गीता सापकोटा युवा पुस्ताकी कवि एवम् सर्जक प्रतिभा हुन् । उनको कलम पछिल्लो समय जीवनी विधामा पनि त्यत्तिकै सशक्त रूपमा चलिरहेको छ । उनको साहित्यसागरको यस शृङ्खलामा नोवेल पुरस्कार विजेता नारी प्रतिभा नेली स्याक्सको जीवनी रहेको छ । यस जीवनीले नोवेल पुरस्कार विजेता नारी नेली स्याक्सको संघर्षपूर्ण जीवनकथालाई प्रस्तुत गरेको छ ।
-सम्पा. |
नेली स्याक्स नोवेल पुरस्कार प्राप्त गर्ने नारी प्रतिभा हुन् । उनका जीवनमा विविध अप्ठ्यारा र फरक अवसर थिए । त्यसो भए पनि उनले साहित्य लेखेरै नाम कमाइन् ।
स्याक्सले जस्तोसुकै परिस्थितिमा पनि कलम चलाइरहिन् । उनले कलम चलाएर आफ्नो नाम मात्र उठाइनन् । परिवार र समाजमा मात्र चिनिइनन् । देशमा मात्र चिइइनन् । उनले आफूसँगसँगै विश्वमा स्विडेनको नाम पनि उठाइन् । उनले सन् १९६६ सालमा संयुक्त रूपमा नोवेल पुरस्कार पाएकी थिइन् ।
साहित्यका विभिन्न विधाहरूमध्ये कविता विधा धेरैले लेख्ने विधा हो । यस विधालाई कम पढिने विधा भन्ने आरोप पनि छ । यसै विधाका पाठक बढी भएको तथ्यलाई लुकाउन पाइँदैन । नेली म्यास कविता सिर्जनाबाट चर्चाको शिखरमा पुगेकी व्यक्तित्व हुन् । उनले सबै भन्दा प्रिय विधा कवितालाई नै बनाइन् ।
नेली स्याक्सको जन्म सन् १८९१ डिसेम्बर १० मा भयो । उनी जर्मनीको बर्लिनमा जन्मेकी थिइन् । उनी आमा मार्गरेट कार्गर र बुबा विलियम स्याक्सकी एक मात्र सन्तान थिइन् ।
स्याक्स अफ्नै परिवारबाट कला क्षेत्रमा लाग्न अभिप्रेरित बनिन् । उनका बुबा पियानो बाधक थिए । बुबाको कलामा रुचि भएकाले उनको घरको वातावरण सङ्गीतमय र कलामय थियो । यसको प्रभाव नेलीमा बाल्यकालदेखि नै पर्दै गयो ।
पारिवारिक प्रभावका कारण नेली सङ्गीत र नृत्यतिर आकर्षित भइन् । उनी त्यसै विषयको अध्ययन र तालिममा सहभागी हुन थालिन् । उनको प्रारम्भिक शिक्षा घरमै निजी शिक्षकबाट भयो । पछि विद्यालय गइन् ।
सानैदेखि सङ्गीततर्फ रुचि राख्ने नेली पन्ध्र वर्षको उमेरदेखि कविता लेखनमा प्रवेश गरिन् । उनले स्विडेनकी लेखिका सेल्मा लागरलोफसँगको साहित्यिक पत्रकारिता र अष्ट्रेलियाली लेखक स्टेफान ज्विगको प्रभाव र प्रेरणाले गर्दा पत्रपत्रिकामा आफ्ना कविताहरू प्रकाशित गर्न थालिन् । सन् १९२१ मा नेलीको पहिलो कृति लिजेन्ड्स एन्ड स्टोरिज सार्वजनिक भयो ।
नेलीका पिता रुचिले पियानो बादक थिए । उनी पेसाले भने ठुला उद्योगपति थिए । उनी यहुदी धर्मावलम्बी थिए । उद्योगपति बाबुकी छोरी नेलीमा यहुदी जनजीवनको निकै प्रभाव थियो । उनको दोस्रो कृति द हाउसेज अफजेय (१९४७) हो । यस कविता सङ्ग्रहमा उनले यहुदीहरूले भोग्नु परेका दुःखपीडाको चित्रण गरेकी छन् । यी कवितामा यहुदी समुदायका अनेक पक्ष र संस्कृतिसंबद्ध विम्बको प्रयोग भएको पाइन्छ ।
सन् १९२० देखि १९३० सम्मको एक दशकको समयमा उनका थुप्रै रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रशस्त मात्रामा प्रकाशित भइसकेका थिए । तर सन् १०३० मा उनले पितृवियोग सहनु पर्यो । आमाबुबाकी एक मात्र सन्तान भएकी हुँदा बुबाको निधनको चोटले उनी र उनकी आमा ठुलो विपत्तिपूर्ण रूपमा जीवन जिउन थाले । उनीहरू पिताका उद्यमका विषयमा अनजान प्रायः थिए । अर्कातिर त्यस बेलाको शासन व्यवस्था पनि विधावा र अनाथहरूका लागि अनुदार थियो ।
पिता बितेपछि उनलाई सन् १९४० मा नाजी सरकारले श्रमशिविरमा पठाउने कुरा चलिरहेको थियो । जर्मनीको त्यतिबेलाको नियमअनुसार यस्ता असहायहरूलाई लेवर क्याम्प पठाइन्थ्यो । त्यही नियमअनुसार यिनीहरू पनि लेवर क्याम्प चलान हुने अवस्थामा थिए
स्याक्सले आफ्नी स्विडेनेली पत्र मित्र सेल्मा लागरलोफलाई उनले यो कुरा सुनाइन् । यस्तो कष्ठकर समयको सामना गर्नबाट जोगाउँदै सेल्मा लागरलोफले उनलाई स्विडेनमा बोलाइन् । अन्ततः नेली आफ्नी आमालाई पनि लिएर स्विडेनमा बसाईँ सरिन् ।
समय सधैँ अनुकूल हुँदैन । उनी श्रमशिविर जानबाट त बचिन् । तर परिस्थिति अनुकूल रहेन । उनलाई त्यत्रो दलदलबाट उद्धार गर्ने ती स्विडिस कवयित्रीसँग यिनको भेट हुन पाएन । उनी स्विडेनको स्टकहोममा पुग्दा तिनको निधन भइसकेको थियो । यो दुःख उनका जीवनमा पिताको निदन भन्दा दुःखद भयो ।
जे भए पनि उनी स्वीडेन पुगिसेकी थिइन् । उनले स्विडेनेली भाषा सिकेर स्डिेनेली कविहरू गुनार एकेलोक, एरिक लिन्डेग्रेन र योहान्स एडफेन्ट आदि कविका कविताहरूलाई जर्मन भाषामा अनुवाद गर्न थालिन् । अनुवाद नै उनको जीविकाको आधार पनि भयो ।
सन् १९५० मा फेरि उनले मातृवियोग सहनु पर्यो । यो उनका जीवनको अर्को दुःखद घटना थियो । आफ्ना आमाबुबा नै गुमाइसकेपछि नेली एक्ली भइन् । उनलाई अफ्ठ्यारोमा पर्दा सघाउने साथी पनि थिइनन् । उनको जीवनबोध आम मानिसको भन्दा फरक पर्यो ।
स्याक्सले आजीवन अविवाहित रहेर साहित्य सिर्जनामा लागिरहिन् । उनले वैवाहिक जीवन आरम्भ गर्दा आउने समस्या उल्झन केहीमा पनि नलागि लेखिरहिन् । उनले स्विडेनमा लामो समयसम्म एकल जीवन बिताइन् । बाहिरबाट हेर्दा उनको जीवन निरस थियो । उनले क्रमशः आन्तरिक सुधार गरिरहिन् । उनले आफ्नो जीवनर्लाइ साहितयकै रसमा लागिरहिन् । साहित्य सिर्जना र अनुवादका कार्यमा उनले निरन्तरता दिइरहिन् । फलतः विस्तारै उनी अन्तराष्ट्र्रिय जगत्मा नै चर्चामा आउन थालिन् ।
स्याक्सका पछिल्लो समयमा प्रकाशित कृतिहरूमा सन् फ्लाइट एन्ड मेटामर्फोसिस् (१९५९) निकै उत्कृष्ट कृति हो । यसमा उनले यहुदीहरूलाई ग्याँस च्याम्बरभित्र राखेर गरिएको पासविक हत्या, निराशा, निर्वासन र भाग्यका बिडम्बनाहरूलाई प्रतीकात्मक रूपमा चित्रण गरिएको छ (पौडेल र अन्य, पृ. १२३) । यही प्रतीकात्मक सामथ्र्यले उनी सफल बनिन् ।
नेलीले स्विडेनमा पलायन भएपछि त्यहीँको नागरिकता लिएकी थिइन् । उनी स्विडेनेली नागरिक बनेकी भए पनि उनको प्रतिभाको सम्मान गर्दै जर्मन सरकारले पनि नेली स्याक्सलाई विभिन्न कदरपत्रद्वारा उनको प्रतिभाको सम्मान गर्यो । समय क्रममा उनको ख्याति अझ बढ्दै गयो ।
नेलीले जीवनमा निकै दुःख पीडाको सामना गर्नुपर्यो । यद्यपि उनले प्रतिभा प्रस्फुटन र प्रदर्शन गर्ने कार्यमा निरन्तरता दिइरहिन् । त्यसैको फलस्वरूप उनले साइन्स इन द स्यान्ड (१९६२), ओ द चिम्निज (१९६७), द सिकर एन्ड अदर पोइम्स (१९७०) आदि कृतिहरू पनि प्रकाशित छन् । यी कृतिहरू आआफ्नै महत्त्वका साथ चर्चामा छन् ।
नेली मूलतः कवि र नाटककार हुन् । उनले यिनै विधाका माध्यमबाट यहुदीहरूको भोगाइलाई विशेषत आफ्ना सिर्जनामा पस्किने काम गरिन् । पन्ध्र वर्षकै उमेरदेखि कविता लेखनको प्रारम्भ गरेकी नेलीको प्रवृत्तिगत विशेषता स्वच्छन्दावादी भावधारा निकट छ । उनी यहुदी समुदायसंवद्ध विश्वास र व्यवहारलाई रहस्यवादी चिन्तनअनुरूप प्रकट गरिरहेकी भेटिन्छिन् । उनी स्वतन्त्र अध्ययनमा गहिरो रुचि भएकी प्रतिभा हुँदा उनका बौद्धिक चेतनाले खारिएका कविता र नाटकहरू लेखिए । उनको यही बौद्धिक र उच्च कलात्मक लेखनका लागि सन् १९६६ को नोबेल पुरस्कार प्रदान गरियो । उनलाई यो पुरस्कार इजरायलका लेखक स्यामुएल एगनोनसँग संयुक्त रूपमा प्रदान गरिएको थियो । यो उनका जीवनको ठुलो उपलब्धि थियो ।
विश्व प्रसिद्ध साहित्यिक पुरस्कार पाएको चार वर्षपछि सन् १९७० मे १२ का दिन स्टक होममा उनको दुखद निधन भयो । उनले यस पुरस्कारबाट अभिप्रेरणा लिएिर धेरै कृति लेख्न पाइनन् तर उनको सिर्जनशील जीवन सम्मानित बन्यो । आज उनका रचना विश्वका विभिन्न भाषामा अनुदित भएर पढिइरहेका छन् ।
-इलाम