SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » युद्ध
कथा

युद्ध

माया ठकुरीBy Sahitya SagarJanuary 14, 2023No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
माया ठकुरी वर्तमान नेपाली आख्यान परम्पराकी विशिष्ट हस्ताक्षर हुन् । उनको कलम नेपाली कथा परम्परामा आफ्नै प्रतिष्पर्धामा निरन्तर अगाडि बढिरहेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘युद्ध’ शीर्षकको कथा समेटिएको छ । यस कथाले एक नपुङ्सक पुरुषको सन्तान प्राप्तिको चाहनालाई र नारीको प्रस्ट दृष्टिकोणलाई विषय बनाई नारीका तर्फबाट गरिएको युद्धलाई देखाइएको छ । उसले साधुसन्तका प्रयत्न वा झारफुकबाट सन्तान नजन्मने र त्यसरी सन्तान जन्मनका लागि साधुनामका पुरुषले नारीसँग सम्भोग नै गर्ने पक्षलाई नारी चरित्रका माध्यमबाट उजागर गर्दै त्यसको तीव्र विरोध गरिएको छ । यो कथा नारीचेतना र नारीवादी कोणबाट अध्ययन गर्न सकिने उल्लेख्य कथा हो ।

-सम्पा.

आधारात बितिसक्दासम्म पनि उसको आँखामा निद्राले चियाएको छैन । उसलाई कोठाको बत्ती बाल्न मन लाग्छ । तर उसलाई थाहा छ कोठामा बत्ती बाल्नासाथ उसकी पत्नीको निद्रा भङ्क हुनेछ र सदाझैँ ऊ असन्तुष्टिका केही शब्दहरू ओकल्नेछे । उसलाई कोठाको बत्ती निभाउन बाध्य गराउनेछे ।

‘कति ससाना कुरामा असन्तुष्टि पोख्छन् यी आइमाईहरू ।’ ऊ मनमनै सोच्दछ ।

उसकी पत्नी मस्तसँग निदाएको देखेर उसलाई भित्रभित्रै आरिस लागेर आउँछ । आरिस मात्र होइन, उसलाई उसकी पत्नीको स्वभाव देखेर आश्चर्य लाग्दछ । कति सहज रूपमा लिन सकेकी छ उसकी पत्नीले हरेक कुरालाई । उसकी पत्नी प्रायः भन्ने गर्दछे, “नचाहिँदो कुरोमा किन पीर गरिरहनुहुन्छ ? पीर ता मलाई पो लाग्नुपर्ने हो । भए–नभएका कुरा मैले सुन्नुपर्छ तर जसले जे भने तापनि म त्यस्ता कुराहरू एउटा कानले सुन्छु र अर्को कानबाट उडाइदिन्छु । भन्दै गरून् न जसलाई जे मन लाग्दछ ।” पत्नीका त्यस्ता कुरा सुनेर उसलाई आश्चर्य लाग्दछ । उसकी पत्नीले जुन कुरोलाई त्यति सहज रूपमा लिन सकेकी छ, त्यो उसबाट हुनै सक्दैन ।

उसलाई उसकी पत्नीले जति नै सम्झाए तापनि ऊ आफ्ना मातापिता, साथीभाइ र नातेदारहरूको अघि नामर्द कहलाउन चाहँदैन ।

ऊभित्र पिता बन्ने तीव्र इच्छाले दिन–प्रतिदिन उग्र रूप लिइरहेको छ । उसकी पत्नी भन्छे, “मलाई सबैले सन्तान जन्माउन नसक्ने ‘बाँझी’ भन्दैमा मचाहिँ आफूलाई ‘बाँझी’ ठान्दिनँ । त्यस्तो निरर्थक कुराले मलाई रत्तिभर पनि छुन सकेको छैन र सक्दैन पनि ।”

प्रायः उसकी पत्नी ऊप्रति सहानुभूति जनाउँदै भन्ने गर्छे, “जुन कुरो सम्भव छैन, त्यसको पछि लागेर व्यर्थमा किन पीर गर्नुहुन्छ ? जीवनलाई जस्तो रूपमा पाएका छौँ त्यस्तै रूपमा स्वीकार गरौँ र आफ्नो कर्तव्य गर्दै जाऊँ । मलाई तपाईंसँग कुनै प्रकारको गुनासो छैन, न ता आफ्नो वर्तमान जीवनसँग नै असन्तुष्ट छु । तपाईंले मलाई भनिसक्नुभएको छ, यो कुरो तपाईंलाई पनि थाहा थिएन । यसर्थ आफूलाई दोषी ठानेर व्यर्थमा पिरल्लिनु उचित छैन ।”

यसरी सहानुभूति देखाएर उसकी पत्नीले उसलाई जतिजति सान्त्वना दिने प्रयत्न गर्दथी, उतिउति पत्नीका अघि ऊभित्र हीनताबोध बढ्दै गइरहेको थियो । त्यही हीनताबोधले गर्दा ऊ सधैँ अशान्त भइरहन्थ्यो ।

कति रहर थियो उसलाई आफ्नो सन्तानको मुख हेर्ने । “मलाई ता चिटिक्क परेकी सुन्दर छोरी मन पर्छ । छोरीले बाउलाई धेरै माया गर्छन् भन्छन् ।” बिहे भएको केही दिनपछि उसले कुनै एकान्त क्षणमा पत्नीसँग भनेको थियो । “तर मलाई त हजुरजस्तै अनुहार भएको छोरो चाहिन्छ… ।” लजाउँदै भनेकी थिई उसकी पत्नीले ।

कति खुसी थियो ऊ बिहे गरेपछिका सुरुका दिनहरूमा ।

उसको घरमा उसका मातापिता, भाइबहिनीहरू सबैले उसकी पत्नीको रूप र गुणको भरपूर प्रशंसा गरेका थिए । नगरून् पनि कसरी ? उसकी पत्नीले आफ्नो व्यवहार, सीप र शिक्षाको प्रभावले त्यस परिवारका सदस्यहरूको हृदयमा विशिष्ट स्थान बनाइसकेकी थिई ।

समय बित्दै गयो । बिहे भएको वर्षदिन उसको र उसकी पत्नीको हरक्षण चखेवा चखेवीको जोडाजस्तै एकअर्कोप्रति समर्पित भएर बित्यो ।

उसको बिहे भएको दोस्रो वर्षबाट चाहिँ आमाले नातिनातिना खेलाउने रहर लागेको कुरो कुरैकुरामा दर्साउन थालेकी थिइन् ।

उसको बिहे भएको तेस्रो वर्ष पनि बित्न लाग्यो तर उसकी पत्नीमा आमा हुने लक्षण देखिएन । परिवारमा यही विषयमा चर्चा हुन थाल्यो ।

अन्त्यमा पतिपत्नी दुवैले सल्लाह गरे र स्त्रीरोग विशेषज्ञकहाँ जँचाउन गए ।

डाक्टरले उसकी पत्नीलाई जाँचेपछि “कुनै प्रकारको खोट छैन, समय छ, पर्खिनुहोस्” भनी ।

दुवै पतिपत्नी ढुक्क भएर घर फर्के । तेस्रो वर्ष बित्यो र चौथो वर्ष पनि बित्यो तर उसकी पत्नीले गर्भधारण गरिन ।

उसकी पत्नीका विषयमा उसका घरकाहरूले मात्र होइन, इष्टमित्रहरूले समेत जिज्ञासा राख्न थाले । ऊभित्र असन्तुष्टिको बीजारोपण भयो ।

उसले बारम्बार उसकी पत्नीलाई कर गरेर भए पनि विभिन्न डाक्टरहरूकहाँ जँचाउन लग्यो । कसैले पनि उसकी पत्नीमा कुनैप्रकारको खोट छ भनेनन्, बरु कतिपय डाक्टरले ऊ स्वयंलाई नै जँचाउने सल्लाह दिए । त्यो सुनेर ऊ खुबसँग जङ्कियो ।

अन्त्यमा उसकी पत्नीले उसलाई सम्झाउँदै भनी, “एकपटक तपाईंले आफूलाई जँचाउँदा केही नराम्रो हुँदैन । बरु केही कमी छ र औषधि खाएर हुन्छ भने त्यो किन नगर्ने ?”

आखिर धेरै कुरा सोचेपछि ऊ डाक्टरकहाँ जान राजी भयो ।

जाँचेपछि डाक्टरले उसलाई जुन सूचना दियो, त्यो सुनेर सहसा छानोबाट खसेकोझैँ भयो । अहिलेसम्म सँगालेर राखेको उसको इच्छा, आकाङ्क्षा तहसनहस भएको अनुभव गर्‍यो उसले ।

“यो संसारमा हामीजस्ता असङ्ख्य मानिसहरू छन्, जसका कुनै सन्तान हुँदैनन् तर पनि उनीहरू बाँचिरहेका छन्, आआफ्नो कर्तव्य गरिरहेका छन् । तपाईं पीर नगर्नुहोस् ।” उसकी पत्नी उसको मनोभाव बुझेर भन्ने गर्थी तर त्यो क्षण पत्नीले भनेका शब्दहरू घनझैँ बनेर उसको छातीमा बज्रेझैँ अनुभव हुन्थ्यो उसलाई ।

ऊ हरपल, हरक्षण अशान्तिको सागरमा डुबिरहेको थियो ।

अन्त्यमा आफ्नो मनोकामना पूर्ण गर्न ऊ साधुसन्न्यासी र तन्त्रमन्त्रको शरणमा पुगेको थियो ।

आज पनि सुत्नुभन्दा अघि उसले पत्नीलाई भोलिबेलुका उही साधु महाराजकहाँ जानका निम्ति मनाएर छाड्यो । एक शब्द पनि त बोलेकी थिइन उसकी पत्नी प्रस्ताव सुनेर । आखिर उसलाई पनि सन्तानको मुख हेर्ने रहर थियो नै ।

पत्नीलाई यस्तो प्रस्ताव गरेपछि ऊ अर्को दिन अबेरसम्म सुतेको थियो ।

“म भरे अफिसबाट अलि चाँडै आउँछु । तिमी तयार भएर बस्नू है ।” अफिस जानुअघि उसले पत्नीलाई भनेको थियो ।

बेलुका ऊ अफिसबाट घर पुग्नासाथ सोझै आमाको कोठामा गएर भनेको थियो, “आमा ! आज पनि म अस्मितालाई लिएर एकजना साथीको घरमा जाँदै छु । उसले छोरीको जन्मदिनको उपलक्ष्यमा निम्त्याएको छ । भरे फर्कन ढिलो हुन्छ होला, त्यसैले भोलि बिहान मात्र फर्कन्छौँ ।”

“तँलाई जे मन लाग्छ गर् तर खोइ, अहिलेसम्म तेरी स्वास्नी स्कुलबाट घर फर्केकी छैन । कता गएकी हो कुन्नि । यहाँ घरमा काम त्यसै छ ।” उसकी आमा गन्गनाएकी थिइन् ।

त्यसपछि ऊ आफ्नो कोठामा गएर ओछ्यानमा पल्टियो । केही क्षणमै ऊ ओछ्यानबाट उठ्यो र बैठक कोठामा फक्र्यो ।

आज उसकी पत्नी घर फर्कन अबेर गरेकोमा उसलाई दिक्क लागेको थियो, रिस पनि उठेको थियो ।

अचानक उसले ड्रेसिङ टेबुलमाथि फूलदानीले थिचेर राखेको एउटा कागज देख्यो, जसमा केही लेखिएको थियो ।

उसले कागज लियो र सोफामा बसेर त्यसमा लेखिएको हरफ पढ्न थाल्यो ।

एउटा ठूलो प्रश्नचिह्नबाट प्रारम्भ भएको त्यस कागजमा लेखिएको थियो… । … ? “मान्दछु हाम्रो धर्म र समाजको संरचनाअनुसार म तिम्री पत्नी कहलाउँछु र तिम्रो हरेक दुःखसुखमा साथ दिनु मेरो कर्तव्य हुन आउँछ तर पति हुनुको उच्चाभासले तिमीले तिम्रो इच्छालाई मात्र सर्वोपरि ठान्यौ ।

जान्दछु पति हुनुको नाताले पत्नीलाई भोग्ने अधिकार समाजले दिएको छ तिमीलाई तर तिमी पुरुष हुनुको श्रेष्ठताले ग्रसित एउटा मानसिक रोगी रहेछौ ।

नारीमाथि आफ्नो इच्छा लादेर खेतमा गोरुझैँ आफ्नो इसारामा नचाउन खोज्यौ तिमीले मलाई तर तिमीलाई थाहा हुनुपर्ने हो, म पशु होइन मनुष्य हुँ, जिउँदो मनुष्य ।

समाजले तिमीलाई नपुंसक भन्ला, नामर्द भन्ला भन्ने भयले सधैँ त्रसित छौ तिमी तर मेरो विचारमा अनाहकमा समाजसँग त्रसित हुनुपर्ने कुनै कारण छैन, किनभने समाजको निर्माण हामीबाटै भएको हो र हाम्रो मानसिकता नै हाम्रो समाजमा प्रस्टिएको हुन्छ ।

बितेका वर्षहरूमा तिम्री जीवनसँगिनी बनेर मैले वरपरका हरेक वस्तुलाई तिम्रै आँखाले हेरेँ, प्रत्येक ध्वनिलाई तिम्रो कानले सुनेँ । तिम्रो खुसी नै मेरो खुसी बन्यो ।

तिम्रो सबै दुर्बलता र तिम्रो अधुरोपनलाई आफूमा आत्मसात् गरेकी थिएँ मैले । अरूले मप्रति लगाएको लाञ्छना र कटु वचनलाई पनि धर्ती बनेर सहेकी थिएँ मैले ।

त्यो सब गरेँ मैले केवल तिम्रो निम्ति । कारण तिमी मेरो सिउँदोको सिन्दुर थियौ । अग्निसाक्षी राखेर तिमीले मलाई पाणिग्रहण गरेका थियौ ।

तिमीलाई मैले मेरो अँजुलीभित्रको सिङ्को सूर्य ठानेकी थिएँ तर नारीलाई हीन भावले हेर्ने र उसको अस्तित्वलाई सदासर्वदा दबाएर राख्न खोज्ने तिम्रो जन्मजात प्रवृत्तिले गर्दा आफ्नो पौरुष प्रमाणित गर्न तिमीले मलाई प्रयोग गर्न खोज्यौ । यस्तो क्षुद्र मानसिकता र विकृत मनोवृत्ति लिएर कति दिन स्वयंलाई छल्न सक्छौ तिमी ?

तिमीलाई कुन अर्थमा एउटा साँचो पुरुष भनूँ ? तिमी आफै सोच ।

तिमीमा सन्तानोत्पत्ति गर्ने क्षमता नै थिएन, त्यो कुरा हामी दुवैलाई थाहा भइसकेको थियो तर तिम्रो निम्ति मैले त्यो कुरो आफूमै सीमित राखेँ ।

जतिजति तिमी छट्पटिन्थ्यौ, तिमीप्रति मेरो सहानुभूति त्यति नै बढ्दै गइरहेको थियो । त्यो तिमीप्रतिको मेरो प्रेम पनि हुन सक्छ तर अहिले मलाई लाग्दछ कि तिमी प्रेमको त परै जाओस्, दयाको पात्र पनि रहेनछौ ।

तिमीले सम्झेका थियौ होला, म तिम्रो मिठो शब्दजालमा लट्पटिएर सजिलैसँग तिमीले बिछ्याएको जालमा फँस्नेछु, तर म मूर्ख होइनँ । म एउटी शिक्षित नारी हुँ ।

पिता हुन नसक्नुको हीनताबोधले गर्दा तिमीभित्र भयानक अन्तद्र्वन्द्व चलिरहेको थियो । सायद आफ्नै पत्नीको अघि पनि आफूलाई पराजित ठान्न थालेका थियौ तिमीले । त्यसैकारण छलकपटको सहारा लिएर भए पनि आफ्नो घृणित मनोकाङ्क्षा पूर्ण गर्ने प्रयत्न गरेका थियौ तिमीले ।

जब तिमीले मेरो अघि मलीन अनुहार लाएर मलाई आफूसँगै एउटा साधुकहाँ झारफुक गर्नका लागि लैजाने कुरो गरेका थियौ, तब मैले स्पष्ट शब्दमा “मलाई त्यस्ता साधुसन्न्यासीमाथि विश्वास छैन” भनेकी थिएँ तर तिमीले मानेनौ । रोई पो हाल्छौ कि … जस्तो गरेर अनुरोध गर्‍यौ तिमीले मेरो अघि । त्यसैले तिम्रो मन राख्ननिम्ति मात्रै म तिमीसँग त्यो साधु बसेको डेरामा गएकी थिएँ ।

तिमीले दुई दिनसम्म लगातार मलाई त्यस युवा सन्न्यासीकहाँ लग्यौ, जसलाई तिमी स्वामीमहाराज भनेर सम्बोधन गर्दथ्यौ ।

सन्न्यासी भएको कोठामा दुई तीनओटा माटाका पालामा कपासको बत्ती बलेको हुन्थ्यो । त्यही बत्तीको मधुरो प्रकाशमा उसले हातमा अक्षता र फूल लिएर केके मन्त्र उच्चारण गर्दै बारम्बार मेरो शिरदेखि पाउसम्म उसको हात पुर्‍याउँदथ्यो । तिमी भने त्यहीँ एउटा कुनामा बसेर त्यसले गरेको क्रियाकलाप हेरिरहेका हुन्थ्यौ ।

एकपटक त त्यस साधुले मेरो पैतालामा रातो सिन्दुर लाइदिएर केही मन्त्र उच्चारण गर्दै आफ्ना हातले मेरो पैतालामा मर्दन गर्न लाग्यो । उसको त्यसप्रकारको व्यवहारले क्षुब्ध भएकी मैले प्रतिरोधमा आफ्ना खुट्टा तानेर साडीले छोपेकी थिएँ अनि तिरस्कारपूर्ण नेत्रले त्यस साधुतिर हेरेकी थिएँ । सत्य भन्छु, त्यही एक क्षणमा मैले त्यस साधुको ओठको कुनाबाट फुस्कन लागेको कुटिल मुस्कान र उसको आँखामा छचल्किएको लोलुपता प्रस्ट रूपमा देखिसकेकी थिएँ ।

त्यस रात त्यहाँबाट घर फर्कंदा त्यस्ता ढोँगी साधुसन्न्यासीप्रति मेरो मनमा कुनै प्रकारको आस्था नरहेको कुरो खुलस्त रूपमा मैले तिमीलाई भनेकी थिएँ । त्यति मात्र होइन, त्यस साधुको मप्रति खराब नियत रहेको छ भन्ने कुरोसमेत मैले तिमीलाई भनेकी थिएँ तर प्रतिउत्तरमा तिमीले मलाई शङ्गालु स्वभाव भएकी आइमाई भनेर आफ्नो रिस प्रकट गरेका थियौ ।

तेस्रो रात पनि तिमीले मलाई त्यही साधुकहाँ जानको निम्ति आग्रह गरेका थियौ तर मैले तिम्रो आग्रहलाई अस्वीकार गरेकी थिएँ ।

तिमीले तिम्रो कुरो मनाउनका लागि अनेक प्रकारको अनुनयविनय गरेका थियौ र अन्त्यमा “ल आज एक दिनमात्र जाऊँ, त्यसपछि विचार गरौँला” भनेका थियौ ।

अन्त्यमा म तिम्रो साथमा त्यस साधुकहाँ जान बाध्य भएकी थिएँ, कारण तिमीले त्यस साधुको आशीर्वादको कारणले गर्दा अनेकौँ सन्तानविहीन दम्पतीले सन्तान प्राप्त गरेको उदाहरण मेरो अघि राख्दै “मलाई साधुमहाराजप्रति पूर्ण विश्वास छ, उहाँको आशीर्वाद पायौँ भने अवश्य पनि हाम्रो सन्तान हुनेछ” भनेका थियौ ।

म तिम्रो अन्धविश्वासलाई तोड्न चाहन्थेँ । त्यस्तो ढोँगी साधुसन्न्यासीले केही मन्त्र फुक्दैमा कसैले पनि सन्तान प्राप्त गर्न सक्दैन भन्ने कुरामा म पूर्ण रूपले विश्वस्त थिएँ । त्यसै कारण मैले तिम्रो साथ जाने निर्णय गरेँ र तिमीसँग गएँ ।

त्यस दिन हामी त्यस साधुको डेरामा पुग्दा झमक्क साँझ परिसकेको थियो । त्यो साधु उही बत्तीको मधुरो प्रकाश, धूप, अक्षता, सिन्दुर र फूल लिएर हाम्रो प्रतीक्षा गरिरहेको थियो ।

“तपाईं बजार गएर अलिकता फलफूल, दूध र मिठाई लिएर आउनुहोस्” हामी त्यहाँ पुग्नासाथ त्यस साधुले तिमीलाई भनेको थियो ।

“म पनि तपाईंसँगै जान्छु” तिमी मलाई त्यहीँ छोडेर जानका निम्ति तत्पर भएको देख्नासाथ मैले तिमीसँग भनेकी थिएँ ।

“पर्दैन ! तिमी यहीँ स्वामीमहाराजसँग बस्दै गर । म एकै छिनमा आइहाल्छु” भन्दै तिमी मलाई त्यहीँ कोठामा छोडेर गएका थियौ ।

तिमी जानासाथ “तपाईं यहाँ आएर यो आसनमा बस्नुहोस् । म पूजा सुरु गर्छु” त्यस साधुले मलाई भन्यो ।

मनले नचाहँदानचाहँदै पनि म उसले देखाएको आसनमा गएर बसेँ ।

माटाको पालामा बत्ती बलिरहेको थियो । धूपबत्तीको बास्ना कोठामा मग्मगाइरहेको थियो ।

त्यस साधुले आफ्ना हातमा केही फूल र अक्षता लियो, मन्त्र उच्चारण गर्दै मतिर हेर्‍यो अनि ओठमा उही कुटिल मुस्कान छरेर त्यो फूल र अक्षता भएको हात मतिर बढाउँदै बारम्बार मेरो टाउकोदेखि खुट्टासम्म छुन लाग्यो ।

मैले त्यस साधुको निकटता र उसको स्पर्शलाई पटक्कै रुचाएकी थिइनँ ।

“तिमीलाई सन्तान चाहिएको छ होइन ? हो, सन्तान नभएकी आइमाईलाई सबैले हेला गर्छन् तर तिमीले कुनै चिन्ता गर्नु पर्दैन । सब ठीक भइहाल्छ ।” त्यस साधुले सकेसम्म आफ्नो स्वर कोमल पारेर भन्यो । केही नबोलेर म चुपचापै तिम्रो प्रतीक्षा गरिरहेकी थिएँ ।

“लौ यो अरक एकै सासमा स्वाट्ट पिऊ ।” त्यस साधुले एउटा काँचको कचौरा मतिर बढाउँदै भन्यो ।

पूर्वाभास भन्ने कुरालाई मान्नै पर्दो रहेछ, कारण त्यस साधुले तरल पदार्थ रहेको भाँडो मतिर बढाउनासाथ किनकिन मैले कुनै विपत्तिको सङ्गेत पाएँ र हठात् उसको हातमा जोडसँग हानिदिएँ । उसको हातबाट कचौरा भुइँमा खस्यो र केही बेरसम्म झन्झनायो ।

“डङ्गिनी स्त्री ! तैँले देवीको प्रसादलाई भुइँमा फालिदिएर देवीको अनादर गरिस् … तँलाई …” भन्दै रिसले जङ्किएर त्यो साधु मतिर बढ्यो । उसबाट उम्कनको निम्ति म ढोकातिर दगुरेँ, तर कस्तो आश्चर्य ! ढोका बाहिरबाट बन्द थियो ।

अकस्मात् ढोकाको चुकुल खोलिएको आवाज आयो र ढोका उघ्रियो । दूध र फलफूल लिएर तिमी भित्र पस्यौ ।

“तिम्री स्वास्नीलाई राम्ररी सम्झाऊ ! उसलाई सन्तान जन्माउन इच्छा छ भने यो सब नखरा र नाटक गर्नुपर्ने आवश्यकता छैन । अहिले जाऊ र लोग्नेस्वास्नीको सल्लाह मिल्यो भने भोलि आऊ । सन्तान पाउनको निम्ति तिमीहरूजस्ता थुप्रै छन् मकहाँ आउने ।” त्यसले रोषपूर्ण स्वरमा तिमीसँग भन्यो ।

त्यो रात बाटाभरि म तिमीसँग त्यस पाखण्डी साधुको खराब नियतबारे बोल्दै घर फर्कें । तर तिमी भने केही प्रतिक्रिया नजनाएर चुपचापै मेरो छेउमा हिँडिरहेका थियौ ।

त्यस रात तिमीले मेरो अघि जुनप्रकारको लज्जास्पद प्रस्ताव राख्यौ, त्यो सुनेर म स्तब्ध भएकी थिएँ । समाजको अघि आफ्नो पौरुष प्रमाणित गर्नका लागि र आफ्नो दमित इच्छा पूरा गर्नका निम्ति तिमीले आफ्नी पत्नीलाई परपुरुषको अङ्गशायिनी बनाउन खोजेका रहेछौ ।

मैले पहिल्यै भनिसकेकी छु, पति हुनुको नाताले आफ्नी पत्नीलाई भोग्ने अधिकार तिमीलाई समाजले पनि दिइसकेको छ तर कुनै पनि स्त्री, त्यो चाहे तिम्री पत्नी नै किन नहोस्, उसलाई तिम्रो इच्छा पूर्ण गर्नको निम्ति परपुरुषको अङ्गशायिनी बनाउन दिने अधिकार तिमीलाई छैन । यदि छ भन्छौ भने तिमी नारीदेहको व्यापार गर्ने दलाल हौ र दलाल आफ्नो स्वार्थ पूर्ण गर्नका निम्ति आफ्नी पत्नीलाई मात्र होइन, आफ्नी जन्मदात्री आमालाई समेत परपुरुषको काखमा हुत्याउन पछि पर्दैन ।

तिमी कति हदसम्म तल खस्न सक्दा रहेछौ भन्ने कुराको प्रमाण त तिमीले आफ्नी पत्नीमाथि गर्न लागेको कुकृत्यबाट प्रस्ट भइसकेको छ ।

धिक्कार छ तिमीलाई ! तिमी पुरुषको नाममा कलङ्ग हौ ।

आज बिहान कार्यालय जानुअघि तिमी कति प्रफुल्ल देखिएका थियौ । सायद तिमीले सोच्यौ होला, मैले तिमीले बनाएको त्यस घृणित योजनामा पूर्ण रूपले सहयोग गर्नेछु तर तिमी ठूलो भ्रममा थियौ ।

आज साँझ जब मनभरि उत्साह बोकेर तिमी मलाई साधुकहाँ आफूसँग लैजान घर फर्कनेछौ, तब मेरो यस पत्रले तिम्रो योजनालाई तहसनहस पारिदिनेछ ।

जान्दछु निकै ठूलो आघात पर्नेछ तिमीलाई मेरो यसप्रकारको व्यवहारले । हुन सक्छ मसँग बदला लिने प्रण पनि गरौला । मलाई मनपरी सरापौला तर मलाई कुनै कुराको वास्ता छैन । म समाजको अघि तिमीले लगाइराखेको नक्कली मुखौटो च्यातेर तिम्रो असली रूप देखाउनेछु ।

मलाई विश्वास छ, मैले प्रारम्भ गरेको यस युद्धमा अवश्य पनि म पराजित हुने छैन ।

  • Sahitya Sagar
    Sahitya Sagar
माया ठकुरी
माया ठकुरी
Post Views: 402
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.