मसान उपासक (२०४५ बैशाख १४, मकवानपुर, बकैया–१२, ठिंगन, सुपुत्र : गोमाकुमारी सञ्जेल र रामप्रसाद सञ्जेल) युवापुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा हुन् । उनी प्राय: कविता लेखनमा क्रियाशील देखिन्छन् । उनी मोफसलमा रहेर साठीको दशकदेखि साहित्य सिर्जनामा क्रियाशील छन् । उपासकले झरना साहित्यिक परिवारका सचिव, राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको केन्द्रिय सचिवालय सदस्य एबम् बागमती प्रदेश अध्यक्ष एवम् प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालको केन्द्रीय सदस्य बनेर साहित्यसेवा गरेका छन् । शिक्षण, पत्रकारिता र गैससकर्मीका रूपमा समेत सक्रिय उपासक आफूलाई साहित्यकारकै रुपमा चिनाउन गौरव मान्छन् । उनका थुप्रै फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन् । मानचित्रमा देश (२०७९ कवितासङ्ग्रह), र अक्षर आरधन (गजलसङ्ग्रह, २०६९) उनका प्रकाशित कृतिहरू हुन् । उनले झरना–हेटौँडा सेतुको मुखपत्रका रूपमा रहेको मुक्तक बिशेष हवाई पत्रिका मुक्तम मञ्जरीको सम्पादन पनि गरेका छन् । प्राय: कविता, कथा, गजल, मुक्तक, हाइकु, नाटक, निबन्ध, समालोचनालगायतका क्षेत्रमा कलम चलाउँदै आएका यी प्रतिभाको साहित्यसागरमा समीक्षा प्रकाशन भएको छ । ‘मकवानपुर जिल्लाको गजलको इतिहास’ शीर्षकको सर्वेक्षणात्मक समीक्षा समेटिएको छ । यस समीक्षाले मकवानपुर जिल्लाको गजलको इतिहासको सर्वेक्षण गरेको छ ।
-सम्पा.
|
बि.स.१९४० तिर मोतिराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको शुभारम्भ गरे । मकवानपुर जिल्लाको साहित्य लेखनको इतिहासलाई हेर्दा वि.स. १९९८ सालभन्दा अघिको साहित्यिक लेखोट पाइँदैन । तत्कालीन मकवानपुरको सदरमुकाम भीमफेदी त्यसबेलाका हरेक खाले चहलपहलको केन्द्रका रूपमा रहेको पाइन्छ । वि.स. १९९९ सालमा भीमफेदी निवासी गणेशलाल श्रेष्ठको ‘मेरा दुई पुष्पाञ्जली’ गीत, गजल र भजन सङ्ग्रहका रूपमा प्रकाशन गरेको देखिन्छ । डा. भवानीभक्त सिंह प्रकाशक रहेको यो कृति नै मकवानपुर जिल्लामा हालसम्म प्रकाशित कृतिमध्ये सबैभन्दा पुरानो कृति मानिन्छ । यसो भनिए पनि यस कृतिलाई गजलको आधिकारिक लेखोट मानिँदैन ।
वि.स. २००९ सालमा ज्योति पुस्तकालय भीमफेदीको स्थापनापछि मकवानपुरे साहित्यले बिस्तारै गति लिन थालेको देखिन्छ । त्यसै क्रममा २०१८ सालमा नव कला कुञ्ज हेटौँडा, २०१९ सालमा राप्ती क्लब भैँसे र राप्ती पुस्तकालय भैँसेको स्थापनाले पनि साहित्यिक–सांस्कृतिक जागरणका क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको देखिन्छ । यसै क्रममा राप्ती क्लब तथा राप्ती पुस्तकालयले तुल्सी थापाको सम्पादकत्वमा ‘राप्ती’ हस्तलिखित पत्रिका पनि प्रकाशन गरेको देखिन्छ । यद्यपि मकवानपुरे गजल लेखन निकै पछि मात्र प्रवेश गरेको पाइन्छ ।
आधिकारिक रुपमा यही मितिबाट गजल लेखन शुरु भएको हो भन्न नसके पनि चालिसकोे दशकबाटै मकवानपुरे गजल लेखन सुरु भएको मान्न सकिन्छ । तत्कालीन समयमा भीम विरागले सोही समयबाट गजल लेखेको भनिए पनि निमेष निखिलको “मकवानपुरे गजल : एक सर्वेक्षण” शीर्षकको लेखमा सो समयमा भीम विरागका गजलहरू कतै प्रकाशित भएको नदेखिएको उल्लेख गरिएको छ । यस हिसावले हेर्दा स्व. खेम बानियाँको वि.स. २०४७ मा लेखिएको गजल नै मकवानपुरको पहिलो गजल मान्न सकिन्छ ।
आजसम्मका अध्येतामध्ये धेरैले मकवानपुरमा पहिलो गजल लेख्नेमा भीम विरागलाई नै मानेका छन् । सो कुरालाई केशव उपाध्यायले केही समालोचनात्मक लेखहरूबाट पनि पुष्टि गरेका छन् । तीसको दशकमा प्रकाशित उनका गजलहरू नभेटिए पनि २०५७ सालमा उनका रेकर्डिङ भइसकेका गीत÷गजलहरूको सङ्ग्रह भीम विरागका गीत÷गजल (२०५७) ले उनी नै मकवानपुरका पहिलो गजलकार भएको पुष्टि हुन्छ ।
मकवानपुरमा पचासको दशकपछि गजल लेखन निकै फस्टाएको देखिन्छ । पचासको दशकमा साम्ब ढकाल, केशवलाल तौजले, निमेष निखिल, इन्द्रजित शर्मा चौँलागाईंलगायतले गजललाई अगाडि बढाएको पाइन्छ । वि.स.२०५३ सालबाट गजल लेख्न थाल्नुभएका इन्द्रजित शर्मा चौँलागार्इंले त मकवानपुरे गजलको निकै मलजल गरेको हामी पाउछौँ ।
वि.स. २०५३ कार्तिक÷पौषको आफ्नो नवौँ अङ्कमा ‘झरना’ले गजल अङ्क प्रकाशित गरेको थियो भने २०५६ सालतिर रामकुमार एलनद्वारा सम्पादित ‘पलाँस’ हवाइ पत्रिकाले पनि गजल अङ्क प्रकाशित गरेको थियो । वि.सं.२०५७ मा मकवानपुरमै पहिलो गजल सङ्ग्रहको रुपमा भीम विरागका गीत÷गजल (२०५७) सङ्ग्रह प्रकाशित भएपछि मकवानपुरे गजल लेखनमा गजलकारहरू कृतिकारको रुपमा पनि देखिन थालेका हुन् ।
साठीको दशक मकवानपुरे गजल इतिहासका लागि कोशेढुङ्गो सावित हुन आउँछ । यहाँ वि.स.२०६१ सालमा गजल मञ्च मकवानपुरको गठन भएपश्चात सङ्गठित रुपमै गजल लेखनको विकास भएको देखिन्छ । राम अविकासको नेतृत्वमा गठन भएको गजल मञ्चले नियमित रुपमा मासिक ‘गजल यात्रा’ सञ्चालन गरेपछि गजल लेखनमा अझै आकर्षण बढेको पाइन्छ ।
साठीको दशकमा राम अविकास, श्यामकुमार वानियाँ, सुवास खनाल, दीपक गौतम, देवकी सापकोटा, शरण वानियाँ, खेम बोलखे, हेमराज आचार्य ‘हमराज’, रमण सिन्धु, राजेश थापा ‘गरीब’, नानु थापा, बबी थापा, विनिता महत, ओमप्रकाश खुलाल, सुमित्रा आचार्य, कञ्चन प्रकृति, दीपकश्री सापकोटा, उद्धब सापकोटा, विश्व राई, राधिका अधिकारी ‘आँसु’, सरला बोलखे, सिर्जना सापकोटा, चिरञ्जीवि चकोर, छवि अनित्य, मनोज पोखरेल, सरिता शशी, सुमित्रा लामा ‘सुमी’, बिमला कार्की ‘सुसं’, मिलन बञ्जारा, विश्वनाथा सञ्जेल, प्रवीण भण्डारी ‘पर्वत’, योजना अधिकारी, अम्बिका बिहानी, बसन्त खरेल, निर्जन ‘ताजुप’, भावना सापकोटा, उमेश तिमल्सिना, प्रदीप भण्डारी, सुन्दर कार्की ‘रोदन’ लगायतले मकवानपुरमा गजल लेखनमा सक्रियता देखाएको देखिन्छ ।
यो विचमा थुप्रै गजल सङ्ग्रहहरू प्रकाशित भएका छन् । ती निम्नानुसार छन् ।
भीम विरागका गीत÷गजल (२०५७) भीम बिराग
सिर्जनाका हातहरू (२०५८) पालुङगे चरो
नदि किनारमा उभिएर (२०६१) अनमोल मणि
बिथोलिएको मन (२०६१) बबी थापा
समयको छाया (२०६४) इन्द्रजित शर्मा चौलागाईं
पत्थरको मान्छे (२०६६) विमला कार्की ‘सुसं’
स्पन्दन (गजल सङ्ग्रह) २०६६ ऋषि के. बी.
दबिएका स्वरहरू (२०६७) राम बर्तौला ‘आँसु’
रगतले लेखिएको इतिहास (गजल नाटक) २०६७ ऋषि के. बी.
पलपलको मूल्य (२०६८) विश्वनाथ सञ्जेल
आगमन (२०६९) विनिता कार्की
घाम नभएको आकाश (२०६९) विमला कार्की ‘सुसं’
सम्झना बिर्सना (२०६९) राम कार्की
भावलहर (२०६९) कुमार स्याङ्बो
भावहरूका सन्दर्भ (२०७०) देवराज तिवारी
पढेपछि थाहा पाउँछौ (२०७०) अनिष न्यौपाने ‘भावना’
सम्बन्ध (२०७१) सुरेश कार्की ‘निषाद’
कहर (२०७७) किशन पौडेल
फर्कियौ किनारबाट (२०७८) विश्वनाथ सञ्जेल
अक्षर आराधन (२०७९) मसान उपासक
गोधुली चिन्तन (२०७७) भोलाप्रसाद सिवाकोटी र एस.आर मञ्जरी ओली
हार्न नजान्ने मान्छे म (२०८०) गणेश तिमल्सिना
सिर्जनाका हातहरू (२०५८) पालुङगे चरो
नदि किनारमा उभिएर (२०६१) अनमोल मणि
बिथोलिएको मन (२०६१) बबी थापा
समयको छाया (२०६४) इन्द्रजित शर्मा चौलागाईं
पत्थरको मान्छे (२०६६) विमला कार्की ‘सुसं’
स्पन्दन (गजल सङ्ग्रह) २०६६ ऋषि के. बी.
दबिएका स्वरहरू (२०६७) राम बर्तौला ‘आँसु’
रगतले लेखिएको इतिहास (गजल नाटक) २०६७ ऋषि के. बी.
पलपलको मूल्य (२०६८) विश्वनाथ सञ्जेल
आगमन (२०६९) विनिता कार्की
घाम नभएको आकाश (२०६९) विमला कार्की ‘सुसं’
सम्झना बिर्सना (२०६९) राम कार्की
भावलहर (२०६९) कुमार स्याङ्बो
भावहरूका सन्दर्भ (२०७०) देवराज तिवारी
पढेपछि थाहा पाउँछौ (२०७०) अनिष न्यौपाने ‘भावना’
सम्बन्ध (२०७१) सुरेश कार्की ‘निषाद’
कहर (२०७७) किशन पौडेल
फर्कियौ किनारबाट (२०७८) विश्वनाथ सञ्जेल
अक्षर आराधन (२०७९) मसान उपासक
गोधुली चिन्तन (२०७७) भोलाप्रसाद सिवाकोटी र एस.आर मञ्जरी ओली
हार्न नजान्ने मान्छे म (२०८०) गणेश तिमल्सिना
मकवानपुर जिल्लाको साहित्यिक विकास र विस्तारमा जिल्लाभित्र स्थापना भएका विभिन्न सङ्घसंस्था, पत्रपत्रिकाको प्रकाशन, पुरस्कारहरूको स्थापना आदिले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पछिल्ला दिनमा विभिन्न सामाजिक, सांस्कृतिक सङ्घसंस्थाहरू, विद्यालयहरू, क्लबहरू, पुस्तकालय आदिले प्रकाशन गर्ने स्मारिका, समाचारमूलक दैनिक तथा साप्ताहिक पत्रपत्रिका आदिले पनि साहित्यलाई स्थान दिएर गजल लेखनमा सहयोगी भूमिका निर्वाह गरेको देखिन्छ ।
मकवानपुरका विभिन्न साहित्यिक तथा गैरसाहित्यिक सङ्घसंस्थाहरूले बेलाबेलामा आयोजना गर्ने साहित्य गोष्ठीहरूले पनि जिल्लाको साहित्यिक विकास, विस्तार र प्रतिभा प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । यसरी सबै क्षेत्रको माया पाएर मकवानपुरे गजल झ्याँङ्गिदै र मौलाउँदै गएको देखिन्छ ।
मकवानपुरे गजलको विगतदेखि वर्तमानसम्म हेर्दा थुप्रैथुप्रै गजल सर्जकहरूले मकवानपुरे गजलको उठान र विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेको देखिन्छ । माथि उल्लेखित नामहरूमध्ये कतिपय नामहरू विगतदेखि आजसम्म पनि निरन्तर साधनारत छन् भने धेरैजसो प्रतिभा समयक्रममा हराइसकेका छन् । मकवानपुरे साहित्यको पछिल्लो समयसम्म सक्रिय रहेका केही गजलकारका नामहरूमा आर. आर. चौलागाईं, साम्ब ढकाल, तुलसी घिमिरे, निमेष निखिल, विश्वनाथ सञ्जेल, मसान उपासक, श्यामकुमार बानियाँ, दीपक गौतम, सुवास खनाल, उमेश तिमल्सिना, चिरञ्जीवी लामिछाने, देवराज तिवारी, केशव समर्पण, विशाल अधिकारी ‘आशुतोष’, किशन पौडेल, डी.बी. बर्ताैला, सानु खनाल, हरि पौडेल, सुवास सजल, विधान स्पर्श, गोकर्ण लामा, भानुभक्त विष्ट आदिको नाम उल्लेख्य रहेको छ । त्यसैगरी भावना सापकोटा, अमृता नेपाल, विमला कार्की, विनिता कार्की, मनु रेग्मी ‘आशा’, आदिको नाम अघि सार्न सकिन्छ । यस्तै सन्जित श्रेष्ठ, मुस्कान तिमल्सिना, मिलन बन्जारा, गौतम भद्रध्वज, मञ्जु खराल, सुन्दर कार्की ‘रोदन’ आदि पनि मकवानपुरको गजल लेखनमा सक्रिय नामहरू हुन् ।
मकवानपुरे गजलमा पछिल्लो समय किशोर पुस्ताको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ । गजल मञ्चका पछिल्ला कार्यक्रमहरूमा नवपुस्ताको उपस्थिति उलेख्य रूपमा देखा पर्न थालेको छ । स्वस्तिका दहाल, स्वस्तिका बानियाँ, प्रसिद्धिका लम्साल, प्रसन्ना चौलागाईं, रोशनी चौलागाईं, कृतिका लौडारी, उषाकिरण अधिकारी, उज्ज्वल बराल, इलिशा पराजुली, रियाज कार्की आदि थुप्रै नामहरू मकवनपुरको गजल परम्परामा लिन सकिने नामहरू बनेका छन् ।
सन्दर्भ सूची
झरना (छतिवन बिशेषाङ्क) अङ्क २५, प्रकाशक झरना साहित्यिक परिवार मकवानपुर
अन्जान, बिर्खे. मकवानपुरका काव्य : अवलोकन र अध्ययन. मकवानपुर : थाहा नगरपालिका
गजल यात्रा–१. मकवानपुर : गजल मञ्च मकवानपुर
गजल यात्रा–२. मकवानपुर : गजल मञ्च मकवानपुर
गजल यात्रा–३. मकवानपुर : गजल मञ्च मकवानपुर
झरना (छतिवन बिशेषाङ्क) अङ्क २५, प्रकाशक झरना साहित्यिक परिवार मकवानपुर
अन्जान, बिर्खे. मकवानपुरका काव्य : अवलोकन र अध्ययन. मकवानपुर : थाहा नगरपालिका
गजल यात्रा–१. मकवानपुर : गजल मञ्च मकवानपुर
गजल यात्रा–२. मकवानपुर : गजल मञ्च मकवानपुर
गजल यात्रा–३. मकवानपुर : गजल मञ्च मकवानपुर
बकैया–४,मकवानपुर