SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » परिवेश
कथा

परिवेश

सुरेन उप्रेतीBy Sahitya SagarJune 24, 2022No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
सुरेन उप्रेती नेपाली साहित्यका सेवामा बहुमुखी ढंगले समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा प्रस्तुत छ । यस शृङ्खलामा उनको परिवेश शीर्षकको कथा समेटिएको छ ।

-सम्पा.

वैकुण्ठको स्वभाव नेपालमा हुँदा देखिकै अलि अन्तर्मुखी खालको थियो । वैकुण्ठलाई अरू केटाकेटीहरूसँग गफगाफ गर्न र समय बिताउन तेती मन पर्दैन थियो । उसको स्वभावका कारणले गर्दा हाई स्कुलमा पनि उसका धेरै साथीहरू थिएनन् । साथीहरू बढी नहुनुमा अर्को कारण पनि छ । त्यो हो उसको खेलकुदप्रतिको अरूचि । वैकुण्ठ कुनै पनि खेलको प्रिय बन्न सकेन । उसले खेल्न प्रयासै नगरेको भन्ने चाहिँ होइन । अरूले खेलेको देखेर ऊ पनि भलिबल खेल्न पसेको थिंयो । अर्कोतिरबाट बतासिएर आएको बल उसको पुर्पुरोमा बजारियो । उसले त केही पनि देखेन रे । तोरीबारीका माझमा बसेको जस्तै सबैतिर पँहेलो मात्र देख्यो रे । ऊ बेहोस नै भएछ । उसको होस आएर आँखा खोल्दा त स्कुल नै छुट्टी भइसकेछ । सबै शिक्षक विद्यार्थीहरू घर घर गइसकेछन् । पालेदाइ र हेडसर मात्रै रहेछन् । उसको टाउकोमाथि कसैले जाँतो राखिदिए झैं गह्रुङ्गो भएको थियो रे । उसको जिउ पसिनै पसिना भएछ । उसलाई त आगोको छेउमा बसे झैं भित्रैदेखि पोलेर हरहर भएको थियो रे । पाले दाइले एक ग्लास चिसो पानी खान दिएछन् । उसलाई त पुरै एक गाग्रो पानी खानु जस्तो भएको थियो रे ।

हेडसरले कस्तो छ तिमीलाई, हिंड्न सक्छौ रू भनेर सोध्नुभयो । वैकुण्ठ बल्ल तल्ल उठ्यो। म हिंड्न सक्छु भनेर बाटो लाग्यो । स्कुलकै छेउमा उसको डेरा थियो । पालेदाइ र हेडसर उसको हिंडाइ नियाल्दै थिए । वैकुण्ठ बल्लतल्ल डेरामा पुग्यो र ओछ्यानमा लम्पसार पर्‍यो । वैकुण्ठ भोलिपल्ट पनि स्कुल गएन । वैकुण्ठ स्कुल जानै नसकेर चाहिँ नगएको हैन । अरू केटाकेटीहरू उसलाई देखेर हाँस्लान् भन्ने डरले र लाजले स्कुल नगएको थियो । तेस्रो दिन स्कुल लागिसकेपछि लजाउँदै लजाउँदै कक्षामा गयो । सबैले उसलाई नै हेरिरहे जस्तो लाग्यो तर उसले चाहीँ कसैलाई पनि हेरेन । सँधै कक्षा नछोड्ने विद्यार्थी एक दिन नआउँदा पनि चियो र चर्चा हुने गर्दछ । वैैकुण्ठका बारेमा पनि निकै खोजी तलासी भएछ । कस्तो छ तिमीलाई आज भनेर सरले सोध्नु भयो । उसले टाउको पनि नउठाई ठिक छ भन्यो । प्रत्येक पिरियडमा सरहरूले उसको स्वास्थ्यका बारेमा सोधेका प्रश्नहरूले गर्दा ऊ झन बिरामी जस्तो भइसकेको थियो । कतिखेर स्कुल सकिन्छ र मुक्ति मिल्ला भन्नेमा उसको मन केन्द्रित थियो ।

अरूले फुट्बल खेलेको पनि वैकुण्ठ प्रायशः हेर्ने गर्दथ्यो तर ऊ ग्राउन्डमा खेल्न भनेर कहिल्यै पसेको चाहिँ थिएन । सातौं पिरियडमा शारीरिक शिक्षा पढाइ हुन्थ्यो । सरले सबै केटाकेटीलाई ग्राउन्डमा लिएर जानुभयो । सबै विद्यार्थीहरू दुई समूहमा विभाजित भए । सरले फुटबल खेल्नका लागि आआफ्नो पोजिसनका बारेमा बताउनु भयो । वैकुण्ठको पोजिसन चाहिँ गोलीभन्दा अगाडि उभिएर गोल छेक्नेमा पर्‍यो । उसका कोर्टतिर बल आएपछि बल रोक्न बलका पछि पछि बेस्सरी दौडिंयो । अहँ बललाई भेट्न सकेन । वैकुण्ठ त अरू बिस्तारै हिंडे जतिको पनि पो कुद्न सक्दो रहेनछ । सबै केटाकेटीले उसलाई एक कोस नै छोड्दा रहेछन् । त्यसपछि भने वैकुण्ठले खेलकुदलाई जिस्क्याउनु व्यर्थै रहेछ भनेर फेरि खेलमा पस्ने जमर्को गरेन । खेलकुदमा भाग नलिने भएपछि साथीहरू पनि त्यति हुँदा रहेन छन् ।

सबैले उसलाई त किताव भएपछि पुगिहाल्छ नि भनेर जिस्क्याउँथे । त्यसले गर्दा पनि अरू भन्दा ऊ अलग्गै रहने स्वभाव विकसित भयो । मानिसको स्वभाव अन्तर्मुखी भए पनि उमेरसँगै भावना र चाहनाहरू भने परिवर्तन हुँदा रहेछन् । वैकुण्ठका मनका पनि विस्तारै प्वाँखहरू पलाउँन थाले । कलेजमा गएपछि त नजानिदो गरी मनका पखेटाहरू फट्फटाउँन थाले । उसको मन पनि कतै बहकिन थाल्यो । कुनै कुरामा आकर्षित भएर मन बरालिन थाल्यो । कसैलाई थाहा नै नदिने गरी उसका आँखाहरूले कतै चिहाउन थाले । उसको मनले पनि सुन्दर सुन्दर सपनाहरू देख्न सुरु गर्‍यो । उसको मन पनि कसैलाई हेरेर रमाउन थाल्यो । उसको मनले कुनै दृश्लाई अनवरत रूपमा हेरिरहुँ गर्नथाल्यो । कुनै आवाजलाई सुन्न व्यग्र बन्न थाल्यो मन । सङ्गीतको खडेरीयुक्त मनमा पनि भाकाहरू अङ्कुराउन थाले । उसका ओठहरूले गीतहरू गुन्गुनाउन थाले तर न त्यो दृश्यलाई दर्शकका बारेमा थाहा छ न त त गीतलाई नै गायकका बारेमा थाहा छ ।

वैकुण्ठ बुबाआमासँगै केही दिन अगाडि मात्र नर्थअमेरिका टेकेको आइपुगेको थियो । उसका बुबाले स्टोरबाट दुध किनेर ल्याउन अह्राउनु भयो । ऊ नजिकैको कर्नर स्टोरमा दुध किन्न गयो । स्टोरमा चार पाँचजना ग्राहकहक ऊ भन्दा अगाडि लाइनमा थिए । कुनामा रहेको फ्रिजबाट उसले एक प्याकेट दुध झिकेर पैसा तिर्न लाइनमा उभिंयो । अब पैसा तिर्ने उसको पालो आयो । उसले दुधलाई काउन्टरमा राख्यो । काउन्टरमा उसकै उमेरकी एउटी युवती उभिएकी थिइन् । उनको सुन्दर अनुहारमा मुस्कान पोखेर वैकुण्ठको स्वागत गरिन् । वैकुण्ठले दुधको पैसा तिरें र फेरि एकपटक ती युवतीलाई हेर्‍यो । उनको मुस्कान फेरि पनि पोखियो । त्यो मुस्कानलाई उठाएर वैकुण्ठ बाहिर निस्कियो । फेरि पनि ती युवतीलाई हेरौं हेरौ लाग्न थाल्यो । वैकुण्ठलाई ती युवती र उनको मुस्कानलाई बर्सौदेखि चिने जस्तो लाग्यो । घरबाट केही किन्ने बहाना निकालेर फेरि ती युवतीलाई हेर्न जाऊँ जाऊँ जस्तो हुनथाल्यो । घरमा केही समान किन्नु पर्दा वैकुण्ठ नै अघि सरेर जान थाल्यो । कुनै सामान त्यति खेर नचाहिने भए पनि किन्न गइहाल्थ्यो । वैकुण्ठ एक किसिमले मध्यपानमा लत बसेको मान्छे जस्तै बनिसकेको थियो । उसका आँखाहरू ती युवतीलाई हेर्न व्याकुल हुनथाले । उनलाई न देख्दा वैैकुण्ठको मन त्यसै छट्पट गथ्र्याे । उस्तै मुस्कान, उस्तै हेराइ वैकुण्ठ झन झन एकहोरिन थालिसकेको थियो । कहिले काँही ती युवतीका ठाउँमा अरू नै मानिसहरू बसेका हुन्थे । ती युवतीलाई नदेख्दा वैकुण्ठको मन निराश हुन्थ्यो । आँखाले त्यसै न्यास्रो मान्थे । खिन्न भएर गह्राँै पाइला चाल्दै घर फर्कन्थ्यो । उसको मन विरसिलो हुन्थ्यो । राती पनि ढिलोसम्म निन्द्रा पर्दैन थियो । वैकुण्ठका मनमा सिएन टावर र आइफल टावरहरू बन्दै र ढल्दै गर्थे । उसका दिनहरू कहिले संयोग र कहिले वियोगमा गुज्रँदै थिए ।

नयाँ ठाउँ, परिवेश र नयाँ परिस्थितिसँग परिचित हुन वैकुण्ठ प्रयाशरत थियो । वैकुण्ठ फेरि मनभरि ती युवतीलाई हर्ने रहर पालेर स्टोरमा जाँदै थियो । वैकुण्ठले ठिक स्टोरको बाहिर ती युवतीलाई देख्यो । वैकुण्ठको मन त्यसै त्यसै खुसीले रम्न थाल्यो । वैकुण्ठका पाइलाहरू छिटो छिटो उनीतिर बढे । उनीहरू दुबै नजिक हुँदै थिए । ती युवतीसँग वैकुण्ठको भेट भयो तर ती युवती सँग त्यो मुस्कान, चमक, सुन्दरता केही थिएन । वैकुण्ठलाई ठुलो पिर पर्‍यो । ती युवतीलाई के विपत्ति आइपर्‍यो होला भन्ने खुल्दुली भयो । उनको दुखमा सरिक भएर सबै पीडा लिन आतुर भयो वैकुण्ठको मन । यो जीवनको अन्त्य हैन, सुरुवात हो पिर नगर भन्नलाई थर्थराउन थाले वैकुण्ठका ओठहरू । ती युवती पूर्णिमाको जूनमा दाग लागेजस्तै भएर विनाशब्द स्टोरभित्र छिरिन् । वैकुण्ठलाई झन पिर पर्‍यो । वैकुण्ठ पनि ती युवतीको अव्यक्त पीडाले पीडित भएकी थियो । वैकुण्ठ सुस्तरी पाइला चाल्दै स्टोरभित्र गयो अनि मात्र वैकुण्ठलाई बल्ल थाहा भयो । त्यो पोखिएको मुस्कान, चमक र सुन्दरता हराएको रहस्य । त्यो विक्री काउन्टरमा बस्ता मात्र पोखिंदो रहेछ ती युवतीको मुस्कान । यत्र तत्र भएर छरिंदो रहेछ सुन्दरता र चमक । ती युवतीले त जागिर खाएको रहेछ । त्यसलाई कस्टमर सर्भिस भन्दा रहेछन् ।

  • Sahitya Sagar
    Sahitya Sagar
सुरेन उप्रेती
सुरेन उप्रेती
Post Views: 282
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.