SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » महेन्द्र छात्रवृत्तिमा नेपाली साहित्य पढ्ने पहिलो भारतीय विद्यार्थी : वानीरा
जीवनी

महेन्द्र छात्रवृत्तिमा नेपाली साहित्य पढ्ने पहिलो भारतीय विद्यार्थी : वानीरा

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments11 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
नरेन्द्रराज प्रसाईँ नेपाली जीवनी लेखनका सिद्धहस्त प्रतिभा हुन् । उनी आफ्नै जीवनी लेखन यात्रामा आफूसँगकै प्रतिस्पर्धामा निरन्तर खरो उत्रिएका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको ‘डा. वानीरा गिरीको जीवयात्रा’ शीर्षकको जीवनी समेटिएको छ । यस जीवनीले बानिरा गिरीको समग्र जीवनचरित्रलाई उतार्न सकेको छ ।

– सम्पा.

मान्छे जूनको अनुहार
अघिल्तिर प्रकाश र उज्यालो
पछिल्तिर कुरूपता र अनन्त अन्धकार
यस अर्थमा जून
एउटी किचकन्नी हो ।

डा. वानीरा गिरीका कवितामा गहनता ढाकिएका हुन्छन्, वास्तविकता ओगटिएका हुन्छन् र यथार्थता भरिएका हुन्छन् । गिरी कवितामा जीवन लेख्थिन् र जीवनै कवितामा लेख्थिन् । गिरीका भावभावमा अर्थको साङ्ले पुल जोडिएको हुन्छ । त्यसैले उनी कवितामय धर्तीको गीत लेखेर थाक्तिन थिइन् । उनका कवितामा एकातिर दर्शनले साँध लगाएको हुन्छ भने अर्कातिर उनका काव्यात्मक विम्बमा लालुपाते फुलेको हुन्छ । वास्तवमा उनी जीवन र जगत्का प्रसङ्गलाई अलङ्कारमय बनाउँथिन् । उदाहरणका लागि भन्ने हो भने जूनअगाडि जति सुन्दर भए पनि त्यसपछिको भाग कालै हुन्छ; अर्थात् त्यहाँ सायद किचकन्नी पनि बसेकी हुन्छे । मान्छे अगाडि मुखले ठिक्क पार्छ तर पछाडिपट्टिबाट उसले आफन्तकै डँडेल्नामा छुरी पनि हान्छ । वानीरा गिरीको परिभाषाबाट हेर्ने हो भने मान्छेहरूमध्येकै मान्छे पनि किचकन्नीको अर्को रूप हुन सक्छ ।

वानीराको जन्म दार्जिलिङको खरसाङमा २००२ साल चैत २९ गते भएको थियो । इन्द्रराज गिरी र जानुकीदेवीका ६ जना सन्तानमध्ये सबैभन्दा कान्छी छोरीका रूपमा वानीरा गिरीको जन्म भएको थियो । उनको न्वारनको नाउँचाहिँ सत्यदेवी थियो ।

वानीराले चार वर्षदेखि नेपाली वर्णमाला पढ्न थालिन् । त्यति बेला उनी आफ्नै गाउँको स्कट मिसन स्कुलमा भर्ना भएकी थिइन् । त्यस स्कुलबाट उनले छैटौँ कक्षा उत्तीर्ण गरिन् । उनी कक्षा एकदेखि छसम्म पढाइमा प्रथम भइरहिन् । त्यसपछि उनलाई त्यहीँको सेन्ट जोसेफ स्कुलमा स्थानान्तरण गरियो । त्यहाँ पनि उनी कहिले कक्षामा प्रथम र कहिले द्वितीय हुन्थिन् । साथै त्यही स्कुलबाट उनले २०१६ सालमा एसएलसी पास गरिन् ।

राजा महेन्द्र उनको जीवनमा दाहिना भएर उभिए । त्यसैले राजाकै इच्छामा उनी बीएको पुर्जा हातमा बोकेर २०२२ सालमा काठमाडौं आइन् र एमएमा भर्ना लिइन् । वास्तवमा वानीराकै लागि राजा महेन्द्रले भारतीय विद्यार्थीलाई नेपाली पढ्नका लागि महेन्द्र छात्रवृत्तिको स्थापना गरेका थिए । अनि सोही अन्तर्गत नै उनले एमए पढ्न पाएकी थिइन् ।

वानीराले सानैमा स्वावलम्बनको पाठ पढेकी थिइन् । उनी सानैदेखि आफ्नो घरका सबै काम आफैँ गर्थिन् । घरधन्दा र घरव्यवहारमा उनी त्यसै बेला निपुण थिइन् । आफ्नो खुट्टामा आफैँ टेक्ने हिसाबले गर्दा किशोरावस्थामा पुगेपछि उनले कुखुरा पाल्दै बेच्तै पनि गरेकी थिइन् ।

वानीरा सात वर्षकी हुँदा उनकी आमा स्वर्गीय भइन् । त्यसपछि उनका बुबाले छोरीलाई बोकीबोकी हिँडे । छोरीको पढाइलेखाइबाट इन्द्रराज गिरी धेरै सन्तुष्ट थिए त्यसैले उनी छोरीको भविष्य लगेर डाक्टरमा जोड्न पुग्थे । सोहीअनुरूप वानीराले पनि आईएस्सी पढिन् । आईएस्सीको अन्तिम परीक्षा आउनु केही दिन अघि वानीराको टाउकामा अर्को पहाड आएर बज्रियो । भनौँ त्यस घडी उनका बुबाको पनि स्वर्गारोहण भयो । त्यसपछि वानीराको जीवन आँधीहुरीभित्रको जहाजझैँ हुन थाल्यो । तर पनि पुनः परीक्षा दिएर उनले आईएस्सी चाहिँ पास गरिन् ।

बुबाको निधन हुनु भनेको वानीराको जीवनको यात्रा पिटिक्कै भाँचिनु थियो । तर उनले आफ्नो जीवनलाई भाँचिनबाट जोगाइन् । त्यसपछि उनलाई आर्थिक अवस्थाले भने सारै सतायो, तर पनि उनी आत्तिइनन् । उनी आफ्नो यात्रामा कलिला पैताला फट्कार्दै अगि बढिन् । खास गरेर उनले त्यस घडी कथा, कविता र निबन्धहरू पनि लेखिन् । त्यति बेला उनको त्यो लेखन आत्मसन्तुष्टिको बाटोका कारणले मात्र नभई पारिश्रमिक लिने अभिप्रायले पनि प्रेरित थियो ।

वानीरा सानैदेखि कवितालेखनमा जोडिएको नाउँ थियो । एघार वर्षकै उमेरमा उनी कवितालेखनमा पुरस्कृत भइसकेकी थिइन् । उनका विषयमा जनराष्ट्रकवि ईश्वरवल्लभले भनेका थिए— “बहिनी वानीरा एउटी सशक्त कवयित्री थिइन् । उनको भविष्यको काव्यभूमिको राप मैले त्यति बेलै देखेको थिएँ । त्यसैले अगमसिंह गिरीले आयोजना गरेको कविगोष्ठीमा मैले उनलाई पुरस्कारस्वरूप केही कृति दिएको थिएँ ।”

वानीरामा परेको वज्रपातले उनी साहित्यको गुभो बनिन् । तर बुबाको निधनपछि वानीराको डाक्टर पढ्ने सपना भने चकनाचुर भयो । त्यसपछि उनी बीए पढ्न भर्ना भइन् । त्यति बेला उनले बीए पढ्दै स्कुल पढाउँदै गर्न थालिन् । त्यतिखेर उनले पढाउने स्कुल थियो— सेन्ट जोसेफ स्कुल; जुन स्कुलमा उनले पहिला पढेकी थिइन् । त्यतिले मात्र घरधन्दा धान्न नसकेर उनले विद्यार्थी भेला पारेर घरमा ट्यूसन पनि पढाइन् । उनले आफ्नो पसिनाको फल पनि कमाइन् र २०२२ सालमा उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरिन् ।

नाचगान, पढाइ, व्यवहारजस्ता विविध पक्षमा दार्जिलिङमा वानीरालाई सबैले मन पराउने गर्थे । नाचगानको कुरा गर्ने हो भने उनी सानैदेखि यस विषयमा पनि केन्द्रित थिइन् । उनी जसरी कथा, कविता लेख्थिन् त्यसै गरी स्कुलमा आयोजित सांस्कृतिक कार्यक्रममा सहजतापूर्वक भाग लिने गर्थिन् । तेस्रो कक्षामा उनले सर्वप्रथम कलाकारको भूमिका पनि निर्वाह गरेकी थिइन् । चौथो कक्षामा पनि यिनले नाटकमा आफ्नो भूमिका देखाएकी थिइन् । चाहे वक्तृत्वकलामा होस्, चाहे गायनमा होस्, चाहे नृत्यमा होस् र चाहे नाटकमा होस् जुनसुकै विषयमा भाग लिए पनि उनी प्रतियोगितामा प्रथम हुन्थिन् र कहीँ कतै द्वितीय पनि हुन्थिन् । कविता प्रतियोगितामा पनि उनको स्तर अग्रपङ्क्तिमा नै हुन्थ्यो । यिनी आफू मात्र कविता लेख्तिनथिन् अरूहरूलाई पनि प्रोत्साहन दिन्थिन् । उदाहरणका लागि भन्ने हो भने त्यस बेला यिनले ‘मुटु’ नाउँको भित्ते पत्रिका पनि निकालिन् । एघारै वर्षको उमेरमा एउटी बालिकाले भित्तेपत्रिका सम्पादन र प्रकाशन गर्दा स्कुलका सम्पूर्ण शिक्षकहरू छक्क पर्थे ।

उनले विद्यावारिधि गर्ने सोच बनाइन् । उनले यस विषयमा एउटा चिन्तन गरिन् र आफूलाई मन पर्ने कविलाई पीएच्डीको नायक छानिन् । अनि उनले विषय बनाइन् ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद ।’ यसै विषयमा उनले २०४२ सालमा त्रिभुवन विश्वविद्यालयबाट पीएच्डी गरिन् र नेपाली साहित्यमा पीएच्डी गर्ने उनी प्रथम नारी भइन् ।

वानीराले स्नातक गरेपछि एमए पढ्ने पनि रहर गरिन् । तर उनका अगाडि त्यो त्यति सम्भवको कुरो थिएन । यति हुँदाहुँदै पनि दैवको बेठी बजेर उनका लागि एमए पढ्ने वातावरण निर्माण भयो । भनौँ राजा महेन्द्र उनको जीवनमा दाहिना भएर उभिए । त्यसैले राजाकै इच्छामा उनी बीएको पुर्जा हातमा बोकेर २०२२ सालमा काठमाडौं आइन् र एमएमा भर्ना लिइन् । वास्तवमा वानीराकै लागि राजा महेन्द्रले भारतीय विद्यार्थीलाई नेपाली पढ्नका लागि महेन्द्र छात्रवृत्तिको स्थापना गरेका थिए । अनि सोही अन्तर्गत नै उनले एमए पढ्न पाएकी थिइन् ।

किशोरावस्थाको झट्का चुडिँदानचुडिँदै अर्थात् काठमाडौं टेकेपछि वानीराको शङ्कर गिरीसँग पनि परिचय भयो । उनीहरूको परिचय मात्र भएन, प्रेम नै भयो । अन्ततः डा.गिरीको विवाह २०२३ सालमा जनकपुरका इन्जिनियर शङ्कर गिरीसँग भएको थियो । यी दम्पतिका एक छोरी अपराजिता र एक छोरा अपूर्वको जन्म भयो । पछिल्ला दिनमा उनीहरूका छोराछोरी अमेरिकामा नै बसोवास गर्न थाले ।

नेपाली विषयमा एमए उत्तीर्ण भएपछि वानीराले पढाउने काम पाइन् । उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आवद्ध भइन् । केही वर्ष उनले ललितकला क्याम्पसमा पनि पढाएकी थिइन् । त्रिभुवन विश्वविद्यालयको स्थायी उपप्राध्यापक भएपछि उनले सोही विश्वविद्यालयबाट एमएड पनि उतीर्ण गरेकी थिइन् । अनि पढाइमा उनको हौसला अझै चुलिँदै गयो । त्यसपछि उनले विद्यावारिधि गर्ने सोच बनाइन् । उनले यस विषयमा एउटा चिन्तन गरिन् र आफूलाई मन पर्ने कविलाई पीएच्डीको नायक छानिन् । अनि उनले विषय बनाइन् ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद ।’ यसै विषयमा उनले २०४२ सालमा त्रिभुवन विश्वविद्यालयबाट पीएच्डी गरिन् र नेपाली साहित्यमा पीएच्डी गर्ने उनी प्रथम नारी भइन् ।

प्राध्यापन गर्दै जाँदा वानीरा पद्मकन्या क्याम्पसमा चर्चित पनि भइन्; किनभने उनी खालि प्राध्यापनमा मात्र परिचित थिइनन् । त्यति बेलासम्ममा उनी नेपाली साहित्यको एउटी सशक्त कवयित्रीका रूपमा पनि स्थापित भइसकेकी थिइन् ।

वानीराले बाल्यकालदेखि नै आफूलाई साहित्यतिर लगाए तापनि पहिलोपल्ट उनको औपचारिक कविता २०२० सालमा छापिएको थियो । डीके खालिङको सम्पादनमा दार्जिलिङबाट प्रकाशित ‘दियो’मा ‘मेरो साथी भन्छ’ शीर्षक कविता छापिएपछि वानीरा जनसमक्ष प्रस्तुत भएकी थिइन् । त्यसपछि उनी कविता लेखनमा क्रमशः चम्कँदै गइन् । दार्जिलिङका विभिन्न पत्रपत्रिकाका अतिरिक्त काठमाडौंका पनि अनगिन्ती पत्रपत्रिकामा उनका रचनाहरू प्रकाशित भइरहे । कृतिकारका रूपमा चाहिँ उनी २०३१ सालमा देखापरिन् । त्यति बेला उनको ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ नामक कवितासङ्ग्रह प्रकाशित भयो ।

वानीराका कविता, निबन्ध र उपन्यास गरेर १३ वटा कृति प्रकाशित भए । साथै उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । २०७० सालमा नरेन्द्रराज प्रसाईद्वारा डा.वानीरा गिरीको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरी’ प्रकाशित भयो भने सोही कृतिको अङ्ग्रेजी भाषामा दुर्गा वनवासीले अनुवाद गरिन् । साथै २०७१ सालमा नइको सम्पादनमा ‘वानीरा गिरीको कृतिस्तम्भ’ र ‘कवितामा वानीरा’ नाउँका दुई वटा ग्रन्थ पनि प्रकाशनमा आए ।

आफ्नो कृत्यमा समर्पित भएवापत वानीराले पुरस्कारहरू पनि पाउँदै गइन् । उनले पाएका पुरस्कारको लेखाजोखा गर्ने हो भने उनी दार्जिलिङबाट काठमाडौं आएकै वर्ष नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा द्वितीय भएकी थिइन् । यस बेहोराको पनि एउटा रोचक प्रसङ्ग छ; त्यो के हो भने— नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट २०२२ सालमा आयोजित ‘प्रथम कविता महोत्सवमा भैरव अर्याल पहिला र वानीरा गिरी दोस्रा भएका थिए । कञ्चन पुडासैनीका अनुसार ‘सो महोत्सवमा वानीरा गिरी नै प्रथम भएकी थिइन् । तर प्रवासी नेपालीलाई प्रथम कविता महोत्सवमा नै प्रथम पुरस्कार दिन मिल्दैन भन्ने प्राज्ञहरूवीचको मतमतान्तरका कारण उनलाई दोस्रो पारिएको थियो ।’

वानीरा विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञा पदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित भएकी थिइन् ।

नइको संयोजन र त्रिमूर्ति निकेतनको आयोजनामा वानीरालाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइएको थियो । सोही अवसरमा प्रधानमन्त्री कोइरालाबाट वानीरा पाँच लाख रुपियाँ राशि सहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधिद्वारा सम्मानित भएकी थिइन् । सो समारोहमा प्रधानमन्त्री कोइरालाले डा.गिरीलाई उनकै उचाई बराबरको ताम्रपत्रसमेत समर्पण गरेका थिए । ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि ग्रहण गरेपछि उनले भनेकी थिइन्— ‘अब मलाई मेरो जीवनभरि अरु केही पनि चाहिँदैन, पुग्यो ।’

वानीरा साहित्यका क्षेत्रमा निकै चर्चित, चर्चित र चर्चित हुँदै आइन् । उनको प्रभाव राजदरवारभित्रसम्म पनि पुगेको थियो । राज्यस्तरका बौद्धिक खुवीहरू भएकामध्ये उनी पनि अग्रपङ्तितिरै उभिएकी थिइन् । तसर्थ २०३३ सालमा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा समेत उनले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने मौका पाएकी थिइन् । उक्त सम्मेलनमा भाग लिने उनी पहिलो नेपाली महिला प्राज्ञ थिइन् । उनीभन्दा १८ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गरेका थिए । भ्रमणको नै हिसाव गर्ने हो भने वानीराले नेपालका विभिन्न भूभाग घुमिन् । उनले भारतका पनि विभिन्न ठाउँ डुलिन् । साथै उनले चीन, वङ्गलादेश, पाकिस्तान, थाइल्याण्ड, सिङ्गापुर, जापान, इटली, फ्रान्स, नर्वे, निदरल्याण्ड, डेनमार्क, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका आदि मुलुकको भ्रमण गरेकी थिइन् ।

वानीराले काठमाडौंको वानेश्वरस्थित मीनभवनमा एउटा भव्य, आकर्षक र राम्रो घर ठड्याइन् । वास्तवमा वैवाहिक जीवनमा गाँसिएपछि उनका जीवनमा कहिल्यै पनि आर्थिक सङ्कट आएन ।

वानीरा स्पष्ट स्वभाव भएकी स्रष्टाको नाउँ मानियो । राम्री भएर पनि सादा र चाम्री भएर पनि सरल जीवन बिताउनु उनको वैयक्तिक विशेषता मानिन्थ्यो । यति हुँदाहुँदै पनि उनलाई नजिकबाट चिन्नेहरूमध्ये केही व्यक्ति भन्ने गर्थे— ‘वानीराको व्यक्तित्व र कृतित्वमा आकाशपाताल फरक पाइन्छ । वानीरा अहङ्कारी र हुङ्कारी पनि छिन् ।’

वानीराको भावभूमितर्फ चहार्दा उनी वास्तविकतालाई आधार बनाई सृजना गर्ने स्रष्टा थिइन् । उनको लेखनमा अस्तित्ववादी र निस्सारतावादी दृष्टिकोणले मितेरी लगाएको पाइन्छ । समाज र मानवीय दृष्टिकोणलाई उनका रचनाले थप अँगालो मारेको पाइन्छ । लेखनमा सरलता, सहजता र सरसताका कारणले नै नेपाली साहित्यजगत्मा माथिल्लो स्थानमा उनको पाइलो टेकिएको मानिन्छ ।

वानीरा र उनका पति इन्जिनियर शङ्कर गिरीको अति ठूलो प्रेम थियो । उनीहरूको प्रेम शारीरिक र यौनमा मात्र टाँस्सिएको थिएन । उनीहरू एक अर्कामा मनैबाट समर्पित थिए । वानीराले पतिबाट जीवनभरि प्रोत्साहन, सेवा र आत्मीयता पाइरहिन् ।

वानीरा लामो समयदेखि मधुमेहको शिकार थिइन् । साथै उनी २०७३ सालदेखि अल्जाइमर रोगबाट पनि पिडीत हुन थालेकी थिइन् । अनि उनी त्यसपछिको दुई वर्षदेखि नै अर्धचेतनाको दिनचर्या धानिरहेकी थिइन् । उनी जेजस्तो अवस्था हुँदा पनि उनका पति शङ्कर गिरीले उनको अटुट सेवा गरिरहे । त्यतिमात्र होइन वानीराको व्यक्तित्व र कृतित्वको प्रचारप्रसारमा समेत उनका पति सधैँ लागिरहे । अनि वानीरा अशक्त भएर मान्छे नै नचिन्ने अवस्थामा पुगेपछि उनका पति उनको व्यक्तित्वलाई अझ चम्काउने हिसावमा लागिपरे । अनि वानीराका पति शङ्कर गिरीकै प्रबल इच्छाले २०७६ सालमा वानीरा फाउन्डेशनको स्थापना भयो । सो फाउन्डेशनको पुँजी राशि झन्नै सात करोड रुपियाँ बराबर रहेको छ ।

नेपाली साहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीलाई कोरोनाको सङ्क्रमण भएको थियो । छेवैको सिभिल अस्पताल पुर्‍याएको आधा घन्टामा नै उनी दिवङ्गत भएको डाक्टरले घोषणा गरेका थिए । भनौँ २०७८ साल जेठ ९ गते आइतबार राति १० बजे उनले प्राण त्यागेकी थिइन् ।

वानीराका जीवनमा जति उतारचढाव आए पनि उनी त्यति नै सबल, सक्षम र सक्रिय रूपमा जीवनका वास्तविकतासँग लुकामारी खेल्दै हिँडिन् । त्यही परिवेशमा नहल्ली हिँडिरहँदा उनले जीवन्त कविता लेख्तै आफ्नो काव्यात्मक व्यक्तित्व जनसमक्ष प्रस्तुत गर्दै अघि बढिन्:

कानमायाको मानव अधिकार
तिनै चोला र पेटिकोटहरूबाट उदाउँछ
तिनै भोटा, पेटेभोटा र कानेटोपीहरूमा झुल्कन्छ
मान्छे र मान्छे नै मात्रको इन्द्रेणीमा रङ्गिन्छ ।

वानीरा गिरीका कृति

कवितासङ्ग्रह
१. एउटा एउटा जिउँदो जङ्गबहादुर (२०३१)
२. जीवन थाय्मरु (२०३४)
४. मेरो आविष्कार (२०४१)
८. काठमाडौँ काठमाडौँ (२०६८)

उपन्यास
३. कारागार (२०३५)
५. निर्बन्ध (२०४२)
६. शब्दातीत शान्तनु (२०५६)

निबन्धसङ्ग्रह
७. पर्वतको अर्को नाउ“ पार्वती (२०६७)
९. जङ्गल जङ्गल (२०६९)

अङ्ग्रेजीभाषा
१०. From the Other End (1987)
११. My Discovery (1996)
१२. From the Lake, Love (2000)
१३. The Prison (2005)

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 439
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्यायाक्स

December 26, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा गब्रिएला मिस्त्राल

October 21, 2023

आँखाका भगवान सन्दुक रुइत

June 16, 2023

नोवेल पुरस्कार विजेता नारी प्रतिभा पर्ल बक

May 30, 2023

नोबेल पुरस्कार विजेता नारी हस्ताक्षर सेल्मा लागरलोफ

May 14, 2023

नोवेल पुरस्कार विजेता नारी साहित्यकार सिग्रिड उन्डसेत

April 10, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.