SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ‘मायामहल’को सार्थकता
समीक्षा

‘मायामहल’को सार्थकता

Sahitya SagarBy Sahitya SagarAugust 1, 2023No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कपिल अज्ञात चितवनमा रहेर साहित्य साधनारत प्रतिभा हुन् । उनका समीक्षाका दर्जनौँ कृतिहरू प्रकाशित छन् । प्राध्यापन पेसामा संलग्न अज्ञात विविध सैद्धान्तिक र व्यवहारिक समीक्षा गरिरहेका भेटिन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको निर्मोही व्यासको ‘मायामहल’ निबन्ध कृतिको समीक्षालाई समेटिएको छ । यस समीक्षाले कृतिका विविध पक्ष उजागर गरेको छ ।

-सम्पा.

निर्मोही व्यास (प्रा.डा. वेदव्यास उपाध्याय न्यौपाने) नेपाली साहित्यका यात्रासंस्मरणकार–संस्मरणकार र सिद्धान्तकार दुवै हुन् । सोह्रवटा संस्मरणहरू सँगालिएको उनको सोह्रौं कृति ‘मायामहल’ (२०७७) यात्रासंस्मरणात्मक र संस्मरणात्मक दुवै रूपमा गरी सातौं र संस्मरणात्मक रूपमा मात्र चाहिं तेस्रो शिखर आरोहण हो । सामान्यभन्दा विशेष गुणात्मक भएकैले यहाँ ‘शिखर आरोहण’ पदावलीको उपयोग गरिएको हो । संस्करणकार व्यास स्वयं सिद्धान्तकारसमेत भएकाले संस्मरणको स्मृतिमयता, स्थितिशीलता, पारिवेशिक परिवृत्तता, तथ्यात्मकता आदि तत्त्वको विवित्साप्रति प्रकाश पार्नु त्यति आवश्यक परेन ।

‘मायामहल’ पुस्तकभित्र क्रमानुसार सातौं स्थानमा रहेको संस्मरण हो ‘मायामहलमा दुर्योधन नियति’ । राष्ट्रिय स्तरका विभिन्न साहित्यिक पत्रिकामा पूर्वप्रकाशित संस्मरण भए पनि कृतिगत रूपमा समेटिएर आउँदा यसको बेग्लै प्रभाव पर्नु स्वाभाविकै हो । ‘मायामहल’ शीर्षक नै विम्बात्मक वा ध्वनिमूलक प्रतीत हुन्छ । पौराणिक मिथकलाई पृष्ठभूमिमा राखेर विशेष दुई अप्रत्याशित घटनाद्वारा आफू मर्माहत भएको संस्मरणात्मक कारुणिक दृष्टान्त प्रस्तुत गर्दै सामयिक राजनीतिका सङ्घीयता, लोकतन्त्र, गणतन्त्र आदि घटकहरू मायामहलझैं भ्रान्तियुक्त वा धोकायुक्त भएको स्थितिलाई सङ्केत गरेको बुझ्न सकिन्छ । यद्यपि कृतिभित्र राजनीतिको गन्धसम्म पनि भेटिन्न । यसरी आफैंले भोगेका घटनाचित्रबाट सामयिक वस्तुस्थितिको बोध गराउन सक्ने कृतिको शीर्षक नै ‘मायामहल’ राखिनु अत्यन्त सटीक र सार्थक देखिन्छ । संसार सब माया हो, भौतिक सम्पदा सब मायामहल हुन् भन्दै व्यक्ति वा समाजलाई आध्यात्मिकतातर्फ उत्प्रेरित गर्नु पनि कृतिकारको उद्देश्य हुनसक्छ । यस दृष्टिले पनि ‘मायामहल’ शीर्षकको सार्थकता पुष्टि हुन आउँछ ।

व्यासमा स्रष्टाचेत मात्र नभएर समीक्षात्मक चेत पनि तीव्र छ । ‘महर्षि मदनमणि दीक्षित’ संस्मरणमा उनले समीक्षात्मक चेतको भरपूर उपयोग गरेका छन् । दीक्षितसँगको साक्षात्कारमा दीक्षितका उपलब्ध समग्र कृतिको समीक्षण गर्दै दीक्षितका कृति अत्यन्त ऊर्जादायी भएको र आफू तीबाट अत्यन्त लाभान्वित हुन पुगेको धारणा व्यक्त गरेका छन् । साथै दीक्षितको परिवार समेत प्रेरणाप्रदायक रहेको रोचक विवरण प्रस्तुत गरेका छन् । सदा सिर्जनात्मक लेखनमै रमाइरहने व्यास र दीक्षितसँगका भेटका अनेक प्रसङ्गले दुवैको सिर्जन सामथ्र्य र रचनास्तरको बोध हुन्छ । स्मृतिको अन्तर्तहबाट लेखिएका सिर्जनशीलताका निकै प्रेरणादायी अंशहरू सन्निहित रहेकाले यो संस्मरण ऐतिहासिक महत्त्व राख्ने निकै उच्च स्तरको संस्मरण देखिन्छ । रचनात्मक शक्ति सामथ्र्यका आधारमा दीक्षितलाई ‘महर्षि’ उपाधि दिनु पनि समीचीन लाग्दछ ।

‘देवमन्दिरमा डेढ महीना’ मा ‘रत्नश्री’ पत्रिकाका सम्पादक–प्रकाशक शान्तदेव भट्टराई र उनकी पत्नी शान्ता भट्टराई सरल, निश्छल, निस्पृह, सहृदयी, सहयोगी र आत्मीय भावनाले भरिपूर्ण उनीहरूप्रति हार्दिकताकाले संबोधन गरिएका शब्द हुन् ‘दाजु–भाउजू’ । ‘निर्मोही व्यास’ यो साहित्यिक नाम सर्वप्रथम ‘रत्नश्री’ मै छापिएको उल्लेखसहित पीएच.डी.गर्ने धोको बोकेर आज झुसिल्किराभैंm समाधिमग्न भई भोति पुतली हुने महत्त्वाकाङ्क्षामा डेढमहीनाको छोटो अवधिमै गम्भीर चुनौतीहरू पार गरी शोधार्थीमा दर्ता हुन पुगेको रोचक र मार्मिक प्रसङ्ग उल्लिखित छ । उदार भावनाका शान्तदेवको घर व्यासको बौद्धिक कर्मका निम्ति ‘देवमन्दिर’ नै साबित भएको छ ।

राष्ट्रिय महत्त्व राख्ने व्यक्तित्वका बारेमा भएका संस्मरण हुनाले पनि यी अधिक महत्त्वका छन् । ‘घामका पाइला’ का लेखक ध.च.गोतामे पनि त्यस्तै महत्त्व राख्ने व्यक्तिमध्ये एक हुन् । स्नेह र सद्भाव राख्ने हरेक व्यक्तिसँग व्यास नून–चिनी–पानीभैंm घुल्न मिल्न सक्ने भएकाले ध.च.सँग पनि हार्दिक रूपमा घुलमिल हुँदै संस्मरण लेखनका प्रकृति र प्रवृत्तिबाट उत्प्रेरित भएका छन् । संस्मरण र आख्यान दुवै थरी लेखनमा सशक्त रूपले कलम चलाउने ध.च. संस्मरणमा विश्वसनीयता र यथार्थपरकता दुवै हुने भएकाले आफूलाई आख्यानभन्दा संस्मरण लेखन नै अधिक प्रिय रहेको बताउँछन् ।

कहिलेकाहीं अतिसामान्य वस्तुको प्रयोगले पनि विशेष घटनाको रूप लिन्छ । एकले प्रयोग गरेका निजी वस्तु अर्कोले प्रयोग गर्नु राम्रो मानिदैन । त्यस्तै घटनाले आहत तुल्याएको तिक्त प्रसङ्ग ‘गौरादिदीको काइँयो’ मा वर्णित छ । भ्रामरी दशा आएपछि नचिताएको घटना पनि घटित हुन पुग्छ र त्यसमा फसिन्छ । यस संस्मरणमा डा.हंसपुरे सुवेदीको घरमा आतिथ्यमा जाँदा आफूले अनजानमै त्यस्तो निषिद्ध वस्तुको प्रयोग गर्न पुगेका कारण लेखकले हुनसम्मको अपमानित भएको महसूस गरेका छन् । यो पाठ जसले पढ्छ, पक्कै पनि अरूका निजी वस्तुको प्रयोगमा सचेत हुन्छ । यस संस्मरणमा तीन प्रसङ्ग छन्,तीनवटैले निजी वस्तुको प्रयोग निषिद्धिको सन्देश दिन्छन् । साधारण वस्तुको प्रयोगबाट असाधारण प्रेरणा दिनु संस्मरणको विशेषता देखिन्छ । लेखकमा परेको मानसिक पीडाबाट पाठक पनि गम्भीर बन्दछ ।

अत्यन्त कारुणिक संस्मरण हो ‘कठै ! मेरा बाबा !’ यसमा चरम आर्थिक अभावमा पिल्सिएका बाबा–आमाको जीवन्त चित्रण छ । शीर्षकले नै यस तथ्यलाई सङ्केत गरेको छ । मृत्युशय्यामा रहेका पिताले आफ्ना सन्तानका निम्ति गरीवी समाप्त पार्न नसकेको आत्मग्लानिबाट संस्मरण प्रारम्भ भएको छ । सरल, सात्विक, शान्त, सत्यनिष्ठ, स्वाभिमानी, निर्लोभी, निरहङ्कारी जस्ता ऋषितुल्य गुणहरू जो पितामा विद्यमान छन्, तिनै गुण पुत्रमा पनि चरितार्थ देखिन्छन् । पिताले आर्थिक सम्पन्नता दिन नसके पनि पुत्र सुसंस्कार र सुशिक्षा प्राप्त गर्नुलाई गौरव सम्झन्छन् । आमाको शारीरिक पीडा र पिताको मानसिक पीडा दुवै बुझेका संस्मरणकार पुत्रले पिताप्रति अर्पण गरेको तर्पण र पिण्डभन्दा ठूलो महत्त्व राख्दछ यस संस्मरणले । यथार्थमा यो संस्मरण पितृ–श्रद्धा संस्मरण हो ।

संस्मरणकारले भोग्नुपरेका विकट स्थितिसँग ‘म कृतज्ञ छु’ संस्मरण सम्बन्धित छ । एकातिर भयानक शत्रु रोग र अर्कोतिर चरम आर्थिक अभाव सम्झँदैमा हरकसैलाई कहाली लाग्छ । स–साना कुरामा ठूलाठूला अपमान पनि उनले बेहोर्नुपर्ने, एकपछि अर्को रोगको प्रहार पनि उनैमाथि आइलाग्ने जस्ता एकपछि अर्का कारुणिक विम्बले उनको जीवन–युद्ध दर्शाइरहेका छन् । समाजमा दुर्जनमात्र होइनन्, सज्जन र सहयोगी पात्रहरू पनि छन् । डुब्न लागेकालाई तृणको सहारा भनेभैंm आफ्नी मुटुकी रोगी पत्नीको उपचारका क्रममा जसले सद्भाव, सहयोग सुझावहरू दिए तिनप्रति संस्मरणकारले कृतज्ञताभाव प्रकट गरेका छन् । यसरी प्रत्येक संस्मरणले अमूल्य ज्ञान, सन्देश र अनुभव प्रदान गरेका छन् ।

अनेक पारिवारिक पीडा बेहोरेका संस्मरणकारले प्राकृतिक पीडा पनि बेहोरेका छन् । पसाहा खोलाको रौद्र रूप देखेर त्यसलाई उनले ‘रिसाहा खोला’ र ‘बौलाहा खोला’ को पनि संज्ञा दिएका छन् । सामान्य कुरा उधिन्दै–उधिन्दै स्मृतिको परिपाकमा प्रत्येक संस्मरणलाई पाठकमा कारुणिकताको सृष्टि गर्न संस्मरणकार सफल देखिन्छन् । ‘गौशालाको बसबिसौनीमा’ अन्यभन्दा लघु आकारको संस्मरण हो । यसमा दुई प्रसङ्ग छन् । एकै प्रसङ्गले संस्मरण पूरा भए पनि अर्को प्रसङ्ग पनि थपिएको छ । र, यी दुवै प्रसङ्गले भिन्नाभिन्नै सन्देश दिएका छन् । मान्छेलाई सुखी हुन कति सम्पत्ति चाहिन्छ ? र खुसी हुन कत्रो कत्रो कारण ? यिनै दुई दार्शनिक प्रश्नको उत्तर दुई प्रसङ्गबाट स्पष्टिएको छ । विवशताले भिखारी हुनु परे पनि मातृजातिमा वात्सल्यभाव हुन्छ र भिखारीमा पनि त्याग र उदारताको सहृदयी भावना सन्निहित हुन्छ भन्ने तथ्यलाई यस संस्मरणले स्पष्ट पारेको छ ।

‘सम्झना श्रद्धाञ्जलि : मृत्युञ्जय स्रष्टाप्रति’ संस्मरण ‘अन्तर्मनको यात्रा’ का लेखक नेपाली साहित्यमा अनमोल रत्नराशि प्रदान गर्ने उनै जगदीश घिमिरेको सम्झनामा आधारित छ । स्रष्टासितको साँचो परिचय भनेकै उसका कृतिसितको प्रगाढ परिचय हो । पङ्क्तिकारबाट घिमिरेका साहित्यिक व्यक्ति र कृतित्वका सम्बन्धमा दर्जनौं लेख लेखिएका छन् । घिमिरे लेखनकै कारण पङ्क्तिकारप्रति स्नेह राख्नुहुन्थ्यो र उपहारस्वरूप आफ्ना अनेक कृति प्रदान गर्नुभएको थियो । माइलोमा क्यान्सरबाट थलिएका घिमिरेलाई भेट्न भनी संस्मरणकार व्याससहित नेपाली साहित्यका ख्यातनामा समालोचक प्रा.डा.केशवप्रसाद उपाध्याय एवं प्रा.राजेन्द्र सुृवेदी भेट्न आउँदा बिरामी घिमिरे स्वयं गाडीचालक भएर उहाँहरूलाई लिन जानुजस्तो अविस्मरणीय सम्झनाको संवादात्मक जीवन्त चित्र यसमा निहित छ ।

संस्मरणको महत्त्वपूर्ण आधार तिथिमिति पनि हो । ‘सम्झनामा धरहरी हाई स्कूल’ मा पनि लेखकले तिथिमिति खुलाएका छन् । उनको दोस्रो जागिर प्रवेशको पहिलो दिन थियो । उनको झिनोमिनो वा दुब्लोपातलो शरीर देखेर आफूजस्तै कुनै पठनार्थी हो कि भन्ने अनुमानले उनलाई उनको समवयी एक जना छात्रले संबोधन गर्नु अनौठो कुरा थिएन किनभने उनको देहयष्टि र स्वभाव नै केटौलेजस्तो देखिन्थ्यो । तर उनी सानै उमेरमा विविध गुणसम्पन्न रहेको तथ्य संस्मरणले नै दर्शाउँछ । संस्मरणकारमा स्वाभिमान र आत्ममूल्याङ्कनको उच्चतम क्षमता रहेको कुरा पनि तलबमानसहितको नियुक्तिपत्रले नै खुलाउँछ । माध्यमिक विद्यालयस्तरको शिक्षण पेशामा प्रवेश गरेर त्यस विद्यालयमा बिताएको कालावधि सर्वाधिक सन्तुष्टिदायक र विद्यालयीय शिक्षक जीवनको स्वर्णकालै रहेको तथ्य संस्मरणकारले महसूस गरेका छन् । साथै जिज्ञासु छात्रका सरल र निर्बोधपनले संस्मरणमा रोचकता थपेका छन् ।

‘तस्मै श्री गुृरवे नम :’ नेपाली समालोचना क्षेत्रका एक मूर्धन्य मनीषी प्रा.डा. केशवप्रसाद उपाध्यायको संस्मरणमा केन्द्रित छ । आत्मीयता संस्मरणका निम्ति आवश्यक तत्त्व हो । त्यही आत्मीय र श्रद्धाभावले यो संस्मरण लेखिएको छ र यसमा संस्मरणकारको नामकरण संस्कारदेखि विद्यावारिधिको दीक्षान्तसम्म एवं त्रि.वि सेवामा प्रविष्टिदेखि प्राध्यापकमा पदोन्नतिसम्म पुरोहित भएका पितातुल्य गुरुप्रति शिष्यधर्मको पालना गरिएको छ । यस संस्मरणमा संस्मरणकार व्यासको बौद्धिक व्यक्तित्वको पाटो स्पष्ट र खुलस्त भएको छ । सानैमा आफ्ना पिताबाट आदर्शपुरुष मानिएका ‘केशवदाजुजस्तो हुनुपर्छ’ भन्ने कुराको प्रभाव संस्मरणकारमा परेको छ र त्यही अनुरूप उनले केशवगुरुबाट मार्गदर्शनसमेत पाइरहेका छन् । उनका गद्यकविताभन्दा पद्यकविता अपेक्षाकृत राम्रा रहेको सुझाव पनि उनै आफ्ना गुरुदाजुबाट पाएका छन् । शोधनिर्देशकका हैसियतले विद्यावारिधिको मौखिक परीक्षामा समेत उपस्थित हुँदा “व्यासजीलाई पीएच.डी.को उपाधि दिए हुन्छ ?” भन्ने सम्बन्धित डीनज्यूको प्रश्नमा डा.केशवको जबाफ व्यासको शोधार्थी व्यक्तित्व र शोधप्रबन्धका सम्बन्धमा निकै मननीय रहेको छ । जस्तै :

“व्यासजीले क्रूर नियति र कठोर परिस्थितिगत अनेक बाधाव्यवधानहरूका बीच अपार धैर्य र संयमका साथ यस्तो स्तरीय शोधप्रबन्ध समयमा नै तयार पारेर बुझाएका छन् । त्यसैले यस शोधप्रबन्धका निम्ति एउटा पीएच.डी.को उपाधि दिन हुने नहुने त के कुरा भयो र ! म त भन्छु यिनलाई यो एउटै शोधप्रबन्धका लागि तीनवटा पीएच.डी.को उपाधि दिनुपर्छ । एउटा ‘यात्रासाहित्यको सिद्धान्त’ को लागि, एउटा ‘नेपाली यात्रासाहित्यको इतिहास’ को लागि र एउटा चाहिं ‘नेपाली यात्रासाहित्यको प्रवृत्तिगत विश्लेषण र मूल्याङ्कन’ को लागि ।….” (‘तस्मै श्री गुरवे नम :’, मायामहल २०७७, पृ. १३९)

यथार्थमा संस्मरणकारको शोधप्रबन्धमा यी तीनवटै विशेषता निहित रहेकाले शोधनिर्देशकमा यो भन्ने आँट आएको थियो ।

सर्वप्रथम सन् १९७० को ‘सगरमाथा’ पत्रिकामा व्यासको ‘सम्झना’ शीर्षकको यात्रासंस्मरण प्रकाशित भएको थियो । त्यस तथ्यको उल्लेख पनि यसै संस्मरणमा छ । र, संस्मरणकारले आफ्नो थातथलो कलैया, बारामा साहित्यिक संस्थाहरूको स्थापनाका साथै महाकवि देवकोटाको प्रतिमा स्थापना गरी भाषिक, साहित्यिक र सांस्कृतिक जागरणको शङ्खघोष गरेको तथ्य पनि यही संस्मरणमा दर्शिएको छ । पछि देवकोटाको उक्त सालिकलाई मधेस आन्दोलनका नाउँमा घनले बजारीबजारी फुटाएर फालिएको र त्यसलगत्तै उनले त्यस पैतृक थलोको परित्याग गर्नुपरेको विडम्बनाको चित्र पनि यसमा अङ्कित छ । यसले निर्मोहीको संस्मरणकार व्यक्तित्वमा निकै महत्त्व राखेको देखिन्छ ।

‘उफ्… खेरै गयो रगत !’ मा २०६२–६३ को जनआन्दोलनमा सहभागी हुँदा घाइते भई प्राणान्तको स्थितिमा पुगेको अत्यन्त कारुणिक अवस्थाको चित्रण छ । संस्मरणकार सत्तालिप्सामा लागेका कुनै पनि दलका कार्यकर्ता नभए पनि सत्यका पुजारी भएकाले स्वेच्छापूर्वक जनआन्दोलनमा ऐक्यबद्धता जनाउन जुलूसमा सहभागी हुन पुगेका थिए । हूलमूलमा जिउ जोगाउनु अनिकालमा बीउ जोगाउनु भन्ने जान्दा जान्दै पनि उनी दौडादौड चलिरहेको आकस्मिक भीडले धकेलिएर बाटोछेउमै गम्भीर घाइते हुन पुगेका थिए । उनको शिरबाट रगतको भल बगेको थियो । एकातिर भर्खरै गजुरीमा बसले किचेर श्रीमती थला परिसकेकी थिइन् । त्यही आलो घाउको खाटा बस्न नपाउँदै त्यो पीडामाथि अर्को पीडा थपिएको थियो । त्यस दु :खदायी भयावह वस्तुस्थितिको विवरण प्रस्तुत गर्दै औषधिको प्रतिक्रियास्वरूप बेहोर्नुपरेको मर्मान्तक पीडाको समेत सूक्ष्मतापूर्वक चित्रण गरेका छन् । उक्त घटनापछिको यस एघार वर्षे अवधिमा देशमा अनेक राजनैतिक परिवर्तन नभएका होइनन्, संसदको पुनस्र्थापना हुँदै लोकतन्त्र, गणतन्त्र र सङ्घीयता समेतको संविधान कार्यान्वयनको चरणमा छ तर व्यास र उनीजस्ता असङ्ख्य नागरिकले त्यस्तो दारुण पीडा झेलेर पनि देश र जनतामा अहिले परिवर्तनको कुनै सुुखद अनुभव हुन नपाउँदा ‘उप्m…खेरै गयो रगत !’ शीर्षकले विडम्बनाको चित्र खिंचेको छ ।

चोटैचोट, घाउ नै घाउ र पीडैपीडाका कारुणिक शृङ्खलाले भरिएका यी संस्मरणहरू संस्मरणकारले मसीले होइन, आँसुले लेखेको अनुभव हुन्छ । यति दु :ख, कष्ट र यातना बेहोरेर पनि संस्मरणकार धैर्य र संयम नछोडी आफ्नो सिर्जनात्मक आरोहणका साथै बौद्धिक आरोहण गर्न पनि चुकेका छैनन् । उनको यो अदम्य उत्साह र आँटबाट हरकुनै पाठक पक्कै पनि चकित हुन्छ । यस्ता दारुण घटनाहरूको शृङ्खला उनेर तयार पारिएको संस्मरण–ग्रन्थलाई ‘मायामहल’ नभनेर ‘जीवनयुद्धका संवेदना’ वा ‘जीवनको विदीर्ण बहीखाता’ भनिएको भए अभैm जँच्थ्यो कि भन्ने लाग्छ । जेहोस्, कारुणिक घटनाहरूको मिहीन चित्रणले, शिल्पसज्जा एवं परिष्कृत शैलीले प्रत्येक संस्मरण अब्बल दर्जाका रचना हुन पुगेका छन् ।

संस्मरणकारका जीवनमा निकै काला दिनहरू आए, तिनै काला दिनमध्ये एक हो ‘दुर्भाग्य यात्रा’ संस्मरणमा आएको दिन पनि । यसमा संस्मरणकारकी पत्नी वीणा कलैया घरबाट काठमाडौंतर्फ प्रस्थान गर्दा बाटोमा बसले गोडा किचेर थलिएको अवस्थाको दारुण चित्रण हो यो संस्मरण । यात्रा प्रस्थान गर्दा दुर्नियतिको कुनै सानो सङ्केत नदेखिए पनि तीन जनाको सहयात्रा हुनु नै अशुभको सङ्केत हो । गम्भीर र जटिल परिस्थितिमा न्यायप्राप्तिभन्दा ज्यानकै सुरक्षाले अधिक महत्त्व राख्दछ । त्यस विषम परिस्थितिमा दर्शकमध्येकै एक हक्की पुरुषको बोलीले उचित दिशानिर्देश गर्‍यो । पुलिसकेशको चक्करमा नपरी उपचारका निम्ति गन्तव्यतर्फ लागी वीर अस्पताल पुर्‍याइयो ।

संस्मरणकार व्यास समाचारमूलक पत्रकारिता क्षेत्रसित संलग्न हुन पुग्दाको संस्मरण हो ‘प्रतीक स्मृतियात्रा’ । ‘प्रतीक’ पत्रिकाको नाम हो । २०५३ सालमा प्रतीक प्रकाशन समूहका स्वामी एवं प्रधानसम्पादक–प्रकाशक जगदीश शर्माबाट भाषासम्पादकसहित शनिवासरीय परिशिष्टाङ्कको विशेष सम्पादकको भूमिका पाएर जिम्मेवारी वहन गर्दाको स्थिति–चित्र हो यो संस्मरण । यसमा पत्रकारिताको भैmझमेला र बोझिलो कार्यविवरणको मिहीन चित्रण छ । अप्रत्याशित लोडसेडिङको मारका कारण स्वाट्टस्वाट्ट बिजुली काटिंदा कम्प्युटरमा सेभ गर्न बाँकी सामग्री स्वाहा हुने स्थितिले पुर्‍याएको दिक्दारीले नेपालको बिजुलीसँग सम्बद्ध प्रविधिको लथालिङ्ङे यात्रालाई इङ्गित गर्दछ । बिजुलीचोर र माफियाको त्यति वेलादेखि अहिलेसम्म पनि जगजगी छ । तिनले नेपाललाई त्यति वेलैदेखि दुर्गतितर्फ धकेल्दै आएको स्थितिबोध यस संस्मरणले गराउँछ । कुनै पनि जिम्मेवारी लिएपछि त्यसलाई मनोयोगले पूरा गर्ने संस्मरणकारको बानी यहाँ पनि खुलस्त भएको देखिन्छ । हजामको घुम्ने मेचमाथि बसेर कपाल कटाउँदाको अवस्थामा पनि कामले पछ्याउन नछाडेको र हजामको सुविधाअनुसार घुमीघुमी एउटा झर्कोलाग्दो गज्याङमज्याङ लेखको भाषासम्पादन गरेको रोचक प्रसङ्गले संस्मरणमा मिठास थपेको छ ।

यस सङ्ग्रहको अन्तिम संस्मरण हो ‘आज मन निकै हलुङ्गो भएको छ’ ।

संस्मरणकारका हार्दिक मित्र चिरञ्जीवी नेपाली जो भर्भराउँदो एकचालीस वर्षको युवा उमेरमा नै दिवङ्गत हुन पुगे । चितवन गीतानगर निवासी उनी एक ऊर्जाशाली साहित्यिक व्यक्तित्व थिए । चित्रकारितामा पनि उनको विशेष रुचि र लगाव थियो । अल्पायुमै निधन हुनाका कारण उनका कृति प्रकाशमा आउन पाइरहेका थिएनन् । संस्मरणकारको सौहार्दभावले उनका कृति प्रकाशन गरिनुपर्छ भन्ने हुटहुटी जागृत भयो र चिरञ्जीवीकी पत्नी मञ्जुलाई विश्वासमा लिएर संस्मरणकारकै नेतृत्वमा सम्पादन–प्रकाशन समिति गठन गरियो जसमा पङ्क्तिकारको समेत संलग्नता थियो । सम्पादकसमूह निकै खटेर चिरञ्जीवीको ‘मृत्यु पराजित छ’ भन्ने स्थूलकाय साहित्यिक ग्रन्थको लोकार्पण हुँदाका अवसरमा सम्पादनसंयोजक संस्मरणकारबाट दिइएको मन्तव्य पनि हो यो संस्मरण । संस्मरणकारले त्यस लोकार्पण समारोहलाई पूरापूर एक साहित्यिक अनुष्ठान सम्झेका छन् र यथार्थमा त्यो साहित्यिक अनुष्ठान नै हो पनि । यो संस्मरणकारको आदर्श मैत्रीभावको अपूर्व ऐतिहासिक दृष्टान्त हो ।

मानिस स्वभाव र रुचिले नै निकटतम र घनिष्ठतम हुँदै जान्छ । संस्मरणकार निर्मोहीको स्वभाव नै सहृदयी र साहित्यिक छ । जो आफ्ना स्वभावका अनुकूल हुन्छन् तीसँग आत्मीय भावले निकै झ्याम्मिने प्रकृति र प्रवृत्ति संस्मरणकारको हुँदा त्यही प्रभावमा पङ्क्तिकार पनि लवालव स्नेहमा रमाउँदै साहित्यिक दिशानिर्देश पाइरहेको छ । स्मृतिमयतालाई भावुकता र कलात्मकताको प्रगाढ रङ्गमा घोलेर प्रस्तुत गर्नु संस्मरणकार व्यासको मूल विशेषता नै हो । त्यसमा उपयुक्त पृष्ठभूमि र परिवेशको पनि उनले यस्तो सुन्दर र सजीव चित्रण गर्छन् जसबाट संस्मरण निकै आस्वाद्य र रुचिकर बन्न पुग्छ ।

अन्तमा, सबै साहित्यिक सर्जकसँग आफ्नै किसिमका स्मृतिमय घटना–प्रसङ्ग हुन्छन् । तिनलाई कहाँ के कसरी प्रस्तुत गर्ने भन्ने अद्भुत सीप थोरै मात्र लेखकमा हुन्छ । संस्मरणकार निर्मोही व्यासमा पनि त्यही विशिष्ट सीप विद्यमान छ । व्यक्तित्वको आकलन गर्न पनि उनी सिद्धहस्त देखिन्छन् । यसै संस्मरणसङ्ग्रहभित्र त्यस्ता अनेक दृष्टान्त निहित छन् जसलाई उद्धृत गर्दा लेखले लामो आयतन लिन्छ । संस्मरणको तानाबाना बुन्ने क्रममा र शब्द शब्दको आशय–अभिप्राय, वाक्य वाक्यका अर्थको तारतम्य मिलाउने क्रममा पनि व्यासको सूक्ष्मचेत अधिक सक्रिय रहने हुँदा उनका संस्मरणले सार्थक स्वरूपमात्र होइन सुन्दर सन्देश समेत मुखरित गर्दछन् । जो, ऐतिहासिक महत्त्वका साहित्यिक व्यक्तित्व छन् तिनीहरूसँगको संवादले अन्तर्विशेषताहरू समेत खुलेर आउने हुँदा संस्मरणकार मनोविश्लेषक समेत देखिन पुगेका छन् ।

व्यासका सबैजसो संस्मरण पङ्क्तिकारले पढ्ने गरेको हुँदा अन्य संस्मरण–ग्रन्थका तुलनामा सत्याश्रयी र अनुभवाश्रयी स्मृतिमय घटना–प्रसङ्गबाट निस्सृत सघन कलात्मकता र सन्देश प्राचुर्यले ‘मायामहल’ संस्मरणकारको मात्र नभई नेपाली साहित्यकै उत्कृष्ट संस्मरणात्मक कृतिहरूमध्ये एक हो भनेर निर्धक्कसँग भन्न सकिने आधारहरू यथेष्ट देखिन्छन् ।
००

भरतपुर—१२, चितवन

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 595
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.