गीता सापकोटा युवा पुस्ताकी स्रष्टा एवम् द्रष्टा प्रतिभा हुन् । उनले सिर्जनातर्फ कविता, कथा, निबन्ध, गजल मुक्तक, गीत आदि विभिन्न विधामा कलम चलाएकी छन् । बालसाहित्यमा पनि कलम चलाएकी छन् । उनी नारीहरुका जीवनी लेखनमा पनि त्यत्तिकै सक्रिय छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको गब्रिएला मिस्त्रालको जीवनी समेटिएको छ । मिस्त्राल जीवनमा धेरै कुरालाई छोडेर साहित्य सिर्जनालाई महत्त्व दिने प्रतिभा हुन् । यो जीवनी सिर्जनात्मक लघु जीवनीका रूपमा प्रस्तुत छ । -सम्पा. |
गब्रिएला मिस्त्राल सामान्य पारिवारिक परिवेशबाट उठेर नोवेल पुरस्कार पाउने प्रतिभा हुन् । मिस्त्रालको जन्म चिलीको विकुना नामक एउटा सानो गाउँमा भएको थियो । सन् १८८९ अप्रिल ७ का दिन भएको थियो । उनी साधारण परिवारकी छोरीका रुपमा जन्मिएकी थिइन् । उनका अभिभावकसँग ससाना सपनाहरु थिए ।
गब्रिएला मिस्त्रालको प्रारम्भिक शिक्षा स्थानीय स्कुलबाट प्रारम्भ भयो । उनको पारिवारिक अवस्था समकालीन साथीका तुलनामा निम्नस्तरको थियो । उनी तीन वर्षकी हुँदा उनका बुबाले परिवार छोडेर पलायन भए । उनकी आमाले आफू एक्लै बाबु र आमा पनि बनेर कठिनाइपूर्वक घर चलाएकी थिइन् ।
मिस्त्रालका बाबु घर छोडेर हिँडेपछि मिस्त्रार परिवारको आर्थिक अवस्था कमजोर भयो । आर्थिक अवस्थाकै कारण उनी सानैदेखि गम्भीर बनिन् । मैले केही गरेर आमालाई सघाउनुपर्छ भन्ने चिन्तन गर्न लागिन् १६ वर्षकी हुँदादेखि काममा निस्किइन् । स्थानीय स्कुलमा पढाउन थालिन् ।
मिस्त्रालले आमालाई केही सघाइन् । उनको पढाउँदा पढाउँदे रेल सेवामा काम गर्ने एक युवकसँग प्रेम बस्यो । उनको त्यस प्रेमले पूर्णता पाउन सकेन । सन् १९०९ मा उनका प्रेमीले आत्म हत्या गरे । त्यस घटनाले गाब्रिलाको प्रथम युवा हृदयमा गहिरो चोट प¥यो । उनले यसै समयदेखि आफ्ना पीडाव्यथालाई कवितामा पोख्न थालिन् ।
आविष्कारक र सर्जकहरुलाई दुर्घटना पनि सुघटना बनिदिन्छन् भन्ने कुरा मिस्त्रालका जीवनमा लागू हुन्छ । उनी त्यसै प्रेमीका सम्झनामा कलम चलाउन थालिन् । प्रमीको वियोगमा लेखिएको ‘सानेट्स अफ ड्थ’ शीर्षकको कविता सन् १९१४ मा प्रकाशित भयो । यस कविताले पुरस्कार पनि पाउन सफल भयो । त्यसबाट उनले हौसला बटुलिन् । स्थानीय पत्रपत्रिकामा आफ्ना अन्य कविताहरु प्रकाशन गर्न थालिन् । क्रमशः उनी शिक्षिकाका साथै लेखककका रुपमा स्थापित हुँदै गइन् ।
कलिलै उमेरमा उनी जीवन जगत्प्रति सचेत थिइन् । शिक्षण पेसामा आबद्ध भएकले ग्राबिलाले विद्यार्थी, प्रशासनबाट पनि प्रेरणा लिइन् । अघिल्लो र पछिल्लो पुस्ताका लेखकहरुबाट पनि प्रेरणा लिइन् । उनको जिज्ञासु स्वभावले फरक फरक प्रेरणा लिँदै आफ्नो साहित्यिक प्रतिभालाई तिखार्दै अगाडि बढिन् ।
मिस्त्रालले शिक्षण पेसालाई निरन्तर अध्ययनको पेसा ठानिन् । त्यत्तिकै प्रतिष्ठाको पेसा पनि बनाइन् । यस पेसालाई नै प्रमुख पेसा बनाएर साहित्य सिर्जनामा अग्रसर भइरहिन् । गाब्रिलाको पहिलो कृति सनेट्स अफ डेथ (१९१४) हो । यसलाई पाठकले रुचाइदिए ।
मिस्त्राल विद्यार्थी र सकहमीमाझ लोकप्रिय थिइन् । उनले शिक्षण पेसा गर्दा गर्दै अध्ययन पनि जारी राखिन् । सन् १९२१ मा मिस्त्राल सेन्टियागो हाइस्कुलको प्रधानाध्यापक बन्न सफल भइन् । त्यसपछि सन् १९२२ मा उनको डिजोलेसन नामक दोस्रो कविता सङ्ग्रह प्रकाशित भयो ।
गाब्रिला मिस्त्राल सक्रिय स्रष्टा थिइन् । उनले हरेक समयलाई सामना गर्ने क्रममा अवसरको खोजी पनि सँगसँगै गरिरहिन् । त्यसैले उनका जीवनमा धेरै उतावचढाव आउँदा पनि उनले कहिल्यै हिम्मत हारिनन् । उनी शिक्षा, चेतना र सिर्जनालाई आफ्ना अग्रगमी बाटा बनाएर अगाडि बढिरहिन् ।
सुरुमा पिताको पलायन र अफ्नो प्रेमीको आत्महत्याले उनी दुःखी थिइन् । उनलाई आफ्नो भाग्यमाथि गुनासो थियो तर शिक्षा र चेतनाले उनी उठ्तै गइन् । पहिलो प्रमीसँगको प्रेम बिचमै टुटेपछि दोस्रो प्रेम, विवाह आदिबारे उनलाई अनेक प्रस्ताव आए । उनी दृढ सङ्कल्पित थिइन् । एउटा प्रेम सफल नभएपछि उनी आजीवन अविवाहितै रहिन् । उनले शिक्षा र सिर्जनाका माध्यमबाट आफूलाई प्रख्यात बनाइरहिन् । उनको यौन उर्जा पनि सिर्जनामै खपत भयो ।
मिस्त्राल ज्यातै जिज्ञासु थिइन् । उनी एउटै कार्य र कार्य क्षेत्रमै मात्र रमाउन सक्तिन थिइन् । उनी विभिन्न नवीन कार्य गर्न रुचाउँथिन् । यसले एक पटक उनको जीवन अस्थिर जस्तो पनि भयो तर उनको आत्मबलले जे काममा हात हाले पनि उनी सफल बन्दै गइन् ।
गाब्रिला मिस्त्राल सन् १९२२ मा प्रधानाध्यापकको जिम्मेवारी छोडेर हिँडिन् । मेक्सिकोमा नयाँ काम गर्न थालिन् । त्यसपछि उनले संयुक्त राज्य अमेरिका र युरोपका विभिन्न स्थानमा कामको शिलशिलामा भ्रमण गरिन् । काम र भ्रमणबाट नयाँ नयाँ कुरा सिकिरहिन् । त्यस समयमा उनले युरोपका विभिन्न पत्रपत्रिकामा धेरैभन्दा धेरै आफ्ना लेख रचना प्रकाशित गरिन् ।
मिस्त्रालको अद्भूत लेखन क्षमता र कार्य अनुभवलाई सम्मान गर्दै चिली सरकारले उनलाई ब्राजिल, स्पेन, पोर्तुगाल र अमेरिकाका लागि विशेष दूत नियुक्ति ग¥यो । त्यस कारण पनि उनको अमेरिका बसाइ अत्यन्त उत्साहजनक रह्यो । उनले दक्षिणी अमेरिकाली जनजीवनलाई विषयवस्तु बनाएर सनेट्स् अफ डेथ नामक गीति कविता लेखिन् । यही कृति प्रकाशन भएका साल सन् १९४५ मा उनी नोबेल पुरस्कार विजेता लेखक बनिन् । दक्षिण अमेरिकाबाट नोबेल पुरस्कार पाउने उनी प्रथम नारी स्रष्टा बनिन् ।
गाब्रिला मिस्त्राल नोबेल पुरस्कार पाउने पाँचौँ नारी स्रष्टा हुन् । सन् १९१४ बाट कृतिगत रुपमा सार्वजनिक भएकी गाब्रिएलाका अन्य कृतिहरु पनि त्यत्तिकै चर्चित छन् । उनका टेन्डरनेस (१९२४), ताला (१९३८), द वाइन प्रेस (१९५४), सेलेक्टेड पोइम्स अफ गाब्रिएला मिस्त्राल (१९५७) आदि प्रमुख छन् ।
मिस्त्राल बहुविधामा कलम चलाएर पनि विशेषतः गीतिकविता लेखनमा प्रख्यात छिन् । यिनका कृतिहरु जर्मन, फ्र्रन्च, स्विडेन, इटालियन र अङ््ग्रेजी आदि भाषामा अनुवाद भइसकेका छन् । साहित्यका विविध विधामध्ये विशेषतः कविता विधामै कलम चलाएर मिस्त्राल विश्व विख्यात स्रष्टा बन्न सफल भइन् । यसका लागि उनले विषयवस्तु र विम्ब चयनमा निकै मिहिनेत गरेको पाइन्छ ।
गाब्रिएल बाल साहित्य र गद्य साहित्य लेखनमा पनि उत्तिकै सशक्त प्रतिभा हुन् । उनका बालसाहित्यिक कृतिहरुमा बालबालिका र मातृशक्तिको उजागर बढी पाइन्छ । यिनी आफ्ना अन्तर पीडाव्यथा र छट्पटीलाई कवितामा व्यक्त गर्ने स्रष्टा हुन् । उनले आफ्नो बुबाको पलायन, मातृवात्सल्य, असफल प्रेमका अनुभूतिलाई प्रारम्भिक कविताहरुमा पस्किएकी थिइन् । पछिल्ला रचनाहरुमा निम्न वर्गप्रतिको सहानुभूति उद्घाटन, दक्षिण अमेरिकी संस्कृतिको वर्णन, समसामयिक युगजीवनको अभिव्यक्ति, मानवतावादी भाव, फासीवाद विरोधी चिन्तन जस्ता विविध विषयवस्तुलाई प्रस्तुत गरेकी छन् ।
कविता आख्यान वा निबन्ध जुनसुकै विधामा सरल र सरस भाषाशैलीको प्रयोग गरी लेखिएका उनका रचनाहरु धेरै पठकले रुचाएका छन् । उनका कविताका विषय र विम्ब पूर्ववर्ती कविताभन्दा नवीन लाग्छन् । उनको सिर्जन सामथ्र्यले सिङ्गो चिलियन कविता लेखनमा आधुनिकताको , नवीनताको प्रारम्भ गरेको दावी पनि समीक्षकहरुले गरेका छन् ।
इलाम
हाल : काठमाडौँ