SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपालमा विक्रम संवतको आरम्भ 
लेख

नेपालमा विक्रम संवतको आरम्भ 

आर. सी .न्यौपानेBy Sahitya SagarApril 19, 2023No Comments13 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

आमुख:–
मानव जातिको उत्पत्ति केन्द्र तथा ज्ञान विज्ञानको मुहान हिमवत्खण्ड आर्य संस्कृति ,सभ्यता, पुरातत्व मुल्यवोधको रक्षाको लागि ऋषिहरूले विक्रम संवतको सिर्जना गरेका हुन् । विक्रम संवत् प्रतिपादन गरेपछि यसलाई पूर्वजहरूले क्रमश: जीवन ब्यवहारमा ल्याए । यो संवतलाई मूलत: वैदिक सनातन हिन्दू परम्परामा आधारित नेपालको राष्ट्रिय पञ्चाङ्ग पात्रोको रूपमा प्रचलनमा ल्याइएको छ । जीवन र जगत्लाई सही अर्थमा व्यवस्थित गर्न वैदिक सनातन धर्म दर्शनले दिशा निर्देश गरेका अनेकौ विधि सिद्धान्तमध्ये विक्रम सम्बत एक महत्वपूर्ण मार्गदेश हो ।

विक्रम संवत् वैदिक सनातन हिन्दू परम्परामा आधारित नेपालको राष्ट्रिय पञ्चाङ्गको रूपमा समृद्ध बन्दै अगाडि बढेको छ । पछिल्लो समय यो संवतलाई श्री ५ पृथ्वी वीरविक्रमको शासनकालमा राणा प्रधानमन्त्री देव शमशेर÷चन्द्र शमशेरले सरकारी कामकाजको संवतको रूपमा मान्यता दिए । वैदिक हिन्दू पञ्चाङ्गमा आधारित हिमवत्खण्ड नेपालको राष्ट्रिय पात्रो विक्रम संवतमा आधारित छ । यो पात्रो वैदिक हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हा े। वैदिक हिन्दू पञ्चाङ्ग पात्रोमा प्रत्यक वर्षको सुरmवात वैशाखको पहिलो दिनबाट हुन्छ । नेपालमा संस्थागत रूपमा ब्यवस्थित विक्रम सम्बत सूर्यसँग सम्बन्धित हुने भएको हुँदा विक्रम सम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित हुन्छन् । किराँत , लिच्छवी, मल्लकाल, सेन वंशका कतिपय शिलालेखहरू, राम शाह र पृथ्वीनारायण शाहका प्रारम्भिक शिलालेखहरूमा विक्रम सम्बत उल्लेख रहेकोले पाइनुबाट विक्रम संवत् सिङ्गो हिमवतखण्ड – भारत वर्षको आदि संवत् हो भन्ने पुष्टि हुन्छ । यसरी विक्रम सम्बत हिमवत्खण्ड नेपालको प्राचीन संवत् हो भनेर बुझ्नु नै इतिहासप्रति सच्चा न्याय हुन्छ ।

राजा विक्रमादित्य विक्रमसँग जोडिएको विक्रम संवत् :–
राजा विक्रमादित्यको बारेमा विभिन्न कोणबाट परिचर्चा हुने गर्दछ । कसैले भारततिरका कुनै राज्यका राजा हुन् भन्ने भनाइ छ । कतिपयले विक्रम सम्बत भारतको उज्जयनीबाटै आएको हो भनेका छन् तर त्यसमा आधिकारिक प्रमाण छैन । विक्रम संवत् भारतको उज्जयनीबाट आएको भए त्यस्ता राजाका बारेमा त्यस ठाउँमा कुनै न कुनै सत्य तथ्यमा आधारित प्रमाण त्यहाँ भेटिनु पर्ने हो तर त्यस्तो भेटिदैन । विक्रम संवत् भारतमा उत्पति भएको नभई नेपालमा नै उत्पति भएको भन्ने केही प्रमाण दिन सकिन्छ । यसै संवन्धमा विक्रम सम्बत १९३७ मा छिमेकी राष्ट्र भारत गुजरातका अनुसन्धानविद् पं.भगवानलाल इन्द्रजी नेपालमा आएर यहाँबाट झण्डै २३ वटा महत्वपूर्ण अभिलेख खोजेर लगी त्यसको गहिरो अनुसन्धान गरेर लिच्छविकालमा उल्लेखित सम्बतहरूलाई विक्रम सम्बत हुन् भन्ने निचोड निकालेका थिए ।

भारतको कोलकाता विश्वविद्यालयका इतिहासका प्राध्यापक राधागोविन्द बासकले लेखेको भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन्– ’राजा मानदेवको पालाको सम्बत ३८६ को चाँगुको अभिलेखको सम्बत’ विक्रम सम्बत नै हो भनेर सप्रमाण पुष्टि गरेका छन् । यसरी विक्रम सम्बत ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको सम्बत ४८९ सम्मका सम्बत विक्रम सम्बत हुन् । ’

इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नुभएको छ– जुन समय ई.पू. ५८ वर्षमा यो सम्बत् उठान भएको थियो उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन’ जुन समय ई.पू. ५८ वर्षमा यो सम्बत उठान भएको थियो उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । उज्जयनीका खण्डहरूको उत्खनन हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिन्ह भेटिएको छैन ।’

यसबारेमा थप पुष्टि गर्न नेपालका अनुसन्धान कर्ता शंकरमान राजवंशीले पनि पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संबतहरू शक सम्बत हुँदै होइनन् भनेर ठोकुवाकासाथ लिच्छविकालका अभिलेखमा उल्लेखित सम्बतहरूलाई विक्रम सम्बत नै हुन भनेर अडान लिएका छन् । त्यसोहुदा चाँगुनारायण लगायत लिच्छवि शासनकाल भरका उल्लेखित संवत् विक्रम सम्बत नै मानिदै आइएको हो ।विक्रमादित्य बारे नेपालको प्रचलित वंशावलीमा उल्लेख भएका विषय अध्यन गर्दा उनी नेपालकै लिच्छिवीकाल तिरका कुनै एक राजा हुन् भन्ने बुझ्न सकिन्छ । विक्रमादित्यको बारेमा पशुपति महात्म्यमा लेखिएको छ – ” अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्तते ” अर्थात् सूर्यवंशी लिच्छविको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश सुरू भएपछि लिच्छवि वंशका पहिला राजालाई धर्मपाल, भूमिबर्मा, विक्रमादित्य आदि भनिएको र तिनकै शासनकाल देखिनै नेपालमा विक्रम संवत् सुरू भएको बताइएको छ !

विगतको श्री ५ को सरकारको निकाय पुरातत्व विभागबाट प्रकाशित भएको श्री नयनाथ पौड्यालबाट सम्पादित भएको भाषा वंशावलीमा धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा (हालको नारायणहिटी) बनाई तीर्थसमेत चलाएको र त्यसैबेलादेखि विक्रम सम्बत प्रचलनमा आएको भन्ने विचार उल्लेख गरिएको छ ।

अर्को कुरा काभ्रेपलाञ्चोक जिल्लास्थित नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँ छ । त्यस ठाउँमा मेला लाग्ने गरेको भन्ने किंवदन्ती पनि पाइन्छ ।

यसरी हेर्दा विक्रमादित्य राजाले राज्य गरेको भन्ने भनाई रहेको काठमाडाँै स्थित साँखुको बज्रयोगिनी मन्दिरदेखि अलि माथि नेर राजा विक्रमादित्यको शीरको पूजा युगौँदेखि बज्राचार्य वंशका पुजारीले गर्दै आएका घटनाबाट पनि अनुमान लगाउन सकिन्छ । तिनै चक्रवर्ती राजा विक्रमादित्यले तत्कालीन नेपाल राज्यलाई विस्तार गरी दक्षिण कासीसम्म पुराएर कासीमा विश्वनाथको मन्दिर स्थापना गरेको कुरा स्कन्द पुराणको हिमवत्खण्डमा उल्लेख भएबाट यसको प्रचीनतालाई कम आँकलन गर्न मिल्दैन ।

यस विषयमा योगी नरहरिनाथ भन्नुहुन्छ “श्री वीर पाल:नृपति:तत: अभूत तस्मात अभूत विक्रमपाल भूप:। “ उहाँले यस विषयको उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा राजसिंहासन थियो भन्नुभएको छ ।“

वैदिक सनातन संग विक्रम संवत्को संवन्ध :–
विक्रमसंवत् चन्द्रमास तथा सौर्य मासमा आधारित रहेको छ । यसले वैदिक सनातन हिन्दू पञ्चाङ्ग ( तिथि ,बार ,नक्षत्र ,योग, करण ) पद्धति आत्मसाथ गरेको छ । बैदिक सनातन पद्धतिको जगमा विक्रम संवत् सिर्जना हुन पुगेको हो । यस मन्त्रमा ध्यान दिन जरुरी छ ।

विवाहादौ श्म्रित: सौरौ यग्यादौ शावन श्म्रित: !
शेषे कर्मणी चान्द्रस्या देश: मासबिधि श्म्रित: !!

वैदिक पद्धतिमा विवाह , व्रतबन्ध आदिकुरा सौर्य मास अनुशरण गरी गर्नु , यज्ञ यज्ञादि कार्य उदय तिथिअनुसार गर्नु (जसलाई शावन मास पनि भनिन्छ ) । जन्म, मरण, श्राद्धादि कर्म तत्कालीन तिथि र नक्षत्रअनुसार गर्नु ( चान्द्र मासअनुसार ) भन्ने निर्देश रहेको छ ।

विक्रम संवत् तीन किसिमको काल गणनामा आधारित रहेको छ ! पहिलो तिथिअनुसारको सावन मास (शुल्क पक्ष र कृष्ण पक्ष), नक्षत्र वा चान्द्र मास (हिन्दुहरूको श्राद्ध,जन्म तथा अन्य पौष्टिकादि कर्महरूसँग सम्बन्धित), सौर्य मास शुभ विवाह र शुभ ब्रतबन्धका लागि उचित हुन्छ । वैदिक सनातन आर्य र हिन्दू पद्धतिअनुसार प्रत्येक पूर्णिमाको दिन आउने नक्षत्रअनुसार त्यो महिनाको नाम राखिएको हुन्छ । जस्तो :– विशाखाबाट वैशाख , जेष्ठाबाट जेठ .पूर्वाषाढाबाट आषाढ, श्रवणबाट श्रावण, पूर्वाभाद्रपदबाट भाद्र , अश्विनीबाट आश्विन, कृतिकाबाट कार्तिक , मृगशिराबाट मङ्सिर , पुष्यबाट पौष , मघाबाट माघ , पूर्वाफाल्गुनीबाट फाल्गुण र चित्राबाट चैत्र बनेको देखिन्छ । यसरी विक्रम संवतमा हरेक चैत्र शुल्क प्रतिपदादेखि सम्बत्सर फेरिन्छ भन्ने कुरालाई आम रूपमा स्वीकारिएको छ । बिक्रम सम्वतभित्र सूत्र चन्द्रमास, नक्षत्र मास र सूर्य मास समेटिएको छ । पञ्चाङ्ग चक्रलाई खगोलीय तत्वसँग जोड़दा बाह्र महिनाको एक वर्ष र सात दिनको सप्ताह बन्दछ । प्रत्येक महिनाको हिसाब सूर्यलाई हेरेर पृथ्वी र चन्द्रमाको गतिमा आधारित भएर गरिन्छ । यस उपमहाद्वीपमा भिन्न–भिन्न रूपमा यो पद्धति लागू गरिएको छ । सूर्यले १२ महीना, ३० ÷३२ पक्ष (शुक्ल र कृष्ण) दुई अयन ,२७ नक्षत्र भ्रमण गर्दछ ।

ज्योतिषीय ज्ञान, दिन, महिना र वर्षका साथै चाडवाड, व्रत, पर्व, मेला आदिको सम्बन्ध देखाउन तयार गरिएको वैचारिक सङ्ग्रह “पञ्चाङ्ग” लाई पात्रो भनिन्छ । हामीले सनातनदेखि मान्दै र मनाउँदै आएका व्रत एवं उत्सव मनाउन सम्यक काल, यज्ञ, उपनयन, विवाह आदि धार्मिक कृत्य आदिको जानकारी लिन पात्रो अनिवार्य छ । कतिपय पात्रो ‘सूर्य सिद्धान्त’ का आधारमा र केही ‘वैदिक आर्यसिद्धान्त’का आधारमा र केही अपेक्षाकृत पाश्चात्यकालीन ग्रन्थहरूका आधारमा तयार पारिन्छ ।

केही ‘चैत्र शुक्ल प्रतिपदा’ देखि , केही ‘कार्तिक शुक्ल प्रतिपदा’ देखि आरम्भ गरिएका हुन्छन् भने केही आषाढ़ शुक्ल प्रतिपदादेखि सुरु भएको हुन्छ ! हिन्दू बाहुल्य क्षेत्रमा ‘विक्रम संवत’, दक्षिण भारतमा ‘शक संवत’ , कश्मीरमा ‘लौकिक संवत’ पश्चिमाहरू गेग्रोइन सम्बत, कहीँ महिना ‘पूर्णिमान्त’ देखि पूर्णिमासम्म कहीँ औँसीदेखि औँसीसम्म ब्रत , एकादशी, शिवरात्रि , श्री कृष्ण जन्माश्टमी दशैँ तिहार जस्ता पर्व मनाइन्छन् । यसमा केही सिद्धान्तहरू छन् :

सूर्य सिद्धान्त – यो शुद्ध र सरल भएका कारण विश्वभरिका हिन्दूहरूले प्रयोग गर्दछन् ।
आर्य सिद्धान्त – यो दक्षिण भारतमा प्रयोग गर्दछन् ।
ब्राह्मसिद्धान्त – यो पश्चिमी भारतीय प्रान्तहरू गुजरात एवं राजस्थानमा प्रयोग गरिन्छ ।

वैदिक धर्म दर्शन, सभ्यताको मानक ऋग्वेदमा अतिरिक्त महिनाका बारेमा विशेष रूपमा उल्लेख गरिएको छ । यसमा तिथि, नक्षत्र गणनाको तरिका सिकाइएको छ ।

उषाकालमा हाम्रा ऋषिमुनिहरूले महिनाको गणना गर्दा चन्द्रमालाई आधार मानेर र वर्षको गणना गर्दा सूर्यलाई आधार मानेर गर्दथे । यज्ञ कर्म गर्दा वसन्त ऋतुमा प्रथम तिथिदेखि पूर्णिमाको दिनसम्म गर्ने चलन थियो । उनीहरूले चन्द्र वर्षको ३५४ दिन सौर वर्ष भन्दा ११ दिन कम हुँदा अधिक मासको ब्यवस्था हुन पुग्यो । ज्योतिर्विदाभरणअनुसार कलियुगका ६ व्यक्तिहरू युधिष्ठर, विक्रम, शालिवाहन , विजयाभिनन्दन, नागार्जुन एवं कल्की हुन् । यसमा कालको मापक सूर्यलाई केन्द्र बनाएर चन्द्र र पृथ्वी आफ्नो धुरीमा घुम्दा दिन रात हुने कुरा बताइएको छ । महिना चन्द्र गणना र वर्ष सूर्य गणनामा आधारित गरी सूर्य भ्रमण भनेको नै पृथ्वीको भ्रमण हो भनेर सिद्धान्त प्रतिपादन गरिएको छ । अयनवृत्तीय (तचयउष्अब)ि वर्ष दक्षिणायन र उत्तरायण नक्षत्रीय वर्ष भन्दा अपेक्षाकृत सानो हुन्छ भन्ने मान्यता स्विकारिएको छ ।

चन्द्र गणना :–

चन्द्र गणनाबाट तिथि, करण, मलमास, मास र क्षयमास, रात्रि गरिने कृत्य आदिको ज्ञान तथा सूचना पाइन्छ । सावन गणनाबाट यज्ञ, सवन तीन सोम यज्ञ, ग्रह–गति, उपवास, जन्म–मरण–आशौच, चिकित्सा, प्रायश्चित्त तथा अन्य धार्मिक कार्यहरूको बारेमा यथेष्ट जानकारी मिल्दछ । सौर्यमास तथा चन्द्रमासलाई सँगै लैजाने कारणले मलमास र क्षयमासको हिसाब ज्योतिष शास्त्रले राखेको हो । चन्द्रवर्ष, सौर्य वर्षको तुलनामा ३५४ दिनको हुन्छ । सौर्यवर्षको ३६५ भन्दा चन्द्रवर्ष ११ दिन, खास गरेर साढे दश दिनले फरक हुन्छ । यही हरेक वर्षको साढे १० दिन, प्रत्येक ३ वर्षमा १ महिनाले फरक हुन्छ । हरेक तेस्रो वर्षमा चन्द्रमासमा १ महिना थपेर बराबर गरिन्छ । यसरी थपिएको महिनालाई मलमास वा अधिकमास भनेर भनिन्छ ।

नेपालमा पञ्चाङ्ग पात्रो निर्माण गर्दा पाँच महत्त्वपूर्ण अङ्गलाई समेटेर बनाइन्छ । जस्तो – तिथि, सप्ताह, दिन, नक्षत्र, योग एवं करण । एक सूर्योदयदेखि अर्को सूर्योदय सम्म एक वार (एक दिन) मानिन्छ ! बाह्र महिना, ६ ऋतु , मधु , माधव शुक्र , शुचि , नभस् , नभस्य , इष , ऊर्ज, सहस् , सहस्य , तपस् एवं तपस्य बाह्र महिनाका नाम पनि वैदिक आधारमा तय गरिएको हो । सूर्योदयबाट सूर्यास्तसम्म दिन ! सूर्यास्तदेखि सुर्योदयसम्म रात भनिन्छ । (प्रवीण अधि कारीको लेख २६ चैत्र २०७२) ।

सन् १९३० अप्रिल १३ तारिखका दिन राणा प्रधानमन्त्री चन्द्र शमसेरले विक्रम सम्वत् १९६० बैशाख कृष्ण द्वितिया तिथिका दिन बैशाख १ गते सौर्यमानक पात्रो सुरु गरेको पाइन्छ । नेपालको औपचारिक कामकाजमा प्रयोग हुने सौर्यमानक यही विक्रम संवत् हो । यो संक्रान्तिमा आधारित छ ।

विक्रम संवत् शाके सम्बत भन्दा १३५ वर्ष जेठो, नेपाल सम्बत भन्दा ९३६ वर्ष जेठो र ईस्वी सम्बतभन्दा ५७ वर्ष जेठो छ भन्ने प्रमाणित भएको छ । विक्रम सम्बतलाई भारतको उज्वैनबाट चलन चल्तिमा ल्याइएको भन्रे भनाई पनि त्यसको कुनै आधिकारिकता पुष्टि भने हुन नसकेको यथार्थ हो । त्यसैले वैदिककालदेखि नै तिथिको आधारमा चल्दै चलाउँदै आएको विक्रम सम्बतमा तिथिहरू थपघट भइरहने हुन्छ ।

संवतमा तिथिहरू थप घट भइरहने हुने हुनाले राज्य ब्यवस्था तथा शासन व्यवस्था हाँक्ने सवालमा केही कठिनाई देखा परेको कारण तत्कालीन वैदिक ज्योतिषहरूको राय सल्लाहमा पछि चन्द्रशमशेरले तिथिको अलावा गतेमा लेख्ने प्रचलन बसाले । विक्रम सम्बत १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाहरूका दिनहरू निर्धारण गरी विक्रम संवत् नयाँ आधारमा चलाइएको पाइन्छ । यसरी मीन राशि समाप्त भएपछि मेष राशि सुरु हुनासाथ वैशाख महिना सुरm हुन्छ भनेर बुझ्नुपर्छ ।

विक्रम संवत्बारे ब्रह्माण्ड पुराणमा भनिएको छ : –

चैते मासी जगदब्रघ्मा ससर्ज प्रथमेक्हनि !
शुल्क पक्षे समग्रम तु तदा सूर्योदयो सति !!

अर्थात यस संसारको शृष्टि ब्रह्माजीले चैत्र शुल्क पक्ष प्रतिपदा तिथिको सूर्योदय कालमा गरेका थिए ! त्यसकारण यो सम्बत्सर प्रत्येक वर्ष चैत्र शुल्क पक्ष परेवा तिथिमै फेरिन्छ त्यो दिन जे बार पर्दछ त्यस वारसम्बन्धी ग्रहलाई त्यो वर्षको राजा तथा बैशाख १ गते पर्ने बारसम्बन्धी ग्रहलाई त्यो वर्षको मन्त्री ग्रह मानिन्छ ।

बैशाख १ गते सूर्यको सङ्क्रमण पृथ्वीको घुमाइका कारण पुन: ३६५ दिन ६ घण्टा १९ मिनेट पछि त्यै राशीमा रहन आइपुग्ने हुनाले यो दिनलाई नयाँ वर्षको रूपमा मान्न थालिएको हो । यसले सौर्य मास र चान्द्र मासबिचमा आउने फरक ११ दिन १ घण्टा १२ मिनेट १९ सेकेन्डलाई प्रत्येक २ वर्ष ८ महिनापछि अधिकमासको रूपमा मिलान गरिन्छ ।

अधिकमास भनेको एउटा चन्द्र मासभित्र २ बटा सूर्य संक्रान्ति पर्नु हो भनेर बुझिन्छ । बिक्रम सम्बतभित्र सूत्र चंद्र मास, नक्षत्र मास र सूर्य मास समेटिएको छ । पंचांग चक्रलाई खगोलीय तत्वसँग जोड़दा बाह्र महिनाको एक वर्ष र सात दिनको सप्ताह बन्छ ।

प्रत्येक महिनाको हिसाब सूर्यलाई हेरेर पृथ्वी र चंद्रमाको गतिमा आधारित भएर गरिन्छ । यस उप महाद्वीपमा भिन्न–भिन्न रूपमा यो पद्धति लागू गरिएको छ । सूर्यले १२ महिना, ३० ÷३२ पक्ष ( शुक्ल र कृष्ण) दुई अयन, २७ नक्षत्र भ्रमण गर्दछ । नयनाथ पौडेलले विक्रम संवत्बारे अभिलेख संग्रहमा उल्लेख गरेर यसबारेमा वृस्तित जानकारी गराउनुभएको छ । जसअनुसार उल्लेख गर्नु भएका विषयबारे उपत्यकाको भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिमपट्टिको भित्तामा पनि विक्रम सम्बत १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण पट्टामा विक्रम सम्बत १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ र भक्तपुर राजदरबार स्थित कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम सम्बत १७३४ उल्लेख भएको पाइएबाट यसको प्राचीनता उजागार भएको छ ।

राजा भूपतेन्द्र मल्लले विक्रम सम्बत १७६३ उल्लेख गरेको कुरा भुवनलाल प्रधानले उल्लेख गर्नुभएको र जयप्रकाश मल्लले विक्रम सम्बत १८१४ मा पृथ्वीनारायणलाई खस नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले’ इतिहास संशोधनको प्रमाण प्रमेय’मा उल्लेख गर्नुभएको छ । आधुनिक नेपाल घोषणा इतिहास लिपिवद्ध गरेपछि विक्रम सम्बत १८२५ को वसन्तपुर दरबारको अभिलेखमा– ’राजा पृथ्वीनारायणको वंश गुह्येकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनी उल्लेख गरेका थिए । त्यस्तै लिच्छवि कालमा निर्माण गरिएको हरिसिद्धि मन्दिरमा पनि विक्रम सम्बत ७११ उल्लेख गरिएको वंशावली पाइन्छ । साथै विक्रम सम्बत ९४५ मा हरिसिद्धिमा नाटक प्रहसन भएको कुरा हरिसिद्धि उपपुराणमा उल्लेख गरिएको छ । राजा जयस्थिति मल्लको पालामा पनि सुवर्णपत्रमा ’विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीके: श्रेयोस्तु’ भनी उल्लेख भएको पाइन्छ ।

तत्कालीन तराई मोरङका राजा हरिश्चन्द्र सेन र वृष सेनको स्याहामोहरमा पनि विक्रम सम्बत १७१९ पौष वदी ४ उल्लेख भएको पाइन्छ । त्यस्तै मकवानपुरका राजा मानिक सेनले पनि विक्रम सम्बत १७८४ कार्तिक शुदी ७ र विजयपुरमा बुद्धिकर्ण राईले विक्रम सम्बत १८२४ नेपाली भाषा प्रयोग गरेर कैयौ विषयहरू लेखिएको कुराको थुप्रै प्रमाणहरू भएको वास्तविकता संस्कृतिविद तथा इतिहासकार शङ्करमान राजवंशीले पुरातत्व सङ्ग्रह(–२०१८)मा प्रकाशित गराएबाट सबै छर्लङ्ग हुन गएको छ । विक्रम संवत्बारे यस्ता असङ्ख्य उदाहरण छन जस्तै : फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम सम्बत १२९७ उल्लेख भएको पाइन्छ ।

गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा पनि विक्रम सम्बत १६९३ भनी उल्लेख गरिएको छ । पश्चिम अछाम जिल्लाको वरदादेवी मन्दिरमा विक्रम सम्बत १७७९ पौष उल्लेख गरिएको छ । पछि विक्रम सम्बतलाई नेपालको राष्ट्रिय मौलिक सम्बतका रूपमा थप विकसित गर्ने काममा जङ्गबहादुरले मुलुकी ऐनलाई विक्रम सम्बत १९१० मा सङ्ग्रह गरी प्रकाशित गर्न पुगे ।

खास गरेर नेपालमा विक्रम सम्बतको औपचारिक सुरुवात वि.स.३८६ देखि प्रारम्भ भएको हो । काठमाडौँको चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् भन्नेकुरा अनुसन्धानकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका सम्बतहरू शक संवत् नभएर विक्रम संवत् हुन् भनी स्पष्ट पारेका छन् ।

जयप्रकाश मल्लले विक्रम संवत् १८१४मा पृथ्वीनारायण शाहलाई नेपाली भाषामा धर्मपत्र गरिदिएको कुरा इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण प्रमेय’मा उल्लेख गर्नुभएको छ ! विक्रम संवत् नेपालको राष्ट्रिय सम्बतको रूपमा प्रचलित हुँदै आएकाले जंगबहादुरले मुलुकी ऐनलाई विक्रम संवत् १९१० मा संग्रह गरी विक्रम संवत् नै उल्लेख गरेका छन् !

इतिहासकार दिनेशराज पन्तले ’राजीवलोचन जोशीका बराज्यू’ नामक पुस्तकमा विक्रम सम्बत १७२१ मा लमजुङमा वीरमर्दन शाह राजा थिए र विक्रम सम्बत १७४१ मा लमजुङमा केहरिनारायण शाह राजा थिए भनेका छन् । के हरिनारायणका नाति वीरमर्दन शाह हुन् । विक्रम सम्बत १७९६ मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूर्णिमा १० पूणराङ्क ३९) उल्लेख गर्दै विक्रम सम्बत १७२१ मा वीरमर्दन शाहका दरबारमा जोतिषी काम गरी रागिनासमा विर्ता पाई बस्याका सदानन जोशी हुन् भनेर त्यतिबेला विक्रम सम्बत चलनचल्तीमा रहेको कुरा उल्लेख गरेका छन् ।

त्यस्तै इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्– ’विक्रम सम्बतको प्रचलन मध्यकालमा बाइसी, चौबीसी, सेन, मल्ल, शाह राजाहरूले चलाउँदै आएका थिए । केन्द्रका तीन सहरका मल्ल राज्यहरूमा पनि पूर्व मल्लकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरूमा विक्रम सम्बतको प्रयोग हुँदै आएको थियो ।“

भक्तपुरबासी नयाँ वर्ष सुरु हुँदा धुमधामसाथ बिस्केट जात्रा मनाउछन् । तराईका थारू समुदायहरूले नयाँ वर्ष वैशाख सुरु हुनासाथ सिरुवाजात्रा मनाउँछन् ।’ त्यस्तै अरूणकुमार पाण्डे लेख्छन्– ’सृष्टिको आरम्भमा सूर्यलगायतका ग्रह नक्षत्र शून्य अवस्थामा रहेको र त्यही शून्यमा विक्रम सम्बतको गणना पद्धति सुर हुन्छ ।

विक्रम सम्बत ग्रहगति र प्रकृतिक भौतिकवादी चिन्तनसापेक्ष रहेको छ । यो नेपालको विभिन्न जात जाति समुदायको सद्भाव शहिष्णुतासँग अन्तरसंवन्धित रही विभिधताबिचको एकत्वको प्रयायका रूपमा रहेको छ ।मानव जातिलाई विचार, दर्शन, ज्ञान, विज्ञान, संस्कृति र सभ्यताको द्योतक पस्कने काम वैदिक युगदेखि हुँदै आएको हो । सिङ्गो व्रहमाण्डको खोज अनुसन्धान गर्ने संवन्धमा हाम्रा वैदिक ऋषिमुनि, ऋषिकाहरूले धेरै मेहनतका साथ खगोलीय अध्यन अनुसन्धान अगाडि बढाए । यही खोजको उत्कर्ष ज्योतिषशास्त्रको प्रतिबिम्बनको रूपमा विक्रम संवत् रहन गएको छ ।

काठमाडौँ

  • Sahitya Sagar
    Sahitya Sagar
आर. सी .न्यौपाने
आर. सी .न्यौपाने
Post Views: 1,489
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पुर्खाको खोज

July 10, 2023

कोरोनाको कहर र भविष्यमा पर्ने प्रभाव

May 17, 2023

भारतमा नेपाली भाषा विकास मञ्चले लिएको तत्परता

January 15, 2023

अफ्रिकामा नेपाल

January 15, 2023

को हुन् हाम्रा प्यारा बालबालिकाहरू ?

January 14, 2023

जापानमा नेपाली समुदाय : विगत र वर्तमान

November 30, 2022

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.