SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » पुर्खाको खोज
लेख

पुर्खाको खोज

मान भुजेलBy Sahitya SagarJuly 10, 2023No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
मान भुजेलको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी पेसाले इन्जिनियर हुन् । उनले सेवा निवृत्त जीवनलाई साहित्य साधनामा समर्पित गरिरहेका छन् । प्रस्तुत शृङ्खलामा भुजेलको ‘भूजेल पुर्खाको खोज’ शीर्षकको लेख समेटिएको छ । यस लेखले मूलतः भुजेल जातिको परिचय प्रस्तुत गरेको छ ।
-सम्पा.
मानिसले जन्म भएर केही बुझ्ने भएपछि ऊ आफै आफ्नो परिचय खोज्न थाल्छ । आत्मसम्मानको  चाहाना गर्दै पूर्खाको पनि खोज गर्न थाल्छ । पुर्खाको खोज गर्छ । यस्तो खोज र  अध्ययनले उसलाई अरूसँग जोड्न सिकाउँछ । उसलाई आपत बिपतसँग लड्ने कला सिकाउँछ ।  राम्रो मान्छे हुन सिकाउँछ । कसरी स्वास्थ र पूर्ण जीवन जीउने भन्ने सिकाउँछ ।
मानव जीवनमा पुर्खाको ठुलो महत्त्व हुन्छ । पूर्खाको संझना गर्दा उनीहरूको मूल्य मान्यता पुस्तान्तर हुन्छ । मानव स्वास्थ्यमा पर्ने सक्ने खतराहरू,  भाषा  र संस्कृतिको बिकासको बाटोको ज्ञान पनि हुन्छ । यसले गर्दा आगामी बाटोको मार्गचित्र तयार गर्न मद्दत मिल्छ ।
वीरताको प्रचलित नेपाली गाथामा इतिहास सधैँ जित्नेको लेखिन्छ र शासककै  लेखिन्छ । विजयी र शासकका  रूपमा  उनीहरूकै महिमा गाइन्छ । त्यस क्रममा हारेकाहरूको निम्न स्तरको  परिचय रहन जान्छ  । त्यसै कारण हार्नेहरू गुमनाम हुन बाध्य हुन्छन्  ।
नेपाल र यस्तै संसारकै मुलुकका इतिहासमा पनि राजा–राजौटा लडाइँमा हारेकाहरूलाई नयाँ राजां सामन्तहरूले दास दासीको रूपमा दराबारमा राख्न थालको इतिहास छ । त्यस कारणले कतिले आफ्नो थर नै परिबर्तन गरेर नयाँ जात र संस्कृतिमा आफुँलाई बिलय गरे । त्यस क्रममा धेरै जाति र तिनका संस्कृति हराएर गए ।
हाम्रा पूर्खाहरूले आफ्नो उपयुक्त बासस्थानका लागि मीठो पानी खोज्दै  हिँडे । त्यसरी खोज्दै जाँदा पछिल्लो खोजबाट पत्ता लगेको ठाउँको पानी  पहिलाको भन्दा मिठो थियो । त्यो पानी मासको गेडो जतिले बढी  मिठो भएकाले त्यस गाउँको नाम मस गाउँ रहन गयो । त्यही मस गाउँको नाम कालान्तरमा मुसी रहन गयो ।
हाम्रा पुर्खा बसेको अर्को क्षेत्रमा भोजपत्रको चलन हुन्थ्यो । त्यहाँका राजाले भोजपत्रमा लेखापढी र राज्य सन्चालन गर्थे । त्यसो गर्ने गरेकाले भोजे राजाको राज्यको नामले चिनिदै  पछि भुजी भयो । हाल बागलुङमा रहेका भुजी र निसेल भन्ने गाउँका मान्छेलाई भुजेल र निसेल भन्न थालियो । यही ढोरपाटन राज्यमा बाइस पुस्ता सम्म राज्य गरे । पूर्णप्रकाश नेपालले भनेका छ्न; भूजेल र निसेल मुख्य दुई उपभेद हुन । निसेल घर्ती थरमा र भूजेल खवासमा परिवर्तन भएका हुन ।
बिक्रम संबत १३७२ मा  गल्कोट बागलुङ्मका राजा अन्तिम डुगर सिंहद्वारा भोजे राजा पराजित  भए । आफ्नो राज्यको हार भएपछी भूजेलहरू आफ्नो परिचय लुकाउँदै र अझै शक्ति सञ्चय गरेर गुल्मी  राज्यको स्थापना गरे । अरू केही समूह तनहूको अनकन्टार स्थान पुगेर आँफूलाइ शत्रुबाट सुरक्षित राख्दै आफ्नो भाषा संस्कृति जोगाएर बसे । उनीहरू आफ्नो भाषा संस्कृतिको विकास गर्दै रहे ।  अझै पनि तनहुका भुजेलहरूको आफ्नै भुजेल भाषा  प्रयोगमा रहेको पाइन्छ ।
नेपालको एकीकरणको इतिहासमा खवास जातिको  योगदान छ । राजा द्रब्य शाहले गोरखा हस्तक्षेप गर्नका लागि मुरली खवासलाई गुप्तचरको रूपमा प्रयोग गरेका थिए । बि सं १६१६ मा गोरखा राज्य कब्जा गर्न उनलाई खबासको साथ मिलेको थियो । यससम्बन्धमा तत्कालीन जुम्ला राज्यमा जनश्रुति पाइन्छ । गर्भे खवास, त्रिभुवन खवास शाह राजाका सैनिक कमान्डर बिस्वास पात्र थिए भनिन्छ । राजा राजेन्द्रको पालामा गगनसिंह खवास सत्ताको केन्द्रीय भागमा थिए । उनलाई रानी राज्यलक्षमीदेवी शाहबाट सात रेजीमेन्ट बकस भएको थियो ।त्यसैले राजा र चौतारिया प्रधानमन्त्री फत्तेजंग भन्दा गगनसिंहको शक्ति कम थिएन ।
वि.सं १९०३ को कोतपर्बको षड्यन्त्रमा गगनसिंह खवास मारिए ।  गगनसिंहका पुत्र् बजिरसिंहलाइ राजभण्डारीको पद रानी राज्यक्ष्मीबाट बकस भए पनि कुनै षड्यन्त्रको आभास पाएर गगनसिंहका पुत्र बजिर सिंह भागेर पछिसम्म सिलगुढीतिर लुकेर बस्नु परेको थियो । गगनका एक छोरा बिष्णुमती किनारमा काटिए । अर्को छोरालाई चोभार टौदहमा लगी डुबाएर मारियो । अर्को एक छोरालाई खुट्टामा पासो लगाई उँधोमुन्टो गरे रुखमा झुन्ड्याएर छ दिनसम्म राख्दा पनि  नमरेर  पछि त्यहीँ काटिए । सुब्बा शंखधर खवासलाई खाडलमा कुमसम्म आउंने गरी पुरी कपाललाई खोटोमा लपेटेर आगो लगाई मारिए (अब यस्तो कहिले नहोस, पेज ६, बाबुराम आचार्य) । यी घटना सुन्दा पनि आङ गलेर आउँछ ।
कोतपर्बमा आफूले जित हासिल गरे पनि जङ्गबहादुर सधैँ भयभित थिए । जङ्गबहादुरले आफ्ना विरोधीहरूलाई सखाप पारे पनि सामान्य जीवन यापन गर्न नपाउँन् भनी प्रपञ्च रचे । सत्तामा कहिले नआइपुग्ने गरी  वि.सं १९१० मा  मुलुकी एनं आफू अनुकूल बनाइ अत्यार रचे । जस अनुसार मतवालीलाइ मासिन्य नमासिन्य र मासिनेमा बिभाजन गरे । खवासहाई मासिनेमा राखे । मासिने मतवालीलाई दासको रूपमा राख्न पाइने, सरकारी कामकाजमा अयोग्य ठहरियो । मासिननेमा – तामाङ, चेपाङ, शेर्पा ,थकाली, भुजेल, हाउ, कुमाल, थारु आदि परे भने नमासिनेमा राई, लिम्बु, गुरुन्ङ , श्रेष्ठ, प्रधान आदि परे । अब खवासहरू राजकाजमा कहिले पनि माथि नआउँने गरी दबाइयो । यसले गर्दा खवासहरू कहिले पनि जङगहादुरको बदला लिन नसक्ने भए ।
भुजेलहरू वि.सं १९८३ सालमा चन्दशम्शेरले अमलेख नगरेसम्म कमारा कमारीको रूपमा बाध्य पारिएका थिए । इतिहास मात्र सर्साधारण र विशेष गरी शासक वर्ग र  उपाल्ला वर्ग सोच्ने र त्यहीअनुसार व्यवहार गर्ने गर्दछ्न । शासक बर्ग र  उपाल्ला वर्गले सोच्ने र त्यहीअनुसार व्यवहार गर्ने गर्दछन् । आर्थिक इतिहासकार महेशचन्द्रका अनुसार सन. १७६८ देखि १८१४ सम्मको गोर्खाली सामाजको  उता काजीहरू मूलतः बस्न्यात, भन्डारी, खवास, कुँवर, पाण्डे पन्त, राना र थापा थिए भने एकाध शाह, कार्की, गुरुङ र पन्त थिए । सरदारहरूमा बानियाँ, बस्न्यात, भन्डारी, कार्की, खत्री, खवास, कुँवर, मल्ल, पन्त,राजनैतिक नेतृत्व संरचनामा विभिन्न जात नै प्रभावशाली थिए ।
त्यसबेला शाहहरू चौतारियाको रूपमादेशलाई असली हिन्दुस्थान बनाउन लागे । त्यसै क्रममा भुजेलहरू हिन्दूकरणमा परे । आफ्ना समुदाय, बर्ग, धर्म र संस्कृतको एकोहोरो बर्चस्व अधिनायकत्व कायम गराउन सम्पूर्ण राज्यशक्ति प्रयोग गरियो । असली हिन्दुस्थान पृथ्वीनारायणको मनसायअनुरूप नै  बन्यो । क्रमशः हिन्दूकरणको मारमा भूजेल पनि परे ।
२०७८ को जनगणणाअनुसार नेपालभर आदीबासी जनजातिको रूपमा भूजेल जाति ११८६५० र मातृभाषा बोल्ने २१७१५ रहेको भनी गणना  गरिएको छ । समाजमा गुमेको इज्जत पाउन र स्वदेश तथा  विदेशी भूमिमा जागिर खानलाई आफूलाई  कहिले थापा, कहिले मगर र कहिले गुरुङको थर लेख्दै  रहे । कतिपयले जुन समाजमा बसोबास छ, त्यही समाजको संस्कृति अपनाउँदै भुलेलहरू आफ्नो अस्तित्व रक्षामा सङ्घर्षरत छन् ।
(सन्दर्भ ग्रन्थः भूजेल जाति र भाषा, प्राकृतिक अध्ययन, लेखक–बाबुराम भुजेल, अमृत योन्जन तामाङ )
  • Sahitya Sagar
    Sahitya Sagar
मान भुजेल
मान भुजेल
Post Views: 971
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

कोरोनाको कहर र भविष्यमा पर्ने प्रभाव

May 17, 2023

नेपालमा विक्रम संवतको आरम्भ 

April 19, 2023

भारतमा नेपाली भाषा विकास मञ्चले लिएको तत्परता

January 15, 2023

अफ्रिकामा नेपाल

January 15, 2023

को हुन् हाम्रा प्यारा बालबालिकाहरू ?

January 14, 2023

जापानमा नेपाली समुदाय : विगत र वर्तमान

November 30, 2022

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.