SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » जापानमा नेपाली समुदाय : विगत र वर्तमान
लेख

जापानमा नेपाली समुदाय : विगत र वर्तमान

प्रकाश पौडेल माइलाBy Sahitya SagarNovember 30, 2022No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

प्रकाश पौडेल माइलाको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी जापानमा रहेर साहित्यसेवा गरिरहेका छन् र वर्तमान अन्तराष्ट्रिय नेपाली साहित्य समाजको नेतृत्व पनि गरिरहेका छन् । प्रस्तुत शृङ्खलामा उनको ‘जापानमा नेपाली समुदाय : विगत र वर्तमान’ शीर्षकको विशेष लेख समेटिएको छ । यस लेखले जापानमा के कस्ता नेपाली समुदाय रहेका छन् र तिनले नेपाली संस्कृतिलाई कसरी संरक्षण गरिरहेका छन् भन्ने पक्षलाई समेटेको छ ।

-सम्पा.

गतवर्षको भाद्र महिना, जापानको वर्षातको समय भर्खर सकिएको जस्तो भएको मात्र थियो । त्यसमाथि तिज पर्वको मौसम । राजधानी टोक्योको सडक छोप्दै, ट्राफिक नियमलाईसमेत चुनौती दिँदै तीन भागमा बाँडिएका एक हूल महिलाहरू पालो–पालो गर्दै सडक पार गर्दै थिए । रातो साडी, रातै चोलो, कपालमा रिबन र धागा लगाएका ती महिलाहरू तिजका गीत गाउँदै सडक पार गरेको दृश्यले जापानीहरू टक्क अडिए ।

सितिमिति अरूका कुरामा ध्यान नदिने जापानीहरूलाई नेपाली महिलाको त्यो अद्भूत पहिरनले हुनसम्म लोभ्याएछ । तेज रफतारले घुइँकिइरहेका गाडीहरूबाट पनि जापानीहरू चिहाउन थाले । पैदल यात्रा गरिरहेका कतिपयले तस्बिर लिन थाले । सायद यसअघि उनीहरूले यस किसिमको दृश्य ख्याल गरेका थिएनन् । पछिल्ला केही वर्षमा यस्ता गतिविधिहरू जापानमा घनीभूत हुँदै गएका छन् । धेरै–थोरै जापानीहरू परिचित बन्दै पनि गइरहेका छन् ।

अघिल्ला केही दिनको यस्तै अवस्था द्रुतगतिमा चलिरहेका रेल, बसलगायत सार्वजनिक यातायातमा पनि थियो । एकअर्काको घरबाट खानपिन गरेर फर्किरहेका, नेपालीहरूका घर वा रेस्टुराँमा नाचगान गरेर फर्किरहेका नेपाली चेलीहरू टोक्यो र आसपासमा चल्ने रेलका डब्बामा भरिभराउ थिए । अरू बेला सामान्य पहिरनमा हुने चेलीहरू यो दिन तीजको विशेष पहिरनमा भएका कारण सबै रेलयात्रुका आँखामा परेका थिए । त्यसमाथि उनीहरूले गाइरहेका गीतले शान्तसँग बस्न रुचाउने यात्रीहरूको आँखा विस्तारित गर्न काफी थियो । रेलका यात्रुहरूलाई चिन्न गाह्रो भएन, यी नेपाली चेलीहरू आफ्नो महत्त्वपूर्ण पर्व मनाउँदै छन् ।

तीजका बेला मात्र होइन, दशैँ र तिहारका बेला पनि जापानमा यस किसिमका दृश्य देखिन्छन् । जब यहाँ बस्ने नेपालीहरू आफन्तसहित निधारभरि टीका लगाएर रेलका डिब्बा–डिब्बामा देखिन्छन्, स्वाभाविक रूपमा मानिसको ध्यान खिचिन्छ । पार्क, सडक, रेल स्टेसन वा रेस्टुराँका अघिल्तिर जता होस्, त्यसको खासै वास्तै हुँदैन । जापानमा लोकस्रष्टा र लोक पारखीको सङ्ख्या पनि ह्वात्तै बढेको अवस्था छ । विनायोजना आकस्मिक बसाइहरू पनि लोकभाकामा गुन्जिन थाल्छन् ।

केही वर्षयता जापानमा नेपाली भाषा, संस्कृति, पहिरन, खानपिन र चाडपर्व मनाउने शैलीमा व्यापकता आउन थालेको छ । अनौपचारिक तथ्याङ्कअनुसार यसै वर्ष जापानमा नेपालीहरूको सङ्ख्या एक लाख नाघ्दै छ । नेपालीहरू समूहमा बस्ने वा बस्न मनपराउने जाति हो । त्यसमाथि विदेशको ठाउँमा हामी एकअर्काको भर नपरी खुसीसाथ बाँच्न नसक्ने बहुआयामिक प्रतिस्पर्धी युगमा छौँ । यही कारण जापानमा बढ्दो सङ्ख्यासँगै सबै क्षेत्रमा नेपालीपनको विकास भइरहेको छ । यसमा भाषासँगै परम्परा, खानपिन, चाडपर्व र रसयुक्त संस्कृतिले पनि झ्याङ्गिने अवसर पाइरहेको छ । यो अवस्था आएको धेरै भएको छैन ।

सन् १९८४ मा प्रकाशित अध्यागमनको तथ्याङ्कअनुसार त्यतिबेला जापानमा १ सय ७३ जना मात्र नेपालीको आधिकारिक बसोबास थियो । सन् २००० सम्म नेपालीहरूको सङ्ख्या सयबाट बढेर केही हजार मात्र पुग्यो । त्यो बेला जापानमा विद्यार्थी वा उच्चस्तरको रोजगारीको अवसर मात्र थियो तर सन् २००५ पछि भने विद्यार्थी भिसा, दक्ष जनशक्ति भिसा, प्रशिक्षार्थी कामदार भिसा, अनुसन्धान भिसा र डिपेन्डेन्ट भिसाको माध्यमबाट हजारौँ नेपालीहरू जापान पस्न थाले । केही वर्षभित्रै जापानका मुख्य सहरहरूमा नेपालीहरूको भीड बढ्न थाल्यो । विभिन्न व्यवसायमा नेपालीले लगानी बढाउँदै जान थाले । जापानमा रेस्टुरेन्ट व्यवसाय नै नेपालीहरूले गर्ने मुख्य व्यवसाय हो ।

नेपाली समुदायको वृद्धिसँगै आपसी सहकार्य र हातेमालोको सुरुवात भयो । यसले सामूहिक भावको विकास ग¥यो । कुनै समस्या आइपरे आफूभन्दा पाका र पुराना व्यक्तिहरूसँग सोध्ने, सल्लाह गर्ने, सामूहिक छलफलबाट निकास निकाल्ने तथा वैचारिक तथा क्षेत्रगत जमघट हुन थाल्यो । यो क्रम बढ्दै जाँदा बिदाको दिन रमाइलो गर्ने, गीत–सङ्गीतमा रमाउने तथा नेपालबाट नेपाली पत्रपत्रिकाहरू मगाएर पढ्ने प्रचलनको विकास हुन थाल्यो । नेपालीको सङ्ख्या बढे जस्तै नुनदेखि सुनसम्म, हीरादेखि जिरासम्मको व्यापार गर्ने पसलहरू देखा पर्न थाले । पूजापाठ गर्ने ब्राह्मणको सर्वसुलभ उपलब्धतादेखि जनै लगाउने चलन पुन: बौरियो ।

नेपाली समाजका गतिविधि र विश्व जगत्का विविध सामग्रीहरूसहित बिस्तारै जापानमा पनि अनलाइन तथा छापा पत्रिका प्रकाशित हुन थाले । हाल अनलाइन पत्रकारिताले प्रतिस्पर्धात्मक र व्यावसायिक रूप धारण गरिसकेको छ । दर्जनौँ साइटहरू सक्रिय रूपमा सञ्चालनमा छन् । पत्रकारहरूको हक, हित र सत्यतथ्य समाचारका लागि नेपाल पत्रकार महासङ्घ जापान शाखा सन् २०११ देखि अस्तित्वमा छ । नेपाली मिडियामार्फत् नेपालको कला, संस्कृति चिनाउने काम पनि कुनै न कुनै रूपमा भइरहेको पाइन्छ । त्यसका साथै जापानी रेडियो, टि.भी.मा पनि विभिन्न समयमा नेपाल विशेष कार्यक्रमहरू प्रसारित गरिएका हुन्छन् ।

अहिले जापानभरि ६ दर्जनभन्दा धेरै सङ्घसंस्थाहरू छन् । क्षेत्र, राजनीतिक पार्टी, पेसा मात्रै होइन, जिल्ला–जिल्लाका सङ्गठनहरू छन् । कतिपय त गाउँ र वार्डका नाममा पनि सङ्गठन खुलेका छन् । जापानभित्र सक्रिय दर्जनौँ संस्थाहरूमा अनुपम मेल जापानमा देखिन्छ ।

संस्थागत विकासले नेपाली जातिलाई सुसंस्कृत बनाएको छ । एउटा संस्थाको अध्यक्षलाई अर्को संस्थाको कार्यक्रममा ससम्मान आमन्त्रण गर्ने, सम्मान गर्ने, ती संस्थाका राम्रा कामको चर्चा गर्ने प्रचलन जापानमा निकै छ । एकअर्कालाई सम्मान गर्ने कारणले नै हुनुपर्छ, चाहेका बेला सबै संस्थाका जिम्मेवार पदाधिकारी जम्मा भएर ठुलो समस्याका विषयमा छलफल गर्छन् ।

नेपालमा भूकम्प गएको बेला होस् वा बाढी, आगलागी वा कुनै अन्य दैवी प्रकोप, यी संस्थाका पदाधिकारीहरू मिलेर एकैपटकमा ठुला–ठुला निर्णय लिन सक्छन् । यही कारण जापानबाट कुनै कार्यमा उल्लेख्य सहयोग प्राप्त हुने गरेको छ । सबैको छाता संस्थाको रूपमा गैरआवासीय नेपाली सङ्घ छ भने नेपाली राजदूतावासले सबैलाई अभिभावकत्व प्रदान गरिरहेको छ !

केही वर्षअघिसम्म चाडवाडका बेला यहाँका नेपालीहरू परिवार भेट्न नेपाल जाने गर्दथे । अहिले त्यो चलन फेरिँदै गएको छ । अब नेपाल गएर चाडवाड मनाउनेभन्दा पनि नेपालबाट आफ्ना अभिभावक एवम् निकट नातेदार बोलाउने चलन बढेको छ । काठमाडौँदेखि टोक्योसम्म सिधा हवाई उडान स्थापित हुुनुले यसमा थप बल मिलेको हो । यसरी नेपालबाट बोलाइने परिवारहरू एक ठाम भेला भएर चाडवाड मनाउने चलनले जापानमा नेपाली पर्वहरू तामझामयुक्त बन्न पुगेका हुन् ।

एउटा परिवारका सदस्यहरू अर्को परिवारसँग नजिक हुने, घुलमिल हुने चलनले पारिवारिक सम्बन्ध स्थापित भएको छ । नेपालबाट गएका र त्यहीँ रहेका नेपालीहरू एकसाथ पर्व मनाउँदा त्यसले भव्यता पाउने गरेको छ । तिज, ल्होसार, फागुपूर्णिमा, दशैँ र तिहारजस्ता पर्वमा बाटै छेकिने गरी, रेलका डब्बा भरिने गरी र चोक नै थर्कने गरी नेपालीहरूको उपस्थिति देखिनु अब सामान्य हुन थालेको छ । हरेक साल बुद्धजयन्तीमा ‘बुद्धको जन्म नेपालमा भएको हो’ भन्ने सन्देशसहित टोक्योको मुख्य सडकमा ¥याली निकाल्ने चलन धेरै वर्षअघिदेखि चल्तीमा छ । बुद्धको जन्मस्थलबारे भ्रम चिर्न यस अभियानले उल्लेख्य भूमिका खेलेको महसुुस गर्न सकिन्छ ।

पहिला पहिला जुन कुनै किसिमको भिसामा जापान आएका नेपालीहरू ढिलो–चाँडो नेपाल फर्कन्छन् भन्ने विश्वास थियो । अहिले यो विश्वास केही वर्षअगाडिबाट परिवर्तन हुन थालेको छ । सानो सङ्ख्यामा भए पनि नेपालीहरूले घरजग्गा किनेर यहीँ जीवनयापन गर्ने सोच बनाउन थालेका छन् । फुटकर मात्रै होइन, व्यावसायिक खेतिपातीमासमेत सफलता हात पार्न थालेका छन् । पहिले जापानी नागरिकसँग विवाह गर्नेहरूले मात्र जापानमा स्थायी बसोबासको सोच बनाएको पाइन्थ्यो । आजभोलि भने नेपाली दम्पत्तिहरूमा पनि स्थायी रूपमा जापान बस्ने सोच पलाएका छन् । विशेष गरी आफ्ना सन्तानहरू नेपाल गएर समस्यामा पर्छन् भन्ने लागेर यहीँ स्थायी रूपमा बसोबास गर्ने चलन बढेर गएको छ ।

जापानमा अङ्ग्रेजी भाषा प्रयोगमा नहुनु नेपाली नबस्नुको एउटा कारण हो । आफ्ना बालबच्चाका भविष्यमा आउन सक्ने सम्भावित अप्ठ्यारोप्रति सबैजना सचेत र चिन्तित पनि देखिएको पाइन्छ । जापानले पनि अध्यागमन नियम र स्थायी बसोबासको नियममा खुकुलोपन ल्याउन थालेपछि स्थायी बसोबासको चलन बाक्लिन थालेको भनेचाहिँ पक्का हो । जापानमा विदेशीको सङ्ख्याको आधारमा नेपालीहरू छैटौँ नम्बरमा पर्दछन् । साथै, नेपालमा अत्यधिक रेमिट्यान्स भित्र्याउने मुलुकमा जापान पनि पर्दछ । यहाँबाट कानुनी रूपमै अरबौँ रूपियाँ रेमिट भित्रिने गर्दछ ।

नेपाली रेस्टुराँको आधिपत्य
एक दशकअघिसम्म नेपाली खानाका निम्ति टाढा–टाढासम्म धाउनुपर्ने, घन्टौँसम्म रेल यात्रा गर्नुपर्ने बाध्यता थियो । तर अहिले त्यो अवस्थामा कायापलट भएको छ । जापानमा आजभोलि हरेक चोक वा स्टेसनमा नेपाली रेस्टुराँ देखिनु सामान्य हुन थालेको छ । नेपाल र भारतको झण्डा राखेर करी, नान, म:म: र तन्दुरी चिकनका आकर्षक तस्बिर टाँगिएका अधिकांश रेस्टुराँका सञ्चालक नेपाली नै हुन् भन्दा त्यहाँ पुग्ने नयाँ नेपालीहरूलाई पत्याउन गाह्रो हुन्छ । विश्वका अन्य मुलुकमा यस्ता रेस्टुराँका मालिक भारतीय मूलका हुने गरेका छन् । संसारभर भारतीयहरूले रेस्टुराँ क्षेत्रमा जुन प्रगति गरेका छन्, ठिक त्यसैगरी जापानमा नेपालीहरूले प्रगति गरेका छन् ।

नेपाली रेस्टुराँमा नेपालीहरूले खाना खानु सामान्य हो तर नेपाली रेस्टुराँमा जापानी ग्राहकको बाक्लो उपस्थितिले थप रेस्टुराँ खुल्ने क्रम जारी छ । जापानभरि हाल ४ हजारभन्दा बढी नेपाली रेस्टुराँ भएको आँकलन छ । तीमध्ये अधिकांश रेस्टुराँ नेपालीले नै चलाएका छन् । ती सबै रेस्टुराँमा नेपालीहरूले नै रोजगारी पाउनु अर्को सुखद पक्ष हो । अर्को शब्दमा भन्ने हो भने सानो होस् या ठुलो, विदेशमा सबैभन्दा बढी नेपाली व्यवसायी भएको मुलुक जापान हो । अमेरिका, अस्ट्रेलिया, युरोप मात्रै होइन, खाडी मुलुकमा लाखौँ नेपालीको बसोबास छ तर अफ्नो व्यवसाय गर्ने ठुलो सङ्ख्या जापानमै देखिन्छ ।

विकसित मुलुकमा व्यवसाय गर्ने र देशलाई कर तिर्ने व्यक्तिलाई ठुलो सम्मान दिइन्छ । जापानमा सस्तो, स्वस्थकर र मिठो खानाका लागि मात्र होइन, देशलाई इमान्दारीपूर्वक कर तिर्ने विदेशी नागरिकको सूचीमा नेपाली पर्न थाल्नुले पनि यसको प्रत्यक्ष–अप्रत्यक्ष सकारात्मक प्रभाव पर्न थालेको पाइन्छ । पछिल्लो समयमा नेपालीहरूलाई जापानले रोजगारीका क्षेत्रहरूमा प्राथमिकता दिनुमा पनि कुनै न कुनै रूपमा यसले काम गरेको अनुमान यहाँका नेपालीहरूले गर्न थालेका छन् । जापान प्राकृतिक प्रकोपपूर्ण देश हो । भूकम्प, सुनामी, बाढीलगायतका विपत्तिको समयमा पनि जापानको नेपाली समुदायले आफ्नो सशक्त उपस्थिति र प्रस्तुति जनाइरहेको हुन्छ । यो अर्को सम्झनलायक पाटो हो ।

हर्ष र पर्वको रौनक
चाडपर्वहरू त्यो बेला सुखद हुन्छन्, जब ती पर्व मनाउने पैसा हुन्छ र साथमा परिवार, उत्साह अनि तनावरहित वातावरण हुन्छ । नेपालमा आर्थिक अभावकै कारण चाडपर्व मनाउन नसकेका दु:खद खबरहरू आज पनि सुन्न पाइन्छन् । अझै पनि नेपालको गरिबीको रेखामुनि ठुलो जनसङ्ख्या छ । यही कारण आफूले सोचे जस्तो पर्व मनाउन पाइँदैन, अझ भनौँ सकिँदैन । जापानको हकमा जस्तोसुकै सामान्य व्यक्तिले पनि राम्रोसँग पर्व मनाएको देखिन्छ । साथीभाइ जम्मा भएर समूहमा पर्व मनाइने भएकाले र सबैजसो रोजगार नै भएका कारणले कसरी पर्व मान्ने भन्ने चिन्ता हुँदैन । सामाजिक रूपमा यहाँ पर्वहरू मनाइने भएकाले कसैले पनि एक्लोपनको महसुस गर्नु पर्दैन । यसले आफन्त र अभिभावकको नियास्रो पनि धेरै हदसम्म मेटिने गरेको छ । आफ्नो गाउँ, जिल्ला, क्षेत्रका सङ्गठनहरू मात्रै होइन, सामाजिक, धार्मिक एवम् राजनीतिक विचार निकटहरूले पनि आ–आफ्ना साथीभाइहरूलाई बोलाएर एक ठाम बसेर पर्व मनाउने गर्छन् । यसले पर्वहरू उल्लासमय, व्यवस्थित र चिन्तारहित बनाउँछ ।

यहाँ दशैँ, तिहार, तिज, उभौली, उद्यौली, म्हपूजा, कृष्णजन्माष्टमी, जनैपूर्णिमा, छठ आदि पर्वहरू मनाइन्छ । देउडा, तीजगीत, धेउसी–भैलोजस्ता सांस्कृतिक नृत्यहरू पनि नेपालीहरू मिलेर नाच्ने–गाउने गर्छन् । यो रौनक नेपालीहरूको घर, रेस्टुराँहरूमा मात्र होइन, सहरका चोक र गल्लीहरूमा पनि देख्न थालिएको छ । रेलका डिब्बा र रोडका छेउछाउमा पनि यस्तो देखिन थालेको छ ।

साहित्यमा अब्बल
जहाँ भाषा पुग्छ, त्यहाँ साहित्य पुग्नु सामान्य हो । जापानमा नेपाली साहित्य जागेको शङ्कर लामिछानेको पालादेखि नै हो । जापान सरकारको निम्तोमा समय–समयमा नेपाली साहित्यकारहरू विभिन्न सहर पुग्ने गरेका थिए । यस्तो बेलामा जापानमा रहेका नेपालीहरूले ती साहित्यकारहरूको सत्कार गर्नु र उनीहरूको उपस्थितिमा साहित्यिक भेटघाट गर्नु सामान्य नै थियो । नेपाली स्रष्टाहरूको पातलो उपस्थितिका कारण तर यस्ता साहित्यिक कार्यक्रम अनौपचारिक ढङ्गले सम्पन्न हुन्थे, जसको रेकर्ड उति सारो पाइँदैन ।

साहित्यिक क्षेत्रको आधिकारिक थालनी भने नेपालीहरूको बाक्लो उपस्थितिपछि नै हो । आधिकारिक तथ्याङ्कअनुसार अमेरिकामा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को जापान च्याप्टरको सन् २००३ मा गठन भएपछि नेपाली साहित्यले यहाँ औपचारिकता देखाउन थाल्यो । अनेसासभन्दा अघि नेपाली समाज जापानले साहित्यिक कार्यक्रमको संयोजन गर्ने गर्दथ्यो । त्यो बेला डा. कुमार बस्नेतको अध्यक्षतामा एउटा टेबलबाट सुरु भएको अनेसास अहिले जापानव्यापी बनिसकेको छ । त्यति मात्र होइन, विश्वजगत्लाई धक्का दिनेगरी यसले दर्जनौँ साहित्यकारहरू जन्माइसकेको छ । जापानबाट पुस्तक निस्कने क्रम ह्वात्तै बढेको छ । अनेसासका अतिरिक्त विश्व नेपाली साहित्य महासङ्घ र एनआरएनएको भाषा साहित्य समितिले पनि साहित्यिक गतिविधि गरिरहेका छन् ।

नेपाली पाठ्यक्रम र नेपाली स्कुल
दक्ष जनशक्ति, उच्च प्राविधिक, व्यवसायीदेखि सामान्य विद्यार्थीसम्मको जमघटले विशेष बन्दै गएको जापानमा पारिवारिक बसाइसँगै हरेक वर्ष सयौँ नेपाली शिशुहरू जन्मन थालेका छन् । शिशुको जन्मसँगै उनीहरूको शिक्षादीक्षाको चिन्ता हुनु स्वाभाविक नै हो । अहिले राजधानी टोक्योमा मात्र होइन, योकोहामा, नागोया, ओसाका र फुकुओका नेपालीहरूको घनत्व बढी भएका सहरहरू हुन् । शिशु जन्मने मात्र होइन, नेपालमा भएका आप्mना सन्तान पनि जापान बोलाउन थाल्दा जापानमा नेपाली बालबालिकाहरूको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।

यो क्रमसगै जापानी विद्यालयमा नेपाली भाषा पढ्न नपाइने र आप्mनो भाषा बिर्सने डरले धेरै नेपालीहरूलाई चिन्ताले सताउन थाल्यो । यही चिन्ता दूर गर्न नेपालीहरूको एउटा भेलाले टोक्योको आसागायामा सन् २०१३ बाट नेपाली समुदायको लगानी र व्यवस्थापनमा ‘एभरेस्ट इन्टरनेसनल स्कुल’ सञ्चालनमा आयो । आठ वर्षको अवधिमा यहाँ सयौँ नेपाली बालबालिकाहरू नेपाली भाषामा शिक्षा लिन थालेका छन् । कक्षा दससम्म पठनपाठन हुने यस स्कुलले दश जोड दुईको पनि सञ्चालन अनुमति पाइसकेको छ । नेपाली पाठ्यक्रमअनुसार विदेशमा पढाइ हुने एक मात्र यस स्कुलको आफ्नै भवन रहेको छ । नेपालीकै लगानीमा हिमालयन इन्टरनेसनल एकेडेमी नामक अर्को स्कुल पनि २०२१ सालबाट सञ्चालनमा आएको छ ।

अग्रपङ्क्तिमा गीत–सङ्गीत
विशेष गरी जापानमा दुईथरि साङगीतिक कार्यक्रम हुने गरेको पाइन्छ । पहिलो, गीत–सङ्गीतको क्षेत्रमा नेपालमै स्थापित गायकहरूको जापान आगमनका कारण स्थानीय सुवाससहितको साङ्गीतिक कार्यक्रम । अर्को चाहिँ नेपालबाट सङ्गीतकर्मीहरू बोलाएर गरिने व्यावसायिक साङ्गीतिक कार्यक्रम । जापानमै रहनुभएका स्थापित सङ्गीतकर्मीहरू जुनसुकै सामाजिक कार्यक्रमहरूमा पनि त्यहाँको अवस्था हेरेर कार्यक्रमलाई भव्य बनाइदिने गर्छन् । यसका लागि विशेष अवस्था वा मौका कुर्नुपर्दैन । नेपालबाट सङ्गीतकर्मी बोलाउँदा भने विशेष तयारी र विशेष पर्वको अवस्था कुर्नुपर्छ । यी सबै अवस्थामा सबै संस्थाहरूले यहाँको साङ्गीतिक कार्यक्रमलाई विशेष बनाउने गर्छन् ।

जापानमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्बद्र्धन र संरक्षण गर्न गायक, गीतकार, सङ्गीतकार, निर्माता, निर्देशक तथा छायाङ्कनकर्ताहरूको भूमिका अतुलनीय रहेको छ । सक्रिय विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने हरेक जसो कार्यक्रममा सांस्कृतिक कार्यक्रमले कुनै न कुनै रूपमा स्थान पाएकै हुन्छ । नेपालबाट कलाकार बोलाएर कार्यक्रम गर्नेदेखि लिएर यहीँ रहेका दर्जनौँ कलाकारहरूले जापानका नेपाली समुदायमा अमिट छाप छोड्न सफल छन् । यसले जापान आफै सङ्गीतको थलो देखिन्छ । त्यसमाथि नेपालबाट आउने चर्चित स्रष्टाहरूले यसलाई अझ सङ्गीतमय बनाइदिने गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यस क्षेत्रमा संस्थागत रूपमा धेरै कामहरू गरिरहेको छ ।

अन्त्यमा
विक्रमको १९०२ मा थोमस कुक नामक जाहज चढेर ७० दिन सामुद्रिक यात्रा गरेर ८ जना नेपाली विद्यार्थीहरूले जापान टेकेका थिए । त्यो बेला ती विद्यार्थीहरूले जापानका विषयमा गरेको अदभूत वर्णन नै कालान्तरमा नेपालीहरूको जापान आकर्षण बन्न पुग्यो । त्यसयताका धेरै जापानी भूमिको बारेमा नेपाली कथा र व्यथा लेखिसकिएको छ । आज एकसय छयहत्तर वर्षपछि ती कुरा कुनै दन्त्यकथाजस्ता भएका छन् ।

नेपाल–जापानबिच दौत्य सम्बन्ध स्थापना भएको सात दशकको हाराहारी भइसकेको छ । यो बिचमा जनस्तरमा पनि अत्यन्त निकटम सम्बन्ध कायम भएको पाउन सकिन्छ । कला, साहित्य र संस्कृतिमा निकै धनी रहेको जापानमा बसेर नेपालीहरूले आफ्नै भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना र संरक्षण र विस्तार गर्नु चानचुने काम होइन । अहिले त जापान भूमिमा नेपालीहरूको आपफ्नै इतिहास बनिसकेको छ । आफ्नै परम्परा र संस्कार बनिसकेको छ । समग्र जापानीहरूका लागि नेपाली भन्नु उनीहरूको श्रम मात्र होइन, उनीहरूको भाषा, संस्कृति, परम्परा र एकताको प्रतीकका रूपमा स्थापित भएको छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
प्रकाश पौडेल माइला
प्रकाश पौडेल माइला
Post Views: 479
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पुर्खाको खोज

July 10, 2023

कोरोनाको कहर र भविष्यमा पर्ने प्रभाव

May 17, 2023

नेपालमा विक्रम संवतको आरम्भ 

April 19, 2023

भारतमा नेपाली भाषा विकास मञ्चले लिएको तत्परता

January 15, 2023

अफ्रिकामा नेपाल

January 15, 2023

को हुन् हाम्रा प्यारा बालबालिकाहरू ?

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.