SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ‘परिश्रान्त पृथ्वी’का सुस्केरा र पर्यावरणीय कविताको ऐँठन
समीक्षा

‘परिश्रान्त पृथ्वी’का सुस्केरा र पर्यावरणीय कविताको ऐँठन

रुद्र बरालBy Sahitya SagarJuly 26, 2023No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
रुद्र बराल नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । भारतको असम राज्यमा रहेर बहुमुखी ढङ्गले साहित्यसेवा गरिरहेका बरालका समीक्षात्मक र सिर्जनात्मक कृतिहरू प्रकाशित छन् । यहाँ उनको डा. देवेन सापकोटाको अविश्रान्त पृथ्वी कविताकृतिमाथि लेखिएको पर्यावरणीय चेतनासहितको समीक्षा समेटिएको छ ।

-सम्पा.

“मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः। यत्क्रौंचमिथुनादेकमवधी काममोहितम्”

भारतीय काव्य परम्परामा पहिलो मानिने बाल्मीकिकृत यो श्लोक प्राणी हत्याको विरोधको उद्गार हो। वाल्मीकिको परम्परा पूर्वीय मात्र नभएर पाश्चात्य साहित्यमा पनि प्रतिपादित भएको देखिन्छ। पञ्चतन्त्रका कथाहरू, संसारका हरेक देश र अनेक भाषाका लोककथाहरूमा मानिस र इतरप्राणीका सम्बन्धका कुराहरू, प्रेम र बन्धुत्वका उदाहरणहरू छन्। रामायणकै कुरा हेर्नु हो भने जटायु, जम्बुवन्त, हनुमान, सुग्रीव मानवेतर प्राणी हुन्, तर मानिससँग उनीहरूको प्रत्यक्ष सम्बन्ध छ। कालिदासको साहित्य पनि प्रकृतिप्रेमले ओतप्रोत छ। साहित्यको रोमान्टिक युग थियो प्रकृतिप्रेमकै युग। अङ्ग्रेजी साहित्यका हुनहार गद्य कवि वाल्ट व्हिटमेनले त स्वार्थी मानिसको चरित्र उजागर गर्दै जनावरको संसारमा फर्किने इच्छा व्यक्त गरे। भलै त्यस समयसम्म पर्यावरण विनास हुँदैआएका कुराहरूको वैज्ञानिक अनुसन्धान हुन बाँकी नै थियो। विज्ञानलाई हामीले जति नै गालीगलौज नगरौँ किन आज पर्यावरण विनाश हुँदैछ भन्ने भरपर्दो घोषणा विज्ञानले नै गर्यो। विज्ञानले थालेको यस यात्रामा पछि कवि, साहित्यकार, कलाकार, चित्रकार, राजनीतिविद सबै सहभागी भए र विगत शताब्दीको साठीको दशकदेखि पर्यावरण विषयक साहित्यको अवधारणाको विकास भयो, उत्तरआधुनिकतावादले यसलाई आफ्नो चर्चाको परिधिभित्र समेट्यो।

आज हामीले भोगेको पृथ्वी यस्तो थिएन। अनेक भू-प्राकृतिक परिवर्तनलाई झेल्दै यतिको उमेरसम्म आइपुग्दा आज पृथ्वी सोच्न बाध्य छ – के भोलि ऊ जीवोपोयोगी भइरहन सक्ला त! अनेक वाह्यिक र आन्तरिक कारकले पृथ्वीमा परिवर्तन ल्याइरहेका छन् र यो परिवर्तनको हुण्डरीले समय समयमा पृथ्वीका जीवकुलमाथि असर पारेको छ, धेरै जन्तु-जनावर, पशु-पक्षी, रुख-बिरुवा पृथ्वीबाट चिरकालका लागि मासिए र भविष्यमा मासिनेको ताँतीमा तँछाड-मछाड जस्तो छ। यो खतराबाट बाँच्न र बचाउन सकेसम्म मानिसले प्रयास गर्न सक्छ। यही प्रयासको अंश हो पर्यावरणीय साहित्य। कारण यो पृथ्वीलाई बचाउन अब ईश्वरको एघारौँ अवतार हुने छैन। बचाए पनि ध्वंस गरे पनि मानिसै हो, विज्ञानै हो। काल्पनिकताको प्वाँख लगाएर हामी मख्ख पर्न सक्छौँ तर ढुक्क पर्न सक्तिनौँ।

पर्यावरणको नकारात्मक परिवर्तन रोक्ने अभियान हो पर्यावरणीय साहित्य। पर्यावरणीय साहित्य हस्तक्षेपी साहित्य हो। निर्दिष्ट उद्देश्य लिएर अघिबढेको छ पर्यावरणीय साहित्य। असममा असमिया साहित्यकारले पर्यावरणमाथि धेरै काम गरिसकेका छन्, धेरै कथा, कविता, उपन्यास लेखेका छन्। अनुराधा शर्मा पूजारीको ‘इयात एखन अरण्य आसिल’ यस्तै पर्यावरण साहित्यको उपन्यास हो। यस उपन्यासले साहित्य अकादमी पुरस्कार समेत पाइसक्यो। हामी सधैँ पछि कुदछौँ र कुद्दै छौँ।

नेपाली कवितामा सचेत रूपले र आजको पर्यावरण साहित्यको मान्यतालाई आत्मसाथ गरेर कविता लेख्ने र ती कवितालाई सङ्ग्रहभित्र गाभ्ने पहिलो श्रेय अविनाश श्रेष्ठलाई नै जाला। तर यो कुरो त्यति प्रचारमा आएन। उनले सन् १९९७ देखि २००३ सम्म लेखेका कविताहरू ‘करोडौँ’ सूर्यहरूको अन्धकार’ भित्र गाभेका छन् जहाँ पर्यावरणीय कविताकै बोलबाला छ।

असममा यसको थालनी गरे डा. देवेन सापकोटाले, ‘परिश्रान्त पृथिवी’ शीर्षकको कविता सङ्ग्रह प्रकाश गरेर सन् २०२१ मा। उनले जन्तु-जनावर, रुख-बिरुवा, पहाड-पर्वत, खोला-नाला आदि प्राणी तथा निर्जीव प्राकृतिक संरचनाहरूलाई समेत मानवीकरण गरेर, उनीहरूका सुस्केराहरूको संवाद गराएर पर्यावरण ध्वंस र यसको परिणामप्रति सजगता ल्याउने उद्देश्यले लेखेका ४१ वटा कविताको सँगालो हो ‘परिश्रान्त पृथिवी’।

सापकोटाले कतै वार्तालापीय शैली, कतै स्वकथन, कतै संस्मरणात्मक शैली र कतै वर्णनात्मक शैली र कतै सपनाको स्मृतिमा परिवेश प्रदूषण हुनु, एसिड वर्षा, खाद्य शृङ्ख्यल चुँडिनु, जैविक विविधता ह्रास हुनु, पृथ्वीको तापमान बढ्नु, प्राणीहरू विलुप्त हुँदै जानु, गाउँले रौनकता गुमाउनु, नदीनाला सुक्नु, बरफ पग्लिनु, चोरी सिकारी हुनु, प्लास्टिक र कागजको व्यवहारले वातावरणमा खतरा ल्याउनु आदि पर्यावरण विपर्ययका अनेक कारण, परिणाम र करणीयलाई काव्यिक रूप दिएर जागरुकता सृष्टि गर्ने प्रयास गरेका छन्। कल्पना र यथार्थलाई शब्दको एउटै मालामा उनेर उनले एक जल्दोबल्दो समस्यालाई काव्यिक रूप दिएका छन् ‘परिश्रान्त पृथिवी’मा।

वातावरणीय परिवर्तन र परिवेश प्रदूषणले कसैलाई सर्वाधिक प्रभावित पारेको छ भने सहरलाई पारेको छ। तर समयको चोट गाउँले पनि खप्नु परेको छ र विकसित सभ्यताको मुखौटो भिरेर गाउँले पनि आफ्नो सौन्दर्य हराएको छ, आत्मीयता गुमाएको छ।

” फर्केथेँ धेरै दिनपछि आफ्नो गाउँ।
बसेँ कान थापी एकान्तमा निकै बेरसम्म
तर
सुनिन त्यो कान थर्काउने
‘काफल पाक्यो’ मिठो बोली
जिस्काउन खोजेथेँ
‘को हौ’ को नक्कल गरी कोइलीलाई
तर ढालिदिएछन् तिनको आश्रय नै
बाटो निर्माण गर्नेहुँदा ‘विकासे’ले” ( गाउँले मन)

आफूले बाल्यकाल बिताएको गाउँ, त्यहाँको प्राकृतिक परिवेश, प्रदूषणरहित वातावरण, चराको चिरबिर, स्यालको हुवा आदि सम्झेर कवि सापकोटा नोस्टाल्जिक बन्दै ‘गाउँ फर्क’ भन्ने धारणाले उनको मनभित्र गुँड लगाउँछ, नागरजीवनको कृतिमताले उनलाई अशान्त पार्छ। नगर भनेकै कङ्क्रिटको निकुञ्ज हो, श्वासरुद्ध कारागार हो। उनी सहर र गाउँको तुलना गर्दै भन्छन् –

“कहाँ पाइँदो रछ र माधुर्य
टिनको छानो ओढेको घरभित्र बसेजस्तो
…. …. …..
यो कङ्क्रिटको घरभित्र बस्दा?”(कङ्क्रिटको कारागारभित्र म)

उनी गाउँको कुवा सम्झन्छन्, त्यो बुढो नदी सम्झन्छन्, टिनको घर सम्झन्छन्(उनको घर टिनैको थियो, खर-बाँसको थिएन) र उतै फर्कन चाहन्छन्। तर यहाँनेर एउटा प्रश्न आउन सक्छ – सापकोटाले कविता लेखेका हुन् कि आफ्नो घरको वर्णन? कवितै हो भने त गाउँमा त्यसताक एकाध मात्र टिनका घर हुन्थे, बाँकी खर-बाँसका। पर्यावरणका दृष्टिकोणले हेर्नुहो भने पनि खरैको घर ‘इको फ्रेन्डली’ हो। तर सापकोटाको सामाजिक वर्गले उनलाई खरको घरसम्म पुग्न नदिएर बिचमै टिनको घरमा रोकिदियो।

अर्कोतिर, यथार्थमा के उनी गाउँ फर्कन सम्भव छ? कि उनले पर्यावरणका विविध पाटालाई समेटेर कविता मात्र लेखेका हुन? यस्ता अनेक प्रश्नहरू आउँछन् जुन सापकोटाका मात्र नभएर पर्यावरण साहित्यकै समस्या हुन्।

पर्यावरणीय वा पतिवृत्तीय साहित्य भनेकै साहित्यकारको सामाजिक उत्तरदायित्व स्वीकार्नु हो, विवर्तित समाजको सकारात्मक परिवर्तनको हिमायती बन्नु हो। तर त्यस्तो भइरहेको छैन। पर्यावरण विपर्ययलाई लिएर ठुला ठुला सम्मेलन भइरहेका छन्, ऐनहरू बनिएका बनियौ छन्, घोषणा भएका भएकै छन् तर कार्यान्वयन भइरहेको छैन। ठुला राष्ट्रहरूले आफै सुँडेनी आफै बोक्सीको भूमिका खेलेका छन्। यस्तै भूमिकाको विरोध गर्दै सेभन सुजुकी, ग्रेटा थुनबर्गजस्ता बालिकाहरू मुख फोर्न बाध्य भएको स्थिति उनका कवितामा यसरी अभिव्यक्त हुन्छ –

“धेरै आशावादी थियो ऊ
आइपिसिसी अनि अल्बर्ट गोरले घन्टी बजाउँदा
सन् २००७ मै
नोबेल पुरस्कार जितेर
सबैको आँखा उघ्रेजस्तो लागेको थियो उसलाई।
तर भुसनिद्रामै सुतिरहे सब।”(पृथिवीवाद)

पर्यावरणीय वा परिवृत्तीय साहित्यमा पृथ्वीलाई नै एक पात्रको रूपमा खडा गरिन्छ र यसको पीडाको लेखाजोखा हुन्छ। यहाँ प्रकृति बिम्ब होइन, यथार्थ हो। सापकोटाले यही मान्यताको जरो समाएर पर्यावरणीय साहित्यमा मलजल गरेका छन्।

परिवेश प्रेम भनेको वनस्पति र जन्तुजनावरप्रतिको पनि प्रेम हो। तर, पृथ्वीका चराचर प्राणीप्रति मानिसको दृष्टिकोण अहमपूर्ण छ। हामीमाझ रहेका अन्धविश्वासहरूमा हामी जन्तुजनावारलाई निच, कुलच्छिनी र अवासी ठान्छौँ। यही दृष्टिकोणप्रति कडा प्रहार छ उनको कविता ‘अपशकुन’मा।

“अवोध पशुहरूलाई
निर्मम हत्यागरी खान्छन् अरे
यी प्राणीहरूले।
त्यसो हो भने
कुलच्छिनी मानिसहरू कि हामी हौँ, आमा।”

कवि सापकोटाले पर्यावरण विपर्ययका प्राय: प्राय: सबै पाटा समेट्ने प्रयास गरेको देखिन्छ। उनले ओजोन स्तरमा प्वाल परेको, पानी प्रदूषित भएको, पानीको कमी भएको, एसिड वर्षा, वनस्पति संरक्षण, कागजको व्यवहारको कुपरिणाम, प्राणीहरूको विलुप्ति, टिस्यू पेपर र प्लास्टिक व्यवहारको कुपरिणाम, बोनसाई प्रथा, समुद्र प्रदूषण, पहाडको खनन् र परिणाम, मौरीहरू हराउँदै गरेको समस्या, रसायनिक मल र कीटनाशक द्रव्यको व्यवहारको कु-प्रभाव आदि विषयहरूलाई कवितामा स्थान दिएका छन्। उनका कविताहरू नदी, कुवा सुकेको समस्या, बाढी र गडलागीको समस्या, झरीबाट प्राप्त पानीको संरक्षणको व्यवस्ता, विकासको नाउँमा जङ्गल मास्ने, चिडियाघरमा जनावरहरू कैद राख्ने विषयहरूले पनि स्थान पाएका छन् र उनलाई प्रकृति र जीवप्रेमी एक संवेदनशील कविका रूपमा यी कविताहरूले उभ्याएका छन्।

सापकोटाका धेरै कविताले तिनवटा पिँढीले प्रतिनिधित्व गरेको देखिन्छ। यो एक प्रतीकात्मक कुरा हो। यी तिन पुस्ता हुन् – हजुरबा, बाबु र नाति। हजुरबाले हिजोको पृथ्वीको, बाबुले आजको पृथ्वीको र नातीले भोलिको पृथ्वीको प्रतिनिधित्व गरेका छन्। यी कविताहरूमा हजुरबा र नाति मञ्चिय पात्र हुन् भने बाबु यहाँ नेपथ्य पात्र हुन्। अर्थात् उनलाई वर्तमानको पिँढीप्रति भरोसा छैन र नातिले यो पृथ्वीलाई फेरि फर्काएर सही ठाउँमा ल्याउने छ भन्ने विश्वास राखेका छन्।

पर्यावरणीय चस्माले हेर्दा सापकोटाका कविता यथेष्ट हरिया, कलकलाउँदा छन्। उनको चिन्ता जायज छ। तर कविता लेख्ता उनी यति पर्यावरणवादी र नाराप्रेमी भए कि उनी एक कवि हुन् र उनले कविता लेखेका हुन् भन्ने बिर्सिएर उनी सोझो उपदेश दिन पुगे। उनका कविताहरूमा उपदेशात्मकताको भरमार छ । जस्तै :

“त्यसैले
ए साथी
प्रकृतिप्रेमी बन समयमै
नत्रभने कुनै दिन उत्तरपुरुषले
आसामीको कठघरामा उभ्याई
सोध्ला
‘कसले दियो अधिकार तिमीलाई
विनष्ट पार्ने हाम्रो सुन्दर पृथ्वी’?” (यथार्थता)

यसैगरी यो पर्यावरण विपर्ययको कार्यकारण सबै केलाएर उनने मानिसलाई नै कठघरामा उभ्याएका छन् तर त्यसको फैसला दिने अभिभारा भने परलोकको यमराजका हातमा सुम्पिएका छन्।

‘बद्लियो यमलोक’ शीर्षकको कवितामा उनले वातावरण संरक्षणको दायित्व यमराज र चित्रगुप्तका हातमा सुम्पिएर मानिसलाई पाप पुण्यको डर देखाएका छन्। यहाँ धर्मको पारम्परिक मान्यता आश्रम निर्माण, जपतप, अखण्ड हरिनाम नभएर पृथ्वीका जीवजन्तु संरक्षणलाई यमराजले महत्व दिएको सैरकाल्पनिक अवधारणा यसरी अभिव्यक्त भएको छ –

“रिसले राँक्किए यमराज
अनि
थर्काए मृत्युलोक निकाली अग्नि ज्वाला मुखबाट
“अक्षम्य अपराधी रहेछ यो मनुख्खे
प्राणीको हत्यारो
बढाएछ कार्बन फुटप्रिन्ट।
ध्वंस पारी वन जङ्गल
थाहा रहेन्छ यस पापीलाई
बदलिएको छ कानुन यमलोकको हिजोआज
हुँदैन कसैको निर्णय पाप पुण्यको आधारमा।
स्वर्ग सुख अवश्य मिल्छ उसलाई
जसले गर्छ वातावरण संरक्षण।”

उनको ‘अतिक्रमणकारी’ कवितामा पनि जीवहन्ता मानिसको विचार यमलोकमा हुनेछ भन्ने शास्त्रीय मान्यतालाई समर्थन गरेको पाइन्छ।
प्रस्तुत पुस्तको शीर्षक उनले ‘परिश्रान्त पृथिवी’ राखेका छन्। पुस्तकको साङ्गोपाङ्गो पर्यावरण समस्याले जर्जर पृथ्वीको बारेमा छ। विविध शैली, भिन्न बिम्ब प्रयोग गरेर पर्यावरण विनाश हुने प्राय: सबै पाटाको विश्लेषण गरिएको छ। यसैले शीर्षक सार्थक छ।
डा सापकोटाको प्रस्तुत सङ्ग्रह पर्यावरणीय साहित्यप्रति रुचि राख्नेहरूका लागि एक अमूल्य उपहार हो। प्रस्तुत कृतिमा गोविन्दराज भट्टराई, ज्ञानबहादुर छेत्रीजस्ता चर्चित समालोचक र विजय हितानजस्ता पर्यावरण साहित्य निर्माता र लेखक स्वयमले पर्यावरण साहित्य र चर्चित पुस्तकमाथि ४२ पृष्ठा लेखेका छन्। अर्थात्, पुस्तकको एक तिहाईभन्दा ज्यादा गद्यमा पर्यावरण सङ्कटको चर्चा गरिएको हुँदा यस पुस्तकलाई पर्यावरणीय पद्य र गद्य दुवैको सङ्कलन हो भन्न मिल्छ। पर्यावरण साहित्य बुझ्न यस पुस्तकले धेरै सहयोग गर्नेछ।

तर, पर्यावरण साहित्यका आफ्नै केही समस्याहरू छन्। जस्तै :

मान्छे फेरि गुफामा पस्ने छैन, मान्छेले फेरि रुखका बोक्रा र जनावरका छाला भिर्ने छैन। यसैले प्रकृति ध्वंस भयो भन्दै विलाप गाउँदै, सुस्केरा हाल्दै, सभ्यताको विकासका सबै सुविधाहरू लिँदै, विज्ञानका सबै देनहरूको व्यवहार गर्दै, उपकरणहरू गाडी-मटर, फ्रिज- एसीको मजा लिँदै र त्यही विज्ञानलाई गाली गर्दै हाम्रो दायित्व पुरा हुँदैन। पृथ्वीको यो रोग निराकरण गर्न अब भगवानको कुनै एघारौँ अवतारको आविर्भाव हुने छैन त यहाँ भनिसकिएकै छ। यो समस्यामा घिउ हाल्ने काम मानिसको स्वार्थी र प्रतियोगी मनोभावले गरेको हो, साम्राज्यवादीहरूको दोचारे नीतिले गरेको हो, राजनीतिले गरेको हो। यसको विरोधमा वैश्विक सचेतताको खाँचो छ तर अवैज्ञानिक मानसिकता घोलेर होइन। विकास र पर्यावरणलाई हाराहारीमा हिँडाउन एक सठिक बाटाको निर्माण हुन जरुरी छ।

दोस्रो कुरा पर्यावरणीय कवितामा विज्ञानका धेरै कुराहरू आउँछन्, मातृभाषामा विकल्प शब्द नहुने अनेक आगन्तुक शब्दहरू व्यवहारको अनिवार्यता रहन्छ। यो स्थितिमा भाषिक मिठासलाई चोट नपारी लेख्न जोखिमको कुरा हो। तर पनि पर्यावरणीय कविता पनि कवितै हुन् र यी कविताहरूमा पाठकले हार्दिकता, सम्प्रेषणीयता, काव्यिक माधुर्य खोज्दछन्। यसलाई व्याकरण वा अङ्क गणितको जस्तो रुखो रहेछ भन्ने सोच पाठकका मनमा उब्जिन दिनु हुँदैन। कविता पढेर पाठकलाई ऐँठन नहोस्। विषयज्ञान नहुने पाठकलाई पनि यी कविताहरू पढेर विषयप्रति आकर्षण गराउन कविको निकै मेहनतको आवश्यक हुन्छ, निकै कला चाहिन्छ।

यस्तै एक जटिल विषयलाई ‘परिश्रान्त पृथिवी’ले सम्बोधन गरेको हुनाले कविताहरूमा काव्यिकता भन्दा विषय, विचार र वक्तव्य खरो भएर आएको छ। यो कविको पहिलो प्रयास हो। उनले एउटा नयाँ बाटो निर्माण गर्न खोजे जुन बाटामा आज उनले धेरै साथी भेटिसकेका छन्। कवि सापकोटा उनको उद्देश्यमा सफल छन्। कविलाई धेरै धेरै बधाइ छ।

  • Sahitya Sagar
    Sahitya Sagar
रुद्र बराल
रुद्र बराल
Post Views: 574
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.