SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सपना
कथा

सपना

सुरेन उप्रेतीBy Sahitya SagarJune 3, 2022No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुरेन उप्रेतीको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको सपना शीर्षकको कथा समेटिएको छ । यस कथा रचनाले नेपाली ग्रामीण परिवेशको विवाह सन्दर्भ र प्रेमको सन्दर्भलाई निकै जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

-सम्पा.

जिल्लाबाट विद्यालय निरीक्षक आएका थिए । गाउँमा राम्रो खाने, बस्ने लज र होटल थिएनन् । बाहिरबाट आएका मान्छेलाई जहाँसुकै वास माग्दै हिँड्न पनि अप्ठ्यारो । अरू शिक्षकहरूलाई पाहुना लगेर राख भन्न पनि मैले सकिनँ । फेरि आफू प्रधानाध्यापक भएको नाताले पनि स्कुलका पाहुनालाई खानपिन र वासको व्यवस्था गर्नु मेरो कर्तव्यभित्र पर्दथ्यो तर घरको अवस्था त्यति पाहुनाको स्वागत गर्नयोग्य भने थिएन । मैले आफूलाई जति व्यावहारिक छु भने पनि म पनि त नेपाली समाजको गाउँमा जन्मी हुर्केको पुरुष न ठहरिएँ । साँच्चै भन्ने हो भने मैले दालभात पकाउन सिकेको भनेकै आई. एड. पढ्न सुरु गरेपछि हो । फेरि आफूले खाने भात जस्तो भए पनि हुन्थ्यो । कसैले यस्तो नमिठो, नुन लागेन नभन्ने । कहिले भात र दाल सँगै मिसाएर पकायो । कहिले भातमा नै अलिकति नुन र घिउ हालिदियो । दाल, तरकारी पकाउने लेठा नै नलाग्ने ।

साँनो छँदा त भात पकाएका बेला भान्सामा पनि हेरेको थिएन भन्दा हुन्छ । आमा र भाउजू भएपछि भान्सा हेर्ने कुरै भएन । त्यसमाथि छोरा मान्छेले पकाउन सिक्ने त चलन पनि छैन । फेरि आफ्ना बा गाँउका अध्यक्ष । अध्यक्षको पनि गाउँमा त निकै सान हुने भइगयो । हामीले खास केही कामनै गर्नुपर्दैन थ्यो । सरासरी एसएलसी पास गरियो । आई. एड. पढियो । त्यसपछि मास्टर भइयो ।

गाउँमा मास्टर भएपछि त इज्जत नै बेग्लै । मास्टर जति जान्ने कोही पनि हुँदैन भन्ने सोचाइ भएका गाउँलेका अगाडि सान नै बेग्लै । अँ म पाहुनाको कुरा गर्दै थिएँ । स्कुलका केटाकेटीहरूको हुलसँगै विद्यालय निरीक्षक र म पनि घरतिर लाग्यौँ । विद्यार्थीको हुलमा मेरा छोरा र छोरी पनि थिए । छोरी आठ बर्षकी र छोरा ६ बर्षका थिए । तीन हप्तादेखि आमासँग फोनमा र स्काइपमा कुरा हुन नपाएकाले उनीहरू त्यसै न्याश्रिएका थिए । प्रत्येक दिन जस्तो सुत्नु अगाडि आमासँग कुरा गरेर आमालाई गुडनाइट किस दिएर सुत्नेहरू तीनहप्तासम्म सम्पर्क नहुँदा नुन खाएका कुखुरा जस्तै बनेका थिए ।

बाबा मामूले किन फोन नगरेको ? ‘हामीले चाँडै घर आउनु भनेकाले मामू रिसाउनु भएको हो बाबा ?’ भनेर सानो छोराले तोते बोलीमा सोध्थ्यो । मसँग उसलाई दिने उत्तर हुदैन थियो । बाबू मामूलाई कामबाट फुर्सद मिलेन होला । एक दुई दिनमा त स्काइपमा आइहाल्नुहुन्छ नि भन्दै टार्थेँ र अर्कोतिर फर्किएर रसाएका आँखा पुच्छदथेँ । यो क्रम लम्मिदै तीन हप्ता भइसकेको थियो । छोराछोरीलाई कुरा गराइदिन भनेर थुप्रैपटक फोन लगाउँदा पनि फोन नै उठ्दैन थियो । पक्कै पनि घरवेटीहरूसँग कतै घुम्न गएकी होलिन् । त्यसैले फोन नउठेको होला भन्ने अट्कल काटेँ । फेसबुकको सम्पर्क सूचीमा पनि ब्लक भएछ । मलाई फेसबुकको राम्रो ज्ञान नभएकाले गल्तीले कुनै बटन थिचेँहोला भनेर चित्त बुझाएँ । विद्यालयबाट पाहुनासहित घरमा पुगेपछि छोराछोरीलाई खाजा दिएँ । हामीलाई दुई कप चिया पकाएर ल्याएँ । गाउँमा भए पनि सोलारले एउटा बत्ती बाल्न, फोन र कम्प्युटर चलाउन पुग्दथ्यो । बच्चा सानै भएकाले चाँडै सुतिहाल्थे । बिजुली धेरै खर्च हुँदैन थियो । पानी झरी पर्दा, घाम नलाग्दालाई भनेर व्याट्री चार्ज गरेर पनि राख्ने गरेको थियो ।

हामीले चिया खाँदै विद्यालयका र गाउँठाउँका बारेमा कुरा गर्‍यौँ । पारिवारिक कुराहरू पनि साटासाट भए । छोराछोरीलाई पनि दुध र बिस्कुट दिंएँ । हामीले चिया खाइसक्दा उनीहरूले पनि खाजा खाइसकेका थिए । उनीहरूलाई स्कुलको होमवर्क गर्न लगाएँ । पाहुनालाई कम्प्युटरमा समाचार र फेसबुक हेर्न दिएर म भान्सामा जुटेँ । भान्साको काम गर्दै बेलाबेला केटा केटी र बेलाबेला पाहुनातिर पनि ध्यान दिँदै थिएँ । पाहुनाले फेसबुकमा साथी बन्ने प्रस्ताव पठाउनु भयो । खाना तयार भएपछि केटाकेटीलाई खाना दिएँ । उनीहरू सुत्नु अगाडि आमासँग कुरा गर्ने बानी परेकाले छिटो छिटो खाना खान्थे । ढिला भयो भने आमासँग बोल्न पाइँदैन भन्ने उनीहरूले बुझेका थिए । सानै भए पनि दिन दिनैको अभ्यासले गर्दा छोराछोरीहरू दुबै स्काइप खोल्न सिपालु भइसकेका थिए । त्यहाँ मैले लागिरहनु पर्दैन थियो ।

उनीहरूलाई कम्प्युटर दिएर हामी खाना खान थाल्यौँ । सँधै झैँ धेरै सम्पर्क गर्दा पनि आमासँग सम्पर्क हुन सकेन । छोराछोरी निराश बनेर सुत्ने तर्खर गर्न लागे । धन्न संयोगले त्यसैबेला कतारमा भएका मामासँग सम्पर्क भएछ । एकछिन कुरा गरेर सुते । पाहुनालाई पनि पहाडको उकालो र ओराली बाटोमा वसले हल्लाउँदा हल्लाउँदा हैरान बनाएको रहेछ । तातो खाना पेटमा पर्नासाथ हाई हाई गर्न सुरु गरे । पाहुनालाई एउटा कोठामा सुत्ने व्यवस्था गरेँ र म भाँडाकुडा र चुलोजुठोमा लागेँ । केटाकेटी र पाहुना निधाएपछि घर सुनसान थियो । गाउँतिर बत्ती नहुनाले सबै मान्छे प्राय चाँडै सुत्छन् । अँध्यारोको बर्कोले धर्तीलाई नै छोपेको थियो । पारी गाँउको जङ्गलमा स्यालहरू कराएको आवाज आइरहेको थियो । यो स्यालको जात पनि कस्तो एक ठाउँको स्याल कराएपछि वारिपारि चारैतिरका स्यालहरूले कराएर स्वर थप्दै जाने । यिनै कुराहरू सोच्दै मैले कम्प्युटर खोलेंँ र अगाडि बसेँं । पाहुनाले फेसबुकमा पठाएको मित्रताको प्रस्तावलाई स्वीकार गरेँं । अब हामी साथी भएका थियौँं । आफ्नो फेसबुकको म्यासेन्जरमा गएर हेरेंँ । नयाँ खवर केही थिएन । गाउँका मास्टरका कति नै पो साथीहरू हुन्छन् र फेसबुकमा कुरा गर्न । स्कुलका शिक्षक शिक्षिकासँग दिनभरि सँगै भएकाले गर्ने कुरा पनि केही हुँदैन । फेरि आफू त हेडमास्टर परियो सबैसँग सम्पर्क गरेर कुराहरू सेयर गर्ने कुरा पनि भएन । एक दुई जना विदेशतिर भएका साथीहरू पनि अनलाइनमा रहेनछन् । मन त्यसै गह्रुङ्गो हुँदै थियो । म नयाँ मित्रको प्रोफाइलमा गएँ । कोही परिचित साथीहरू भेटिन्छ कि भन्दै क्रसरलाई तलमाथि गरेँ । तीन चार जना अरू स्कुलका हेडमास्टरहरू पनि लिस्टमा रहेछन् । उनीहरूलाई मित्रताका लागि अनुरोध पठाएँ । अरू कोही चिनेका छन् कि भनेर नाम र फोटो हेर्दै थिएँ । करिब नौ बर्ष अगाडि ताहाचल क्याम्पसमा आई एड पढ्दा चिनाजान भएको एक जना साथी भेँटे । उसको प्रोफायलको फोटोले मेरो ध्यान आकर्षित गर्‍यो । उसको फोटो अल्वममा गएर फोटाहरू एक एक गर्दै हेर्न थालेँ । केही तस्बिरहरू हेरेपछि मेरो मुटुको धड्कनसँगै मेरो श्वास प्रश्वास तीब्र गतिमा बढ्न थाल्यो । म स्वाँ स्वाँ भएँ । अचानक टाउको दुखेर रिंगटा लाग्न थाल्यो । अनायासै आँखाबाट आँसुहरू निस्किए । आँखा चिम्म गरेँ र म बाहिर निस्किएँ ।

पिलपिल गर्दै ताराहरू आकाशमा देखापर्दै र हराउँदै थिए । मलाई ती ताराहरूले पनि के के भनेर जिस्क्याए जस्तो लाग्यो । उत्तरतिर हिमालले आकाशसँग जोडिएर कानेखुसी गर्दै थियो । हिमालको पल्लापट्टिबाट जुनले मन्दमुस्कान छरेर उज्यालोले बाहिर चिहाउन सुरु गरेको थियो । चिसो हावाको झोक्काले मेरो झटझट गर्दै दुखेको टाउकामा हिर्काउँदै थियो । मैले लामो लामो सास फेरेँ । मेरा आँखाअगाडि आएर अतीत घुम्न थाल्यो । म त्यसबेला कक्षा १० मा पढ्थेँं । म स्कुलभरिमा राम्रो पढ्ने विद्यार्थीमा गनिन्थेँं । हाम्रो स्कुलका विभिन्न सदनहरू बिच हाजिरी जवाफ प्रतियोगिता हुनेभयो । म गौतमबुद्ध सदनको टोली नेता थिएँ । हाम्रा सदनमा यसै वर्षदेखि हाम्रो स्कुलमा पढ्न आएकी तीर्थकुमारी भन्ने नयाँ विद्यार्थी पनि थिइन् । कक्षा आठकी प्रथम विद्यार्थी भनेर उनलाई भन्थे । उनका बाआमाको स्कुलका छेउमा किराना पसल थियो । हाजिरी जवाफ प्रतियोगितामा तीनवटा प्रश्नको जवाफ उनले पनि दिइन् । जसले जाने पनि टोलीनेतामार्फत भन्नु पर्ने हुनाले मलाई कानमा सुटुक्क उत्तर भन्थिन् । यो हाजिरी जवाफको तयारीदेखि प्रथम हुँदा सम्ममा हाम्रो थुप्प्रैपटक भेटभएको थियो । थाहै नपाई यो मनले उनलाई मनपराउँन थालेछ । आँखाहरू उनलाई नै हेर्न लालायित हुन्थे । स्कुल जाँदा उनकै पसलअगाडि भएर जानु पथ्र्याे । उनी पनि सायद मलाई नै पर्खिरहेकी हुन्थिन् । म उनको पसल नजिक पुग्दा उनी पनि निस्किएर अगाडि लाग्थिन् । हामी सँगसँगै स्कुल जान्थ्यौँ ।

हाम्रा आँखा जुद्दा उनी मुस्कुराएर प्रतिउत्तर दिन्थिन् । मेरो मन दिनभर रोमाञ्चित हुन्थ्यो । हाम्रो बोलचाल भने खासै भएको थिएन । मैले एसएलसी दिएपछिको समयलाई स्कुलमा स्वयंसेवक भएर पढाउन थालेँ । धेरै पटक शिक्षक नभएको बेलामा तीर्थकुमारीहरूका कक्षामा पनि पढाएँ । मेरो एसएलसीको रिजल्ट आएपछि म आई. एड. पढन काठमाडौँको ताहाचल गएँ । आई. एड.को पढाइ सकेर म घर नजिकैको निम्न माध्यमिक विद्यालयमा पढाउन थालेँ । तपाईं यत्रो दुई वर्षसम्म कहाँ जानुभएको थियो भन्दै तीर्थकुमारीले सोद्धा मलाई कुनै आफन्तले सोधे जस्तो लाग्यो । उनले मलाई सोधेर टाउको निहुराइन् र खुट्टाले भुइँमा कोर्न थालिन् । किन र मलाई माया गर्छ्यौ र मैले सोधेँ । लाजले गाला रातो बनाउँदै हो त नि । मैले तपाईंकी आमालाई पनि सोधेकी थिएँ भनिन् । अब भने तीर्थकुमारीसँग बाक्लै भेटघाट र कुराकानी हुनथाल्यो ।

एकदिन बुवबाले आमासँग मेरो विवाहका बारेमा कुरा गर्नुभयो । मेरो विवाह व्यपारीकी छोरीसँग गर्ने कुरा हुँदै रहेछ । मैले सास दबाएर सुनेँ । बा भन्दै हुनुहन्थ्यो, केटीले फस्ट डिभिजनमा एसएलसी पास गरेकी छ । केटी सारै शीलस्वभाव राम्रो भएकी छ । के दिन्छन् त हाम्रो धर्मराजलाई ? आमाले उत्सुकता पोख्दै बातिर हेर्नुभयो । हामीले कुरा गरेपछि कसो नदेलान् त बाले अलिकति गाविसको अध्यक्ष भएको रबाफ छोड्दै भन्नुभयो र मुसुक्क हाँस्नुभयो । हाम्रो धर्मराजले त मान्छ होला नि फेरि आमाले थप्नुभयो ।

मेरो घाँटीमा के अड्किएजस्तो भयो । खोकेको थाहा पाउलान् भनेर हतार हतार आँगनतिर निस्किएँ । बिस्तारै आफ्नो कोठामा गएर सुतें । मनमा अनेक कुरा खेलेर निन्द्रा नै परेन । बिहान आमाले ए कान्छा उठ् नौ बज्न लागिसक्यो कति सुतेको भन्दा मात्र बिउझिएँ । सारै राम्रो सपना देख्दै थिएँ । एकछिन सुत्न पाए फेरि अगाडिको सपनाले निरन्तरता पाउँथ्यो कि भन्ने लोभले फेरि सुत्न प्रयास गरेँ तर त्यस्तो मिठो सपनासँग कहाँ पुग्न सकिन्थ्यो र ? अहँ निन्द्रा नै लागेन । शनिवारको दिन स्कुल जानु पर्दैन थियो । बिस्तारै उठेर नुहाइ धुवाइ गरेर भान्सामा गएँ । खाना खाँदै गर्दा ल आज साना पण्डितलाई पनि बोलाएको छ । हामी कन्यार्थु भएर जानुपर्छ लुगा लगाएर ठिक पर्नु । आदेशात्मक स्वरमा बाले भन्नुभयो । मैले लजाउँदे नजाने झैं गरेर कहाँ जाँने बा भनेर सोधेँं । बाले भरे थाहा पाइहाल्छस् नि भनेर टार्नुभयो । करिब चार बजेतिर पण्डित बा पनि आइपुगे ।

पण्डित बासँगै हामी घरबाट निस्कियौंँ । हामी आउने कुरा व्यापारिका घरमा पहिला नै थाहा रहेछ । सबैजना सरसफाइ र खानपिनको तयारीमा जुटेका रहेछन् । मेरा आँखाले भने तीर्थकुमारीलाई नै खोजिरहेका थिए । एकछिन बसेपछि तीर्थकुमारीका बाले चिया ल्याउन अह्राउनु भयो । तीर्थकुमारी लजाउँदै चिया लिएर आइन् । हाम्रा बाले नानीको नाम चै के अरे भनेर सोध्नुभयो । उनी लजाउँदै तीर्थ भनेर चिया दिएर भित्र गइन् । विवाहको कुरा छिनियो ।

गाउँमा हामी अरूभन्दा अलि पढे, लेखेका भएको नाताले पनि फजुल खर्च गर्नुहुन्न भन्ने हाम्रो मान्यता थियो । धेरै खर्च नगरी विवाह गर्ने तीर्थ र मेरो इच्छा थियो तर त्यसको कुनै सुनुवाइ दुबै पक्षबाट भएन । तडक भडक सहित ठुलो भोज भतेर भयो । वल्लो, पल्लो गाउँ चिने जानेका जति सबैले विवाह भोजको मज्जा लिए । नाचगान पनि धुमधाम भयो । दोहोरी गीत, बालन र श्लोक भन्नेहरूले रात नै छर्लङ्ग पारे । विवाहको पहिलो रात भविष्यका बारेमा थुप्रै योजनाहरू बुन्यौं । सँगै जिउने सँगै मर्ने वाचाहरू गर्‍यौँ । सन्तान कति जन्माउनेदेखि के नाम राख्ने समेतका कुरा भए । छोरीको नाम, धर्म र तीर्थबाट मिलाएर धरती राख्ने र छोराको नाम राज र कुमारीबाट राजकुमार राख्ने निर्णय भयो । उनलाई पनि स्कुलमा काम खोज्ने र दुबैले स्कुलमै पढाउने सल्लाह गर्‍यौँ ं। गाउँमै बसेर एउटा आदर्श जीवन बिताउँने सपना रोप्यौँ । तँ चिता म पुर्‍याउँछु भने झै तीर्थले पनि स्कुलमा काम पाइन् । हामी दुबै जनाले स्कुलमा पढाउन सुरु गर्‍यौँ । जीवन हर्षोल्लाससँग अगाडि बढिरहेको थियो । झन छोरी धर्तीको जन्म भएपछि त खुसीको सीमा नै रहेन । धर्तीको आगमनले हामीलाई अझै नजिक बनायो । हामी दुवैको माया पाएर धर्ती पनि सुन्दर फूलको कोपिला जस्तै भएर हुर्कँदै थिइन् । राजकुमारको जन्म भयो । हाम्रा सपनाहरू साकार हुँदै थिए । देशको राजनीतिले फरक मोड लियो । देशमा दिन दिनै झगडा काटमार हुनथाले । गाउँका युवायुवती जति एकाएक हराउन थाले । दिन दिनै हडताल, चन्दा, लेबी भन्दै खालखालका मान्छेहरू आउँथे ।

फेरि केही क्षणमा तिमेरू जङ्गलीलाई सहयोग गर्ने भन्दै अर्काथरी मान्छेहरू आउँथे । खसी, बोका कुखुरा परेवा, अन्न केही भन्न पाइएन सबै खाइ दिन्थे । नदिँदा ज्यान बचाउनै गाह्रो । बोल्दा मात्र कतिले अङ्गभङ्ग हुनु पर्‍यो भने कतिले त ज्यानै गुमाउनु पर्‍यो । शिक्षक शिक्षिकाहरू चन्दा दिँदा दिँदा हैरान भए । पुलिस र सेनाको धरपकडले गाउँमा बस्न र बाँच्न समेत गाह्रो हुन थाल्यो । । गाउँका मान्छेहरू सहरतिर गएर बस्न थाले । कोही कामका लागि विदेशतिर लागे । एकजना विदेश गएर २–४ बर्ष बस्न पाए काठमाडाँैमा एउटा घर बनाउन सकिन्थ्यो । त्यसपछि त छोराछोरीलाई पढाउने र बाँकी जिन्दगी आनन्दले सहरमा नै बिताउने सपना हामीले पनि फलायौँ । गाउँबाट थुप्रै महिलाहरू इजरायल जाँदै राम्रै पैसा कमाएर ल्याउँदै थिए ।

तीर्थले पनि इजरायल जाने विचार गरिन् । मलाई भने एकातिर साना छोराछोरीलाई कसरी हुर्काउने भन्ने समस्या थियो भने अर्कोतिर तीर्थसँग बिछोड भएर कसरी बस्नु भन्ने पिर थियो । नपठाउँदा पनि सँधै त्रासै त्रासमा दिन कटाउनु पर्ने अर्को बाध्यता थियो । उनकी काकाकी छोरी पनि इजरायल गएर आइछन् । काठमाडौँमा घर किनेको रहेछ । उनले तीर्थलाई पनि इजरायल जान सहयोग गर्छु भनेर फोन गरिन् । हामीले यति सजिलै जान पाइन्छ भन्ने सोचेका पनि थिएनौँ । उनी उड्ने दिन जति नजिक आउँथ्यो उति नै मेरो टाउको भारी हुन्थ्यो । हजुरले किन पिर गर्नुभएको, म फोन गर्दै गर्छु । दुई वर्षमा त आई हाल्छु नि । त्यसपछि त हाम्रा सुखका दिन सुरु भइहाल्छन् नि भनेर मलाई सान्त्वना दिन्थिन् । छोराछोरीलाई ममी विदेश जाने कुरा सुनाउँदा दुबै कहालिंदै रोएर आमालाई समाते । राम्रा लुगा र खेलौना लिएर चाँडै आउने भनेर बल्लतल्ल सम्झायौँ । छोरालाई मामा घरमा छोडेर छोरी र म एयरपोर्टमा तीर्थलाई पुर्‍याउँन गयौँ । उड्ने बेलामा छोरीलाई अँगालो हालेर तीर्थ पनि खुब रोइन् । मेरा पनि आँसु थामिएनन् । अर्कोतिर फर्किएर सम्हालिएँ । आमालाई हातहल्लाउँदै धर्ती रुँदै थिइन् । मैले उचालेर छातीमा टाँसे । हवाइजहाजले दक्षिणकालीको डाँडो काटेर जाउन्जेलसम्म हेरिरह्यौँ । थाहा नपाई मेरा आँखाबाट आँसु बग्दै रहेछन् । छोरीले तपाईँ किन रुनु भएको बाबा ! ममी आइहाल्नु हुन्छ नि भन्दा मात्र थाहा पाएँ । लजाउँदै हैन छोरी आँखामा भुसुना पसेछ भनेर टारेँ । आज तीर्थ गएको पनि तीन बर्ष बितिसके छ । मलाई सपना देखेजस्तो लागिरहको थियो । म फेरि घरभित्र गएँ । मन नलागी नलागी कम्प्युटर खोलेर फेसबुकमा अगाडि हेर्दै गरेको पेजमा नै गएँ । त्यहाँ थुप्रै फोटाहरू थिए । तीर्थका फोटाहरू पनि विभिन्न पोजमा फरक फरक दृश्यहरूका पोस्ट गरिएका थिए । कुनैमा तीर्थ एक्लै उभिएकी थिइन् । कति फोटाहरू साथीहरूसँग समूहमा खिचिएका थिए । एउटा फोटो हेर्दा मेरो सास बन्द भएजस्तो भयो । फोटोको तल लेखिएको वाक्य पढ्दा मेरो मुटुमा कुनै तिखो वस्तुले घोचेजस्तो लाग्यो । त्यहाँ “मेरी ह्रृदयकी रानी, हाम्रो शुभविवाह” लेखिएको थियो । त्यसमा मेरी तीर्थ र मैले नौ बर्ष अगाडि चिनेको साथी विवाहको लुगामा सजिएर अँगालोमा बाँधिएका थिए ।

  • Sahitya Sagar
    Sahitya Sagar
सुरेन उप्रेती
सुरेन उप्रेती
Post Views: 287
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

पश्चाताप

October 21, 2023

चिठ्ठा

May 17, 2023

पाठशाला खुला छ

January 15, 2023

घ्याम्पे र भुन्टी

January 15, 2023

चिठ्ठा

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.