SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » आजका स्वरहरूमा पाठकीय दृष्टिकोण
समीक्षा

आजका स्वरहरूमा पाठकीय दृष्टिकोण

भगवती पौडेलBy Sahitya SagarJuly 11, 2023No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
भगतवी पौडेल (सन्धिखर्क नगरपालिका, वार्ड नं ८ अर्घाखँची नेपाल) सिर्जना र समीक्षामा कलम चलाउँदै आएकी साहित्यिक प्रतिभा हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पौडेलको पहिलो कविता सङ्ग्रह अक्षरका बीउहरू (२०७७ ) प्रकाशित छ । उनी हाल डालस, टेक्सस अमेरिकामा बसोबास गर्छिन् । उनी विभिन्न साहित्यिक संस्थासँग संलग्न छन् । उनी अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आाजीवन सदस्य, अन्तराष्ट्रिय नेपाली साहित्य समाज ‘डालस च्याप्टर अमेरिकाको कार्यकारी समिति सदस्य, स्रष्टा साँझ अमेरिकाकी संस्थापक सदस्य आदि संलग्नताले पनि उनको साहित्यिक परिचय दिइरहेको छ । यहाँ उनको सारभूत परिचयसहित सुरेन उप्रेतीको आजका स्वरहरू कविताकृतिमाथि लेखिएको समीक्षा समेटिएको छ ।

-सम्पा.

मैले कवि सुरेन उप्रेतीको “आजका स्वरहरू” कविता सङ्ग्रह सरसरती पढेँ । केही दिनअघि मेसेन्जरमा “पढेर समिक्षा सहितको प्रतिक्रिया पाऊँ न है भगवती जी” भन्दै एउटा पिडिएफ फाइल लेखकका तर्फबाट आएको थियो । मैले “हस समय मिलाएर अवस्य पढ्ने छु ।” भनी जवाफ दिएकी थिएं । आज “स्रष्टा साँझ अमेरिका” को नियमित मिटिंग छ । त्यहाँ यस कृतिका लेखकसँग पक्कै भेट हुन्छ । त्यसैले पनि सम्झिएँ र मेसेन्जरमा पाएको कृति पढ्न थालेँ ।

सुरेनजीलाई मैले यही “स्रष्टा साँझ अमेरिका” मार्फत चिनेकी हुँ । हाम्रो प्रत्यक्ष भेट नभए पनि वर्षौ पुरानो चिनजान हो कि जस्तो लाग्छ अचेल । भेटमा पढ्दै छु है भन्नलाई पनि म पढ्दै छु “आजका स्वरहरू” । मैले शीर्षक र आवरण हेरेर सिधै “मेरो भन्नु” मा गएँ । किन किन मलाई आफूले नपढी अरूले गरेका समीक्षा पढ्न मन लाग्दैन ।

आफ्नो हातमा पुस्तक आइसकेको छैन भने समीक्षा पढ्नुको महत्व बेग्लै रहन्छ । पुस्तक छ भने सिधै स्रष्टाको सिर्जनाले लोभ्याउँछ मलाई । अरूका समीक्षा पढेर अरूको धारणालाई आफ्नो धारणा बनाउनु आफ्नै विचार प्रतिको अन्याय हो झैँ लाग्छ । अझ भनौ स्रष्टाको सही विश्लेषण भन्दा पनि लहै लहैमा लाग्ने या अरूको भनाइमा सही थाप्ने हुन सक्छ ।

सुरेन उप्रेतीले आफ्नो पहिलो कृतिमा नै यति धेरै ४८ वटा कविताहरू सङ्ग्रहित गर्न सकेका रहेछन् । कविताका सबै शिर्षकहरू आजभोलिका परिस्थिति र परिवेशलाई नै देखेर लेखे जस्ता ताजा झैँ लाग्यो । भलै कृति बिक्रम संबत २०५३ मा आज भन्दा सत्ताईस बर्ष पहिला छापिएको रहेछ । त्यसले परिवेश फरक त पार्छ नै ।

तारा उप्रेतीको प्रकाशनमा प्रकाशित यो सङ्ग्रहको “प्रकाशिका” शब्दमा म एकछिन रोकिएँ । सायद यस कृतिका प्रकाशक महिला हुनुभएर हो या प्रकाशिका पनि लेख्ने चलन छ ? म भने कवि कवि हो । शिक्षक शिक्षक हो, साहित्यकार साहित्यकार हो भन्छु । महिला भएमा शब्द बिगारेर “इका” “इत्री” लगाउनु पर्दैन भन्ने धारणा राख्छु ।

मैले सबै कविताहरू पढेँ । तिनले मेरो मन तानिरहे । म कुनै पनि विधाको समीक्षा गर्ने हैसियतको छैन । यो दावि म गर्दिन पनि । कृति पढिसकेपछि पाठकको रूपमा मनमा कौतूहल जागि हाल्छ । कुनै हरफले मन छुन्छन् त कुनैले रिस उठाउँछन् । यसै गरी कुनै पङ्तिहरूले सँगसँगै हिंडाउँछन् त कुनै लहरले प्रफुल्ल बनाउँछन् । यस दृष्टिले सुरेनजीका कविताहरूमा मैले सबै खाले अनुभूति गर्न पाएँ ।

कविले आफ्ना कविताको अन्त्यमा तिथिमिति लेखेर कविताको जन्म मिति राख्नाले कविता कुन परिवेशमा लेखिएको हो भन्ने कुरा पाठकलाई बुझ्न सहज भएको छ । कविले आफ्नो परिवेश, समाज र विचारको आफ्ना कवितामा चित्रण गर्नुभएको छ । राष्ट्र र राजनीतिसँग सम्बन्धित कविताहरूमा हिंजोको र आजको अवस्था उस्तै रहेको बुझिन्छ । कविता पढ्दै जाँदा अहिलेको अवस्था चित्रण गरेका छन् भन्ने लाग्छ । जस्तै;

“तस्करहरूको होडबाजीमा
बन्धु र बान्धवको हत्या गराएर
पुरस्कार बककाट्दै गरेको बेला
तिमी आइपुगेछौ,
शुभकामना छ तिमीलाई “

यी माथिका पङ्तिहरू सुरेन उप्रेतीको पहिलो कविता कृतिमा रहेको पहिलो नम्बरको कविता “शुभकामना छ तिमीलाई” शिर्षकको कविता हो । यहाँ प्रस्तुत सटिक व्यङ्ग्यले मेरो मन छोयो ।

म काव्यशास्त्रका गहन मूल्यसहित समीक्षा गर्ने हैसित राख्दिनँ । पढ्न भने रुचाउँछु । सुरुदेखि अन्त्यसम्म पढ्दै जाँदा राष्ट्रवाद, राजनीति, समाज, महिला, बालबालिका, प्रकृति र संस्कृति सबै समेटिएका कविताहरू भेटिए । यहाँका कवितामा पाइने व्यङ्ग्यात्मक कविताहरूको पनि उत्तिकै सबल उपस्थिति देखियो । व्यङ्यको प्रतिनिधि कविता “चमेराको बस्ती”, “लामखुट्टे, उपियाँ र उडुसहरू”, “एकादेशमा” जस्ता कवितीहरूले सम्बन्धित पात्रहरूलाई झापड दिएका छन् ।

“चमेराको बस्ती” को एक अंश यस्तो छ:

शासन चलाउने भागबण्डा हुन्छ
सबैले कुर्सी पाएर खुसियाली मनाउँछन्
चमेराको बस्तीमा !

सुरेनजीका कवितामा देशको माया प्रगाढ छ । जताततै देखिएको बेथितिले भतभत मन पोलेको पाइन्छ । यहाँ समेटिएका “देश निसासिसरहेको छ”, “सेलाई सकेछ माटो”, “सगरमाथा होचियो” जस्ता कविताका शीर्षकहरूले नै मुटु चस्काउँछन् । “सगरमाथा होचियो” बाट एक अंश:

जरसाहेवले
कुर्सी अग्ल्याएर
आफ्नो हठ कायम गरे
सगरमाथा होंचियो
टुंडीखेल स्तब्ध भयो ।

जीवनलाई अत्यन्त सकारात्मक बनाएर जिउँन सक्नुपर्छ भन्ने संदेश बोकोको “जिन्दगी” कविता मार्मिक लाग्यो –

काँडैकाँडा बिच फुल्नु पर्छ
फूल हो जिन्दगी
दाषतालाई स्वीकार गरे
भूल हो जिन्दगी
धर्ती हँसासाई हाँस्न सके
खुल्छ जिन्दगी
समुन्द्रको सृष्टि गर्ने मूल हो जिन्दगी ।

कविले प्रायः नारी पात्रहरूलाई स्थान दिएर लेखेका कविताहरू यहाँ पढ्न पाइन्छ । “नारी” कवितामा नारीको अगाध प्रसंशा छ । हरेक पुरुषले निस्वार्थ नारीको प्रसंशा गर्न सक्ने हो भने भेदभाव भन्ने रहने छैन । यहाँ समेटिएका “परिचारिका” कवितामा पनि पेशागत रूपमा नारीलाई सम्मनसाथ प्रसंशा गरिएको छ । “हिमालकी छोरी” कवितामा पासाङ ल्हामु शेर्पाले हिमाल आरोहण गरेर पाएको सफलता र बलिदानको प्रसंशा छ । “चेली तिमी” कवितामा नारीलाई हेपिएर नबस्न आग्रह गरिएको छ ।

बालबालिकाहरूका लागि पनि यो सङग्रहमा केही कविता रहेका छन् । “साना ज्ञानी नानी” र “सानी छोरी” नानीबाबुहरूलाई लय हालेर सुनाउन मिल्ने खालका छन् । कविता सङ्ग्रहको अन्त्यतिर केही सङ्क्षिप्त कविता छन् । थोरै शब्दमा धेरै सन्देश दिएको कविता –

“ सावधान”
विशाल महलभित्रको कोठामा
मुर्ती किन्ने र बेच्नेको भेला छ
गाँजा, चरेस, ब्राउन सुगरको भाउ अँकित मेन्यु छ
बाहिर ढोकामा पाले छ
‘मेनग्टमा’ झुन्ड्याईएको छ –
सावधान, यहाँ टोक्ने कुकुर छ !

सङ्ग्रहका सबै कविता पढी सक्दा कविमनको भाव र चेतनाको मर्मले छर्लंग भएँ ।

यहाँका कविता विभिनन भावले समिस्रित छन् । साना नानीबाबुहरूदेखि देशको संरक्षणमा बलिदान दिने सहिदहरू, साहित्यमा योगदान दिने स्रष्टाहरू, चाडपर्व संस्कृति सबै समेटिएका छन् । स्थान विशेष कविताहरू पनि उत्तिकै सुन्दर छन् । “फिदिमको युवा मेला” बाट एक अंश–

तमोरको पानी चीसो,
कावेलीको माछा
पालम राम्रो पाँचथरको,
तेह्रथुमको भाका ।

अन्त्यमा, “आजका स्वरहरू” पढ्न पाएर खुशी लाग्यो । डिजिटल पढ्दा फिजिकल पढे जस्तो भने हुँदो रहेनछ । यहाँका मैले सबै कविताको छुट्टाछुट्टै व्यख्या गर्न सकिनँ । समग्रमा सङ्ग्रह प्रिय लाग्यो । धेरै ठाउँमा कविताले आन्दोलित पनि बनायो । यी कवितामा देश प्रेम त छताछुल्ल नै छ । साहित्यमा अनवरत लागि पर्नुभएका जुझारु अग्रज कवि सुरेन उप्रेतीजीको अन्य कृतिहरूको पनि अवस्य खोजी गर्नेछु । कविता पढेर आनन्दानुभूति गर्ने जो कोही साहित्य प्रेमीहरूले “आजका स्वरहरू” बाट आनन्द लिन सक्नुहुनेछ ।

  • Sahitya Sagar
    Sahitya Sagar
भगवती पौडेल
भगवती पौडेल
Post Views: 287
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.