SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » केवल साक्षी
कथा

केवल साक्षी

बखतबहादुर थापाBy Sahitya SagarJanuary 29, 2024No Comments15 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

बखतबहादुर थापा : (दुल्लु न.पा.—१० गमौडी, जिल्दैलेख, कर्णाली प्रदेश, २०२२ माघ २९, सुपुत्र : बिस्ना थापा र मोतीराम थापा) समकालीन पुस्ताका राम्रा कथाकार हुन् । कम्प्युटर हार्डवेयर सम्बन्धी व्यवसायमा संलग्न थापा उपन्यास, कथा, कविता र संस्मरणात्मक निबन्धको रचना गर्दछन् । २०५५ मा ‘तारापुञ्ज’ पत्रिकामा दैलेख नामको कविता प्रकाशित गरी नेपाली साहित्यमा प्रवेश गरेका थापाका परदेश (२०५८), कुहिरो र काग (२०६१), कालचक्र (२०६४) ४), जङ्गे (२०७१), जङ्गेको डायरी (२०७४), ६) देशान (२०७८) जस्ता उपन्यास कृति प्रकाशित छन् । त्यस्तै उनका आघात (२०६२) २) कम्प्युटर आतङ्क (२०६९) ३) शीर्षकसँगै सरिता (२०७५) जस्ता कथा सङ्ग्रह प्रकाशित छन् । उनले विभिन्न मान सम्मान पनि प्राप्त गरेका छन् । उनको एउटा कथा यसपूर्व पनि साहित्यसागरमा प्रकाशन भइसकेको छ । यहाँ उनको केवल साक्षी शीर्षकको कविता समेटिएको छ । यस कथाले म पात्रलाई भगवानका रूपमा उभ्याएर नेपालको चिकित्साक्षेत्रको लापरवाही र स्वास्थ्य असचेततालाई देखाएको छ । यहाँ मेली र गोमा आफन्तका कुराइमा हायलकायल भएको देखाई अस्पताज जानुभन्दा अस्पताल नै जानु नपर्ने स्वास्थ्य जीवनशैली अपनाउनुपर्ने विचार अभिव्यक्त गरिएको छ ।

-सम्पा.

कर्पूर गौरम् करुणावतारम्
संसारसारम् भुजगेंद्रहारम्,… … …

चिनेजाने जस्तो स्वर सुनेर यसो चियाएँ । त्यही चमेली भजन गाउँदै, ताली बजाउँदै आइरहेकी देखिई । यसअघि आउँदा आमा कैलीलाई ह्विलचियरमा राखेर गुडाउँदै ल्याएकी हुन्थी । आमालाई बेडमा राखेर डाक्टरसँग रोगको चुक्ली लगाउँथी । अनि मतिर हेरेर– ‘भगवान् ! मेरी आमालाई खासै केही नभएको होस्, हल्काफुल्का औषधि गरेरै घर फर्किन पाइयोस्…’ भन्ने कामना गर्थी ।

आज यो एक्लै देखिन्छे । अस्पताल आएर, भजन गाएर मलाई फुक्र्याउन खोज्नुको कारण के हो ? यस्तो जिज्ञासाले घोत्लिएको थिएँ, उसको भजनले थुप्रैलाई तताएछ । केहीले मलाई ढोगे । केही नतमस्तक भए । केही भजन गुनगुनाउन थाले । त्यो देखेर नास्तिकहरू दिक्क हुन थाले ।

चमेलीले मलाई हात जोडेर टाउको झुकाई ।

यत्तिकैमा कैलीलाई उसैको छोरो प्रलेसले डोर्‍याउँदै ल्याइपुर्‍यायो ।

चमेलीले वरपर हेरी । डाक्टर थिएनन् । अनि नर्सलाई नै हात जोडेर ‘डाक्टरसाहब ! मेरी आमालाई चेक गरिदिनुस् हजुर… !’ खुसामद गर्दै थिई त्यहीक्षण डाक्टर आइपुगे ।

घटना नानुद अस्पतालको आकस्मिक कक्षको हो । मलाई उत्तरपट्टिको भित्तामा झुन्ड्याएका छन् । यस कक्षमा भित्रिने सबैको दृष्टि सजिलै ममाथि पुग्छ । त्यस्तै मेरो दयादृष्टि पनि सबैमा पुगोस् भन्ने मनसुवा राखिएको देखिन्छ । मैले भित्ताबाट सबैतिर चियाइरहेको हुन्छु । केही रोगीको प्रतिक्रिया बुझ्दा मलाई काममा लगाउनेहरूको योजना सफल भएको देखिन्छ ।

यहाँका कर्मचारीलाई भ्याइनभ्याइ भइरहन्छ । मेशिन चले झैँँ खटिरहन्छन् काममा । थकाइ मार्न पनि बाथरुमको निहुँ पारेर हिँड्छन् ।

बेडहरू भरिभराउ हुनाले कैलीलाई ह्विलचियरमै जाँच्न थाले । चमेलीले फेरि मलाई हेरेर आफ्नो इच्छा प्रकट गरी– ‘भगवान्, मेरी आमालाई बचाइदेऊ, कुनै ठुलो रोग नदेखियोस्… ।’

डाक्टरले जाँच्दै, सोधपुछ गर्दै औषधि लेखेर चमेलीको हातमा थमाए । उसले त्यो कागज भाइ प्रलेसलाई दिएर औषधिपसलमा पठाई ।

बिरामीको चापले बेडको न्यूनता भइरहन्छ यहाँ । एउटै बेडमा दुई जना बिरामी राख्नुपर्ने । रोगीको छटपटी बेडमा पनि सर्दो रहेछ, ऐया र आत्थासँगै चुइँचुइँको आवाज पनि मिसिएर दिक्कै लगाउँछ । चमेलीले आमालाई राख्ने बेड पाएकी थिइन । उसको दृष्टि त्यसकै खोजीमा वरपर दौडिँदै थियो । कैली ह्विलचियरमै बसेर लामो–लामो सुस्केरासँगै टाउको हल्लाउँदै थिई ।

एउटा बिरामीलाई भिडियो एक्स–रे गर्न बेडबाट उठाएर लगे । त्यही मौका छोपेर चमेलीले आमालाई त्यहाँ राखी । एउटै बेडमा दुइटा बिरामी राख्दा साँगुरो हुने हुनाले एउटा सुत्दा अर्को बस्नुपर्ने । दुईटै सुत्न चाहेमा एउटाको टाउकातिर अर्काको खुट्टा बनाउनुपथ्र्यो ।

प्रलेसले प्लाष्टिकको झोलाभरि औषधि लिएर आयो । त्यो झोला चमेली हुँदै नर्सको हातमा पुग्यो ।

नर्सले कैलीको हातबाट तीन ट्यूब रगत निकाली । त्यही रगत निकालेको ठाउँबाट दुई ट्यूब औषधि शरीरमा पठाई । त्यसपछि कैलीको खोकी, वाकवाकी र छटपटी हरायो । ऊ हरदम निदाउन थाली । खोकेर, उल्टी गरेर अरूलाई विथोल्ने काम नगरोस् भनेरै त्यो इन्जेक्सन दिएका होलान् । नर्सले कैलीको नाकमा अक्सिजनको पाइप जोडी । खुवाउनुपर्ने औषधि चमेलीको जिम्मा लगाई ।

चमेलीले मलाई हेरेर हात जोड्दै भनी– ‘भगवान् ! हिउँद लाग्यो कि मेरी आमाको दम जन्ड हुन्छ । चिसोदेखि जति लुके पनि त्यसले चाल पाइहाल्छ, मोटाइहाल्छ र दु :ख दिन थालिहाल्छ । यस पटक पनि सन्ड्याएको छ ।… यस पटक पनि मेरी आमालाई जीवन दान दिनू । प्रभू, तपाईंको अनुकम्पा भइरहोस्, रोगले तुरुन्तै छोडोस् र अस्पतालबाट आजै बिदा पाइयोस् ।’
००

चमेलीको पेट डल्लिँदै आएर सात–आठ महिने गर्भिणीको जस्तोे देखिन्छ । बेलाबखत उसको ध्यान आफ्नो पेटतिर पनि जाने गर्छ । सुमसुम्याउँछे पनि । उसलाई आउनेवाला बालकको जति माया छ जानेवाली ८० वर्षीय आमाको पनि उत्तिकै माया देखिन्छ ।

‘ला ! एउटै औषधि दुई पटक पो खुवाएछु । नजाती गर्ने हो कि… ?’ बडबडाउँदै उसले मलाई हेरेर मनमनै भनी– ‘भगवान् ! मबाट जे घटना घट्छ सायद तिमी नै घटाउँछौ । प्रत्येक कर्मको भागेदार तिमी पनि हुन्छौ होला नि ! मेरो यस गल्तीलाई माफ गरिदेऊ, नत्र तिमी पनि… ।’ यति भनेर तल–माथि टाउको हल्लाई ।

‘अहिले कस्तो छ आमालाई ?’ नर्सको स्वरले चमेली झस्किई ।
‘अब कस्तो छ आमा ?’ त्यही प्रश्न उसले आमातर्फ बढाई ।
‘हरदम सुतिरहूँ जस्तो भएको छ ।’ कैलीले झकाउँदै भनी ।

‘तपाईंले दिएको इन्जेक्सन नामक टुनामुनाको कमाल ! मेरी आमाको खोक्ने, थुक्ने, ऐया र आत्था गर्ने सब हरायो । निद्राको प्यासो भइराख्ने मान्छे अहिले त्यसैसँग झुमिराख्नुभएको छ ।’ चमेलीको जबाफसँगै अनुहारमा पनि उत्फुल्लता झल्क्यो ।

कैलीसँगै सुतेको बिरामी डिस्चार्ज भयो । अर्को अशक्त नआओस् भन्ने अभिप्रायले चमेली खुसुक्कै आमासँग सुती । नयाँ बिरामीहरूका लागि बेड खाली थिएनन् । ह्विलचियरमै, स्टुलमै राखेर जाँच्दै थिए । यत्तिकैमा सिकिस्त बिरामीको प्रादुर्भाव भयो ।

‘चमेलीदी ! तपाईं छोड्नुस् त ।’ नर्स झकझक्याउन पुगी ।
चमेली हतपत गर्दै बेडबाट झरी ।

तीन–चार जनाले झ्याइँकुटी बनाउँदै ल्याएर अशक्त तुलारामलाई त्यही ठाउँमा राखे । साथमा आएकी उसकी छोरी गोमालाई पनि चमेलीले चिनी । डेढ–दुई महिनापहिले उनीहरूको यस्तै सन्दर्भमा यही ठाउँमा भेट भएको थियो ।

लम्बाचौडा जीउको धनी तुलारामले ८१ वसन्त पार गरिसक्यो । उसको उमेर ढल्केसँगै दम शुरू भएको हो । ७० काटेपछि हाड खिइने रोग पनि थपिएर उसलार्ई कजिया बनाइदियो । बुढेसकालको निहुँमा अतीतका गल्तीहरू जिस्क्याउन जाग्छन् । तिनसँग लड्न र केही राहत पाउन अस्पतालको आउजाउ बढ्दै गइरहेको छ ।

साथमा एक जना सहयोगी हरदम चाहिन्छ । जवानीको मस्ती असुल्न आए जस्तो उसको बुढ्यौलीले आफन्तलाई समेत हैरान बनाएको छ । अवस्था सुध्रिनु त परको कुरा यथावत् पनि रहेको छैन । उमेर र रोगले शारीरिक दुर्बलता बढाउँदै लगेको छ ।

तुलारामलाई एउटा इन्जेक्सन लगाएर मास्कद्वारा औषधिको बाफ दिए ।

उसको नाकले गर्दा मास्क खुड्किलामा टङ्ग्याए जस्तो देखियो । झट्ट हेर्दा गिनीस वल्र्ड रिकर्डमा चढ्ला जस्तो देखिन्छ नाक । बुढेसकालसँगै चाउरिएर छाला हाडको सहारामा पुगेको छ । हाडको आड नभएको ठाउँमा तुर्लुङ्गै भएको छ । गालामा खोपिल्टा परेका छन् । दाँत झरेपछि ओठ पनि भित्र पसेछन्, मुखमा खाल्टो परेको छ । उछिट्टिएको नाक र चिउडोले गर्दा मास्क साँगु हाले जस्तो देखिन्छ । त्यसले गर्दा औषधिको बाफ दायाँ–बायाँबाट उडेर खेर गइरहेको छ ।

‘गोमाजी ! तपाईंको बुवालाई फेरि गाह्रो भएछ हगि !’ चमेलीले सोधी ।

गोमाले तलमाथि टाउको हल्लाउँदै चमेलीलाई हेरेर भनी– ‘ए… तपाईं पो ! यो बेडमा सुतिरहेको तपाईंकी आमा हुनुहुन्छ ?’

‘हो त । यस्तै रहेछ वृद्धवृद्धाको जीवन ।’ चमेलीले भनी ।

अकस्मात् ‘ख्याक्क… ख्याक्क…’ गरेर तुलाराम काँप्न थाल्यो । त्यस असामान्य स्थितिले साथमा आएकाहरू आत्तिदै– ‘बाबा ! दाइ ! अङ्कल !…’ चिच्च्याउन, रुन, कराउन थाले । त्यहाँ अन्योलको अवस्था सिर्जित भयो ।

‘नआत्तिनुस्, नआत्तिनुस् ।’ आश्वासन दिँदै डाक्टर र नर्सहरू पन्जा लगाएर तुलारामको वरिपरि झुम्मिए । कोही खुट्टामा मालिस गर्न थाले । कोही हात सुम्सुम्याउन थाले । कोही छाती थिच्न थाले ।

त्यो देखेर वर्तिरपर्तिरका प्राय : बिरामी र तिनका कुरुवाहरू आतङ्कित भए । सँगै सुतेकी कैली झनै आत्तिई, ‘घर जाऊँ छोरी… घर ! अस्पतालमा पनि कालले…’ भनेर बडबडाउन थाली । चमेलीले आमालाई उठाएर ह्विलचियरमा राखी । हठात् वृद्धको शरीरमा देखिएको अस्वाभाविक कम्पनले त्यस कक्षको वातावरण एकाएक बदलियो । बाँकी बिरामीहरू ऐया र आत्था गर्न छोडेर बिलखबन्दमा परे । सबैको ध्यान तुलारामको उग्र पीडाले तान्यो ।

चमेलीको जीउमा काँडा उम्रिए । मलाई हेरेर ‘प्रभू… !’ भनेर आँखा चिम्ली । केहीबेरपछि डरैडरले तुलारामलाई हेरी । स्थिति उस्तै थियो । डाक्टरहरूको प्रयत्न यथावतै थियो । नर्सहरू हात मल्दै थिए । कोही खुट्टाका पैतला रगड्दै थिए । केहीले उसलाई थामेकै थिए ।

‘आईसीयूमा लैजाने हो कि !’ एउटा सानो स्वर सुनियो ।

त्यही स्वरले डाक्टरलाई आडभरोसा दिए जस्तो भयो, ‘स्ट्रेचर मगाउनू त ! आईसीयूमै पठाउनुपर्‍यो ।’ उसले उँचो स्वरमा भनेर लामो सुस्केरा हाल्यो ।

तुलारामको दशाले मलाई अतीतमा पुर्‍यायो, जब उससँग जवानी थियो तब एकदिन मर्नु नै छ भन्ने कुरा उसको मुखबाट सजिलै झथ्र्यो । मरी लानु के छ र ! खाऊपिऊ, जीवनको भरपुर आनन्द उठाऊ भनेर खित्का छोड्थ्यो । आफूलाई अब्बल ठान्थ्यो । दु :खपीडाले रुने, आत्तिने मान्छेलाई लाछी भन्थ्यो । बुढेसकालले उसलाई यति गलाइदिएछ कि स–सानो कुराले उसको मन पग्लिन्छ र तुरुन्तै आँसु झार्छ ।

एकपल्ट उसले छिमेकी बाजेलाई जिस्क्याउँदै भनेको थियो, ‘हाहाहा… बूढाबूढीलाई नयाँ लुगाले पनि टेर्दो रहेनछ । तन्किएर, बटारिएर खुड्किलोमा टङ्ग्याए जस्तो देखिन्छ । त्यस्तै मीठोमसिनु पेटमा पुगेमा जात्रा देखाउँछ होला । त्यही भएर दृष्टिपान गर्दै आफ्नै चाउरिएका गाला चुस्दै बस्नुपर्दो हो । बिचरो बुढेसकाल, साथी पनि आफ्नै स्तरको सोच्ने, बोल्ने, सुन्ने र बैसाखीको भरपर्ने खालको हुनुपर्‍यो । अन्यथा एक्लै बसेर आफ्नै दु :ख–दर्दसँग बातमार्दै बस्नुपर्ने । अब बुढेसकालले जसरी गाल्दै लिन्छ त्यसै गरी इच्छा–आकाङ्क्षा त्याग्दै जानु राम्रो । समय र शरीरले जुन बाटो रोजेको छ त्यसलाई स्वीकार्नै पर्छ ।

ऊ सोची–सम्झी भन्ने गथ्र्यो– ‘जीवन खेल हो । मत्र्यलोकमा आएजतिले खेल्ने खेल । रहरले खेल्ने कि करले खेल्ने, खेलाडीमै भरपर्ने खेल । हाँसी–हाँसी खेलेर केहीलाई झुकाउनु र केहीलाई देखाउनु नै जीत हो । स्वच्छ खानपिन र शारीरिक कसरतका साथै बेलाबखत जँचाउँदै गर्नुपर्छ जीउ । रोगले पक्रिहालेमा त्यसलाई शत्रु ठानेर सुझबुझले भगाउनुपर्छ । रिसायो, आत्तियो, हडबडायो भने आफ्नै होश हराउँछ । अनि शत्रुले सजिलै परास्त गर्छ र अन्तिम अवस्थामा लछारपछार गरेर तमासा देखाउन सक्छ । अन्तिम सत्य र गन्तव्यदेखि डराउनु र भाग्नु हुँदैन । मृत्युको भय नै दु :खको बीउ हो । त्यसलाई नस्वीकारी धरै छैन । झर्कियो, कड्कियो भने आफ्नै रीस बोझ बन्न सक्छ… ।’

यसरी अरूलाई सल्लाह दिने तुलारामले जब ७० वसन्त काट्यो तब यस्ता कुरादेखि स्वयम् बाउँठिन थाल्यो । वृद्ध, बाजेजस्ता शब्दहरूले पनि उसलाई घोच्न थाले । गाउँलेहरू भेट्न आएमा ऊ झर्किंदै भन्थ्यो– ‘बूढो मर्‍यो कि जिउँदै छ भन्ने जिज्ञासा मेटाउन आएका हौ ?’ त्यस्तै बालबच्चालाई छेउछाउमा देख्यो भने तुर्लुङ्गै झुल्लिएको गालाको मासु तन्काउँथ्यो र खोपिल्टामा राखे जस्ता आँखा बटारेर तर्साइदिन्थ्यो ।

दिन दुगुनी रात चौगुनी बढेको अस्वस्थतासँगै उसका आफन्तहरू दिक्कै भएका छन् । ऐया र आत्था बढेको बेला– ‘बा ! अब राम–राम भन्नुस्’ भन्दा तर्सेर दुवै हत्केलाले कान थुन्ने गर्छ । सास फुत्किएला जस्तो गरेर मुख बुझ्ने गर्छ । उसको हाउभाउ देख्नेहरू झन् जिस्क्याउँदै भन्ने गर्छन्– ‘ए बड्डाउ, कालदेखि डराउनु थियो भने जवानीलाई नशामा किन डुबाएथ्यौ ? तन्दुरुस्तीमा विचार पुर्‍याइन्थ्यौ । बुढेसकाललाई जीउ जोगाइन्थ्यौ… ।’

समयसँगै तुलारामको पकड आफ्नै अङ्गहरूबाट पनि छुट्दै गइरहेको छ । बुढेसकालमा आइलाग्ने जुनसुकै घटनाले पनि उसलाई मृत्युकै आभास दिन्छ । मृत्यु पनि उसलाई सम्झिराख्छ र जिस्क्याउनलाई अनेक थरी रोग पठाउँदै गर्छ । यस प्रकार मृत्युसँगको लुकामारी बढ्दै गइरहेको छ ।

समयअनुसार उसको डर चारैतिर फिजिँदै गइरहेको छ । कहिलेकाहीँ खाना खान डराउँछ । नजिकै मान्छे भए हेर्दाहेर्दै असिनपसिन हुन्छ, एक्लै भए अनपसनप बडबडाउँछ । त्यो डर कहिलेकाहीँ आफ्नै सन्तानको अनुहारमा पनि देख्ने गर्छ । जब मृत्यु आफ्नो आगमनको घण्टी बजाउँछ तब उसलाई अस्पतालै सुरक्षित लाग्छ । डाक्टरलाई पहरेदार ठान्छ ।

यस्तो भयले मृत्युलाई नै सहयोग पुर्‍याइरहेको छ । कालले उसको शरीरलाई चाटेर, चुसेर क्षीण बनाइसकेको छ । जीउ त्यसैको मायाजालमा डुबेर सुक्दै गएको छ । तर, उसको मन अर्कोतिर भाग्न खोज्छ । यस्तो असमानताले तुलारामलाई दु :खको भागीदार बनाइरहेको छ । बिरालोको पञ्जामा परेको मुसोजस्तो ! घाइते मुसोले जबसम्म आफूलाई सुम्पिन विवश हुँदैन तबसम्म बिरालो त्यससँग जिस्केरै बस्ने गरे जस्तो ।

तुलारामका आफन्तहरूको चित्कारले मलाई अतीतबाट खिच्यो । बिरामीलाई आईसीयूमा पुर्‍याउन मगाएको स्ट्रेचर धड्कन थामिएपछि ल्याइपुर्‍याए । त्यसपछि आफन्तहरूको चित्कार र वेदनाले अर्थ बदलेर एउटा अध्याय मेटाउनपट्टि लाग्यो ।…

म फेरि सोच्न थालेँ,

अब, तुलारामका लागि अस्पताल धाउनु पर्दैन ।

उसको सेवाका लागि कसैले तनाव लिनु पर्दैन ।

अस्पतालमा छटपटाउँदै आफन्तलाई गुहार्नु पर्दैन ।

उसको स्वस्थताका लागि देवीदेवता पुकार्नु पर्दैन ।

डाक्टरको फिस र औषधि खर्चका लागि हारगुहार माग्नु पर्दैन ।

अशक्तहरूको सेवामा राखिएका ह्विलचियर, स्ट्रेचरका लागि खल्ती छाम्न र भनुसुन गर्न पनि पर्दैन ।

अब तुलारामका आफन्तहरू मतर्फ नफर्किऊन्, उनीहरूको गुनासो सुन्न चाहन्नँ म ! अँधेरो मुख हेर्न र रुन्चे स्वर पनि सुन्न चाहन्नँ । मेरा गुणहरू अबगुणमा प्रयोग गरेको सुन्न चाहन्नँ । दु :खमा बहकिएर अनेक लाञ्छना लगाउँदै धिक्कारेको पनि सुन्न चाहन्नँ ।

उनीहरूको आर्तनादले फेरि घोच्यो मलाई । आकस्मिक कक्षको वातावरण नै अमिलिने गरी कङ्कलासुर गर्न थाले । मृत्यु भइसकेपछि आईसीयूमा लैजानुको के अर्थ ? हतपत गर्दै अर्कैतिर दौडाए ।

यस घटनाले चमेलीको मुटु ढुकढुक उफ्रिन थाल्यो । दुवै हातले मुटु थाम्दै मलाई हेरेर भनी– ‘प्रभू ! यस्तो ठाउँमा आउनै नपरोस् ! यस्तो दृश्य देख्नै नपरोस् ! यस्ता दर्दनाक स्वरहरू सुन्नै  नपरोस् !’

चमेलीको इच्छाले मलाई किंकर्तव्यविमूढ बनायो । सायद उसले आमालाई लिएर आएको यो पाँचौँ पटक हो । अशक्त आमाको मृत्यु चाहँदिन र दु :ख–दर्दले तड्पेको देख्न–सुन्न पनि चाहदिनँ ।… सम्भव छ त ?

आमाको रिपोर्ट लिनुपर्ने सम्झेपछि जुरुक्क उठेर मलाई हेरी, ‘भगवान् ! रिपोर्टमा कुनै पनि खराबी नदेखियोस्, राम्रो कुरा सुन्न पाइयोस् र राम्रै देख्न पाइयोस्… ।’ यस्तो इच्छा प्रकट गरेर छिटो–छिटो बाहिरिई ।

रगत र युरिनको रिपोर्ट ठीकठीकै निस्क्यो । ईसीजी पनि राम्रै देखियो तर एक्स–रेले फोक्सोमा निमोनिया देखायो । डाक्टरले त्यसको औषधि लेखेर साथमा केही खुवाउने सल्लाह दिए । चमेलीले औषधि र भेज सुप ल्याएर खुवाई ।

जसरी समय गुज्रँदै गयो उसै गरी कैलीको अनुहार उज्यालिँदै आयो । त्यो देखेर चमेलीले सोधी– ‘बिसेक हुँदै आए जस्तो छ हगि ?’

कैलीको टाउको तलमाथि हल्लियो ।

‘आमा ! घर जाने कि यतै बस्ने त आज ?’

‘घर जाने घर ।’ कैली उठ्न सुरिई । रोगले घोक्य्राउँदै अस्पताल ल्याउने भएर मात्रै, उसलाई अस्पतालको हूलमुल र चित्कार पटक्कै मनपर्दैन । जीउमा कति अङ्ग हुन्छन् र तिनले के–कति दु :ख दिन्छन्, त्यसको अनुभूति भइरहने ठाउँ हो यो ।

‘खै के खै के ! आमाको विचारै बुझ्न गाह्रो ।’ चमेलीले दायाँ–बायाँ टाउको हल्लाउँदै भनी– ‘अस्पताल आयो भने घर जानको हतार हुन्छ । घरमा हाच्छिउँ आए पनि कालकै साहनवाहन आए क्यार… जस्तो गरेर छटपटाउनुहुन्छ ।’

‘के गर्नु त छोरी ! एकदिन मर्नु नै छ । उमेरले पनि त्यस दिनलाई भेटाउनै आँट्यो । तर, तिमीहरू सबैलाई छोडेर त्यो नामै सुन्दा डर लाग्ने कालसँग कसरी जानु, त्यो पनि एक्लै ! कालले कुनै अन्धकारमा लिएर पिटेको पिटै गर्ने पो हो कि ! जहाँ आफन्त हुँदैनन्, त्यहाँ रुनुको के अर्थ ? आफ्नै निम्ति त के रुनु ? अनुभवविनाको तयारी गर्न सकिँदो रहेनछ । जब बुढेसकाल लाग्छ वा कुनै रोगले गाल्छ तब मृत्युको सम्झनाले जीउमा काँडै उमार्दो रहेछ । लहडमा बोले झैँ आफ्नै अभिलाषा कुल्चेर मृत्यु वरण गर्न सकिँदो रहेनछ । सुटुक्क काल आएर खुत्रुक्क पारे त हुन्थ्यो नि ! तर, चिन्तन–मनन गरेर त्यसलाई स्वीकार्न त के, सम्झन पनि मान्दैन मन । जतनले प्रयोग गरिएको जीउलाई माटोमा मिलाउन मायाले मान्दैन । जवानीले नचाहिँदा काम पनि गरायो, कालले त्यही निहुँ पारेर चड्कनका चड्कन लगाउँदै गर्ने पो हो कि !…’ बोल्दाबोल्दै कैली भावुक भई ।

चमेलीले आमालाई डिस्चार्ज गराई । भाइसँग आमालाई डोर्‍याएर हिँड्ने सङ्केत गरी । आफूले औषधि र झोला समाएर हतपत गर्दै बाहिरिई ।

चमेली हिँडेको देख्दा आज पनि हेरेको हेर्‍यै भएँ । जब आपदमा पर्छे तब सहारा खोज्दै– ‘हे प्राणनाथ, मार्गदर्शक, भाग्यविधाता ! मेरो विश्वास चकनाचुर नहोस् । मसँग जे छ त्यो सब तिम्रै हो । यो सास, यो जीवन तिम्रै कृपाले चलेको छ । तिमीविना म आफँै सम्हालिन सक्दिनँ, मैले त सम्हाल्नुपर्नेहरू पनि छन् । मेरो शिरबाट हात नहटाए …’ यस्तो भनेर भजन गाउँदै, सङ्गीतमयी बनेर मलाई फकाएकी हो कि आफ्नै चित्त बुझाएकी हो, जान्दिनँ ।

यहाँ आउँदा पालेदेखि डाक्टर र भित्तामा टाँगिएको मलाईसमेत सबै चाहिन्छन् जस्तो गर्छे । सबैलाई हात जोड्दै आउँछे । जब अस्पतालबाट फर्किने समय आउँछ तब कोही चाहिँदैनन् उसलाई । सबैलाई बेकामी ठान्छे । उसको कानमा कसैको स्वरै पुग्दैन । औँला भाँच्दै पैसाको हरहिसाब गर्न र बाँकी काम सम्झेर हतारिन ठिक्क हुन्छे । उसको इच्छा पूर्ति भयो भने स्वर बस्दै जान्छ, खासखुस खासखुस गर्न थाल्छे । यो खुशी भगवान्को कानमा नपरोस् भन्नसम्म पछि पर्दिन । अगि डिस्चार्ज गर्न जाँदा फोनमा रबाफिलो स्वरमा भन्दै थिई– ‘फर्किन लागेको के !… के नै हुन्थ्यो र ! एक नम्बरमा पैसाकै चमत्कार, दुई नम्बरमा मेरो व्यक्तित्वको प्रभाव, तीन नम्बरमा मैले चिनेका डाक्टरको क्षमता !… यी तीन शक्तिका सामु मुला रोग, कतिखेर भागेछ थाहै भएन ।’ खितितिति… खितखिताई । उसको चर्को हाँसोले थुपै्रलाई जिल्यायो । बिहान आमालाई लिएर आउँदा मेरो नामको भजन गाउँदै थिई । केहीले त्यही सम्झेर मेरै कृपादृष्टि ठानेछन्, मलाई हेरे । बिचरा आशावादी देखिन्थे ।

यिनीहरूले सोचे जस्तो सर्वशक्तिमान् हुन्थेँ त यस्तो दर्दनाक र भयावह स्थिति हेरी बस्थेँ हुँला ! सहन सक्थेँ हुँला ! यिनीहरू जन्माउन र जन्मन चाहन्छन् तर मार्न र मर्न चाहँदैनन् । स्वस्थताको ज्ञान हुँदाहुँदै लापरवाही गर्छन् र बिरामी पर्छन् । अनि, मलाई गोठालो राखेका थिए होलान् जस्तो– ‘ए भगवान्, यस्तो के भयो ? किन भयो ? तिम्रो विचार के हो ? सक्षमलाई काख असक्षमलाई पाखा गर्ने ! हाम्रा निम्ति कागजको फोटो र ढुङ्गाको मूर्ति मात्रै हौ ? भगवान्को नाममा झुक्किने काम भएकै हो त ?…’ नाना थरी सुनाएर मेरो जात्रा गर्न पछि पर्दैनन् । भन्नै पर्दा दु :खी–दरिद्रहरू जिम्मा लगाउने, पाप चढाउने, दु :ख बिसाउने, एकाकीपन भगाउने र जोशजाँगर बढाउने काममा मात्र प्रयोग हुन्छु म ।

वास्तवमा केहीले सोचे जस्तो, माने जस्तो र भने जस्तो सर्वशक्तिमान्, करुणावतार भइदिए, सबैको इच्छापूर्ति गरिदिन्थेँ । यो कोलाहल, यो कर्कश स्वर, दु :ख–पीडा, क्लेश, सुस्केरा सब मेटाइदिन्थेँ । अथवा मुठी बजारेर यो अस्पतालै भत्काइदिन्थेँ । प्रलय हुने गरी जमीनमा एक लात्ती दिएर सबैलाई तर्साउँथेँ, झकझक्याउँथेँ, ब्युँझाउँथेँ र मायाजालदेखि मुक्त बनाउँथेँ । तर, बिचरो म, राखिने र टाँगिनेमै सीमित छु । केहीको मनमा बसेर, मन्दिरमा स्थापित भएर अनि भित्ता–भित्ताहरूमा झुन्डिएर साक्षी बसेको छु । केवल साक्षी !

  • Sahitya Sagar
    Sahitya Sagar
बखतबहादुर थापा
बखतबहादुर थापा
Post Views: 1,042
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

युद्ध

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.