SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » देवकोटाको व्यथित र घिमिरेसँगको बसउठ
जीवनी

देवकोटाको व्यथित र घिमिरेसँगको बसउठ

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

देवकोटा र केदारमान व्यथित
२००२ सालको कुरा हो, केदारमान व्यथित नेपाली भाषा प्रकाशिनी समितिमा आफ्नो कविता छपाउन गएका थिए । त्यहाँ उनको कविताका विषयमा एकोहोरो छलफल भइरहेको थियो । त्यसै बेलाको प्रसङ्गमा व्यथितले लेखे —

एउटा युवकको प्रवेश भयो । ती युवकले पुरानो र मटमैलो दौरासुरुवाल, टेनिस सु र डम्बरकुमारीको अर्धानु जस्तो टोपी पहिरेका थिए । ती युवक बालकृष्ण शमशेरलाई स्वस्ति गरेर हामी बसेको मेचनजिकै थचक्कै भुइँमा बसे । ती युवक त्यसरी भुइँमा बसेको मलाई जँचेन । मैले उनलाई पनि हामीसरह मेचमै बस्ने आग्रह गरेँ । मैले निकै जबर्जस्ती गरेपछि उनी असजिलो मानेरै मेचमा बसे । त्यसपछि मेरा कविताबारे छलफल पुनः पूर्ववत् चल्न लाग्यो । ती युवकले सो छलफलमा भाग लिन लागे र बडो धाराप्रवाहको गतिले मेरा कविताका पक्षमा बहस गर्न लागे । चारैतिरबाट आफ्नो कविताको अपमान गरिएर म मर्मान्त भइरहेको थिएँ । त्यस बेला ती युवकले त्यसरी सम्मानपूर्ण तरिकाले मेरा कविताको प्रशंसा गर्दा म हर्षले पुलकित हुन पुगेको थिएँ । त्यस बखत मलाई ती युवक साक्षात् ईश्वरझैँ लागेका थिए । केही समयपछि बालकृष्ण समले ती युवकतर्पm औँल्याउँदै मलाई सोध्नुभयो ‘व्यथित ! यी को हुन् चिन्छौ ?’ समको प्रश्नको उत्तरका क्रममा मैले चिनेको छैन भनेपछि समले भन्नुभयो— “यी लक्ष्मीप्रसाद देवकोटा हुन् ।”

त्यसै दिनदेखि देवकोटासँग व्यथितको सम्पर्क क्रमशः बढ्दैबढ्दै गयो, लहलहाउँदै गयो र झाङ्गिँदै गयो ।

 

 

 

 

महाकवि लक्ष्मीप्रसाद देवकोटा र केदारमान व्यथित खुबै मिल्थे । त्यही क्रममा एक दिन उनीहरू घुम्न बालाजु गएका थिए । त्यहाँ घुम्न थाल्दा देवकोटालाई खान तलतल लागेछ र उनले व्यथितलाई भने ‘‘भोक लाग्यो, बदाम किन्न तपाईसँग एक रुपियाँ छ ?’’ व्यथितले आफूसँग पैसा नभएको कुरा खोलेपछि देवकोटाले बदाम पसलेसमक्ष भने ‘‘म नेपालको कवि लक्ष्मीप्रसाद देवकोटा हुँ । बदाम खान मन लाग्यो । मसँग पैसा छैन । पछि पैसा तिरौँला, अहिले एक रुपियाँको बदाम दिन्छौ’’ पसलेले पनि हुन्छ भनी देवकोलाई एक रुपियाँ बराबरको बदाम दिएका थिए ।

देवकोटा र केदारमान व्यथितमाझ प्रायः सानाठूला कुरा भइरहे । त्यति मात्र होइन, व्यथित बिरामी हुँदा देवकोटाले व्यथितको उपचारार्थ ऋण काढेर पनि उनलाई पैँतीस रुपियाँ धातुका डबल दिएका थिए । त्यसै प्रसङ्गमा व्यथितले पछिसम्म पनि भनिरहे “तिनताका हामी दुवै अघ्घोर दारिद्र्यमा थियौँ । सायद उनले पनि त्यो रुपियाँ मेरा लागि कतैबाट सरसापट गरी ल्याएका थिए ।”

केदारमान व्यथित मैतीदेवीस्थित देवकोटाको घर पुगिबस्थे । देवकोटा एक दिन भात नखाई सुतिरहेका बेला व्यथित देवकोटाका घरमा पुगेका थिए र देवकोटाले व्यथितसँग ‘म मरेको मान्छे’ भनेका थिए । अनि व्यथितले इत्रिएर देवकोटाका पिँडुलामा चिमोट्तै भने ‘तिमी मरेको छैनौ’ । वास्तवमा देवकोटाले पागल कवितामा त्यही प्रसङ्ग पनि खामे :

म आफूलाई एक दिन मरेको सम्झेर लम्पसार थिएँ,
एक साथीले बेसरी चिमोटिदिए र भने—
“ए पागल ! तेरो मासु अझै मरेको छैन”
यस्ता कुरा भए सालसाल
पागल छु साथी ! यस्तै छ मेरो हाल !

देवकोटाको खर्चको अभावमा व्यथितले नै कहिलेकाहीँ खर्च पनि दिए । उनले देवकोटालाई केही समयसम्म सांस्कृतिक परिषद्बाट मासिक एक सय पचास रुपियाँ पनि दिलाए । त्यति मात्र होइन, २००७ सालपूर्व देवकोटा केदारमान व्यथितकै समेत अनुरोधमा बनारस पुगेका थिए । समकालीन मन्छेहरू भन्थे “देवकोटा र व्यथित सहोदरीका झैँ नमुना थिए ।”

देवकोटा आफ्नो समालोचकीय धर्म जहाँ बसेर पनि निर्बाह गर्थे । त्यसै सिलसिलामा उनी रुसको तासकन्द जाँदा पनि उनले त्यहाँको विराट् लेखकभेलामा केदारमान व्यथितका विषयमा पनि प्रकाश पारेका थिए । उनले त्यहाँ व्यथितबारे भनेका थिए ‘‘केदारमान व्यथित कैयौँ नयाँ प्रयोगहरू गर्दै छन्, बौद्धिकता र भावुकतामा समन्वय ल्याउँदै छन् । यस प्रकार क्रान्तिकारी भावनालाई अभिव्यक्ति दिंदै छन् । उनका काव्यमा राजनीतिक सङ्घर्षको अनुभव प्रतिबिम्बित भएको छ ।’’

देवकोटा र माधव घिमिरे
महाकवि लक्ष्मीप्रसाद देवकोटाले मन पराएका स्रष्टाको क्रममा माधव घिमिरेको नाउँ पनि प्रमुख रूपमा आउँछ । देवकोटासँग धेरै घनिष्ठ भएकाले घिमिरेले पनि चुरोट खान सिके । कतिसम्म भने देवकोटाले झैँ एकताका घिमिरे पनि चुरोट नखाई कविता लेख्न नसक्ने भएका थिए । देवकोटाले घिमिरेलाई पनि आफ्नो मन खोल्ने गर्थे । त्यही परिवेशमा देवकोटाले अङ्ग्रेजीमा शाकुन्तल लेखेको वर्णन घिमिरेलाई सुनाउँदै भनेका थिए “नोबेल प्राइजमा दिऊँ जस्तो लागेको छ । कसो हुन्छ !”

देवकोटासँगै माधव घिमिरे पनि नेपाली भाषानुवाद परिषद्मा जागिर खाएर बसे । त्यस घडी देवकोटा मासिक सत्तरी रुपियाँ खान्थे भने घिमिरे बीस रुपियाँ खान्थे । त्यस बखत देवकोटा लेखेको लेखेकै हुन्थे । देवकोटा लेख्न बस्ता तुरुन्तै एकाग्र भइसक्थे र लेख्तालेख्तै आत्तिएर घिमिरेलाई भन्थे ‘‘तिर्खा लाग्यो, गुरु !’’ त्यसपछि देवकोटालाई घिमिरे तुरुन्तै खाने पानी ल्याइदिन्थे । अनि त्यो पानी देवकोटा एकै सासमा निलिसक्थे । घिमिरेले त्यसै बेला देवकोटाका धेरै आनीबानी थाहा पाए । घिमिरे देवकोटाका नजिक मात्र होइन, धेरै नजिकसम्म पनि पुगे । त्यसैले स्वर्गीय हुनुपूर्व देवकोटाले भने पनि “मेरा जति अप्रकाशित रचना छन्, ती सबै माधव घिमिरे र कञ्चन पुडासैनीले सच्याएर छपाउनेछन् ।”

त्यति बेला देवकोटा र माधव घिमिरे एक जिउ भएर काठमाडौँका विविध ठाउँमा घुम्थे । घिमिरे प्रायः देवकोटाका घरमा गइरहन्थे र देवकोटा पनि घिमिरेको डेरामा पुगिबस्थे । आत्मीयताका कारण एक दिन देवकोटाले घिमिरेलाई भने “मैले आफ्नो संस्कार छोडेँ र म भास्सिएँ । मेरो यहाँ राक्षसले खाएको एउटा खाडलै परेको छ । यो राक्षसले मेरो बालबच्चालाई निल्यो भने के गर्ने ?” घिमिरेसँग यी शब्द बोलेको पन्ध्र वर्षपछि देवकोटाले देखाएकै ठाउँमा क्यान्सर भएको घिमिरेले देखे ।

देवकोटाले रूसको तासकन्दमा आफूसँगै गएका माधव घिमिरेको बेसरी चर्चा गरे । जोसुकैलाई चिनाउँदा पनि उनी घिमिरेलाई नेपालका राम्रा कवि हुन् भन्ने गर्थे । त्यति मात्र होइन, त्यहाँको त्यो विशिष्ट लेखकसम्मेलनमा पनि देवकोटाले घिमिरेको व्यक्तित्वमा पाती लाउँदै भनेका थिए— ‘‘नवोदित कवि माधवप्रसाद घिमिरेले संस्कृतको अति प्राचीन छन्दको पक्षमा आवाज उठाए । बोलचालको सरल भाषामा उनी स्वदेशी पहाडहरूको सम्झना गराउने गहिरा भावहरू अभिव्यक्त गर्दछन् र स्वदेशी प्रकृतिको मोहकताको वणर्न गर्दछन् । उनी प्रभावकारी रोमाञ्चवादी धाराका प्रतिनिधि हुन् र रोमाञ्चवादविरोधी त्यस धाराको विरोधमा सङ्घर्ष गर्दैछन् जसप्रति धेरै साहित्यकारहरू आकर्षित भएका छन् ।’’

देवकोटाकै सिफारिसमा माधव घिमिरेले भारतबाट पासपोर्ट र भिसा लिएर सँगै तासकन्द गएका थिए । त्यसैले नेपाल फर्केपछि यी दुवै सँगै जरिमानामा पनि परे । माधव घिमिरेले यस विषयमा भने, “त्यो घटना देवकोटालाई फसाउने सुनोयोजित चाला रहेछ, हामीले पछि पो थाहा पायौँ ।” यसै सम्बन्धमा उनले फेरि भने “महान् व्यक्तित्व निस्केपछि त्यसलाई सबैले लखेट्न थाल्दा रहेछन् । महान् व्यक्तित्त्वका प्रति सबैका मनमा ईष्र्या र डाहा पैदा हुँदो रहेछ ।”

तासकन्द गएको सन्दर्भमा रोयल नेपाल एकेडेमीबाट देवकोटाले पाउने मासिक पारिश्रमिक रोक्का गरिएको बारे घिमिरेले भने, “कार्यबाही अघि सर्दा जब देवकोटाको पारिश्रमिक रोकियो, त्यस अवधिमा मेरो मासिक पारिश्रमिकमध्ये आधा म देवकोटालाई दिन्थेँ र आधा म लिन्थेँ । केही समयपछि राजाबाट देवकोटाका सात महिनाको पैसा फुक्का भयो र मेरो पनि अनुशासनका नाउँमा आधा महिनाको पारिश्रमिक गयो । पारिश्रमिक पाएपछि देवकोटाले मसँग लिएको जति पैसा मलाई एक्कैचोटि फिर्ता दिएका थिए ।’’

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 506
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.