कमलको फूल तलाउ र पोखरीहरूमा फुल्छ । गुराँस पहाडका टाकुरामा फुल्छ । गुलाव काँडैकाँडा भएको बोटमा फुल्छ । ती फूलका वासनाले मानिसलाई आनन्द दिन्छ । जस्तो सुकै ठाउँमा फूलेका भए पनि ती फूलहरूको सुन्दरता र वास्नाले मान्छेको मनलाई लोभ्याउँछ । ती फूलहरूसँग सबै मानिसहरू आकर्षित हुन्छन् । सबैले मन पराउँछन् ।
हाम्रो समाजमा ती सुन्दर फूलहरू जस्तै मान्छेहरू पनि छन् । ती मान्छेलाई सबैले मन पराउँछन् । कतिले त भगवानकै रूपमा दृष्टिको देवता पनि भन्ने गर्दछन् । सबैको भलो हुने काम गर्ने मान्छे नै भगवान हुन् । बर्षौदेखि आँखा नदेखेका मानिसहरूलाई आँखा देख्ने बनाउन सक्ने मान्छे के भगवान होइनन् त ? त्यस्तै मानिसले गर्न नसकेको काम गरेर हजारौँ मानिसको भलो गर्ने मान्छेको नाम हो सन्दुक रूइत ।
नेपालको पूर्वी मेची अञ्चलमा चार जिल्लाहरू रहेका छन् । झापा जिल्ला तराइमा पर्छ भने अरू तीन जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङ्ग पहाडी जिल्लाहरू हुन् । सबै भन्दा उत्तरमा रहेको ताप्लेजुङ्ग जिल्ला हो । यसै जिल्लामा संसारको तेश्रो अग्लो कञ्चनजङ्घा हिमाल पनि रहेको छ ।
ताप्लेजुङ्ग जिल्लाको उत्तरमा रहेको सानो हिमाली गाउँको नाम ओलाङचुङ गोला हो । ताप्लेजुङ्ग बजारबाट तमोर खोलाको किनारैकिनार चार दिन हिँडेपछि मात्र ओलाङचुङ गोला पुगिन्छ । त्यही ओलाङचुङ गोलामा पिता सोनाम वाङ्ग्याल र माता कासाङबाट सन १९५४ मा सन्दुक रूइतको जन्म भएको थियो । उनका बुबाले सन्दुक रूइत नाम राखिदिए । तिब्बती भाषामा सन्दुकको अर्थ आकाशको ड्रयागन भन्ने हुन्छ । रूइत चै पुर्खौली तिब्बती गाउँ रूथोकको सम्झनामा राखेका थिए ।
सन्दुकका बुबा सोनाम तिब्बतबाट नुन, जरीबुटी र अन्यसामानहरू ल्याएर गाउँगाउँमा घुम्दै बेच्ने गर्नुहुन्थ्यो । आमा कासाङ ऊनको धागो बनाउँने, स्वेटर, टोपी र गलैँचाहरू बुन्नेकाम गर्नुहुन्थ्यो ।
गाउँमा स्कुल नहुँदा उनले सात बर्षसम्म पढन पाएका थिएनन् । उनी चाँैरीको ढाडमा चढेर रमाउने गर्थे । एक पटक चौँरीको ढाडबाट लडेर दाहीने हात भाँचियो । त्यसपछि देब्रेहातले नै सबै काम गर्न सुरm गरे । रूइतका बुबालाई छोरो पढाउनुपर्छ भन्ने लागिरहन्थ्यो । पढाउने मान्छेको खोजी गर्दा भन्सारमा काम गर्ने एक जना कर्मचारीले पढाई दिने आश्वासन दिए । ती भन्सारका कर्मचारीले घरमा आएर सन्दुकलाई पढाइ दिनुभयो । सन्दुकले तिनै कर्मचारीबाट नेपाली साँवाअक्षर सिक्ने मौका पाए ।
उनी सातबर्षको हुँदा बुबाको साथ पन्द्र दिनको बाटो हिँडेर दार्जिलिङको सेन्ट रोवोर्टस स्कुलमा भर्ना भए । उनी कक्षा सातमा पुग्दा चीन र भारतको युद्धका कारण दार्जिलिङका स्कुलहरू बन्द भए । त्यसपछि उनलाई बुबाले काठमाडाँै ल्याएर सिद्धार्थ वनस्थली स्कुलमा भर्ना गरिदिए ।
रुइतले सिद्धार्थ वनस्थली स्कूलबाट प्रथम श्रेणीमा एसएलसी पास गरे । उनी त्रिचन्द्र कलेजमा बिज्ञान बिषय लिएर पढ्न थाले । उनका दाजु झाडापखाला लागेर बितेका थिए । उनकी एउटी बहिनी ज्वरो आएर स्वर्गे भएकी थिइन् । उनीसँगै बसेर पढ्दै गरेकी बहिनी याङलालाई पनि क्षयरोगले भेट्यो । दोश्रो पटक विरामी भएर याङ्ला पनि बितिन् । सन्दुक त्यसबेला उन्नाइस वर्षका थिए । बहिनीले मर्ने बेलामा “दाजु तिमी चाहिँ राम्रो पढ्नु , डाक्टर बनेर म जस्ता मान्छेहरूलाई बचाउँनु है ! मर्न नदिनु” भेनेकी थिइन् । उनलाई बहिनीका ती शब्दहरूले सदैब झकझकाइरह्यो । जस्ले गर्दा डाक्टर हुन अझै प्रेरणा मिल्यो । उनी प्लान पाएर डाक्टरी पढ्न भारतको लखनौ गए ।
उनी लखनौमा पढिसकेर नेपाल फर्किए र बिरअस्पतालमा आँखाको डाक्टर भएर काम गर्न सुुरm गरे । बिरअस्पतालमा हुँदा आँखा शिविरमा खटिएर सयौँ जनाको आँखाको रोग निको पारे । उनले आँखा सम्बन्धीको अध्ययनलाई अझ अगाडि बढाउँदै लगे । उनले भारतको राजधानी न्यू देल्लीमा गएर अध्ययन गर े। निरदल्याण्ड र अष्ट्रेलिया जस्ता देशहरूमा पुगेर आँखा अस्पतालको अनुभव बटुले । त्यसबेला नेपालबाट आँखा उपचार गराउन हजारौँ मानिसहरू भारत र अन्य देशहरूमा पुग्ने गर्दथे । उपचार खर्च नभएर धेरै मान्छेहरू अँध्यारो जीवन बिताउँन बाध्य बनेका थिए । दृष्टि विहीन भएर लठ्ठी टेकेर अरू मान्छेको सहारामा हिँड्नु पर्दथ्यो । यस्तो परिस्थिति देखेर दुःखी बनेका सन्दुकले आफ्नै पहलमा आँखा अस्पताल बनाएर मान्छेको सेवा गर्ने दृढ अठोट गरे । उनलाई अन्य सात जना सहकर्मी डाक्टरहरूले पनि साथ दिए । त्यसैको प्रतिफल आज हामीले तिलगङ्गा आँखा अस्पताल पाएका छौँ ।
सन्दुक रुइतले देश भित्रका बिभिन्न बिकट गाउँमा पुगेर आँखा शिविरहरू सन्चालन गरे । बर्षौँदेखि आँखाको ज्योति गुमाएकाहरू आँखा देख्ने भए । जन्मैदेखि देख्न नपाएकाहरूले पनि यो सन्सार देख्न पाए । त्यसैले उनलाई मानिसहरू दृष्ट्रिविहिनहरूका देवता र दृश्यका देवता समेत भन्ने गर्दछन् । उनले आँखा दानको अभियानको शुरूवात गरेर आँखा बैँक खोले । आँखाको नानीलाई बचत गर्ने अभियान चलाए । तिलगङ्गा आँखा बैँकबाट आँखाका नानीहरू भुटान, बङ्गलादेसश चीन, कम्वोडिया, पाकिस्तान, पूर्वी टिमोर जस्ता देशहरूमा पुग्दछन् । एउटा आँखाको नानीले तीनजना सम्मको आँखामा उपचार गर्न सकिने प्रविधि बनाएका छन् । उनले बनाएको आँखाको कुनामा राख्ने पातलो लेन्सलाई सात मिनेटमा चिरफार नगरी राख्न सकिन्छ । उनको यो प्रविधि विश्वमै प्रख्यात बनेको छ । उनको हातबाट अपरेसन गराउँनका लागि स्विजरल्यान्ड, फ्रान्स, अमेरिका, अष्ट्रेलिया र युरोपियन देशहरूबाट मानिसहरू आउने गर्दछन् । उनले दुईलाख भन्दा बढी मानिसहरूको आँखा अप्रेसन गरेर देख्न सक्ने बनाएका छन् ।
डाक्टर सन्दुक रुइतको यस्तो महान कार्यको सम्मान गर्दै एसियाको नोभेल पुरस्कार भनेर मानिने रमन म्याग्सेसे पुरस्कार (सन् २००६ ), अडरअफ अस्ट्रेलिया अवार्ड (२००७) भारतको प्रशिद्ध पद्मश्री पुरस्कार (२०१८) । बहराइनको प्रशिद्ध इसा अवार्ड २०२३ जस्ता अन्तर्राष्ट्रिय पुरस्कार र पदकले विभूषित हुनुभएको छ । देशभित्रका अनेक सम्मान र पुरस्कारले सम्मानित डाक्टर रूइतले नेपालको प्रधानमन्त्री राष्ट्रिय पुरस्कार (२०१९) प्राप्त गर्नुभएको छ । सरल र शालीन व्यक्तित्वका धनी डाक्टर सन्दुक रुइत अझै पनि दैनिक सात घण्टादेखि बाह्र घण्टासम्म उभिएर आँखा उपचारमा ब्यस्त रहन्छन् । नेपाललाई विश्वसँग परिचित गराउँने रुइत नेपालका शान हुन् ।
क्यानडा