिल्लेभिच गोगोल, जसलाई छोटकरीमा गोगोल नामले जानिन्छ ।

१८२१ मा एघार वर्षको उमेरमा गोगोललाई शिक्षा आर्जनका लागि किएभ नजिकैको एउटा आवासीय विद्यालयमा पठाइयो जहाँ उनले सात वर्षसम्म अध्ययन गरे । त्यहाँबाट उनले सात वर्षपछि १८२८ को डिसेम्बर महिनामा १९ वर्षको उमेरमा स्नातक तह उत्तीर्ण गरे । त्यसपछि उनी भविश्यको खोजीमा रुसको राजधानी मस्कोतिर लागे ।

मस्कोमा उनले सुरुमा सरकारी अड्डामा कारिन्दाको काम पाए, तर छिट्टै त्यो जागिरप्रति उनको मोह हरायो । त्यसपछि उनले एउटा नाचघरमा अभिनयको काम भेट्टाए । त्यो काममा उनलाई आनन्द लाग्यो । त्यहाँ गोगोलले उनको असाधारण प्रतिभाको प्रदर्शन गर्ने अवसर पाए ।

१८३० मा उनले पितृभूमिका टिपोटहरू नामक पत्रिकाको मार्च अङ्कमा उनको पहिलो कथा सेन्ट जोहनको साँझ प्रकाशित गरे । त्यसपछि १८३१ सेप्टेम्बर र १८३२ मार्चमा उक्राइनी विषयवस्तुका प्रत्येक खण्डमा चार–चारवटा कथा समावेश भएका दिकाङ्का नजिकको फारामका साँझहरूका दुई खण्ड प्रकाशित गरे । ती कथाका सङ्कलक ठानिएका माहुरीपालक रस्टी पङ्कोद्वारा लेखिएको पूर्वकथन [Prologue] सहित ती कथा प्रकाशित भए । ती कथाको प्रकाशनपछि तिनले गोगोललाई तत्कालै जनप्रिय लेखकका रूपमा सफलता दिलाए । ती कथाको सफलताले एउटा सामान्य प्रान्तीय तन्नेरी लेखकलाई तत्कालै प्रख्यात लेखक बनाए ।

अलेक्जेन्डर पुश्किनका स्कुले जीवनका सहपाठी र उत्तरी फूलहरूका सम्पादक ब्यारोन डोल्भिङले त्यसअघि नै पुश्किनको मित्रमण्डलीसित गोगोलको परिचय गराएका थिए । १८३१ मै गोगोल आफैँले पनि पुश्किनसित उठबस बढाएका थिए । त्यही वर्ष अगस्त २१ मा पुस्किनलाई पत्र लेख्दै गोगोलले के कुरा उल्लेख गरेका थिए भने जहाँ उनको साँझहरूको पहिलो भाग छापिँदै थियो त्यहाँ उनका प्रकाशक पुगेका थिए र त्यति बेला पुस्तकको टाइपसेटिङ्मा लागिरहेका सेटरहरू हँसिमजाक गर्दै बसिरहेको देखे । त्यसको केही दिनपछि गोगोलका कृतिहरूका विषयमा लेखिएका अघिल्ला सूचनाहरूमध्ये एउटामा पुस्किनले साहित्यिक पुरकको सम्पादकलाई लेखेको एउटा पत्रको प्रारम्भमा यस्तो लेखेका छन् जुन यस प्रकारले सुरु हुन्छ: मैले भर्खरै दिकान्को नजिकको फारामका साँझहरू पढेँ । यसले मलाई मन्त्रमुग्ध बनायो । उनी वास्तविक रूपमा उल्लासपूर्ण, इमानदार, स्वच्छन्द, सरल र औपचारिकताविहिन सरल लेखक हुन् । र, त्यसमा कविता कस्तो? कस्तो संवेदनशीलता ? वर्तमान समयको हाम्रो साहित्यमा यी सबै कुरा मैले देखेको छैन । गोगोल २२ वर्षको हुँदा साहित्य र समाज दुवैमा राम्ररी परिचित भइसकेका थिए ।

१८३५ मा उक्राइनका कथाहरूका दुइटा सङ्ग्रह मिर्गोरोद र पिटर्सबर्गको जनजीवन दर्शाउने लेखहरू र कथाहरूको सङ्ग्रह अराबेस्क बाहिर आए जसमा नेभ्स्की प्रोस्पेक्ट, बौलाहाको डायरी र पोट्रेट बाहिर आए । यति बेला गोगोल मृतात्माहरू नामक औपन्यासिक कवितामा पनि काम गरिरहेका थिए । १८३६ मा पुस्किनले उनको पत्रिका समकालीनको प्रकाशन सुरु गरेपछि उनले पत्रिकाको शुरुका अङ्कहरू पहिलोमा गोगोलको बग्गी र तेस्रोमा नाक शीर्षकका कथाहरू समावेश गरे । त्यही वर्षको अप्रिलमा प्रकाशित अङ्कमा गोगोलको सुखान्त कृति सरकारी निरीक्षकले सफलताको शिखर चुम्यो ।

एकजना युवा लेखकका रूपमा सफलताको शिखर चुमिसकेका गोगोल १८३६ मा स्विट्जरल्यान्ड, प्यारिस र रोमको विदेश यात्राका लागि रुसबाट प्रस्थान गरे । उनको बाँकी जीवनको १६ वर्षमध्ये १२ वर्ष उनले विदेशमा बिताए । १८४१ को शिशिरऋतुमा गोगोल उनको मृतात्माको प्रकाशनको पहिलो संस्करण हेर्नका लागि विदेशबाट रुस फर्किए । १८४२ मा पुस्तक प्रकाशित भएपछि गोगोल फेरि बाहिर गए । यस पटक उनी ६ वर्षका लागि बाहिर गएका थिए । पछि, १८४२ मा (मृतात्मा बाहेकका) अरू सबै कृतिहरू एकतृत गरिएको कृति ४ ग्रन्थमा पिटर्सवर्गमा प्रकाशनमा आयो । तेस्रो ग्रन्थमा प्रकाशित उनका पहिला रचनाहरूमध्ये उनको अन्तिम कथा ओभरकोट पनि थियो । यो कथाको सिर्जनापछि गोगोल एक दशक जीवित रहे । तर यति बेलासम्म उनको सिर्जनात्म जीवन पूर्ण रूपमा समाप्त भइसकेको थियो ।

१८५२ को ४ मार्चका दिन ४२ वर्षको उमेरमा यथार्थवादी साहित्यका जनक विख्यात लेखक गोगोलको देहान्त भयो । तिनै प्रतिभाशाली लेखकको अन्तिम र सबैभन्दा सुन्दर कथा ओभरकोट साहित्यसागरका पाठकका लागि यस पटक यहाँ प्रस्तुत गएिको छ ।

(गोगोलबारे अनुवादकको टिप्पणी)

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 277
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.